सोमबार, माघ ६, २०७६

    बिदेश

    अमेरिकाको टेक्सस् गोली काण्डमा २० को मृत्यु

    आईतवार, श्रावन १९, २०७६ साल
    काठमाडौँ, १९ साउन ।  अमेरिकाको टेक्ससस्थित एक व्यापारिक केन्द्रमा भएको गोली काण्डमा २० जनाको मृत्यु भएको छ । अन्य २६ जना घाइते भएको प्रहरीले जनाएको छ ।  दिउँसो धेरै मानिस बजारका लागि निस्कने समयमा व्यापारिक केन्द्रमा गोली काण्ड भएको हो । गोली काण्डमा प्रहरीले डलासको काँठ क्षेत्र भनिने एलिनका बासिन्दा २१ वर्षीय युवकलाई पक्राउ गरेको छ ।  गोली प्रहार शुरु भएको केही मिनेटमा..

    एसियामा क्षेप्यास्त्र राख्दै अमेरिका, यस्तो पो रहेछ रहस्य

    आईतवार, श्रावन १९, २०७६ साल
    काठमाडौँ, १९ साउन ।  अमेरिकी रक्षामन्त्री मार्क एस्परले एसियामा मध्यम दूरीका मार हान्ने क्षेप्यास्त्र छिट्टै तैनाथ गर्न चाहेको बताएका छन्। चिनियाँ र उत्तर कोरियाली दबदबा घटाउन यस्तो कदम चाल्नुपरेको अमेरिकी भनाइ छ। रक्षामन्त्री एस्परले एसियामा पारम्परिक हतियार हटाएर मध्यम स्तरमा मार हान्ने क्षेप्यास्त्र तैनाथ गर्न सहज भएको पनि खुलासा गरे। अमेरिका ‘इन्टरमिडिएट रेन्ज न्युक्लियर फोर्सेस’ (आईएनएफ) सन्धिबाट बाहिरिसकेको पनि उनले स्पष्ट पारे।..

    अमेरिकी राष्ट्रपतिमा मिचेल ओबामाको “शुन्य संभावना”

    शनिबार, श्रावन १८, २०७६ साल
    वासिङ्टन, १८ साउन  अमेरिकाकी पूर्व प्रथम महिला मिचेल ओबामाले अमेरिकी राष्ट्रपतिको निर्वाचनमा उम्मेदवारी दिने संभावना शुन्य रहेको स्पष्ट पार्नु भएको छ ।    उहाँले उम्मेदवारी दिने चर्चा चलिरहेका बेला आफू त्यस प्रतिश्पर्धामा नरहेको शुक्रबार स्पष्ट पार्नु भएको हो । मिचेलले देशको सेवा गर्नका लागि अन्य धेरै बाटोहरु रहेकाले राष्ट्रपति नै बन्नु पर्ने चाहना नभएको बताउनु भयो । “त्यस विषयमा मेरो शुन्य संभावना रहेको..

    बैंककमा आसियान बैठक जारी, शहरमा शृङ्खलाबद्ध बम बिस्फोट

    शुक्रबार, श्रावन १७, २०७६ साल
    बैंकक, १७ साउन  दक्षिण पूर्वी एसियाली संगठन (आसियान) को मन्त्री स्तरीय बैठक जारी रहेकै बखत थाइल्यान्डको राजधानी बैंककमा शुक्रबार शृङ्खलाबद्ध बम बिस्फोट भएका छन् । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ समेत सहभागी यस बैठकमा आसियानका सदस्य राष्ट्रका मन्त्रीहरु सहभागी हुनुहुन्छ । कम क्षमताका पछिल्ला बिस्फोटहरुबाट तीन जना घाइते भएका प्रहरीले जनाएको छ । राजनीतिक हिंसाको इतिहासबाट चर्चामा रहेको थाइल्यान्डमा गत मार्चमा सम्पन्न विवादास्पद आम..

    चिनियाँ सामानमा करवृद्धि गर्ने अमेरिकी घोषणा, व्यापार वार्ता ओझेलमा

    शुक्रबार, श्रावन १७, २०७६ साल
    वासिङ्टन, १७ साउन ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका आयात हुने थप ३०० अर्ब अमेरिकी डलर बराबरका चिनियाँ सामानमा १० प्रतिशत करवृद्धि गर्ने घोषणा गर्नुभएको छ ।  चीनसँगको व्यापार वार्तामा चीनले अलमल गरिरहेको भन्दै राष्ट्रपति ट्रम्पले आगामी सेप्टेम्बर १ तारिखदेखि लागू हुनेगरी करवृद्धिको घोषणा गर्नुभएको हो । राष्ट्रपति ट्रम्पले चीनले तत्काल कुनै कदम नचाले १० प्रतिशत करवृद्धिलाई अझ बढाउने चेतावनी पनि दिनुभएको..

    अब साउदी अरेबियाका महिलाले एक्लै बिदेश यात्रा गर्न पाउने

    शुक्रबार, श्रावन १७, २०७६ साल
    रियाद, १७ साउन । अब साउदी अरेबियाका महिलाहरूलाई स्वतन्त्र रूपमा विदेश यात्रा गर्न सक्ने भएका छन् । शुक्रवार जारी शाही आदेश अनुसार २१ वर्ष पुगेका युवतीहरूले पुरुष अभिभावकको सहमती नभएपनि राहदानी प्राप्त गर्नका लागि आवेदन दिन सक्नेछन्। यस अघि साउदी अरेबियामा महिलाहरूले राहदानी प्राप्त गर्न र विदेश यात्रामा निस्कन पति, पिता वा पुरुष नातेदारबाट अनुमति लिनुपर्ने थियो। राहदानीका लागि आवेदन दिन र एक्लै विदेश..

    यमनी विद्रोहीको आक्रमणमा परी ४९ को मृत्यु

    बिहिवार, श्रावन १६, २०७६ साल
    एडेन, १६ साउन यमनी सिया विद्रोही र जिहादी समूहहरूले गरेको छुट्टा छुट्टै आक्रमणमा परी यमनका कम्तीमा ४९ जनाको मृत्यु भएको छ ।  यमनी सरकारको नियन्त्रणमा रहेको देशको दोस्रो ठूलो सहर एडेनमा बिहीबार भएको आक्रमणमा परी उनीहरु मारिएका हुन् ।  लडाकूहरुले आत्मघाती बम आक्रमण र ड्रोनबाट आक्रमण गरेको प्रहरी अधिकारीहरुले जनाएका छन् । उनीहरुका अनुसार मृत्यु हुने अधिकांश भर्खरै प्रशिक्षित कनिष्ट प्रहरी थिए । स्वास्थ्य..

    इरानी विदेशमन्त्रीमाथि अमेरिकी प्रतिबन्ध, इरानले भन्यो - अमेरिका डरायो

    बिहिवार, श्रावन १६, २०७६ साल
    वासिङ्टन, १६ साउन  संयुक्तराज्य अमेरिकाले इरानी विदेशमन्त्री मोहम्मद जावाद जरिफमाथि बुधबार प्रतिबन्धहरु लगाउने घोषणा गरेको छ ।  अमेरिकी प्रतिबन्धहरुमा विदेशमन्त्री जरिफको संयुक्तराज्य अमेरिकामा रहेको वा अमेरिकी संस्थाहरुको नियन्त्रणमा रहेको सम्पत्ति रोक्का गरिनुका साथै जरिफको अन्तर्राष्ट्रिय भ्रमणलाई सीमित गरिने छ । अमेरिकी अर्थमन्त्री स्टिभेन मन्चिनद्वारा जारी वक्तव्यमा जरिफले इरानी सर्वोच्च नेताका एजेन्डाको जथाभावी पक्षपोषण गरेको तथा इरानी सत्ताको मुख्य प्रवक्ताका रुपमा विश्वभर इरानी धारणा..

    ओसामा बिन लादेनका छोरा हम्जाको मृत्यु !

    बिहिवार, श्रावन १६, २०७६ साल
    काठमाडाैं, १६ साउन । अल-कायदाका संस्थापक ओसामा बिन लादेनका छोरा हम्जाको मृत्यु भएको छ। ३० वर्षिय हम्जा बिन लादेनकाे मृत्यु भएकाे अमेरिकी गुप्तचर अधिकारीहरूले जनाएका छन्। अज्ञात स्रोतहरूलाई उद्धृत गरिएका समाचारमा उनको मृत्युको मिति र स्थानबारे विस्तृत विवरण अस्पष्ट छ। फेब्रुअरी महिनामा अमेरिकी सरकारले उनी बसेको ठाउँबारे जानकारी दिनेलाई १० लाख डलर पुरस्कार दिने घोषणा गरेको थियो। साउदी अरेबियाले गत मार्चमा उनको नागरिकता..

    बाढीबाट उत्तरपूर्वी चीनका साढे ७ लाख प्रभावित

    बुधबार, श्रावन १५, २०७६ साल
    हार्बिन, १५ साउन चीनको उत्तरपूर्वी क्षेत्रमा आएको बाढीका कारण साढे सात लाखभन्दा बढी स्थानीय बासिन्दा प्रभावित भएका छन् ।  स्थानीय सरकारी अधिकारीहरूका अनुसार कूल सात लाख ५७ हजार नौ सय जना बाढीबाट प्रभावित भएका हुन् ।  देशको हेइलोङजिआङ प्रान्तमा रहेका झण्डै ११ हजार चार सय घर परिवार विस्थापित भएको उनीहरूले बताएका छन् । बाढीले पाँच लाख ६३ हजार हेक्टर क्षेत्रफलमा रहेको कृषि उपज नष्ट..

    अमेरिकी राष्ट्रपतिको चेतावनीपछि चीनले भन्यो - “अमेरिकी अहङ्कार”

    बुधबार, श्रावन १५, २०७६ साल
    शाङ्घाई, १५ साउन । एक वर्षदेखि जारी अमेरिका–चीन “व्यापार युद्ध”को अन्त्यको उपाय निकाल्न चिनियाँ र अमेरिकी व्यापार मध्यस्थकर्ताहरुको वार्ता शाङ्घाईमा बुधबार पुनः शुरु भएको छ । तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गर्नुभएका पछिल्ला ट्वीटले वार्तालाई नै ओझेलमा पारेको छ । व्यापारमा समस्या देखिएको भन्दै अमेरिका र चीनले एकअर्काका करिब तीन खर्ब ६० अर्ब डलर बराबरका सामानमा करवृद्धि गरेका छन् । अमेरिकाले चिनियाँ..

    चीनको सिनच्याङमा २३ लाख नागरिक गरिबीबाट मुक्त

    मंगलवार, श्रावन १४, २०७६ साल
    बेइजिङ, चीन, १४ साउन चीनको उत्तर पश्चिमी सिनच्याङ युगुर स्वायत्त प्रदेशमा पाँच बर्षमा २३ लाख १० हजार नागरिक गरिबीबाट मुक्त गरिएको क्षेत्रीय अधिकारीले मङ्गलबार जनाएका छन् । सन् २०१३ मा उक्त क्षेत्रको गरिबीदर १९.५ प्रतिशत रहेकोमा सन् २०१८ मा उक्त क्षेत्रको गरिबी दर छ प्रतिशतमा झरेको छ । सन् १९७८ मा उक्त प्रदेशको ग्रामिण इलाकाका नागरिकको प्रतिव्यक्ति आय ११९ युआन रहेकोमा सन् २०१८..

    राहुल गान्धीले पद त्यागेपछि प्रियंका गान्धी कांग्रेस अध्यक्ष !

    मंगलवार, श्रावन १४, २०७६ साल
    नयाँ दिल्ली, १४ साउन । प्रियंका गान्धी भारतीय प्रतिपक्षी दल कांग्रेस आईको अध्यक्ष हुने संकेत देखिएकाे हाे । पछिल्लाे समय अध्यक्ष उम्मेदवारका लागि प्रियंका गान्धीको नाम बाहिर आएको हाे । कांग्रेसमा गान्धी परिवारको विरासत रहँदै आएकामा अब पालो प्रियंकाको आएको भन्दै उनकै नाममा सर्वसम्मत हुने संकेत देखिएको छ । राहुल गान्धीले पद त्यागेपछि प्रियंकालाई भावी अध्यक्षका रुपमा हेरिएको छ । कांग्रेसभित्र दिग्गज एवं..

    एकै दिन ३ करोड ५० लाख बिरुवा रोपेर विश्व कीर्तिमान

    मंगलवार, श्रावन १४, २०७६ साल
    काठमाडौँ, १४ साउन ।  अफ्रिकी मुलुक इथियोपियाले एकैदिनमा ३ करोड ५० लाख भन्दा बढी विरुवा रोपेर  विश्व कीर्तिमान कायम गरेको छ ।  संयुक्त राष्ट्रसंघ तथा अफ्रिकी यूनियनका स्वयम्सेवीले १२ घण्टाको अवधिमा ती विरुवा रोपेको यहाँको खोज तथा प्रविधि मन्त्रीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । हरियाली वातावरणका लागि भन्दै प्रधानमन्त्री अबी अहमदले अघि सारेको योजना अनुरुप मुलुकभरका १ हजार भन्दा बढी..

    अफगानिस्तानका राष्ट्रपतिका उम्मेदवारहरू त्रसित

    सोमबार, श्रावन १३, २०७६ साल
    काबुल, १३ साउन अफगानिस्तानमा राष्ट्रपतीय निर्वाचनका लागि उम्मेदवारी दिएका नेताहरूले असुरक्षित महसुस गरेका छन् । राष्ट्रपति असरफ घानीका सहयोगी तथा उपराष्ट्रपतिका उम्मेदवारको कार्यालयमा जनधनको क्षति हुनेगरी विस्फोटन भएपछि उम्मेदवारहरुले असुरक्षित महसुस गरेका हुन् ।  उपराष्ट्रपतिका उम्मेदवार अमरूल्लाह सालेहको कार्यालयमा भएको आतंककारी हमलामा परी २० जनाको मृत्यु भएको र थुप्रै घाइते भएको घटनापछि उनीहरूले सुरक्षाको खतरा महशुस गरेका हुन् ।    आइतबार भएको आक्रमणमा मृत्यु भएकामध्ये..

    ट्रम्प प्रशासन छाड्दै अमेरिकी राष्ट्रिय गुप्तचर निकायका प्रमुख

    सोमबार, श्रावन १३, २०७६ साल
    काठमाडौँ, १३ साउन ।  अमेरिकाको राष्ट्रिय गुप्तचर निकायका प्रमुख डान कोट्सले पद छोड्ने भएका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनबाट बाहिरिने उनी पछिल्लो उच्च पदस्थ व्यक्ति हुन् । राष्ट्रपति ट्रम्पले ट्वीट गरेर कोट्स आउँदो अगस्टको मध्यदेखि पदमा नरहने उल्लेख गरेका छ । उनको ठाउँमा टेक्सासबाट कंग्रेसमा प्रतिनिधित्व गर्ने जोन र्‍याट्क्लिफलाई नियुक्त गर्ने पनि ट्रम्पले जनाएका छन् । र्‍याट्क्लिफको नेतृत्वमा देश महानता तर्फ..

    जापानमा ६.५ म्याग्नीच्युडको भूकम्प

    आईतवार, श्रावन १२, २०७६ साल
    टोकियो, १२ साउन  जापानमा आइतबार ६.५ म्याग्नीच्युडको भूकम्प आएको छ ।  देशको दक्षिणपूर्वी तटीय क्षेत्रमा स्थानीय समय अनुसार बिहान ३.३१ बजे भूकम्प गएको जापानको मौसम विज्ञानसम्वन्धी कार्यालयले जनाएको छ ।   जमिनको सतहबाट करिब ४२० किलोमिटर गहिराईमा भूकम्प गएका कारण सुनामीको खतरा  नरहेको सम्भावना स्पष्ट गरेको छ ।  ..

    मेक्सिको सीमा क्षेत्रमा पर्खाल बनाउन ट्रम्पले पाए स्वीकृति

    शनिबार, श्रावन ११, २०७६ साल
    काठमाडौँ, ११ साउन अमेरिकाको सर्वोच्च अदालतले मेक्सिकोसँग रहेको दक्षिणी सीमाको एउटा खण्डमा पर्खाल बनाउन राष्ट्रपति डोनाल्ड ट्रम्पले सैन्य कोषबाट २.५ अर्ब अमेरिकी डलर प्रयोग गर्न पाउने आदेश दिएको छ । अमेरिकाको सर्वोच्च अदालतको यस निर्णयपछि राष्ट्रपति ट्रम्प गरेको एक ट्वीटमा सीमा सुरक्षा र विधिको कानूनको ठूलो विजय भएको बताएका छन् । क्यालिफोर्नियाका एक न्यायाधीशले उक्त कोष प्रयोग गर्न रोक लगाउने गरी दिएको आदेशविरुद्ध..

    ६ वर्षीया युट्युब स्टार जसले किनिन् ८० लाख अमेरिकी डलरको घर

    शनिबार, श्रावन ११, २०७६ साल
    काठमाडाैं, ११ साउन । ६ वर्षीया युट्युब स्टारले लाखौँ डलर पर्ने एक पाँच तले घर किनेकी छन् । दक्षिण कोरियाकी ६ वर्षीया युट्युब स्टारले ५ तले घर किनेकी हुन् । ३ करोड सब्सक्राइबर भएकी बोरामले अभिभावकद्वारा खडा गरिएको बोराम फेमली कम्पनीमार्फत् सो घर खरिद गरेकी हुन् । सियोलको आधुनिक उपनगर गङ्नामस्थित उक्त घरको मूल्य ९ अर्ब ५० करोड कोरियन वन (८० लाख अमेरिकी..

    फिलिपिन्समा आएको शक्तिशाली भूकम्पमा ८ जनाकाे मृत्यु

    शनिबार, श्रावन ११, २०७६ साल
    फिलिपिन्स,११ साउन । फिलिपिन्समा लगातार दुईवटा शक्तिशाली भूकम्प गएको छ । भूकम्पका कारण कम्तिमा ८ जनाको ज्यान गएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । भूकम्पका कारण झण्डै ६० जना घाइते भएका छन् । शनिबार बिहानै फिलिपिन्सको बातानेस प्रान्त केन्द्रविन्दु भएर ५.४ र ५.९ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्प गएका बेला अधिकांश मानिस घरमै थिए । भूकम्प गए पनि सुनामीको चेतावनी..

    बगदाद हमलामा १२ जना मारिए, दर्जनौँ घाइते

    शुक्रबार, श्रावन १०, २०७६ साल
    एजेन्सी, १० साउन इराकको राजधानी बगदादमा लगातार भएका तीनवटा बम विस्फोटमा कम्तिमा १२ जना मारिएका छन् । अरु दर्जनौँ घाइते छन् । पहिलो हमला स्थानीय समयअनुसार बिहीबार बिहान ८ बजे पूर्वी काबुलस्थित सरकारी कर्मचारीहरुलाई बोकेर गुडिरहेको गाडीप्रति लक्षित थियो । जहाँ पाँचजना मारिए र १० जना घाइते भए । गृह मन्त्रालयका प्रवक्ता नसरत रहिमीका अनुसार मिनी बसमा भएको हमलापछि दोस्रोपटक आत्मघाती आक्रमण भएको..

    ‘उत्तर कोरियाको क्षेप्यास्त्रबाट खतरा छैन’

    शुक्रबार, श्रावन १०, २०७६ साल
    सियोल, १० साउन । उत्तर कोरियाले बिहीबार गरेको नयाँ किसिमको क्षेप्यास्त्र परीक्षणबाट दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकालाई कुनै खतरा नरहेको बताइएको छ । दक्षिण कोरिया र अमेरिकाको संयुक्त सैन्य कमाण्डले शुक्रबार सो जानकारी गराएको समाचारमा जनाइएको छ । सो संयुक्त सैन्य अभ्यासको कमाण्डका सैनिक अधिकारीहरुले शुक्रबार सो कुरा बताएका हुन् ।  उत्तर कोरियाले बिहीबार बिहानै उत्तर कोरियाको वोनसानबाट दुई वटा नयाँ प्रकारका..

    को हुन नयाँ बेलायती प्रधानमन्त्री बोरिस जोन्सन ?

    शुक्रबार, श्रावन १०, २०७६ साल
    काठमाडौँ, ९ साउन  बेलायतको सत्तारूढ कन्जरभेटिभ पार्टीका नेता बोरिस जोन्सन जुलाई २४ तारिख एलिजावेथ द्वितीयाको अनुमतिमा औपचारिक रूपमा बेलायतको नयाँ प्रधानमन्त्रीमा नियुक्त भएका छन । प्रधानमन्त्री निवासअगाडि सम्वोधन गर्दै उनले बेलायती सर्वसाधारणप्रति संसदको वचन पूरा गर्न अक्टोबर ३१ अघि नै बेलायतलाई युरोप लिगबाट बाहिर ल्याउने विचार व्यक्त गरे । उनले युरोप लिगसँग नयाँ सम्झौता सम्पन्न गर्नेमा आफू विश्वस्त रहेको बताए । उनका अनुसार,..

    काबुलकाे श्रृङ्खलाबद्ध बम विष्फोटमा १५ जनाकाे मृत्यु

    बिहिवार, श्रावन ९, २०७६ साल
    काबुल, ९ साउन । अफगानिस्तानको राजधानी काबुलमा भएका श्रृङ्खलाबद्ध बम विष्फोटमा १५ जनाकाे ज्यान गएकाे छ ।अफगानिस्तानका लागि अमेरिकी सेनाध्यक्षले भ्रमणमा रहेका बेला काबुलमा विभिन्न तीन विष्फोट भएका हुन् । आक्रमणकारीले त्यहाँको खानी तथा पेट्रोलियम मन्त्रालयका कर्मचारी चढेको बसलाई लक्षित गरी बम विष्फोट गराएको र उक्त आक्रमणमा ८ जनाको ज्यान गएको बताइएको छ । उक्त आक्रमणमा अरु २७ जना घाइते भएका छन् । आक्रमणमा मारिने तथा..

    बोरिस बेलायतका नयाँ प्रधानमन्त्री

    बिहिवार, श्रावन ९, २०७६ साल
    काठमाडौँ, ९ साउन ।  बेलायतमा बोरिस जोन्सन नयाँ प्रधानमन्त्री बन्नुभएको छ । महारानी एलिजाबेथ द्वितीयाले बुधबार उहाँलाई प्रधानमन्त्री नियुक्त गर्नुभएको हो ।  जोन्सनले बुधबारै पदभार ग्रहण गर्नुभएको बीबीसीले जनाएको छ । उहाँ सत्ताधारी कन्जरभेटिभ पार्टीका नेता हुनुहुन्छ । जोन्सन मङ्गलबार सो पार्टीको नयाँ नेता चुनिनुभएको हो ।  बकिङ्घम दरबारमा महारानी एलिजाबेथलाई भेटेपछि प्रधानमन्त्री कार्यालय तथा निवास टेन डाउनिङ स्ट्रिटमा फर्किएपछि उहाँले देशवासीका नाममा..

    प्रधानमन्त्री मेद्वारा महारानीसमक्ष राजीनामा पेश

    बुधबार, श्रावन ८, २०७६ साल
    लण्डन, ८ साउन बेलायती प्रधानमन्त्रीको पदीय जिम्मेवारीबाट मुक्त हुन लाग्नु भएकी थेरेसा मेले बुधबार औपचारिक रूपमा पदबाट राजीनामा दिनुभएको छ ।  उहाँले आफ्नो राजीनामा पत्र बेलायती महारानी एलिजावेथ द्वितीयलाई बुझाउनु भएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।  उहाँको राजीनामा स्वीकृतिसँगै महारानीले प्रधानमन्त्रीका रूपमा बोरिस जोनसनलाई नियुक्त गर्नुहुने भएको छ । जोनसन कन्जरभेटिभ पार्टीका नेतामा निर्वाचित भएकाले उहाँ नै प्रधानमन्त्री बन्नुहुने भएको हो । बेलायतमा सामान्यतया..

    उच्च प्रविधियुक्त सेना बनाउन चीनको नयाँ योजना सार्वजनिक, अमेरिकाको चेतावनी

    बुधबार, श्रावन ८, २०७६ साल
    बेइजिङ, ८ साउन । चीनले आफ्नो राष्ट्रिय सेनालाई आधुनिक, उच्च प्रविधियुक्त बनाउने गरी राष्ट्रिय प्रतिरक्षा योजना बुधबार सार्वजनिक गरेको छ ।  बेइजिङमा सार्वजनिक उक्त योजना दस्तावेजमा अमेरिकाले विश्व रणनीतिक स्थायित्वलाई नजरअन्दाज गरेको आरोप लगाउँदै ताइवानको स्वतन्त्रता विरुद्ध चेतावनी दिइएको छ । सन् २०१२ यता पहिलो पटक सार्वजनिक गरिएको यस स्वेतपत्रमा विश्वकै सर्वाधिक ठूलो सेना र बेइजिङको सैन्य महत्वाकाँक्षाका बारेमा भने केही उल्लेख छैन..

    बाेक्सिङका क्रममा घाइते भएका रुसी बक्सरकाे मृत्यु

    बुधबार, श्रावन ८, २०७६ साल
    काठमाडौं, ८ साउन ।  खेलका क्रममा घाइते भएका रुसी बक्सर उपचारारका क्रममा निधन भएकाे छ । बक्सिङ खेलका क्रममा घाइते भएका रुसी बक्सर म्याक्सिम दादासेभको निधन भएको हाे । अमेरिकाको मेरिल्याण्डमा आइबीएफ लाईट वेल्टरवेटको फाइटका क्रममा उनी घाइते भएका थिए । २८ वर्षीय दादासेभ क्यारेबिएन राष्ट्र पुएर्टो रिकोका बक्सर सुब्रिएल माटियाससँग फाइट गरिरहेका थए ।अन्तिम राउण्डको फाइट चलिरहँदा घाइते भएपछि दादासेभलाई अस्पतानल भर्ना गरिएको थियो..

    चीनका पूर्व प्रधानमन्त्री ली फङको निधन

    मंगलवार, श्रावन ७, २०७६ साल
    बेइजिङ, ७ साउन चीनको राष्ट्रिय जन काङ्ग्रेस (एनपीसी) स्थायी समितिका पूर्व प्रमुख तथा पूर्व प्रधानमन्त्री ली फङ को निधन भएको छ । उहाँ ९१  बर्षको हुनुहुन्थ्यो ।  चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समिति, चीनको राष्ट्रिय जन कांग्रेस स्थायी समिति, चीनको राज्य परिषद, चीनको जनराजनीतिक परामर्शदात्री सम्मेलनले मङ्गलबार एक विज्ञप्ति जारी गरी राज्य परिषदका पूर्व प्रधानमन्त्री ली को मृत्यु भएको जानकारी गराइएको हो ।  उहाँको..

    अमेरिकाकी कान्छी सांसदलाई गोली हान्नुपर्छ प्रहरी बर्खास्त

    मंगलवार, श्रावन ७, २०७६ साल
    वासिङटन, ७ साउन । सांसदलाई गोली हान्नुपर्ने भनेर फेसबुकमा स्ट्याटस लेख्ने एक जना प्रहरी अधिकारी र लाइक गर्ने उनका सहयोगी बर्खासीमा परेका छन्। अमेरिकाकी कान्छी सांसद अलेक्जान्ड्रिया ओकासियो कोर्टेजलाई गोली हान्न पर्ने भन्दै फेस्बुकमा स्ट्याटस ग्रेटना प्रहरी विभागका प्रहरी अधिकारी चाल्र्स रिस्पोली बर्खास्तमा परेका हुन्। उनले गएको विहीबार फेसबुकमा स्ट्याटस लेखेका थिए। उनको स्ट्याटस लाइक गर्ने एन्जेलो भरिस्कोलाई पनि कारवाही गरिएको इन्टरनेसनल..
    Results 1397: You are at page 11 of 47
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 Next Last
    Weather Forecast