सार्क
शनिबार, माघ २७, २०७४ साल

काठमाडौँ, २७ माघ :
क्षेत्रफलको हिसाबले दक्षिण एसियाको सबैभन्दा सानो तथा केही वर्षअघिसम्म राजनीतिक स्थीरता रहेको मानिने मालदिभ्स्मा पाँच वर्षयता बारम्बार संकटकालको घोषणा गर्ने र राजनीतिक संकट दोहोरिने गरेको छ । पहिले शान्तिपूर्ण मानिने यस राष्ट्रमा केही वर्षयता बारम्बार राजनीतिक विवादमा तानिने गरेको छ । पछिल्लो संकट गएको हप्तादेखि सुरु भएको छ । यस विवादले राज्यका दुई अंग कार्यपालिका, व्यवस्थापिका..
बिहिवार, माघ १८, २०७४ साल

इस्लामाबाद, १७ माघ ।
पाकिस्तानका विभिन्न भाग प्रभावित हुने गरी बुधबार शक्तिशाली भूकम्प गएको छ । यस भूकम्प ६.२ म्याग्निच्युडको मापन गरिएको पाकिस्तानको राष्ट्रिय भूगर्भ विभागले जनाएको छ ।
यस भूकम्पमा परी एक बालकको मृत्यु भएको र अन्य नौ जना घाइते भएका सो विभागले जानकारी दिएको छ ।
पाकिस्तानको दक्षिणपश्चिमी प्रान्त बलोचिस्तानको लसबेला जिल्लाको बेला शहरमा माटोबाट बनेका दुई वटा घर भत्किएपछि यसमा परी..
बिहिवार, माघ १८, २०७४ साल

नयाँदिल्ली, १८ माघ ।
भारतमा बुधबार एक डुङ्गा डुब्दा पाँचको मृत्यु भएको छ भने, अन्य चारलाई उद्धार गरिएको छ ।
भारतको पूर्वी राज्य बिहारको राजधानी पटनामा पर्ने फटुहामा गंगा नदीमा डुङ्गा डुबेको अधिकारीहरुले जानकारी दिएका छन् ।
“नौ जना यात्रु बोकेको एउटा डुङ्गा हिजो बुधबार यहाँ डुबेको छ, तीमध्ये पाँच जनाको मृत्यु भएको छ भने चार जनालाई जीवितै उद्धार गरिएको छ,” पटनाबाट स्थानीय प्रकोप..
बिहिवार, माघ १८, २०७४ साल

बेइजिङ, १८ माघ ।
भारतको विदेश सचिवमा विजय केशव गोखले नियुक्त भएकामा चीनको विदेश मन्त्रालयले बधाई ज्ञापन गरेको छ ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुआ चुनयीङले बुधबार भने, “गोखले विदेश सचिवमा नियुक्त हुनुभएकोमा उहाँलाई बधाई ज्ञापन गर्न चाहन्छौं ।”
उनले आगामी दिनमा भारत र चीनको आपसी सम्वन्ध अझ सक्रियताका साथ सुध्रिने विश्वास व्यक्त गरेका छन् ।
“शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तलाई आत्मसाथ गर्दै राजनीतिक तहबाट..
मंगलवार, माघ २, २०७४ साल

नयाँ दिल्ली, भारत, माघ २ :
भारत भ्रमणमा रहेका इजरायली प्रधानमन्त्री वेन्जामिन नेतन्याहुले भारतसँग केही महत्वपूर्ण सम्झौता गरेपछि सोमबार सञ्चारकर्मीसँग दिएको प्रतिक्रियामा इजरायल–भारत सम्बन्धमा नयाँ युगको थालनी भएको बताएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग सोमबार भएको कुराकानीपछि नेतन्याहुले भन्नुभयो, “हामीले दुई मुलुकबीच नयाँ सम्बन्धको शुरुवात गरेका छौँ ।”
प्रधानमन्त्रीका रूपमा सन् २०१७ को जुलाईमा इजरायलको भ्रमण गरेका पहिलो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको..
शुक्रबार, पौष २८, २०७४ साल

नयाँ दिल्ली, २८ पुस :
भारतले पहिलो पटक अन्तरिक्षमा रकेट प्रक्षेपण गरेको समाचारमा जनाइएको छ । भारतले ३१ वटा भू–उपग्रहसहितको रकेट आन्ध्र प्रदेश राज्यबाट अन्तरिक्षतर्फ पठाएको बताइएको छ । ती रकेटमा भारत बाहेकका अरु विभिन्न छ वटा देशका भूउपग्रह पनि रहेका समाचारमा जनाइएको छ ।
यो अन्तरिक्षयान नक्साङ्कन र चित्राङ्कन गर्ने खालको हो । भारतीय सरकारको मातहतमा रहेको अन्तरिक्ष अनुसन्धान संगठनले शुक्रवार..
बिहिवार, पौष २०, २०७४ साल

नयाँ दिल्ली, २० पुस ।
पश्चिमी भारतीय राज्य राजस्थानमा भएको सडक दुर्घटनामा कम्तीमा आठ व्यक्तिको मृत्यु भएको प्रहरी स्रोतले बुधबार जानकारी दिएको छ ।
प्रान्तीय राजधानी जयपुरमा ट्रक र टेम्पो एक आपसमा ठोक्किदा भएको दुर्घटनामा परी आठ व्यक्तिको मृत्यु हुनुको साथै अन्य दुई घाइते भएका एकजना वरिष्ठ प्रहरी अधिकारीले जानकारी दिएका छन् ।
अत्यन्त व्यस्त समयमा भएको यस घटनामा टेम्पोमा सवार व्यक्तिहरु मारिएका र..
सोमबार, पौष १७, २०७४ साल

नयाँ दिल्ली, १७ पुस ।
नयाँ दिल्लीमा बाक्लो हुस्सुका कारण सोमबार यहाँको हवाई र रेलसेवा अवरुद्ध भएको छ ।
भारतीय राजधानी नयाँ दिल्ली र यस वरपरका स्थानमा आइतबार बिहानैदेखि लागेको बाक्लो हुस्सुको मात्रा नघटेको र झन बढ्दै गएपछि विमान र रेलसेवा अवरुद्ध हुन पुगेको अधिकारीहरुले जानकारी दिएका छन् ।
गत हप्तादेखि नै नयाँ दिल्लीमा हुस्सु लागेको थियो । हुस्सुको मात्रा आइतबार बिहानदेखि झन बढेको..
शुक्रबार, पौष १४, २०७४ साल

मुम्बई, भारत, १४ पुस ।
भारतीय सहर मुम्बईको कमला मिल्स्मा शुक्रबार बिहानैदेखि भएको लागलागीमा परी मृत्युहुने व्यक्तिको सङ्ख्या १४ पुगेको किङ्ग इड्वार्ड मेमोरिएल (केइएम) अस्पतालले शुक्रबार जानकारी दिएको छ ।
यस आगलागीमा परी अन्य १२ व्यक्ति घाइते भएका समाचारमा जनाइएको छ । उनीहरुको सोही अस्पतालामा उपचार भइरहेको सोही अस्पतालका मेडिकल अधिकारी अभिनाश सुपेले जानकारी दिएका छन् । यस आगलागीमा १४ जनाको मृत्यु भएको..
बुधबार, पौष १२, २०७४ साल

बेइजिङ, चीन, पुस ११ ।
पाकिस्तान, अफगानिस्तानका विदेश सचिवस्तरीय संयुक्त बैठकले तालिवान लडाकूलाई शान्तिवार्तामा बस्न आग्रह गरेको छ ।
चीनको पहलमा मङ्गलबार बेइजिङ्मा भएको बैठकपछि तीनै सरकारको पक्षबाट आह्वान गरिएको आग्रहको संयुक्त विज्ञप्ति जारी गरी तालिवान लडाकूलाई सकेसम्म छिट्टै शान्तिवार्तामा आउन भनिएकोे छ ।
अफगानिस्तानमा प्राय दैनिकजसो भएका तालिवान आक्रमणपछि बसेको बैठकमा चीनले क्षेत्रीय शान्ति प्रबर्धन गर्न पाकिस्तानको भूमिमा बनाइने कैयौँ अर्ब डलर..
बुधबार, पौष १२, २०७४ साल

नयाँ दिल्ली, भारत, ११ पुस।
भारतले बेलायत र फ्रान्सलाई पछि पार्दै सन् २०१८ विश्वकै पाँचाँै ठूलो अर्थतन्त्र बन्ने मङ्गलबार सार्वजनिक एक प्रतिवेदनमा जनाइएको छ ।
भारत अहिलेसम्म विश्वको सातौँ ठूलो अर्थतन्त्र रहेको भएपनि सन् २०१८ मा दुईस्थान माथि चढ्दै पाँचौँ स्थानमा पुग्न देखिएको लण्डनस्थित आर्थिक तथा व्यवसायिक अनुसन्धान केन्द्र (सेन्ट्रल फर इकोनोमिक्स एण्ड विजिनेस रिसर्च)द्वारा जारी बार्षिक प्रतिवेदनमा जनाइएको छ ।
त्यसैगरी भारतले..
बुधबार, पौष १२, २०७४ साल

नयाँ दिल्ली, १२ पुस ।
नयाँ दिल्लीमा बाक्लो हुस्सु लागेका कारण बुधबार यहाँको रेलसेवा अवरुद्ध भएको समाचार छ । भारतीय राजधानी नयाँ दिल्ली र यस वरपरका स्थानमा बुधबार बिहानैदेखि लागेको बाक्लो हुस्सुको मात्रा नघटेको र झन बढ्दै गएपछि रेलसेवा अवरुद्ध हुन पुगेको अधिकारीहरुले जानकारी दिएका छन् ।
भारतीय अधिकारीहरुका अनुसार बुधबार बिहान कम्तीमा पनि ३० वटा रेलको सेवा अवरुद्ध भएको छ । बिहान सवेरैदेखि..
मंगलवार, पौष ११, २०७४ साल

काठमाडौं, ११ पुस ।
भारतीय जनता पार्टी (भाजपा)ले गुजरात राज्यमा लगातार छैटौं पटक सरकार बनाएको छ । विधानसभा चुनावमा ९९ सिट जितेको भाजपाका विजय रुपाणीले मुख्यमन्त्री र नितिन पटेलले उपमुख्यमन्त्रीको सपथ लिएका छन् ।
आरसी फलदू, भुपेन्द्र सिंह चुडासमा, कौशिक, जमनादास पटेल लगायत मन्त्री बनेका छन् । सपथ ग्रहणमा सहभागी हुन भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र भाजपा अध्यक्ष अमित शाह गान्धीनगर पुगेका थिए..
मंगलवार, पौष ११, २०७४ साल

कोलम्बो, १० पुस ।
बौद्ध धर्माबलम्बीहरुको बाहुल्यता रहेको श्रीलङ्काले पनि ईसाइ धर्माबलम्बीहरुको महान पर्व क्रिसमशको दिन ५२६ जना कैदीलाई आम माफी दिएको छ । श्रीलङ्काका राष्ट्रपति मैत्रीपाल सिरिसेनाले क्रिसमश दिवसको अवसरमा सोमबार ५२६ जना कैदीलाई आम माफी दिनुभएको अधिकारीहरुले बताएका छन् ।
आम माफी पाउनेहरु सामान्य अपराधमा काराबासको सजायँ भोगिरहेका कैदीहरु रहेको यहाँको जेल एक अधिकारीले सिन्ह्वालाई जानकारी दिएका छन् । श्रीलङ्कामा कुल जनसंख्याको सात..
मंगलवार, पौष ११, २०७४ साल

इश्लामावाद, पाकिस्तान, १० पुस ।
पाकिस्तानमा नियन्त्रणपछि मृत्युदण्डको सजाय सुनाइएका भारतीय नौसेनालाई सोमबार आफ्नी आमा र श्रीमतीसँग सम्वाद गर्ने मौका दिइएको छ । पाकिस्तान विरुद्ध जासूसी गरेको आरोपमा सन् २०१६ मा पक्राउ गरिएपनि उहाँलाई भारतको आग्रहमा मृत्यु दण्ड नदिई काराबासमा राखिएको छ ।
मानवीय भावनालाई ध्यानमा राखेर कैदीलाई उनका आमा र श्रीमतीसँग सम्वाद गर्ने मौका दिइएको विदेश मन्त्रालयले जनाएको छ । उनीहरुलाई सिसाबाट देखिने र..
सोमबार, पौष १०, २०७४ साल

कराँची, पाकिस्तान, ९ पुस ।
पाकिस्तानको सिन्ध प्रान्तस्थित सान क्षेत्रमा आइतबार दुई विपरित दिशाबाट आएका यात्रुबाहक बस एउटा सुजुकी भ्यानसँग ठक्कर खाँदा भएको दुर्घटनामा एउटै परिवारका १० जनाको मृत्यु भएको छ ।
इन्दुज राजमार्गमा बिहानै भएको सडक दुर्घटनामा १० जनाको मृत्यु भएको र केही यात्रुहरू घाइते भएका बरिष्ठ प्रहरी उपरिक्षक इरफान बहादुरले बताए ।
एकै परिवारका दुई पुरुष, चार महिलासहित चार जना बालबालिकाको..
आईतवार, पौष २, २०७४ साल

नयाँ दिल्ली, १ पुस ।
भारतीय स्वास्थ्य मन्त्रालयले सन् २०१४ मा कानूनमा संशोधन गरी सुर्ती तथा सुर्तीजन्य उत्पादन सामग्रीका प्याकेटको ८५ प्रतिशतस्थानमा यसबाट मानव स्वास्थ्यमा पर्ने प्रभावबारे चेतावनीमुलक सचित्र सन्देश जनाउनुपर्ने प्रावधानलाई कर्नाटक उच्च अदालतले शनिबार रद्द गरिदिएको भारतीय अधिकारीले जनाएका छन् ।
भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयलाई यस्तो कानून बनाउने अधिकार नभएको भन्दै उक्त निर्णयपूर्व सुर्ती तथा सुर्तीजन्य उत्पादन सामग्रीका प्याकेटमा ४०..
शुक्रबार, मंसिर २२, २०७४ साल
.jpg)
मंसिर २२, काठमाडौँ ।
दक्षिण एसियाको समृद्धि विकासमा सहयकार्य गर्ने लक्ष्य बोकेर स्थापना भएको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) स्थापनको ३३ बर्ष पुगेको छ । सार्कले ३३ बर्ष पुरा गरेको अवसरमा सदस्य राष्ट्रका राष्ट्रप्रमुखले शुभकामना सन्देश जारि गरेका छन् । नेपाल, भारत, श्रीलङका, भुटान लगायतका राष्ट्रप्रमुले सुभकामना सन्देश जारि गरेका छन् । स्थापनाको ३३औँ वार्षिकोत्सवका अवसरमा नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले सार्क..
बुधबार, मंसिर २०, २०७४ साल

जलालाबाद, २० मङसिर ।
अफगानिस्तानको पूर्वी प्रान्त नान्गाहारमा अफगान सुरक्षा बलले बुधबार बिहान गरेको कारबाहीको क्रममा नौ जना सशस्त्र आतङ्ककारी मारिएका छन् । यस कारबाहीको क्रममा नौ जना इस्लामिक स्टे्टस्का आतङ्ककारीहरु मारिएका प्रान्तीय सरकारका प्रवक्ताले बुधबार एक विज्ञप्ति प्रकाशन गरी जानकारी दिएका छन् ।
नान्गाहार प्रान्तको आचिन जिल्लाको ओमोन क्षेत्रमा लुकेर बसेका आतङ्ककारी लक्षित सुरक्षा कारबाहीमा आइएसका ती लडाकू मारिएका छन् । उनीहरुलाई..
बुधबार, मंसिर २०, २०७४ साल

काठमाडौँ, २० मंसिर ।
दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को ५४ औँ बैठक यही मंसिर २५ देखि २७ गतेसम्म यहाँस्थित सार्क सचिवालयमा हुने भएको छ ।
बैठकले सार्क सचिवालय, सार्कका पाँच क्षेत्रीय केन्द्र र चार विशिष्टीकृत निकायको बजेटमा छलफल गर्ने परराष्ट्र मन्त्रालयका सहसचिव एवं क्षेत्रीय संगठन महाशाखा प्रमुृख मणिप्रसाद भट्टराईले बताए ।
सहसचिव भट्टराईको नेतृत्वमा हुने उक्त बैठकमा भाग लिन सार्कका सबै मुलुकका..
मंगलवार, मंसिर १९, २०७४ साल

मंसिर १९, काठमाडौँ ।
भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय कांग्रेस पार्टीको अध्यक्ष पदमा राहुल गान्धी निर्विरोध निर्वाचित हुने निश्चित भएको छ ।
अध्यक्ष पदको उम्मेदवारी दर्ता गराउने समयमा उनको मात्रै मनोनयन परेकाले गान्धी अध्यक्ष हुने निश्चित भएको हो । आगामी पार्टी महाधिवेशनका लागि अध्यक्षमा उम्मेदवारी दर्ता गराउने अन्तिम दिन हिजोसम्म थियो । हाल पार्टि अध्यक्षमा सोनिया गान्धी छिन् । उनी राहुलकी..
सोमबार, मंसिर १८, २०७४ साल

गुजरात :
जतिबेला भारतका प्रधानमन्त्री नरेन्द्र मोदी गुजरातका मुख्यमन्त्री थिए, त्यतिबेला मणिनगर विधानसभाबाट काँग्रेस आइले कसलाई चुनावमा प्रतिस्पर्धाका लागि पठाउँछ भन्ने विषयले सधैं चर्चा पाउने गथ्र्यो ।
भलै उनै मोदी अहिले समग्र भारतकै सर्वोच्च पद अर्थात प्रधानमन्त्रीमा आसीन भएतापनि कँग्रेसलाई उक्त स्थान जित्न तथा बीजेपीलाई यहाँ आफ्नो पुरानो बर्चश्व जोगाइराख्न प्रतिष्ठाको विषय बन्दै आएको छ ।
सन् २०१७ को आगामी विधानसभाको निर्वाचनमा भारतीय..
बिहिवार, मंसिर १४, २०७४ साल

कोलोम्बो, १४ मङसिर ।
श्रीलङ्कामा आएको शक्तिशाली आँधीमा परी तीन जनाको मृत्यु भएको समाचार छ । यस आँधीको कारण एक दर्जन भन्दा बढी व्यक्ति घाइते भएका छन् भने अरु केही हराइरहेका छन् ।
आँधीले सडक छेउका सयौँ रुख ढालेको छ भने घरहरु पनि पूर्णरुपमा क्षति पुगेको बताइएको छ । आँधी र भारी वर्षाका कारण बिहीबार दक्षिणी र मध्यप्रान्तका सकै बिद्यालय बन्द गरिएको छ..
शुक्रबार, कार्तिक २४, २०७४ साल

नयाँ दिल्ली, भारत, २३ कात्तिक (रासस/पीटीआई) :
नयाँ दिल्लीमा देखिएको वातावरण प्रदुषण नियन्त्रण प्रयासस्वरुप आगामी सोमबारदेखि पाँचदिनका लागि जोर विजोर नियम अनुसार यातायातका साधन चलाइने दिल्ली राज्य सरकारले जनाएको छ ।
यो नियम महिलाले चलाउने गाडी तथा दुई पाङ्ग्रे यातायातका सवारी साधनमा भने लागू नगरिने बताइएको छ ।
“जोर विजोर नियम लागू भएपछि भारतीय राजधानी नयाँ दिल्लीमा विहान ८ बजेदेखि वेलुका ८ वजेसम्म..
सोमबार, असोज २, २०७४ साल

इस्लामावाद ।
पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफकी श्रीमती हालै लाहोरमा सम्पन्न संसदको उपनिर्वाचनमा विजयी भएकी छिन् ।
पाकिस्तानको सर्वाेच्च अदालतबाट गत जुलाइमा सांसद पद सम्हाल्न समेत अयोग्य ठहर गरी हटाइएका पूर्व प्रधानमन्त्री शरिफकी श्रीमतीले उनकै निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिएकी थिईन् ।
सोमबार बिहान सार्वजनिक गरिएको अनौपचारिक नतिजाअनुसार कुलसूम नवाजले आफ्ना निकटतम प्रतिद्वन्द्वीले भन्दा करिब १५ हजार मत बढी ल्याई विजयी भएकी हुन् । ..
आईतवार, असोज १, २०७४ साल

नेपालगञ्ज, १ असोज ।
नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीले नेपाल र भारतबीचको सुमधुर सम्बन्ध सानातिनो घटनाले नबिग्रने बताएका छन् ।
नेपालगञ्ज उद्योग व्यापार सङ्घद्वारा आइतबार यहाँ आयोजित छलफल कार्यक्रममा बोल्दै उनले नेपाल र भारतबीचको सम्बन्ध धार्मिक, सामाजिक, सांस्कृतिक एवम् राजनीतिक मूल्य, मान्यतासँग गाँसिएकाले साना–तिना घटनाले दुई देशको सम्बन्ध नबिग्रने दाबी गरे ।
राजदूत पुरीले नेपालको आर्थिक समृद्धि र विकासमा भारत सधैँ सकारात्मक..
शुक्रबार, भाद्र २३, २०७४ साल

दार्जिलिङ ।
भारतको पश्चिम बंगालस्थित दार्जिलिङ्ग लगायतका क्षेत्रमा गोर्खाल्याण्ड आन्दोलनको अभियान चलाइरहेका विभिन्न दल र समूहका नेताबीच आन्तरिक विवाद बढ्दै गएपछि अभियान नै अन्योलमा पर्न थालेको छ ।
आन्दोलनको नेतृत्व गरेका दलकै उच्च तहका नेताहरुले नै जारी आमहडताल खुलाउने वा नखुलाउनेबारे विपरीत अभिव्यक्ति दिन थालेपछि आम सर्वसाधारणमा अन्योलता छाएको हो ।
दार्जिलिङसहित पहाडी क्षेत्रमा गोर्खाल्यान्ड आन्दोलन सुरु भएको ८५ दिन पूरा भैसक्दा अब..
बिहिवार, भाद्र २२, २०७४ साल

अल्पसंख्यक मुस्लिम समुदाय रोहिंगामाथि भइरहेको हिंसाबारे पहिलोपटक मुख खोल्दै नोबेल शान्ति विजेता एवम् म्यानमारकी उच्च नेता आङ सान सूकीले ‘गलत सूचना बढाइचढाइ पेस गरिएको’ प्रतिक्रिया दिएकी छन् ।
सरकारी सुरक्षा फौज र बौद्ध समुदायबाट सयौं रोहिंगा मारिँदा तथा दशौं हजारलाई देश छाडेर भाग्न बाध्य पारिँदा समेत मौन बसेकी सू कीले बुधबार भनिन् ‘आतंकवादीको स्वार्थलाई बढावा दिने उद्देश्यले जारी गरिएका झूटा खबरले..
शनिबार, भाद्र १७, २०७४ साल

नयाँदिल्ली,
प्रधानमन्त्री नरेन्द्र मोदी सरकारका पाँच जना मन्त्रीले अकस्मात राजीनामा दिएका छन् । राजीनामा दिनेहरुमा जलस्रोतमन्त्री उमा भारती, सीप विकासमन्त्री राजिव प्रताप रुडी, मानव संसाधन विकास राज्यमन्त्री महेन्द्रनाथ पाण्डे, जलस्रोत राज्यमन्त्री सञ्जिव बल्यान तथा साना उद्यमसम्बन्धी मन्त्री कलराज मिश्र रहेका छन् ।
उनीहरुले किन राजीनामा दिए भन्ने प्रस्ट भने देखिएको छैन । यद्यपी, प्रधानमन्त्री नरेन्द्र मोदीले नमागी कनै उनीहरुले राजीनामा दिएको हुनसक्ने..
शनिबार, भाद्र १७, २०७४ साल

नयाँदिल्ली,
शुक्रबार एक स्वघोषित गुरु गुर्मित राम रहिम सिंहलाई भारतीय अदालतले बलात्कार दोषी ठहर गर्दै जेल चलान गर्ने फैसला गरेसँगै त्यबारे सर्वत्र टिप्पणी हुन थालेको छ । ‘रक स्टार बाबा’ नामले चिनिने रहिमबारे बोल्दै भारतका चर्चित योगगुरु बाबा रामदेवले कानुन हातमा लिने अधिकार कसैलाई पनि नभएको बताएका हुन् । रामदेवले आफूमाथि पनि धेरै मुद्दा परेको भएता पनि रहिमका समर्थकहरुको जस्तो प्रतिक्रिया..
Results 332: You are at page 11 of 12