लेख/संवाद
मंगलवार, आषाढ ३१, २०७६ साल

पोखरा, ३१ असार
सामान्यतः कुकुर घरको सुरक्षाका लागि पालिने जनावर हो । कतिपय मानिसमा घरको सुरक्षाबाहेक कुकुर पाल्ने अनौठो सौख पनि हुन्छ ।
कुकुरका विभिन्न प्रजातिमध्ये विशेषतः हिमाली भेगमा पाइने भोटे कुकुरले घरको सुरक्षामात्र नभई सयौँको बथान भेडाबाख्रालाई नियन्त्रण गर्छभन्दा जो कोहीलाई अनौठो लाग्न सक्छ । सयौँको सङ्ख्याका भेडाबाख्रालाई चराउन लैजानका लागि हिमाली क्षेत्रमा यो कुकुर वरदान नै सावित भएको छ ।
विश्वमा..
सोमबार, आषाढ ३०, २०७६ साल

काठमाडौँ, ३० असार
साता दिन पहिले मात्रै खुमलटारस्थित राष्ट्रिय विधिविज्ञान प्रयोगशालामा एक महिला आफ्नो २१ वर्षीय छोराको ‘डिएनए’ परीक्षणका लागि आइपुग्नुभयो । विवाह भएको १९ वर्षपछि र छोरा १८ वर्षको हुँदादेखि शुरु भएको तनावका कारण उहाँ अदालत हुँदै यहाँसम्म आइपुग्नुभएको थियो ।
वैदेशिक रोजगारीमा रहेका श्रीमान्ले स्वदेशमा बस्न थालेदेखि नै आफू र छोरालाई शङ्का गर्ने गरेको ती महिलाले बताउनुभयो । पटकपटकको झगडापछि..
आईतवार, आषाढ २९, २०७६ साल

काठमाडौँ, २९ असार
प्रत्येक वर्षायाममा कोसी बाँधको ५६ ढोका चर्चा र विवादको विषय बन्ने गरेको छ । यसपटक पनि नेपाल सरकारका केही निकायले अनौपचारिक रूपमा प्रचार गरे– कोसी ब्यारेजका ५६ वटै ढोका खोलियो ।
५६ ढोका खोलिएको यो समाचारप्रति कडा असहमति जनाउँछन्, सीमाविद् बुद्धिनारायण श्रेष्ठ । उनी भन्छन्, ‘ब्यारेजका ५६ ढोका कहिल्यै पनि खोलिँदैन । मुख्य कुरा के हो भने कोसी ब्यारेज..
शुक्रबार, आषाढ २७, २०७६ साल

काठमाडौँ, २७ असार ।
पहिलो पुस्ता आर्थिक पाटो बलियो बनाउनेतर्फ लाग्यो । त्यसपछि भाषा, संस्कृति जोगाउने अभियान चल्यो । अहिले राजनीतिक अधिकार खोज्ने अवस्था बनेको छ । हाल शेर्पा संघ अमेरिका अमेरिकी राजनीतिमा हस्तक्षेप गर्ने लक्ष्यका साथ क्रियाशील छ । संघका अध्यक्ष निमा शेर्पासँग अमेरिकास्थित गुम्देल ट्रष्टका अध्यक्ष सोनाम गेल्बु शेर्पाको समन्वयमा गरिएको कुराकानी ।
अमेरिकामा किदुङ हुँदाहुँदै शेर्पा संघको आवश्यकता किन..
बुधबार, आषाढ २५, २०७६ साल

काठमाडौँ, २५ असार
नेपाली भाषा, साहित्यको विकासमा आदिकवि भानुभक्त आचार्यको भूमिका अतुलनीय रहेको एक कार्यक्रमका वक्ताले बताएका छन् ।
उनीहरुले रामायणलाई नेपाली भाषामा अनुवाद गरेर आचार्यले नेपाली समाजको लोकसंस्कृतिको विकासको थालनी गरेको बताए ।
२०६औँ भानु जयन्तीका अवसरमा ‘भानुभक्तीय रचनाको सामाजिक पक्ष र नेपाली लोकजीवनमा रामायण संस्कृति’ विषयको गोष्ठीका वक्ताले भानुभक्तले लोकभाषामा अनुवाद गरेकै कारण रामायणका बारेमा सबैले बुझ्ने अवसर पाएको धारणा राखे..
बुधबार, आषाढ २५, २०७६ साल

घेराबन्दी, विरोध र भ्रमको तुवाँलो
यो कसैको व्यक्तिगत विरोध होइन । तर...दुई तिहाइ बहुमत नजिकको वर्तमान सरकारलाई सनातन गठबन्धन सरकारहरूभन्दा भिन्न हैसियत, भूमिका र स्थिरताका साथ संचालन गर्न र हुन किन कठीनाई परेको होला? जनताको मनमनमा प्रश्नहरू उठेका छन् ।
किनभने,
१. पूर्व एमालेकै कतिपय नेता र सांसदहरूद्वारा शृङ्खलाबद्ध र नियोजित रूपमा सरकारको बेइमानीपूर्ण आलोचना र भर्त्सना भएको छ । सत्तारूढ सांसदहरू नै..
आईतवार, आषाढ २२, २०७६ साल

बाँके, २२ असार
८ महिनादेखि भारततर्फ जडीबुटी निर्यात ठप्प छ । यसलाई खुलाउन जडीबुटी व्यवसायीहरुले मन्त्रीदेखि प्रधानमन्त्रीसम्मलाई भेटिसकेका छन् । त्यसको कुनै सुनुवाई भएको छैन ।
भारत निकासी ठप्प हुँदा व्यवसायीले सङ्कलन गरेका जडीबुटी गोदाममै थन्किएका छन् । नेपालमा प्रशोधन नहुने र भारत पनि निकासी नहुने भएपछि व्यवसायीले जडीबुटी सङ्कलन गर्न पनि छाडिसकेका छन् ।
मङ्सिरदेखिको जडीबुटी व्यवसायीको मागलाई सरकारले बेवास्ता गर्दैआएको व्यवसायीहरुको..
शनिबार, आषाढ २१, २०७६ साल

असार २१ ।
‘कि त जोत हलो कि त छाड थलो
होइन भने अब छैन भलो
अबता कोही छैन सानो, ठूलो’
वि. सं १९८३ मंसिर १० गते डडेल्धुराको कारीगाउँमा सरस्वती देवी पन्त र ताराकान्त पन्तका छोरा जन्मिए । तिनै छोराको नाम थियो भिमदत्त पन्त । अर्थात इतिहासले भूलिसकेका विद्रोही पात्र । सुदुर पश्चिमको नाम जस्तै इतिहासका पत्रबाट दुर पुर्याईएका एक क्रान्तिकारी ।
माथि उल्लेखित गीत..
शनिबार, आषाढ २१, २०७६ साल

काठमाडौँ, २१ असार ।
अभियोग १ : विद्युत् प्राधिकरणको नेतृत्वमा आएपछि लोडसेडिङ अन्त्य गरेर वाहवाही बटुल्नुभयो । बाँकी सुधारका काम केही गर्नुभएन, बरु अहिलेसम्म त्यसैको ब्याज खाइरहनुभएको छ । तपाईंका काममा कसैले प्रश्न उठाए तर्कले जवाफ दिनुभन्दा लोडसेडिङ अन्त्य गरेकै विषयलाई ढाल बनाउनुहुन्छ । हालै संसद्मा तपाईंको कार्यशैलीबारे सांसदहरूले प्रश्न उठाएपछि ‘मेराविरुद्ध घेराबन्दी भयो’ भनेर रुवाबासी गर्नुभयो, एलइडी खरिदमा प्राधिकरणमा अनियमितताको..
शुक्रबार, आषाढ २०, २०७६ साल

बाँके, २० असार
अंग्रेजले भारतमा शासन चलाएको बेला लखनउ विद्रोह दबाउन राणासँग सहयोग मागेका थिए । त्यस क्रममा आफैं लखनउ पुगेका तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले त्यहाँजस्तै गञ्ज (शहर) नेपालमा पनि बनाउने सपना देखे । विद्रोह असफल पार्न सहयोग मिलेपछि अंग्रेजले आफूले युद्धमा जितेको बाँके, बर्दिया, कैलाली र कञ्चनपुर नेपाललाई फिर्ता दिए ।
त्यसपछि बाँकेको समथर फाँट छानेर राणा शासकले नेपालगञ्ज बनाउने आदेश..
बुधबार, आषाढ १८, २०७६ साल
.jpg)
दाङ, १८ असार
असारको प्रचण्ड गर्मी । दाङको गढवा यसै पनि गर्मी हुने ठाउँ । वरपर गाउँका खेतबारी पनि खाली र उजाड नै छन् तर, केही पर पुगेपछि भने हरियाली भेटिन्छ रेशम खेतीको ।
गढवा गाउँपालिका वडा नं ४ हडैया गाउँ अहिले रेशम खेतीका कारण चिनिन थालेको छ । गाउँको करीव ६० विघा जमीनमा फैलिएको छ यो खेती । यसले हरियाली त..
मंगलवार, आषाढ १७, २०७६ साल

बेनी, १७ असार
गुर्जा हिमालबाट बग्दैआएको सितमखोलाको किनारमा तीन दर्जन मानिसहरु जम्मा भएका छन् । उनीहरु सबैको नजर खोलाको किनारबाट ठडिएको अग्लो पहाडतर्फ छ । करीब ५०० मिटर अग्लो पहाडमा एकजना पुरुष डोरीको भ¥याङको सहायताले पहाडको टुप्पोबाट तलतिर ओर्लंदै छन् । पहाडको टुप्पोमा केही युवक छन् । पहाडको टुप्पोबाट भिरतर्फ झर्दै गरेका ती पुरुष गुर्जाकै मह शिकारी अमृत छन्त्याल हुन् ।
पहाडकै..
सोमबार, आषाढ १६, २०७६ साल
.JPG)
लमजुङ, १६ असार
बेँसीशहर नगरपालिका–२ नरुवाल पाखाथोककी ९२ वर्षीया लक्ष्मी रानाले आफ्नो जीवनका धेरै वर्ष ढिकी कुटेर र जाँतो पिनेरै बिताइन् । ढिकीमा कुटेको रैथाने धानको चालमको भात, ढिकीमै कुटेको काउनोको चामल, जाँतोमा पिनेको मकैको भात र कोदोको ढिँडोले बालबच्चाको पेट भरिन् । ढिकीमा कुटिएका र जाँतोमा पिनिएका तिनै चिजबिज खाएरै उनको परिवारले जीवन निर्वाह गरे । उनै वृद्धा लक्ष्मीलाई ढिकीजाँतोमा..
आईतवार, आषाढ १५, २०७६ साल

काठमाडौँ, १५ असार
साहित्यकार एवं पत्रकार यादव थपलियाको प्रथम वार्षिक स्मृति दिनका अवसरमा उहाँको कृतित्व र व्यक्तित्व समेटिएको ‘यादव थपलिया स्मृति ग्रन्थ’ आज सार्वजनिक भएको छ ।
नागार्जुन साहित्यिक प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव प्रा जगतप्रसाद उपाध्याय, राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्ष श्यामल अधिकारी, वरिष्ठ पत्रकार किशोर नेपाल, थपलियाका जीवनसँगिनी गङ्गा खतिवडालगायतले ग्रन्थ सार्वजनिक गर्नुभएको हो ।
१२० पृष्ठको सो..
शुक्रबार, आषाढ १३, २०७६ साल

काठमाडौँ, १३ असार ।
एसइइ परिक्षाफल प्रकाशित भयो । मन गरुँगो भयो , मुटु चिमोटियो र एक्कासि आँखा रसाए किनकी मलाई अध्यारो कुनाभित्रको अतितले पढाईसँग तेरो कहिल्यै साक्षत्कार हुन सक्दैन भनेर खिसिट्युरी गरिरहन्थ्यो र भनिरहन्थ्यो एउटा गरिब कमलरीको सन्तानको रुपमा जन्म लिनेले असम्भव सपना देख्न नगर , तेरो पुस्तौं पुस्ताले यस्तै खालको दासी जीवन भोग्दै जानू पर्नेछ । धन्न समय पिंञ्जडालाई..
बुधबार, आषाढ ११, २०७६ साल

ल्हासा, तिब्बत, ११ असार ।
सन् १९७८ तिर देङ सियाओ पिङले खुला चीन नीति अख्तियार गरेका थिए । यो नीतिले चीनलाई बाह्य संसारसँग खुला ग¥यो । खासगरी चीनमा लगानीका लागि विश्वका लगानीकर्ताहरुलाई गरिएको आह्वान थियो त्यो ।
त्यस बमोजिम विदेशी लगानीकर्ताहरु पनि आए । चीन औद्योगिक राष्ट्रका रुपमा दू्रत गतिमा अघि बढ्यो । उनको आर्थिक नीति सफल भयो । त्यही नीतिले चीनलाई..
सोमबार, आषाढ ९, २०७६ साल

जाजरकोट, ९ असार
जाजरकोट राज्यको इतिहास बोकेको जाजरकोट दरबारले पुनर्जीवन पाएको छ । जीर्ण बनिसकेको यो दरबार पर्यटन मन्त्रालय र भेरी नगरपालिकाको आर्थिक सहयोगमा पुनःनिर्माण भएपछि लयमा आएको हो ।
राजा हरि शाहले विस १८२५ ताका निर्माण गरेको जाजरकोट दरबारको पुरानो छानो फेर्ने, दरबार क्षेत्र वरपर पर्खाल लगाउने, शौचालय एवं स्नान घर बनाउने काम सम्पन्न भएपछि दरबार पुरानै शैलीमा फर्किएको छ..
आईतवार, आषाढ ८, २०७६ साल

काठमाडाैं, असार ८ ।
नेपालमा बेरोजगार जनशक्तिको संख्या बर्षेनी बढ्दै गएको छ । बेरोजगारीको सङ्ख्यामा वृद्धि मात्र नभई अझ बिकराल अवस्था बन्दै गएको छ । उद्योग धन्दा, कलकारखानामा त्यती तीब्र गतिमा बिकास हुन नसकेको र कृषि, पर्यटन, पूर्वाधार, स्वास्थ्य, सूचनाप्रविधि क्षेत्रमाबाट पनि नेपाललाई अपेक्षित सफलता मिल्न सकेको छैन् ।
वर्तमान परिप्रेक्षमा अशिक्षित बेरोजगारीहरुको सङ्ख्या बढ्नु त स्वभाविकै हो तर शिक्षित बेरोजगारीहरुको सङ्ख्यापनि..
मंगलवार, आषाढ ३, २०७६ साल

बाँके, ३ असार
बाँकेको विकट बघौडा क्षेत्रका जनताको दुई दशकदेखिको बिजुली बत्ती बाल्ने सपना अझै पछाडि धकेलिएको छ । राप्तीपारिका सिङ्गो नरैनापुर गाउँपालिका र राप्तीसोनारी गाउँपालिकाका धेरै वडा विद्युत् सेवाबाट वञ्चित छन् । यो विद्युतीकरणबाट राप्तीसोनारीका झण्डै ६० हजार र नरैनापुरका ३५ हजार जनताले प्रत्यक्ष लाभ लिने छन् ।
विद्युत् प्राधिकरणको क्षेत्रीय कार्यालयले ठेकेदारले काममा लापरवाही गरेको जनाएर ठेक्का रद्द गरिदिएपछि राप्तीपारिको..
आईतवार, आषाढ १, २०७६ साल

काठमाडौँ, १ असार ।
बहुमूल्य हिमाली जडीबुटी यार्सागुम्बा सङ्कलनका क्रममा यस वर्ष डोल्पा र दार्चुलामा लेक लागेर एक दर्जन व्यक्तिको मृत्यु भइसकेको छ ।
हिमाली भेगका जनताको २५ प्रतिशत आयआर्जनको स्रोतका रुपमा रहेको यार्सागुम्बा संकलन गर्न स्थानीय जनता ज्यानै जोखिममा राखेर त्यसतर्फ जाने गरेका छन् । यार्सा एक प्रकारको हेपियालिडिइ परिवारको लेपिडोप्टेरा वर्गमा पर्ने लार्भा सङ्क्रमित भएर उम्रने परजीवी ढुसी हो ।
यार्सा सङ्कलकहरु..
शनिबार, जेष्ठ ३२, २०७६ साल

काठमाडौं, जेठ ३२
सर्वोच्च शिखर सगरमाथा आरोहणको बढ्दो आकर्षण र विभिन्न किर्तिमानी कायम गर्ने प्रतिस्पर्धा चलिरहेको छ । आरोहण इतिहासको नयाँ नयाँ किर्तिमानसँगै आठ हजारको संख्यामा आरोही सगरमाथाको चुचुरो चुम्न सफल भइसकेका छन् ।
सर्वोच्च शिखरको आरोहरणका क्रममा नै २९० जना आरोहीको निधन भएको छ । संसारलाई आकर्षण गर्ने सगरमाथा आरोहणको इतिहास भने अनौठो छ । सन् १९५३ मे २१ का दिन..
बिहिवार, जेष्ठ ३०, २०७६ साल

भद्रपुर, ३० जेठ
परिश्रम गरेर पैसा कमाउन विदेश जानुपर्दैन भन्ने उदाहरण पेश गर्न सफल भएका छन् झापा मेचीनगर–४ का युवा जमात । दुई दर्जनभन्दा बढी युवाको त्यो समूह गाईपालनबाट परिवारसँगै बसेर मासिक दुईदेखि अढाई लाख रुपैयाँ कमाउन सफल भएको छ ।
मेचीनगर–४ मा मात्र साना–ठूला गरी २६ गाई फार्म छन् । विसं २०६७ सालमा स्थानीय युवा निरोज बोगटीले वैदेशिक रोजगारबाट फर्केर आएपछि..
मंगलवार, जेष्ठ २८, २०७६ साल

बाँके, २८ जेठ
बाँकेको ‘कर्णाली’ भनेर चिनिने राप्तीपारिका सीमावर्ती गाउँ २ वर्ष अघिसम्म ‘नेपाली नोट नचल्ने’ ठाउँका रुपमा परिचित थिए । हुन पनि ती गाउँमा नेपाली नोट विरलै साटिन्थे । विभिन्न कामको सिलसिलामा राप्तीपारिको सीमावर्ती गाउँ पुग्ने जो कोहीका लागि नेपाली नोट कागजको खोस्टा साबित हुन्थे ।
नेपाली नोट नचल्ने ती गाउँ जान चाहने जो कोहीलाई ‘भारतीय नोट’को जोहो गर्नुपथ्र्यो । नेपाली..
शुक्रबार, जेष्ठ २४, २०७६ साल

बर्दिवास, २४ जेठ
बलौटे जग्गा भएर के भयो र ! महोत्तरीको भङ्गाहा नगरपालिका–६ को पर्सा र सग्रामपुरका किसानको मिहिनेतले २०५ बिघा बलौटे जग्गामै फलपूmलका बिरुवा लहलहाएका छन्, तरकारी बाली फस्टाएको छ । त्यसैगरी, भङ्गाहा–७ का भूमिहीन दलितले पनि पछिल्ला चार वर्षयता बगरको पर्ति ऐलानी जग्गामा तरकारी बाली लगाएर मनग्य कमाउन थालेका छन् ।
रातु नदीले बलौटो थुप्य्राएको बगर जग्गामा अब लहलह बाली..
मंगलवार, जेष्ठ २१, २०७६ साल

दार्चुला, २१ जेठ
काखीमा दुधे बालक । अगाडि सात–आठ वर्षका एक बालिका र पछाडि महिलाहरु । अगाडि गाईवस्तुदेखि भेंडाबाख्राको ताँती छ । यो दार्चुलाको हिमाली क्षेत्रमा बसोबास गर्ने स्थानीय बासिन्दाको सुनभन्दा महङ्गो यार्सागुम्बा खोज्ने सङघर्षपूर्ण यात्रा हो ।
अपि हिमाल गाउँपालिका–३ का २० वर्षीया तारा बोहरा दुधे बालकसहित यार्सा सङ्कलन गर्न लेकतिर जाँदै थिइन् । पिठ्युमा खाद्यान्न, लत्ताकपडा तथा छातीमा दुधेबालक छ..
शुक्रबार, जेष्ठ १७, २०७६ साल

काठमाडौँ, १७ जेठ
सन २०१४ मा गुजरातमा आफ्नो मुख्यमन्त्रीको तेस्रो कार्यकाल चलाइरहेका नरेन्द्र मोदीले जब राष्ट्रिय राजनितीमा हात अघि बढाए । सोही बर्ष चल्दै गरेको लोकसभा निर्वाचन जित्नु कंग्रेस आईको लागि फलामको चिउरा चपाउनु सरह थियो ।
मुख्यमन्त्री रहँदा आफ्नो कार्यकालको दौरान नरेन्द्र मोदीले गुजरातको चिनारी नै परिवर्तन गरिदिएका थिए। फलस्वरुप आज गुजरात भारतको नम्बर वान बिकसित स्टेट भनेर चिनिन्छ।
मोदीको बढ्दो लोकप्रियता..
शुक्रबार, जेष्ठ १७, २०७६ साल

काठमाडौँ, १७ जेठ ।
छैनन् भनम् छन् छोराछोरी,फर्किनन् घर बाबुआमा नमरी छोरो अमेरिका छ, छोरी जापानतिर छ तिनले त बिर्से बाबुआमा, हाम्लाई तिनकै पीर छ ।”
गायक शिरिष देवकोटा र गायिका सम्झना भण्डारीको स्वरमा यी गीतका हरफ सुन्नेबित्तिकै विदेशिएका छोराछोरी सम्झेर नभक्कानिने बाबुआमा कमै होलान् । उच्च र मध्यम वर्गीय परिवारका धेरै छोराछोरी पढ्न र कामका सिलसिलामा अमेरिका, बेलायत, जापान, अष्ट्रेलियालगातका देशमा जाने गरेका..
मंगलवार, जेष्ठ १४, २०७६ साल

काठमाडौँ, १४ जेठ
विश्वको सर्वोच्च शिखर सगरमाथामा सफल आरोहण भएको ६६ वर्ष पुगेको छ । सगरमाथा शिखरमा पहिलो पटक दुई साहसी आरोही तेञ्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीले सन् १९५३ मे २९ तारिखका दिन आठ हजार ८४८ मिटर अग्लो सगरमाथाको चुचुरोमा पुगी विश्वलाई मानवीय साहस र क्षमताको अनुपम परिचय दिनुभएको थियो । सोही समयदेखि संसारभरि सगरमाथाको आकर्षण बढ्दो छ ।
सगरमाथा..
मंगलवार, जेष्ठ १४, २०७६ साल

काठमाडौँ, १४ जेठ ।
नेपाल र चीनबीचको प्रमुख व्यापारिक नाका तातोपानी नाका जेठ १५ गते खुल्ने भएको छ । ०७२ को भूकम्पदेखि बन्द रहेको यो नाका खुल्दा नेपाल–चीन दुवै देशलाई फाईदा पुग्नेछ । सिन्धुपाल्चोक जिल्लाको यो ऐतिहासिक नाका खुल्ने समाचारले जिल्लावासी अत्यन्त हर्षित भएका छन ।
गोप्य रुपमा ती कर्मचारीहरूलाई पनि फाईलको खोजीमा लगाएं । ४ दिनपछि एउटा मन्त्रालयमा कानुन कै कर्मचारीले..
मंगलवार, जेष्ठ १४, २०७६ साल

काठमाडौं, १४ जेठ
काठमाडौंको गल्लि गल्लिमा बसेर अनि सडकको छेउछाउमा बसेर बुढी आमाहरु यो जेठको गर्मीमा हरिया मकै फु....फु..... गर्दै पोलिरहेको देख्दा जो कोहिको पनि मन पग्लिन्छ।
सामान्यतया सबैलाई हेर्दा उहाँले गरेको दु:ख के पो हो र? भन्ने जस्तो हुन सक्छ तर आफ्नो लागि मात्र नभएर आफ्नो परिवार र सन्तानको छाक गुजारा गर्नको लागि र छोराछोरीको पढाई खर्च जुटाउन उहाँले गरेको दु:ख..
Results 307: You are at page 2 of 11