बिहिवार, असोज ३०, २०७६

    लेख/संवाद

    मुख्य विषय पढाउने शिक्षक पाउन छाडे, विद्यार्थीको चिन्ता - अब परीक्षा कसरी दिने

    सोमबार, असोज २२, २०७५ साल
    बेनी, २२ असोज  रघुगंगा गाउँपालिका–३ मौवाफाँटस्थित ज्ञानोदय माविका लागि गणित विषयको शिक्षक खोजी शुरु भएको दुई महिना बित्यो तर, अहिलेसम्म एकजना पनि सम्पर्कमा आएका छैनन् । मावि तहका लागि शिक्षक आवश्यकता परेको सूचना प्रकाशन-प्रसारण गर्दा पनि शिक्षक नआएपछि समस्यामा परेको विद्यालयका प्रअ नीलकण्ठ सुवेदी बताउँछन् ।  रघुगंगाकै चिमखोलामा रहेको अमर माविमा ६ महिनासम्म पनि कक्षा १० को विज्ञान विषय अध्यापन गराउने शिक्षक..

    नहर निर्माणले किसानमा खुशीयाली, भम्कावासी भन्छन् - अहिले गाउँमा धेरै विकास भइसक्यो

    आईतवार, असोज २१, २०७५ साल
    भीमदत्तनगर, २१ असोज  कञ्चनपुरको बेदकोट नगरपालिका–३ भम्काका ४८ वर्षीया मनवीर टमटा शुक्रबार बिहान गाउँ नजिकै निर्माण व्यवसायीको क्याम्प नजिकै मजदूरी गरिरहेको अवस्थामा भेटिएका थिए ।  विसं २०४६ मा बझाङ्को बुगङ्लबाट बसाइँ सरेर यहाँ आएका टमटाको लामो समयदेखि रोजगारीको गन्तव्य भने भारतको बैङ्लोर बन्यो । केही समयअघि घर आएका टमटा बस्तीको विकास देखेर भने दङ्ग परेका छन् । कञ्चनपुरको उत्तर सिरानमा रहेको चुरेसँगै..

    १० वर्षीय दावा मगरको पिरलो - घर जान मन छ लगिदिनोस्

    शुक्रबार, असोज १९, २०७५ साल
    काठमाडौँ, १९ असोज उदयपुर गाईघाटका १० वर्षीय दावा मगर चाबहिलको सडकमा बस्थे । बटुवाले दिएको पैसाले खाने कुरा किनेर खान्थे । कतिपयले खाने कुरा नै दिन्थे ।  बुधबार स्थानीयले दिएको सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त गौशालाले उनलाई सडकबाट उद्धार गर्यो । मगरलाई अहिले बालबालिका खोजतलास तथा समन्वय केन्द्र काठमाडौँमा राखिएको छ ।  “उनलाई संरक्षणमा राखेका छौँ,” केन्द्रका प्रमुख कृष्णबहादुर राजभण्डारीले भने, “अब..

    आलेख : पर्वतमा विकराल बन्दै आत्महत्या, यस्ता हुनसक्छन् लक्षण र रोकथामका उपायहरु ...

    बिहिवार, असोज १८, २०७५ साल
    पर्वत, १८ असोज पर्वतको कुश्मा नगरपालिका वडा नं २ खुरकोटका २६ वर्षीय गणेश भनिने फणिन्द्रराज पौडेल गएको तीजको दरखाने दिन भदौ २६ गते आफ्नै कोठामा झुण्डिएको अवस्थामा मृत फेला परे । आठ वटी छोरीको जन्म पछि जन्मेका एक छोरो त्यो पनि तीजमा दिदीहरुलाई जम्मा गरेर दर खुवाउने दिनमा झुण्डिएर आत्महत्या गरे । स्नातकोत्तर तहमा अध्ययनरत पौडेल केही समय पहिलेदेखि मानसिक..

    आलेख : एक्ली ‘माहुते’ बिमला चौधरी, अरु थारू महिलाको भन्दा फरक दैनिकी

    बुधबार, असोज १७, २०७५ साल
    भीमदत्तनगर, १७ असोज प्रायः घरायसी कामका साथै खेती किसानी गरेर दैनिकी चलाउने यहाँका थारू समुदायका महिला विस्तारै अध्ययनसँगै सरकारी सेवामा रुची राख्न थालेका छन् । समाजमा महिलामाथि अनेकन विभेद अन्य प्रदेशको तुलनामा सुदूरपश्चिम प्रदेशमा व्याप्त रहेका बेला कञ्चनपुरको भीमदत्त नगरपालिका–१४ पलियाका २४ वर्षीया विमला चौधरी अब्बल महिलाका रुपमा देखिएकी छन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बसोबास रहेपनि चौधरीको जङ्गल र..

    आलेख : सुन्दर तर, ओझेलमा परेको ऐतिहासिक बुद्धमंगल ताल संरक्षणको पर्खाइमा

    बुधबार, असोज १७, २०७५ साल
    परासी, १७ असोज  पश्चिम नवलपरासीको ऐतिहासिक बुद्धमंगल ताल संरक्षणको पर्खाइमा छ । जिल्लाको बर्दघाट नगरपालिका वडा नं १२ मा पर्ने यो ताल पर्यटकीय दृष्टिकोणले उत्कृष्ट गन्तव्य बन्ने सम्भावना भएर पनि संरक्षण र प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ ।  सुन्दर र रमणीय वातावरण रहेको यो तालको उचित संरक्षण हुन नसक्दा झारैझारले भरिन पुगेको छ । तालमा पर्याप्त पानी भएपनि झार धेरै भएकाले तालको..

    पूर्वाधारका नाममा कुतियाकवरमा एउटा झोलुङ्गे पुल, भत्किएर गन्तव्यविहीन होला कि भन्ने डर

    आईतवार, असोज १४, २०७५ साल
    भीमदत्तनगर, १४ असोज     केही साताअघि निरन्तर कटान गरेर जोगबुढा नदी बस्ती छेउमै पुगेपछि कञ्चनपुरको महाकाली नगरपालिका–१० कुतियाकवरका बासिन्दा त्रसित बने । नेपाल–भारत सीमासँगै जोडिएको यहाँका बासिन्दा जोगबुढा नदीमा आउने बाढीले मात्रै होइन, वर्षौंदेखि अभाव र सङ्घर्षका बीच सीमाको पहरेदार बनेर बस्दैआएका उनीहरु झोलुङ्गे पुल भत्किएर गन्तव्यविहीन होला कि भन्ने चिन्ताले पनि उतिकै ग्रसित छन् ।    राज्यको कुनै उपस्थिति नै रहेको देख्न नपाइने..

    श्रीराम केसी ‘निशान्त’को गजल सङ्ग्रह ‘तस्वीर’ सार्वजनिक

    आईतवार, असोज १४, २०७५ साल
    भक्तपुर, १४ असोज  गजलकार श्रीराम केसी ‘निशान्त’को गजल सङ्ग्रह ‘तस्वीर’ सार्वजनिक गरिएको छ ।  चमेरो बचत तथा ऋण सहकारी संस्थाले प्रकाशनमा ल्याएको उक्त गजल आईतबार बालकोटमा आयोजित कार्यक्रममा प्रदेश नम्बर नं ३ का प्रदेश सदस्य शशीजङ्ग थापाले सार्वजनिक गरेका हुन् । उनले मोतिराम भट्ट हुँदै शुरु भएको नेपाली गजल लेखनको यात्रा समृद्ध हुँदै गएको चर्चा गर्दै उक्त विधामा यस पुस्तकले पनि उचाइ..

    भारतका पेट्रोलियम मन्त्रीको नेपाल यात्रा : निर्माणाधीन परियोजना छिट्टै सम्पन्न हुने विश्वास

    शुक्रबार, असोज १२, २०७५ साल
    काठमाडौँ, १२ असोज  गृहमन्त्री रामबहादुर थापाले भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यास सम्बन्धीमन्त्री धर्मेन्द्र प्रधानसँगको भेटमा नेपाल–भारतको पेट्रोलियम पदार्थसम्बन्धी निर्माणाधीन परियोजना छिट्टै सम्पन्न गर्न उनको भ्रमणले सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।  गृह मन्त्रालयमा शुक्रबार भएको भेटमा गृहमन्त्री थापाले आगामी दिनमा समेत भारतीय सहयोगको निरन्तरताका लागि आग्रह गरे ।  भारतीयमन्त्री प्रधानले दुई देशको सहकार्यमा निर्माण भइरहेको पेट्रोलियम पदार्थसम्बन्धी परियोजना दुवै देशका लागि फाइदाजनक..

    अन्तर्राष्ट्रिय नेपाली हाइकु सम्मेलन जापानमा आईतबारदेखि हुँदै असोज

    बिहिवार, असोज ११, २०७५ साल
    काठमाडौँ, ११ असोज अन्तर्राष्ट्रिय नेपाली हाइकु सम्मेलन यही असोज १४ र १५ गते जापानको टोकियोमा हुने भएको छ । पन्ध्र वर्षअघि नेपालमा शुरु भएको उक्त सम्मेलन हाइकुको जन्मथलो जापानमा गर्ने निर्णय भएको नेपाल हाइकु केन्द्र (नेहा)का अध्यक्ष रामकुमार पाँडेले जानकारी दिए । सम्मेलन नेहा र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज जापान शाखाको संयुक्त आयोजनामा हुनेछ । सम्मेलनमा जापानका हाइजिनले पनि नेपाली कविलाई साथ दिनेछन्..

    आलेख : काभ्रेपलाञ्चोकको इ–भिलेजमा शैक्षिक सत्रदेखि कृषि शिक्षा लागू

    बिहिवार, असोज ११, २०७५ साल
    काभ्रेपलाञ्चोक, ११ असोज  इ–भिलेजको नामले परिचित  काभ्रेपलाञ्चोकको मण्डन देउपुर नगरपालिकामा स्थानीय पाठ्यक्रम अन्तर्गत यस शैक्षिक सत्रदेखि कृषि शिक्षा लागू गरिएको छ ।  स्थानीय बालबालिकाले कक्षा ८ सम्म कृषि विषय लिएर पढ्दा आफ्नै गाउँठाउँमा पराम्परागत बाहेक व्यावसायिक रुपमा उत्पादन गर्न सकिने कफी, अलैँची, कागती र अदुवा खेतीमा सघाउन सकून् भनेर स्थानीय पाठ्यक्रम कृषि शिक्षा लागू गरिएको हो । इ–भिलेजमा कक्षा १ देखि ८..

    काठमाडौंको इतिहास सम्झाउँने इन्द्रजात्रा : आकर्षण देवी नाच लोप हुने चिन्ता

    बुधबार, असोज १०, २०७५ साल
    काठमाडौं, १० असोज  इन्द्रजात्राका अवसरमा निकालिने सांस्कृतिक र धार्मिक महत्व बोकेको ऐतिहासिक देवी नाच (दी प्याखं) लोप हुने अवस्थामा पुगेको छ ।  काठमाडौँ उपत्यकाका नेवार समुदायले विभिन्न जात्रा, पर्व तथा नाचको माध्यमबाट मुलुकको पहिचान र गौरवशाली इतिहासलाई जीवन्तता दिँदै आएपनि सरोकारवाला निकायको सहयोग पर्याप्त नहुँदा ती सांस्कृतिक निधि इतिहासको पानामा सीमित हुने अवस्था आएको छ ।  बदलिँदो समय तथा व्यस्त जीवन पद्धतिले गर्दा..

    कान्छीको दु:ख अनि तितो अतित ! बोली फुट्न नपाउदै बिवाह र विधवा, परिवारले दिएको त्यो पीडा...

    मंगलवार, असोज ९, २०७५ साल
    कुश्मा, ९ असोज  राम्रोसँग बोली फुट्न नपाउँदै सिन्दूर पहिरिएर ‘बुहारी’ बनेका ‘बाल विधवा’हरु यतिबेला मुक्तिनारायण मन्दिरको शरणमा आश्रय लिँदै दिन कटाइरहेका छन् ।    मुक्तिनारायण मन्दिर पोखरा–बागलुङ राजमार्ग अन्तर्गत सहस्रधारा छेवैमा रहेको मुक्तिनारायण मन्दिर र सोही परिसरमा रहेको आश्रममा आफ्नो बाँकी जीवन बिताउने प्रणसहित उनीहरुले मन्दिरमा आश्रय लिएका हुन् ।  कुश्मा नगरपालिका पकुवा भिरमुनि माइती भएकी बाल विधवा पद्मा आचार्यको कर्म घर भने बाजुङ देवीस्थान..

    अपराध रोक्न नैतिक शिक्षासँगै अभिभावकको निगरानी आवश्यक, बलात्कारका घटनाहरु दोहोरिदो

    सोमबार, असोज ८, २०७५ साल
    भीमदत्तनगर, ८ असोज  कञ्चनपुरको भीमदत्तनगरपालिकाकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्याको घटनाले सिङ्गो मुलुकको ध्यान कञ्चनपुरतिर तान्यो ।  पन्त परिवारलाई न्याय र मजबुत सुरक्षाको मागसहित भीमदत्त नगरवासीबाट शुरु भएको दबाबमूलक आन्दोलन मुलुकभर सल्कियो । एउटी छात्रामाथिको जघन्य अपराधपछि शव उखुबारीमा भेटिएको घटनाका दोषी पत्ता लगाउन राज्य संयन्त्रले सबै शक्ति लगाएको देखिन्छ । तर विडम्बना, कञ्चनपुरमा महिला तथा बालिकाहरुमाथिको बलात्कार प्रयासका घटनाहरु..

    पुनःनिर्माणमा सरकारको चासो नपुग्दा नुवाकोटको साततले दरबारको अस्तित्व नै मेटिने अवस्था !

    आईतवार, असोज ७, २०७५ साल
    नुवाकोट, ७ असोज देशको मुख्य ऐतिहासिक सम्पदाहरुको सूचीमा पर्छ नुवाकोटको साततले दरबार क्षेत्र । विदुर नगरपालिका २ मा पर्ने भूकम्पले भत्काएको यही सम्पदाको पुनःनिर्माणमा सरकारको चासो नपुग्दा यसको अस्तित्व नै मेटिने आशंका उब्जिएको छ । भूकम्पले भत्काएको ४१ महिनासम्म पनि सम्पदा पुनःनिर्माणमा सरकारको ध्यान नपुग्दा अलिअलि जोगिएको सम्पदाहरु पनि नाश हुन थालेको छ । भूकम्पले नुवाकोट दरबार क्षेत्रको मुख्य आकर्षण मानिएको..

    आलेख : जनशक्ति अभावले अस्तव्यस्त बन्दै बेनी अस्पताल, सेवा प्रवाह फितलो

    शुक्रबार, असोज ५, २०७५ साल
    म्याग्दी, ५ असोज  एक महिनाअघि बागलुङको धौलागिरि अञ्चल अस्पतालले गण्डकी अस्पताल पोखरा सिफारिश गरेको सुत्केरी व्यथाले च्यापेकी महिलाको शल्यक्रियामार्फत आमा र बच्चाको ज्यान जोगाएकामा म्याग्दीको बेनी अस्पतालको प्रशंसा निकै भयो । नहोस् पनि किन ? बागलुङ, पर्वत हुँदै कास्कीको सिमानासम्म पुर्याइएकी बिरामी सरस्वती जिसीलाई पहिराले सडक अवरुद्ध बनेपछि फर्काएर बेनी अस्पतालमा शल्यक्रिया गराउनुपरेको थियो ।  यो एक प्रतिनिधिमूलक उदाहरण हो, बेनी अस्पतालमा..

    आलेख : विभेदविरुद्ध सकारात्मक संवैधानिक व्यवस्था, समृद्धिको मूलप्रवाहमा समावेश

    बुधबार, असोज ३, २०७५ साल
    काठमाडौँ, ३ असोज  नेपालको संविधान, २०७२ ले जनताबीच समानताको समुचित हकको व्यवस्था गर्दै शताब्दीयौँदेखि विभेद गरी पछि पारिएका जनतालाई सकारात्मक सुविधाद्वारा विकास तथा समृद्धिको मूलप्रवाहमा समावेश गर्न ठोस व्यवस्था गरेको छ ।  संविधानले यसरी पछि परेकालाई ‘‘सामाजिक वा सांस्कृतिक दृष्टिले पिछडिएका महिला, दलित, आदिवासी, आदिवासी जनजाति, मधेशी, थारू, मुस्लिम, उत्पीडित वर्ग, पिछडा वर्ग, अल्पसंख्यक, सिमान्तीकृत, किसान, श्रमिक, युवा, बालबालिका, ज्येष्ठ नागरिक, लैङ्गिक..

    संविधान दिवस सन्दर्भ : मौलिक हकका कानूनबाट नागरिकको अधिकार संरक्षण

    मंगलवार, असोज २, २०७५ साल
    काठमाडौँ, २ असोज नेपालको संविधान जारी भएको तीन वर्षभित्र मौलिक हकप्रदत्त कानून निर्माण गरिसक्नुपर्ने व्यवस्थाअनुरुप कानून बनेपछि कार्यान्वयनको खुड्किलो पार भएको छ । संविधानले व्यवस्था गरेअनुसार मौलिक हकका कानून निर्माण गर्ने काम पूरा भएको हुँदा कार्यान्वयनको चरणमा प्रवेश गरेको हो । नागरिकले प्राप्त गर्ने संविधानप्रदत्त हक अब सहजरुपमा प्राप्त गर्नेछन् ।  नेपालको संविधानले व्यवस्था गरेको मौलिक हकको कानून बनाएर कार्यान्वयन गर्ने विश्वको..

    हेड सरको सनही ! अतिरिक्त श्रममा समेत अब्बल यि प्रधानाध्यापक ...

    सोमबार, असोज १, २०७५ साल
    कुश्मा, १ असोज  ‘प्रधानाध्यापक’ भन्नेवित्तिकै धेरैले अधिकांश समय विद्यालयको काममा खटिरहने शिक्षकको प्रमुख नाइके भनेर बुझ्ने गर्दछन् । प्रधानाध्यापकले विद्यालयको व्यवस्थापकीय पक्षलाई राम्रो बनाउँदै शिक्षक न्यून हुने शैक्षिक संस्थामा अध्यापन गराउने कामसमेत गरेका हुन्छन् तर यहाँको एक माध्यमिक विद्यालयका प्रधानाध्यापकले भने अतिरिक्त श्रममा समेत आफूलाई अब्बल नाइकेका रुपमा प्रस्तुत गरिरहेका छन् । जिल्लाको एक माविका प्रअलाई सार्वजनिक बिदाको दिन प्रायः कुश्मा बजारमा..

    गफै गफमा बित्यो ३ वर्ष, यो वर्ष पनि बालगोपालेश्वर मन्दिरको दर्शन गर्न नपाईने

    आईतवार, भाद्र ३१, २०७५ साल
    काठमाडौँ, ३१ भदौ पुनःनिर्माण हुन नसक्दा यस वर्ष पनि सर्वसाधारणले रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरको दर्शन गर्न नपाउने निश्चित भएको छ । गोरखा भूकम्प भएको तीन वर्ष बितिसक्दा पनि काठमाडौँ महानगरपालिका पुरातत्व विभागबीच सकारात्मक छलफल हुन नसक्दा निर्माणको कामले गति लिन सकेको छैन । यसअघि काठमाण्डु महानगरपालिकाले मन्दिरसहित रानीपोखरीको पुनःनिर्माण गर्दा विभागले बालगोपालेश्वर मन्दिर गुम्बज शैलीमा बनाएको र निर्माणका क्रममा सिमेण्ट प्रयोग गरेको भन्दै..

    आलेख : पैसा कमाउन विदेश जानै पर्दैन, झापामा यस्तो उदाहरणीय काम ...

    शुक्रबार, भाद्र २९, २०७५ साल
    भद्रपुर, २९ भदौ  अतिथिको स्वागत गर्दा दिइने फूलको गुच्छा होस् वा तिहारमा दिदीबहिनीहरुले लगाइदिने माला, सयपत्री फूलको थुङ्गाले दिने सौन्दर्यको तुलना नै हुन सक्दैन । न्वारानदेखि घाटसम्म र मन्दिरदेखि घरसम्म प्रयोग हुने फूलहरुमध्ये सयपत्रीलाई नेपालीहरुले अति मन पराउँछन् । सभा समारोहहरुमा सजाउन मात्र होइन, पाहुनालाई सम्मान गर्न पनि सयपत्री फूलको माला रोज्न थालिएको छ । यति धेरै महत्व र माग भएर पनि नेपालमा..

    गुणात्मक राजनीतिक कार्यकर्ताका लागि ‘सङ्घर्षको इतिहास’ बजारमा

    बिहिवार, भाद्र २८, २०७५ साल
    काठमाडौँ, २८ भदौ  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवं अनेरास्ववियू (क्रान्तिकारी)का पूर्वअध्यक्ष लेखनाथ न्यौपानेद्वारा लिखित ‘सङ्घर्षको इतिहास’ बजारमा आएको छ । न्यौपानेले यसअघि प्रकाशन गरेका अखिल ज्ञानः भाग–२ का रुपमा उक्त पुस्तक प्रकाशनमा आएको हो । पुस्तकमा विश्व कम्युनिष्ट आन्दोलन र नेपाल कम्युनिष्ट आन्दोलनका विभिन्न पक्ष र पाटोलाई लिपिबद्ध गरिएको छ । त्यस्तै तत्कालीन नेकपा (माओवादी)ले वर्गीय मुक्तिका लागि शुरु गरेका..

    काठमाडौंमा उच्च क्षमताको प्रसारण लाइन विस्तार गर्न कुलमान घिसिङको यस्तो योजना ...

    बुधबार, भाद्र २७, २०७५ साल
    काठमाडौं, २७ भदौ काठमाडौं उपत्यकामा विद्युत् आपूर्ति प्रणाली सुधार गर्न दीर्घकालीन लक्ष्यसहित नेपाल विद्युत् प्राधिकरणले उच्च क्षमताको प्रसारण प्रणाली बनाउने भएको छ ।  त्यस्तो प्रसारण प्रणालीलाई काठमाडौं उपत्यकका प्रसारण ‘रिङ’ नाम दिइएको छ । आगामी दिनमा हुने विद्युत् मागको व्यवस्थापनका लागि उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुर जिल्लालाई समेट्ने गरी २२० केभी डबल सर्किट प्रसारण लाइनको रिङ निर्माण गर्न लागिएको हो ।  हाल उपत्यकामा..

    आलेख : लक्ष्यानुसार लगानी नहुँदा विकासका लक्ष्य हासिल गर्न चुनौती

    सोमबार, भाद्र २५, २०७५ साल
    काठमाडौँ, २५ भदौ योजनाको लक्ष्यानुसार सरकारी तथा निजी क्षेत्रबाट लगानी नहुँदा विकासका लक्ष्य हासिल गर्न चुनौती भएको छ ।  राष्ट्रिय योजना आयोगले संसदीय समितिलाई उपलब्ध गराएको प्रतिवेदनमा विकासका लक्ष्य हासिल गर्ने सन्दर्भमा उत्पादन तथा आर्थिक वृद्धिमा उत्पादकत्व र श्रम सहभागिताबारे पर्याप्त ध्यान नपुगेको उल्लेख गरेको छ ।  प्राकृतिक स्रोत र सांस्कृतिक विविधतालाई आयमूलक रुपमा व्यवस्थापन गर्न नसकिएको, आयोजनामा सुशासन कमजोर रहेको तथा मानव..

    आलेख : जलविद्युत् आयोजनाको भौतिक प्रगति न्यून, भौगोलिक विकटताका कारण ढिलाइ !

    आईतवार, भाद्र २४, २०७५ साल
    म्याग्दी, २४ भदौ  म्याग्दीमा सञ्चालित पाँच वटा जलविद्युत् आयोजनाको भौतिक प्रगति न्यून देखिएको छ । विद्युत् विकास विभागका अनुसार विसं २०७२ साउन ३० गतेभित्र उत्पादन अनुमति लिएका ती आयोजनाको अहिलेसम्म पाँच प्रतिशत पनि भौतिक प्रगति भएको छैन ।  चालीस मेगावाटको रघुगंगा, २० मेगावाटको अपर म्याग्दी, चार मेगावाटको रुप्सेखोला, २५ मेगावाटको दरवाङ म्याग्दीखोला र ८.४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजनाको निर्माण कार्य सुस्त..

    नेपाल प्रज्ञा प्रतिष्ठान अनुवाद विभागले विभिन्न भाषामा २७ कृतिको अनुवाद

    बिहिवार, भाद्र २१, २०७५ साल
    काठमाडौँ, २१ भदौ  नेपाल प्रज्ञा प्रतिष्ठान अनुवाद विभागले २७ कृतिको विभिन्न भाषामा अनुवाद गरेको छ ।  विसं २०७१ भदौ २० गते गठन भएको यस पटकको प्राज्ञ परिषद्ले आफ्नो चार वर्षको अवधिमा विभिन्न भाषामा कृति अनुवाद गरेको हो । प्रतिष्ठानले ‘अनुवादक परिचय कोष’, ‘रनमाया उपन्यास’ अङ्ग्रेजी भाषामा अनुवाद, ‘संस्कृतिका पौराणिक आख्यानहरु’ नेपाली अनुवाद, ‘देवदास उपन्यास’ नेपाली अनुवाद, ‘रवीन्द्रनाथ टैगोर की प्रतिनिधि कहाँनिया’ नेपाली..

    सामाजिक विकृति विसंङ्गति र कूसाशन विरुद्ध देउडा, कञ्चनपुर घटनाको घोचपेच तथा तिखो ब्यङ्ग

    बुधबार, भाद्र २०, २०७५ साल
    ​धनगढी, २० भदौ ‘को राम्रो को नराम्रो, तर्क चाँही अर्कै छ,…..। पुलिसको दोष मात्र हो, घटना अर्कै छ…..।।‘ कञ्चनपुर घटनामा प्रहरीलाई देखावटी आरोप लगाइएको हो, घटनामा अर्कै पक्षको दोष छ । गौरा पर्वको अवसरमा मङ्गलबार स्थानीय वनदेवी मन्दिर परिसरमा गोलबन्द भएर खेलिएको डेउडा खेलमा सुरक्षा व्यवस्था फितलो भएकै कारण कञ्चनपुरमा बालिका बलात्कारको घटना भएको आरोपको खण्डन गर्दै देउडाको भाकामा गीतेरु (गीतकार) बिर्खबहादुर सायरको..

    सुदूरपश्चिमेली गौरामा रमाउँदै, डोटेली भाकामा प्रस्तुत हुने देउडाले हरेक उमेर समूहलाई समेट्दै

    सोमबार, भाद्र १८, २०७५ साल
    भीमदत्तनगर, १८ भदौ हरेक वर्ष भाद्र कृष्ण पञ्चमीका दिनदेखि शुभारम्भ हुने गौरा पर्वले यतिबेला प्रदेश नं ७ सुदूरपश्चिमलाई छपक्कै ढाकेको छ ।  सुदूरपश्चिमकै प्रमुख पर्वमा देश–विदेशमा छरिएर रहेका सुदूरपश्चिमेली यतिबेला गौरामा रमाउँदै देउडामा पाइला मिलाउन व्यस्त छन् । गौराको धार्मिकसँगै अर्को महत्वपूर्ण पक्ष हो ‘देउडा’ । डोटेली भाकामा प्रस्तुत हुने देउडाले यतिबेला सुदूरका हरेक उमेर समूहलाई छोएको छ । गौरा पर्व मनाउन..

    १०औँ साफ च्याम्पियनसिपमा उपाधि जित्ने नेपालको लक्ष्य, तर विगतले यसो भन्छ !

    आईतवार, भाद्र १७, २०७५ साल
    काठमाडौँ, १७ भदौ  दशौं संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता आगामी मंगलबारदेखि बंगलादेशको राजधानी ढाकामा शुरु हुँदैछ ।  सन् १९९७ मा नेपालमै आयोजना भएको प्रतियोगितादेखि साफ च्याम्पियनसिप शुरु भएको हो । त्यसअघि सार्क गोल्डकपका नामबाट सन् १९९३ मा पाकिस्तान र १९९५ मा श्रीलङ्कामा खेलाइएको थियो । यी दुई प्रतियोगितासमेत जोड्दा यो साफको १२ औँ संस्करण हुनजान्छ ।  बाह्रौँ संस्करणसम्म आइपुग्दा भारतले सात, माल्द्विभ्स, बंगलादेश,..

    गीतको लय र शब्दसँगै हातमा थाल राखेर गरिने 'थाली नृत्य'ले चिमखोलालाई चिनाउंदै

    शुक्रबार, भाद्र १५, २०७५ साल
    म्याग्दी, १५ भदौ “यो देशको सबै कला संस्कृति सपारौं  यो हाम्रो थाली नाचलाई ओझेलमा नपारौं  ए हो ओ।।।।।। ओझेलमा नपारौं”  कति राम्रो नेपालको थाली  झिलीमिली नचाउँछु यसपाली।।।।”  म्याग्देली कलाकार लाली बुढाथोकी र मीना गर्बुजाको स्वर रहेको दिलकुमारी रम्जालीको “खुशी लाग्छ नेपाली हुनुमा” भन्ने एल्बमको सालैजो भाकाको यो गीतमा जस्तै म्याग्दीको मौलिक थाली नाचले विस्तारै लोकप्रियता कमाउँदै गएको छ ।  रघुगंगा गाउँपालिका ७ चिमखोलाबाट चार दशक अघि यो..
    Results 301: You are at page 8 of 11
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 Next Last
    Weather Forecast