शनिबार, चैत्र २२, २०७६

    अध्यात्म चर्चा

    पोखराको प्रसिद्ध विन्ध्यवासिनी मन्दिरमा २ सय ३५ वर्षपछि करारमा पुजारी नियुक्त

    सोमबार, असोज २२, २०७५ साल
    पोखरा, २२ असोज  पोखराको प्रसिद्ध विन्ध्यवासिनी मन्दिरमा २ सय ३५ वर्षपछि करारमा पुजारी नियुक्ति गरिएको छ । दशनार्थीले पूजाका क्रममा मन्दिरमा चढाएको भेटी र दानका सम्बन्धमा विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समिति र पुजारीबीच केही वर्षदेखिको विवाद समाधान गर्दै करारमा पुजारी राखिएको हो । मन्दिरमा दर्शनार्थीले चढाउने सबै दक्षिणा पुजारीले लिने गरेकामा करारमा नियुक्ति भएकाहरूलाई भने तलब दिइने र चढाइएका दान दक्षिणा र..

    बुद्धको जन्मभूमि लुम्बिनीमा अन्तर्राष्ट्रियस्तरको ‘त्रिपिटक’ वाचनको तयारी

    आईतवार, असोज २१, २०७५ साल
    बुटवल, २१ असोज नेपालमै पहिलो पटक बुद्धको जन्मभूमि लुम्बिनीमा हुन लागेको अन्तर्राष्ट्रियस्तरको त्रिपिटक वाचनका लागि तयारी गरिएको छ । प्रन्ध्र वर्षदेखि लगातार भारतको बोधगयामा त्रिपिटक वाचन कार्यक्रम भए पनि बुद्धको जन्मस्थलमा अहिलेसम्म हुन नसकेकाले अखिल नेपाल भिक्षु महासङ्घले यसको तयारी थालेको हो ।  आगामी कात्तिक २८ देखि ३० गतेसम्म मायादेवी मन्दिर परिसरमा हुने कार्यक्रममा बुद्ध वचनको सङ्ग्रह त्रिपिटकअन्तर्गतका विनय पिटक, सूत्र पिटक र..

    सीताराम विवाहपञ्चमी भव्य रूपले मनाउने तयारी, प्रदेश सरकारले ३० लाख उपलब्ध गराउने

    आईतवार, असोज १४, २०७५ साल
    जनकपुरधाम, १४ असोज   प्रदेश नं २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले आगामी मङ्सिर २६ गते यहाँ हुने भगवान् सीताराम विवाहपञ्चमी महोत्सव भब्य रूपले मनाउनका लागि योजना बनाउन आग्रह गरेका छन् ।  जानकी मन्दिरद्वारा आईतबार यहाँ आयोजित छलफल कार्यक्रममा मन्त्री साहले महोत्सव सम्पूर्ण मिथिलावासीको प्रतिष्ठा भएको बताउँदै महोत्सवलाई भव्यता दिन जनकपुरधाममा सार्कस्तरीय रामलीलाको आयोजना गर्ने अवधारणाबारे छलफल भइरहेको छ भने । उनले प्रदेश..

    लिङ्गो ठड्याई इन्द्रध्वजोत्थान गरिएदेखि आरम्भ भएको इन्द्रजात्रा नानीचा याः गर्दै सम्पन्न

    शुक्रबार, असोज १२, २०७५ साल
    काठमाडौँ, १२ असोज हनुमानढोकास्थित आकाश भैरव अगाडि यःसिं (लिङ्गो) ठड्याई इन्द्रध्वजोत्थान गरिएदेखि शुरु भएको यँया डै पुन्ही अर्थात् इन्द्रजात्रा शुक्रबार नानीचा याः गर्दै सम्पन्न हुँदैछ ।  इन्द्रजात्राभित्र अरु धेरै जात्रा तथा पूजापाठ हुन्छ । यिनै जात्रा तथा पाठपुजाले इन्द्रजात्रालाई थप रौनक प्रदान गरेको हुन्छ जसका कारण कलिला नानीदेखि वृद्धवृद्धासमेत इन्द्रजात्रा अवधिभर रमाउने गर्छन् । नानीचा याःसँंगै यो रमाइलो समय पनि यस वर्षदेखि..

    धार्मिक तथा सांस्कृतिक महत्व बोकेको भक्तपुरको प्रसिद्ध परम्परा मूपात्र जात्रा आजदेखि

    बिहिवार, असोज ११, २०७५ साल
    भादगाउँ, ११ असोज  धार्मिक तथा सांस्कृतिक महत्व बोकेको भक्तपुरको प्रसिद्ध परम्परागत मूपात्र (राक्षसको प्रतिक) जात्रा बिहिबारदेखि शुरु हुँदैछ ।  नेवार समुदायमा महत्वपूर्ण जात्राका रुपमा लिइने मूपात्र जात्रा प्रत्येक वर्ष आश्विन कृष्ण द्वितीयादेखि चौथीसम्म मनाइन्छ । मूपात्र राक्षसको प्रतीकको जात्रा भएकाले यस जात्रालाई राक्षस जात्रा पनि भनिन्छ ।  देवराज इन्द्रका छोरा जयन्तको कथासँग मिल्दोजुल्दो भएको मूपात्र जात्रा द्वापरयुगदेखि सञ्चालनमा आए तापनि मल्लकालमा भक्तपुरका राजा..

    सुर्खेतमा व्यवस्थित दाहसंस्कारस्थल निमार्णका लागि महामहोत्सव शुरु

    बुधबार, असोज १०, २०७५ साल
    सुर्खेत, १० असोज कर्णाली प्रदेशको राजधानी सुर्खेतमा व्यवस्थित दाहसंस्कारस्थल निमार्णका लागि महामहोत्सव शुरु भएको छ ।  कर्णाली प्रदेशका प्रदेश प्रमुख दुर्गाकेशर खनालले व्यवस्थित दाहसंस्कारस्थल निमार्णका लागि आयोजित महा–महोत्सवको मङ्गलबार उद्घाटन गरे । सुर्खेतको वीरेन्द्रनगर–११ स्थित भेरी नदीे किनार समझीघाटमा व्यवस्थित दाहसंस्कारस्थल निमार्णका लागि भेरीगङ्गा समझीघाट सांस्कृतिक, धार्मिक महा–महोत्सव आयोजना गरिएको हो ।  सबै धर्म संस्कृति र संस्कार मान्ने समुदायका लागि छुट्टा–छुट्टै दाहसंस्कार स्थल..

    वेदव्यासको जन्मभूमि दमौलीलाई प्रचार गर्न महामिलन पर्व !

    सोमबार, असोज ८, २०७५ साल
    दमौली, ८ असोज वेदव्यासको जन्मभूमि दमौलीलाई विश्वमाझ चिनाउने उद्देश्यले व्यास गुफा क्षेत्रमा एक महीने विश्व ओमकार तथा हिन्दू महामिलन पर्व हुने भएको छ ।  वेद अनुयायी प्रतिष्ठान नेपाल तनहुँले दमौलीमा पत्रकार सम्मेलनको आयोजना गरी सो कार्यक्रमबारे जानकारी गराएको छ । प्रतिष्ठानका अध्यक्ष कृष्णकान्त काफ्लेले १८ पुराणका रचयिता वेदव्यासको जन्मस्थलको उचित प्रचारप्रसार हुन नसकेकोले यसको प्रचारका लागि कात्तिक १ देखि ३० गतेसम्म कार्यक्रम..

    प्राकृतिक र मानवीय अतिक्रमणका कारण दुर्लभ शालिग्राम जोगाइँदै

    आईतवार, असोज ७, २०७५ साल
    बागलुङ, ५ असोज  बागलुङ नगरपालिका–४ कुँडुलेमा निर्माणाधीन ‘स्वामी श्रीधराचार्य शालिग्राम सङ्ग्रहालय’ निमार्ण अघि बढेकोे छ । प्राकृतिक र मानवीय अतिक्रमणका कारण लोपन्मुख अवस्थामा पुगेको शालिग्राम जोगाउन सङ्ग्रहालय बनाउन लागिएको हो ।  धार्मिक हिसाबले पवित्र मानिने बहुमूल्य उक्त शिला कालिगण्डकी (पौराणिक नाम कृष्णागण्डकी) नदीमा मात्र पाइन्छ । हिन्दू धर्म र संस्कारमा शालिग्राम लाई विष्णु भगवानको अवतारका रुपमा लिइन्छ । कुँडुलेमा रहेको श्रीरङ्गवेङ्कटेश मुक्तिनारायण..

    काठमाडौँ उपत्यकाको ठूलो चाड इन्द्रजात्रा महत्वपूर्ण सांस्कृतिक पर्वका रुपमा विकास हुँदै

    शुक्रबार, असोज ५, २०७५ साल
    काठमाडौँ, ५ असोज काठमाडौँ उपत्यकाको ठूलो चाड इन्द्रजात्रा महत्वपूर्ण सांस्कृतिक पर्वका रुपमा विकास हुँदैगएकोे छ । असत्यमाथि सत्यको विजय तथा शत्रु पक्षको पराजयपछि विजय मनाउने पर्वका रुपमा लिइएको जात्रामा फरक फरक समुदायले विशेष संस्कृतिका रुपमा महत्व दिएको पाइएको छ ।  हनुमानढोकामा आज विधिपूर्वक ३२ हात लामो लिङ्गो ठड्याइएपछि एक सातासम्म इन्द्रजात्रा मनाउने गरिन्छ । उक्त लिङ्गोको फेदमा भैरवको पूजा हुन्छ ।  विभिन्न ध्वजापताकाले..

    सदरमुकामभित्रकै सम्पदा संरक्षणविहीन, पर्यटन प्रर्वद्धनमा समेत समस्या उत्पन्न

    सोमबार, असोज १, २०७५ साल
    दैलेख, १ असोज रुकुम पश्चिम घर भई हाल दैलेखको कृषि एकाइका नायब सुब्बा प्रेम घर्ती सदरमुकाम दैलेख आउनेबित्तिकै बजारभित्र रहेको सबैभन्दा महत्वको स्थल गढी हेर्न गए । ढुङ्गैढुङ्गाले बनेको गढीको मूल ढोकामा ताला लगाइएको थियो । सो ताला उनका लागि मात्र हैन दैलेख सदरमुकाम आउने सबैका लागि हो ।  मन्त्री र विशेष व्यक्ति आएपछि हतार हतार ताला खोलिन्छ तर सर्वसाधारणका लागि..

    थकाली समुदायको फालो पर्व शुरु, घोडा चढेर राक्षसको चित्रलाई तिर हान्ने चलन !

    आईतवार, भाद्र ३१, २०७५ साल
    कोवाङ मुस्ताङ, ३१ भदौ  थाक सात सय अन्तर्गतको १३ गाउँ मुखिया थकाली समुदायको परम्परागत मौलिक पर्व कुमारयात्रा (फालो) शनिबारदेखि शुरु भएको छ ।  थकाली समुदायको उद्गमस्थल थासाङ गाउँपालिका– २ कोवाङमा प्रत्येक वर्ष भाद्र महिनाको शुक्लपक्ष अनुराधा नक्षत्रका दिनदेखि तीन दिनसम्म कुमारयात्रा पर्व मनाउने चलन छ ।  थासाङ गाउँपालिकाका अध्यक्ष बुद्धिप्रसाद शेरचनले परम्परा, संस्कार, कला र संस्कृतिको संरक्षणमा सम्बन्धित समुदाय अग्रसर बन्नुपर्ने बताए ।..

    ऋषिपञ्चमीमा पूजा आराधनामा महिला सशक्तीकरण र अधिकारसम्बन्धी गीत

    शुक्रबार, भाद्र २९, २०७५ साल
    काठमाडौँ, २९ भदौ  काठमाडौँ महानगरपालिका–१२ टेकुस्थित ऋषेश्वर मन्दिरमा सप्तऋषिको दर्शनका लागि आएका भक्तजनले सामाजिक चेतनाका गीत प्रस्तुत गरेका छन् ।  प्रत्येक वर्ष ऋषिपञ्चमीका दिन लाग्ने उक्त मेला भर्न काठमाडौँ उपत्यका तथा त्यस वरपर क्षेत्रबाट आएका महिला भक्तजनले ऋषेश्वरको दर्शन तथा पूजा आराधनापछि उनीहरुका अधिकारसम्बन्धी गीत गाएका छन् ।  मन्दिर परिसरमा पञ्चमीको पूजाका लागि विशेष भीड लागेको छ । कामपा–१२ ले मेलालाई व्यवस्थित बनाउन..

    हरितालिका : पुरुषले पनि व्रत बस्न सक्ने, विभिन्न ८ कुरा खान हुने शास्त्रीय मान्यता

    मंगलवार, भाद्र २६, २०७५ साल
    काठमाडौं, २७ भदौ  भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व मंगलबार उमा महेश्वरको पूजाराधना गरी मनाइँदैछ ।  भाद्र शुक्ल तृतीयामा व्रत बसी शिवपार्वतीको पूजा र उपासना गरेमा सुख, शान्ति र कल्याण प्राप्ति हुने धार्मिक विश्वास छ । यो व्रत गर्ने पुरुषले विधुर हुनु नपर्ने तथा नारीले अटल सौभाग्य र अविवाहित केटाकेटीले गुण सम्पन्न वर वा वधु पाउने मान्यता छ ।  सत्ययुगमा हिमालयपुत्री..

    तीजको दर : संस्कृतिसँगै विकृति, महिला सशक्तीकरणमा ध्यान दिनुपर्ने आवश्यकता

    सोमबार, भाद्र २५, २०७५ साल
    काठमाडौँ, २५ भदौ हरितालिका(तीज) आउन अब केही दिन मात्र बाँकी छ । पहिले पहिले तीजको अघिल्लो दिन मात्र खाइने दर केही वर्षदेखि एक दुई महिनाअघिदेखि नै खाने प्रचलन बढ्दै आएको छ ।  काठमाडौँ नयाँ बानेश्वरकी ६९ वर्षीया दुर्गा दाहालले तीज मनाउन थालेको ५० वर्ष हुन लागिसक्यो । त्यतिबेला दर खाने चलन एकदमै सीमित थियो । जसले जतिसक्यो त्यति नै आफ्ना चेलीबेटीलाई खुवाउने..

    महाभारतकी ‘ब्रेन विथ ब्युटी’ भनिएकी भानुमति को हुन् ? जान्नुहोस् महाभारतको यो रहस्य ...

    बुधबार, भाद्र २०, २०७५ साल
    काठमाडौँ, २० भदौ  दुर्योधनकी श्रीमती हुन् भानुमति । भानुमति काम्बोज नरेश चन्द्रबर्माकी छोरी थिइन् । एकपटकको कुरा हो, राजाले भानुमतिको विवाहका लागि स्वयंवर समारोह आयोजना गरे । स्वयंवरमा शिशुपाल, जरासन्ध, रुक्मी, दुर्योधन, कर्ण आदि भारतवर्षका अनेकौं राजाहरू निमन्त्रित थिए । भनिन्छ, भानुमति हातमा वरमाला लिएर आफ्ना दासी एवं अंगरक्षकहरूसँग आइन् र एक एक गर्दै राजाहरूलाई नियाल्दै अघि बढ्न थालिन् । दुर्योधन भानुमतिले..

    संस्कृति धान्दै नेवार समुदाय, जनैपूर्णिमादेखि शुरु भएको जात्रा तीजसम्म !

    मंगलवार, भाद्र १९, २०७५ साल
    बागलुङ, १९ भदौ बागलुंङका नेवार समुदायमा अहिले भदौरे जात्राको रौनक छ । जनैपूर्णिमादेखि शुरु भएको जात्रा तीजसम्म चल्नेछ । वर्षायाम सकिन लाग्दा यहाँका सडक, चोक र बस्ती संस्कृतिमय बनेका छन् । नेवारबाहेकलाई पनि जात्राको रमझमले लोभ्याएको छ । तीन सय वर्षअघि भक्तपुरबाट आउँदा साथै ल्याएको जात्राको परम्परालाई नेवार जातिले जीवित राखेका छन् ।  भाइचारा, मेलमिलाप, सामाजिक सन्देश र मनोरञ्जनको माध्यमका रुपमा जात्रालाई..

    विराटनगरमा निकालिने भगवान् श्रीकृष्णको रथयात्राको सम्पूर्ण तयारी पूरा

    आईतवार, भाद्र १७, २०७५ साल
    विराटनगर, १७ भदौ    विराटनगरमा निकालिने भगवान् श्रीकृष्णको रथयात्राको सम्पूर्ण तयारी पूरा भएको छ । विराटनगर राधाकृष्ण मन्दिरबाट सोमबार निकालिने रथयात्रा सञ्चालनका लागि मुख्यमार्गका ४३ स्थानमा विश्रामस्थल तोकिएको छ । त्यस्तै १९ उपसमिति बनाइएको मूल समारोह समितिका अध्यक्ष बाबुराजा ओझाले जानकारी दिए । आकर्षक सो रथ प्यागोडा शैलीको बनाइएको छ । रथको अग्रभाग जुवाबाट ७५ फिट दायाँबायाँ लामो लठ्ठा तान्ने डोरी लगाइएको..

    परम्परागत लाखे नाच संस्कृतिको संरक्षण र प्रचार प्रसारका लागि गुल्मीका नेवार समुदाय जुटे

    शुक्रबार, भाद्र १५, २०७५ साल
    बुटवल, १५ भदौ नेवारी समुदायमा नाचिने परम्परागत लाखे नाच संस्कृतिको संरक्षण र प्रचार प्रसारका लागि गुल्मीका नेवार समुदाय जुटेका छन् ।  गुल्मीको मुसिकोट नगरपालीका नेवाः बरजु पुचः वामी टक्सारले तम्घास, तानसेन र बुटवलमा यसको संरक्षण र प्रचार प्रसार गर्न प्रदर्शन गरेको छ । नेवार समुदायले आफ्नो धार्मिक एवं साँस्कृतिक कार्यक्रमका रुपमा देखाउने लाखे नाच देशका विभिन्न भागमा लोकप्रिय छ । कृष्ण शुक्ल..

    हास्यव्यङ्ग्य र ख्यालठट्टासहित गाईजात्रा पर्व भक्तपुरमा भव्यताका साथ मनाइयो !

    सोमबार, भाद्र ११, २०७५ साल
    भक्तपुर, ११ भदौ ‘तःहामचा गना तय्, ग्वाखँ प्वालय् तय्  ग्वाखँ प्वालय् म्हन्ह्सा, खुँसी च्वयका छ्वय्  विनिसी तिनिसी टङ, घिन्ताङघिसी टङ’  ( तःहामचा कहाँ राखूँ, खोपामा राखूँ, खोपामा नअटे खोलामा लगेर राखूँ, विनिसी तिनिसी टङ, घिन्ताङघिसी टङ )  आकर्षक लयमा उल्लेखित भाकासहित एक आपसमा लठ्ठी जुधाउँदै नाच्ने घिन्ताङघिसी नाच प्रदर्शन तथा हास्यव्यङ्ग्य र ख्यालठट्टासहित मृतात्माको शान्तिको कामना गरिने गाईजात्रा पर्व भक्तपुरमा आइतबार साँझदेखि शुरु भएको छ..

    नेवार समुदायले क्वाँटी खाने पर्व गुँपुन्ही मनाउँदै, यस्तो छ क्वाँटी खानुको कारण !

    आईतवार, भाद्र १०, २०७५ साल
    भक्तपुर, १० भदौ श्रावण शुक्ल पूर्णिमाका अवसरमा आईतबार हर्षोल्लासका साथ नेवार समुदायले गुँपुन्ही पर्व धुमधामका साथ मनाउँदैछ ।  नेपाल सम्बतमा गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्मको एक महिना गुँला अर्थात नवौँ महिना हो । गुँलामा पर्ने भएकाले यसको नेवारीमा नाम गुँपुन्ही रहन गएको र नवौँ महिना भएकोले पनि नेवार समुदायले कम्तीमा विभिन्न प्रकारका नौ थरी गेडागुडीको मिश्रण क्वाँटी खाने गरेको हो ।  यही प्रचलन नेवार..

    नागपञ्चमीको आगमनसँगै सङ्खुवासभामा लाखेनाचको रौनक बढ्दै

    बुधबार, भाद्र ६, २०७५ साल
    सङ्खुवासभा, ६ भदौ  परम्परादेखि सङ्खुवासभाको चैनपुरसँगै, खाँदबारी, खराङ, वानालगायतका ठाउँमा निकालिँदै आएको लाखेनाच यो वर्ष पनि नागपञ्चमीको आगमनसँगै लाखेनाच्नेको भीड देखिन थालेको छ ।  नेवार समुदायको बाहुल्यता रहेको चैनपुर बजारमा यस वर्षको लाखेनाच चैनपुर समाजसेवा युवा क्लबको विशेष आयोजनामा निकालिएको छ । चैनपुर मात्र नभएर नेवार समुदायको बाहुल्यता रहेको जिल्लाका अन्य बजार क्षेत्रमासमेत लाखेनाचको रौनक शुरु भएको छ ।  बिहीबार चैनपुुरको सरस्वती थानमा..

    राष्ट्रिय जनता पार्टी नेपालका ६१ नेत्रीद्वारा १५ किलोमिटर बोलबम पैदल यात्रा !

    सोमबार, भाद्र ४, २०७५ साल
    गौशाला, ४ भदौ राष्ट्रिय जनता पार्टी नेपालका ६१ नेत्रीले आज १५ किलोमिटर बोलबम पैदल यात्रा गरेका छन् । धनुषा जिल्लाको जनकपुरधाममा अवस्थित गङ्गासागरबाट जल भरेर राजपा नेपालका नेत्रीले १५ किलोमिटर पैदल बोलबम यात्रा गर्दै महोत्तरीको सदरमुकाम जलेश्वरमा अवस्थित बाबा जलेश्वरनाथ महादेव मन्दिरमा सोमबार बाबा जलेश्वरनाथलाई जलार्पण गरेका छन् ।  पहेँलो एवं सुन्तला रङ्गको पहिरनमा मधेश एवं देश तथा विश्व कल्याणार्थ राजपा नेपालका..

    छरछिमेकीहरुलाई विभिन्न वस्तु बाँडेर प्रदेश नं ७ मा ‘ओल्के’ चाड उल्लासपूर्वक मनाइँदै

    बिहिवार, श्रावन ३१, २०७५ साल
    धनगढी, ३१ साउन पिँडालुको कलिलो पात, दुध, दहीलगायत वस्तु सम्मानस्वरुप आफ्ना छरछिमेकीहरुलाई बाँडेर मनाइने ओल्के चाड प्रदेश नं ७ मा उल्लासपूर्वक मनाइँदैछ ।  हरेक वर्ष भाद्र सङ्क्रान्तिका दिन मनाइने यो चाड मनाउन घरघरमा आजैदेखि तयारी थालिएको छ । ओल्के चाडमा बढी प्रयोग हुने दूध दहीको जोहो गर्ने र मीठा मीठा खानाका परिकार बनाउनुपर्ने भएपछि घरका गृहिणीको व्यस्तता पनि बढाइदिएको छ ।  आफ्ना मान्यजन,..

    भगवान शिवको सबैभन्दा ठूलो शत्रु को थिए ? जो संग यमराज समेत डराउँथे !

    सोमबार, श्रावन २८, २०७५ साल
    एजेन्सी, साउन २८  असुर जालन्धर भगवान शिवको सबैभन्दा ठूलो शत्रु रहेको बुझिन्छ । देवी भागवत पुराणका अनुसार जालन्धर शिवकै अंश थियो तर यो कुरा उसलाई थाहा थिएन । जालन्धर भगवान् शिवको तेजबाट उत्पन्न शिवकै छोरो थियो । जालन्धरलाई लक्ष्मीको भाइ अर्थात् समुद्रको पुत्रसमेत भनिएको पाइन्छ ।  जालन्धर निकै शक्तिशाली थियो । इन्द्रलाई समेत पराजित गर्न सफल जालन्धरले तीनै लोकको सत्ता हातमा लिएको थियो..

    रत्न रहस्य : के यसले ग्रह-दोष निवारण गर्छ ? के हो रत्न ? (विस्तृत जानकारी)

    बिहिवार, श्रावन २४, २०७५ साल
    एजेन्सी, २४ साउन अहिले रत्न धारण गर्ने ट्रेन्ड मौलाएको छ । औंठीमा, लकेटमा रत्न लगाउने गरिएको छ । कतिले आफ्नो शान-सौकतका लागि रत्न जडित औंठी लगाउने गरेका छन् भने, कतिले ग्रहदशाको अशुभ प्रभाव टार्नका लागि । तर, के रत्न फेसन मात्र हो ? स्टाइल मात्र हो ? यदि होइन भने यसले कसरी काम गर्छ ? रत्न धारण गर्नुको खास अर्थ के हो ?..

    ऐतिहासिक महत्वको वटु भद्रकाली मन्दिरको पुनःनिर्माण शुरु

    सोमबार, श्रावन १४, २०७५ साल
    काठमाडौँ, १४ साउन  भूकम्पका कारण पूर्णरुपमा क्षति भएको वटु भद्रकाली मन्दिर पुनः निर्माणको लागि सोमबार शिलान्यास गरिएको छ ।  काठमाडौँ महानगरापलिका वडा नम्बर २२ स्थित उक्त मन्दिरलाई कामपाका प्रमुख विद्यासुन्दर शाक्यले शिलान्यास गरे । मन्दिर शिलान्यास कार्यक्रममा प्रमुख शाक्यले गोर्खा भूकम्पका कारण कामपाभित्र क्षति पुगेका सबै सम्पदाहरुको पुनःनिर्माणमा सबैको सहकार्य आवश्यक रहेको बताए ।  कामपाका उपप्रमुख हरिप्रभा खड्गीले सम्पदा पुनःनिर्माणमा सबैको चासो रहेको..

    संकट मोचनधामको निर्माणमा सहयोग जुटाउने उद्देश्यले महायज्ञको आयोजना !

    बुधबार, श्रावन ९, २०७५ साल
    काठमाडौँ, ९ साउन  राष्ट्रमा देखिएका संकटको मोचन होस् भन्ने कामना गरी संकट मोचनधामको निर्माणमा सहयोग जुटाउने उद्देश्यले महायज्ञको आयोजना गरिने भएको छ ।  संकट मोचन हनुमान मन्दिर सेवा समिति तथा विश्व हिन्दू महासंघ लगायतका धार्मिक एवम् सामाजिक संघसंस्थाको आयोजनामा भुवनेश्वरी मन्दिर परिसर बासुकीचौर बल्खुमा संकट मोचन शिव पुराण महायज्ञ आयोजना गर्न लागिएको हो । महायज्ञ साउन ११ शुक्रबार गुरु पूर्णिमादेखि २६ गतेसम्म..

    साउनमा किन माछामासु नखाने, किन उपवास बस्नुपर्ने ? थाहापाउनुहोस् वैज्ञानिक कारण

    सोमबार, श्रावन ७, २०७५ साल
    काठमाडौँ, १ साउन  अबको साता दिनपछि साउन महिना सुरु हुँदैछ । साउन महिना, धार्मिक आस्था राख्नेहरुका लागि विशेष महिना । यो महिनामा केही धार्मिक पर्वहरु पनि पर्छ । यो साउने संक्रान्तिको महिना हो । यो बोलबमको महिना हो । भगवान शिवको आरधानाको महिना हो । उपवासको महिना हो ।  पूर्विय दर्शन अनुसार साउन महिनामा भगवान शिवको आरधना गर्ने, उपवास बस्ने, शिवलिंगमा जल..

    प्रत्येक अठ्चालीस मिनेटपछि फेरिन्छन् मुहूर्त, यसप्रकार छन् मुहूर्तका प्रकारहरु ?

    आईतवार, आषाढ २४, २०७५ साल
    एजेन्सी, २४ असार ज्योतिष शास्त्रअनुसार एक दिनमा ३० वटा मुहूर्त हुन्छन् । पहिलो मुहूर्तलाई रुद्र भनिन्छ जुन विहान ६ बजे सुरु हुन्छ । यसपछि प्रत्येक अठ्चालीस मिनेटपछि मुहूर्त फेरिन थाल्छन् । त्यसरी क्रमैसँग आउने मुहूर्तका नाम हुन्- आहि, मित्र, पितृ, वाराह, विश्वेदेवा, विधि, सप्तमुखी, पुरुहूत, वाहिनी, नक्तनकरा, वरुण, अर्यमा, भग, गिरीश, अजपाद, अहिर्बुध्न्य, पुष्य, अश्विनी, यम, अग्नि, विधातृ, कण्ड, अदिति, जीव..

    के हो संसारको प्रथम हिन्दु धर्म ? यस बारे जान्नै पर्ने कुरा र धर्मको वृतान्त !

    बुधबार, आषाढ १३, २०७५ साल
    एजेन्सी, १३ असार  हिन्दू धर्मको इतिहास अति प्राचीन छ। यस धर्मलाई वेदकालबाट पनि पूर्वको मानिन्छ, किनभनें वैदिक काल र वेदहरूको रचनाको काल अलग-अलग मानिन्छ। यहाँ शताब्दिहरूबाट मौखिक परंपरा चलती रही, जसका द्वारा यसको इतिहास अनि ग्रन्थ अघि बढ्दै रहे। त्यसको पछि यसलाई लिपिबद्ध गर्ने काल पनि धेरै लामो रहेकोछ। हिन्दू धर्मका सर्वपूज्य ग्रन्थ होउन् वेद। वेदहरूको रचना कुनै एक कालमा भएको..
    Results 204: You are at page 6 of 7
    First Prev 1 2 3 4 5 6 7 Next Last
    Weather Forecast