सार्क
शुक्रबार, श्रावन ४, २०७५ साल

नयाँदिल्ली, ४ साउन :
भारतका पूर्वअर्थमन्त्री पि चिदम्बरमलाई भ्रष्टाचारको अभियोग लागेको छ ।
प्रमुख प्रतिपक्षी दलका शीर्ष नेतासमेत रहेका चिदम्बरमलाई अर्थमन्त्री भएका बेला राज्य शक्तिको दुरुपयोग गरेको र खरबौको आर्थिक घोटाला प्रकरणमा संलग्न भएको अभियोग बिहीबार लगाइएको हो ।
उनलाई लगाइएको आरोपप्रति उनि संलग्न रहेको काँग्रेस पार्टीले खेद व्यक्त गरेको समाचारमा जनाइएको छ । अब यो विषय अदालत समक्ष पुगेकाले यसको अब..
शनिबार, आषाढ ३०, २०७५ साल

३० असार, काठमाडौं ।
भ्रष्टाचार मुद्दामा १० बर्षको जेल सजाय सुनाइएका पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरिफ र उनकी छोरी मरियमलाई त्यहाँको प्रहरीले बिमानस्थलबाटै पक्राउ गरेको छ । यसअघि केही समयदेखि बेलायतमा रहँदै आएका उनी त्यहाँबाट दुबईको आबुधाबी हुँदै शुक्रबार राति स्वदेश फर्किएका थिए ।
उनिबिरुद्ध भ्रष्टाचारको फैसला भएका बेला श्रीमतीको उपचारका लागि शरिफ परिवारसहित बेलायतमा पुगेका थिए । गत जुलाई ६ पाकिस्तानको अदालतले..
शनिबार, आषाढ २३, २०७५ साल

इस्लामावाद, २३ असार :
पाकिस्तानका पुर्वप्रधानमन्त्री नवाज शरिफलाई दश बर्षको जेल सजायको फैसला गरिएको छ ।
भ्रष्टाचारको अभियोग लागेका पूर्व प्रधानमन्त्री शरिफलाई इस्लामावादमा रहेको एक अदालतले शुक्रबार कारावासको फैसला गरेको हो । यही जुलाई २५ मा हुन लागेको निर्वाचनको पुर्वसन्ध्यामा भएको यो फैसला अर्थपूर्ण भएको वकीलहरूले बताएका छन् ।
उनलाई दश बर्षे जेल सजायसँगै एक करोड अमेरिकी डलर जरिवाना पनि तोकिएको अदालतले जनाएको..
मंगलवार, आषाढ १९, २०७५ साल

नयाँ दिल्ली, १९ असार
भारतको आर्थिक राजधानी मुम्बई शरहमा मङ्गलबार बिहान जारी भारी वर्षाका कारण एउटा पुल भत्किदा १५ जना बटुवा घाइते भएका छन् ।
भारी वर्षाको कारण सो पुल भत्किएको प्रहरी स्रोतले जानकारी दिएको छ ।
मुम्बइको अँधेरी रेलवे स्टेसनमा रहेको पुल भत्किएको हो । यस घटनामा परी १५ व्यक्ति घाइते भएका र उनीहरुलाई स्थानीय अस्पतालमा उपचारार्थ लगिएको बताइएको छ । ..
शुक्रबार, आषाढ १, २०७५ साल

नयाँ दिल्ली, १ असार
उत्तरी भारतीय राज्यमा चार दिनयता देखि जारी भारी वर्षापछिको बाढीमा परी कम्तीमा एघार व्यक्तिको मृत्यु भएको अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् ।
उत्तरी भारतीय राज्य आसाम, त्रिपुरा, मणीपुरमा जारी यस प्रकोपमा परी ११ व्यक्तिको मृत्यु हुनुको साथै हजारौँको सङ्ख्यामा विस्थापित भएका छन् ।
उक्त वर्षापछिको बाढीमा परेर कैयौँ नागरिक बेपत्ता भएका छन् । तर के कति मात्रामा उनीहरु हराएका..
मंगलवार, जेष्ठ २९, २०७५ साल

नयाँ दिल्ली (भारत), २९ जेठ (रासस/एएनआई) :
भारतीय पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई सोमबार अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेसमा भर्ना गरी अहिले उपचार भइरहेको छ ।
त्रियानब्वे वर्षीय पूर्व प्रधानमन्त्री वाजपेयी बिरामी भएको खबर पाए लगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, कँग्रेस आइका अध्यक्ष राहुल गान्धी लगायतका भारतीय नेताहरूले सोमबार अकस्मात विरामी भई उपचारार्थ अस्पताल भर्ना भएका..
सोमबार, जेष्ठ २८, २०७५ साल

नयाँदिल्ली, २८ जेठ :
भारतका विभिन्न ठाँउमा अत्यधिक बर्षाका कारण भएका घटनामा परी विगत दुई दिनमा कम्तीमा ७९ जनाको मृत्यु भएको छ । मृत्यु भएका मध्ये १६ जनाको भारतको दक्षिणी राज्य केरलामा मृत्यु भएको सरकारी अधिकारीहरूले सोमबार जानकारी दिएका छन् ।
“भारी बर्षाका कारण गत दुई दिनमा यस राज्यका विभिन्न ठाँउमा भएका घटनाहरूमा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ,” राज्यका एक..
शुक्रबार, जेष्ठ २५, २०७५ साल

एजेन्सी, २५ जेठ
पाकिस्तानको सर्वोच्च अदालतले पूर्वराष्ट्रपति परवेज मुसर्रफलाई अदालतमा उपस्थित हुन आदेश दिएको छ । मुसर्रफलाई यही १३ जुनमा अदालतमा उपस्थित हुन अदालतले बिहीबार आदेश दिएको पाकिस्तानी सञ्चार माध्यमहरूले जनाएका छन् ।
प्रधानन्यायाधीश मिन साक्विब निसार नेतृत्वको तीन न्यायाधीशको इजलासले मुसर्रफले दिएको निवेदनमाथि सुनुवाइका लागि अदालतमा बोलाइएको हो । सन् २०१३ मा पेसावर उच्च अदालतले मुसर्रफलाई राष्ट्रपति हुन अयोग्य भएको फैसला गरेकोमा त्यसको पुनरावलोकन..
आईतवार, जेष्ठ ६, २०७५ साल

नयाँ दिल्ली, भारत, ६ जेठ :
भारतीय कंग्रेस (कंग्रेस–आई) का अध्यक्ष राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीले भ्रष्टाचारलाई प्रोत्साहन मात्र गरेको नभै उनि नै भ्रष्टाचारी बनेको आरोप लगाएका छन् ।
शनिबार सञ्चारकर्मीलाई सम्बोधन गर्दै गान्धीले भने,“ तपाईहरूले प्रत्यक्ष देखिरहनुभएको छ प्रधानमन्त्रीले कर्नाटकमा कसरी विधायकहरूलाई केनबेच गर्न अधिकार दिइरहनुभएको छ ।” गान्धीले थपे, “प्रधानमन्त्रीले मुलुकमा आफू भ्रष्टाचार विरुद्ध लडिरहेको भन्नुहुन्छ तर यो पूर्णतया..
बिहिवार, जेष्ठ ३, २०७५ साल

नयाँ दिल्ली, ३ जेठ :
भारतको कर्नाटक राज्यमा सरकार निर्माणका लागि भारतको सर्वाेच्च अदालतले अनुमति दिएपछि भारतीय जनता पार्टीको नेतृत्वमा यहाँ सरकार बन्ने निश्चित भएको छ ।
आफूसँग बहमत रहेकोले सरकार बनाउन पाउनुपर्ने भन्दै भारतीय राष्ट्रिय काँग्रेसले आफ्नो पक्षमा सरकार निर्माण गर्न दिन माग गर्दै सर्वाेच्चमा रिट हालेको थियो ।
तर सर्वाेच्च अदालतले भने काँग्रेसको उक्त रिट खारेज गर्दै भारतीय जनता पार्टीलाई..
बुधबार, जेष्ठ २, २०७५ साल

नयाँ दिल्ली, भारत, २ जेठ :
उत्तर भारतमा सडकमाथि निमार्णाधीन आकासे पुल मङ्गलबार भत्किँदा कम्तीमा १९ जनाको मृत्यु भएको छ । वाराणसी जिल्लाको सेनाको अस्थायी शिविर रहेको क्षेत्रमा निर्माण हुँदै गरेको आकासे पुल भत्किएको र उक्त घटना उत्तर प्रदेशको राजधानी लखनऊबाट ३०६ किलोमिटर दक्षिणपूर्वमा भएको हो ।
भारतीय अधिकारीका अनुसार निर्माणाधीन आकासे पुलका दुई वटा पिलर भत्किँदा रोडा र सिमेन्टले बनेको विशाल संरचना..
सोमबार, बैशाख ३१, २०७५ साल

इस्लामावाद, पाकिस्तान, ३१ वैशाख :
पाकिस्तानले इस्लामावादमा पाकिस्तानी नागरिकको ज्यान जानेगरी केही हप्ता पहिले भएको सडक दुर्घटनामा दोषी भनी आरोप लागेका अमेरिकी राजदूतावासका कर्मचारी कर्नेल जोसेफ इमानुयल हललाई देश छोड्नबाट रोक लगाएको छ ।
हलद्वारा चलाइएको एउटा गाडीले इश्लामावादमा पाकिस्तानी मोटरसाइकल चालकलाई ठक्कर दिइएपछि गत अप्रिल ७ मा भएको मृत्यु भएपछि पाकिस्तानी जनमानस अमेरिकाप्रति आक्रोशित बनेका छन् ।
हुन त अमेरिकी राष्ट्रपति..
सोमबार, बैशाख २४, २०७५ साल

इस्लामावाद, २४ वैशाख :
पाकिस्तानका गृहमन्त्री अहसान इकबालमाथि आइतबार लाहोरमा गोली प्रहार भएको थियो । तर उहाँ खतरामुक्त रहेको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।
निर्वाचनको प्रचारका लागि लाहोर क्षेत्रमा आफ्नो दलको कार्यक्रममा सहभागी भइरहेका बेला उनिमाथि गोली प्रहार भएको थियो ।
पाकिस्तानको गृहमन्त्रालयले गृहमन्त्री इकबाललाई लक्षितगरी चलाइएको गोली उनको पाखुरामा लागेको र उनको लाहोरस्थित एक अस्पतालमा उपचार भइरहेको जनाएको छ । इकबालको..
शुक्रबार, बैशाख २१, २०७५ साल

आग्रा, भारत २१ वैशाख
उत्तरी भारतीय राज्यमा गएराति बालुवा र धुलोसहितको हावाहुरीमा परेर मृत्यु हुनेको संख्या कम्तीमा पनि १४३ पुगेको समाचारमा जनाइएको छ ।
बुधबार रातिदेखि आएको सो आँधीका कारण कैयौँ मानिसको मृत्यु भएकोमा बिहीबार मौसम बढी खराम भएपछि थप व्यक्तिको मृत्यु भएको हो । यसअघि यस प्रकोपमा परी ७७ जना व्यक्तिको मात्र मृत्यु भएको बताइएको थियो ।
भीषण रुपमा आएको हावाहुरीको कारण..
शुक्रबार, बैशाख १४, २०७५ साल

काठमाडौं, बैशाख १४ ।
छिमेकी देश भारतय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो २ दिने भ्रमणका क्रममा अर्को छिमेकी मुलुक चीन पुगेका छन् । सन् २०१४ मा सत्तामा आएपछिको मोदीको यो चौथो चीन भ्रमण हो । यसपटक दुवै देशको सीमाक्षेत्र दोक्लाममा देखिएको विवाद समाधानबारे ठोस पहल गर्ने बताइएको छ ।
मोदीको यसपटकको भ्रमणका क्रममा भारत र चीनको सीमा क्षेत्रको समस्या समाधान खोज्नुका साथै दुवै..
सोमबार, बैशाख १०, २०७५ साल

काबुल, अफगानिस्तान, १० वैशाख :
अफगानिस्तानको राजधानी काबुलमा आइतबार भएको आत्मघाती आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या ५२ पुगेको र उक्त घटनामा ११२ जना घाइते भएका यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मृत्यु हुनेमा २१ जना महिला, पाँच जना बालबालिका रहेका प्रहरीले बताएको छ ।
नजिकिँदै गरेको निर्वाचनमा सहभागिता जनाउन मतादाता परिचयपत्र लिनका लागि नागरिकहरू एक सरकारी कार्यालय अगाडि रहेका समय स्थानीय समयानुसार..
आईतवार, बैशाख ९, २०७५ साल

नयाँ दिल्ली, भारत, ९ वैशाख (रासस/एएफपी) :
भारत सरकारले बालिकामाथि बलात्कार गर्ने व्यक्तिलाई मृत्युदण्ड दिने कानूनलाई शनिबार अनुमोदन गरेको छ ।
हालै भारतको जम्मु काश्मिरमा एक आठ बर्षीया बालिकामाथि भएको बलात्कारको घटना र भारतमा दैनिक करिब ५० जनाको दरमा बलात्कारका घटना हुन थालेपछि सरकारले बलात्कारीलाई मृत्युदण्ड दिने कानूनलाई अनुमोदन गरेको हो ।
प्रधानमन्त्री नरेन्द्र मोदीले कमनवेल्थ शिखर सम्मेलनबाट फर्केलगत्तै शनिबार उक्त कानूनबारे..
बुधबार, बैशाख ५, २०७५ साल

नयाँदिल्ली, ५ वैशाख
वैवाहिक समारोहका लागि जाँदै गरेका व्यक्तिहरु चढेको मिनी ट्रक दुर्घटना हुँदा भारतमा २१ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।
मिनी ट्रकमध्ये प्रदेशमा पर्ने नदीमा पुलबाट तल खसेर दुर्घटना भएको प्रहरी अधिकारीहरुले बुधबार जानकारी दिएका छन् ।
मध्य प्रदेशको राजधानी भूपालदेखि ५७३ किलोमिटर टाढा पर्ने सिद्धि जिल्लामा रहेको सोने नदीमा मंगलबार राति मिनीट्रक खसेको हो ।
गएराति..
बुधबार, चैत्र २८, २०७४ साल

काठमाडौँ, २८ चैत :
सार्क क्षेत्रको लागुऔषध र आतंकवाद नियन्त्रणका लागि सामूहिक प्रयास आवश्यक रहेको छ ।
गृह मन्त्रालयले बुधबार यहाँ आयोजना गरेको एघारौँ सार्क सुरक्षाकर्मी बैठक तथा छैटौँ सार्क लागूऔषध तथा आतंकवाद अनुगमन डेक्सको बैठकमा गृहसचिव प्रेमकुमार राईले कुनै पनि एक देशले मात्र लागुऔषध र आतंकवाद समस्या समाधान गर्न नसक्ने बताए । “स्थायित्व र विकासका लागि सबै सँगसँगै मिलेर अगाडि बढौँ,”–..
आईतवार, चैत्र ११, २०७४ साल

राँची, झारखण्ड, ११ चैत (रासस/पिटीआई) :
भारतीय जनता दल (आरजेडी) का सर्वोच्च नेता लालु प्रसाद यादवलाई चौँथो चारा घोटाला काण्डमाथिको मुद्दामा दोषी ठहर गर्दै १४ बर्ष जेल सजाय र ६० लाख भारतीय रूपैँया जरिवाना गर्ने निर्णय भारतीय केन्द्रीय अनुसन्धान विभाग, विशेष अदालतले सुनाएको छ ।
उहाँ सन् १९९० तिर सत्तामा रहेका समय दुम्का राज्यकोषबाट ३ करोड १३ लाख भारतीय रूपैँया बराबरको..
शनिबार, चैत्र १०, २०७४ साल

नयाँदिल्ली, १० चैत (रासस/सिन्ह्वा) :
भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)ले भारतीय संसद्को माथिल्लो सदन (राज्य सभा)मा आफ्नो प्रभावलाई अझै बढाएको छ ।
शुक्रबार भएको निर्वाचनबाट भाजपाले सात प्रदेशका २६ सिटमध्ये १२ सिटमा विजयी भएकाले आफ्नो प्रभाव अझ बढाएको हो ।
भारतको सबैभन्दा ठूलो प्रदेशका रुपमा रहेको उत्तर प्रदेशमा मात्रै भाजपाले नौ सिट जित्न सफल भएको छ ।
यस निर्वाचनका मुख्य विजेतामा..
सोमबार, चैत्र ५, २०७४ साल

कोलम्बो, ५ चैत (रासस/सिन्ह्वा) :
श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले देशव्यापी रुपमा लगाइएको संकटकालीन अवस्था हटाएका छन् ।
यही मार्च ६ तारिखबाट घोषणा गरिएको संकटकालीन अवस्था हटाइएको राजपत्रमा राष्ट्रपति सिरिसेनाले आइतबार हस्ताक्षर गरेको र त्यसपछि संकटकालीन अवस्था हटेको जानकारी अधिकारीहरुले दिएका छन् ।
श्रीलङ्काको मध्यक्षेत्रमा व्यापक विरोध प्रदर्शन भएपछि त्यसलाई नियन्त्रण गर्न सरकारले संकटकाल लगाएको थियो ।
राष्ट्रपतिका सचिव अष्टिन फेर्नान्डोले संकटकाल हटाउने राजपत्रमा..
सोमबार, फागुन २८, २०७४ साल

नयाँ दिल्ली, २७ फागुन:
भारतले सन् २०२२ सम्ममा १७५ गिगावाट विद्युत उत्पादन गर्ने घोषणा गरेको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीमा भएको अन्तर्राष्ट्रिय सौर्य उर्जा सम्झौता सम्मेलन (आइएसए) को उद्धघाटन समारोहमा भने, “भारतले आगामी पाँच बर्षभित्र १७५ गिगावाट विद्युत निकाल्ने र यसमध्ये १०० गिगावाट बिजुली सौर्य उर्जाबाट उत्पादन गर्ने घोषणा गर्ने योजना ल्याएको छ ।”
भारतीय प्रधानमन्त्री मोदीले भने, “हामीले अहिलेसम्म..
बुधबार, फागुन २३, २०७४ साल

कोलोम्बो, २३ फागुन (रासस/एएफपी) :
श्रीलङ्कामा मुसलमानविरुद्ध शुरु भएको दङ्गामा परी दुई व्यक्तिको मृत्यु भएपछि मङ्गलबार राष्ट्रव्यापी रूपमा सङ्कटकालको घोषणा गरिएको छ ।
पर्यटकका लागि प्रख्यात पहाडी इलाकामा रहेको घरहरूमा भएको आगजनीका कारण दुई व्यक्तिको मृत्यु भएको थियो ।
बौद्ध धर्मावलम्बीहरूको बलियो प्रभाव रहेको शहर कान्डीका मुसलमानहरूविरुद्ध दङ्गा शुरु भएपछि प्रहरीलेसमेत नियन्त्रण गर्न नसकेको बताइएको छ ।
कान्डी शहरमा ठूलो संख्यामा सशस्त्र प्रहरी..
मंगलवार, फागुन २२, २०७४ साल

काठमाडौँ, २२ फागुन
पाकिस्तानका प्रधानमन्त्री शहीद खकान अब्बासीले दक्षिण एशियाको समृद्धिका लागि शान्ति, सुरक्षा र पारस्परिक मैत्री अपरिहार्य भएको बताएका छन् ।
दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सचिवालयमा मंगलबार आयोजित कार्यक्रममा उनले शान्तिपूर्ण वातावरणमा नै दक्षिण एशियाको प्रगति सुनिश्चित हुने बताउँदै सार्कमार्फत यस क्षेत्रको शान्ति र आर्थिक प्रगतिका निम्ति आफ्नो मुलुकले हरसम्भव सहयोग गर्ने दृढता व्यक्त गरेका छन् ।
सार्कका उद्देश्य, आदर्श..
शनिबार, फागुन १२, २०७४ साल

नयाँ दिल्ली, भारत, १२ फागुन (रासस/एएनआई) :
भारत र क्यानडा आतङ्कवाद तथा अतिवाद विरुद्ध लड्न दुई मुलुकबीचको सहकार्यलाई अघि बढाउन सहमत भएका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका अनुसार भारत भ्रमणमा रहेका क्यानाडाली प्रधानमन्त्री जस्टिन ट्रुडोको नेतृत्वमा रहेको प्रतिनिधिमण्डल र भारतीय अधिकारीबीच दुई देशबीच रहँदै आएको आपसी सम्बन्धलाई थप मजबुत गर्ने, आतङ्कवाद र अतिवादलाई परास्त गर्न सहकार्यलाई थप उचाइबाट अधि बढाउने..
बुधबार, फागुन ९, २०७४ साल

माले, मालदिभ्स, ९ फागुन (रासस/सिन्ह्वा) :
मालदिभ्सका राष्ट्रपति अब्दुल्लाह यमीनको आग्रहमा यहाँको संसदले थप ३० दिन सङ्कटकाल लम्ब्याउन सहमति दिएको छ ।
यस सम्बन्धमा मालदिभ्सको ८५ सदस्यीय संसदमा मङ्गलबार साँझ मतदान हुँदा सङ्कटकाल थप एक महिनाका लागि बढाउने पक्षमा बहुमत जुटेको हो ।
राष्ट्रपति यमीनले सोमबार संसदसँग सङ्कटकाल लम्ब्याउनका लागि सहमति मागेका थिए ।
मालदिभ्सको सर्वोच्च अदालतको फेब्रुवरी १ मा थुनामा रहेका प्रतिपक्षी दलका..
मंगलवार, फागुन ८, २०७४ साल

नयाँदिल्ली, ८ फागुन (रासस/सिन्ह्वा) :
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका छोरा डोनाल्ड ट्रम्प जेआर एक हप्ता लामो भ्रमणका लागि मंगलबार भारत आइपु्गेका छन् ।
भारतको राजधानी नयाँदिल्लीमा हुन लागेको विश्व व्यापार सम्मेलनमा उहाँ सहभागी हुने भ्रमण तालिका रहेको छ । उनले भारतका अन्य सहरहरुको पनि भ्रमण गर्ने बताईएको छ ।
राष्ट्रपति पुत्र ट्रम्पले भारतमा जग्गाको कारोबार सम्वन्धी दुई वटा परियोजना सुरु गर्ने भएका..
मंगलवार, फागुन ८, २०७४ साल

कोलम्बो, ८ फागुन (रासस/सिन्ह्वा) :
श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले नेतृत्व गरेको श्रीलङ्का फ्रिडम पार्टी (एसएलएफपी) सरकारमा सहभागी हुनेभएको छ ।
देशको राजनीतिक अनिश्चितताको अन्त्य गर्दै संयुक्त सरकारमा सहभागीलाई निरन्तरता दिने निर्णय गरेको हो ।
(एसएलएफपी) पार्टीका सांसद तथा सामाजिक शसक्तिकरण मन्त्री एस.बी. डीस्सानायाकेले आफ्नो पार्टी सरकारमा सहभागी भई राजनीतिक अनिश्चितताको अन्त्य गर्ने निर्णय गरेको जानकारी दिए ।
प्रधानमन्त्री रनिल विक्रेमसिङ्घेको युनाईटेड नेश्नल पार्टी..
बुधबार, फागुन २, २०७४ साल

कान्दाहार, अफगानिस्तान, २ फागुन ।
अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा सोमबार रातभर गरेको हवाई आक्रमणमा ४३ तालिवानी लडाकूको मृत्यु भएको प्रान्तीय प्रहरी प्रमुखले मङ्गलबार बताएका छन् ।
घटनामा कम्तिमा २० जना अन्य लडाकू घाइते भएका बताइएको छ । तालीवान लडाकूले अफगानी सुरक्षा जाँच केन्द्रलाई लक्षितगरी आक्रमण शुरु गरेपछि अफगानी राष्ट्रिय सेनाको हवाई फोर्सले विद्रोहीविरुद्ध प्रान्तको नेस जिल्लामा आक्रमण शुरु गरेको सैनिक जनरल अब्दुल राजिकले..
Results 333: You are at page 10 of 12