शुक्रबार, मंसिर ६, २०७६

    सार्क

    कश्मीर विवादलाई अन्तर्राष्ट्रीयकरण गर्ने पक्षमा इमरान, ट्रम्पलाई फोन गरेर के भने ?

    शुक्रबार, मंसिर ६, २०७६ साल
    इस्लामाबाद, ६ मंसिर । कश्मीर मुद्दाललाई फेरि ब्युँताउन कोशिश गरिरहेका पाकिस्तानका प्रधानमन्त्री इमरान खानले हालै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई टेलिफोन गरि त्यसको चर्चा गरेका छन् ।  खानले ट्रम्पसँगको टेलिफोन वार्ताका क्रममा भारत र पाकिस्तानबीचमा विवादको विषय रहको कश्मीर मुद्दालाई लिएर सो विषयमा चर्चा गरेका हुन् । त्यसका साथै खानले अफगानस्तानको शान्ति प्रक्रियाका विषयमा लिएर समेत ट्रम्पसँग फोनमा कुराकानी गरेका थिए ।  हालका दिनमा..

    श्रीलङ्काकामा दाजु राष्ट्रपति, भाई प्रधानमन्त्री

    बिहिवार, मंसिर ५, २०७६ साल
    काठमाडौँ, ५ मङ्सिर श्रीलंकाका राष्ट्रपति गोताभाया राजापाक्षेले आफ्नै दाजु पूर्व राष्ट्रपति महिन्दा राजापाक्षेलाई प्रधानमन्त्री नियुक्त गरेका छन् । प्रधानमत्री रनिल विक्रम सिंघेले राजिनामा दिएसंगै महिन्दा राजापाक्षे प्रधानमन्त्री नियुक्त भएका हुन् । उनी सन् २००५ देखि २०१५ सम्म श्रीलंकाको राष्ट्रपति बनेका थिए । गत शनिवार सम्पन्न राष्ट्रपतीय निर्वाचनमा गोताभाय राष्ट्रपतिमा निर्वाचित भएका हुन् । दुई दशक भन्दा लामो समय चलेको गृहयुद्ध अन्त्यका लागि राजापाक्षे..

    श्रीलङ्काको प्रधानमन्त्रीका रूपमा महिन्दा राजापाक्षद्वारा सपथ ग्रहण

    बिहिवार, मंसिर ५, २०७६ साल
    कोलम्बो, श्रीलङ्का, ५ मङ्सिर । श्रीलङ्काको प्रधानमन्त्रीका रूपमा महिन्दा राजापाक्षले बिहीबार सपथ ग्रहण गर्नुभएको छ । परिवर्तित राजनीतिक सन्दर्भमा देशको नेतृत्वका लागि मार्ग प्रशस्त गर्दै निवर्तमान प्रधानमन्त्री रनिल विक्रमासिङ्गेले बुधबार राजीनामा दिनुभएको थियो । बुधबार नै नवनिर्वाचित राष्ट्रपति गोतावाय राजापाक्षले भूतपूर्व राष्ट्रपतिसमेत भइसकेका आफ्नै दाजुलाई प्रधानमन्त्रीका लागि बुधबार नै सिफारिस गर्नुभएको थियो ।  श्रीलङ्काको इतिहासमा दाजुभाई नै देशको राष्ट्रपति र प्रधानमन्त्री बनेको यो..

    श्रीलङ्काका पूर्व राष्ट्रपति महिन्दा राजापाक्ष प्रधानमन्त्री चयन

    बुधबार, मंसिर ४, २०७६ साल
    कोलम्बो, श्रीलङ्का, ४ मङ्सिर श्रीलङ्काका राष्ट्रपति गोतावाय राजापाक्षले आफ्ना दाजु तथा पूर्व राष्ट्रपति महिन्दा राजापाक्षलाई नयाँ प्रधानमन्त्रीका रूपमा चयन गर्नुभएको छ ।  श्रीलङ्कामा गृहयुद्धको कारण बनेका तमिल टाइगर्स विरूद्धको लडाईमा सशक्त भूमिका खेलेका महिन्दा राजापाक्षले सन् २००५ देखि २०१५ सम्म श्रीलङ्काको राष्ट्रपतिको जिम्मेवारी सम्हाल्नुभएको थियो ।  श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमासिङ्गेले बुधबार पदबाट राजिनामा दिएपछि राष्ट्रपतिले नयाँ प्रधानमन्त्रीका लागि महिन्दा राजापाक्षको नाम सिफारिस गर्नुभएको..

    श्रीलङ्काको राष्ट्रपतिमा विपक्षी दलका उम्मेदवार राजापाक्षे विजयी, यस्तो छ मत-अन्तर...

    आईतवार, मंसिर १, २०७६ साल
    १ मङ्सिर :  श्रीलङ्काको राष्ट्रपतिमा विपक्षी दलका तर्फबाट उम्मेदवार बन्नु भएका पूर्व रक्षामन्त्री गोटाबाया राजापाक्षे निर्वाचित हुनुभएको छ । झण्डै दश बर्ष अगाडी रक्षामन्त्री रहेका बेला तमिल टाईगर्सको द्धन्द्ध अन्त्यका लागि महत्वपूर्ण भूमिका खेल्नु भएका राजापाक्षे आइतबार राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो । श्रीलङ्काली सेनाका पूर्व ‘लेफ्टिनेन्ट कर्णेल’ समेत रहनु भएका राजापाक्षेले झण्डै ५३ प्रतिशत मत प्राप्त गर्नुभएको उहाँका प्रवक्ताले जानकारी दिएका छन् ।    उहाँले..

    भाजपासँग रुष्ट बनेको शिवसेना अब संसदमा पनि विपक्षी !

    शनिबार, कार्तिक ३०, २०७६ साल
    नयाँदिल्ली, ३० कात्तिक महाराष्ट्रमा सरकार गठनको विषयलाई लिएर भाजपासँग रुष्ट बनेको शिवसेना अब संसदमा पनि विपक्षी बेन्चतर्फ बस्ने भएको छ । सोमबार सुरु हुने संसदको हिउँदे सत्रमा शिवसेनका सांसदहरु विपक्षी बेन्चमा बस्ने राज्यसभा स्रोतको हवाला दिँदै स्थानीय मिडियाले जनाएका छन् । शिवसेनाका सांसद सञ्जय राउत र अनिल देसाई विपक्षी बेन्चमा बस्ने बताइएको हो । यससँगै लोकसभाका १८ सांसद पनि विपक्षी बेन्चमा बस्ने बताइएको..

    श्रीलङ्कामा नयाँ राष्ट्रपति चयनका लागि मतदान, कस्ले मार्ला बाजी ?

    शनिबार, कार्तिक ३०, २०७६ साल
    ३० कात्तिक ।  श्रीलङ्कामा नयाँ राष्ट्रपति चयनका लागि आज शनिबार मतदान भइरहेको छ । सुरक्षा र आर्थिक सुधारको विषयलाई मुख्य एजेण्डा बनाएर उम्मेदवारहरुले मतदातासँग मत मागेका थिए ।  स्थानीय समयानुसार विहान ७ बजे मतदान सुरु भएको थियो भने, बेलुका ५ बजेसम्म मतदानको समय तोकिएको निर्वाचन आयोगले जनाएको छ ।  मतदानका लागि देशभरी १२ हजार भन्दा बढी मतदान केन्द्रहरु राखिएको छ । निर्वाचनलाई स्वतन्त्र,..

    नवाज शरिफको विदेशमा उपचार अझै अन्यौलमै

    शुक्रबार, कार्तिक २९, २०७६ साल
    इस्लामाबाद, २९ कात्तिक स्वास्थ्य अवस्था नाजूक रहेका भनिएका पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफको उपचारका लागि विदेश जाने प्रयासमा थप जटिलता उत्पन्न भएको छ ।  पूर्व प्रधानमन्त्री शरिफ थप उपचारका लागि बेलायत जान चाहनु भएको छ । पाकिस्तानी अदालतले शरिफलाई विदेशमा उपचार गर्न जमानत दिएको थियो । नवाफ शरिफ भ्रष्टाचारको आरोपमा जेलमा हुनुहुन्थ्यो । पाकिस्तान सरकारले यसअघि अदालतको आदेशलाई स्वीकार गर्दै विदेश भ्रमणका लागि..

    भारतको निकै विवादास्पद राफेल लडाकू बिमान मामिला त्यहाँको सर्वोच्चद्वारा खारेज

    बिहिवार, कार्तिक २८, २०७६ साल
    नयाँदिल्ली, २८ कात्तिक  भारतीय सर्वोच्च अदालतले सन् २०१८ को डिसेम्बर १४ मा गरेको आफ्नै फैसलालाई बिहीबार सदर गरेको छ । यो आदेशसँगै भारतले फ्रान्सबाट खरिद गर्न लागेको विवादास्पद राफेल लडाकू बिमान खरिद प्रकरण टुङ्गिएको छ । भारतको मोदी सरकारले फ्रान्सबाट ३६ थान लडाकू राफेल बिमान खरिद गर्न प्रक्रिया अगाडि बढाएपछि बिमान खरिदमा भ्रष्टाचार भएको भन्दै यसविरुद्ध अदालतमा मुद्दा परेको थियो । सर्वोच्च अदालतका..

    नयाँ दिल्लीमा वायु प्रदूषणको मात्रा अहिलेसम्मकै बढी, जनजीवन थप अप्ठेरो

    बिहिवार, कार्तिक २८, २०७६ साल
      नयाँ दिल्ली, २८ कात्तिक    भारतको राजधानी नयाँ दिल्लीमा वायु प्रदूषणको मात्रा झनै बढेको स्वास्थ्य एवम् मौसम क्षेत्रका अधिकारीहरुले जनाएका छन् ।    नयाँ दिल्लीको आकासको वायुमा अहिलेसम्मकै सबैभन्दा बढी प्रदुषित कणहरु भेटिन पुगेको उनीहरुको भनाई रहेको यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन् ।    वायु प्रदुषणको मात्रा अघिल्ला दिनहरुका तुलनामा बढेको र हावाको प्रदुषण मापन गर्ने मापदण्ड एयर क्वालिटी इन्डेक्स, एक्युआई बढेर ५०० पुगेको बताइएको छ ।    यो..

    भारतको महाराष्ट्रमा राष्ट्रपति शासनको सिफारिस

    मंगलवार, कार्तिक २६, २०७६ साल
    मुम्बई, २६ कात्तिक भारतको महाराष्ट्र राज्यमा राष्ट्रपति शासन लगाउन राज्यपाल भगतसिंह कोस्यारीले सिफारिस गर्नुभएको छ । राज्य विधानसभाको चुनावपछि सरकार गठन गर्न कुनै पनि दल असमर्थ रहेको भन्दै कोस्यारीले राष्ट्रपति शासनको प्रस्ताव गर्नुभएको हो । मुम्बईस्थित राज भवनबाट जारी गरिएको वक्तव्यमा भारतीय संविधान बमोजिम राष्ट्रपति शासनका लागि सिफारिस गरिएको उल्लेख छ । राज्यपाल कोस्यारीले एनसिपी पार्टीलाई मंगलबार साँझ ८.३० बजेसम्म सरकार गठनका..

    दिल्लीको वायु अझै पनि ‘अति प्रदुषित’

    सोमबार, कार्तिक २५, २०७६ साल
    नयाँ दिल्ली, २५ कात्तिक भारतको केन्द्रीय राजधानी दिल्लीमा सोमबार पनि वायुको अवस्था अति प्रदुषित रहेको छ ।  सोमबारसहित लगातार पछिल्ला चार दिन दिल्लीको वायु अति प्रदुषित अवस्थामा रहेको अधिकारीहरुले जनाएका छन् ।  वायु गुणस्तर तथा मौसम पुर्वानुमान र अध्ययन विभागका अधिकारीहरुले एयर क्वालिटि इन्डेक्स (एक्युआई) ३४२ रहेको जानकारी दिएका छन् ।   यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका प्रधान सचिव पीके मिश्राले भिडियो सम्मेलनमार्फत् प्रदुषणको स्थितिमा..

    मोदीलाई इमरानको प्रश्‍न, ‘फ्रान्स र जर्मनी मिल्दा हामी किन सक्दैनौँ ?'

    आईतवार, कार्तिक २४, २०७६ साल
    इस्लामाबाद, २४ कात्तिक पाकिस्तानी प्रधानमन्त्री इमरान खानले दक्षिण एसियाली समृद्धि कश्मीर द्वन्द्व समाधानसँग सम्बन्धित भएको बताएका छन् । यसका लागि पाकिस्तान र भारत शान्तिको सहअस्तित्व हुनुपर्नेमा उनले जोड दिएका थिए । जर्मनी र फ्रान्सले ७२ वर्षे सीमा विवाद समाधान गरे झैँ पाकिस्तान र भारतले समाधान गर्नसक्ने औंल्याएका थिए । कर्तारपुर बोर्डर उद्घाटनको क्रममा खानले यस्तो बताएका हुन् । भारतीय सीमाबाट झण्डै ४ किलोमिटर..

    पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज सरिफ सोमबार लण्डन जाँदै

    आईतवार, कार्तिक २४, २०७६ साल
    इस्लामाबाद, २४ कात्तिक  । केही समयदेखि सख्त बिरामी हुनुभएका पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज सरिफ थप उपचारका लागि सोमबार लण्डन जानुहुने भएको छ ।  सरिफको स्वास्थ्य स्थिति अध्ययन गरेपछि सरकारले उहाँलाई बेलायत जाने अनुमति दिएको हो ।   स्रोतले भनेको छ, “नवाज सरिफ नोभेम्बर ११ तारिख सोमबारका दिन लण्डन उड्नुहुने भएको छ ।” उहाँ यही नोभेम्बर २७ तारिखमा फर्किने समेत तय भएको स्रोतले जनाएको छ । प्रधानमन्त्रीका..

    बिजेपीले राम मन्दिर आन्दोलनबाट आखिर के पायो ?

    शनिबार, कार्तिक २३, २०७६ साल
    काठमाडौँ, २३ कात्तिक अयोध्यामा राम मन्दिर निर्माणका विषयमा तत्कालीन बिजेपी अध्यक्ष लालकृष्ण आडवाणीले २० नोभेम्बर १९९७ मा नयाँ मुद्दा निकाले। सन् १९८० मा जन्म भएको भाजपाका धेरै नेताहरु जनसंघबाट नै आएका थिए। सन् १९८४ मा आम चुनाव भएका बेला भाजपालाई केवल दुई सिट मिलेको थियो। चुनावमा केह‍ी महिनाअघि विश्व हिन्दू परिषद्(बिएचपी) र राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस)ले अयोध्यामा राम मन्दिर निर्माणका लागि अभियान..

    श्रीलङ्कामा एक्कासी बढेको वायु प्रदुषणपछि अनुसन्धानका लागि डब्लुएचओलाई आग्रह

    बिहिवार, कार्तिक २१, २०७६ साल
    कोलम्बो, २१ कात्तिक  श्रीलङ्काको राज्य सञ्चालित केन्द्रीय वातावरण प्राधिकरणले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) लाई राजधानी कोलम्बोलगायतका भागहरूमा एक्कासी तथा अनपेक्षित प्रदुषण बढ्नुको कारण पत्ता लगाउन अनुरोध गरेको छ । मङ्गलबारदेखि श्रीलङ्काको वातावरणमा एक्कासी अत्यधिक धुलोका कण (वायु प्रदुषण) वृद्धि भएको   भन्दै बिहीबार गरिएको पत्राचारमार्फत आफूहरूले श्रीलङ्काको मौसम विज्ञान विभाग तथा डब्लुएचओलाई प्राधिकरणका उप–महानिर्देशक के एच एम आराच्चीले जानकारी गराउनुभयो । बुधबार मध्यान्न श्रीलङ्काको..

    महाराष्ट्रमा भाजपा र शिव सेनाको सरकार बन्ने प्रवल सम्भावना

    बुधबार, कार्तिक २०, २०७६ साल
    नयाँ दिल्ली, १९ कात्तिक भारतको महाराष्ट्र राज्यमा केन्द्रीय सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) र शिव सेनाले सरकार बनाउने देखिएको छ ।  निर्वाचनका बेला गठबन्धन गरेका यी दुई दलले सरकारमा पनि भागबण्डा गर्ने अनुमान गरिएको छ ।  केन्द्रीय मानव स्रोत विकास मन्त्री संजय साम्राओ धोत्रेले महाराष्ट्रका जनताले भाजपा र शिव सेनाको संयुक्त सरकार देख्न चाहेको बताउनुभयो ।  भाजपा र शिव सेनाका बीचमा शक्ति बाँडफाँडको..

    दिल्लीसहितका क्षेत्रको वायु प्रदूषण अति भयानक अवस्थामा, जोर-बिजोर प्रणाली लागु

    सोमबार, कार्तिक १८, २०७६ साल
    काठमाडौँ, १८ कात्तिक ।  भारतको उत्तरी क्षेत्रमा वायु प्रदूषणको अवस्था सहन गर्न सक्ने अवस्थामा अब नरहेको बताइएको छ ।  भारतको राजधानी रहेको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दिल्लीसहित उत्तरी भारतको वायु प्रदूषण अति खराब अवस्थामा पुगेको र यो ‘सहन गर्न नसक्ने’ तहको रहेको बताएका छन् ।  आइतबारदेखी सवारिसाधनलाई  जोर-बिजोर प्रणाली लागु गरिएको छ ।  आइतबार दिल्लीका धेरै क्षेत्रमा वायुको अवस्था अति भयानक अवस्थामा पुगेको..

    अफगानिस्तानमा भएको सुरक्षा कारबाहीमा करिब ९० तालिबान मारिए

    आईतवार, असोज १९, २०७६ साल
    एजेन्सी, १९ भदौ  अफगानिस्तानको तहार प्रान्तमा तालिबान लडाकूविरुद्ध गत २४ घण्टाभित्र भएका सुरक्षा कारबाहीमा परी कम्तीमा ८९ तालिबान लडाकू मारिएका रक्षा मन्त्रालयले शनिबार जानकारी दिएको छ ।    ‘तालिवानको बिरूद्ध अफगानिस्तानमा चलिरहेको सुरक्षा कारबाहीमा धेरै इलाकाहरुबाट तालिबान पछि हट्न बाध्य भएका छन्  ।  विगत २४ घण्टामा तहार प्रान्त मात्र ८९ तालिबानी मारिए र ६७  जना घाइते भएका मन्त्रालयका प्रवक्ता रोहउल्लाह अहमदजाई एक पत्रकार सम्मेलनमा..

    काश्मिर बिषयमा पाकिस्तानसँगको द्वन्द्वमा आफ्नै हेलिकोप्टरलाई लागेको भारतद्वारा स्वीकार

    शुक्रबार, असोज १७, २०७६ साल
    नयाँ दिल्ली, १७ असोज । गत फेब्रुअरीमा पाकिस्तानसँग काश्मिर बिषयमा भएको द्वन्द्वका क्रममा भारतीय वायु सेनाले हानेको मिसाएल लागि आफ्नै हेलिकोप्टर खस्दा छ जनाको मृत्यु भएको शुक्रबार पहिलोपटक पुष्टि गरेको छ । “गत फेब्रुअरीमा हाम्रो पक्षबाट छोडिएको मिसाइलले भुलवस आफ्नै हेलिकोप्टरलाई लाग्दा यसमा रहेका चालक दलका सदस्यसहित छ जनाको मृत्यु हुन पुगेको अनुसन्धानपछि पुष्टि भएको छ,” वायुसेना प्रमुख राकेस कुमार भदौरियाले बताउनुभएको..

    दिल्लीका नौ ठाउँमा आतङ्कवादी हमलाको चेतावनी, सुरक्षा व्यवस्था कडा

    बिहिवार, असोज १६, २०७६ साल
    नयाँ दिल्ली, १६ असोज   भारतका गुप्तचर निकायहरुले केन्द्रीय राजधानी नयाँ दिल्लीमा आतङ्कवादी आक्रमणको चेतावनी दिएका छन् ।  महत्वपूर्ण तथा ठूला चाडपर्वहरुको पूर्वसन्ध्यामा आक्रमणको चेतावनी आएको दिल्ली प्रहरीको विशेष सेलले जनाएको छ ।  उनीहरुले राजधानी नयाँ दिल्लीका नौ देखि १० ठाउँमा आक्रमणको चेतावनी दिइएको प्रहरी अधिकारीहरुको भनाई छ । प्रहरीले हमलाको सूचना पाएको बताए पनि अहिलेसम्म शंकास्पद कसैलाई पक्राउ गरेको छैन ।  आक्रमण गर्ने योजना बनाएकाहरुको..

    पटनाका दश हजार बाढी पीडितको उद्धार

    बुधबार, असोज १५, २०७६ साल
    पटना, भारत, १५ असोज   भारतको राष्ट्रिय प्रकोप व्यवस्थापन फौजले विहारको पटना क्षेत्रबाट दश हजारभन्दा बढी बाढी पीडितहरूलाई उद्धार गरिएको जनाएको छ ।   विहार प्रदेशको राजधानी पटना क्षेत्रबाट उनीहरूलाई उद्धार गरिएको फौजका प्रमुख विजय सिंहले बुधबार जानकारी दिनुभयो ।    एएनआईसँगको कुराकानीमा उहाँले भन्नुभयो, “हाम्रो फौजले दश हजार जनालाई डुबान भएको ठाउँबाट बाहिर निकालेको छ, उनीहरूलाई राहत सामग्रीहरू पनि वितरण गरिएको छ ।”    उहाँले उद्धार गरिएकाहरूलाई..

    पाकिस्तान भूकम्प : मृत्यु हुनेको सङ्ख्या २८ पुग्यो, ४ सय ७६ भन्दा बढी घाइते

    बुधबार, असोज ८, २०७६ साल
    इस्लामावाद, ८ असोज   पाकिस्तानमा मङ्गलबार गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २८ पुगेको प्रहरीले बताएको छ । भूकम्पका कारण कम्तीमा ४७६ व्यक्ति घाइते भएका सरकारी र स्थानीय सञ्चार माध्यमले बुधबार विहान जनाएको छ । पूर्वी पाकिस्तानको मिरपुरलाई केन्द्रविन्दु बनाएर सो भूकम्प गएको थियो ।  मङ्गलबार अपराह्नमा गएको यस भूकम्पको कारण पाकिस्तान प्रशासित काश्मिरका कतिपय स्थानहरूका घरहरूमा पूर्ण तथा आंशिक क्षति भएको, सडकमा ठूला–ठूला..

    भारत सरकारका आर्थिक नीतिहरुप्रति प्रियन्का गान्धीको कटाक्ष

    शुक्रबार, असोज ३, २०७६ साल
    नयाँ दिल्ली, ३ असोज ।  भारतीय राष्ट्रिय काँग्रेसकी नेत्री प्रियन्का गान्धीले भारतको आर्थिक मन्दीलाई यथोचित सम्बोधन गर्न भारतको केन्द्र सरकारले पर्यात नीतिगत सुधार गर्न नसकेको भन्दै मोदी सरकारको आलोचना गर्नुभएको छ । भारतीय जीवन बीमा निगम (एलआइसी) लाई अढाई महिनाको अवधिमा ५७ हजार करोड भारतीय रुपैयाँ नोक्सान भएको समाचार प्रकाशन भएलगत्तै नेत्री गान्धीले ट्वीट गर्दै उक्त संस्थामा आममानिसको विश्वास रहेको र दुःख..

    दोस्रो दक्षिण एशियाली युवा सम्मेलन सम्पन्न

    बिहिवार, असोज २, २०७६ साल
    बङ्गलादेश (ढाका), २ असोज   युवाको क्षेत्रमा विभिन्न देशमा क्रियाशील व्यक्तित्वहरुलाई यहाँ आयोजित एक कार्यक्रममा ‘साउथ एशियन युथ लिडरसीप अवार्ड–२०१९’ प्रदान गरिएको छ । ‘ग्लोबल युथ पार्लियामेण्ट’ र ‘ग्लोबल ल थिङकर सोसाइटी’द्वारा ढाकामा आयोजित उक्त सम्मेलनमा बङ्गलादेशका स्वतन्त्रता तथा द्वन्द्व मामिलामन्त्री एकेयम मोजाम्मेल हकले नेपालसहित भारत, भुटान, श्रीलङ्का, पाकिस्तान, अमेरिकालगायत मुलुकका युवालाई सो अवार्ड प्रदान गर्नुभयो ।    नेपालको तर्फबाट नेपाल बार एशोसिएशनका पूर्वकोषाध्यक्ष..

    जन्मदिनमा प्रधानमन्त्री मोदीले आमालाई भेटेर खाए सँगै खाना

    मंगलवार, भाद्र ३१, २०७६ साल
    गान्धीनगर, ३१ भदौ ।  प्रधानमन्त्री नरेन्द्र मोदीले घर पुगेर आमाका साथ दिउँसोको खाना पनि खाएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो ६९ औं जन्मदिनको अवसरमा आमा हीरा बेनसँग आशिर्वाद लिएका छन् । मंगलबार दिउँसो अढाई बजे गुजरातको गान्धीनगरस्थित निवास पुगेर प्रधानमन्त्री मोदीले आमासँग आशिर्वाद लिएका हुन् ।  प्रधानमन्त्री मोदीले घर पुगेर आमाका साथ दिउँसोको खाना पनि खाएका छन् । उनले झण्डै आधा..

    डुङ्गा दुर्घटनामा एघारको मृत्यु, ५ व्यक्तिको उद्धार

    शुक्रबार, भाद्र २७, २०७६ साल
    नयाँ दिल्ली, २७ भदौ   भारतको मध्य भागमा पर्ने राज्य मध्यप्रदेशमा भएको एक डुङ्गा परी एघार व्यक्तिको मृत्यु भएको छ । स्थानीय सञ्चार माध्यमहरुले शुक्रबार उक्त जानकारी दिएका छन् ।  मध्यप्रदेशको भोपालको खाटलापुरा घाटमा “भगवान गणेश“ मूर्तिहरूको विसर्जनको धार्मिक कार्यक्रम जुलुसमा सहभागी हुनको १६ यक्ति सवार भएका उक्त डुङ्गा दुर्घटना भएको थियो ।   प्रहरीका अनसुार यस डुङ्गा सवार पाँच व्यक्तिलाई उद्धार गरिएको छ  ।..

    चन्द्रमा उडेको भारतीय चन्द्रयान-२ सम्पर्कविहीन, मोदीले भने- हिम्मत नहार्नुहोस्

    शनिबार, भाद्र २१, २०७६ साल
    काठमाडौं, २१ भदौ । चन्द्रमाको सतहमा उत्रनुभन्दा केही पहिले भारतीय चन्द्रयान–२ को विक्रम ल्याण्डरसँग सम्पर्क टुटेको छ । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन(इसरो) का अध्यक्ष के सिवनले भने, ‘विक्रम ल्याण्डर योजनाअनुरुप नै उत्रिरहेको थियो । चन्द्रमाको सतहभन्दा २.१ किलोमिटर टाढासम्म सबै सामान्य थियो । तर त्यसपछि उसँग सम्पर्क टुटेको छ । डेटाको समीक्षा भैरहेको छ ।’ योजनाअनुरुप विक्रम ल्याण्डर शनिबार बिहान साढे १..

    भारत–पाकिस्तान युद्ध भए, त्यो अति भयानक हुनेछ : इमरान खान

    सोमबार, भाद्र १६, २०७६ साल
    एजेन्सी, १६ भदौ । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारत–पाकिस्तान युद्ध भए भयानक हुने बताएका छन् । खानले आतंकवाद र धर्मको कुनै सम्बन्ध नहुने र इस्लाम शान्तिको धर्म रहेको बताएका छन् । प्रधानमन्त्री खानले आइतबार इस्लामिक सोसाइटी अफ नर्थ अमरिका (आईएसएनए) को ५६ औँ कन्भेन्सनलाई सम्बोधन गर्दै इस्लामले शान्ति सिकाउने बताएका छन् । कुनै एक व्यक्तिको अपराधका लागि पूरै समुदायलाई बदनाम गर्न नमिल्ने उनको..

    पाकिस्तानी प्रधानमन्त्री खानद्वारा काश्मिर पक्षीय कार्यक्रमको नेतृत्व

    शुक्रबार, भाद्र १३, २०७६ साल
    इस्लामावाद, १३ भदौ पाकिस्तानमा हजारौँको सहभागितामा शुक्रबार भएको प्रदर्शनको नेतृत्व प्रधानमन्त्री इमरान खानले गर्नुभएको छ । भारतको केन्द्रीय सरकारले काश्मिरको बारेमा गरेको निर्णयको विरुद्धमा महत्वकांक्षी प्रदर्शन भएको समाचारमा जनाइएको छ ।   प्रधानमन्त्री खान संयुक्त राष्ट्रसंघको बार्षिक महासभामा सहभागी हुन जानुभन्दा केही हप्ता अगाडि प्रदर्शनको आयोजना गरिएको हो ।  उहाँले आउँदो महिना हुने महासभामा काश्मिरको दूतको रूपमा काश्मिरका जनताको पक्षबाट आवाज उठाउने बताउनुभएको छ ।  प्रदर्शनका..
    Results 324: You are at page 1 of 11
    1 2 3 4 5 6 7 8 9 10 11 Next Last
    Weather Forecast