सोमबार, माघ १३, २०७६

    बिदेश

    अष्ट्रेलियामा शक्तिशाली भूकम्प, '१ मिनेटसम्म घरहरु हल्लिए'

    आईतवार, आषाढ २९, २०७६ साल
    सिड्नी, २९ असार । अष्ट्रेलियाको उत्तरपश्चिमी क्षेत्रमा आइतबार बिहान शक्तिशाली भूकम्प आएको छ ।     हिन्द महासागरको १० किलोमिटर तल केन्द्रविन्दु रहेको उक्त भूकम्प ६.६ म्याग्नीच्युडको रहेको सम्बन्धित अधिकारीहरुले जानकारी दिएका छन् ।  भूकम्पले ठूलो क्षेत्रमा प्रभाव परेपनि घाइते तथा क्षतिको विवरण भने अहिलेसम्म नआएको उनीहरुको भनाई छ ।  अमेरिकी भूगर्भ मापन केन्द्रले भूकम्पपछिको आँधीको कुनै खतरा भने नरहेको स्पष्ट पारेको छ । ब्रुम प्रहरी विभागले..

    चालु आर्थिक बर्षको पूर्वार्ध चीनको वैदेशिक व्यापार १४६ खर्ब यूआन

    शनिबार, आषाढ २८, २०७६ साल
    बेइजिङ, २८ असार । चालू वर्षको पूर्वार्ध चीनको वैदेशिक व्यापारसँग सम्बन्धित कूल १४६ खर्ब ७० अर्ब चिनियाँ युआन बराबर भएको चिनियाँ भन्सार विभाग (व्यूरो) ले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्कमा जनाइएको छ । गत वर्षको सोही अवधिको तुलनामा यो ३.९ प्रतिशतको वृद्धि हो । विश्व व्यापारमा पछिल्लो समय संरक्षणवाद चर्केर गएको र विश्वमा आर्थिक वृद्धि पनि मन्द भएको दवाव चिनियाँ अर्थतन्त्रमा समेत परिरहेका..

    आक्रमणका लागि तालिवान बालक प्रयोग गर्दै, विवाह समारोहमा भएको अक्रमणमा ९ जनाको मृत्यु

    शनिबार, आषाढ २८, २०७६ साल
    काबुल, २८ असार । आफगानिस्तानमा विवाह समारोह लक्षित आत्मघाती बम आक्रमण भएको छ। शुक्रबार भउको उक्त आक्रमणमा परी ९ जनाको मृत्यु भयो भने १२ जना घाइते भएका छन्।  नान्गरहर प्रान्तस्थित पाचिरागम जिल्लामा विवाह समारोह जारी थियो। सो क्रममा एक बालक त्यहाँ देखा परेको, त्यसको केही क्षणमै बालकले बोकेको आत्मघाती बम विस्फोट भएको अधिकारीहरुले जनाएका छन्। आक्रमणको जिम्मा आइएस समूहले लिएको छ। भारतस्थित समाचार..

    खराब माैसमका कारण विमान हल्लिदा आकस्मिक अवतरण, ३७ जना घाइते

    शुक्रबार, आषाढ २७, २०७६ साल
    होनोलुलु, २७ असार । माैसमकाे खराबीका कारण विमान हल्लिएपछि आकस्मिक अवतरण गरिएकाे छ । एअर क्यानाडाको विमान मौसममा खराबीका कारण अमेरिकाको हवाई राज्यस्थित होनोलुलुमा आकस्मिक अवतरण गरिँदा ३७ जना घाइते भएका हुन् । एयर क्यानाडाको ७७७–२०० विमान क्यानाडाको भ्यान्कुभरबाट सिड्नी जान लागेको थियो ।उक्त विमानमा २६९ जना यात्रु र १५ जना चालक दलका सदस्य रहेका थिए । उडिरहेको विमान मौसमको खराबीका कारण हल्लिएको बताइएको..

    अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा मृगौला प्रत्यारोपणको नयाँ नीति घोषणा

    बिहिवार, आषाढ २६, २०७६ साल
    वासिङ्टन, २६ असार  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार एक कार्यकारी आदेशमा हस्ताक्षर गर्दै आगामी सन् २०३० सम्ममा अमेरिकामा २५ प्रतिशतले मृगौला रोगीको संख्यामा कमी ल्याउने घोषणा गर्नुभएको छ ।  अमेरिकी सरकारले मृगौला प्रत्यारोपणमा नयाँ र सरल नियम ल्याउने तयारी गरेको छ । अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट कृत्रिम मृगौला प्रत्यारोपणका लागि स्वीकृति प्राप्त भएमा स्वास्थ्य क्षेत्रमा थप प्रगति हुने अमेरिकी प्रशासनको विश्वास..

    ट्रम्पलाई 'असक्षम' भन्ने बेलायती राजदूत किम ड्यारोचले दिए राजीनामा

    बुधबार, आषाढ २५, २०७६ साल
    लण्डन, २५ असार इमेल काण्डका कारण विवादमा आएका अमेरिकाका लागि बेलायतका राजदूत सर किम डरोकले बुधबार राजीनामा दिएका छन् । अमेरिकी राष्ट्रपतिलाई आलोचना गर्दै उनले आफ्नो विदेश मन्त्रालयलाई पठाएको इमेल गएको आइतबार सार्वजनिक भएपछि उनलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मूर्ख भनेका थिए । सो इमेल बेलायतकै पत्रिका डेली मेलले सार्वजनिक गरेको थियो ।  बेलायती राजदूतको इमेलमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनलाई अयोग्य,..

    अर्जेन्टिनाका पूर्व राष्ट्रपति फर्नान्डो डे ला रुअको निधन

    बुधबार, आषाढ २५, २०७६ साल
    ब्यूनस आयर्स, २५ असार  अर्जेन्टिनाका पूर्व राष्ट्रपति फर्नान्डो डे ला रुअको मंगलबार मुटु तथा मृगौला रोगका कारण ८१ वर्षको उमेरमा निधन भएको छ । स्वास्थ्य अवस्था नाजुक भएपछि उहाँलाई ब्यूनस आयर्सस्थित अस्पतालमा भर्ना गरिएको थियो । अर्जेन्टिनाका राष्ट्रपति मौरिसियो म्याक्रीले वरिष्ट राजनीतिक फर्नान्डोको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।  पूर्व राष्ट्रपति फर्नान्डोको तीन वर्षअघि सन् २०१६ मा शल्यक्रिया गरिएको थियो । गत वर्ष..

    इरानको तेल ट्यांकरमा कब्जा गर्ने दाउमा अमेरिका

    बुधबार, आषाढ २५, २०७६ साल
    काठमाडौं, २५ असार । अमेरिकाले इरानकाे तेल ट्यांकरहरूमा कब्जा गर्ने रणनीति  बनाएको छ ।अन्तर्राष्ट्रिय जलमार्गमा इरानको तेल ट्यांकरहरूमा साझेदारहरूमार्फत कब्जा गर्ने रणनीति अमेरिकाकाे छ। इरानलाई जल नाकाबन्दी गर्न पनि अमेरिका तम्सेको हाे । यो सबै उसले जलआवागमन स्वतन्त्रताको नाममा गर्न लागेको हो । अमेरिकाले ‘होर्मुज र बाब अल–मान्डेबको जलडमरुमा जलआवागमनको स्वतन्त्रता सुनिश्चित गर्न’ गठबन्धन बनाउन खोजेको जोइन्ट चीफ्स अफ स्टाफ जोसेफ डनफोर्डले मंगलवार बताए । यो..

    अन्तरीक्षको प्रतिष्पर्धामा भारत, चन्द्रमामा यान पठाउँदै

    मंगलवार, आषाढ २४, २०७६ साल
    काठमाडौँ, २४ असार  भारतले चन्द्रमामा यान पठाउने भएको छ । १४ जुलाई आइतबार उसले चन्द्रयानको रकेट प्रक्षेपण गर्ने भएको हो । चन्द्रयान १ पछि चन्द्रयान २ भारतको चन्द्रमा अन्वेषणमा महत्वाकांक्षी योजनामा पर्दछ । चन्द्रयान चन्द्रमाको सतहमा पुग्नेवित्तिकै भारत अमेरिका, रुस र चीनपछि चन्द्रमामा यान पुर्याउने चौंथो देश हुनेछ । भारतले चन्द्रयान चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गर्ने योजना बनाएको छ । यो सफल भएमा..

    अमेरिकाको राजधानी वाशिङटन क्षेत्रमा अचानक बाढी, ह्वाइट हाउस जलमग्न

    मंगलवार, आषाढ २४, २०७६ साल
    वाशिङटन, २४ असार ।  अमेरिकाको राजधानी वाशिङटन क्षेत्रमा अचानक बाढी आएको छ । पानी राष्ट्रपति भवन ह्वाइट हाउसमा पनि पसेको जनाइएको छ । आपतकालीन स्थिति आइपरेपछि आवतजावत गरिरहेका यात्रुहरू जोखिममा परेका छन् । ठूलो वर्षाका कारण कतिपय ठाउँमा सडक अवरुद्ध भएर चालकहरू फसेका छन् भने केही भूमिगत रेलमार्गमा खतरनाक डुबानको स्थिति देखा परेको बीबीसीले जनाएको छ । मौसमसम्बन्धी निकाय नेसनल वेदर सर्भिसले अचानक..

    बाढीका कारण अमेरिकाको राजधानी वासिङ्टन डिसीको जनजीवन प्रभावित (भिडिओसहित)

    मंगलवार, आषाढ २४, २०७६ साल
    काठमाडौँ, २४ असार ।  अमेरिकाको वासिङ्टन डिसीमा भिषण वर्षापछि आएको बाढीका कारण जनजीवन प्रभावित बनेको छ । बाढीका कारण सडकयात्री र यातायातमा सवार सबै अलपत्र परेका छन् भने अधिकांश सवारीसाधनहरुको आधाभन्दा बढी भाग बाढीले डुबाएको छ । सुरुङ रेलमार्गहरु समेत प्रभावित भएका छन् । कति चालकहरुले गाडी बाटोमै छोडेर भागेका छन् । अलपत्र परेकाहरुको उद्धारका लागि स्थानीय प्रशासनले उद्धार टोली खटाएको छ..

    सिरियामा जर्मनीले सैनिक नपठाउने भएपछि अमेरिकालाई झट्का !

    सोमबार, आषाढ २३, २०७६ साल
    बर्लिन, २३ असार  जर्मनीले सिरियामा सैनिक पठाउने आफ्नो कुनै योजना नरहेको स्पष्ट गरेको छ । सिरियामा सक्रिय इस्लामिक स्टेट समूह विरुद्धको सैनिक कारबाहीमा सघाउन अमेरिकाले केही दिनअघि जर्मनीलाई अनुरोध गरेको थियो । जर्मन सरकारका प्रवक्ता स्टिफेन साइबर्टले इस्लामिक स्टेट समूह विरुद्धको वृहद् गठबन्धनमा जर्मनी सहभागी रहेको र त्यसलाई निरन्तरता दिइने बताउँदै प्रत्यक्ष सैन्य परिचालन नगरिने स्पष्ट गरे। सिरियासम्बन्धी अमेरिकी विशेष प्रतिनिधि जेम्स जेफ्रीले..

    ब्रिटिस एअरवेजलाई यात्रुको डाटा चोरेका अभियोगमा २ करोड २९ लाख डलर जरिवाना

    सोमबार, आषाढ २३, २०७६ साल
    लण्डन, २३ असार बेलायती विमान कम्पनी ब्रिटिस एअरवेजलाई लाखौँ यात्रुको डाटा चोरीमा दोषी ठहर गर्दै १८ करोड ३० लाख ३९ हजार पाउण्ड सटर्लिङ (२२ करोड ९० लाख ७० हजार अमेरिकी डलर) जरिवाना गरिएको विमानकम्पनीको मातृ समूह ‘इन्टरनेशनल एअरलाइन्स ग्रुप’ (आएजी) ले सोमबार जनाएको छ । कम्प्युटरका घुषपैठ (ह्याकर)हरूले गत बर्ष विमानका लाखौँ यात्रुहरूको तथ्याङ्क तथा बैंक विवरण चोरी गरी कानूनविपरित काम गरेको..

    अमेरिकासँग 'टक्कर' लिँदै ईरान : युरेनियम उत्पादन बढाउने घोषणा !

    आईतवार, आषाढ २२, २०७६ साल
    काठमाडौं, २२ असार ईरानले युरानियम उत्पादन सीमा बढाउने भएको छ । २०१५ को परमाणु सम्झौता अनुसार तय गरिएको सम्झौता छोड्न लागेको हो । ईरानले परमाणु सम्झौता कायमै होस् भन्न चाहेको तर, युरोपका देशहरु पछाडि हटेको उपविदेशमन्त्री अब्बास अरागचीले बताए । अमेरिकाले २०१८ मा एकतर्फी रुपमा सम्झौता तोडेको घोषणा गरेको थियो । लगतै अमेरिकाले ईरानमाथि थुप्रै प्रतिबन्ध लगाएको छ । जवाफमा इरानले मेबाट युरेनियम उत्पादन सुरु..

    अफगानिस्तानको पूर्वी क्षेत्रमा कार बम विस्फोट, १२ को मृत्यु

    आईतवार, आषाढ २२, २०७६ साल
    घाज्नी, २२ असार  अफगानिस्तानको पूर्वी क्षेत्रमा भएको विस्फोटनको घटनामा परी कम्तीमा १२ जना मारिएका छन् । कतारमा अफगानिस्तानको द्वन्द्व अन्त्य गर्ने बारेमा शान्तिवार्ता भइरहेका बेला अफगानिस्तानमा पछिल्लो समय धेरै विस्फोटनका घटना भइरहेका छन् ।  आइतबार भएको विस्फोटन पनि त्यसैको श्रृङ्खला भएको र विस्फोटनमा परी अरु कैयौं घाइते भएको जनाइएको छ । गुप्तचरसम्वन्धी एक कार्यालय नजिकै विस्फोटन भएको हो । अमेरिकी सहजकर्ताको समन्वयमा अफगानिस्तानी प्रतिनिधि..

    लिबिया संकट : तत्काल युद्धविराम गर्न राष्ट्रसंघको आग्रह

    शनिबार, आषाढ २१, २०७६ साल
    त्रिपोली, २१ असार : संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले लिबियामा तत्काल युद्व विराम गर्न आग्रह गरेको छ ।  तीन महिनामै एक हजार भन्दा बढीको मृत्यु भएको जनाउदै सुरक्षा परिषद्ले युद्ध विराम गर्न शुक्रबार आह्वान गरेको हो ।  राजधानी त्रिपोलीनजिकै रहेको ताजौरामा गत मङ्गलबार भएको आक्रमणको घटनाप्रति पनि परिषद्ले निन्दा गरेको छ ।  लिबियामा पछिल्लो तीन महिनामा भएका विभिन्न आक्रमणका घटनामा परी पाँच सय भन्दा बढी..

    प्राचीन मेसोपोटामियन शहर बेबिलोन विश्व सम्पदा सूचीमा समावेश

    शनिबार, आषाढ २१, २०७६ साल
    काठमाडौँ, २१ असार  युनेस्कोले प्राचीन मेसोपोटामियन शहर बेबिलोनलाई विश्व सम्पदा सूचीमा समावेश गरेको छ। ४ हजार वर्ष पुरानो सभ्यता बोकेको बेबिलोनलाई विश्व सम्पदा सूचीमा समावेश गराउन इराकले सन् १९८३ देखि नै प्रस्ताव गर्दै आएको थियो। विश्वको सात आश्चर्यमध्ये पर्ने 'ह्याङगिङ गार्डेन' का लागि बेबिलोन शहर प्रख्यात रहेको थियो। सद्दाम हुसेनको शासनकालमा सो शहरमा दरबार बनाउन सुरु गरिएसँगै बेबिलोनको अस्तित्व संकटममा परेको बताइन्छ। पछि त्यहाँ..

    सोमालियामा शान्तिको सार्थक पहल, इस्लामिक लडाकूहरुलाई सुरक्षा सेवामा समायोजन गरिंदै

    शुक्रबार, आषाढ २०, २०७६ साल
    मोगादिसु, २० असार : सोमाली सरकारले मध्यम इस्लामिक समूह अहलु सुन्ना वलिजामा (एएसडब्लुजे) मा आबद्ध लडाकूहरुलाई सोमालियाका सुरक्षा अंगहरुमा समायोजन गर्ने तयारी थालेको छ । सोमालियाका प्रधानमन्त्री हस्सन अलि खयरेले सोमालियाको गलमुदुग राज्यको राजधानी धुसामारेबमा उक्त कार्यक्रमको शुभारम्भ गर्नुभयो ।  सोमालिया सरकार तपाइँहरुको पक्षमा छ । गलमुदुगमा राजनीतिक स्थायित्व बहाल गर्ने कार्यमा हामी पूर्ण प्रतिबद्ध छौं, त्यसमा सबैको सहयोग अति आवश्यक छ । त्यस..

    श्रीमती भागेपछि युएईका प्रधानमन्त्री बेलायती अदालतको शरणमा

    शुक्रबार, आषाढ २०, २०७६ साल
    युएई, २० असार । संयुक्त अरब इमिरेट्सका उपराष्ट्रपति एवं प्रधानमन्त्री श्रीमती भागेपछि बेलायती अदालतको शरणमा पुगेका छन् । प्रधानमन्त्री शेख मोहम्मद बिन रसिद अल मकतोमले आफ्नी श्रीमतीहरुमध्ये एक राजकुमारी हया बिन्ट अल हुसेनविरुद्ध बेलायती अदालतमा मुद्दा दायर गरेका हुन्। जोर्डनका पूर्व राजाकी बहिनी रहेकी हयाले दुबईका शासकसमेत रहेका श्रीमान शेखलाई छोडेर दुबईबाट लण्डन पुगेपछि यो विषय अदालतसम्म पुगेको ब्रिटिस मिडियाहरुले जनाएका छन्। अर्बपति शेखले आफ्नी श्रीमतीविरुद्ध..

    यी ८ देश जसले आवश्यकता पर्दा भाडामा सेना लिन्छन्

    बिहिवार, आषाढ १९, २०७६ साल
    एजेन्सी, १९ असार  संसारमा अमेरिकाले सेनालाई धेरै खर्च छ । अमेरिकापछि चीनले सैन्य क्षेत्रमा अत्याधिक खर्च गर्ने गरेको छ । यि त भए सेनाका लागि लगानी गर्ने राष्ट । संसारमा त्यस्ता देशहरु पनि छन्, जहाँ सेना नै छैन् । आवश्यकता परेको अवस्था ति देशहरुले विदेशबाट सेनालाई भाडामा लिने गरेका छन् । कोस्टारिका सन् १९४८ को राष्टपति चुनावमा धाँधली भएपछि कोस्टारिकामा जनविद्रोह भएको थियो..

    सबैभन्दा महँगो सम्बन्ध विच्छेद : अंशको आधा सम्पत्ति दान गर्दै श्रीमति

    बुधबार, आषाढ १८, २०७६ साल
    एजेन्सी, १८ असार विश्वको सबैभन्दा धनी व्यक्ति तथा अमेजनका संस्थापक जेफ बेजोस र उनकी पत्नी मेकेन्जी बेजोसबीच सम्बन्धविच्छेद हुने भएको छ । २६ वर्षअघि यी दुवैको बीचमा विवाह भएको थियो । सम्बन्ध विच्छेदपछि मेकेन्जीले ३८ अर्ब डलर रकम पाउनेछिन् । यो विश्वको सबैभन्दा महँगो सम्बन्धविच्छेद मानिएको छ । बेजोस अमेजनका संस्थापक र सीईओ हुन् । लेखिका ४९ वर्षीया मेकेन्जी विश्वकी चौथी सबैभन्दा धनी..

    शरणार्थी हिरासतमा हवाइ आक्रमण हुँदा ४० जनाकाे मृत्यु

    बुधबार, आषाढ १८, २०७६ साल
    त्रिपोली, १८ असार। लिबियामा भएकाे शरणार्थी हिरासतमा हवाइ आक्रमणमा दर्जनौँ मानिसले ज्यान गुमाएका छन्। लिबियाको राजधानी त्रिपोलीस्थित शरणार्थीलाई नियन्त्रणमा राखिएकै ठाउँमा हवाइ हमला गर्दा दर्जनौँ मानिसको मृत्यु भएकाे हाे। त्रिपोलीस्थित शरणार्थीलाई नियन्त्रणमा राखिएको स्थलमा हवाइ हमला भएको कुरा स्वास्थ्य अधिकारीले जनाएका छन् । स्वास्थ्य सेवा विभागका प्रवक्ता मालेक मर्सेकका अनुसार मंगलबारको उक्त हमलामा कम्तिमा ४० जना मारिएका थिए । साथै ८० जना घाइते भएको बताइएको..

    लिबियाको बन्दीगृहमा हवाई हमला हुँदा ४० जनाको मृत्यु

    बुधबार, आषाढ १८, २०७६ साल
    काठमाडाैं, १८ असार । लिबियास्थित एक बन्दीगृहमा हवाई हमला हुँदा कम्तीमा ४० जनाको मृत्यु भएकाे छ । अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार लिबियाको राजधानी त्रिपोलीको पूर्वी तजोरामा रहेको एउटा बन्दीगृहमा भएको हो। जहाँ आप्रवासी राखिएको छ। उक्त बन्दी गृहमा भएको हवाई हमलामा ८० जना घाइते भएको बीबीसीले उल्लेख गरेको छ। मारिनेमा धेरैजसो अफ्रिकी आप्रवासी रहेको समाचारमा जनाइएको छ।आपत्कालीन सेवासम्बन्धी निकायका प्रवक्ता ओसामा अलीले हमला हुँदा १२०..

    'मलाई तत्काल मन्त्रीबाट हटाए पनि कुनै टेन्सन छैन'

    मंगलवार, आषाढ १७, २०७६ साल
    बुटवल, १७ असार ।  कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनालले तत्काल मन्त्रिमण्डल नफेरिने बताएका छन्। मन्त्रीहरु फेरिने भनेर बाहिर आएजस्तो हल्ला भित्र नभएको भन्दै उनले मन्त्रिमण्डल फेरिने सम्भावना नरहेको दाबी गरे ‘प्रधानमन्त्रीले चाहे सबै मन्त्री फाल्न सक्नुहुन्छ, काम जति राम्रो गरेपनि त्यहि मान्छे बसिरहने कुरा पनि हुँदैन,' मन्त्री खनालले भने, 'अरुलाइ पनि पालो दिनुपर्छ, मेरो कुरा गर्नुहुन्छ भने अहिले नै हटाएपनि कुनै टेन्सन छैन।’  बुटवलमा..

    हङकङमा सुपुर्दगी विधेयकको चर्काे विरोध, संसद भित्रै पसेर प्रदर्शनकारीले गरे तोडफाेड

    मंगलवार, आषाढ १७, २०७६ साल
    एजेन्सी, १७ असार । हङकङमा सुपुर्दगी विधेयकका बारेमा चर्काे विवाद तथा आलाेचना भइरहेकाे छ।  सुपुर्दगी विधेयकको विरोध गरिरहेका प्रदर्शनकारीले सोमबार हङकङको संसद भवन भित्रै पसेर तोडफोड गरे। प्रदर्शनका क्रममा उनीहरुले हङकङको प्रतीक चिन्हलाई हटाएर वलायती झण्डा फहराएको बीबीसीले जनाएकाे छ। प्रहरीले परिस्थितीलाई नियन्त्रणमा लिन लाठीचार्ज र आश्रु ग्याँसको प्रयोगसमेत गरेका थिए। वेलायतले हङकङ चीनलाई हस्तान्तरण गरेको २२ औं वर्षगाठको विशेष अवसरमा हङकङका नागरिकले प्रदर्शन गरेका हुन्। कडा मिहिनेतपछि..

    भारी वर्षाका कारण भारतमा २७ जनाकाे मृत्यु, राहतमा समस्या

    मंगलवार, आषाढ १७, २०७६ साल
    मुम्बई, १७ असार । मनसुन सक्रिय भएसँगै भारतमा भारी वर्षाका कारण २७ जनाले ज्यान गुमाएका छन्। भारी वर्षाका कारण विभिन्न तीन ठाउँमा पर्खाल भत्किँदा ज्यान गुमाउनेको संख्या २७ पुगेको हाे । मुम्बई र पुणेका छुट्टाछुट्टै तीन ठाउँमा भारी वर्षाका कारण पर्खाल भत्किँदा २७ जनाको मृत्यु भएको छ भने अन्य धेरै घाइते भएका छन् । केही गम्भीर छन् । मृतकको संख्या बढ्न सक्ने बताइएको छ..

    भारतकाे उत्तर प्रदेशमा कर्मचारीले पान-गुटखा खान नपाउने

    सोमबार, आषाढ १६, २०७६ साल
    एजेन्सी, १६ असार भारतको उत्तर प्रदेशमा कर्मचारीले अनुमतिविना उपहार लिन नपाउने भएका छन् । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले सोमवार यस्तो नियम जारी गरेका छन् । नयाँ नियमअनुसार कुनै पनि कर्मचारीले सचिवालय वा सरकारी कार्यालयमा कुनै पनि खालका उपहार लान पनि पाउनेछैनन् । यसैगरी सरकारी कर्मचारीले पनि उच्च अधिकारीको अनुमति नभई उपहार लिन नपाउने उल्लेख गरिएको छ ।  राज्य सरकारका सबै मन्त्रीलाई पनि..

    साढे ४ अर्ब र बच्चा लिएर राजकुमारी नै भागेपछि...

    सोमबार, आषाढ १६, २०७६ साल
    काठमाडौँ, १६ असार । दुबईका अरबपति राजकुमार शेख मोहम्मद बिन राशिद अल मकतूमका छैटौँ श्रीमती राजकुमारी हया बिन्त अल हुसैनले देश छाडेर भागेका छन् । उनले करिब चार अर्ब ३३ करोड ६० लाख रूपैयाँसहित दुई बच्चा जलिला (११) र जायेद (७) लिएर भागेकाे समाचारमा जनाइएको छ ।  समाचारका अनुसार राजकुमारी हया लण्डनमा लुक्दै आएकी छन् । उनी जेर्डनका राजा अब्दुल्लाकी सौतनी बहिनी..

    यमनका हुथी विद्रोहीद्वारा दुई विमानस्थलमा फेरि ड्रोन आक्रमण

    आईतवार, आषाढ १५, २०७६ साल
    साउदी, १५ असार। अरेबियाको दक्षिणी आसिर प्रान्तमा रहेका दुई विमानस्थलमा फेरि ड्रोन आक्रमण भएकाे छ । यमनका हुथी विद्रोहीहरुले साउदी अरेबियाको दक्षिणी आसिर प्रान्तमा रहेको आभा विमानस्थलमा मानवविहीन बिमान 'ड्रोन' बाट आक्रमण गरेका हुन् ।  विद्रोहीहरुले जिजान प्रान्तको जिजान बिमानस्थलमा समेत ड्रोनमार्फत बम आक्रमण गरेको दाबी पनि गरेका छन् । दुबै ड्रोन आक्रमणबाट आभा र जिजान बिमानस्थलका बिमान ह्याङ्गरमा आक्रमण गरिएको विद्रोहीद्वारा संचालित मासिराह टेलिभिजनले..

    हुवावेमाथिको अमेरिकी प्रतिबन्ध फुकुवा ! यसरी ‘कोर्स’ उल्ट्याए ट्रम्पले !!

    आईतवार, आषाढ १५, २०७६ साल
    एजेन्सी, असार १५ ।  विश्वका  आर्थिक रुपमा सबैभन्दा शक्तिशाली दुई मुलुक अमेरिका र चीन आपसी व्यापारिक युद्धको अवस्थालाई कम गर्न दुई पक्षिय वार्ता जारी राख्न सहमत भएका छन् । अमेरिकी सरकारले चिनियाँ दूरसञ्चार सामग्री उत्पादक कम्पनी हुवावेलाई कालोसूचीमा राखेको ६ हप्तामै राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘कोर्स’ उल्ट्याइदिएका छन् ।  वार्ताका क्रममा अमेरिकी राष्ट्रपति ट्रम्पले चिनियाँ कम्पनी हुवावेलाई अमेरिकामा बिक्री जारी राख्ने अनुमति दिने जनाएका  छन्..
    Results 1407: You are at page 13 of 47
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 Next Last
    Weather Forecast