बुधबार, कार्तिक २७, २०७६

    बिदेश

    बोलिभियाका राष्ट्रपति मोरालेसद्वारा राजिनामा, १४ वर्षे शासन ढल्यो

    सोमबार, कार्तिक २५, २०७६ साल
    ला पाज, २५ कात्तिक  दक्षिण अमेरिकी राष्ट्र बोलिभियाका राष्ट्रपति इभो मोरालेसले आइतबार राजिनामा गर्नुभएको छ ।  विगत तीन सातादेखि हिंसात्मक प्रदर्शन जारी रहेको अवस्थामा देशको सेना र प्रहरीले पनि राष्ट्रपतिका कदमलाई समर्थन नगर्ने घोषणापछि राष्ट्रपति मोरालेसले राजिनामा गर्नु भएको हो । राष्ट्रपति मोरालेसको राजिनामाको घोषणासँगै राजधानी ला पाजमा विशाल जुलुस निकालिएको थियो । बामपन्थी राजनीतिज्ञ एवं राष्ट्रपति मोरालेसले टेलिभिजनबाट राष्ट्रका नाममा सम्बोधन गर्दै..

    अमेरिकाले चिनियाँ सामानमा डिसेम्बरमा गर्ने भनेको करवृद्धि स्थगित हुनसक्ने

    शुक्रबार, कार्तिक २२, २०७६ साल
    वासिङटन, २२ कात्तिक संयुक्त राज्य अमेरिकाले चिनियाँ सामानमा यही डिसेम्बरदेखि गर्ने भनेको करवृद्धि स्थगित हुनसक्ने अमेरिकाले जनाएको छ । अमेरिका र चीनबीच भएको व्यापार वार्तामा प्रगति भएको सङ्केत गर्दै डिसेम्बरदेखि गर्ने भनेको करवृद्धि स्थगित हुने सङ्केत अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका प्रमुख व्यापार सल्लाहकार पिटर नाभारोले शुक्रबार दिनुभएको हो । उहाँले भन्नुभयो, “अहिले अमेरिका र चीनको वार्ताको प्राथमिकतामा डिसेम्बरमा चिनियाँ सामानमाथि गर्ने भनिएको करवृद्धि..

    ट्रम्पसँग सीधा टक्कर : अर्बपति ब्लूमबर्ग अमेरिकी राष्ट्रपतिको उम्मेदवार

    शुक्रबार, कार्तिक २२, २०७६ साल
    न्यूयोर्क, २२ कात्तिक ।   संयुक्तराज्य अमेरिकाको न्यूयोर्क शहरका पूर्व मेयर एवं अर्बपति व्यापारी माइकल ब्लूमबर्ग सन् २०२० को अमेरिकी राष्ट्रपतीय निर्वाचनका लागि डेमोक्रेटिक पार्टीका तर्फबाट उम्मेदवार हुन तयारी थाल्नु भएको छ ।  डेमोक्रेटिक पार्टीका तर्फबाट झण्डै डेढ दर्जन आकांक्षी प्रारम्भिक चुनावी दौडमा छन् । अमेरिकी सञ्चार माध्यमहरुका अनुसार ७७ वर्षीय ब्लूमबर्गले यसै साता एक अमेरिकी राज्यबाट चुनावका लागि दरखास्त दिने तयारी गर्नु..

    २ मिलियन डलर तिर्न ट्रम्पलाई अदालतको आदेश

    शुक्रबार, कार्तिक २२, २०७६ साल
    काठमाडौं, २२ कात्तिक अमेरिकाको एउटा अदालताले राष्ट्रपति डोनाल्ड ट्रम्पले करिब २ मिलियन अमेरिकी डलर दुरुपयोग गरेको ठहर गरेको छ । सन् २०१६ को चुनावी अभियानका दैरान आफ्नो च्यारिटीबाट रकम दुरुपयोग गरेको भन्दै न्यूयोर्कका एक न्यायाधीशले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई २ मिलियन डलर रकम तिर्न आदेश दिएकी हुन्  । ट्रम्पको व्यक्तिगत चासोमा ‘चेकबुक’ मात्रको काम गरेको आरोप लागेपछि डोनाल्ड जे ट्रम्प फाउन्डेसन सन् २०१८ मा..

    चीनको आर्थिक विकास निरन्तर रहने राष्ट्रपति सीको विश्वास

    मंगलवार, कार्तिक १९, २०७६ साल
    बेइजिङ, १९ कात्तिक चीनका राष्ट्रपति सी चिन फिङले चीनको आर्थिक विकासमा निरन्तरता दिँदै अघि बढ्ने बताउनुभएको छ । मङ्गलबार साङ्घाईमा सुरू भएको दोस्रो अन्तर्राष्ट्रिय आयात एक्स्पोलाई राष्ट्रिपति सीले चीनको आर्थिक विकास उज्ज्वल रहने विश्वास व्यक्त गर्नुभएको हो ।  निरन्तरको आर्थिक विकासबाट चिनियाँ अर्थतन्त्रलाई स्थिर राख्न सकिने बताउँदै यसले विश्व आर्थिक पुनःरूत्थानका लागि ठूलो विश्वास थपिएको पनि सम्बोधनका क्रममा उहाँले बताउनुभयो ।  व्यापार संरक्षणवाद र..

    पेरिस सम्झौताबाट पछि हट्ने अमेरिकी निर्णयप्रति फ्रान्सद्वारा दुःख व्यक्त

    मंगलवार, कार्तिक १९, २०७६ साल
    साङ्घाइ, १९ कात्तिक : अमेरिकाले जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौताबाट पछि हट्ने गरी मङ्गलबार संयुक्त राष्ट्रसंघसमक्ष औपचारिक रुपमा नै पत्राचार गरेपछि फ्रान्सले सो निर्णयप्रति दुःख व्यक्त गरेको छ ।  फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याँक्रोले अमेरिकाको सो निर्णयले आफूलाई दुःख लागेको कुरा मङ्गलबार चीनमा बताउनुभएको हो ।  अमेरिकाको यो निर्णयले हामीलाई निकै दुःख लागेको छ र मलाइ लाग्छ अब विश्वमा जलवायू परिवर्तन तथा जैविक विविधताको क्षेत्रमा..

    इस्लामिक स्टेटका पूर्वप्रमुख अल-बग्दादीकी दिदी 'रस्मिया' टर्कीद्वारा पक्राउ

    मंगलवार, कार्तिक १९, २०७६ साल
    एजेन्सी, १९ कार्तिक ।  इस्लामिक स्टेट समूहका पूर्वप्रमुख अबु बकर अल बग्दादी मारिएको केही दिनलगत्तै उनकी दिदी समेत पक्राउ परेकी छिन् । उत्तरी सिरियाको अजाज नगर नजिकैबाट बग्दादीकी ६५ वर्षीया दिदी रस्मिया अवादलाई सोमवार पक्राउ गरिएको टर्कीका अधिकारीहरूले बताएका हुन्। उक्त नगर हाल टर्कीको नियन्त्रणमा रहेको सिरियाको अलेप्पो प्रान्तमा पर्छ। अजाज नगरमा अवाद आफ्ना पति र परिवारका अन्य सदस्यसहित बस्दै आएको  समेत..

    इरान भन्छ, हामीले प्रतिदिन पाँच केजी युरेनियम उत्पादन गरिरहेका छौं

    सोमबार, कार्तिक १८, २०७६ साल
    तेहरान, १८ कात्तिक इरानले दैनिक पाँच केजी उच्च गुणस्तरको प्रशोधित युरेनियम उत्पादन गरिरहेको सोमबार घोषणा गरेको छ ।  दुई महिनाअघिको भन्दा यो १० गुणा बढी उत्पादन हो । सन् २०१५ को आणविक सम्झौताबाट संयुक्तराज्य अमेरिका बाहिरिएपछि इरानले आणविक प्रयोजनका लागि सुधारिएको युरेनियम उत्पादनलाई तिब्र बनाएको छ । इरानले दुई वटा नयाँ अत्याधुनिक सेन्ट्रीफ्युज पनि विकास गरेको जनाएको छ । तीमध्ये एउटाको परीक्षण भइरहेको..

    क्यालिफोर्निया जंगलमा डढेलो : ट्रम्प र गभर्नरबिच ‘झगडा’

    सोमबार, कार्तिक १८, २०७६ साल
    एजेन्सी, १८ कात्तिक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यालिफोर्नियाको जंगलमा भएको आगलागीलाई लिएर संघीय सरकारलाई दिने गरेको बजेटमा कटौती गर्ने चेतावनी दिएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको क्यालिफोर्नियाका गभर्नरसँग सामाजिक सञ्जालमार्फत ‘झगडा’ परेको छ । ट्रम्प र क्यालिफोर्निया राज्यका गभर्नर गाविन न्युसमबिच ट्वीटरमा आरोप प्रत्यारोप भएको हो । ट्रम्पले डढेलोका कारण नराम्रोसँग प्रभावित भएको राज्य क्यालिफोर्नियाका लागि केन्द्र सरकारले दिँदै आएको डढेलो नियन्त्रण..

    अमेरिकाले टीपीएस सुविधाको समय १० महिना थप्यो, नेपालीलाई फाइदा

    सोमबार, कार्तिक १८, २०७६ साल
    एजेन्सी, कार्तिक १८ –  अमेरिकामा रहेका नेपालीलाई अमेरिकी सरकारले प्रदान गरेको कागजातसम्बन्धी सुविधा टेम्प्रोररी प्रोटेक्ट स्टाटस अर्थात् टीपीएस अब सन् २०२१, जनवरीको ४ तारिखसम्म कायम रहने भएको छ । २०७२ वैशाख १२ को भूकम्पपछि अमेरिकी सरकारले अमेरिकामा रहेका नेपालीलाई दिएको टीपीएस सुविधाको समय १० महिना थपिएको हो । सन् २०१५ को शक्तिशाली भूकम्पपछि तिनका परिवार र नेपालको भूकम्पमा हातेमालो गर्ने उदेश्यले अमेरिकी सरकारले..

    ब्रेक्जिटमा ढिलाई भएको भन्दै बेलायती प्रधानमन्त्रीद्वारा जनतासँग ‘क्षमा याचना’

    आईतवार, कार्तिक १७, २०७६ साल
    लण्डन, १७ कात्तिक बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले अक्टोबर ३१ मा नै यूरोपेली यूनियन (इयू) बाट बाहिरिने भनी गरेको प्रतिज्ञा पूरा गर्न नसकेकोमा बेलायती जनतासँग आइतबार क्षमा याचना गर्नुभएको छ ।  त्यस्तै ब्रेक्जिट अभियानका अर्का नेता निगेल फारेजले आगामी महिना हुने आम निर्वाचनमा उम्मेदवारी नदिने घोषणा गर्नुभएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जोनसनले इयूसँग गरेको ब्रेक्जिट सम्झौताले भविष्यमा हुने बेलायत–अमेरिका व्यापार सहमतिलाई बाधा..

    भेनेजुएलाका सबै कुटनीतिज्ञहरु निष्काशन गर्न आदेश

    आईतवार, कार्तिक १७, २०७६ साल
    मेक्सिको सिटी, १७ कात्तिक : मध्य अमेरिकी राष्ट्र एल साल्भाडोरले आफ्नो देशमा रहेका भेनेजुएलाका सबै कुटनीतिज्ञलाई देश छाड्न आदेश दिएको छ ।  एल साल्भाडोरले विपक्षी नेता हुँवा गुएइदोलाई भेनेजुएलाका अन्तरिम राष्ट्रपतिका रुपमा मान्यता दिएको छ । सरकारले जारी गरेको विज्ञप्तिमा भेनेजुएलामा राष्ट्रपतिका लागि नयाँ चुनाव नहुँदासम्म गुएइदोलाई मान्यता दिइएको उल्लेख छ । वक्तव्यमा ४८ घण्टाभित्र सबै कुटनीतिज्ञहरु फिर्ता लैजान भेनेजुएला सरकारलार्य जानकारी दिइसकेको..

    अमेरिकाद्वारा लगाइएको प्रतिबन्धप्रति इरानद्वारा विरोध

    शनिबार, कार्तिक १६, २०७६ साल
    तेहरान, १६ कात्तिक अमेरिकाले इरानी निर्माण क्षेत्रमा लगाएको प्रतिबन्धप्रति इरानको विदेश मन्त्रालयले शनिबार विरोध जनाएको छ ।  विदेश मन्त्रालयका प्रवक्ता अब्बास मौसवीले एक विज्ञप्ति जारी गर्दै भन्नुभएको छ, “अमेरिकाले इरानको निर्माण क्षेत्रमा लगाएको प्रतिबन्धले वासिङ्टनको ‘कमजोरी र असफलता’ को सङ्केत गर्दछ ।” मौसवीले भन्नुभयो, “दुर्भाग्यवस अमेरिकी कुटनीतिले मध्यस्थतामार्फत् आफ्नो क्षमता देखाउनुभन्दा हस्तक्षेप र आर्थिक आतङ्कमा विश्वास गर्न थालेको छ ।” प्रवक्ता मौसवीले भन्नुभयो, “इरान..

    अक्टोबरमा मात्रै अमेरिकामा सवा एक लाख रोजगारी थप, ३.६% बेरोजगारी दर बढ्यो !!

    शनिबार, कार्तिक १६, २०७६ साल
    वासिङ्ट्न, १६ कात्तिक  अमेरिकामा गत अक्टोबर महिनामा मात्रै एक लाखभन्दा बढी नयाँ रोजगारी सिर्जना भएको छ । सरकारी अधिकारीहरूले शुक्रबार दिएको जानकारी अनुसार गत महिना अमेरिकी श्रम बजारमा एक लाख २८ हजार जनाले जागिर पाएका छन् । श्रम विभागले मासिकरूपमा तयार पार्ने गरेको रोजगारी विवरणमा अपेक्षित सुधार भएको देखिएको उल्लेख छ । यद्यपि अमेरिकाको बेरोजगारी दर भने बढेकै देखिएको छ । पछिल्लो विवरणका आधारमा..

    हाइटीमा आन्दोलन : अहिलेसम्म ४२ को मृत्यु

    शुक्रबार, कार्तिक १५, २०७६ साल
    जेनेभा, १५ कात्तिक हाइटीमा भइरहेको आन्दोलनका क्रममा अहिलेसम्म कम्तीमा ४२ जनाको मृत्यु भएको छ ।  प्रदर्शनका क्रममा भएका झडपमा परी अरु दर्जनौ घाइते पनि भएको अधिकारकर्मी तथा अनुगमनकर्ताहरुले शुक्रबार जानकारी दिएका छन् । हाइटीमा गत सेप्टेम्बर महिनाको मध्यदेखि सरकार विरोधी आन्दोलन चर्किदै गएको छ । उनीहरुले राष्ट्रपति जोभेनेल मोइसका विरुद्धमा पनि प्रदर्शन गरिरहेका छन् ।  आन्दोलनका कारण देशका गहिरो सङ्कटपूर्ण अवस्था सिर्जना भएको संयुक्त..

    न्यूयोर्कबाट बसाइँ सर्दै अमेरिकी राष्ट्रपति ट्रम्प

    शुक्रबार, कार्तिक १५, २०७६ साल
    २०७६ कार्तिक १५  न्यूयोर्कस्थित ट्रम्प टावरलाई छोडेर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो स्थायी निवास फ्लोरिडालाई बनाउने भएका छन् ।  उनले आफूले लाखौं डलर कर बापत तिरेपनि न्यूयोर्कका राजनीतिक नेताहरुले आफूमाथि नराम्रो व्यवहार गरेको जनाएका छन् । ट्रम्प न्यूयोर्कमा जन्मेकोमा उनले लामो समय पाल्म बिचको मार—ए—लोगो स्टेटमा बिताउँदै आएका थिए । राष्ट्रपति ट्रम्प रिपब्लिकन हुन् भने न्यूयोर्कका स्टेट गभर्नर एन्ड्रयु कुमो र नगरका मेयर..

    लेबनानमा १५औँ दिन पनि आन्दोलन जारी !

    बिहिवार, कार्तिक १४, २०७६ साल
    बेरुत, १४ कात्तिक  लेबनानमा भइरहेको आन्दोलन १५ औ दिन पनि जारी रहेको छ ।  आफ्ना मागहरु पुरा गर्न दवाव दिँदै उनीहरूले देशभरी सडक आन्दोलन गरिरहेको अल जादिद टिभीले बिहीबार जनाएको छ ।  आन्दोलनकारीहरुले केही सडकहरुमा यातायात अवरुद्ध गरेका थिएभने सेनाले अवरोध खुलाउने प्रयास गरेको थियो ।  उनीहरूले शासन व्यवस्था परिवर्तन गर्नुपर्ने, आर्थिक अवस्था सुधार गर्नुपर्ने, भ्रष्टाचार अन्त्य गर्नुपर्नेलगायतका माग राखेका थिए । “हामी स्वतन्त्रता र..

    अमेरिकाले अशान्ति फैलाएको इरानको आरोप

    बुधबार, कार्तिक १३, २०७६ साल
    तेहरान, १३ कात्तिक   इरानका सर्वोच्च नेता अयोतुल्लाह अलि खमेनीले यस क्षेत्रमा अशान्ति फैलिनुमा अमेरिकाको भूमिका रहेको आरोप लगाउनु भएको छ ।     पत्रकारहरूसँगको कुराकानीका क्रममा उहाँले अमेरिका र पश्चिमी गुप्तचरहरूका कारण अशान्ति फैलिएको टिप्पणी गर्नुभएको हो ।   उनीहरूको पछाडि अन्य केही प्रतिक्रियावादी तथा प्रतिगामी देश र निकायहरू पनि लागेको उहाँको भनाइ छ ।    सर्वोच्च नेता खमेनीले आफ्नाविरुद्ध गलत भूमिका खेल्नेहरूलाई निगरानीमा राख्न पनि आह्वान गर्नुभयो..

    बेलायती प्रधानमन्त्रीको प्रस्ताव बहुमतले पारित, आउँदो डिसेम्बर १२ तारिखमा आमनिर्वाचन हुने

    बुधबार, कार्तिक १३, २०७६ साल
    बेलायत, १३ कात्तिक  ब्रिटिश संसद्‌को तल्लो सदन हाउस अफ कमन्सले समयअगावै आमनिर्वाचन गराउने प्रधानमन्त्री बोरिस जोनसनको प्रस्तावलाई बहुमतले पारित गरेको छ। योसँगै अब त्यहाँ आउँदो डिसेम्बर महिनाको १२ तारिखमा आमनिर्वाचन हुने निश्चित भएको छ । ब्रिटेनमा सन् १९२३ पछि पहिलो पटक डिसेम्बर महिनामा आमनिर्वाचन हुनेछ ।निर्वाचनसम्बन्धी विधेयकको पक्षमा ४३८ मत खसेको थियो भने विपक्षमा २० जना सांसद उभिएको बिबिसीले जनाएको छ ।..

    मोदीमाथि आक्रमणको चेतावनी, बढाइयो सुरक्षा

    मंगलवार, कार्तिक १२, २०७६ साल
    काठमाडौँ, १२ कात्तिक  भारतका राष्ट्रपति रामनाथ कोविन्द, प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह र भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीमाथि आक्रमणको आशंका गरिएको छ । त्यसैले उनीहरुको सुरक्षा बढाइएको छ ।  भारतीय न्युज एजेन्सीका अनुसार भारतको राष्ट्रिय जाँच एजेन्सीलाई उनीहरुमाथि आक्रमण गर्ने चिठी आएको थियो । यो चिठी कसले पठाएको हो भन्ने चाहिँ खुलेको छैन । तर, दिल्ली प्रहरी र भारतको प्रहरीले..

    श्रीलंकाको चुनावमा २ लाखभन्दा बढी कर्मचारी परिचालन गरिँदै

    मंगलवार, कार्तिक १२, २०७६ साल
    श्रीलंका, १२ कात्तिक  श्रीलंकाको राष्ट्रपति निर्वाचनका लागि देशका विभिन्न चुनावी मतदान स्थलका लागि दुई लाखभन्दा बढी कर्मचारी परिचालन गरिने भएको छ । निर्वाचन आयोगका अनुसार जिल्लास्तरीय मतगणना केन्द्रहरुमा ४८ हजारभन्दा बढी कर्मचारी परिचालन हुनेछन् । निर्वाचन मतदान स्थलमा मात्र एक लाखभन्दा बढी कर्मचारी परिचालन गरिएको आयोगका एक अधिकारीले बताए । जिल्लास्तरमा परिचालन हुने निर्वाचन अधिकृतहरुले मतदान स्थलमा खटिने अरु कर्मचारीको संख्याका बारेमा जानकारी..

    अमेरिकाको क्यालिफोर्नियामा भिषण आगलागी, सङ्कटकालको घोषणा

    सोमबार, कार्तिक ११, २०७६ साल
    हेल्डस्बर्ग, अमेरिका, ११ कात्तिक  अमेरिकाको क्यालिफोर्निया राज्यका केही क्षेत्रमा फैलिएको आगलागीका कारण सङ्कटकालको घोषणा गरिएको छ ।  क्यालिफोर्नियाका गभर्नरले राज्य सरकारको तर्फबाट आइतबार सङ्कटकालको घोषणा गरेको अधिकारीहरुले जानकारी दिएका छन् । जङ्गलमा केही समयदेखि लागिरहेको आगो नियन्त्रणमा नआएको र शक्तिशाली हावाहुरी चलिरहेको, बिजुलीका संरचनाहरु जलाउन सक्ने, अन्धकार हुनसक्नेलगायतका कारणले सङ्कटकाल घोषणा गरिएको उनीहरुले बताएका छन् ।  सान फ्रान्सिस्को क्षेत्रमा लागेको “किनकेड फायर” नाम दिइएको..

    बेलायती राजपरिवारमा किचलो, महारानीले हटाइन् राजकुमारको तस्वीर !

    सोमबार, कार्तिक ११, २०७६ साल
    काठमाडौं, ११ कात्तिक  पछिल्लो समय बेलायतको राजनीतिक गतिरोधसँगै यहाँको राजपरिवारमा पनि किचलो सुरु भएको छ । आपसी मतभेद् बढ्दै जाँदा राजपरिवारका सदस्यहरु समेत विखण्डनमा पुगेका छन् । उनीहरु अलग–अलग भएर बस्ने निर्णयमा पुगेको बताइन्छ । हालै आईटिभीले ह्यारीबारे बनाएको डकुमेन्ट्रीबाट पनि परिवारभित्रको विवाद बाहिरियो । बेलायती महारानी एलिजाबेथले ह्यारी र मेघनको तस्बिर आफ्नो कोठाबाट झिकेकी छन् । त्यस ठाउँबाट विलियम र केटको तस्बिर..

    आईएस प्रमुख बगदादी मारिएको डोनाल्ड ट्रम्पको घोषणा

    आईतवार, कार्तिक १०, २०७६ साल
    एजेन्सी, १० कात्तिक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अबू बकर अल बग्दादी मारिएको दाबी गरेका छन् । आइतबार ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले अमेरिकी सेनाको एउटा अपरेसनमा बग्दादी मारिएको दाबी गरेका हुन् । यसभन्दा अघि ट्रम्पले आइतबार ट्वीटमा गर्दै ‘केही ठूलो कुरा भयो’ भनेका थिए । बग्दादी इस्लामिक स्टेटका प्रमुख हुन् र पछिल्लो पाँच वर्षदेखि अण्डरग्राउण्ड थिए । अप्रिलमा आईएसको मिडिया विंग अल फूरकानले..

    उत्तरी सिरियाका मुख्य सडकहरूमा करिब दुई हजार सैनिक तैनाथ

    आईतवार, कार्तिक १०, २०७६ साल
    दमास्कस, ९ कात्तिक सिरियाको उत्तरमा रहेको अलेप्पो र उत्तरपूर्वी हासाका प्रान्तका सडकहरूमा दुई हजारभन्दा बढी सैनिक तैनाद गरिएको युद्ध अनुगमनकारी संस्थाहरूले जनाएका छन् । सिरियाली सेनाले पाँच बर्ष पहिले उक्त स्थानबाट पछि हटेको थियो ।  राजमार्गमा तैनाद सिरियाली सैन्य एकाइहरूलाई रूसी सैन्यबलको साथ रहेको ‘सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स’ले जनाएको छ । बेलायतस्थित उक्त मानवअधिकार समूहले भनेको छ, “सिरियाली कुर्दहरूसँग टर्की र रूसले..

    राष्ट्रपतिको राजिनामा माग्दै चिलीमा दशौँ हजारको प्रदर्शन

    शनिबार, कार्तिक ९, २०७६ साल
    सान्टीयागो, ९ कात्तिक चिलीमा राष्ट्रपतिको राजिनामा माग्र्दै शुक्रबार दशौँ लाख व्यक्तिले सडकका प्रदर्शन गरेका छन् । राष्ट्रपति सेबास्टेन पिनेराले राजिनामा दिनु पर्ने, आर्थिक पुनसंरचना हुनुपर्ने, भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने लगायतका माग राख्दै प्रदर्शनकारीहरुले प्रदर्शन गरेका हुन् ।  प्रदर्शनकानकारीहरुका नेताले परिवर्तनका लागि प्रदर्शन गर्दै आएकाले यसलाई सकारात्मक रुपमा लिन आग्रह गरेका छन् ।    प्रदर्शनमा सहभागीहरुले जातीय र राष्ट्रिय झण्डाका साथै लोकप्रिय र स्वदेश गानहरु समेत..

    क्यालिफोर्नियाको जंगलमा भीषण आगलागी, ८ लाख ५० हजार घरमा विद्युत आपूर्ति बन्द

    शनिबार, कार्तिक ९, २०७६ साल
    एजेन्सी ९ कात्तिक । अमेरिकाको क्यालिफोर्नियाको जंगलमा भीषण आगलागी हुँदा ३६ काउन्टीहरुमा विद्युत आपूर्ति बन्द भएको छ ।  आगो नियन्त्रणमा लिने प्रयासमा अग्नियन्त्रकहरु छन् । हवाई तथा स्थल अग्नि नियन्त्रकहरु खटिएका छन् । आगो निभाउने प्रयास जारी रहँदा क्यालिफोर्नियाका धेरै ठाउँमा विद्युत आपूर्ति बन्द भएको हो ।  ८ लाख ५० हजार घरमा विद्युत आपूर्ति बन्द भएको सेवा प्रदायकले जनाएको छ । तीव्र गतिमा हावा..

    ब्रेक्जिटको गाँठो : डिसेम्बरमा चुनाव गर्न जोन्सनको फेरि प्रस्ताव

    शुक्रबार, कार्तिक ८, २०७६ साल
    लन्डन, ८ कात्तिक । युरोपेली संघबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) सङ्कटमा बेलायती संसदमा सहमति जुटाउन असफल भएपछि प्रधानमन्त्री बोरिस जोन्सनले आगामी डिसेम्बर १२ मा संसदको चुनाव गर्ने प्रस्ताव गर्नुभएको छ । उहाँको विचारमा नयाँ चुनावले ब्रेक्जिटमा देखिएको गतिरोध अन्त्य हुनेछ । पछिल्ला मतसर्वेक्षणहरुले संसदको चुनाव भएमा कन्जरभेटिभ्स पार्टीका नेता समेत रहेका प्रधानमन्त्री जोन्सन नै विजयी हुने देखाएका छन् । विपक्षी दलहरु मध्यावधि चुनाव..

    बाङ्ग्लादेशमा विद्यार्थीलाई जीवितै जलाउने १६ जनालाई मृत्युदण्डको फैसला

    बिहिवार, कार्तिक ७, २०७६ साल
    फेनी बङ्गलादेश, ७ काात्तिक । बङ्गलादेशको एक अदालतले १६ जनालाई बिहीबार मृत्युदण्डको सजाय सुनाएको छ ।  उनीहरुलाई एक छात्रा जीवितै जलाएको अभियोगमा दोषी ठहर गरिएको थियो । गत अप्रिल महिनामा फेनी नगरमा १९ वर्षीया नुसरत जहान रफीको जलाएर हत्या गरिएको थियो ।  नुसरतले एक शिक्षकले आफूलाई यौन दुरव्यवहार गरेको आरोपमा मुद्दा दायर गरेकी थिइन् । सो मुद्दा फिर्ता लिन अस्विकार गरेपछि उनको जलाएर..

    श्रीलङ्कामा राष्ट्रपतीय निर्वाचनका लागि उच्च सुरक्षा सतर्कता

    बुधबार, कार्तिक ६, २०७६ साल
    कोलम्बो, ६ कात्तिक श्रीलङ्कामा आसन्न राष्ट्रपति निर्वाचनको पूर्वसन्ध्यामा सुरक्षा सतर्कता बढाइएको छ ।  देशभरको सुरक्षा सतर्कताका बारेमा राष्ट्रपति मैत्रीपाला सिरिसेनाले बुधबार सरोकारवालाहरुसँग छलफल गर्नुभएको छ । श्रीलङ्कामा आउँदो नोभेम्बर १६ तारिखका दिन राष्ट्रपति चयनका लागि मतदान हुँदैछ ।  राष्ट्रपति सिरिसेनाले अघिल्लो हप्ता पनि उच्च सुरक्षा अधिकारीहरुसँग छलफल गरी राष्ट्रपतिका उम्मेदवारहरुको सुरक्षा व्यवस्थामा विशेष ध्यान दिन निर्देशन दिनुभएको थियो ।  निर्वाचन आयोगले दिएको जानकारी अनुसार राष्ट्रपतिका..
    Results 1286: You are at page 1 of 43
    1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 Next Last
    Weather Forecast