मंगलवार, भाद्र ३, २०७६

    बिदेश

    निर्वाचन नजिकिँदै गर्दा बङ्गलादेशमा साढे १० हजार विपक्षी पक्राऊ, कीर्तिमान राख्ने दाउमा प्रधानमन्त्री हसिना !

    मंगलवार, पौष १०, २०७५ साल
    ढाका, बङ्गलादेश, १० पुस  बङ्गलादेशको प्रहरीले निर्वाचनका समय नजिकिँदै गर्दा एक हप्ताको समयमा विपक्षी दलका करिब १० हजार ५०० कार्यकर्तालाई प्रक्राउ गरेको प्रतिपक्षी दलहरूले मङ्गलबार जनाएका छन् ।  संयुक्त राज्य अमेरिकाले बङ्गलादेशको प्रधानमन्त्री शेख हसिनाको सरकारलाई निर्वाचन स्वच्छ तथा स्वतन्त्ररूपमा सम्पन्न गर्न सरकारबाट विश्वासको वातावरण बनाउन गरेको आग्रहपछि प्रतिपक्षबाट उक्त तथ्याङ्क सार्वजनिक गरिएको हो ।  तेस्रो कार्यकाल सम्पन्न गरिसकेकी प्रधानमन्त्री हसिनाले चौथो कार्यकाल..

    क्रिश्मस मनाउन अमेरिकी सांसदहरु घरतर्फ, ट्रम्पले पेश गरेको बजेट पारित भएन, कर्मचारीले पाएनन् तलव

    मंगलवार, पौष १०, २०७५ साल
    वासिङ्टन, १० पुस : इसाई धर्माबलम्बीहरुको महान पर्व क्रिश्मस मनाउन अमेरिकी सांसदहरु घर तर्फ लागेका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले पेश गरेको बजेट पारित नभएपछि विवाद चर्किरहेका बेला सांसदहरु विदामा गएका हुन् ।  ट्रम्पले चुनावी अभियानका बेला मेक्सिकोसँगको सीमा क्षेत्रमा गैरकानूनी रुपमा आप्रवासीको प्रवेश रोक्नका लागि पर्खाल बनाउने बाचा गर्नु भएको थियो । तर त्यो काम अहिलेसम्म शुरु हुन सकेको छैन । अमेरिकी संसद्..

    इन्डोनेसियामा सुनामीबाट मुत्यु हुनेको सङ्ख्या २ सय ८१, खोज तथा उद्धारको कार्य अझै जारी

    सोमबार, पौष ९, २०७५ साल
    कारिता, इन्डोनेसिया, ९ पुस  इन्डोनेसियामा शनिबार राति भएको ज्वालामुखी विस्फोट र त्यसपछिको सुनामीबाट ज्यान गुमाउने व्यक्तिको सङ्ख्या २८१ पुगेको छ । ज्वालामुखी विस्फोटपछि भीषण रुपमा आएको सामूद्रिक छालका कारण ठूलो जनधनको क्षति भएको विवरण प्राप्त भएको छ ।  इन्डोनेसियाका सुण्डा स्त्राइटको तटीय क्षेत्रमा स्थानीय समयानुसार शनिबार राति ९ः३० मा भएको ज्वालामुखी विस्फोट र त्यसपछि भीषणरुपमा आएको सुनामीको कारण सोमबार बिहानसम्म २८१ व्यक्तिको..

    इन्डोनेसिया सुनामी अपडेट : मुत्यु हुनेको सङ्ख्या १ सय ६८ पुग्यो, ३० सर्वसाधारण वेपत्ता

    आईतवार, पौष ८, २०७५ साल
    जकार्ता, ८ पुस  इन्डोनेसियामा शनिबार राति भएको ज्वालामुखी विस्फोट र त्यसपछिको सुनामीबाट ज्यान जाने व्यक्तिको सङ्ख्या १६८ पुगेको छ ।  इन्डोनेसियाका सुन्दा स्ट्रेटमा शनिबार राति भएको ज्वालामुखी विस्फोट र त्यसपछिको भीषण रुपमा आएको सुनामीको कारण आइतबार बिहानसम्म १६८ व्यक्तिको मृत्यु हुनको साथै ३० सर्वसाधारण वेपत्ता भएका इन्डोनेसियाको प्रकोप व्यवस्थापन विभागले जानकारी दिएको छ ।  दक्षिणी सुमात्रा र पश्चिमी जाभा द्वीपका तटीय क्षेत्रमा रहेका हजारौँ..

    ज्वालामुखी बिस्फोटपछि इन्डोनेसियामा सुनामी - ज्यान गुमाउनेको संख्या ६२ पुग्यो, कैयौँ व्यक्ति बेपत्ता

    आईतवार, पौष ८, २०७५ साल
    जकार्ता, ८ पुस  इन्डोनेसियामा आइतबार भएको ज्वालामुखी विस्फोट र त्यसपछिको सुनामीबाट ज्यान जाने व्यक्तिको सङ्ख्या ६२ पुगेको समाचार छ ।    आइतबार बिहान इन्डोनेसियाको समुद्रीतटमा आएको सुनामीका कारण धेरै नागरिकको ज्यान गएको बताइएको छ । सो सुनामीका कारण कम्तीमा पनि ६२ जनाको मृत्यु भएको इन्डोनेसियाको प्रकोप व्यवस्थापन विभागले जानकारी दिएको छ ।  सो विभागकाअनुसार पछिल्लो समाचारमा करिब ५८४ जना घाइते भएका छन् भने कैयौं..

    केन्याका प्रधानन्यायाधीश ड्याभिड मारागा तथा उनकी श्रीमती सडक दुर्घटनामा घाइते, अस्पताल भर्ना

    आईतवार, पौष ८, २०७५ साल
    नैरोवी, केन्या, ७ पुस : केन्याका प्रधानन्यायाधीश तथा सर्वोच्च अदालतका अध्यक्ष ड्याभिड मारागा शनिबार एक सडक दुर्घटनामा परी घाइते हुनुभएको छ ।  प्रधान न्यायाधीश मारागा तथा उहाँकी श्रीमती युकावेथ न्याबोके नैरोबीबाट करिब १७० किलोमिटर टाढा रहेको नाकारू जिल्लाको नोरो क्षेत्रमा एउटा चर्चमा प्रार्थनाका लागि जाने क्रममा सडक दुर्घटनामा पर्नुभएको हो ।  उहाँहरू दुबैजनालाई राष्ट्रपति उहुरू केन्याटाको निर्देशनमा हेलिकोप्टरमार्फत उद्धार गरी स्थानीय अस्पतालमा उपचारका..

    नाइजेरियामा अज्ञात बन्दुकधारीको आक्रमणमा परी कम्तीमा २५ जनाको मृत्यु

    शनिबार, पौष ७, २०७५ साल
    अबुजा, ७ पुस  नाइजेरियामा अज्ञात बन्दुकधारीको आक्रमणमा परी कम्तीमा २५ जनाका मारिएका छन् ।  जाम्फारा राज्यको तीन वटा समुदायमाथि भएको आक्रमणमा परी अरू एक दर्जनभन्दा बढी घाइते भएका छन् ।  विभिन्न स्रोतले दिएको जानकारीअनुसार बिर्नीन मागाजी क्षेत्रमा बुधबार पछिल्लो आक्रमण भएको हो ।  नाइजेरियाको उत्तरपश्चिम क्षेत्रमा विगत छ महिनादेखि शृङ्खलाबद्ध रूपमा आक्रमण हँुदै आएको छ ।  स्थानीय बासिन्दाले घटनामा पीडितका अधिकाँश खेतबारीमा काम गर्ने किसान..

    २९ आप्रवासी यात्रु रहेको डुङ्गामा आगलागी, अल्जेरियाली तटमा २० जना बेपत्ता

    शनिबार, पौष ७, २०७५ साल
    अल्जेर्स, ६ पुस अल्जेरियाली  तटमा शुक्रबार एउटा डुङ्गामा आगलागी हुदाँ २० आप्रवासी बेपत्ता भएका छन् ।  सुरक्षा श्रोतलाई उद्धृत गर्दै अल्जेरियाको राष्ट्रिय समाचार संस्था (एपीएस) ले जनाएअनुसार डुङ्गामा २९ आप्रवासी यात्रु थिए ।  घटनापछि तत्कालै उद्धारमा जुटेका स्थानीय, तालिमप्राप्त गोताखोर र सुरक्षाकर्मीले घटनास्थलबाट नौ जनालाई उद्धार गरेको समाचारमा जनाइएको छ । ती मध्ये दुई जना बालबालिका रहेका छन् ।  उद्धारगरिएकाहरु मध्ये केहीलाई आगोले डडाएकोले..

    सिरियाबाट अमेरिकी फौज फिर्ता गर्ने ट्रम्पको घोषणा लगतै रक्षामन्त्री म्याटिसको राजीनामा

    शुक्रबार, पौष ६, २०७५ साल
    वासिङटन, ६ पुस अमेरिकी रक्षामन्त्री जीम म्याटिसले बिहीबार आफ्नो पदबाट राजीनामा दिनुभएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियामा इस्लामिक स्टेट परास्त भएको जनाउँदै त्यहाँबाट अमेरिकी फौज हटाउने घोषणा गरेको भोलिपल्टै रक्षामन्त्री म्याटिसले राजीनामा दिनुभएको हो ।  सिरियाबाट अमेरिकी फौज फिर्ता गर्ने अमेरिकी राष्ट्रपतिको घोषणाप्रति अमेरिकाभित्रै र अमेरिकी गठबन्धनका सबै मुलुकले विरोध जनाएका छन् ।  ट्रम्प प्रशासनमा निकै सम्मानित विदेश नीति अधिकारीका रुपमा..

    म्याडागास्करको चुनाव, राष्ट्रपतिका दुबै उम्मेदवारले गरे जितको दाबी, को कसमा हावी !

    बिहिवार, पौष ५, २०७५ साल
    अन्तानानारिभो, म्याडागास्कर, ५ पुस  म्याडागास्करको राष्ट्रपतिको चुनावमा उठेका दुबै उम्मेदवारले आआफू विजयी भएको दाबी गर्नुभएको छ । हिन्द महासागरको टापुराष्ट्र म्याडागास्करमा सत्ताका लागि दुबै उम्मेदवारबीच कडा प्रतिस्पर्धा छ ।  दोस्रो चरणको यस चुनावमा दुबै उम्मेदवार आन्द्रे राजोलिना र मार्क राभालोमानानाबीच तीव्र प्रतिस्पर्धा छ । चुनावको नतिजा जसको पक्षमा आएपनि चुनावमा धाँधली भएको आरोप लाग्ने सम्भावना छ ।  “भोलि अवश्य परिवर्तन आउनेछ, र पापाले..

    पूर्वराष्ट्रपति ओबामा उपहारको पोको बोकेर बालबालिका भेट्न अस्पताल पुगेपछि (भिडियो सहित)

    बिहिवार, पौष ५, २०७५ साल
    एजेन्सी, ५ पुस अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले बासिंटन डीसीस्थित चिल्ड्रेन्स नेशनल अस्पताल पुगेर क्रिसमसको अवसरमा बालबालिकालाई उपहार बाँडेका छन्। सान्ता क्लजले लगाउने शीरमा रातो फ्लपी टोपी र काँधमा उपहारको पोको बोकेर उनी अस्पताल पुगेका थिए। ओबामालाई यस्तो अवस्थामा देखेर अधिकांश व्यक्तिहरू आश्चर्यमा परे। त्यसपछि उनले अस्पतालमा रहेका बिरामी बालबालिकालाई उपहार दिनुका साथै तस्वीरसमेत खिचाएको सार्वजनिक भएको छ। बासिंटन पोस्टका अनुसार उनले अस्पतालमा करिब डेढ घन्टा..

    बेलायतद्वारा आप्रबासीलाई लक्षित गरी कडा नीति प्रस्ताव, श्रमिकमाथि थप दवाब

    बुधबार, पौष ४, २०७५ साल
    लण्डन, बेलायत, ४ पुस  बेलायतको यूरोपेली संघ (इयू) बाट बहिर्गमनपछि इयू क्षेत्रबाट बेलायत आप्रबासनबारे बेलायतको प्रस्ताब बुधबार सार्वजनिक गरिएको छ । तर व्यवसायिक समूहहरूले ब्रेक्जिट सम्झौता गरिनु पहिले आप्रबासनबारे लिइने कडा नीतिले बेलायती अर्थतन्त्रलाई समस्या पार्नसक्ने भनी यस बिषयमा संवेदनशील बन्न आग्रह गरेका छन् ।  बेलायती गृह मन्त्री साजित जाबिदले भन्नुभयो, “ब्रेक्जिटपछि इयू सदस्य राष्ट्रहरूबाट बेलायत आउने नागरिकलाई भिसाको व्यवस्था गरिने छ..

    विद्यालयका कर्मचारीलाई हातहतियार राख्न दिन ट्रम्प समक्ष सिफारिस

    बुधबार, पौष ४, २०७५ साल
    वासिङ्टन, ४ पुस  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गठन गरेको विद्यालयको सुरक्षासम्बन्धी विज्ञहरुको अध्ययन टोलीले विद्यालयका कर्मचारीलाई हातहतियार राख्न दिन सिफारिस गरेको छ ।  गत फेबु्रअरीमा पार्कल्याण्ड, फ्लोरिडामा पूर्व विद्यार्थीले गोली प्रहार गरेर १७ जनाको हत्या भएपछि गठन गरिएको टोलीले मङ्गलबार यस्तो सिफारिस गरेको हो । उक्त सिफारिसमा पूर्व सैनिकहरुलाई गार्डका रुपमा राख्ने तथा ओबामा प्रशासनले ल्याएको हतियार राख्नेसम्बन्धी निर्देशिका खारेज गर्ने सुझाव..

    फेसबुक, ट्वीटर, गुगल डेमोक्रेटिकको पक्षमा उभिएको ट्रम्पको आरोप

    बुधबार, पौष ४, २०७५ साल
    वासिङ्टन, ४ पुस  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साजाजिक सन्जालमा प्रभुत्व जनाएका फेसबुक, ट्वीटर र गुगलजस्ता कम्पनीहरू प्रतिपक्षी दल ‘डेमोक्रेटिक पार्टी’ को पक्षपोषणमा लागेको आरोप लगाउनुभएको छ ।  ट्रम्पको सामाजिक सञ्जालविरुद्धको उक्त आरोप सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा रसियाली एजेन्टहरूले सामाजिक सञ्जालको प्रयोग गरी ट्रम्पको पक्षमा मत परिणाम ल्याउन सघाएको भन्ने अमेरिकी सिनेटले सार्वजनिक गरेको ठीक एक दिनपछि आएको हो ।  उहाँले भन्नुभयो, “फेसबुक,..

    चीनको आर्थिक विकासमा कुनै मुलुकले हस्तक्षेप गर्न नसक्ने राष्ट्रपति सीको दाबी

    मंगलवार, पौष ३, २०७५ साल
    बेइजिङ, ३ पुस  चिनीया राष्ट्रपति सी जिनपिङले चीनको आर्थिक विकासको मार्गका बारेमा कुनैपनि मुलुकले हस्तक्षेप गर्न नसक्ने बताउनुभएको छ ।  चिनीया कम्युनिष्ट पार्टीले अबलम्बन गरेको ऐतिहासिक “सुधार एवं खुला नीति”को ४०औं वर्षका अवसरमा बेइजिङमा आयोजित विशेष समारोहमा सम्बोधन गर्दै राष्ट्रपति सीले चीनको विकास र प्रगति त्यही नीतिका आधारमा निरन्तर अगाडि बढेको र त्यसलाई छाड्न नसकिने बताउनुभयो ।  चिनीया ग्रेट हल अफ द पिपुलमा..

    मेक्सिको सीमामा अमेरिकी सैनिक कटौती, तैनाथ सेनाको संख्या करिब ३ हजार मात्र

    मंगलवार, पौष ३, २०७५ साल
    वासिङ्टन, ३ पुस संयुक्तराज्य अमेरिकाले मेक्सिको सीमामा तैनाथ अमेरिकी सेनाको संख्या कटौती गरेको छ । अमेरिका प्रवेश गर्न चाहने आप्रवासीको ठूलो जत्थालाई सीमामै रोक्ने उद्देश्यले यसअघि करिब ६ हजार सेना तैनाथ गरिएकामा त्यसमा कटौती गरी हाल करिब तीन हजारमा सीमित गरिएको अमेरिकी रक्षा मन्त्रालयले जनाएको छ ।  मध्ये अमेरिकी देशहरु खासगरी होन्डुरसबाट ठूलो संख्यामा आप्रवासीहरु अमेरिका प्रवेशका लागि अघि बढेको भन्दै भन्सार..

    नाइजेरियामा किसान र गोठालाबीचको भिडन्तमा ३ हजार ६ सय मारिए : एम्नेष्टी

    मंगलवार, पौष ३, २०७५ साल
    लागोस, २ पुस  नाइजेरियामा किसान र गोठालाबीचको भिडन्तका कारण अहिलेसम्म तीन हजार ६०० भन्दा बढीको मृत्यु भएको तथ्याङ्क सार्वजनिक भएको छ ।  अन्तर्राष्ट्रिय संस्था एम्नेष्ट इन्टरनेशनलले सोमबार सार्वजनिक गरेको विवरण अनुसार सन् २०१६ देखि अहिले सम्ममा उनीहरूको मृत्यु भएको हो । हिंसामा दोषी रहेकाहरूलाई कारबाही गर्न सरकार असफल भएको पनि एम्नेष्टीले उल्लेख गरेको छ ।  सन् २०१८ मा मात्रै दुई हजार भन्दा बढी..

    नाकाबन्दी तत्काल हटाउन अमेरिकालाई उत्तर कोरियाको चेतावनी ! पहिला निशस्त्रीकरण हुन ट्रम्पको शर्त..

    सोमबार, पौष २, २०७५ साल
    सोल, २ पुस   उत्तर कोरियाले अमेरिकाद्धारा हालै जारी गरिएको नाकाबन्दीप्रति आपत्ति जनाएको छ । उत्तर कोरियाले अमेरिकाले गराएको सो नाकाबन्दीका कारण उत्तर कोरियामा निशस्त्रीकरणसम्बन्धी कार्यक्रमलाई रोक्न गर्न चेतावनी दिएको हो ।  यस वर्ष गएको जुन महिनामा सिंगापुरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीचको वार्तापछि उत्तर कोरियामा निशस्त्रीकरणको विषयमा सहमति भएको थियो । तर पनि सो विषयमा पछिल्लो..

    जापानको हिताचीले एबीबीको ठूलो हिस्सा शेयर खरिद गर्ने घोषणा, विश्वमै ठूलो विद्युत कम्पनी हुने दाबी

    सोमबार, पौष २, २०७५ साल
    टोकियो, २ पुस  जापानको हिताचीले स्वीस–स्वेडिस इन्जिनियरिङ कम्पनी एबीबीको विद्युत प्रसारण व्यवसायको सबैभन्दा ठूलो हिस्सा खरिद गर्ने सोमबार घोषणा गरेको छ । हिताचीले एबीबीमा ६ अर्ब ४० करोड डलर लगानी गर्नेछ, र हिताचीको यो आजसम्मकै सबैभन्दा ठूलो खरिद हो ।  स्थानीय सञ्चार माध्यमले एबीबीमा लगानी गरेसँगै हिताची विश्वमै सबैभन्दा ठूलो विद्युत प्रसारण कम्पनी हुने बताएका छन् ।  पछिल्लो योजना बमोजिम एबीबीको विद्युत प्रसारण..

    खशोग्जी हत्या प्रकरणबारे ‘विश्वसनीय’ छानविनका लागि राष्ट्रसंघको आग्रह, साउदी राजकुमार माथि शंका !

    आईतवार, पौष १, २०७५ साल
    दोहा, कतार, १ पुस  संयुक्त राष्ट्रसंघका महासचिब एन्टोनियो गुटेर्रेसले टर्कीको राजधानी इस्तानबुलस्थित साउदी अरबको महाबाणिज्य दूतावासमा हत्या गरिएका पत्रकार जमाल खशोग्जीको हत्या प्रकरणमा विश्वसनीय छानविन गरी वास्तविकतालाई बाहिर ल्याउन आग्रह गरेका छन् ।  टर्कीकी एउटी महिलासँग बिहेको छिनोफानो गरेका खशोग्गीको आफ्नी पत्नीसँग सम्बन्धविच्छेद गर्नुपर्ने कानुनी प्रक्रियाका लागि साउदी दूतावासमा गएका बेला दूतावासभित्रै गत अक्टोबर २ मा हत्या भएको थियो ।  दोहामा आयोजित एक..

    आफैंले हटाएका विक्रमासिंघेलाई सिरिसेनाले खुवाए प्रधानमन्त्रीको सपथ, अब राजनीतिक सङ्कट अन्त्य होला ?

    आईतवार, पौष १, २०७५ साल
    कोलम्बो, १ पुस  श्रीलङ्काका अपदस्थ प्रधानमन्त्री रनिल विक्रमासिङ्घे प्रधानमन्त्रीमा पुनर्बहाली हुनुभएको छ । राष्ट्रपति मैत्रीपाला सिरिसेनाले राजनीतिक सङ्कट सुरु भएको ५१ दिनपछि विक्रमासिङ्घेलाई पुनर्बहाली गरेका छन् । सिरिसेनाले गत अक्टोबर २६ का दिन विक्रमासिङ्घेलाई प्रधानमन्त्रीबाट हटाई महिन्दा राजापाक्षेलाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए ।  विक्रमासिङ्घेलाई राष्ट्रपति सिरिसेनाले आइतबार पद तथा गोपनीयताको सपथ पनि गराईएको एक सांसदले जानकारी दिएका छन् ।  विक्रमासिङ्घेलाई अपदस्त गरेर प्रधानमन्त्रीमा..

    अहिलेसम्मकै सबैभन्दा ठुलो परिमाण ! कम्बोडियामा ३ टन अफ्रिकी हात्तीको दाह्रा बरामद

    आईतवार, पौष १, २०७५ साल
    नोहपेन्ह, १ पुस  कम्बोडियाका भन्सार अधिकारीहरुले अफ्रिकी मुलुक मोजाम्बिकबाट पठाइएको कन्टेनरभित्र लुकाएको अवस्थामा ३ दशमलब २ टन भन्दा बढी हात्तीको दाह्रा बरामद भएको जनाएका छन् । कम्बोडियामा बरामद गरिएको अफ्रिकी हात्तीको दाह्रा आजसम्मकै यो सबैभन्दा बढी हो ।  नोमपेन्ह स्वायत्त बन्दरगाहमा बिहीबार एक हजार २६ थान हात्तीका दाह्रा फेला परेका थिए । विगत केही समयदेखि नै कम्बोडियालाई अर्बौं डलरको वन्यजन्तुको अबैध चोरीशिकारी..

    अमेरिकी आन्तरिक सुरक्षामन्त्रीले दिए राजीनामा, रायन माथि अनुसन्धान सुरु

    आईतवार, पौष १, २०७५ साल
    वासिङ्टन, १ पुस ।  यात्रा, राजनीतिक कृयाकलाप लगायतका विषयमा सङ्घीय अनुसन्धान शुरु भएपछि अमेरिकी आन्तरिक सुरक्षा मन्त्री रायन जिन्केले राजीनामा दिएका छन् ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसमक्ष बुझाइएको राजीनामा पत्रमा जिन्केले विपक्षीहरुबाट राजनीति प्रेरितकाे आरोप लागेकाे र आन्तरिक सुरक्षा मन्त्रालयको नियमित काममा नै अवरोध आउने परिस्थिति सिर्जना भएकाले राजीनामा दिएको उल्लेख छ । जिन्केको राजीनामाका बारेमा ट्वीट गर्दै राष्ट्रपति ट्रम्पले मोन्टानाका पूर्व कङ्ग्रेस..

    संसद् विघटनलाई सर्वोच्चले अवैध फैसला गरेपछि श्रीलङ्काका राजापाक्षेद्धारा राजिनामा [फोटो सहित]

    शनिबार, मंसिर २९, २०७५ साल
    कोलम्बो, २९ मङ्सिर  श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाद्वारा प्रधानमन्त्रीमा नियुक्त महेन्दा राजापाक्षेले शनिबार राजीनामा दिएका छन् ।  राजापाक्षेले आफ्नै निवासमा राजीनामा पत्रमा हस्ताक्षर गर्नुभएको भिडियोहरू सार्वजनिक भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले सामाचार प्रकाशन गरेका छन् ।  राजापाक्षेको पार्टीका एक जना सांसद शेहान सेमासिङ्घेले वक्तव्य दिएर उनले राजीनामा दिएको बताए ।  वक्तव्यमा उनले आगामी दिनमा आफ्नो पार्टीले सशक्त र रचनात्मक प्रतिपक्षको भूमिका खेल्ने उल्लेख गरेका छन् ।..

    अमेरिकी थुनामा ७ वर्षीया बालिकाको मृत्यु, मृत्युदण्डको प्रयोग घट्यो

    शुक्रबार, मंसिर २८, २०७५ साल
    वासिङ्टन, २८ मङ्सिर  संयुक्तराज्य अमेरिकाको थुनामा ग्वाटेमालाकी एक सात वर्षीया बालिकाको मृत्यु भएको स्रोतलाई उद्धृत गर्दै अमेरिकी अखबार दी वासिङ्टन पोस्टले जनाएको छ । न्यू मेक्सिको राज्यमा अमेरिकी सीमा प्रहरीले पक्राउ गरेकी ती बालिकाको प्रहरी थुनामै मृत्यु भएको हो ।  मेक्सिकोबाट बाबु र अरु दर्जनौं व्यक्तिसँगै गैरकानुनी रुपमा अमेरिका प्रवेश गरेकी ती बालिकाको शरीरमा पानीको मात्रा कम हुने समस्याबाट मृत्यु भएको अमेरिकी..

    ब्रेक्जिट सम्झौता र आफ्नो करिअर बचाउन बेलायती प्रधानमन्त्री थेरेसाको दौडधुप

    बिहिवार, मंसिर २७, २०७५ साल
    ब्रसेल्स, २७ मङ्सिर  बेलायतको सत्तारुढ कन्जरभेटिभ पार्टीको नेतृत्वविरुद्ध ल्याइएको अविश्वास प्रस्ताव बिफल भएसँगै ब्रेक्जिट सम्झौता र आफ्नो करिअर जोगाउन सङ्घर्षरत बेलायती प्रधानमन्त्री थेरेसा मे तीन दिनको बीचमा दोस्रो पटक ब्रसेल्स आइपुगेका छन् ।  युरोपेली युनियनको मुख्यालयमा हुने वार्तामा युरोपेली मध्यस्थकर्ताहरुले प्रधानमन्त्री मेका पछिल्ला धारणाहरुका बारेमा विचारविमर्श गर्नेछन् । तर, यसअघि नै युरोपेली युनियनसँग भएको ५८५ पृष्ठको बहिर्गमनसम्बन्धी सम्झौतामा भने तत्काल कुनै परिवर्तन..

    चीनको कडा शब्दमा बिरोधपछि हुवावेकी कार्यकारीलाई अदालतबाट जमानत, दोषी ठहरिए ३० वर्ष जेल सजाय

    बुधबार, मंसिर २६, २०७५ साल
    भ्यानकुभर, क्यानाडा, २६ मङ्सिर  क्यानाडाको एक अदालतले चिनीया दूरसञ्चार कम्पनी हुवावेकी प्रमुख वित्तीय अधिकृत मेङ वान्झाउलाई मङ्गलबार शर्त सहितको जमानत दिएको छ । अमेरिकी अनुरोधमा भ्यानकुभरमा पक्राउ पर्नुभएकी मेङको विषयलाई लिएर चीन र अमेरिकाबीचको सम्बन्धमा तनाब सिर्जना भएको थियो ।  अदालतले मेङमाथि ७५ लाख अमेरिकी डलर जमानत माग गरेको छ । साथै, पासपोर्ट क्यानाडेली सरकारलाई बुझाउन र विद्युतीय अनुगमन गरिने अदालतको आदेश..

    अमेरिकी पत्रिका ‘टाइम’को ‘बर्ष व्यक्तिव’ मा पत्रकार जमाल खसोग्गी, प्रेस्टिजिअस कभरका लागि मरोणोप्रान्त उपाधि

    बुधबार, मंसिर २६, २०७५ साल
    न्यूयोर्क, अमेरिका, २६ मङ्सिर : टर्कीको इस्तानबुलस्थित साउदी अरबको महाबाणिज्य दूताबासमा अक्टोबरमा हत्या गरिएका साउदी पत्रकार जमाल खसोग्गीलाई अमेरिकी पत्रिका ‘टाइम’ ले ‘बर्ष व्यक्तिव’ को उपाधि दिने मङ्गलबार घोषणा गरेको छ ।  उक्त सम्मानबाट यस बर्ष खासोग्गीसहित अन्य पिडित पत्रकारहरू, फिलिपिन्सका मारिया रेसा, म्यानमारमा थुनामा रहेका रोयटर्सका वालोन र क्वासोए उ उक्त उपाधिबाट सम्मानित हुने भएका हुन् ।  ‘टाइम’ले सन् १९२७ देखि बार्षिकरूपमा..

    कङ्गो निर्वाचनः भ्रष्टाचार र असमानता धुरीमा! आँधी आउनु अघिको शान्ति ?

    मंगलवार, मंसिर २५, २०७५ साल
    किन्सासा, २५ मंसिर चुनावी पोस्टर जताततै टाँस्न थालिएको छ, उम्मेदवारहरु पनि दिनरात प्रचारमा लागेका छन् र पार्टीहरु चुनावी सभा एवं र्याली गर्न व्यस्त छन् । तर अफ्रिकाको बारुदको डब्बाको रुपमा रहेको गणतन्त्र कङ्गोमा आगामी डिसेम्बर २३ मा हुने राष्ट्रपति र संसदको चुनाव जति नजिक आउँदैछ चुनावी पर्यवेक्षकहरुको भनाइमा अनौठा घटनाक्रमको पटाक्षेप हुन अझै बाँकी छ । तुलनात्मक रुपमा शान्तिपूर्ण देखिएको चुनावी अभियान कुनै..

    तान्जानियामा अज्ञात रोगबाट ८ हात्ती मरे, थप हताहतको आशङ्का, नियन्त्रण गर्ने प्रयास जारी

    सोमबार, मंसिर २४, २०७५ साल
    आरुशा, २४ मङ्सिर  तान्जानियाको नगोरोङगोरो जिल्लामा अज्ञात रोगको कारण आठ हात्ती मरेका छन् ।  स्थानीय अधिकारीहरुले अज्ञात रोगका कारण हात्तीहरु मरेको घटनाले आफूहरुलाई चिन्तित बनाएको आइतबार बताएका छन् ।  वन्य जीवजन्तु उप प्रमुख जोसेफ मेङ ओरोले यस घटनाको विषयमा थप विवरण आउन बाँकी नै रहेको जानकारी दिए । साथै यस अज्ञात रोगबाट थप हात्तीको हताहतको आशङ्का समेत उनले व्यक्त गरेका छन् ।  तान्जानिया वन्यजन्तु..
    Results 1120: You are at page 14 of 38
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 Next Last
    Weather Forecast