आईतवार, भाद्र ८, २०७६

    लेख/संवाद

    न्याय नमरोस् है !

    बिहिवार, भाद्र ५, २०७६ साल
    'यो अँधेरो केहिबेरको लागी मात्र हो, भोली बिहान फेरी सुर्य उदाउने छ र नयाँ द्रुश्य छर्लङ्ग देखिनेछ' आदरणीय रवी लामिछाने दाईसंग आज भरतपुर कारागारमा भेट्दा उहाँले बोलेको यो वाक्यले मेरो मन छोयो ।  कसुर सावित नभए तापनी कसुरवार सरह जिवन यापन गरिरहेका रवी दाइसंगको २ मिनेटको त्यो भेटमा उहाँले मेरो स्वास्थ्य अवस्था मात्र होईन सिन्धुपाल्चोकमा निर्माणाधिन माझी बस्तिको बारेमा पनि सोध्न..

    मोतीजयन्तीका अवसरमा साहित्यकार सम्मानित

    सोमबार, भाद्र २, २०७६ साल
    काठमाडौँ २ भदौ   मोतीजयन्तीका अवसरमा त्रिचन्द्र बहुमुखी क्याम्पस नेपाली विभागले केही साहित्यकारलाई सम्मान गरेको छ । एक सय ५४औँ मोती जयन्तीका अवसरमा आयोजित कविगोष्ठीमा साहित्यकार तुलसी दिवस, पुष्कर लोहनी र हरि घिमिरेलाई सम्मानपत्र तथा दोसल्ला ओढाएर सम्मान गरिएको हो ।    कार्यक्रममा त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि गर्ने केशव न्यौपाने, मधुसूदन गिरी, उर्मिला शर्मा, प्रेम चौलागाईं, धुव्र भट्टराई, तुल्सी गौतम, विप्लव ढकाल, भुवन न्यौपाने, बच्चुराम..

    भरतपुरका एक परिवार : सर्पसँग रमाउँछन्, खेल्छन्, उद्वार गर्छन् !

    आईतवार, भाद्र १, २०७६ साल
    रत्ननगर, १ भदौ । सर्प झट्ट सम्झँदा जो कोहीलाई डर लाग्छ । अधिकांश सर्प विषालु हुन्छन् । देख्नेबित्तिकै मानिसहरु मार्न अग्रसर भई हाल्छन् तर चितवन भरतपुरका एक परिवार सर्पसँग रमाउँछन्, खेल्छन्, उद्वार गर्छन् । उनीहरु सर्प संरक्षणमा क्रियाशील छन् ।  भरतपुर महानगरपालिका–१५ जयनगरका अनिरुद्र सापकोटाको परिवार सर्प देख्दा निकै खुशी बन्छन् । सर्पलाई समातेर जङ्गलमा लगेर छाडिदिन्छन् । सापकोटा परिवार सर्पलाई सन्तानसरह..

    कश्मीरमा देखा परेको तनाव र त्यसबाट पर्नसक्ने क्षेत्रीय असरहरु

    आईतवार, श्रावन २६, २०७६ साल
    मस्कट ओमान, २६ साउन । सन् १९४७ अघिसम्म एउटा देशको हैसियतमा रहेको धर्तीकै स्वर्ग मानिने जम्मु कश्मीर त्यसपछि भएको भारत पाकिस्तान बिभाजनसँगै आफ्नो स्वतन्त्र अस्तित्व समेत गुमाउन पुग्यो । साँढेको जुधाईमा बाच्छा मिचिएजस्तो दुई ठुला देशको लँडाइमा कश्मीर पनि थिचिन पुग्यो।  भारतीय स्वतन्त्रता संग्रामको बिजय पश्चात आ आफ्नो स्वतन्त्रता स्थापित गरेका भारत र पाकिस्तान दुबैको नजर तत्पश्चात सामरिक महत्व बोकेको कश्मीर माथि..

    तेस्रोलिङ्गीका पीडा, ब्यथा र बेदना जेब्राक्रसमा

    शनिबार, श्रावन २५, २०७६ साल
    पोखरा, २५ साउन   तेस्रोलिङ्गीका पीडा, ब्यथा र बेदना समेटिएको उपन्यासकार तर्कना शर्माको उपन्यास ‘जेब्राक्रस’को यहाँ परिचर्चा भएको छ । पोखरेली साहित्यकारको अभियान ‘पुछारसिटे अभियान’द्वारा यहाँ आज आयोजित कार्यक्रममा साहित्यकारले जेब्राक्रसमा समेटिएका विविध पक्षलाई खोतल्ने प्रयास गरे ।   साहित्यकार भुवनहरि सिग्देलले उपन्यासले नेपाली समाजले उपेक्षा गरेको वर्ग (तेस्रोलिङ्गी) को पीडालाई उठान गरी सो विषयलाई समाजमा स्थापित गराउने काम गरेको बताउनुभयो ।   सामाजिक एवं कानूनी..

    मुस्लिम समुदायमा लोकप्रिय बन्दै ढाकाटोपी

    बिहिवार, श्रावन १६, २०७६ साल
    बाँके, १६ साउन मुस्लिम समुदायका व्यक्तिले चाडपर्वका बेला गरिने पूजाआजाका क्रममा भगवान्को अगाडि अनिवार्य टोपी लगाउनुपर्ने परम्परा नै छ ।  इस्लाम धर्मले भगवान्का अगाडि टोपी अनिवार्य गरेको छ । धार्मिक मान्यताअनुसार पूजापाठ गर्दा वा शुभसाइत गर्दा इस्लाम धर्मावलम्बीले टोपी लगाउने गरेको इस्लाम धर्मगुरु मौलाना अब्दुल जब्बार मन्जरीले बताउनुभयो । उहाँले मस्जिदमा नमाज पढ्दा र कुनै शुभकार्य गर्दा इस्लाम धर्मावलम्बीलाई टोपी अनिवार्य गरिएको..

    शब्द संसारको प्रस्तुतीमा ‘मञ्चविहीनको मञ्च’ शुभारम्भ, सर्जकहरुमा उत्साहको सञ्चार

    आईतवार, श्रावन १२, २०७६ साल
    काठमाडौं, १२ साउन ।  सृजनात्मक लेखनलाई नियमित बाचनका माध्यमबाट अभिव्यक्त गर्ने उद्देश्यसहित ‘मञ्चविहीनको मञ्च’ कार्यक्रम शुभारम्भ गरिएको छ । शब्द संसारको प्रस्तुती रहेको उक्त कार्यक्रमको शनिबार प्रसिद्ध साहित्यकार युवराज नयाँघरेले उद्घाटन गर्नुभयो ।  राजधानीको थापागाउँस्थित कुञ्ज थियटरमा कार्यक्रम ‘मञ्चविहीनको मञ्च’ लाई नयाँघरेले बेग्ले किसिमले शुभारम्भ गर्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका नयाँघरेले महाकवी लक्ष्मीप्रसाद देवकोटाको शाकुन्तल महाकाव्यको सुरुका केही शब्द..

    नेपाली 'बोट'बाट बन्छ जापानी 'नोट'

    शुक्रबार, श्रावन १०, २०७६ साल
    काठमाडौँ, १० साउन जापानको नोट ‘जापानी येन’ बनाउन प्रयोग हुने अर्गेली पूर्वी नेपालको पहाडी जिल्ला पांचथर वर्षौ देखि लगाईदै आईएको छ ।  जापानका व्यापारीले किसानको घर मै आएर राम्रो मुल्य दिन थालेपछि पाँचथरका किसानहरु बारी छेउ कुना र साँधमा मात्र लगाईने अर्गेलीलाई व्यवसायिकता दिन थालेका छन् । ३ वर्ष अगी देखि जापानी नोट बनाउन नेपालबाट कच्चा पदार्थको रुपमा अर्गेलीको बोक्रा जापान तिर बिक्रि..

    पुष्पलाल : माक्र्सवादका नेपाली सूत्रधार

    सोमबार, श्रावन ६, २०७६ साल
    काठमाडौँ, ७ साउन  नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको योगदानको स्मरण गरी ४१औँ स्मृति दिवस भोली विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।  नेपालमा कम्युनिस्ट पार्टीमार्फत जनताका पक्षमा अधिकार स्थापित गर्ने लक्ष्यका साथ नेकपा स्थापना गर्नुभएका श्रेष्ठको २०३५ साल साउन ७ गते भारतको गोविन्दबल्लभ पन्त अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । पुष्पलालले विसं २००६ वैशाख १० गते नेकपा स्थापना गर्नुभएको थियो ।  नेपाली क्रान्तिका..

    विपी कोइराला : दर्शन, राजनीति र साहित्यमा स्मरणीय योगदान

    आईतवार, श्रावन ५, २०७६ साल
    काठमाडौँ, ६ साउन  प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गरी ३७ औँ स्मृति दिवस भोली मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गर्नुभएका कोइरालाको विसं २०३९ साउन ६ गते निधन भएको थियो । उहाँले नेपाली साहित्यका क्षेत्रमा पनि महत्वपूर्ण योगदान पु¥याउनुभएको छ । कोइरालाको जन्म विसं १९७१ भदौ २४ गते भएको हो । विसं २०१५ को..

    'समाचार देख्दा र सुन्दा मुटु काँप्छ'

    आईतवार, श्रावन ५, २०७६ साल
    रुपन्देही, ५ साउन । बुटवल पवित्रनगरकी मनकला थापा वर्षा शुरु भएदेखि राति सुत्न सक्नुभएको छैन । रेडियो, टेलिभिजन र पत्रपत्रिकामा देशभर बाढी र पहिरोले बितण्डा मच्याएका समाचार देख्दा र सुन्दा उनको मुटु काँप्छ । तिनाउ नदी किनारमै सुकुम्बासी बस्तीमा उनको घर छ  । पोहोर साल तिनाउ नदीमा खासै ठूलो बाढी आएन । अझ अघिल्लो वर्ष भने झोलुड्गे पुल नै बगायो । “अहिले देशभरि घटना..

    खर्कदेखि गोठसम्मको सहयोगी भोटे कुकुर संरक्षण गरिँदै

    मंगलवार, आषाढ ३१, २०७६ साल
    पोखरा, ३१ असार    सामान्यतः कुकुर घरको सुरक्षाका लागि पालिने जनावर हो । कतिपय मानिसमा घरको सुरक्षाबाहेक कुकुर पाल्ने अनौठो सौख पनि हुन्छ ।   कुकुरका विभिन्न प्रजातिमध्ये विशेषतः हिमाली भेगमा पाइने भोटे कुकुरले घरको सुरक्षामात्र नभई सयौँको बथान भेडाबाख्रालाई नियन्त्रण गर्छभन्दा जो कोहीलाई अनौठो लाग्न सक्छ । सयौँको सङ्ख्याका भेडाबाख्रालाई चराउन लैजानका लागि हिमाली क्षेत्रमा यो कुकुर वरदान नै सावित भएको छ ।    विश्वमा..

    सन्तान आफ्नो हो\होइन शङ्का गर्छन् आमाबाबु

    सोमबार, आषाढ ३०, २०७६ साल
    काठमाडौँ, ३० असार    साता दिन पहिले मात्रै खुमलटारस्थित राष्ट्रिय विधिविज्ञान प्रयोगशालामा एक महिला आफ्नो २१ वर्षीय छोराको ‘डिएनए’ परीक्षणका लागि आइपुग्नुभयो । विवाह भएको १९ वर्षपछि र छोरा १८ वर्षको हुँदादेखि शुरु भएको तनावका कारण उहाँ अदालत हुँदै यहाँसम्म आइपुग्नुभएको थियो ।    वैदेशिक रोजगारीमा रहेका श्रीमान्ले स्वदेशमा बस्न थालेदेखि नै आफू र छोरालाई शङ्का गर्ने गरेको ती महिलाले बताउनुभयो । पटकपटकको झगडापछि..

    कोसी बाँध : के साँच्चै ५६ वटै ढोका खोलिएको हो त ?

    आईतवार, आषाढ २९, २०७६ साल
    काठमाडौँ, २९ असार  प्रत्येक वर्षायाममा कोसी बाँधको ५६ ढोका चर्चा र विवादको विषय बन्ने गरेको छ । यसपटक पनि नेपाल सरकारका केही निकायले अनौपचारिक रूपमा प्रचार गरे– कोसी ब्यारेजका ५६ वटै ढोका खोलियो । ५६ ढोका खोलिएको यो समाचारप्रति कडा असहमति जनाउँछन्, सीमाविद् बुद्धिनारायण श्रेष्ठ । उनी भन्छन्, ‘ब्यारेजका ५६ ढोका कहिल्यै पनि खोलिँदैन । मुख्य कुरा के हो भने कोसी ब्यारेज..

    नेपालीमुलको अमेरिकी पनि भोलि राष्ट्रपति बन्न सक्छ

    शुक्रबार, आषाढ २७, २०७६ साल
    काठमाडौँ, २७ असार । पहिलो पुस्ता आर्थिक पाटो बलियो बनाउनेतर्फ लाग्यो । त्यसपछि भाषा, संस्कृति जोगाउने अभियान चल्यो । अहिले राजनीतिक अधिकार खोज्ने अवस्था बनेको छ । हाल शेर्पा संघ अमेरिका अमेरिकी राजनीतिमा हस्तक्षेप गर्ने लक्ष्यका साथ क्रियाशील छ । संघका अध्यक्ष निमा शेर्पासँग अमेरिकास्थित गुम्देल ट्रष्टका अध्यक्ष सोनाम गेल्बु शेर्पाको समन्वयमा गरिएको कुराकानी । अमेरिकामा किदुङ हुँदाहुँदै शेर्पा संघको आवश्यकता किन..

    साहित्यिक विकासमा आदिकवि भानुभक्त आचार्यको भूमिका अतुलनीय

    बुधबार, आषाढ २५, २०७६ साल
    काठमाडौँ, २५ असार   नेपाली भाषा, साहित्यको विकासमा आदिकवि भानुभक्त आचार्यको भूमिका अतुलनीय रहेको एक कार्यक्रमका वक्ताले बताएका छन् ।    उनीहरुले रामायणलाई नेपाली भाषामा अनुवाद गरेर आचार्यले नेपाली समाजको लोकसंस्कृतिको विकासको थालनी गरेको बताए ।    २०६औँ भानु जयन्तीका अवसरमा ‘भानुभक्तीय रचनाको सामाजिक पक्ष र नेपाली लोकजीवनमा रामायण संस्कृति’ विषयको गोष्ठीका वक्ताले भानुभक्तले लोकभाषामा अनुवाद गरेकै कारण रामायणका बारेमा सबैले बुझ्ने अवसर पाएको धारणा राखे..

    समय सन्दर्भ : घेराबन्दी, विरोध र भ्रमको तुवाँलो

    बुधबार, आषाढ २५, २०७६ साल
      घेराबन्दी, विरोध र भ्रमको तुवाँलो    यो कसैको व्यक्तिगत विरोध होइन । तर...दुई तिहाइ बहुमत नजिकको वर्तमान सरकारलाई सनातन गठबन्धन सरकारहरूभन्दा भिन्न हैसियत, भूमिका र स्थिरताका साथ संचालन गर्न र हुन किन कठीनाई परेको होला? जनताको मनमनमा प्रश्नहरू उठेका छन् ।  किनभने,  १. पूर्व एमालेकै कतिपय नेता र सांसदहरूद्वारा शृङ्खलाबद्ध र नियोजित रूपमा सरकारको बेइमानीपूर्ण आलोचना र भर्त्सना भएको छ । सत्तारूढ सांसदहरू नै..

    १० हजार मेट्रिकटन नेपाली जडिबुटी ८ महिनादेखि गोदाममैे

    आईतवार, आषाढ २२, २०७६ साल
    बाँके, २२ असार ८ महिनादेखि भारततर्फ जडीबुटी निर्यात ठप्प छ । यसलाई खुलाउन जडीबुटी व्यवसायीहरुले मन्त्रीदेखि प्रधानमन्त्रीसम्मलाई भेटिसकेका छन् । त्यसको कुनै सुनुवाई भएको छैन ।  भारत निकासी ठप्प हुँदा व्यवसायीले सङ्कलन गरेका जडीबुटी गोदाममै थन्किएका छन् । नेपालमा प्रशोधन नहुने र भारत पनि निकासी नहुने भएपछि व्यवसायीले जडीबुटी सङ्कलन गर्न पनि छाडिसकेका छन् ।  मङ्सिरदेखिको जडीबुटी व्यवसायीको मागलाई सरकारले बेवास्ता गर्दैआएको व्यवसायीहरुको..

    भिमदत्त पन्त, राणाहरुको अत्याचार र इतिहासका जीवित योद्धा 'अमरसिँह'

    शनिबार, आषाढ २१, २०७६ साल
    असार २१ ।  ‘कि त जोत हलो कि त छाड थलो होइन भने अब छैन भलो अबता कोही छैन सानो, ठूलो’  वि. सं १९८३ मंसिर १० गते डडेल्धुराको कारीगाउँमा सरस्वती देवी पन्त र ताराकान्त पन्तका छोरा जन्मिए । तिनै छोराको नाम थियो भिमदत्त पन्त । अर्थात इतिहासले भूलिसकेका विद्रोही पात्र । सुदुर पश्चिमको नाम जस्तै इतिहासका पत्रबाट दुर पुर्याईएका एक क्रान्तिकारी । माथि उल्लेखित गीत..

    कठघरामा कुलमान घिसिङः १२ अभियोगबारे यस्तो बयान

    शनिबार, आषाढ २१, २०७६ साल
    काठमाडौँ, २१ असार ।  अभियोग १ : विद्युत् प्राधिकरणको नेतृत्वमा आएपछि लोडसेडिङ अन्त्य गरेर वाहवाही बटुल्नुभयो । बाँकी सुधारका काम केही गर्नुभएन, बरु अहिलेसम्म त्यसैको ब्याज खाइरहनुभएको छ । तपाईंका काममा कसैले प्रश्न उठाए तर्कले जवाफ दिनुभन्दा लोडसेडिङ अन्त्य गरेकै विषयलाई ढाल बनाउनुहुन्छ । हालै संसद्मा तपाईंको कार्यशैलीबारे सांसदहरूले प्रश्न उठाएपछि ‘मेराविरुद्ध घेराबन्दी भयो’ भनेर रुवाबासी गर्नुभयो, एलइडी खरिदमा प्राधिकरणमा अनियमितताको..

    ‘टाँगाको शहर’ नेपालगञ्ज अब एकादेशको कथा मात्रै

    शुक्रबार, आषाढ २०, २०७६ साल
    बाँके, २० असार  अंग्रेजले भारतमा शासन चलाएको बेला लखनउ विद्रोह दबाउन राणासँग सहयोग मागेका थिए । त्यस क्रममा आफैं लखनउ पुगेका तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले त्यहाँजस्तै गञ्ज (शहर) नेपालमा पनि बनाउने सपना देखे । विद्रोह असफल पार्न सहयोग मिलेपछि अंग्रेजले आफूले युद्धमा जितेको बाँके, बर्दिया, कैलाली र कञ्चनपुर नेपाललाई फिर्ता दिए ।  त्यसपछि बाँकेको समथर फाँट छानेर राणा शासकले नेपालगञ्ज बनाउने आदेश..

    धादिङका महेश दाङमा व्यक्तिगत तथा सामूहिक रेशम खेतीका अगुवा

    बुधबार, आषाढ १८, २०७६ साल
    दाङ, १८ असार  असारको प्रचण्ड गर्मी । दाङको गढवा यसै पनि गर्मी हुने ठाउँ । वरपर गाउँका खेतबारी पनि खाली र उजाड नै छन् तर, केही पर पुगेपछि भने हरियाली भेटिन्छ रेशम खेतीको ।  गढवा गाउँपालिका वडा नं ४ हडैया गाउँ अहिले रेशम खेतीका कारण चिनिन थालेको छ । गाउँको करीव ६० विघा जमीनमा फैलिएको छ यो खेती । यसले हरियाली त..

    पुख्र्यौली पेशा पछ्याउदै ज्यान हत्केलामा राखेर भिर मौरीको शिकार

    मंगलवार, आषाढ १७, २०७६ साल
    बेनी, १७ असार गुर्जा हिमालबाट बग्दैआएको सितमखोलाको किनारमा तीन दर्जन मानिसहरु जम्मा भएका छन् । उनीहरु सबैको नजर खोलाको किनारबाट ठडिएको अग्लो पहाडतर्फ छ । करीब ५०० मिटर अग्लो पहाडमा एकजना पुरुष डोरीको भ¥याङको सहायताले पहाडको टुप्पोबाट तलतिर ओर्लंदै छन् । पहाडको टुप्पोमा केही युवक छन् । पहाडको टुप्पोबाट भिरतर्फ झर्दै गरेका ती पुरुष गुर्जाकै मह शिकारी अमृत छन्त्याल हुन् । पहाडकै..

    लोपोन्मुख ढिकीजाँतोको महत्व बुझ्दै गाउँले

    सोमबार, आषाढ १६, २०७६ साल
    लमजुङ, १६ असार  बेँसीशहर नगरपालिका–२ नरुवाल पाखाथोककी ९२ वर्षीया लक्ष्मी रानाले आफ्नो जीवनका धेरै वर्ष ढिकी कुटेर र जाँतो पिनेरै बिताइन् । ढिकीमा कुटेको रैथाने धानको चालमको भात, ढिकीमै कुटेको काउनोको चामल, जाँतोमा पिनेको मकैको भात र कोदोको ढिँडोले बालबच्चाको पेट भरिन् । ढिकीमा कुटिएका र जाँतोमा पिनिएका तिनै चिजबिज खाएरै उनको परिवारले जीवन निर्वाह गरे । उनै वृद्धा लक्ष्मीलाई ढिकीजाँतोमा..

    साहित्यकार एवं पत्रकार यादव थपलियाको स्मृति ग्रन्थ विमोचित

    आईतवार, आषाढ १५, २०७६ साल
    काठमाडौँ, १५ असार  साहित्यकार एवं पत्रकार यादव थपलियाको प्रथम वार्षिक स्मृति दिनका अवसरमा उहाँको कृतित्व र व्यक्तित्व समेटिएको ‘यादव थपलिया स्मृति ग्रन्थ’ आज सार्वजनिक भएको छ ।  नागार्जुन साहित्यिक प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव प्रा जगतप्रसाद उपाध्याय, राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्ष श्यामल अधिकारी, वरिष्ठ पत्रकार किशोर नेपाल, थपलियाका जीवनसँगिनी गङ्गा खतिवडालगायतले ग्रन्थ सार्वजनिक गर्नुभएको हो ।  १२० पृष्ठको सो..

    एसइइ परिक्षाफल प्रकाशित भएपछि मुटु चिमोटियो र एक्कासि आँखा रसाए

    शुक्रबार, आषाढ १३, २०७६ साल
    काठमाडौँ, १३ असार ।  एसइइ परिक्षाफल प्रकाशित  भयो । मन गरुँगो भयो , मुटु चिमोटियो र एक्कासि आँखा रसाए किनकी मलाई अध्यारो कुनाभित्रको अतितले पढाईसँग तेरो कहिल्यै साक्षत्कार हुन सक्दैन भनेर खिसिट्युरी गरिरहन्थ्यो र भनिरहन्थ्यो एउटा गरिब कमलरीको सन्तानको रुपमा जन्म लिनेले असम्भव सपना देख्न नगर , तेरो पुस्तौं पुस्ताले यस्तै खालको दासी जीवन भोग्दै जानू पर्नेछ । धन्न समय पिंञ्जडालाई..

    चीन र विश्वका अर्थशास्त्रीहरु भन्छन् – “वर्तमान चीन निर्माणको भित्री साँचो खुला नीति हो”

    बुधबार, आषाढ ११, २०७६ साल
    ल्हासा, तिब्बत, ११ असार । सन् १९७८ तिर देङ सियाओ पिङले खुला चीन नीति अख्तियार गरेका थिए । यो नीतिले चीनलाई बाह्य संसारसँग खुला ग¥यो । खासगरी चीनमा लगानीका लागि विश्वका लगानीकर्ताहरुलाई गरिएको आह्वान थियो त्यो ।  त्यस बमोजिम विदेशी लगानीकर्ताहरु पनि आए । चीन औद्योगिक राष्ट्रका रुपमा दू्रत गतिमा अघि बढ्यो । उनको आर्थिक नीति सफल भयो । त्यही नीतिले चीनलाई..

    रुप फेर्दै जाजरकोट दरबार, पर्यटन मन्त्रालय र भेरी नगरपालिकाको आर्थिक सहयोगमा पुनःनिर्माण

    सोमबार, आषाढ ९, २०७६ साल
    जाजरकोट, ९ असार  जाजरकोट राज्यको इतिहास बोकेको  जाजरकोट दरबारले पुनर्जीवन पाएको छ ।  जीर्ण बनिसकेको यो दरबार  पर्यटन मन्त्रालय र भेरी नगरपालिकाको आर्थिक सहयोगमा पुनःनिर्माण भएपछि लयमा आएको हो ।    राजा हरि शाहले विस १८२५ ताका निर्माण गरेको जाजरकोट दरबारको पुरानो छानो फेर्ने, दरबार क्षेत्र वरपर पर्खाल लगाउने, शौचालय एवं स्नान घर बनाउने काम सम्पन्न भएपछि दरबार पुरानै शैलीमा फर्किएको छ..

    बेरोजगारी, लोकसेवा र अन्योलता

    आईतवार, आषाढ ८, २०७६ साल
    काठमाडाैं,  असार ८ । नेपालमा बेरोजगार जनशक्तिको संख्या बर्षेनी बढ्दै गएको छ । बेरोजगारीको सङ्ख्यामा वृद्धि मात्र नभई अझ बिकराल अवस्था बन्दै गएको छ । उद्योग धन्दा, कलकारखानामा त्यती तीब्र गतिमा बिकास हुन नसकेको र कृषि, पर्यटन, पूर्वाधार, स्वास्थ्य, सूचनाप्रविधि क्षेत्रमाबाट पनि नेपाललाई अपेक्षित सफलता मिल्न सकेको छैन् । वर्तमान परिप्रेक्षमा अशिक्षित बेरोजगारीहरुको सङ्ख्या बढ्नु त स्वभाविकै हो तर शिक्षित बेरोजगारीहरुको सङ्ख्यापनि..

    धकेलियो राप्तीपारिको २ दशकदेखिको बिजुली बत्ती बाल्ने सपना

    मंगलवार, आषाढ ३, २०७६ साल
    बाँके, ३ असार  बाँकेको विकट बघौडा क्षेत्रका जनताको दुई दशकदेखिको बिजुली बत्ती बाल्ने सपना अझै पछाडि धकेलिएको छ । राप्तीपारिका सिङ्गो नरैनापुर गाउँपालिका र राप्तीसोनारी गाउँपालिकाका धेरै वडा विद्युत् सेवाबाट वञ्चित छन् । यो विद्युतीकरणबाट राप्तीसोनारीका झण्डै ६० हजार र नरैनापुरका ३५ हजार जनताले प्रत्यक्ष लाभ लिने छन् । विद्युत् प्राधिकरणको क्षेत्रीय कार्यालयले ठेकेदारले काममा लापरवाही गरेको जनाएर ठेक्का रद्द गरिदिएपछि राप्तीपारिको..
    Results 288: You are at page 1 of 10
    1 2 3 4 5 6 7 8 9 10 Next Last
    Weather Forecast