आईतवार, भाद्र ८, २०७६

    लेख/संवाद

    नेपाल-अमेरिकी सम्बन्धमा भूकम्पीय धक्का ! कस्तो क्षति पुग्न सक्छ ?

    मंगलवार, माघ २२, २०७५ साल
    काठमाडौँ, २२ माघ प्रधानमन्त्री केपी शर्मा ओली विदेश भ्रमणमा रहेका बेला सत्त्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भेनेजुएलामा अमेरिकाले हस्तक्षेप गरेको भन्दै त्यसको निन्दा गरेर पार्टीका तर्फबाट जनअरी २५ मा एउटा विज्ञप्ति जारी गरे। त्यसले नेपाल र अमेरिकाको कूटनीतिक सम्बन्धमा ठूलो तरङ्ग ल्याइदिएको छ। पछि नेपाल सरकारले दिएको विज्ञप्ति र अमेरिकाले देखाएको प्रतिक्रियाको कूटनीतिक तथा व्यावहारिक अर्थ..

    २५ हजार जुम्ली शब्दकोश तयार, ‘खसिया आखर’ शब्द प्रमुख प्राथमिकतामा

    सोमबार, माघ २१, २०७५ साल
    खलङ्गा, २१ माघ नेपाली खस भाषाको बृहत् जुम्ली शब्दकोश लेखन कार्य भइरहेको छ । करीब हजार पृष्ठ लामो शब्दकोशका लागि अहिलेसम्म २५ हजार शब्द सङ्कलन भएको सम्पादक रमानन्द आचार्यले जानकारी दिनुभयो ।  बहत्तर वर्षीय भाषाविद् तथा लेखक आचार्यद्वारा शब्दकोशको लेखन कार्य भइरहेको छ । पुस्तकले बढीभन्दा बढी ‘खसिया आखर’ शब्दलाई लक्ष्य बनाएको उहाँले बताउनुभयो ।  तत्कालीन जिल्ला विकास समिति र लेखक रमानन्द आचार्यसहित..

    असक्त, असहाय र छाडा कुकुरकी आमा ‘बीना’, कुकुरको लागि यस्तोसम्म गरिन्

    शुक्रबार, माघ १८, २०७५ साल
    काठमाडौँ, १८ माघ अघिल्लो महीना काम विशेषले सिंहदरबाट पार गर्न लाग्दा काठमाडौँकी बीना पन्तले लुतोले आक्रान्त भएर लडिरहेको कुकुर देख्नुभयो । कुकुरको घाउबाट रगत बगिरहेको थियो । उक्त दृश्यले उहाँको ध्यान तान्यो ।  तत्कालै गाडी रोकेर कुकुरको उद्धार गरी बूढानीलकण्ठ नगरपालिका–६ स्थित विष्णुमति किनारमा रहेको ‘करुणा पशु स्याहार’ केन्द्रमा लैजानुभयो । उपचारपछि अहिले कुकुरको घाउमा खाटो बसेको र हिँडडुल गर्न सक्ने भएको..

    ऐतिहासिक कर्मकुमारी धारा संकटमा, राणा प्रधानमन्त्रीको नासो मेटिदै !

    बुधबार, माघ १६, २०७५ साल
    बारा, १६ माघ  । बाराको सिमरा आसपासदेखि अमलेखगंजसम्म ऐतिहासिक पाँच वटा कलात्मक धाराहरु छन् । ती धाराहरु मध्य केहि जीर्ण छन् केहि जेनतेन हेर्न लाएक छन्  । तत्कालिन राणा प्रधानमन्त्री श्री ३  देवशम्शेरले निर्माण गरेको भनिएका धाराहरु कलात्मक छन् । तर कलात्मक धाराहरु संरक्षणको अभावले संकटमा पर्दै गएका छन् । देवशम्शेरले आफ्नी धर्मपत्नी कर्मकुमारीको सम्झनामा धाराहरु निर्माण गरेका थिए भन्ने आधारहरु देखिन्छ ।..

    युवाहरु पोको-पुन्तरो च्यापेर बिदेशिन बाध्य, ‘साच्चै’ कहिले बन्ला नयाँ नेपाल ?

    सोमबार, माघ १४, २०७५ साल
    काठमाडौँ, १४ माघ प्रत्येक दिन नेपालको त्रिभुवन अन्र्तराष्ट्रिय बिमानस्थलमा युवा बिदेश जान  लामबद्ध हुन्छन् । देशमा रोजगारीको अभाव छ ।  सरकारका युवा लक्षित स्वरोजगारमूलक कार्यक्रमहरु उति प्रभावकारी नहुँदा  देशमै काम गर्ने रहर र ईच्छालाई दबाएर युवाहरु खाडी लगाएतका देशमा जानुपर्ने वाध्यता छ ।  विकास र रोजगारी सिर्जनाको कोरा कल्पना फगत कल्पनामै सीमित छ । धेरै नेताहरु युवालाई भोट बैंक बनाएर सत्तामा पुग्छन् । तर युवाहरु..

    न हात, न खुट्टा तर काध भरी जिम्मेवारी ! आफैँले पाल्नुपर्ने बुबाआमा र दूधे बालबच्चाको विचल्ली

    शुक्रबार, माघ ११, २०७५ साल
    खोटाङ, ११ माघ भित्तामा टाँसिएको ढुङ्गा र माटोले बनाइएको एकतले झुप्रो घर । घरसँगै जोडेर बनाइएको बाख्राको खोर । बाख्राको खोरबाट उडिरहन्छन् अनगिन्ती झिँगा र भुसुना । झिँगा र भुसुनाले बारम्बार उनकै शरीरमा आक्रमण गरिरहेका हुन्छन् । बारम्बार दुःख दिने झिँगा र भुसुना धपाउन उनीसँग न त हात छन्, न खुट्टा नै । नेपाल विद्युत् प्राधिकरण दिक्तेल वितरण केन्द्रका कर्मचारी हरिकाजी..

    सुन्नेलाई भन्दा भोग्नेलाई पहाड : जहाँ दैनिक जिन्दगी बाँचेको छ यसरी...

    बिहिवार, माघ १०, २०७५ साल
    सिन्धुपाल्चोक, १० माघ देशको कुनामा जन्मिनु परेको पीडाले शिक्षा र स्वास्थ्यबाट बञ्चित नागरिकको वेदना सुन्नेलाई भन्दा भोग्नेलाई पहाड लाग्छ । जहाँ दैनिक जिन्दगी मरेरै बाँचेको छ । निधारमा नाम्लो छ । जीउमा सानो कोक्रो छ । रातो पछ्यौराले केही छोपीए झै देखिन्छ ।  हेर्दा लाग्थ्यो एक महिला केहि सामान कतै लादैछिन् । अनि चुपचाप बाटोमा आफ्नो पाईला लम्काउदैछिन् । बाटो सुनसान छ..

    शङ्कर लामिछाने : जो ५० वर्षपछिका युवालाई लक्ष्य गरेर आफ्ना रचना प्रकाशन गर्थे

    बिहिवार, माघ १०, २०७५ साल
    काठमाडौँ, १० माघ पचास वर्षका लागि लक्ष्य गरेर लेख्ने साहित्यकार शङ्कर लामिछानेका रचनालाई युवामाझ लैजानुपर्ने इतिहासकार एवं साहित्यकारले बताउनुभएको छ ।  लामिछानेको ४३ औँ स्मृति दिवसका अवसरमा शङ्कर लामिछाने प्रतिष्ठानले आज यहाँ आयोजना गरेको ‘युवा हेराइमा शङ्कर’ कार्यक्रममा उहाँहरुले लामिछानेले ५० वर्षपछिका युवालाई लक्ष्य गरेर आफ्ना रचनामा प्रकाशन गर्नुभएकाले युवामाझ उहाँका रचना लैजानुपर्ने बताउनुभयो ।  कार्यक्रममा इतिहासकार प्रा डा सुरेन्द्र केसीले लामिछानेका कृतिलाई..

    हस्तान्तरणपछि झन् खस्कियो प्रतिष्ठान, नयाँ कर्मचारी भर्ना अवैध, ठेक्कामा सेवा !

    आईतवार, माघ ६, २०७५ साल
    नारायणपुर, ६ माघ  दाङको राप्ती उपक्षेत्रीय अस्पताल राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रुपान्तरण हुने खबरले दङालीमाझ खुशी ल्यायो । घरआँगनमै गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त हुने र डाक्टर विषयको अध्ययन पनि जिल्लामै हुने भएपछि अब जिल्लाकै अनुहार फेरिन्छ भनेर उनीहरुमा आशा जागेको हो ।  लामो तयारी र कसरतपछि गत असोजमा राप्ती उपक्षेत्रीय अस्पतालले प्रतिष्ठानको स्वरुप धारणा गर्योन  । हस्तान्तरण भएको अहिले चार महिना नबित्दै..

    ‘खसिया आखर’को पाण्डुलिपि अन्तिम चरणमा, अझै लेखेर सकिएन जुम्ली शब्दकोश

    आईतवार, माघ ६, २०७५ साल
    जुम्ला, ६ माघ उमेरले ७२ वर्ष नाघेका चन्दननाथ नगरपालिका– २ आचार्यवडाका भाषाविद् रमानन्द आचार्य ‘खसिया आखर’ नेपाली भाषाको जुम्ली शब्दकोश लेख्दै हुनुहुन्छ ।  तत्कालीन जिल्ला विकास समितिको लगानी र भाषाविद् आचार्यसहित अन्य जुम्ली अगुवा नागरिकको पहलमा विसं २०६५ देखि जुम्लाको सिञ्जा उपत्यकाबाट उत्पत्ति भएको लोपोन्मुख ‘खसिया आखर’ नेपाली भाषाको जुम्ली शब्दकोश लेखन कार्य शुरु गरिएको हो ।  विसं १८४६ पूर्वको शक्तिशाली ‘खस’ राज्यको..

    “म अलप हुन चाहन्छु” : कता गए प्राध्यापक विष्टका पाईला र पदचाप ?

    शनिबार, माघ ५, २०७५ साल
    काठमाडौँ, ५ माघ  “हो,  उहाँ त्यसपछि कहिल्य फर्कनुभएन । हामीले कैयौं दिन र वर्षहरु बुवा फिर्ने आशमा वितायौं । तर उहाँको कुनै अत्तोपत्तो लागेन । नेपालको कानूनले १२ वर्ष लामो समय मानिस ज्युदो नभेटिए मृत सरह घोषणा गर्ने रहेछ ।” छोरा केशर वहादुर विष्टले मन भारी वनाएर भनिरहँदा उपस्थीत जनमानस चुपचाप सुनिरहेका थिए । चलचीत्रको कथा झै लाग्ने गरि नेपालको विकासे..

    बामसरकार - निराश जनता र विकासे सपना

    बुधबार, माघ २, २०७५ साल
    काठमाडौं, २ माघ दुईतिहाईकै ईतिहासको शक्तिशाली सरकारले सत्ता सम्हालेको १० महिना पूरा भएको छ  । जनताले पाँच वर्षे  ‘म्यान्डेट’ सुम्पेर पठाएको सरकार १० महिनामै अनेक किसीमको आरोपवाट मुक्त हुन सकेन् ।  आलोचनाको पहाड वोकेर सरकारका प्रधानमन्त्री र मन्त्री हिड्न वाध्य छन् ।  अस्थीर राजनीतिले मुलुकको विकास उतिसारो हुन नसक्दा स्थीर सरकारवाट विकास र समृद्धिको अपेक्षा हुनु स्वाभाविक पनि हो ।  सुखी जनता र..

    माघे संक्रान्तिको गोरु जुधाइ फैलँदै, हेर्न आउने दर्शकको ओइरो

    सोमबार, पौष ३०, २०७५ साल
    नुवाकोट, ३० पुस  माघे संक्रान्तिको गोरु जुधाइ भन्नासाथ धेरैले सम्झने ठाउँ नुवाकोटको तारुका हो तर, तारुका मात्र नभई जिल्लामा गोरु जुधाइको क्षेत्र फैलँदै गएको छ । तारुकामा व्यवस्थित रुपमा गोरु जुधाउन थालेको पाँच वर्षपछि नुवाकोट र रसुवाको सीमा बेत्रावती (नुवाकोट पट्टिको भू–भाग) मा गोरु जुधाउन शुरु भएको थियो । तर, अहिले जिल्लामा पञ्चकन्या गाउँपालिकाको पञ्चकन्या, लिखु गाउँपालिकाको कट्टिछाप र शिवपुरी गाउँपालिकाको..

    धरोहर 'बेत्रावती'लाई जोगाउन सबै एकजुट : भन्छन् ‘धाम सुकाउनु पाप हो’

    शुक्रबार, पौष २७, २०७५ साल
    बेत्रावती, २७ पुस “धाम सुकाउनु भनेको पाप हो,” सयौं हस्ताक्षरको बीचमा कृष्ण दर्जीले उक्त वाक्य लेखेर बेत्रावती (उत्तरगया) जोगाउने अभियानमा ऐक्यबद्धता जनाउँदै सेतो कपडामा हस्ताक्षर गर्नुभयो ।  कल्पना दर्जीले पनि हस्ताक्षर गरेर अभियानमा समर्थन जनाउनुभयो । “यस्ता धरोहरलाई जोगाउन सबै एकजुट हुनुपर्छ” दर्जीले थप्नुभयो । पुसे औँंसीका दिन तीर्थयात्रीले भरिभराउ बेत्रावतीको तीन ठाउँमा चलाइएको अभियानमा हस्ताक्षर गर्नेहरुको भिडभाड थियो ।  नजिकै बन्न लागेको..

    सासू-बुहारीबीच हुने द्वन्द्वलाई कम गर्न जाजरकोटमा यस्तो 'मास्टर प्लान'

    सोमबार, पौष २३, २०७५ साल
    जाजरकोट, २३ पुस सासू र बुहारीबीच हुने द्वन्द्वलाई कम गर्न जिल्लाको नलगाड नगरपालिकाले सासू–बुहारी अन्तरक्रिया सञ्चालन गरेको छ ।  नगरपालिकाले प्रत्येक वडा, टोल पुगेर सासू, बुहारीलाई सँगैसँगै राखेर अन्तरक्रिया गर्दै आएको छ । गाउँभरिका सासू, बुहारीसँगै राखेर दैनिक अन्तरक्रियामार्फत आपसी समझदारी गर्दै भएका समस्यालाई खुलेर राख्नुका साथै एकले अर्कालाई राम्रोसँग बुझ्ने काम भएको नगरपालिकाले बताएको छ ।  नगरप्रमुख टेकबहादुर रावलले भन्नुभयो, “सासू, बुहारीको..

    जनयुद्ध सकियो तर पिडा सकिएन ! घाइते अझै खुट्टामा गोलीका छर्रा लिएर उपचार खोज्दै

    आईतवार, पौष २२, २०७५ साल
    बागलुङ, २२ पुस  जनयुद्धका घाइते मनबहादुर घर्तीको खुट्टामा अहिले पनि गोलीका छर्रा छन् । गोली लागेको ठाउँ देखाउँदै ३३ वर्षीय घर्तीले उपचार खर्च नपाएको गुनासो गर्नुभयो ।  ताराखोला गाउँपालिका– ५ का घर्ती विसं २०६० तिर दाङमा भएको सशस्त्र भीडन्तमा घाइते हुनुभएको थियो । उपचारपछि हिँडडुल गर्न सक्ने भए पनि उहाँमा दुखाइको समस्या ठिक भएको छैन । “सामान्य अवस्थामा जस्तो हिँड्न सहज छैन”,..

    छोरा खेलाउन फुर्सद छैन मन्त्री मगरलाई..., सुनाइन् पति वियोगको पिडा र निर्वाचनमा होमिँदाको अवस्था !

    बिहिवार, पौष १९, २०७५ साल
    काठमाडौँ, १९ पुस  बालकुमारीमा स्थापना हुने फोहर पानी प्रशोधन केन्द्रको शिलान्यासको तयारीको कुरा चलिरहेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीबाट बिहिबार शिलान्यास हुने सो कार्यक्रमबारे बुधबार आफ्ना सचिवालयका कर्मचारीलाई निम्तोपत्र के कति पुग्यो भनेर खानेपानी तथा सरसफाइमन्त्री बीना मगरले सोध्दै गर्दा छोरा प्रणव दाहाल मन्त्रीको कुर्सी नजिकको बिजुलीको ‘प्लग’ चलाउन पुगे ।  कार्यकक्षमा रहेका एक आगन्तुकले “मन्त्रीज्यू, बाबुलाई करेन्ट लाग्ला...” भनेपछि मन्त्री..

    जाडो मौसम नभनीकनै माइनस ९ डिग्रीमा सुरक्षा गस्ती गर्दै सिमकोटमा नेपाल प्रहरी

    बुधबार, पौष १८, २०७५ साल
    हुम्ला, १८ पुस  सदरमुकाम सिमकोटमा नेपाल प्रहरीको बजार गस्तीले रातिको समयमा माइनसमा पुग्दासमेत सुरक्षा दिँदै आएको छ । हुम्ला सदरमुकाम सिमकोटको तापक्रम माइनस नौ डिग्रीमा पुगेको छ ।  आफ्नो जिम्मेवारी पूरा गर्दै चिसो नभनेर बाक्ला कपडा, टोपी, हाते पञ्जा, गलबन्दी भिरेर पनि सिमकोट बजारमा अनैतिक घटना हुन नदिन नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले दुई दुई घण्टाको अवधिमा सुरक्षा दिँदै आएको राति..

    घरबास सञ्चालनका लागि कस्सिए स्थानीयवासी, ग्रामीण पर्यटन प्रवद्र्धन गर्ने मुख्य उद्देश्य

    सोमबार, पौष १६, २०७५ साल
    दमौली, १६ पुस तनहुँको भिमाद नगरपालिका–९ स्थित पाथर्दीमा घरबास सञ्चालनका लागि स्थानीयवासी जुटेका छन् । घरबासमार्फत् ग्रामीण पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित यहाँका स्थानीय घरबास सञ्चालनका लागि जुटेका हुन् । यस ठाउँका १० घरमा फागुनभित्र घरबास सञ्चालन गर्ने लक्ष्य राखिएको स्थानीय शिवकुमार आलेले जानकारी दिनुभयो ।  घरबास सञ्चालनका लागि नगरपालिकाले स्थानीयवासीलाई तालीमको आयोजना समेत गरेको छ । आइतबारबाट शुरु भएको घरबास व्यवस्थापन तालीम..

    बोरिङबाट खानेपानी पाएपछि स्थानीयवासी हर्षित, पाइपलाइनबाट वितरण गर्ने योजना

    शुक्रबार, पौष १३, २०७५ साल
    फिदिम, १२ पुस  खानेपानीको अभाव रहेको पाँचथरको यासोकमा डिप बोरिङ प्रविधिबाट खानेपानी निकालिएको छ ।  कुम्मायक गाउँपालिका केन्द्रसमेत रहेको यासोक बजार छेउको उत्तिसे भन्ने स्थानबाट खानेपानी बिहीबारबाट निकाल्न थालिएको हो । सो क्षेत्रमा खानेपानी समस्या तत्कालीन रुपमा समाधान गर्ने उद्देश्यले प्रदेश नम्बर नं १ सरकारले विनियोजन गरेको रु एक करोड बजेटबाट कुम्मायक गाउँपालिका–४ उत्तिसे र वडा नं ५ निगालेमा डिप बोरिङ प्रविधिबाट..

    सामाजिक विकृतिविरुद्ध ताराखोला गाउँपालिकाको अभियान, सभ्य र न्यायपूर्ण समाज निर्माण गर्ने उद्देश्य

    बुधबार, पौष ११, २०७५ साल
    बागलुङ, ११ पुस  ताराखोला गाउँपालिकाले सामाजिक विकृतिविरुद्ध अभियान थालेको छ ।  विकृति हटाएर सभ्य र न्यायपूर्ण समाज निर्माण गर्ने अभियानको उद्देश्य छ । सामाजिक विकृति नियन्त्रण तथा न्यूनीकरणको नीति गाउँसभाबाटै बनेको थियो । पहिलो चरणमा जनजागरणका कार्यक्रम सञ्चालन गरिने गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले बताउनुभयो । उहाँले भन्नुभयो, “ व्यापक बहस र सबै पक्षको सुझाव लिएर कार्यविधि बनाउँछौँ ।” कार्यविधिलाई कानूनकै रुप दिएर..

    पेशा नै सङ्कटमा परेपछि बोटे जाति रनभुल्ल, अपनाउंदै वैकल्पिक पेशा !!

    मंगलवार, पौष १०, २०७५ साल
    दमौली, १० पुस तनहुँको व्यास नगरपालिका–१० बोटेटारका स्थानीय बोटे जातिको पेशा सङ्कटमा पर्दै गएको छ । नदीको पानीलाई जीविकोपार्जनको प्रमुख माध्यमका रूपमा प्रयोग गर्दै आएका बोटे जाति अहिले पेशा नै सङ्कटमा परेपछि रनभुल्ल अवस्थामा छ ।  समयको विकास क्रमअनुसार नदीमा पुल बनेपछि यो जातिले डुङ्गा चलाउने पेशाबाट अलग्गिनुप¥यो । सुन छान्ने काममा लाग्ने समय र त्यसबाट प्राप्त हुने प्रतिफलबीच निकै अन्तर पर्न..

    वाह ! त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल नयाँ 'लुक्स'मा, भुइँमा कार्पेट, भित्तामा काष्ठकला !

    सोमबार, पौष ९, २०७५ साल
    काठमाडौँ, ९ पुस  जहाजबाट ओर्लेपछि आगमनतर्फ लम्किँदै गर्दा टर्मिनल छिर्ने ढोकैनेर ठूलो अक्षरमा ‘वेलकम टु नेपाल’ लेखिएको छ जसलाई नेपालको कला, संस्कृति झल्कने कागजको फ्रेमले सजाइएको छ । त्यसको ठीक पछाडी गरुडले नमस्ते गरेको मूर्ति देख्न सकिन्छ । सँगै चारवटा गाग्राको घडा राखेर सजाइएको छ । सन् २०२० को नेपाल भ्रमण वर्ष चिनाउनका लागि बनाइएको ‘सेल्फी प्वाइन्ट’ जुन विदेशी पाहुना (पर्यटक)..

    रैथाने सीप र स्थानीय निर्माण सामग्रीको प्रयोग गरी बनाइने परम्परागत बाजा लोप हुँदै

    आईतवार, पौष ८, २०७५ साल
    गलेश्वर ८ पुस  रैथाने सीप र स्थानीय निर्माण सामग्रीको प्रयोग गरी बनाइने पराम्परागत नेपाली बाजाहरु लोप हुँदै गएपछि म्याग्दीको लोक संस्कृति सङ्कटमा पर्न थालेको छ ।  नयाँ पुस्ता पश्चिमा गीत सङ्गीतको प्रभावमा पर्नु र पुरानो पुस्ताले ज्ञान हस्तान्तरण गर्न नसक्नु जस्ता कारणले रैथाने सीप र स्थानीय निर्माण सामग्री प्रयोग गरी बनाइने मादल, मुरली, बाँसुरी, खैंजडी, डम्फू, मौरीबाजा, सारङ्गी, पियानोजस्ता बाजाहरु लोप हुँदै..

    द्वन्द्वपीडित महिलाको मागः यातनापीडित र यौनजन्यपीडितलाई समेट्नुपर्ने

    शनिबार, पौष ७, २०७५ साल
    काठमाडौँ, ७ पुस द्वन्द्व प्रभावित महिलाको राष्ट्रिय भेलाले द्वन्द्वपीडितले न्याय नपाएको विषयमा अविलम्ब छानबिन प्रक्रिया शुरु गर्नुपर्नेलगायत १२ बँुदे घोषणापत्र जारी गरेको छ ।  मानवअधिकारका लागि महिला, एकल महिला समूहको आयोजनामा यही पुस ४ र ५ गते सम्पन्न भेलाले द्वन्द्वपीडितको परिभाषाभित्र यातनापीडित तथा यौनजन्य हिंसाका पीडितको परिभाषा गरिनुपर्नेमा पनि जोड दिएको छ ।  त्यसैगरी विस्तृत शान्ति सम्झौतापछि पनि द्वन्द्वकै प्रभावबाट पीडित भएका महिलाका..

    जुक्ति होस् त् यस्तो ! अन्धविश्वास हटाउन धामीझाँक्री र पुरोहितलाई नै अभियानकर्मी बनाइयो

    शुक्रबार, पौष ६, २०७५ साल
    दार्चुला, ६ पुस  सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले सुदूरपश्चिम प्रदेशभर कुरीतिविरुद्ध स्थानीय धामीझाँक्री र पुरोहितलाई अभियानकर्मीका रुपमा अगाडि बढाउने भएको छ ।  सूदूरपश्चिम प्रदेशमा वर्षौँदेखि जारो गाडेर रहेको कुप्रथा तथा कुसंस्कार हटाउन उक्त मन्त्रालयले नौ वटै जिल्लामा पुगेर स्थानीय धामीझाँक्री र अन्तरक्रिया थालनी गरेको हो । लैङ्गिक हिंसाको वर्तमान अवस्था र न्यूनीकरणका लागि विद्यमान कानूनी प्रक्रियानबारे जानकारी गराउने र अहिलेसम्म चलिआएका अन्धविश्वास,..

    समयको सदुपयोग होस् त यस्तो ! कैदीले कारागारलाई घरेलु उद्योगजस्तै बनाएपछि ...

    बिहिवार, पौष ५, २०७५ साल
    चितवन, ५ पुस आपराधिक गतिविधिमा संलग्न भइ कैद सजाय भोग्दै आएका यहाँका कैदीले कारागारलाई घरेलु उद्योगजस्तै बनाएका छन् । लामो समय कैद भुक्तान गरिरहेका र पारिवारिक अवस्था कमजोर भएका अधिकांश कैदी हस्तकलाका सामग्री बनाउन व्यस्त देखिन्छन् ।  कारागारभित्र कैदीले बाँस काट्दै गरेका, डोरी तान्दै गरेका र मुढा बुन्दै गरेको देख्न सकिन्छ । यस्तै सिलाइकटाइ, सुनचाँदीको गहना, झोला र टोपी निर्माण तथा बत्ती..

    दानकै भरमा बन्दैछ भूमिगत सङ्ग्रहालय, मासिक १ लाख पर्यटक भित्र्याउने लक्ष्य

    बुधबार, पौष ४, २०७५ साल
    बलेवा, ४ पुस दान र चन्दाकै भरमा करोडौँ रुपैयाँका संरचना बनाउने निकै कठिन काम हो । बागलुङको कुँडुले फेदीमा भने सहयोगकै भरमा झण्डै रु छ करोडको लागतमा संरचना बन्दै छ । कुडुलेफेदीमा निर्माण गर्न लागिएको भूमिगत शालिग्राम सङ्ग्राहलय दानकै भरमा निर्माण सम्पन्न हुने चरणमा छ ।  ऋषि प्रपन्नाचार्यको पहलमा निर्माण थालिएको शालिग्राम सङ्ग्राहलयको काम जोगीले कमण्डल थापेकै भरमा निर्माण भइरहेको छ ।..

    बच्चा जन्मिएपछि काम छाड्न बाध्य बनाईने 'सिस्टमले' जन्मदर बढाउन दक्षिण कोरिया सरकारमाथि चुनौती

    मंगलवार, पौष ३, २०७५ साल
    सियोल, ३ पुस  दक्षिण कोरियाको राजधानी सियोलको एक औषधि उत्पादक कम्पनीमा मार्केटिङको काम शुरु गर्नुअघि आश्ले पार्कको कलेजको पढाइ निकै राम्रो थियो । अङ्ग्रेजी भाषामा राम्रो दख्खल थियो, र साथीहरुसँगको सम्बन्ध औधी राम्रो थियो । पढाइ सकिएलगत्तै उनले जागिर पनि पाइन् । तर, जसै उनी गर्भवती भइन् कम्पनीले उनको निजी जीवनका यी विविध आयामका बारेमा बिल्कुलै चासो दिएन ।  कम्पनीमा काम गर्न..

    युवादेखि वृद्धसम्म सबै पुरुष धन कमाउन भारत गएपछि महिला मात्र भेटिने यो 'गाउँ' ...

    सोमबार, पौष २, २०७५ साल
    सिञ्जा, २ पुस यतिबेला जुम्ला सिञ्जा क्षेत्रका पुरुष धन कमाउन भारत जाने गरेका छन् । पुरुष सबै भारततिर गएपछि गाउँ महिलामय भएको छ ।  जुम्लाका अधिकांश गाउँमा अहिले महिला तथा वृद्धवृद्वा मात्रै भेटिन्छन् । त्यसमध्येको एक प्रतिनिधि गाउँ हो यहाँको कोइरेली गाउँ । कोइरेली गाउँमा युवादेखि वृद्धसम्म सबै पुरुष धन कमाउन कालापहाड ‘भारत’ गएपछि महिलाले मात्र गाउँ कुरिरहेका छन् ।  कोइरेली गाउँका हरेक..
    Results 288: You are at page 5 of 10
    First Prev 1 2 3 4 5 6 7 8 9 10 Next Last
    Weather Forecast