आईतवार, जेष्ठ १८, २०७७

    बिदेश

    सिरियामा बिष्फोटमा परी १० को मृत्यु, कैयौँ घाइते

    शनिबार, मंसिर ७, २०७६ साल
    दमास्कस, सिरिया, ७ मङ्सिर सिरियाली विद्रोहीको प्रभाव क्षेत्र राका प्रान्तमा भएको वम विष्फोटमा परी कम्तीमा १० जनाको मृत्यु भएको सिरियाली युद्ध अनुगमनकारी संस्थाले जनाएका छन् । विष्फोटमा परी २५ जनाभन्दा बढी घाइते भएका बताइएको छ ।  राकाको ग्रामिण इलाका ताल अब्याद टर्कीको सिमानामा रहेको टर्कीको सहयोगप्राप्त विद्रोहीको प्रभाव क्षेत्र हो ।  सिरियाली मानवअधिकार अनुगमन संस्थाका अनुसार घटनामा कम्तीमा पाँच जना सर्वसाधारण परेका र..

    आफूविरुद्ध महाअभियोग नलाग्ने राष्ट्रपति डोनाल्ड ट्रपको दावी

    शनिबार, मंसिर ७, २०७६ साल
    काठमाडौं, ७ मङ्सिर ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रप विरुद्ध महाअभियोग लगाउने वा नलगाउने भन्ने बारेमा सार्वजनिक सुनुवाइ भइरहेका बेला ट्रपले आफूविरुद्ध महाअभियोग नलाग्ने दावी गरेका छन् । एक टेलिभिजन अन्र्वार्ताका क्रममा राष्ट्रपति टम्पले आफूमाथि लगाइएका आरोपमा सत्यता नभएको दावी गरेका हुन् । उनले युक्रेनलाई आफ्ना राजनीतिक प्रतिद्वन्द्वदीमाथि छानविन गर्न दवाव दिइएको भन्ने आरोपमा सत्यता नभएको दोहार्‍याएका छन् । जो वाइडेनविरुद्ध छानविनका लागि राष्ट्रपति टम्पले..

    राष्ट्रपति सी चिनफिङ र अमेरिकी पूर्व विदेशमन्त्रीबीच भेटवार्ता

    शुक्रबार, मंसिर ६, २०७६ साल
    बेइजिङ, ६ मङ्सिर  चीनका राष्टपति सी चिनफिङ र अमेरिकी पूर्व विदेश मन्त्री हेनरी अल्फ्रेल्ड किसिन्जरबीच शुक्रबार बेइजिङमा भेटवार्ता भएको छ ।  भेटका अवसरमा राष्ट्रपति सीले धेरै वर्षदेखि चीन र अमेरिका दुईवटा महान देश सम्बन्धको विकासका लागि सदिच्छापूर्ण भावना र सकारात्मक प्रयास गर्दै आउनुभएको भन्दै किसिन्जरको प्रशंसा गर्नुभएको छ । चीन र अमेरिका दुवै पक्षले रणनीतिक समस्याका सम्बन्धमा आदान–प्रदानलाई सबल पारी पारस्परिक समझदारीलाई प्रबद्र्धधन..

    ट्रम्पकै निर्देशनमा युक्रेनलाई दवाव दिएको तथ्य फेला

    शुक्रबार, मंसिर ६, २०७६ साल
    काठमाडौं, ६ मङ्सिर ।  अमेरिकाका एक उच्च कूटनीतिज्ञले राष्ट्रपति डोनल्ड ट्रम्पको निर्देशनअनुसार नै डेमोक्र्याट नेता जो बाइडनविरुद्ध अनुसन्धान गर्न युक्रेनलाई आफूले दबाव दिएको बताएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जो बाइनेविरुद्ध छानविन गर्न युक्रेनलाई दवाव दिएको तथ्य फेला परेको छ । राष्ट्रपति ट्रम्पविरुद्ध महाअभियोगसम्बन्धी जाँचबुझ गर्न भइरहेको सार्वजनिक सुनुवाइमा ह्वाइट हाउसका सहयोगी र उच्च कुटनीतिज्ञले राष्ट्रपति ट्रम्पकै निर्देशनमा डेमोक्र्याट नेता जो बाइडनविरुद्ध अनुसन्धान..

    थाइल्याण्डमा गयो शक्तिशाली भुकम्प

    बिहिवार, मंसिर ५, २०७६ साल
    काठमाडौँ, ५ मङ्सिर थाइल्याण्ड र लाओसको सीमा क्षेत्रमा बिहीबार बिहान ६.४ म्याग्नीच्युडको भूकम्प गएको छ । भूकम्पका कारण त्यस क्षेत्रका बासिन्दा त्रसित भएका अधिकारीहरुले जानकारी दिएका छन् । थाइल्याण्डको मौसम विज्ञान विभागका महानिर्देशक सोम्साक खावसुवानले १०० भन्दा बढी कम्पन भएको जानकारी दिनुभयो ।   स्थानीय समयानुसार नोभेम्बर २० तारिखको राती ११ बजेसम्ममा १०० पटक पराकम्पन भएको उहाँले बताउनु भयो ।  महानिर्देशक सोम्साकले ६.४ म्याग्नीच्युडको..

    अमेरिकी राष्ट्रपति ट्रम्पमाथिको संकट थप गम्भीर !

    बुधबार, मंसिर ४, २०७६ साल
    काठमाडौँ, ४ मङ्सिर  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि महाअभियोग लगाउने सम्बन्धमा भइरहेको अनुसन्धानको क्रममा राष्ट्रपति कार्यालय ह्वाइट हाउसकै उच्च अधिकारीले बयान दिएका छन् । युक्रेनका लागि उच्च अमेरिकी अधिकारी रहेका लेफ्टिनेन्ट कर्णेल एलेक्जान्डर भिन्ड्म्यानसँग संसदीय समितिले सुनुवाई गरेको हो । लेफ्टिनेन्ट कर्णेल भिन्ड्म्यानले राष्ट्रपति ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई गरेको टेलिफोन संवाद सुनेका थिए । सुनुवाईको क्रममा लेफ्टिनेन्ट कर्णेल भिन्ड्म्यानले राष्ट्रपति ट्रम्पले युक्रेनका राष्ट्रपतिसँग..

    रूसद्वारा क्रिमिया क्षेत्रबाट कब्जामा लिएका यूक्रेनी पानीजहाज फिर्ता

    सोमबार, मंसिर २, २०७६ साल
    मस्को, २ मंसिर । रूसले एक बर्ष पहिले क्रिमिया क्षेत्रबाट कब्जामा लिएका यूक्रेनी पानीजहाजलाई सोमबार फिर्ता गरेको छ ।  “सन् २०१८ को नोभेम्बरमा यूक्रेनी सामुद्रिक क्षेत्र पार गरी रूसी क्षेत्रमा पुगेपछि रूसको नियन्त्रणमा रहँदै आएका यूक्रेनी नौसेनाका तीन पानीजहाजलाई रूसले सोमबार सम्बन्धित अधिकारीको रोहबरमा फिर्ता गरेको छ ,” रूसी विदेश मन्त्रालयद्वारा जारी एक विज्ञप्तिमा उल्लेख छ । यद्यपि यसबारे यूक्रेनी पक्षले कुनै प्रतिक्रिया..

    बोबडे बने भारतको ४७ औं प्रधानन्यायाधीश, राष्ट्रपतिसमक्ष शपथ ग्रहण

    सोमबार, मंसिर २, २०७६ साल
     नयाँदिल्ली, २ मङ्सिर भारतको सर्वोच्च अदालतका न्यायाधीश शरद अरविन्द बोबडेले भारतका ४७औं न्यायाधीशका रूपमा सोमवार शपथ लिएका छन् ।   उनले राष्ट्रपति रामनाथ कोविन्द समक्ष शपथ लिएका हुन्।राष्ट्रपति भवनको दरबार हलमा आयोजित कार्यक्रममा उनले शपथ दिएका हुन् । ६३ वर्षिय बोबडेले अंग्रेजी भाषामा शपथ लिएका थिए । शपथ ग्रहण समारोहमा उपराष्ट्रपति एम वेन्कैया नायडू, प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाहलगायत उपस्थित थिए । ३ अक्टोबर..

    अमेरिकी, दक्षिण कोरियाली संयुक्त सैन्य अभ्यास स्थगित

    आईतवार, मंसिर १, २०७६ साल
    बैंकक, १ मङ्सिर संयुक्तराज्य अमेरिका र दक्षिण कोरियाले गर्न लागेको संयुक्त सैन्य अभ्यास स्थगित गरिएको अमेरिकी रक्षामन्त्री मार्क एस्परले बताउनुभएको छ । उत्तर कोरियासँग जारी आणविक निःशस्त्रीकरण वार्तालाई सहजीकरण गर्न उक्त संयुक्त सैन्य अभ्यास स्थगित गरिएको अमेरिकी भनाई छ । उत्तर कोरियाले आफ्नो मुलुकमाथि आक्रमण गर्ने नियोजित षडयन्त्र स्वरुप संयुक्त सैन्य अभ्यास गरिएको भन्दै विरोध गर्दै आएको थियो । उत्तर कोरियाले अमेरिकालाई..

    इरानमा पेट्रोलको मूल्यवृद्धि घोषणाले थप तनाव, विरोध प्रदर्शनको क्रममा ४० पक्राउ

    आईतवार, मंसिर १, २०७६ साल
    तेहरान, १ मङ्सिर : इरान सरकारले पेट्रोलको मूल्यवृद्धि गर्ने घोषणा गरेको विरोधमा भएको प्रदर्शनका क्रममा आइतबार ४० व्यक्ति पक्राउ परेका छन् ।  इरानी समाचार संस्था इस्नाले जनाए अनुसार शनिबार भएको विरोध प्रदर्शनको क्रममा एक जना प्रदर्शनकारीको मृत्यु भएको छ ।  प्रदर्शनका क्रममा अरु केही घाइते पनि भएको जनाएको छ । अमेरिकाले इरानमाथि आर्थिक नाकाबन्दीका साथै तेल निर्यातमा प्रतिबन्ध लगाएपछि इरानी अर्थ व्यवस्था संकटमा..

    अत्यधिक हिमपातका कारण फ्रान्समा त्रास, १ को मृत्यु, ३ लाख घर विद्युतविहिन

    शुक्रबार, कार्तिक २९, २०७६ साल
    २९ कात्तिक : अत्याधिक हिमपातका कारण फ्रान्सको दक्षिणपूर्वी क्षेत्रमा एक जनाको मृत्यु भएको छ । हिमपातकै कारण अरु तीन लाखभन्दा बढी स्थानीय घरमा विद्युत सेवा अवरुद्ध भएको अधिकारीहरुले शुक्रबार जनाएका छन् ।  रेल तथा सडक ट्राफिकले दिएको जानकारीअनुसार ६३ बर्षीया पुरुषको बिहीबार बेलुका निधन भएको हो । बाटोमा ढलेको रुख र हिउँ हटाउने क्रममा अर्को रुख ढलेर किच्दा ती बृद्धको मृत्यु भएको..

    चिनियाँ राष्ट्रपति र भारतीय प्रधानमन्त्रीबीच ब्राजिलमा भेट, सीमा सुरक्षाबारे चासो

    शुक्रबार, कार्तिक २९, २०७६ साल
    २९ कात्तिक, काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच ब्राजिलको राजधानी ब्राजिलियामा चलिरहेको ब्रिक्स सम्मेलनका क्रममा भेटवार्ता भएको छ ।  यो भेटमा दुवै नेताहरुबीच सीमा सुरक्षाबारे चासोका साथ छलफल भएको छ । सीमावर्ती क्षेत्रमा शान्ति कायम राख्नका लागि विशेष प्रतिनिधिको बैठक गर्ने विषयमा सी र मोदीबीच छलफल भएको भारतीय सञ्चार माध्यमलले उल्लेख गरेका छन् । उनीहरुबीच सीमा सुरक्षाको विषयमा..

    ट्रम्पले भने– भारत, चीन र रूसको फोहोर अमेरिका आयो

    बिहिवार, कार्तिक २८, २०७६ साल
    काठमाडौँ, २८ कात्तिक  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एकपटक भारत, चीन र रूसको फोहोरका कारण अमेरिकामा पनि प्रदुषण बढेको बताएका छन् । मंगलबार न्युयोर्कको इकोनोमिक क्लबमा भएको कार्यक्रममा बोल्दै उनले भारत, चीन, रूसलगायतका राष्ट्रले धुँवा तथा उद्योगबाट निस्कने फोहोरको व्यवस्थापन नगरेको आरोप लगाए । ‘अमेरिका थोरै क्षेत्रफल भएको राष्ट्र हो,’ उनले भने, ‘भारत, चीन र रूसजस्ता देश अमेरिकाको तुलनामा धेरै ठूला छन् तर..

    बोलिभियाका राष्ट्रपति मोरालेसद्वारा राजिनामा, १४ वर्षे शासन ढल्यो

    सोमबार, कार्तिक २५, २०७६ साल
    ला पाज, २५ कात्तिक  दक्षिण अमेरिकी राष्ट्र बोलिभियाका राष्ट्रपति इभो मोरालेसले आइतबार राजिनामा गर्नुभएको छ ।  विगत तीन सातादेखि हिंसात्मक प्रदर्शन जारी रहेको अवस्थामा देशको सेना र प्रहरीले पनि राष्ट्रपतिका कदमलाई समर्थन नगर्ने घोषणापछि राष्ट्रपति मोरालेसले राजिनामा गर्नु भएको हो । राष्ट्रपति मोरालेसको राजिनामाको घोषणासँगै राजधानी ला पाजमा विशाल जुलुस निकालिएको थियो । बामपन्थी राजनीतिज्ञ एवं राष्ट्रपति मोरालेसले टेलिभिजनबाट राष्ट्रका नाममा सम्बोधन गर्दै..

    अमेरिकाले चिनियाँ सामानमा डिसेम्बरमा गर्ने भनेको करवृद्धि स्थगित हुनसक्ने

    शुक्रबार, कार्तिक २२, २०७६ साल
    वासिङटन, २२ कात्तिक संयुक्त राज्य अमेरिकाले चिनियाँ सामानमा यही डिसेम्बरदेखि गर्ने भनेको करवृद्धि स्थगित हुनसक्ने अमेरिकाले जनाएको छ । अमेरिका र चीनबीच भएको व्यापार वार्तामा प्रगति भएको सङ्केत गर्दै डिसेम्बरदेखि गर्ने भनेको करवृद्धि स्थगित हुने सङ्केत अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका प्रमुख व्यापार सल्लाहकार पिटर नाभारोले शुक्रबार दिनुभएको हो । उहाँले भन्नुभयो, “अहिले अमेरिका र चीनको वार्ताको प्राथमिकतामा डिसेम्बरमा चिनियाँ सामानमाथि गर्ने भनिएको करवृद्धि..

    ट्रम्पसँग सीधा टक्कर : अर्बपति ब्लूमबर्ग अमेरिकी राष्ट्रपतिको उम्मेदवार

    शुक्रबार, कार्तिक २२, २०७६ साल
    न्यूयोर्क, २२ कात्तिक ।   संयुक्तराज्य अमेरिकाको न्यूयोर्क शहरका पूर्व मेयर एवं अर्बपति व्यापारी माइकल ब्लूमबर्ग सन् २०२० को अमेरिकी राष्ट्रपतीय निर्वाचनका लागि डेमोक्रेटिक पार्टीका तर्फबाट उम्मेदवार हुन तयारी थाल्नु भएको छ ।  डेमोक्रेटिक पार्टीका तर्फबाट झण्डै डेढ दर्जन आकांक्षी प्रारम्भिक चुनावी दौडमा छन् । अमेरिकी सञ्चार माध्यमहरुका अनुसार ७७ वर्षीय ब्लूमबर्गले यसै साता एक अमेरिकी राज्यबाट चुनावका लागि दरखास्त दिने तयारी गर्नु..

    २ मिलियन डलर तिर्न ट्रम्पलाई अदालतको आदेश

    शुक्रबार, कार्तिक २२, २०७६ साल
    काठमाडौं, २२ कात्तिक अमेरिकाको एउटा अदालताले राष्ट्रपति डोनाल्ड ट्रम्पले करिब २ मिलियन अमेरिकी डलर दुरुपयोग गरेको ठहर गरेको छ । सन् २०१६ को चुनावी अभियानका दैरान आफ्नो च्यारिटीबाट रकम दुरुपयोग गरेको भन्दै न्यूयोर्कका एक न्यायाधीशले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई २ मिलियन डलर रकम तिर्न आदेश दिएकी हुन्  । ट्रम्पको व्यक्तिगत चासोमा ‘चेकबुक’ मात्रको काम गरेको आरोप लागेपछि डोनाल्ड जे ट्रम्प फाउन्डेसन सन् २०१८ मा..

    चीनको आर्थिक विकास निरन्तर रहने राष्ट्रपति सीको विश्वास

    मंगलवार, कार्तिक १९, २०७६ साल
    बेइजिङ, १९ कात्तिक चीनका राष्ट्रपति सी चिन फिङले चीनको आर्थिक विकासमा निरन्तरता दिँदै अघि बढ्ने बताउनुभएको छ । मङ्गलबार साङ्घाईमा सुरू भएको दोस्रो अन्तर्राष्ट्रिय आयात एक्स्पोलाई राष्ट्रिपति सीले चीनको आर्थिक विकास उज्ज्वल रहने विश्वास व्यक्त गर्नुभएको हो ।  निरन्तरको आर्थिक विकासबाट चिनियाँ अर्थतन्त्रलाई स्थिर राख्न सकिने बताउँदै यसले विश्व आर्थिक पुनःरूत्थानका लागि ठूलो विश्वास थपिएको पनि सम्बोधनका क्रममा उहाँले बताउनुभयो ।  व्यापार संरक्षणवाद र..

    पेरिस सम्झौताबाट पछि हट्ने अमेरिकी निर्णयप्रति फ्रान्सद्वारा दुःख व्यक्त

    मंगलवार, कार्तिक १९, २०७६ साल
    साङ्घाइ, १९ कात्तिक : अमेरिकाले जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौताबाट पछि हट्ने गरी मङ्गलबार संयुक्त राष्ट्रसंघसमक्ष औपचारिक रुपमा नै पत्राचार गरेपछि फ्रान्सले सो निर्णयप्रति दुःख व्यक्त गरेको छ ।  फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याँक्रोले अमेरिकाको सो निर्णयले आफूलाई दुःख लागेको कुरा मङ्गलबार चीनमा बताउनुभएको हो ।  अमेरिकाको यो निर्णयले हामीलाई निकै दुःख लागेको छ र मलाइ लाग्छ अब विश्वमा जलवायू परिवर्तन तथा जैविक विविधताको क्षेत्रमा..

    इस्लामिक स्टेटका पूर्वप्रमुख अल-बग्दादीकी दिदी 'रस्मिया' टर्कीद्वारा पक्राउ

    मंगलवार, कार्तिक १९, २०७६ साल
    एजेन्सी, १९ कार्तिक ।  इस्लामिक स्टेट समूहका पूर्वप्रमुख अबु बकर अल बग्दादी मारिएको केही दिनलगत्तै उनकी दिदी समेत पक्राउ परेकी छिन् । उत्तरी सिरियाको अजाज नगर नजिकैबाट बग्दादीकी ६५ वर्षीया दिदी रस्मिया अवादलाई सोमवार पक्राउ गरिएको टर्कीका अधिकारीहरूले बताएका हुन्। उक्त नगर हाल टर्कीको नियन्त्रणमा रहेको सिरियाको अलेप्पो प्रान्तमा पर्छ। अजाज नगरमा अवाद आफ्ना पति र परिवारका अन्य सदस्यसहित बस्दै आएको  समेत..

    इरान भन्छ, हामीले प्रतिदिन पाँच केजी युरेनियम उत्पादन गरिरहेका छौं

    सोमबार, कार्तिक १८, २०७६ साल
    तेहरान, १८ कात्तिक इरानले दैनिक पाँच केजी उच्च गुणस्तरको प्रशोधित युरेनियम उत्पादन गरिरहेको सोमबार घोषणा गरेको छ ।  दुई महिनाअघिको भन्दा यो १० गुणा बढी उत्पादन हो । सन् २०१५ को आणविक सम्झौताबाट संयुक्तराज्य अमेरिका बाहिरिएपछि इरानले आणविक प्रयोजनका लागि सुधारिएको युरेनियम उत्पादनलाई तिब्र बनाएको छ । इरानले दुई वटा नयाँ अत्याधुनिक सेन्ट्रीफ्युज पनि विकास गरेको जनाएको छ । तीमध्ये एउटाको परीक्षण भइरहेको..

    क्यालिफोर्निया जंगलमा डढेलो : ट्रम्प र गभर्नरबिच ‘झगडा’

    सोमबार, कार्तिक १८, २०७६ साल
    एजेन्सी, १८ कात्तिक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यालिफोर्नियाको जंगलमा भएको आगलागीलाई लिएर संघीय सरकारलाई दिने गरेको बजेटमा कटौती गर्ने चेतावनी दिएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको क्यालिफोर्नियाका गभर्नरसँग सामाजिक सञ्जालमार्फत ‘झगडा’ परेको छ । ट्रम्प र क्यालिफोर्निया राज्यका गभर्नर गाविन न्युसमबिच ट्वीटरमा आरोप प्रत्यारोप भएको हो । ट्रम्पले डढेलोका कारण नराम्रोसँग प्रभावित भएको राज्य क्यालिफोर्नियाका लागि केन्द्र सरकारले दिँदै आएको डढेलो नियन्त्रण..

    अमेरिकाले टीपीएस सुविधाको समय १० महिना थप्यो, नेपालीलाई फाइदा

    सोमबार, कार्तिक १८, २०७६ साल
    एजेन्सी, कार्तिक १८ –  अमेरिकामा रहेका नेपालीलाई अमेरिकी सरकारले प्रदान गरेको कागजातसम्बन्धी सुविधा टेम्प्रोररी प्रोटेक्ट स्टाटस अर्थात् टीपीएस अब सन् २०२१, जनवरीको ४ तारिखसम्म कायम रहने भएको छ । २०७२ वैशाख १२ को भूकम्पपछि अमेरिकी सरकारले अमेरिकामा रहेका नेपालीलाई दिएको टीपीएस सुविधाको समय १० महिना थपिएको हो । सन् २०१५ को शक्तिशाली भूकम्पपछि तिनका परिवार र नेपालको भूकम्पमा हातेमालो गर्ने उदेश्यले अमेरिकी सरकारले..

    ब्रेक्जिटमा ढिलाई भएको भन्दै बेलायती प्रधानमन्त्रीद्वारा जनतासँग ‘क्षमा याचना’

    आईतवार, कार्तिक १७, २०७६ साल
    लण्डन, १७ कात्तिक बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले अक्टोबर ३१ मा नै यूरोपेली यूनियन (इयू) बाट बाहिरिने भनी गरेको प्रतिज्ञा पूरा गर्न नसकेकोमा बेलायती जनतासँग आइतबार क्षमा याचना गर्नुभएको छ ।  त्यस्तै ब्रेक्जिट अभियानका अर्का नेता निगेल फारेजले आगामी महिना हुने आम निर्वाचनमा उम्मेदवारी नदिने घोषणा गर्नुभएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जोनसनले इयूसँग गरेको ब्रेक्जिट सम्झौताले भविष्यमा हुने बेलायत–अमेरिका व्यापार सहमतिलाई बाधा..

    भेनेजुएलाका सबै कुटनीतिज्ञहरु निष्काशन गर्न आदेश

    आईतवार, कार्तिक १७, २०७६ साल
    मेक्सिको सिटी, १७ कात्तिक : मध्य अमेरिकी राष्ट्र एल साल्भाडोरले आफ्नो देशमा रहेका भेनेजुएलाका सबै कुटनीतिज्ञलाई देश छाड्न आदेश दिएको छ ।  एल साल्भाडोरले विपक्षी नेता हुँवा गुएइदोलाई भेनेजुएलाका अन्तरिम राष्ट्रपतिका रुपमा मान्यता दिएको छ । सरकारले जारी गरेको विज्ञप्तिमा भेनेजुएलामा राष्ट्रपतिका लागि नयाँ चुनाव नहुँदासम्म गुएइदोलाई मान्यता दिइएको उल्लेख छ । वक्तव्यमा ४८ घण्टाभित्र सबै कुटनीतिज्ञहरु फिर्ता लैजान भेनेजुएला सरकारलार्य जानकारी दिइसकेको..

    अमेरिकाद्वारा लगाइएको प्रतिबन्धप्रति इरानद्वारा विरोध

    शनिबार, कार्तिक १६, २०७६ साल
    तेहरान, १६ कात्तिक अमेरिकाले इरानी निर्माण क्षेत्रमा लगाएको प्रतिबन्धप्रति इरानको विदेश मन्त्रालयले शनिबार विरोध जनाएको छ ।  विदेश मन्त्रालयका प्रवक्ता अब्बास मौसवीले एक विज्ञप्ति जारी गर्दै भन्नुभएको छ, “अमेरिकाले इरानको निर्माण क्षेत्रमा लगाएको प्रतिबन्धले वासिङ्टनको ‘कमजोरी र असफलता’ को सङ्केत गर्दछ ।” मौसवीले भन्नुभयो, “दुर्भाग्यवस अमेरिकी कुटनीतिले मध्यस्थतामार्फत् आफ्नो क्षमता देखाउनुभन्दा हस्तक्षेप र आर्थिक आतङ्कमा विश्वास गर्न थालेको छ ।” प्रवक्ता मौसवीले भन्नुभयो, “इरान..

    अक्टोबरमा मात्रै अमेरिकामा सवा एक लाख रोजगारी थप, ३.६% बेरोजगारी दर बढ्यो !!

    शनिबार, कार्तिक १६, २०७६ साल
    वासिङ्ट्न, १६ कात्तिक  अमेरिकामा गत अक्टोबर महिनामा मात्रै एक लाखभन्दा बढी नयाँ रोजगारी सिर्जना भएको छ । सरकारी अधिकारीहरूले शुक्रबार दिएको जानकारी अनुसार गत महिना अमेरिकी श्रम बजारमा एक लाख २८ हजार जनाले जागिर पाएका छन् । श्रम विभागले मासिकरूपमा तयार पार्ने गरेको रोजगारी विवरणमा अपेक्षित सुधार भएको देखिएको उल्लेख छ । यद्यपि अमेरिकाको बेरोजगारी दर भने बढेकै देखिएको छ । पछिल्लो विवरणका आधारमा..

    हाइटीमा आन्दोलन : अहिलेसम्म ४२ को मृत्यु

    शुक्रबार, कार्तिक १५, २०७६ साल
    जेनेभा, १५ कात्तिक हाइटीमा भइरहेको आन्दोलनका क्रममा अहिलेसम्म कम्तीमा ४२ जनाको मृत्यु भएको छ ।  प्रदर्शनका क्रममा भएका झडपमा परी अरु दर्जनौ घाइते पनि भएको अधिकारकर्मी तथा अनुगमनकर्ताहरुले शुक्रबार जानकारी दिएका छन् । हाइटीमा गत सेप्टेम्बर महिनाको मध्यदेखि सरकार विरोधी आन्दोलन चर्किदै गएको छ । उनीहरुले राष्ट्रपति जोभेनेल मोइसका विरुद्धमा पनि प्रदर्शन गरिरहेका छन् ।  आन्दोलनका कारण देशका गहिरो सङ्कटपूर्ण अवस्था सिर्जना भएको संयुक्त..

    न्यूयोर्कबाट बसाइँ सर्दै अमेरिकी राष्ट्रपति ट्रम्प

    शुक्रबार, कार्तिक १५, २०७६ साल
    २०७६ कार्तिक १५  न्यूयोर्कस्थित ट्रम्प टावरलाई छोडेर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो स्थायी निवास फ्लोरिडालाई बनाउने भएका छन् ।  उनले आफूले लाखौं डलर कर बापत तिरेपनि न्यूयोर्कका राजनीतिक नेताहरुले आफूमाथि नराम्रो व्यवहार गरेको जनाएका छन् । ट्रम्प न्यूयोर्कमा जन्मेकोमा उनले लामो समय पाल्म बिचको मार—ए—लोगो स्टेटमा बिताउँदै आएका थिए । राष्ट्रपति ट्रम्प रिपब्लिकन हुन् भने न्यूयोर्कका स्टेट गभर्नर एन्ड्रयु कुमो र नगरका मेयर..

    लेबनानमा १५औँ दिन पनि आन्दोलन जारी !

    बिहिवार, कार्तिक १४, २०७६ साल
    बेरुत, १४ कात्तिक  लेबनानमा भइरहेको आन्दोलन १५ औ दिन पनि जारी रहेको छ ।  आफ्ना मागहरु पुरा गर्न दवाव दिँदै उनीहरूले देशभरी सडक आन्दोलन गरिरहेको अल जादिद टिभीले बिहीबार जनाएको छ ।  आन्दोलनकारीहरुले केही सडकहरुमा यातायात अवरुद्ध गरेका थिएभने सेनाले अवरोध खुलाउने प्रयास गरेको थियो ।  उनीहरूले शासन व्यवस्था परिवर्तन गर्नुपर्ने, आर्थिक अवस्था सुधार गर्नुपर्ने, भ्रष्टाचार अन्त्य गर्नुपर्नेलगायतका माग राखेका थिए । “हामी स्वतन्त्रता र..
    Results 1569: You are at page 10 of 53
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 Next Last
    Weather Forecast