सार्क
शनिबार, चैत्र १६, २०७५ साल

गान्धीनगर, गुजरात, १६ चैत
भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष अमित शाह गान्धीनगरबाट उम्मेदवारी दिनुभएको छ ।
भारतको सत्तारुढ दलका अध्यक्ष शाहले शनिबार आफ्नो उम्मेदवारी दर्ता गराउनु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
अध्यक्ष शाह अहिले राज्यसभा सदस्य हुनुहुन्छ । उहाँले पहिलो पटक लोकसभाका लागि उम्मेदवारी दिनु भएको हो ।
शाहले उम्मेदवारी दिनु भएको गान्धीनगर निर्वाचन क्षेत्रमा यसअघि भाजपाकै वरिष्ट नेता लालकृष्ण आडवाणीले निर्वाचन..
शुक्रबार, चैत्र १५, २०७५ साल

एजेन्सी, १५ चैत
अफगानिस्तानका दुई प्रान्तमा इस्लामिक लडाकु समूह तालिबानले गरेको आक्रमणमा कम्तीमा १४ प्रहरी सहित २४ जनाको ज्यान गएको छ ।
तालिबानले गजनी प्रान्तको प्रान्तीय राजधानी नजिकै रहेको प्रहरी सुरक्षा जाँच चौकीलाई लक्षित गरी गराएको आक्रमणमा जिल्ला प्रहरी प्रमुख सहित ९ प्रहरीको मृत्यु भएको हो । आक्रमणमा अरु ६ प्रहरी घाइते भएका छन् । सुरक्षाकर्मीको जवाफी कारवाहीमा तालिबानका केही लडाकु समेत..
शुक्रबार, चैत्र १५, २०७५ साल

नयाँ दिल्ली, १५ चैत :
कलाकारीताबाट राजनीतिमा प्रवेश गर्नु भएका भारतीय जनता पार्टी (भाजपा)का नेता तथा सांसद सत्रुघन सिन्हाले बिहीबार भारतीय राष्ट्रिय काँग्रेसका अध्यक्ष राहुल गान्धीसँग भेटवार्ता गर्नु भएको छ ।
भाजपा परित्याग गरी काँग्रेस प्रवेश गर्ने तयारी स्वरुप उहाँहरुका बीचमा भेटवार्ता भएको समाचारमा जनाइएको छ । आउदो अप्रिल ६ तारिखका दिन सिन्ह काँग्रेसमा प्रवेश गर्ने तय भएको काँग्रेस नेताहरुले जानकारी दिएका छन्..
सोमबार, चैत्र ११, २०७५ साल

एजेन्सी, ११ चैत
अप्रिलको लोकसभा निर्वाचनमा होमिएको भारतको कांग्रेस पार्टीले भारतका २० प्रतिशत सबैभन्दा गरिब जनताहरुलाई वार्षिक ७२ हजार रुपैयाँ न्यूनतम आय दिने भएको छ।
न्यूनतम आय ग्यारेन्टी योजनाअन्तर्गत कांग्रेसले भारतका गरिबहरुलाई वार्षिक ७२ हजार रुपैयाँ दिने घोषणा गरेको छ।
कांग्रेस अध्यक्ष राहुल गान्धीले कांग्रेसले चुनाव जिते भारतका २० प्रतिशत सबैभन्दा बढी गरिबलाई वार्षिक ७२ हजार रुपैयाँ दिने घोषणा गरेका हुन्।..
सोमबार, चैत्र ११, २०७५ साल

हमबनटोटा, श्रीलंका, ११ चैत :
श्रीलंकामा करिब चार अर्ब अमेरिकी डलरको प्रत्यक्ष बैदेशिक लगानीमा एउटा इन्धन प्रशोधन कारखाना (रिफाइनरी) निर्माण गरिने भएको छ ।
चीनको आर्थिक सहयोगमा निर्माण भएको विवादास्पद हमबनटोटा बन्दरगाह नजिकै उक्त रिफाइनरी स्थापना हुन लागेको हो ।
बन्दरगाह नजिक तेल भण्डारण ट्याँकर दुई वर्षभित्रै निर्माण भइसक्ने छ भने रिफाइनरीको निर्माण सन् २०२३ भित्रै सम्पन्न हुनेछ ।
श्रीलंकाली अधिकारीहरुले रिफाइनरीको स्थापनाले हमबनटोटा..
आईतवार, चैत्र १०, २०७५ साल

कराँची, १० चैत
पाकिस्तानका लाखौँ नागरिकलाई कुपोषणको समस्या रहेको पाइएको छ ।
गरिवी र भोकका बारेमा अध्ययन अनुसन्धान गर्दै आएको इन्टरनेशनल फुड पोलिसी रिसर्च इन्स्टिच्युटले सार्वजनिक गरेको प्रतिवेदनमा यस्तो उल्लेख गरिएको छ ।
प्रतिवेदनका अनुसार औसतमा पाँच जना मध्ये एक जनामा अर्थात् पाकिस्तानका करिव दुई करोड जनामा कुपोषणको समस्या रहेको छ ।
“देशमा खाद्यपदार्थको अभाव त छैन, तर पनि यति धेरै मानिसमा कुपोषण देखिएको..
शुक्रबार, चैत्र ८, २०७५ साल

बीबीसी ८ चैत्र ।
भारतको सत्तारुढ भारतीय जनता पार्टीले लोकसभा चुनावका लागि आफ्ना उम्मेदवारको पहिलो सूची सार्वजनिक गरेको छ।
भारतमा लोकसभाको चुनाव आउँदो एप्रिल ११ मा शुरू भई मे १९ मा सकिनेछ।
उम्मेदवारहरूको सूचीमा आडवाणीको नाम छैन। नड्डाले त्यसबारे केही भनेनन्, तर आडवाणीलाई बीजेपीले पाखा लगाएको बुझ्न सकिन्छ। वरिष्ठ नेता आडवाणीलाई नसमेटिएकोमा त्यसप्रति असन्तुष्टियुक्त एउटा ट्वीट विपक्षी कांग्रेस आईका प्रवक्ता रणदीप सिंह सुरजेवालाले गरेका..
बिहिवार, चैत्र ७, २०७५ साल

काबुल, ७ चैत :
एएफपी द्वन्द्वग्रस्त अफगानिस्तानमा ढिला गरी राष्ट्रपतिय निर्वाचन हुन लागेको छ ।
राष्ट्रपतिय निर्वाचन आगामी सेप्टेम्बर २८ तारिखका दिन गर्नेगरी बुधबार औपचारिक रूपमा घोषणा भएको छ ।
यसअघि तय भएको तालिका भन्दा पाँच महिना पछाडी सारेर निर्वाचन गर्ने घोषणा भएको हो ।
स्वतन्त्र निर्वाचन आयोग (आइइसी)ले निर्वाचनको वातावरण बनाउन र निर्वाचनका लागि आवश्यक तयारी पुरा गर्न नभ्याएकाले निर्वाचन ढिला हुन लागेको..
सोमबार, चैत्र ४, २०७५ साल

नयाँदिल्ली, ३ चैत :
भारतको गोवा राज्यका मुख्यमंत्री एवं भारतीय जनता पार्टीका वरिष्ट नेता मनोहर पर्रिकरको आइतबार ६३ वर्षको उमेरमा निधन भएको छ । भारतीय राष्ट्रपति रामनाथ कोविंदले ट्ववीट गरी मनोहरको निधन भएको जानकारी दिनुभएको हो ।
उहाँ लामो समयदेखि पेटको क्यान्सरबाट पीडित हुनुहुन्थ्यो ।
पर्रिकरको निधनप्रति भारतीय प्रधानमन्त्री लगायत विभिन्न दलका नेताले शोक व्यक्त गर्नुभएको छ । भाजपाका नेता मनोहर केही समय..
बिहिवार, फागुन ३०, २०७५ साल
.jpg)
नयाँदिल्ली, ३० फागुन
भारतले पाकिस्तानमा आश्रय लिइरहेको लडाकू समूहका नेता मसूद अजहर र उनले नेतृत्व गरेको जैस–ए–मोहम्मद समूहलाई कालोसूचीमा राख्ने राष्ट्रसंघको प्रस्तावलाई चीनले अस्वीकृत गरेको भन्दै “निराशा” व्यक्त गरेको छ ।
यही समूहले फेब्रुअरी १४ मा भारत नियन्त्रित काश्मिरको पुलवामा बिस्फोट गराउँदा ४० जना भारतीय सिपाहीको मृत्यु भएको थियो । यो घटना काश्मिरी व्यक्तिले गरेको बताइए पनि पाकिस्तानमा आश्रय लिएको जैस–ए–मोहम्मदले घटनाको..
मंगलवार, फागुन २८, २०७५ साल

काठमाडौँ, २८ फागुन
भारतको आम आदमी पार्टीकी सांसद अल्का लाम्बाले नेपालीलाई अपमानित गर्दै ट्वीट गरेकी छिन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई लक्षित गर्दै उनले ट्वीटरमा लेख्दा नेपालीलाई अपमान गरेकी हुन् ।
उनले आफ्नो ट्वीटमा लेखेकी छिन् – प्रिय भारतवासी, कृपया यसपटक प्रधानमन्त्री चुन्नुहोला । चौकीदार त नेपालबाट पनि मगाउन सकिन्छ । नेपालका चौकीदार चोर हुँदैनन् ।
उनले यस्तो ट्वीट गरेपछि सामाजिक सञ्जालमा उनको..
आईतवार, फागुन २६, २०७५ साल

नयाँ दिल्ली, भारत, २६ फागुन :
भारतीय लोकसभाको निर्वाचनको मिति आइतबार घोषणा गरिएको छ ।
भारतीय निर्वाचन आयोगका प्रमुख आयुक्त सुनिल आरोडाले आगामी अप्रिल ११ पछि मे १९ सम्म विभिन्न सात चरणमा निर्वाचन गर्नेगरी निर्वाचनको मिति सार्वजनिक गर्नुभएको हो ।
भारतीय निर्वाचन आयोगका प्रमुख आयुक्त सुनिल आरोडाले आगामी अप्रिल ११ पछि मे १९ सम्म विभिन्न सात चरणमा निर्वाचन गर्नेगरी निर्वाचनको मिति सार्वजनिक गर्नुभएको..
आईतवार, फागुन २६, २०७५ साल

नयाँ दिल्ली, २६ फागुन
भारतमा हुन लागेको आम निर्वाचनका लागि आइतबार मतदानको मिति घोषणा हुने भएको छ ।
विश्वकै सवै भन्दा ठूलो लोकतान्त्रिक मुलुक भारतमा हुने राष्ट्रिय निर्वाचनमा अर्बौ मतदाताले सहभागीता जनाउने छन् ।
निर्वाचन आयोगले आइतबार पत्रकार सम्मेलनको आयोजना गरेको र सोही सम्मेलनमा निर्वाचनको मिति सार्वजनिक हुने अपेक्षा गरिएको छ ।
भारतको संविधान अनुसार तल्लो सदनमा ५४३ जना सांसद निर्वाचित हुने छन् ।..
बिहिवार, फागुन २३, २०७५ साल

इस्लामावाद, २३ फागुन
प्रतिबन्धित विभिन्न सङ्गठनमा आवद्ध १२१ जनालाई पाकिस्तानी सुरक्षाकर्मीहरुले पक्राउ गरेका छन् ।
गत चार दिनको अवधिमा उनीहरुलाई पक्राउ गरिएको सरकारी अधिकारीहरुलाई उद्धृत गर्दै स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले प्रतिबन्ध लगाएका सङ्गठनका व्यक्तिहरु पक्राउ परेको स्थानीय उर्दु टेलिभिजन सामाले जनाएको छ ।
गृह मन्त्रालयका अधिकारीहरुका अनुसार पक्राउ परेका व्यक्तिहरु प्रतिबन्धित विभिन्न सङ्गठनमा निकै सक्रिय थिए ।
देशको सुरक्षा..
बिहिवार, फागुन २३, २०७५ साल

एजेन्सी, २३ फागुन
भारतको जम्मू–कश्मीर राज्यको जम्मूमा ग्रेनेड विस्फोट हुँदा कम्तीमा २५ जना घाइते भएको बीबीसीले जनाएको छ । बिहीबार बिहान पौने बाह्र बजे विस्फोट भएको प्रहरीले जनाएको छ । जम्मू डिभिजनका प्रहरी महानिरीक्षक एमके सिन्हाले केही संदिग्ध व्यक्तिले बसपार्कमा रहेको बसबाट बाहिर ग्रेनेड बम फ्याँकेको बताएका छन् । त्यो बम विस्फोट हुँदा बसपार्कमा भएका व्यक्ति घाइते भएका हुन् ।
सुरुवाति अनुसन्धानअनुसार..
बिहिवार, फागुन २३, २०७५ साल

नयाँ दिल्ली, २३ फागुन :
भारत र पाकिस्तानको सीमा क्षेत्रमा अझै पनि गोली हानाहान जारी रहेको भारतीय पक्षले जनाएको छ । भारतीय सेनाका उच्च अधिकारीहरूले दुवै पक्षबाट एक अर्काप्रति गोलावारी जारी राखे पनि कुनै मानवीय क्षति भने नभएको बताएका छन् ।
उनीहरूले गत चौबिस घण्टामा भएका गोली हानाहानमा भारतीय पक्षमा कुनै मानवीय क्षति नभएको बुधबार दाबी गरेका हुन् ।
गोली हानाहान भए पनि मानवीय..
मंगलवार, फागुन २१, २०७५ साल

इस्लामाबाद, २१ फागुन :
एएनआई० पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आफु नोबेल शान्ति पुरस्कारका लागि योग्य नभएको सोमबार बताउनु भएको छ ।
स्थानीय जनताको चाहना अनुसार काश्मिर समस्या समाधान गर्नेलाई व्यक्ति सो पुरस्कारका लागि योग्य हुने उहाँले स्पष्ट पार्नुभएको छ ।
उहाँले सामाजिक सञ्जालमा लेख्नु भएको छ, “म नोबेल शान्ति पुरस्कार पाउन योग्य छैन । त्यसका लागि योग्य त्यो हुनेछ जसले काश्मिरका जनताको इच्छा..
आईतवार, फागुन १९, २०७५ साल

लाहोर, पाकिस्तान ९ फागुन
लाहोरमा १० वर्षअघि श्रीलङ्काली क्रिकेट टोलीमाथि लडाकू समूहले गरेको साङ्घातिक आक्रमणबाट आफूमाथि लागेको घाउचोट देखेर अम्पायर अहसान रजालाई अहिले पनि शरीर काँप्छ ।
हाल ४४ वर्ष पुगेका रजा भाग्यशाली थिए । उनी लडाकूले प्रहार गरेको गोली, ग्रिनेड र रकेट लन्चरबाट भाग्यवश बाँच्न सफल भएका थिए । यो घटनाले उनको जीवन मात्र बदलिएन पाकिस्तानी क्रिकेटको परिदृश्य नै फेरिएको छ ।
दोस्रो..
शनिबार, फागुन १८, २०७५ साल

-बिबिसी टिप्पणी :
भारतले पाकिस्तानभित्र पसेर हवाई आक्रमण गरेपछि दुई देशबीच तनाव चुलिएको छ। पाकिस्तानको राजनीतिक र सैन्य नेतृत्वले भारतको आक्रमणको उत्तर उचित समय र ठाउँमा दिने चेतावनी दिएको छ।
तर के पाकिस्तानको सेनाले भारतविरुद्ध कुनै कारबाही गर्न सक्छरु
प्रस्तुत छ, दक्षिण एशियाको सुरक्षा मामिला विशेषज्ञ प्राध्यापक क्रिस्टिन फेयरको धारणा...
यो वास्तवमा ठूलो साहसिक आक्रमण हो। पाकिस्तानी वायुसेनाको बाध्यता के हो भने ऊसँग भन्ने..
शनिबार, फागुन १८, २०७५ साल

काठमाडौँ, १८ फागुन
कश्मीर विश्वमा सबैभन्दा बढी सैनिकीकृत क्षेत्रमध्ये एक हो। त्यहाँ भारत र पाकिस्तानजस्ता दुई पारमाणु-शक्तिसम्पन्न देशबीच अतिसम्वेदनशील सीमारेखा पनि छ।
गतसाता भारत प्रशासित कश्मीरमा कम्तीमा ४६ सुरक्षाकर्मीको ज्यान जानेगरी एउटा आत्मघाती आक्रमण भयो। भारतीय सुरक्षा बलमाथि भएको यो एउटा ठूलो रक्तपातपूर्ण आक्रमण थियो।
पछि भएका भिडन्तमा सुरक्षाकर्मी, सन्दिग्ध लडाकु र गैरसैनिकको पनि मृत्यु भयो।
यी घटनाहरूले त्यस क्षेत्रलाई पुन: अस्थिर पार्न सक्ने..
शुक्रबार, फागुन १७, २०७५ साल

पञ्जाव भारत, १७ फागुन ।
पाकिस्तानले आफ्नो कब्जामा भएका भारतीय वायुसेनाका विमानचालक अभिनन्दन वर्तमानलाई शुक्रबार राती ९ बजेतिर मुक्त गरेको छ।
कब्जामा रहेका ती पाइलटलाई पाकिस्तानले दिउँसो नै भारतलाई सुम्पिएको बताएतापनि उसले अबेर मात्रै पञ्जाबको बाघा बोर्डरबाट सुम्पिएको हो ।
पाकिस्तानले एउटा भारतीय लडाकु विमानलाई बुधवार आफ्नो भूमिमा खसालिदिएको थियो भने सो विमानका चालक अभिनन्दन वर्तमान त्यसपछि उसको कब्जामा परेका थिए ।
उनलाई विमानमा..
शुक्रबार, फागुन १७, २०७५ साल

काठमाडौं,१७ फागुन
भारतले पाकिस्तानी सेनाले कब्जामा लिएका भारतीय वायुसेनाका विमानचालक अभिनन्दन वर्तमानलाई मुक्त गर्ने र स्वदेश फिर्ता पठाउने घोषणाको स्वागत गरेको छ।
भारतीय सेनाका अधिकारीहरूले उक्त कदमबाट आफूहरू 'निकै हर्षित' भएको बताएका छन्।
उनलाई शुक्रवार अपराह्ण दुवै देशका पन्जाब राज्यको वाघा-अटारी सीमामा भारतलाई हस्तान्तरण गरियो ।
तर पाकिस्तानका गतिविधिहरूप्रति आफू सतर्क रहेको भारतीय सेनाले जनाएको छ।
कश्मीर क्षेत्रमा तनाव बढेसँगै अहिले नियन्त्रणरेखाका दुवैपट्टि दशौँ हजार सैनिकहरू..
शुक्रबार, फागुन १७, २०७५ साल

काठमाडौं, १७ फागुन
पाकिस्तानले पक्राउ गरेका भारतीय वायु सेनाका विंग कमाण्डर अभिनन्दन वर्तमानलाई भारतलाई बुझाएको छ । पाकिस्तानले पाइलट वर्तमानलाई इस्लामाबादस्थित भारतीय उच्चायोगलाई बुझाएको हो ।
अब वर्तमानले अपरान्ह ३–४ बजेतिर अटारी–बाघा बोर्डरको चेकपोस्ट पार गरेर भारत प्रवेश गर्ने हिन्दुस्तान टाइम्सले लेखेको छ । पाकिस्ताले शान्तिको लागि आफैंले प्रयास सुरु गर्ने घोषणासहित पाइलट वर्तमानलाई रिहा गरेको हो । अमृतसरमा सयौं भारतीयहरु अभिनन्दनलाई..
बुधबार, फागुन १५, २०७५ साल

मुम्बई, भारत, १५ फागुन :
भारत र पाकिस्तानबीच देखिएको तनाबका कारण बुधबार बिहान भारतीय शेयर बजारमा एक्कासी गिरावट आएको छ ।
लगानीकर्ताहरूले सीमाना क्षेत्रमा भएको तनाव लामो नरहने विश्वास गरेका छन् । बुधबार दिउसो पाकिस्तानी विमानले भारत प्रशासित काश्मिरको आकाशमा छिरेको भन्दै भारतीय लडाकू विमानले प्रतिरक्षा गरेपछि पाकिस्तानी विमान फर्केको भारतीय अधिकारीको दावी गरेका छन् ।
राष्ट्रिय स्टक एक्सचेन्ज निफ्टी ५० मा २९..
बुधबार, फागुन १५, २०७५ साल

एजेन्सी, १५ फागुन
भारत-पाकिस्तान तनाब बढीरहेकै बेला पाकिस्तानी लडाकु विमानहरु भारत प्रवेश गरेका छन्।
बुधबार बिहानै पाकिस्तानी विमानहरु सीमा पार गर्दै भारत प्रवेश गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
मंगलबार भारतले पाकिस्तान प्रवेश गरेर त्यहाँको उग्रवादी समूह जैस–ए–मोहम्मद विरुद्ध आक्रमण गरेको थियो। आफ्नो सीमाभित्रै छिरेर भारतले आक्रमण गर्न थालेपछि बुधबार पाकिस्तानी विमानहरुले भारतको नियन्त्रित रेखा पार गरेका हुन।
पाकिस्तानी एफ–१६ लडाकु विमान भारतीय..
बुधबार, फागुन १५, २०७५ साल

एजेन्सी, १५ फागुन
नियन्त्रण रेखाका विभिन्न क्षेत्रमा भारत र पाकिस्तानका सुरक्षाकर्मीबिच गोली हानाहान भएको छ । सीमा क्षेत्रको कश्मीरसँग जोडिएको नियन्त्रण रेखामा लागु भएको युद्ध विराम उल्लंघन गरेको आरोप भारत र पाकिस्तानले एक अर्कामाथि लगाएका छन् ।
मंगलबार बेलुका कोटली सेक्टरमा भारतीय सुरक्षाकर्मीको गोली लागेर चारजनाको ज्यान गएको भारतीय सञ्चारमाध्यमले दाबी गरेका छन् ।
ज्यान गुमाउनेमा तीन महिला र एक बालक रहेका छन्..
बुधबार, फागुन १५, २०७५ साल

नयाँदिल्ली, भारत । फागुन १५ ।
द हिन्दुस्तान टाइम्स पत्रिकाका अनुसार पाकिस्तानको बालाकोटमामा चरमपन्थी जैश(ए(मोहम्मदको तालिम केन्द्रमा मङ्गलवार बिहान भएको भारतीय वायुसेनाको आक्रमणको समयबारे सात जनालाई मात्र थाहा थियो।
बिहान तीन बजेर ४० मिनेटदेखि ५३ मिनेटसम्म भएको हमलामा मिराज लडाकु विमान प्रयोग भएको पत्रिकाले लेखेको छ।
भारत प्रशासित कश्मीरको पुलवामामा सुरक्षाकर्मीमाथि भएको आत्मघाती आक्रमणपछि भारतले पक्कै पनि कुनै कारबाही गर्ने ठानिएको थियो।
को हुन्..
मंगलवार, फागुन १४, २०७५ साल

इस्लामावाद, १४ फागुन
भारतीय हवाई सैन्यले भारत–पाकिस्तान सीमा (लाइन अफ कन्ट्रोल) उल्लङ्घन गरी पाकिस्तान–अधीनस्थ काश्मिर क्षेत्रमा भारतीय सैनिक विमान प्रवेश गरेको पाकिस्तानले जनाएको छ ।
पाकिस्तानका विदेशमन्त्री शाह महमूद कुरैशीले भारतले पाकिस्तानी भूमिमा आक्रमण गरेर पाकिस्तानको सम्प्रुभताको उल्लङ्घन गरेको र त्यसको उचित जबाफ दिइने बताएका छन् ।
पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल असिफ गफुरले भारतीय सैनिक विमानले मङ्गलबार बिहान बिना अनुमति पाकिस्तानी सीमाभित्र..
मंगलवार, फागुन १४, २०७५ साल

काठमाडौँ, १४ फागुन
भारतीय वायु सेनाको फाइटर विमानले पाकिस्तानको बालाकोट, चकोठी र मुजफ्फरावादमा रहेको आतंकवादी अखडामा १००० किलो बम खसालेर ध्वस्त बनाएको दाबी गरेको छ ।
मंगलबार बिहान गरिएको उक्त आक्रमणको पाकिस्तानले पनि पुष्टि गरेको छ ।
भारतीय वायुसेनाले भारत-पाकिस्तान नियन्त्रण रेखा एलओसीको उल्लङ्घन गरेको दाबी पाकिस्तानी सेनाले गरेको छ ।
पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफुरले ट्वीटमा लेखेका छन् - मुजफ्फराबाद सेक्टरबाट..
सोमबार, फागुन १३, २०७५ साल

काठमाडौं, १३ फागुन ।
बांग्लादेशको सरकारी वायुसेवा कम्पनी विमानद्वारा सञ्चालित एउटा यात्रुवाहक जेट विमानको अपहरणको प्रयास भएपछि चितगोंग शहरमा उक्त विमानको आपतकालीन अवतरण गराइएको छ।
राजधानी ढाकाबाट दुबईतर्फ उडिरहेको सो विमान फ्लाइट बीजी १४७ मा १ सय ४२ जना यात्रु सवार थिए।
सन्दिग्धलाई गोली हानिएको र उनको मृत्यु भएको बताइएको छ। ती सन्दिग्धलाई आत्मसमर्पण गर्न भनिएको तर नमानेपछि गोली हानिएको सैनिक सूत्रले जनाएको..
Results 328: You are at page 6 of 11