आईतवार, भाद्र ८, २०७६

    लेख/संवाद

    किन ‘जस्ट स्लो मोशन’ मा राजधानीका मेयर विद्यासुन्दर शाक्य ?

    बिहिवार, बैशाख १९, २०७६ साल
    काठमाडौं, १९ बैशाख । नेपालमा झण्डै २ दशकपछि गत २०७४ साल जेठमा भएको स्थानीय तह निर्वाचनमा ४ महानगरपालिका, १३ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिकाले जनप्रतिनिधि पाए । त्यसबेला जम्मा तीन  चरणमा चुनाव भयो ।  बैशाख ३१, असार १४ र  असोज २ मा गरेर निर्वाचन सम्पन्न गरिएको थियो  ।  नेपालको संविधान २०७२ लागू भए पश्चात सम्पन्न भएको उक्त पहिलो स्थानीय तहको निर्वाचन..

    झमक घिमिरेको झल्को दिने यी युवक, खुट्टाले बनाउँछन् भिडियो

    बिहिवार, बैशाख १९, २०७६ साल
    रामपुर, १९ वैशाख नेपाली साहित्यमा राम्रो छवि बनाउनुभएका साहित्यकार झमककुमारी घिमिरेको झल्को दिँदै यहाँ एक युवक चम्किएका  छन् । उमेरले २० वर्ष पुगेका पाल्पा रामपुर नगरपालिका वडा नम्बर १ बर्दाकोटका यमबहादुर खाम्चा अहिले पनि न त राम्रोसँग बोल्न, हातको सहायतामा काम गर्न न त  हिँड्न नै सक्नुहुन्छ ।  राम्चामा भएको लगनशीलता, मेहनेत र क्षमता भने अचम्मको छ ।  बाह्र वर्षसम्म ओछ्यानबाट उठ्न ..

    सिकलसेल एनिमिया चुनौतीका रुपमा देखा पर्दै

    बिहिवार, बैशाख १९, २०७६ साल
    कञ्चनपुर, १९ वैशाख । कञ्चनपुरको कालागौडीका बृजलाल चौधरी झारफुकका लागि पुग्ने व्यक्तिहरुलाई उपचारका लागि अस्पताल जान सल्लाह दिन्छन् । चौधरी गाउँका गुरुवा हुन् । गुरुवाले भविष्यमा हुने घटना टार्न तान्त्रिक विधि अपनाउने  गर्छन् ।  भूत लागेका र रोगबाट सङ्क्रमण भएका व्यक्तिहरु उनीकहाँ दैनिक पुग्ने गर्दछन् । “उपचारका लागि पुग्नेहरुलाई रोगको लक्षणका आधारमा अस्पताल गएर स्वास्थ्य जाँच गराउन सल्लाह दिँदै आएको छु,”..

    ​‘न न्यूनतम तलब, न त सामाजिक सुरक्षा कोषको प्रत्याभूति’

    बुधबार, बैशाख १८, २०७६ साल
    दुल्लु, १८ वैशाख । सेतै फुलेका कपाल, हाडछाला मात्र देखिने चाउरिएका अनुहार, वर्षौदेखि ढुङ्गा माटोमा काम गर्दा गर्दै कालै भएका हातखुट्टा  बस्यो उठ्न गाह्रो, उठ्यो बस्न गाह्रो, बोल्नै पनि धौ धौ तर पनि उनलाई दैनिक ज्यालादारीमा काम गर्न भने छुटेको छैन । उमेरले ६० काटेका दैलेख नारायण नगरपालिका–७ का खड्कबहादुर मल्लले बागबानी अनुसन्धान केन्द्र दैलेखमा मजदूरी गर्न लागेको तीन दशक बित्यो ।..

    विगत १० वर्षदेखि स्वास्थ्य उपकरण प्रयोग भएनन्

    बुधबार, बैशाख १८, २०७६ साल
    कनकाई, १८ वैशाख  । विगत १० वर्षदेखि कनकाई नगरपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्रको एक्सरे र अन्य स्वास्थ्य उपकरण प्रयोगमा आउनसकेका छैनन् । आमनागरिकको सेवाका लागि सरकारबाट अनुदान प्राप्त ती उपकरण प्रयोगमा आउन नसक्दा  बिरामीको स्वास्थ्य परीक्षण हुन सकेको छैन ।     स्वास्थ्य केन्द्रमा अत्यावश्यक भएको ठहर गरी स्वास्थ्य बीमाले एक वर्ष अघि दिएको अर्को एक्सरे मेसिनसमेत गोदाममा थन्किएको छ । केही दिन अघि मात्र..

    के भन्दैछन् यी शालिक ? हामी आफै मजदुर, आफै मालिक !

    बुधबार, बैशाख १८, २०७६ साल
    काठमाडौं, १८ बैशाख ।  १ मे १८८६ मा अमेरिकाको शिकागोबाट सुरु भएको मजदुरहरुको आन्दोलनको प्रतिफल स्वरुप विश्वभर नै मनाउन सुरु गरिएको मे १ दिवस फेरि आज पनि मनाईंदैछ । आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासहित शुरु भएको मजदुर आन्दोलनको सम्झनामा आज विश्वभर १२९औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै गरेको हो ।    सिकागोमा के भएको थियो ? १ मे १८८६..

    महिला र पुरुष : संविधानमा समान, ज्यालामा चरम विभेद किन सरकार ?

    सोमबार, बैशाख १६, २०७६ साल
    काठमाडौँ, १६ वैशाख नेपालको संविधानले महिला र पुरुषलाई समान हैसियत प्रदान गरेको छ । जनसङ्ख्याका आधारमा हेर्ने हो भने पनि पुरुषको तुलनामा महिलाको सङ्ख्या नै बढी रहेको छ । तर तलब तथा ज्यालामा भने महिला र पुरुषको बीचमा ठूलो खाडल रहेको पाइएको छ ।  केन्द्रीय तथ्याङ्क विभागले हालै सार्वजनिक गरेको ‘ नेपाल श्रमशक्ति सर्वेक्षण, २०७४-७५ को नतिजामा’ उल्लेख गरिएअनुसार महिला र पुरुषबीचको..

    कुरुप बन्दै नारायणी नदी : यसरी बनाऔँ सुन्दर, सफा र स्वच्छ !

    शुक्रबार, बैशाख १३, २०७६ साल
    नवलपुर, १३ वैशाख धार्मिक, साँस्कृतिक, सामाजिक तथा प्राकृतिक हिसाबले निकै महत्त्वपूर्ण मानिएको नारायणी नदी चितवन, पुर्वी नवलपरासी तथा तनहुँको सिमानामा पर्ने प्रसिद्ध धार्मिक स्थल देबघाटधाममा साना ठुला नदीहरु मिली बनेको एक नदी हो नारायणी नदी । देबघाटधाम देखि पश्चिम नवलपरासीको त्रिवेणी सम्मको भागलाई मुख्यतया नारायणी नदी भन्ने गरिएको छ ।  धार्मिक तथा साँस्कृतिक तरबले नदीलाई निकै महत्त्वपूर्ण रुपमा लिने गरिएको छ ।..

    लोकतन्त्र ल्याउदा घाइते भएका मुकेश अझै अर्धचेत !

    बुधबार, बैशाख ११, २०७६ साल
    बनेपा, ११ वैशाख । जनआन्दोलन विसं २०६२-६३ को क्रममा घाइते भएका काभ्रेपलाञ्चोकको बनेपाका मुकेश कायस्थ अझै पनि अर्धचेत अवस्थामा नै रहेका छन् । जनताको बलमा स्थापना भएको लोकतान्त्रिक गणतन्त्र स्थापना भएर सङ्घीयताको मूल मर्मअनुसार तीन तहको सरकार गठन भएर सेवा प्रवाह भइरहेको अवस्थामा लोकतन्त्र स्थापना गर्न आन्दोलनमा होकिएका जनआन्दोलनका घाइतेको अवस्था भने उस्तै रहेको जनआन्दोलनका घाइते मुकेशका आमा मिरा कायस्थले बताउनुभयो । विसं..

    “छोरी र बुहारीलाई छाउ गोठको पीडा भोग्न दिन्न”

    मंगलवार, बैशाख १०, २०७६ साल
    अछाम, १० वैशाख  छाउपडी प्रथा अन्त्यका लागि हुने विभिन्न गोष्ठी, छलफल र अन्तक्र्रियामा यसको मुख्य कारक वृद्धवृद्धा र धामीझाँक्रीलाई मान्ने गरिन्छ ।  परम्परागत सोच, धामीझाँक्री र देवता रिसाउने भन्ने मान्यताकै कारण छाउप्रथाले समाजमा विकराल रुप लिएको हो । यसरी समाजमा देखिएको छाउप्रथा अन्त्यका लागि साँफेबगर नगरपालिका–६ भागेश्वरका एक महिलाले यस विरुद्ध अभियान सञ्चालन गरेको छ । छाउप्रथा विरुद्धको अभियानमा सक्रियतापूर्वक लाग्नुभएका ७१..

    सन्दर्भ विश्व पुस्तक दिवस : अझै बनेन पुस्तक नीति

    सोमबार, बैशाख ९, २०७६ साल
    काठमाडौँ, ९ वैशाख ‘पुरानो कोट लगाउ, नयाँ पुस्तक किन’– हेनरी डेभिड थोरो । पुस्तकको महत्वलाई राम्ररी बुझेका राजनीतिक विचारक थोरोको उक्त भनाइलाई अहिले पनि धेरैले आत्मसात् गर्ने गरेका छन् ।  विश्वमा पुस्तक पढ्ने संस्कृति बढ्दै गएको छ र प्रकाशन गर्ने संस्थाहरुले पनि वर्षमा लाखौँ पुस्तक प्रकाशित गर्ने गरेका छन् । नेपालमा अहिलेसम्म पुस्तक प्रकाशनसम्बन्धी नीति बन्न सकेको छैन । नेपालमा अहिलेसम्म पुस्तक प्रकाशनसम्बन्धी..

    “हामीलाई छोरो चाहिएको थियो, मेसिनले हेर्यौँ, चेली रैछ, फालेर आयौँ”

    आईतवार, बैशाख ८, २०७६ साल
    डोटी, ८ वैशाख  जिल्लाको दिपायल सिलगढी नगरपालिका– ४ गैराकी २५ वर्षीया कालु विकले दुई छोरी पाएपछि अर्की पनि छोरी हुने डरले भारतको पलिया शहरमा गएर हालै गर्भपतन गराएर फर्किनुभयो । दुई छोरी पाइसक्नुभएकी कालुले अर्को सन्तान पनि छोरी हुने डरले गर्भपतन गराएको बताउनुभयो ।  “हामीलाई छोरो चाहिएको थियो, पलिया गएर मेसिनले हे¥यौँ, चेली रैछ, फालेर आयौँ”, उहाँले भन्नुभयो । स्वास्थ्य परीक्षण गर्न..

    लेखिँदै जुम्ली खस शब्दकोश

    शुक्रबार, बैशाख ६, २०७६ साल
    खलङ्गा, ६ वैशाख  ।   कर्णाली प्रदेशको प्रमुख केन्द्र जुम्लाको सिञ्जालाई नेपाली खस भाषाको उद्गमस्थल मानिन्छ । यहाँबाट शुरु भएको खस भाषा अहिलेको नेपाली भाषाका रूपमा बोलिँदै आएको छ । जुम्लालगायत कर्णाली क्षेत्रमा बालबालिकादेखि बूढापाकासम्मले खस भाषा बोल्ने गर्छन्  तर युवा पुस्तामा खस भाषाको आकर्षण देखिँदैन ।   जुम्लामा पनि विभिन्न स्थानमा फरक शैलीमा खस भाषा बोलिन्छ । चार दरा रहेको जुम्लामा सिञ्जा दरामा..

    प्रवद्र्धनको पर्खाइमा गडहरे गुफा, प्रवेश द्वार छ तर, अन्त्य छैन !

    बिहिवार, बैशाख ५, २०७६ साल
    पोखरा, ५ वैशाख    ऐतिहासिक, धार्मिक एवं पुरातात्विक महत्व बोकेको गडहरे गुफा यतिखेर प्रवद्र्धनको पर्खाइमा रहेको छ । स्याङजा जिल्लाको भीरकोट नगरपालिका वडा नं ९ ठूली भञ्ज्याङमा जमीनको सतहबाट लगभग १०० मिटरको गहिराइमा रहेको यो गुफाको प्रवेश द्वार छ तर, अन्त्य कहाँ हुन्छ भन्ने अझै पत्ता लागेको छैन ।   तीन दशक अघि चर्दैै गरेको एउटा गाई अचानक खोलामा खसेपछि उद्धारका लागि गाउँले प्वालबाट..

    ‘हेर्दाहेर्दै साथीलाई विमानले किच्यो, मैले नयाँ जीवन पाएँ’

    सोमबार, बैशाख २, २०७६ साल
    सोलुखुम्बु, २ वैशाख नयाँ वर्ष २०७६ को पहिलो दिन वैशाख १ गते बिहानैदेखि अधिकांशको मोबाइलमा शुभकामना आदनप्रदानको कार्यक्रम चलिरहेको थियो, तर त्यही बेला पर्यटकीय क्षेत्र लुक्लामा समिट एयरको बिमान दुर्घटको खबरले अधिकांश दुखित भए । पर्यटक आउने याम भएकाले तेञ्जिङ हिलारी विमानस्थल लुक्ला यति बेला निक्कै व्यस्त रहन्छ । आइतबार पनि बिहानैदेखि उडान तथा अवतरण चलिरहेका बेला ९.२० मा समिट एयरको ९..

    जाजरकोटको विकट बस्तीका नागरिक वर्षौंदेखि तुइनकै भरमा

    सोमबार, बैशाख २, २०७६ साल
    जाजरकोट २ वैशाख   दुर्गम पहाडी जिल्ला जाजरकोटको विकट बस्तीमा अहिले पनि तुइनमा झुन्डिएर स्थानीयले नदी वारपार गर्नुपर्ने बाध्यता रहेको छ ।   नलगाड नगरपालिका–१ ठुलाबगरकी ४१ वर्षीया हस्तकला घर्ती घरबाट दैनिक तरकारी बिक्री गर्न रिम्नाबजार जानुहुन्छ । तुइनमा झुण्डिएर जाँदा यहाँलाई बाँचिन्छ, कि बाँचिदैन, भन्दै मनमा डरले सातो जाने गरेको छ । बजार जानलाई सहज बाटो छैन । त्यस्तै गरी सोही ठाउँकी गोलाबी..

    ‘के भनौँ र खै तिमी हाँस है, मै बसौँला रोई’

    शनिबार, चैत्र ३०, २०७५ साल
    भक्तपुर, ३० चैत “के भनाँै र खै तिमी हाँस है, मै बसौँला रोई”, भक्तपुरको नापी कार्यालयमा शुक्रबार अनुगमनमा पुग्नुभएकी भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले यो गीतको टुक्का भनेर कर्मचारीहरुप्रति व्यङ्ग्य गर्नुभयो ।  नापी कार्यालय भक्तपुरले सञ्चालनमा ल्याएको असहाय तथा ज्येष्ठ नागरिक र स्तनपान कक्षको सेवाको उद्घाटन गर्दै उहाँले मालपोत, नापी र भूमि सुधार कार्यालयमा हुने व्यापक भ्रष्टाचारले गीतमा भने..

    तराई–मधेशमा गर्मीको जोखिम शीतलहरको तुलनामा उच्च

    सोमबार, चैत्र २५, २०७५ साल
    काठमाडौँ, २५ चैत विशेषगरी तराई–मधेशमा गर्मीको जोखिम शीतलहरको तुलनामा उच्च हुँदै गएको छ । गर्मीका कारण नै गत केही दिनअघि पर्सा र वारा जिल्लाका केही स्थानमा हावाहुरीले अकल्पनीय क्षति पुगेको नेपालमा पहिलो पटक सम्पन्न ‘नेपालमा तातो हावा ९लु० र त्यसले स्वास्थ्यमा पार्नसक्ने प्रतिकूल प्रभाव’ विषयको अध्ययनले देखाएको छ । विश्व स्वास्थ्य सङ्गठनको आर्थिक एवं प्राविधिक सहयोगमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले आज यहाँ..

    हावाहुरीपीडितको घाउमा मल्हम लगाउँदै पहाडिया ठिटो

    आईतवार, चैत्र २४, २०७५ साल
    गलेश्वर, २४ चैत  यही चैत १७ गते साँझको हावाहुरीबाट सबैभन्दा बढी प्रभावित भएको बाराको फेटा गाउँपालिका–१ भलुहिभर्वोलियमा छ दिनसम्म निरन्तररूपमा उद्धार र राहत कार्यमा खटेर शनिबार अनेरास्ववियुका केन्द्रीय सदस्य प्रकाश पौडेल फर्किनुभएको छ । विपत्ति र विनाशविरुद्ध लड्न नै जन्मिएका हुन् कि जस्तो लाग्ने म्याग्दीका युवा पौडेल विसं २०७२ को विनाशकारी महाभूकम्पदेखि देशका विभिन्न जिल्लामा भएका प्राकृतिक प्रकोप र विपत्तिका बेला सम्बन्धित..

    कालो बादल देखेपछि तर्सिए हावाहुरीपीडित, यसो भन्छन् स्थानीय !

    शनिबार, चैत्र २३, २०७५ साल
    वीरगञ्ज, २३ चैत  इजहार मियाँ आकाशतिर हेर्छन्, आकाशमा कालो बादल लागेको छ र मेघगर्जनको सम्भावना देखेपछि फेरि कुनै अनिष्ट हुने सङ्केतले उनको जीउ सिरिङ्ग हुन्छन् र मनभित्र भय, त्रासका कारण शङ्काउपशङ्का उब्जन थाल्छ ।  “आइतबार साँझ शुरुमा आकाशमा यस्तै कालो बादल लागेको थियो । केही समयको अन्तरालमा आएको विनाशकारी हावाहुरीले विनाशलिला देखाएर श्रीमती, बुहारी र दुई नातिको ज्यान लिएर गएपछि फेरि मौसममा..

    प्रधानाध्यापक नै विभेदको शिकार ! छुवाछूतलाई 'साँचीराखी' पदबाटै हटाइयो

    बिहिवार, चैत्र २१, २०७५ साल
    फिक्कल, इलाम, २१ चैत  मुलुकबाट छुवाछूत र जातीय विभेद अन्त्य भयो भनिए पनि वास्तवमै त्यो लागू हुन सकेको छैन । अझ लोकतान्त्रिक विधिबाट बनेको स्थानीय तहबाटै यस्तो विभेदपूर्ण व्यवहार हुनुले यो तथ्यलाई पुष्टि गर्छ ।  पदमा बहाल रहँदारहँदै इलाम नगरपालिकाले साङरुम्बा माविका प्रधानाध्यापक  मात्रिकाप्रसाद विश्वकर्मालाई पदबाट हटायो । यसबाट दुःखी बन्नुभएका विश्वकर्मा अदालत जानुभयो र फैसला उहाँकै पक्षमा आयो । इलाम नगरपालिकाको..

    शौखको रुपमा पालिने दाह्रीले लाग्न दिदैन यी प्राणघातक रोग

    बुधबार, चैत्र २०, २०७५ साल
    काठमाडौं, चैत २० ।  अधिकांश पुरुषहरूमा आफूलाई स्टाइलिस देखाउनका लागि शौखको रुपमादाह्री पाल्ने क्रेज बढिरहेको देखिन्छ । दाह्रीका छुट्टै फाइदा पनि छन् जो थाहा पाउन सकिरहेका छैनन् । हालै गरिएको एक अध्ययनले दाह्री पाल्दा धेरै प्राणघातक रोगबाट मुक्त हुन सकिने तथ्य सार्वजनिक गरेको छ । सूर्यबाट आउने परावैजनिक किरणलाई दाह्रीले सिधै अनुहारमा पर्न नदिई रोक्ने गर्दछ । त्यस्तो हानीकारक किरणलाई छेक्ने भएकाले..

    मृतक भनी दाहसंस्कार गरिएका सुवास जीवितै फर्किएपछि...’

    बुधबार, चैत्र २०, २०७५ साल
    काठमाडौँ, २० चैत ।   “मासु खान मन लागेको थियो, बुढाले विदेशबाट पैसा पठाइदिन्छु भन्नुभएको थियो । अनि रु १०० को रिचार्ज कार्ड लिएर बुढालाई फोन गर्नुप¥यो, सन्चो बिसन्चो के छ सोध्नुप¥यो, मासु पनि लिएर आउँछु, रिचार्ज पनि लिएर आउँछु ।” यही कल्पना गर्दै मोरङकी सन्तोषी तामाङ साइकल लिएर दोकान जाँदै थिइन्, त्यतिबेलै उनलाई साइँला देवरले फोन गरेर भने, “दाजुको पनि दुर्घटना..

    'गिरिजाप्रसाद तथा मदन भण्डारी पुरस्कार' श्रेष्ठ, घिमिरे र जोशीलाई

    आईतवार, चैत्र १७, २०७५ साल
    काठमाडौँ, १७ चैत प्रधानमन्त्री केपी शर्मा ओलीले रिपोर्टर्स क्लबद्वारा स्थापित विभिन्न पुरस्कार आज यहाँ आयोजित कार्यक्रममा प्रदान गर्नुभएको छ । यस वर्षको ‘गिरिजाप्रसाद कोइराला स्मृति पत्रकारिता पुरस्कार’ ‘नेपाल समाचारपत्र’ दैनिकका प्रधान सम्पादक एवं प्रकाशक पुष्करलाल श्रेष्ठलाई प्रदान गरिएको छ । सो पुरस्कारको राशि रु एक लाख सहित प्रमाणपत्र छ । प्रधानसम्पादक श्रेष्ठ अस्वस्थ्य हुनुभएकाले सो पुरस्कार सो पत्रिकाका कार्यकारी सम्पादक दीपक..

    सीप र ज्ञान सिक्ने थलो बन्दै कारागार

    आईतवार, चैत्र १७, २०७५ साल
    जाजरकोट, १७ चैत कारागारमा जेल जीवन बिताइरहेका दर्जनाँै कैदीबन्दी किताब पढ्दै र उद्यम गरी राम्रो कमाइ गर्न थालेका छन् । विभिन्न अभियोगमा जेल जीवन बिताउँदै आएका कैदीबन्दी अहिले कारागारभित्र सीप सिकेर आर्यआर्जनमा व्यस्त रहेका छन् । उनीहरु साथीसँग रमाइरमाई विभिन्न घरेलु वस्तु निर्माण गर्नुका साथै बजारीकरणका लागि चिन्तित हुने गरेका छन् ।  क्षमताअनुसारको सीप सिकेर अहिले कारागारभित्र कमाई गरिरहेको कैदीबन्दी दीर्घबहादुर नेपालीले..

    वैदेशिक रोजगारीः नेपालभित्रै हुने ठगीका उजूरी बढी

    शुक्रबार, चैत्र १५, २०७५ साल
    काठमाडौँ, १५ चैत वैदेशिक रोजगारीका नाममा नेपालभित्रै हुने ठगीका मुद्दा बढी पर्ने गरेको देखिएको छ । नागरिक अधिकारका लागि जनमञ्च (पिपुल फोरम) को चार महिनाको तथ्याङ्कानुसार गत मङ्सिरदेखि फागुनसम्म मात्र ५६ प्रतिशत वैदेशिक रोजगार ठगीका मुद्दा नेपालभित्रै भएको ठगीअन्तर्गत दर्ता भएका छन् ।  त्यसैगरी टर्कीमा भएको ठगी दोस्रो नम्बरमा छ । टर्कीका १८ प्रतिशत ठगीका मुद्दा दर्ता भएका छन् भने तेस्रो नम्बरमा..

    बागमतीमा माछा पाउन छाडेपछि रहनसहन मै परिवर्तन

    बिहिवार, चैत्र १४, २०७५ साल
    हेटौँडा , १४ चैत माछा लिनुस्, माछा ! बागमतीको माछा ! आफूलाई फापरबारीको बताउने एक व्यक्ति हेटौँडाको महोत्सव परिसरमा सिलमा उनेको माछा बेच्दै थिए । “साँच्चै बागमती कै हो ?,” एक महिलाले शङ्का व्यक्त गरिन् । कसम खान नपर्ने अवस्था बनाउँदै व्यापारीले चलाखी गरे – “बागमतीकै हो । बागमती त सुकेको गुलाफ जस्तै भयो । सधैं लटरम्म फुल्ने गुलाफ सुकेपछि कस्तो..

    'इच्छाशक्ति भए व्यावसायिक कृषिकर्म गर्न पैसाले छेक्दैन'

    बुधबार, चैत्र १३, २०७५ साल
    पोखरा, १३ चैत ‘के तपाई व्यावसायिक रुपमा कृषिकर्म गर्न चाहनुहुन्छ र पैसाको अभावमा चिन्तित हुनुहुन्छ ?’ यदि चिन्तित हुनुहुन्छ भने अब तपाईको चिन्ता हट्ने भएको छ ।  व्यावसायिक कृषिमा इच्छा भएर पनि पैसाको अभावमा समस्यामा पर्नेका लागि पोखरा महानगरपालिका–३३ मा क्रियाशील भरतपोखरी साना किसान कृषि सहकारी संस्था लिमिटेड बरदान सावित भएको छ ।  सहकारीमा गरिने सानो लगानीबाट अधिकतम फाइदा लिनसक्ने भएपछि यतिखेर यहाँका..

    घरवासका कारण रोजगारी वृद्धि र जैविक विविधताको संरक्षण

    मंगलवार, चैत्र १२, २०७५ साल
    भरतपुर, १२ चैत चितवन माडी नगरपालिका–८ शिवद्वारकी नरदेवी पुनलाई पछिल्लो समय घरबास (होमस्टे) मा आउने अतिथिको स्वागत, सत्कार र घरायसी काममा व्यस्तता बढेको छ । चितवन माडीस्थित अयोध्यापुरी मध्यवर्ती सामुदायिक घरवासमा आउने पर्यटकको सङ्ख्या वर्षेनी बढ्दै गएपछि उनको व्यस्तता पनि बढेको हो । सो घरवास २०७२ माघबाट शुरू भएको हो ।  बजारको कोलाहलपूर्ण वातावरणमा बसिरहेका मानिस यतिखेर माडीको घरवासमा शान्ति र आनन्द..

    इच्छाशक्ति भए ग्रामीण क्षेत्रमा बसेर गुणस्तरीय स्वास्थ्य सेवा गर्न सकिन्छ

    सोमबार, चैत्र ११, २०७५ साल
    काठमाडौँ, ११ चैत शल्यक्रिया नगरी जन्माइएको नवजात शिशुको बाँच्ने सम्भावना अत्यन्त न्यून थियो । एक दशमलव छ किलोग्राम तौल भएको उक्त शिशुको मुटुको धड्कन प्राय बन्द हुने अवस्थामा पुगेको थियो भने श्वासप्रश्वास पनि लिन सकिराखेको थिएन । झन्डै पाँच मिनेटपछि सुत्केरीले दोस्रो सन्तानको जन्म दिइन् । ती नवजात शिशुको अवस्था पनि पहिलोको सन्तान जस्तै दोहोरियो ।  दुबै नवजात शिशु छोरी थिए ।..
    Results 288: You are at page 3 of 10
    First Prev 1 2 3 4 5 6 7 8 9 10 Next Last
    Weather Forecast