शुक्रबार, मंसिर २७, २०७६

    सार्क

    भारतीय गृहमन्त्री अमित शाहमाथि प्रतिबन्ध लगाउने प्रस्ताव

    बुधबार, मंसिर २५, २०७६ साल
    एजेन्सी, २५ मङ्सिर  ।  संघीय अमेरिकी आयोग (यूएससीआईआरएफ)ले अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रताबारे भारतीय गृहमन्त्री अमित शाहमाथि प्रतिबन्ध लगाउन माग गरेको छ ।  भारतको तल्लो सद लोकसभाबाट नागरिकता संशोधन विधेयक पास भएपछि लाखौँ मुस्लिम र गैरहिन्दू अल्पसंख्यक नागरिकताविहीन हुने भन्दै अमेरिकाको धार्मिक स्वतन्त्रतासम्बन्धी आयोगले चिन्ता व्यक्त गरेको छ ।  ‘नागरिकता विधेयक गलत दिशामा अघि बढाएको एक खतरनाक कदम’ भएको टिप्पणी गर्दै यूएससीआईआरएफले सो विधेयक पारित..

    सामाजिक सञ्जालमा 'सक्रिय' भारतीय प्रधानमन्त्री मोदी कुन मोबाइल प्रयोग गर्छन् ?

    सोमबार, मंसिर २३, २०७६ साल
    एजेन्सी, २३ मङ्सिर । विश्वका सर्बश्रेष्ठ व्यक्ति देखि सामान्य जिवनयापन गर्ने मानिसले मोबाइल–फोनको प्रयोग गरिरहेका हुन्छन् । यस्तै भारतीय प्रधानमन्त्रीले कुन मोबाइल प्रयोग गर्लान ? यो सबैलाई लाग्न सक्ला । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एप्पल र एन्ड्रोइड मोबाइल प्रयोग गर्छन् । उनले सामाजिक सञ्जालमा सक्रिय रहन यी मोबाइलसेट प्रयोग गर्ने गरेको बताइएको छ ।..

    नयाँ दिल्लीमा भिषण आगलागीः कम्तीमा ४३ जनाको मृत्यु

    आईतवार, मंसिर २२, २०७६ साल
    नयाँ दिल्ली, २२ मङ्सिर : भारतको केन्द्रीय राजधानी नयाँदिल्लीमा भएको आगलागीको घटनामा परी कम्तीमा ४३ जनाको मृत्यु भएको छ ।  एउटा कारखानामा आगलागी भएको र सख्त घाइतेहरुको संख्या धेरै भएकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने स्वास्थ्यकर्मीहरुले बताएका छन् ।  सहरका साँघुरो बस्तीमा आगलागी भएपछि निर्माण सामग्री र भण्डारण गरिएका सामग्रीका कारण आगो नियन्त्रण गर्न कठिन भएर धेरैतिर फैलिएको बताइएको छ । “घटनास्थलबाट हामीले कम्तीमा..

    सार्क स्थापनाको ३५औँ वर्ष : १९औँ शिखर सम्मेलनको टुंगो कहिले लाग्ला ? यस्तो छ श्रृंखला...

    शनिबार, मंसिर २१, २०७६ साल
    काठमाडौँ, १९ मङ्सिर ।  दक्षिण एशियाको गरिबी निवारण, क्षेत्रीय सुरक्षा र आर्थिक विकासको मुख्य लक्ष्य लिएर सन् १९८५ डिसेम्बर ८ मा स्थापना भएको ‘दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन’ (सार्क) विभिन्न आरोहअवरोह पार गरी ३५औँ वार्षिकोत्सव मनाउँदैछ ।  सन् १९८५ डिसेम्बर ७ र ८ मा बङ्गलादेशको ढाकामा प्रथम सम्मेलन गरी शुरु सार्कको यात्रा भएको हो । सार्कको स्थापनाका समयमा भूमिका निर्वाह गर्ने तत्कालीन..

    श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजापाक्षेद्वारा ३५ राज्यमन्त्री नियुक्त

    बुधबार, मंसिर ११, २०७६ साल
    कोलम्बो, ११ मङ्सिर  : श्रीलङ्काका नवनिर्वाचित राष्ट्रपति गोटाबाया राजापाक्षेले बुधबार ३५ जनालाई राज्य मन्त्रीमा नियुक्त गर्नुभएको छ । त्यसैगरी उहाँले अरु तीन जनालाई उपमन्त्रीका रुपमा नियुक्त गर्नुभएको छ । उनीहरुलाई संसदको नयाँ निर्वाचन नहुँदासम्मका भनेर गठन गरिएको अन्तरिम मन्त्री परिषद्मा समावेश गरिएको हो । उनीहरुलाई राजधानी कोलम्बोस्थित राष्ट्रपति कार्यालयमा राष्ट्रपतिको उपस्थितिमा सपथ गराइएको थियो । राष्ट्रपति कार्यालयले दिएको जानकारी अनुसार नयाँ राज्य मन्त्रीमध्ये चमाल..

    राजनीतिमा पारिवारिक झमेला : शरद पवार र अजित पवारबीचको विवाद के हो ?

    सोमबार, मंसिर ९, २०७६ साल
    मुम्बई, ९ मंसिर ।  अहिले भारतको महाराष्ट्र राज्यमा राजनीतिको पारो चढेको छ । केही अघि महाराष्ट्र राज्यमा सम्पन्न विधानसभाको चुनावमा कुनै पनि दलको स्पष्ट बहुमत नआएपछि सबै भन्दा ठूलो दल तथा पूर्ववर्ती सत्ताधारी बिजेपीले अकस्मात राजनीतिको नयाँ दाउ खेल्दै सरकार बनाएपछि त्यहाँको राजनैतिक विवाद झन् चुलिएको हो ।  गज्जबको कुरा के भने त्यसबेला अजित पवार स्वयम् आफै मुख्यमन्त्री बन्न चाहेका थिए ।..

    'वेपत्ता' भनिएका नितिन पवारद्वारा भिडियोमार्फत आफू सकुशल रहेको जानकारी

    आईतवार, मंसिर ८, २०७६ साल
    मुम्बई, ८ मङ्सिर राष्ट्रिवादी काङ्ग्रेसका नेता नितिन पवारले सामाजिक सञ्जालमार्फत् एक भिडियो पोस्ट गर्दै आफू सकुशल रहेको बताउनुभएको छ । उहाँले आफन्त, शुभेच्छुक र परिवारलाई आफ्नो बारेमा कुनै चिन्ता नलिन उक्त भिडियोमा अनुरोध गर्नुभएको हो ।  उहाँको परिवारले शनिबार पार्टी बैठकका लागि भन्दै घरबाट निस्केका पवार परिवारको सम्पर्कमा नआएको भन्दै महाराष्ट्रको पञ्चावती प्रहरी स्टेसनमा छोराले खोजीका लागि निवदन दिनुभएको थियो । भिडियोमा भनिएको..

    अफगानिस्तानमा सुरक्षा कारबाही : दश आइएस लडाकूद्वारा आत्मसमर्पण

    शनिबार, मंसिर ७, २०७६ साल
    नान्गार्हार, ७ मङसिर : अफगानिस्तानको पूर्वी प्रान्त नान्गार्हारमा सुरक्षा कारबाही जारी रहेको अवस्थामा इस्लामिक स्टेट्स (आइएस) समूहका दश सदस्यले आत्मसमर्पण गरेका अफगान विशेषबलका कमाण्डरले बताउनु भएको छ ।  नान्गार्हार प्रान्तको आचिन जिल्लामा आतङ्कवादविरुद्ध सुरक्षाबलले जारी राखेको कारबाहीको क्रममा १० आइएस लडाकू समूहले आफू हतियारसहित अफगान विशेष सेनालाई आत्मसमर्पण गरेका छन् ।   अफगानसेनाद्वारा जारी विज्ञप्ति बाँकी आईएस सदस्यहरूले पनि आत्मसमर्पण गर्ने वाहेक अन्य विकल्प..

    कश्मीर विवादलाई अन्तर्राष्ट्रीयकरण गर्ने पक्षमा इमरान, ट्रम्पलाई फोन गरेर के भने ?

    शुक्रबार, मंसिर ६, २०७६ साल
    इस्लामाबाद, ६ मंसिर । कश्मीर मुद्दाललाई फेरि ब्युँताउन कोशिश गरिरहेका पाकिस्तानका प्रधानमन्त्री इमरान खानले हालै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई टेलिफोन गरि त्यसको चर्चा गरेका छन् ।  खानले ट्रम्पसँगको टेलिफोन वार्ताका क्रममा भारत र पाकिस्तानबीचमा विवादको विषय रहको कश्मीर मुद्दालाई लिएर सो विषयमा चर्चा गरेका हुन् । त्यसका साथै खानले अफगानस्तानको शान्ति प्रक्रियाका विषयमा लिएर समेत ट्रम्पसँग फोनमा कुराकानी गरेका थिए ।  हालका दिनमा..

    श्रीलङ्काकामा दाजु राष्ट्रपति, भाई प्रधानमन्त्री

    बिहिवार, मंसिर ५, २०७६ साल
    काठमाडौँ, ५ मङ्सिर श्रीलंकाका राष्ट्रपति गोताभाया राजापाक्षेले आफ्नै दाजु पूर्व राष्ट्रपति महिन्दा राजापाक्षेलाई प्रधानमन्त्री नियुक्त गरेका छन् । प्रधानमत्री रनिल विक्रम सिंघेले राजिनामा दिएसंगै महिन्दा राजापाक्षे प्रधानमन्त्री नियुक्त भएका हुन् । उनी सन् २००५ देखि २०१५ सम्म श्रीलंकाको राष्ट्रपति बनेका थिए । गत शनिवार सम्पन्न राष्ट्रपतीय निर्वाचनमा गोताभाय राष्ट्रपतिमा निर्वाचित भएका हुन् । दुई दशक भन्दा लामो समय चलेको गृहयुद्ध अन्त्यका लागि राजापाक्षे..

    श्रीलङ्काको प्रधानमन्त्रीका रूपमा महिन्दा राजापाक्षद्वारा सपथ ग्रहण

    बिहिवार, मंसिर ५, २०७६ साल
    कोलम्बो, श्रीलङ्का, ५ मङ्सिर । श्रीलङ्काको प्रधानमन्त्रीका रूपमा महिन्दा राजापाक्षले बिहीबार सपथ ग्रहण गर्नुभएको छ । परिवर्तित राजनीतिक सन्दर्भमा देशको नेतृत्वका लागि मार्ग प्रशस्त गर्दै निवर्तमान प्रधानमन्त्री रनिल विक्रमासिङ्गेले बुधबार राजीनामा दिनुभएको थियो । बुधबार नै नवनिर्वाचित राष्ट्रपति गोतावाय राजापाक्षले भूतपूर्व राष्ट्रपतिसमेत भइसकेका आफ्नै दाजुलाई प्रधानमन्त्रीका लागि बुधबार नै सिफारिस गर्नुभएको थियो ।  श्रीलङ्काको इतिहासमा दाजुभाई नै देशको राष्ट्रपति र प्रधानमन्त्री बनेको यो..

    श्रीलङ्काका पूर्व राष्ट्रपति महिन्दा राजापाक्ष प्रधानमन्त्री चयन

    बुधबार, मंसिर ४, २०७६ साल
    कोलम्बो, श्रीलङ्का, ४ मङ्सिर श्रीलङ्काका राष्ट्रपति गोतावाय राजापाक्षले आफ्ना दाजु तथा पूर्व राष्ट्रपति महिन्दा राजापाक्षलाई नयाँ प्रधानमन्त्रीका रूपमा चयन गर्नुभएको छ ।  श्रीलङ्कामा गृहयुद्धको कारण बनेका तमिल टाइगर्स विरूद्धको लडाईमा सशक्त भूमिका खेलेका महिन्दा राजापाक्षले सन् २००५ देखि २०१५ सम्म श्रीलङ्काको राष्ट्रपतिको जिम्मेवारी सम्हाल्नुभएको थियो ।  श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमासिङ्गेले बुधबार पदबाट राजिनामा दिएपछि राष्ट्रपतिले नयाँ प्रधानमन्त्रीका लागि महिन्दा राजापाक्षको नाम सिफारिस गर्नुभएको..

    श्रीलङ्काको राष्ट्रपतिमा विपक्षी दलका उम्मेदवार राजापाक्षे विजयी, यस्तो छ मत-अन्तर...

    आईतवार, मंसिर १, २०७६ साल
    १ मङ्सिर :  श्रीलङ्काको राष्ट्रपतिमा विपक्षी दलका तर्फबाट उम्मेदवार बन्नु भएका पूर्व रक्षामन्त्री गोटाबाया राजापाक्षे निर्वाचित हुनुभएको छ । झण्डै दश बर्ष अगाडी रक्षामन्त्री रहेका बेला तमिल टाईगर्सको द्धन्द्ध अन्त्यका लागि महत्वपूर्ण भूमिका खेल्नु भएका राजापाक्षे आइतबार राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो । श्रीलङ्काली सेनाका पूर्व ‘लेफ्टिनेन्ट कर्णेल’ समेत रहनु भएका राजापाक्षेले झण्डै ५३ प्रतिशत मत प्राप्त गर्नुभएको उहाँका प्रवक्ताले जानकारी दिएका छन् ।    उहाँले..

    भाजपासँग रुष्ट बनेको शिवसेना अब संसदमा पनि विपक्षी !

    शनिबार, कार्तिक ३०, २०७६ साल
    नयाँदिल्ली, ३० कात्तिक महाराष्ट्रमा सरकार गठनको विषयलाई लिएर भाजपासँग रुष्ट बनेको शिवसेना अब संसदमा पनि विपक्षी बेन्चतर्फ बस्ने भएको छ । सोमबार सुरु हुने संसदको हिउँदे सत्रमा शिवसेनका सांसदहरु विपक्षी बेन्चमा बस्ने राज्यसभा स्रोतको हवाला दिँदै स्थानीय मिडियाले जनाएका छन् । शिवसेनाका सांसद सञ्जय राउत र अनिल देसाई विपक्षी बेन्चमा बस्ने बताइएको हो । यससँगै लोकसभाका १८ सांसद पनि विपक्षी बेन्चमा बस्ने बताइएको..

    श्रीलङ्कामा नयाँ राष्ट्रपति चयनका लागि मतदान, कस्ले मार्ला बाजी ?

    शनिबार, कार्तिक ३०, २०७६ साल
    ३० कात्तिक ।  श्रीलङ्कामा नयाँ राष्ट्रपति चयनका लागि आज शनिबार मतदान भइरहेको छ । सुरक्षा र आर्थिक सुधारको विषयलाई मुख्य एजेण्डा बनाएर उम्मेदवारहरुले मतदातासँग मत मागेका थिए ।  स्थानीय समयानुसार विहान ७ बजे मतदान सुरु भएको थियो भने, बेलुका ५ बजेसम्म मतदानको समय तोकिएको निर्वाचन आयोगले जनाएको छ ।  मतदानका लागि देशभरी १२ हजार भन्दा बढी मतदान केन्द्रहरु राखिएको छ । निर्वाचनलाई स्वतन्त्र,..

    नवाज शरिफको विदेशमा उपचार अझै अन्यौलमै

    शुक्रबार, कार्तिक २९, २०७६ साल
    इस्लामाबाद, २९ कात्तिक स्वास्थ्य अवस्था नाजूक रहेका भनिएका पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफको उपचारका लागि विदेश जाने प्रयासमा थप जटिलता उत्पन्न भएको छ ।  पूर्व प्रधानमन्त्री शरिफ थप उपचारका लागि बेलायत जान चाहनु भएको छ । पाकिस्तानी अदालतले शरिफलाई विदेशमा उपचार गर्न जमानत दिएको थियो । नवाफ शरिफ भ्रष्टाचारको आरोपमा जेलमा हुनुहुन्थ्यो । पाकिस्तान सरकारले यसअघि अदालतको आदेशलाई स्वीकार गर्दै विदेश भ्रमणका लागि..

    भारतको निकै विवादास्पद राफेल लडाकू बिमान मामिला त्यहाँको सर्वोच्चद्वारा खारेज

    बिहिवार, कार्तिक २८, २०७६ साल
    नयाँदिल्ली, २८ कात्तिक  भारतीय सर्वोच्च अदालतले सन् २०१८ को डिसेम्बर १४ मा गरेको आफ्नै फैसलालाई बिहीबार सदर गरेको छ । यो आदेशसँगै भारतले फ्रान्सबाट खरिद गर्न लागेको विवादास्पद राफेल लडाकू बिमान खरिद प्रकरण टुङ्गिएको छ । भारतको मोदी सरकारले फ्रान्सबाट ३६ थान लडाकू राफेल बिमान खरिद गर्न प्रक्रिया अगाडि बढाएपछि बिमान खरिदमा भ्रष्टाचार भएको भन्दै यसविरुद्ध अदालतमा मुद्दा परेको थियो । सर्वोच्च अदालतका..

    नयाँ दिल्लीमा वायु प्रदूषणको मात्रा अहिलेसम्मकै बढी, जनजीवन थप अप्ठेरो

    बिहिवार, कार्तिक २८, २०७६ साल
      नयाँ दिल्ली, २८ कात्तिक    भारतको राजधानी नयाँ दिल्लीमा वायु प्रदूषणको मात्रा झनै बढेको स्वास्थ्य एवम् मौसम क्षेत्रका अधिकारीहरुले जनाएका छन् ।    नयाँ दिल्लीको आकासको वायुमा अहिलेसम्मकै सबैभन्दा बढी प्रदुषित कणहरु भेटिन पुगेको उनीहरुको भनाई रहेको यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन् ।    वायु प्रदुषणको मात्रा अघिल्ला दिनहरुका तुलनामा बढेको र हावाको प्रदुषण मापन गर्ने मापदण्ड एयर क्वालिटी इन्डेक्स, एक्युआई बढेर ५०० पुगेको बताइएको छ ।    यो..

    भारतको महाराष्ट्रमा राष्ट्रपति शासनको सिफारिस

    मंगलवार, कार्तिक २६, २०७६ साल
    मुम्बई, २६ कात्तिक भारतको महाराष्ट्र राज्यमा राष्ट्रपति शासन लगाउन राज्यपाल भगतसिंह कोस्यारीले सिफारिस गर्नुभएको छ । राज्य विधानसभाको चुनावपछि सरकार गठन गर्न कुनै पनि दल असमर्थ रहेको भन्दै कोस्यारीले राष्ट्रपति शासनको प्रस्ताव गर्नुभएको हो । मुम्बईस्थित राज भवनबाट जारी गरिएको वक्तव्यमा भारतीय संविधान बमोजिम राष्ट्रपति शासनका लागि सिफारिस गरिएको उल्लेख छ । राज्यपाल कोस्यारीले एनसिपी पार्टीलाई मंगलबार साँझ ८.३० बजेसम्म सरकार गठनका..

    दिल्लीको वायु अझै पनि ‘अति प्रदुषित’

    सोमबार, कार्तिक २५, २०७६ साल
    नयाँ दिल्ली, २५ कात्तिक भारतको केन्द्रीय राजधानी दिल्लीमा सोमबार पनि वायुको अवस्था अति प्रदुषित रहेको छ ।  सोमबारसहित लगातार पछिल्ला चार दिन दिल्लीको वायु अति प्रदुषित अवस्थामा रहेको अधिकारीहरुले जनाएका छन् ।  वायु गुणस्तर तथा मौसम पुर्वानुमान र अध्ययन विभागका अधिकारीहरुले एयर क्वालिटि इन्डेक्स (एक्युआई) ३४२ रहेको जानकारी दिएका छन् ।   यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका प्रधान सचिव पीके मिश्राले भिडियो सम्मेलनमार्फत् प्रदुषणको स्थितिमा..

    मोदीलाई इमरानको प्रश्‍न, ‘फ्रान्स र जर्मनी मिल्दा हामी किन सक्दैनौँ ?'

    आईतवार, कार्तिक २४, २०७६ साल
    इस्लामाबाद, २४ कात्तिक पाकिस्तानी प्रधानमन्त्री इमरान खानले दक्षिण एसियाली समृद्धि कश्मीर द्वन्द्व समाधानसँग सम्बन्धित भएको बताएका छन् । यसका लागि पाकिस्तान र भारत शान्तिको सहअस्तित्व हुनुपर्नेमा उनले जोड दिएका थिए । जर्मनी र फ्रान्सले ७२ वर्षे सीमा विवाद समाधान गरे झैँ पाकिस्तान र भारतले समाधान गर्नसक्ने औंल्याएका थिए । कर्तारपुर बोर्डर उद्घाटनको क्रममा खानले यस्तो बताएका हुन् । भारतीय सीमाबाट झण्डै ४ किलोमिटर..

    पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज सरिफ सोमबार लण्डन जाँदै

    आईतवार, कार्तिक २४, २०७६ साल
    इस्लामाबाद, २४ कात्तिक  । केही समयदेखि सख्त बिरामी हुनुभएका पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज सरिफ थप उपचारका लागि सोमबार लण्डन जानुहुने भएको छ ।  सरिफको स्वास्थ्य स्थिति अध्ययन गरेपछि सरकारले उहाँलाई बेलायत जाने अनुमति दिएको हो ।   स्रोतले भनेको छ, “नवाज सरिफ नोभेम्बर ११ तारिख सोमबारका दिन लण्डन उड्नुहुने भएको छ ।” उहाँ यही नोभेम्बर २७ तारिखमा फर्किने समेत तय भएको स्रोतले जनाएको छ । प्रधानमन्त्रीका..

    बिजेपीले राम मन्दिर आन्दोलनबाट आखिर के पायो ?

    शनिबार, कार्तिक २३, २०७६ साल
    काठमाडौँ, २३ कात्तिक अयोध्यामा राम मन्दिर निर्माणका विषयमा तत्कालीन बिजेपी अध्यक्ष लालकृष्ण आडवाणीले २० नोभेम्बर १९९७ मा नयाँ मुद्दा निकाले। सन् १९८० मा जन्म भएको भाजपाका धेरै नेताहरु जनसंघबाट नै आएका थिए। सन् १९८४ मा आम चुनाव भएका बेला भाजपालाई केवल दुई सिट मिलेको थियो। चुनावमा केह‍ी महिनाअघि विश्व हिन्दू परिषद्(बिएचपी) र राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस)ले अयोध्यामा राम मन्दिर निर्माणका लागि अभियान..

    श्रीलङ्कामा एक्कासी बढेको वायु प्रदुषणपछि अनुसन्धानका लागि डब्लुएचओलाई आग्रह

    बिहिवार, कार्तिक २१, २०७६ साल
    कोलम्बो, २१ कात्तिक  श्रीलङ्काको राज्य सञ्चालित केन्द्रीय वातावरण प्राधिकरणले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) लाई राजधानी कोलम्बोलगायतका भागहरूमा एक्कासी तथा अनपेक्षित प्रदुषण बढ्नुको कारण पत्ता लगाउन अनुरोध गरेको छ । मङ्गलबारदेखि श्रीलङ्काको वातावरणमा एक्कासी अत्यधिक धुलोका कण (वायु प्रदुषण) वृद्धि भएको   भन्दै बिहीबार गरिएको पत्राचारमार्फत आफूहरूले श्रीलङ्काको मौसम विज्ञान विभाग तथा डब्लुएचओलाई प्राधिकरणका उप–महानिर्देशक के एच एम आराच्चीले जानकारी गराउनुभयो । बुधबार मध्यान्न श्रीलङ्काको..

    महाराष्ट्रमा भाजपा र शिव सेनाको सरकार बन्ने प्रवल सम्भावना

    बुधबार, कार्तिक २०, २०७६ साल
    नयाँ दिल्ली, १९ कात्तिक भारतको महाराष्ट्र राज्यमा केन्द्रीय सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) र शिव सेनाले सरकार बनाउने देखिएको छ ।  निर्वाचनका बेला गठबन्धन गरेका यी दुई दलले सरकारमा पनि भागबण्डा गर्ने अनुमान गरिएको छ ।  केन्द्रीय मानव स्रोत विकास मन्त्री संजय साम्राओ धोत्रेले महाराष्ट्रका जनताले भाजपा र शिव सेनाको संयुक्त सरकार देख्न चाहेको बताउनुभयो ।  भाजपा र शिव सेनाका बीचमा शक्ति बाँडफाँडको..

    दिल्लीसहितका क्षेत्रको वायु प्रदूषण अति भयानक अवस्थामा, जोर-बिजोर प्रणाली लागु

    सोमबार, कार्तिक १८, २०७६ साल
    काठमाडौँ, १८ कात्तिक ।  भारतको उत्तरी क्षेत्रमा वायु प्रदूषणको अवस्था सहन गर्न सक्ने अवस्थामा अब नरहेको बताइएको छ ।  भारतको राजधानी रहेको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दिल्लीसहित उत्तरी भारतको वायु प्रदूषण अति खराब अवस्थामा पुगेको र यो ‘सहन गर्न नसक्ने’ तहको रहेको बताएका छन् ।  आइतबारदेखी सवारिसाधनलाई  जोर-बिजोर प्रणाली लागु गरिएको छ ।  आइतबार दिल्लीका धेरै क्षेत्रमा वायुको अवस्था अति भयानक अवस्थामा पुगेको..

    अफगानिस्तानमा भएको सुरक्षा कारबाहीमा करिब ९० तालिबान मारिए

    आईतवार, असोज १९, २०७६ साल
    एजेन्सी, १९ भदौ  अफगानिस्तानको तहार प्रान्तमा तालिबान लडाकूविरुद्ध गत २४ घण्टाभित्र भएका सुरक्षा कारबाहीमा परी कम्तीमा ८९ तालिबान लडाकू मारिएका रक्षा मन्त्रालयले शनिबार जानकारी दिएको छ ।    ‘तालिवानको बिरूद्ध अफगानिस्तानमा चलिरहेको सुरक्षा कारबाहीमा धेरै इलाकाहरुबाट तालिबान पछि हट्न बाध्य भएका छन्  ।  विगत २४ घण्टामा तहार प्रान्त मात्र ८९ तालिबानी मारिए र ६७  जना घाइते भएका मन्त्रालयका प्रवक्ता रोहउल्लाह अहमदजाई एक पत्रकार सम्मेलनमा..

    काश्मिर बिषयमा पाकिस्तानसँगको द्वन्द्वमा आफ्नै हेलिकोप्टरलाई लागेको भारतद्वारा स्वीकार

    शुक्रबार, असोज १७, २०७६ साल
    नयाँ दिल्ली, १७ असोज । गत फेब्रुअरीमा पाकिस्तानसँग काश्मिर बिषयमा भएको द्वन्द्वका क्रममा भारतीय वायु सेनाले हानेको मिसाएल लागि आफ्नै हेलिकोप्टर खस्दा छ जनाको मृत्यु भएको शुक्रबार पहिलोपटक पुष्टि गरेको छ । “गत फेब्रुअरीमा हाम्रो पक्षबाट छोडिएको मिसाइलले भुलवस आफ्नै हेलिकोप्टरलाई लाग्दा यसमा रहेका चालक दलका सदस्यसहित छ जनाको मृत्यु हुन पुगेको अनुसन्धानपछि पुष्टि भएको छ,” वायुसेना प्रमुख राकेस कुमार भदौरियाले बताउनुभएको..

    दिल्लीका नौ ठाउँमा आतङ्कवादी हमलाको चेतावनी, सुरक्षा व्यवस्था कडा

    बिहिवार, असोज १६, २०७६ साल
    नयाँ दिल्ली, १६ असोज   भारतका गुप्तचर निकायहरुले केन्द्रीय राजधानी नयाँ दिल्लीमा आतङ्कवादी आक्रमणको चेतावनी दिएका छन् ।  महत्वपूर्ण तथा ठूला चाडपर्वहरुको पूर्वसन्ध्यामा आक्रमणको चेतावनी आएको दिल्ली प्रहरीको विशेष सेलले जनाएको छ ।  उनीहरुले राजधानी नयाँ दिल्लीका नौ देखि १० ठाउँमा आक्रमणको चेतावनी दिइएको प्रहरी अधिकारीहरुको भनाई छ । प्रहरीले हमलाको सूचना पाएको बताए पनि अहिलेसम्म शंकास्पद कसैलाई पक्राउ गरेको छैन ।  आक्रमण गर्ने योजना बनाएकाहरुको..

    पटनाका दश हजार बाढी पीडितको उद्धार

    बुधबार, असोज १५, २०७६ साल
    पटना, भारत, १५ असोज   भारतको राष्ट्रिय प्रकोप व्यवस्थापन फौजले विहारको पटना क्षेत्रबाट दश हजारभन्दा बढी बाढी पीडितहरूलाई उद्धार गरिएको जनाएको छ ।   विहार प्रदेशको राजधानी पटना क्षेत्रबाट उनीहरूलाई उद्धार गरिएको फौजका प्रमुख विजय सिंहले बुधबार जानकारी दिनुभयो ।    एएनआईसँगको कुराकानीमा उहाँले भन्नुभयो, “हाम्रो फौजले दश हजार जनालाई डुबान भएको ठाउँबाट बाहिर निकालेको छ, उनीहरूलाई राहत सामग्रीहरू पनि वितरण गरिएको छ ।”    उहाँले उद्धार गरिएकाहरूलाई..
    Results 332: You are at page 1 of 12
    1 2 3 4 5 6 7 8 9 10 11 12 Next Last
    Weather Forecast