शनिबार, कार्तिक २, २०७६

    अध्यात्म चर्चा

    शेषनारायणको मन्दिरमा दर्शनार्थीको भीड, मनोकाङ्क्षा पूरा हुने जनविश्वास

    सोमबार, मंसिर ३, २०७५ साल
    काठमाडौँ, ३ मङ्सिर   काठमाडौँको दक्षिण भेगस्थित शेषनारायणको मन्दिरमा हरिबोधनी एकादशीका दिन लाग्ने मेला भर्न आज दर्शनार्थीको भीड लागेको छ ।    काठमाडौँ उपत्यका तथा दक्षिणकाली आसपास क्षेत्रबाट भक्तजन सो मन्दिरमा नारायणको पूजा गर्न भीड लागेको हो ।    उक्त मन्दिरमा मेला भरेर आज नारायणको पूजा गरेमा साक्षात नारायण प्रशन्न भई पारिवारिक सुख, शान्ति कायम भई मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेको स्थानीय समाजसेवी दिलीप शर्माले बताए..

    कार्तिक शुक्ल एकादशीका दिन तुलसी–दामोदरको विवाह र चतुर्मास व्रत उद्यापन गर्न हुने

    आईतवार, मंसिर २, २०७५ साल
    काठमाडौँ, २ मङ्सिर बृहस्पति अस्त भए पनि कार्तिक शुक्ल एकादशीका दिन तुलसी–दामोदरको विवाह, चतुर्मास व्रत उद्यापन, नवान्नप्राशन गर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।  बृहस्पति अस्तका बेला ठूलो एकादशीसमेत भनिने कार्तिक शुक्ल एकादशीका दिन गरिने व्रत, तुलसी–दामोदर विवाह र त्यसपछि उद्यापनको हवनलगायत धार्मिक कार्य गर्नु हुँदैन भनी गरिएको हल्ला एवं प्रचारप्रसार शास्त्रीय रुपमा गलत रहेको समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा..

    श्रीखण्डमूल महाविहारमा पहिलो पटक अमोघपाश लोकेश्वरको साधनासहित विशेष पूजा

    शुक्रबार, कार्तिक ३०, २०७५ साल
    काठमाडौँ, ३० कात्तिक प्राणी मात्रको कल्याणको कामना गर्दै काठमाडौँको श्रीखण्डमूल महाविहारमा पहिलो पटक अमोघपाश लोकेश्वरको साधनासहित विशेष पूजा गरिएको छ ।  बुद्ध, धर्म तथा सङ्घको आह्वान गर्दै बुद्ध मण्डल, धर्म मण्डल तथा सङ्घ मण्डलको बज्रयान विधिअनुसार मन्त्रोच्चारणका साथ पूजा गरिएको हो । कश्यप बुद्धको पालादेखि चल्दै आएको विश्वास गरिएको उपोसथ व्रत लिएका व्यक्तिलाई बोधिज्ञान प्राप्त हुन्छ भन्ने धार्मिक मान्यता छ ।  अमोघपास लोकेश्वरको..

    धार्मिक क्षेत्र पाटन दरबारका ८ स्मारकको निर्माण सम्पन्न, १ वर्षभित्र निर्माण सक्ने योजना

    बिहिवार, कार्तिक २९, २०७५ साल
    ललितपुर, २९ कात्तिक पाटन दरबार क्षेत्रका आठ स्मारकको निर्माण सम्पन्न भएको छ । भूकम्पभन्दा केही समय पहिलेदेखि पुनःनिर्माण शुरु भएको थियो ।  पाटनको कृष्ण मन्दिरसँगै, बहादुर शाहको बैठक, मूलचोकको तलेजु मन्दिर र सुन्दरीचोकको पूर्वी भागको पुनः निर्माण सकिएको छ । दुई मणिमण्डप र दुई स्तम्भको पनि काम सम्पन्न भइसकेको छ । भीमसेन मन्दिरअघिको सिंहस्तम्भ र योगनरेन्द्र मल्लको शालिक स्तम्भको निर्माण सकिसकेको छ..

    पहिलो पटक बुद्धको जन्मभूमि लुम्बिनीमा ऐतिहासिक अन्तर्राष्ट्रिय त्रिपिटक वाचन कार्यक्रम शुरु !

    बुधबार, कार्तिक २८, २०७५ साल
    रुपन्देही, २८ कात्तिक नेपालमै पहिलो पटक बुद्धको जन्मभूमि लुम्बिनीमा ऐतिहासिक अन्तर्राष्ट्रिय त्रिपिटक वाचन कार्यक्रम आज शुरु भएको छ ।  लुम्बिनी बिकास कोष, अखिल नेपाल भिक्षु महासङ्घ र थाई बौद्ध विहारको संयुक्त आयोजनामा मायादेवी मन्दिर परिसरमा शुरु भएको सो तीनदिने कार्यक्रममा १८ देशका भिक्षु–भिक्षुणी, उपासक–उपासिकाहरु सहभागी छन् ।  नेपालका लागि थाइल्याण्डका राजदूत भगवत तान्सकुल, लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेय, संविधानसभा सदस्य दुर्गा उपाध्याय,..

    ऐतिहासिक र धार्मिक महत्व रहेको पाटनको प्रसिद्ध कात्तिक नाच शुरु

    सोमबार, कार्तिक २६, २०७५ साल
    काठमाडौँ, २६ कात्तिक ऐतिहासिक र धार्मिक महत्व रहेको पाटनको प्रसिद्ध कात्तिक नाच आजदेखि शुरु भएको छ ।  नाचको पहिलो दिन आज साँझ बाथ प्याँख नाचअन्तर्गतको सेव लायगु देखाइँदैछ । बाथ प्याँख(बाठोको नाच) शिक्षामूलक हुने कात्तिक नाच प्रबन्ध समितिले बताए ।  प्रत्येक दिन साँझ कात्तिक डबलीमा नाच देखाइने गरिएको छ । बाह्र दिनसम्म चल्ने नाचमा झण्डै १०० जना सहभागी हुने समितिका अध्यक्ष किरण चित्रकारले..

    फाल्गुनन्दको जीवनी : सबै प्राणी भगवानका सन्तान, मुचुल्का र समाज सुधार

    आईतवार, कार्तिक २५, २०७५ साल
    फिदिम, २५ कात्तिक  किराँत धर्मगुरु फाल्गुनन्द लिङ्देनको १३४ औँ जन्मजयन्ती पूर्वी नेपालमा आईतबार विशेष पर्वका रुपमा मनाइएको छ । किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दको जन्म भएको दिन कात्तिक २५ गतेलाई विशेष पर्वका रुपमा मनाउने गरिएको छ । फाल्गुनन्दको १३४ औँ जन्मजयन्तीका अवसरमा लिम्बू समुदायको बसोबास रहेका पूर्वी नेपालका विभिन्न जिल्लासहित राजधानी काठमाडौँ र विदेशमा समेत धार्मिक तथा साँस्कृतिक कार्यक्रम आयोजना गरिएका छन्..

    धार्मिक सहिष्णुताको नमूना नेपाल, धर्मलाई मिलाएर लैजान सक्ने क्षमता नेपालीमा भेटियो

    बुधबार, कार्तिक २१, २०७५ साल
    चितवन, २१ कात्तिक  राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपाल धार्मिक सहिष्णुताको नमूनाको देश भएको बताएका छन् ।  विश्वमा धर्मको नाममा हिंसा भएको बताउँदै उनले नेपालको धार्मिक एकताले विश्वमा पहिचान दिएको छ भने । भरतपुरको बागेश्वरीमा रहेको योगी नरहरिनाथ गौ संरक्षण केन्द्रमा बुधबार सामूहिक गौ पूजन कार्यक्रममा उनले सबै धर्मलाई मिलाएर लैजान सक्ने क्षमता नेपालीमा भएकोे बताए । सबै धर्मलाई सम्मान गरेर अगाडि बढ्नुपर्ने..

    जनकपुरसहित सम्पूर्ण मधेशमा दीपावलीसँगै छठपर्वको तयारी

    मंगलवार, कार्तिक २०, २०७५ साल
    धनुषा, २० कात्तिक जनकपुरसहित सम्पूर्ण तराई मधेशमा दीपावलीसँगै छठ पर्वको तयारी तथा रौनक पनि शुरु भइसकेको छ । असोज महीनाको कृष्ण पक्षको औँसी तिथिका दिन लक्ष्मी पूजा अर्थात् दीपावली मनाइन्छ । लक्ष्मी पूजाको ठीक चार दिनपछि नै अर्थात् कात्तिक महीनाको शुक्ल पक्षको चौथी तिथिका दिनदेखि छठ पर्व विधिवत्रुपमा रुपमा शुरु हुन्छ । छठ पूजा तराई मधेशमा बस्ने मैथिली भाषी मधेशी हिन्दू..

    मोहरर्म पर्वको ४०औँ दिनपछि मनाउने ‘चलिस्मा पर्व’ सम्पन्न

    आईतवार, कार्तिक १८, २०७५ साल
    विराटनगर, १८ कात्तिक इस्लाम धर्मावलम्बीका अगुवा इमाम र हसनको स्मृतिमा मनाइने मोहरर्म पर्वको ४०औँ दिनपछि मनाउने ‘चलिस्मा पर्व’  सम्पन्न भयो ।   मोरङको कटहरी गाउँपालिका–४ को खरवन्दामा आयोजित दुईदिने उक्त पर्वका अवसरमा विभिन्न स्थानबाट आएका ४० समूहका खेलाडीले लाठीको विभिन्न कार्यक्रम प्रस्तुत गरेका थिए । एक समूहमा आठदेखि १० खेलाडीको सहभागिता रहेको थियो । लाठी पर्वमा सहभागी खेलाडीले लाठीका विभिन्न प्रतिस्पर्धा देखाउनाका साथै..

    प्रदर्शनको स्रोत र कलाकारको अभावमा बन्द भएको ऐतिहासिक देवी नाच ३७ वर्षपछि प्रदर्शन गरिँदै

    सोमबार, कार्तिक १२, २०७५ साल
    काठमाडौँ, १२ कात्तिक राजा मानदेवको पालादेखि प्रचलनमा आएको ऐतिहासिक देवी नाच ३७ वर्ष पछि गोकर्णेश्वर क्षेत्रको गोकर्ण देशेमा प्रदर्शन भइरहेको छ ।  विजयादशमीका दिनदेखि प्रदर्शन शुरु हुने यो नाच माघ महीनासम्मका विभिन्न चाडपर्वका अवसरमा गोकर्णेश्वर क्षेत्रमा प्रदर्शन गरिन्छ । पाँचौ शताब्दीमा राजा मानदेवको पालादेखि विसं २०३८ सम्म प्रदर्शन गरिएको नाच त्यसपछि प्रदर्शनको स्रोत र कलाकारको अभावमा बन्द भएको थियो । विसं २०३८..

    आश्विन शुक्ल प्रतिपदाका दिनदेखि शुरु भएको कोजाग्रत पूर्णिमा आखिर के हो ?

    बुधबार, कार्तिक ७, २०७५ साल
    काठमाडौँ, ७ कात्तिक सम्पन्नताकी देवी महालक्ष्मीको पूजाराधना गरी कोजाग्रत पूर्णिमा बुधबार मनाइएको छ ।  आश्विन शुक्ल प्रतिपदाका दिनदेखि शुरु भएको दुर्गा पक्ष अर्थात् दशैँ पर्व बुधबार कोजाग्रत पूर्णिमाका दिन समापन हुन्छ । कोजाग्रातको अर्थ ‘को जागेको छ’भन्ने हो ।  आजको दिन सायंकालमा महालक्ष्मीको पूजाराधना गरी राति जाग्राम बसेको मानिसका घरमा पृथ्वी भ्रमण गर्दै हिँडेकी महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य दिई सम्पन्न बनाउँछिन् भन्ने..

    पहाडी जिल्लाबाट लोप हुने खतरामा सराए नाच, के छ यसको ऐतिहासिक महत्व ?

    सोमबार, कार्तिक ५, २०७५ साल
    बुटवल, ५ कात्तिक पहाडी जिल्लाबाट लोप हुने खतरामा रहेको सराए नाच रुपन्देही र कपिलवस्तुमा पनि प्रदर्शन गरिएको छ । गुल्मी, अर्घाखाँची र पाल्पा जिल्लामा बडादशैँको अवसरमा नाचिने सराए नाच लोप हुने खतरा रहेको भन्दै ती जिल्लाबाट बसाइँ सरेर तराई झरेकाहरुले प्रदर्शन गरेका हुन् । पाल्पाली फौजले अङ्गे्रजलाई परास्त गरेको स्थान जीतगढीमा आइतबार स्थानीयवासीले खुँडा, तरबार, खुकुरीसहितका हतियार प्रदर्शन गर्दै सराए नाच..

    धार्मिक सहिष्णुतामा नेपाल संसारकै नमूना देश : राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना

    आईतवार, असोज २८, २०७५ साल
    बागलुङ, २८ असोज राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले धार्मिक सहिष्णुतामा नेपाल संसारकै नमूना देश भएको बताएका छन् । महान् पर्व बडादशैँको अवसरमा बागलुङ नगरपालिकाले  आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै अध्यक्ष तिमिल्सिनाले नेपालमा अनेक धर्म मान्ने सम्प्रदाय भए पनि धार्मिक सद्भाव रहेको बताए । उनले नेपाल प्राकृतिक तथा धार्मिक हिसाबले धनी हुदाँहुदै पनि उचित व्यवस्थापनको अभावमा गरीब भएको भन्दै अहिलेको..

    धार्मिकस्थल भुलभुले दूधकुण्डको पर्यटन प्रवद्र्धन गर्न नयाँ संरचना थप

    शुक्रबार, असोज २६, २०७५ साल
    खोटाङ, २६ असोज दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पामा अवस्थित धार्मिक तथा पर्यटकीय स्थल भुलभुले दूधकुण्डको पर्यटन प्रवद्र्धन गर्न नयाँ संरचना थप गरिएको छ । पुरानो संरचनालाई हटाएर स्तरोन्नति गर्दै पर्यटन प्रवद्र्धनका लागि द्वार, फलामे बारसहितको सिंढी, सात धारा, पोखरी, छानासहितको बस्ने फलामे बेञ्चलगायतका संरचना निर्माण गरिएको हो । भुलभुले दूधकुण्डमा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्दै स्थानीयको आर्थिक समृद्धिका लागि निर्माण गरिएको..

    बडादशैँको अवसरमा शक्तिपीठहरुमा दर्शनार्थीको भीड, जमरा राखी माता भगवतीलाई अर्पण

    बुधबार, असोज २४, २०७५ साल
    राजविराज, २४ असोज  बडादशैँको अवसरमा यहाँका दुई शक्तिपीठमा बुधबार बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ । बुधबार घटस्थापनाको दिन छिन्नमस्ता शक्तिपीठ र भारदहस्थित कङ्कालनी भगवती मन्दिरमा भक्तजनको घुइँचो लागेको छ ।  भक्तजन पूजापाठ गर्न बिहानैदेखि लाइनमा लागेको छिन्नमस्ता मन्दिरका पिठाधीश एवं मूलपुजारी महाकान्त ठाकुरले बताए । सप्तरी सदरमुकाम राजविराजस्थित भगवती मन्दिर र हुनुमाननगर कङ्कालनी नगरपालिका–१ भारदहमा दर्शनार्थीको बिहानैदेखि घुइँचो लागेको छ । भारतबाट..

    पोखराको प्रसिद्ध विन्ध्यवासिनी मन्दिरमा २ सय ३५ वर्षपछि करारमा पुजारी नियुक्त

    सोमबार, असोज २२, २०७५ साल
    पोखरा, २२ असोज  पोखराको प्रसिद्ध विन्ध्यवासिनी मन्दिरमा २ सय ३५ वर्षपछि करारमा पुजारी नियुक्ति गरिएको छ । दशनार्थीले पूजाका क्रममा मन्दिरमा चढाएको भेटी र दानका सम्बन्धमा विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समिति र पुजारीबीच केही वर्षदेखिको विवाद समाधान गर्दै करारमा पुजारी राखिएको हो । मन्दिरमा दर्शनार्थीले चढाउने सबै दक्षिणा पुजारीले लिने गरेकामा करारमा नियुक्ति भएकाहरूलाई भने तलब दिइने र चढाइएका दान दक्षिणा र..

    बुद्धको जन्मभूमि लुम्बिनीमा अन्तर्राष्ट्रियस्तरको ‘त्रिपिटक’ वाचनको तयारी

    आईतवार, असोज २१, २०७५ साल
    बुटवल, २१ असोज नेपालमै पहिलो पटक बुद्धको जन्मभूमि लुम्बिनीमा हुन लागेको अन्तर्राष्ट्रियस्तरको त्रिपिटक वाचनका लागि तयारी गरिएको छ । प्रन्ध्र वर्षदेखि लगातार भारतको बोधगयामा त्रिपिटक वाचन कार्यक्रम भए पनि बुद्धको जन्मस्थलमा अहिलेसम्म हुन नसकेकाले अखिल नेपाल भिक्षु महासङ्घले यसको तयारी थालेको हो ।  आगामी कात्तिक २८ देखि ३० गतेसम्म मायादेवी मन्दिर परिसरमा हुने कार्यक्रममा बुद्ध वचनको सङ्ग्रह त्रिपिटकअन्तर्गतका विनय पिटक, सूत्र पिटक र..

    सीताराम विवाहपञ्चमी भव्य रूपले मनाउने तयारी, प्रदेश सरकारले ३० लाख उपलब्ध गराउने

    आईतवार, असोज १४, २०७५ साल
    जनकपुरधाम, १४ असोज   प्रदेश नं २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले आगामी मङ्सिर २६ गते यहाँ हुने भगवान् सीताराम विवाहपञ्चमी महोत्सव भब्य रूपले मनाउनका लागि योजना बनाउन आग्रह गरेका छन् ।  जानकी मन्दिरद्वारा आईतबार यहाँ आयोजित छलफल कार्यक्रममा मन्त्री साहले महोत्सव सम्पूर्ण मिथिलावासीको प्रतिष्ठा भएको बताउँदै महोत्सवलाई भव्यता दिन जनकपुरधाममा सार्कस्तरीय रामलीलाको आयोजना गर्ने अवधारणाबारे छलफल भइरहेको छ भने । उनले प्रदेश..

    लिङ्गो ठड्याई इन्द्रध्वजोत्थान गरिएदेखि आरम्भ भएको इन्द्रजात्रा नानीचा याः गर्दै सम्पन्न

    शुक्रबार, असोज १२, २०७५ साल
    काठमाडौँ, १२ असोज हनुमानढोकास्थित आकाश भैरव अगाडि यःसिं (लिङ्गो) ठड्याई इन्द्रध्वजोत्थान गरिएदेखि शुरु भएको यँया डै पुन्ही अर्थात् इन्द्रजात्रा शुक्रबार नानीचा याः गर्दै सम्पन्न हुँदैछ ।  इन्द्रजात्राभित्र अरु धेरै जात्रा तथा पूजापाठ हुन्छ । यिनै जात्रा तथा पाठपुजाले इन्द्रजात्रालाई थप रौनक प्रदान गरेको हुन्छ जसका कारण कलिला नानीदेखि वृद्धवृद्धासमेत इन्द्रजात्रा अवधिभर रमाउने गर्छन् । नानीचा याःसँंगै यो रमाइलो समय पनि यस वर्षदेखि..

    धार्मिक तथा सांस्कृतिक महत्व बोकेको भक्तपुरको प्रसिद्ध परम्परा मूपात्र जात्रा आजदेखि

    बिहिवार, असोज ११, २०७५ साल
    भादगाउँ, ११ असोज  धार्मिक तथा सांस्कृतिक महत्व बोकेको भक्तपुरको प्रसिद्ध परम्परागत मूपात्र (राक्षसको प्रतिक) जात्रा बिहिबारदेखि शुरु हुँदैछ ।  नेवार समुदायमा महत्वपूर्ण जात्राका रुपमा लिइने मूपात्र जात्रा प्रत्येक वर्ष आश्विन कृष्ण द्वितीयादेखि चौथीसम्म मनाइन्छ । मूपात्र राक्षसको प्रतीकको जात्रा भएकाले यस जात्रालाई राक्षस जात्रा पनि भनिन्छ ।  देवराज इन्द्रका छोरा जयन्तको कथासँग मिल्दोजुल्दो भएको मूपात्र जात्रा द्वापरयुगदेखि सञ्चालनमा आए तापनि मल्लकालमा भक्तपुरका राजा..

    सुर्खेतमा व्यवस्थित दाहसंस्कारस्थल निमार्णका लागि महामहोत्सव शुरु

    बुधबार, असोज १०, २०७५ साल
    सुर्खेत, १० असोज कर्णाली प्रदेशको राजधानी सुर्खेतमा व्यवस्थित दाहसंस्कारस्थल निमार्णका लागि महामहोत्सव शुरु भएको छ ।  कर्णाली प्रदेशका प्रदेश प्रमुख दुर्गाकेशर खनालले व्यवस्थित दाहसंस्कारस्थल निमार्णका लागि आयोजित महा–महोत्सवको मङ्गलबार उद्घाटन गरे । सुर्खेतको वीरेन्द्रनगर–११ स्थित भेरी नदीे किनार समझीघाटमा व्यवस्थित दाहसंस्कारस्थल निमार्णका लागि भेरीगङ्गा समझीघाट सांस्कृतिक, धार्मिक महा–महोत्सव आयोजना गरिएको हो ।  सबै धर्म संस्कृति र संस्कार मान्ने समुदायका लागि छुट्टा–छुट्टै दाहसंस्कार स्थल..

    वेदव्यासको जन्मभूमि दमौलीलाई प्रचार गर्न महामिलन पर्व !

    सोमबार, असोज ८, २०७५ साल
    दमौली, ८ असोज वेदव्यासको जन्मभूमि दमौलीलाई विश्वमाझ चिनाउने उद्देश्यले व्यास गुफा क्षेत्रमा एक महीने विश्व ओमकार तथा हिन्दू महामिलन पर्व हुने भएको छ ।  वेद अनुयायी प्रतिष्ठान नेपाल तनहुँले दमौलीमा पत्रकार सम्मेलनको आयोजना गरी सो कार्यक्रमबारे जानकारी गराएको छ । प्रतिष्ठानका अध्यक्ष कृष्णकान्त काफ्लेले १८ पुराणका रचयिता वेदव्यासको जन्मस्थलको उचित प्रचारप्रसार हुन नसकेकोले यसको प्रचारका लागि कात्तिक १ देखि ३० गतेसम्म कार्यक्रम..

    प्राकृतिक र मानवीय अतिक्रमणका कारण दुर्लभ शालिग्राम जोगाइँदै

    आईतवार, असोज ७, २०७५ साल
    बागलुङ, ५ असोज  बागलुङ नगरपालिका–४ कुँडुलेमा निर्माणाधीन ‘स्वामी श्रीधराचार्य शालिग्राम सङ्ग्रहालय’ निमार्ण अघि बढेकोे छ । प्राकृतिक र मानवीय अतिक्रमणका कारण लोपन्मुख अवस्थामा पुगेको शालिग्राम जोगाउन सङ्ग्रहालय बनाउन लागिएको हो ।  धार्मिक हिसाबले पवित्र मानिने बहुमूल्य उक्त शिला कालिगण्डकी (पौराणिक नाम कृष्णागण्डकी) नदीमा मात्र पाइन्छ । हिन्दू धर्म र संस्कारमा शालिग्राम लाई विष्णु भगवानको अवतारका रुपमा लिइन्छ । कुँडुलेमा रहेको श्रीरङ्गवेङ्कटेश मुक्तिनारायण..

    काठमाडौँ उपत्यकाको ठूलो चाड इन्द्रजात्रा महत्वपूर्ण सांस्कृतिक पर्वका रुपमा विकास हुँदै

    शुक्रबार, असोज ५, २०७५ साल
    काठमाडौँ, ५ असोज काठमाडौँ उपत्यकाको ठूलो चाड इन्द्रजात्रा महत्वपूर्ण सांस्कृतिक पर्वका रुपमा विकास हुँदैगएकोे छ । असत्यमाथि सत्यको विजय तथा शत्रु पक्षको पराजयपछि विजय मनाउने पर्वका रुपमा लिइएको जात्रामा फरक फरक समुदायले विशेष संस्कृतिका रुपमा महत्व दिएको पाइएको छ ।  हनुमानढोकामा आज विधिपूर्वक ३२ हात लामो लिङ्गो ठड्याइएपछि एक सातासम्म इन्द्रजात्रा मनाउने गरिन्छ । उक्त लिङ्गोको फेदमा भैरवको पूजा हुन्छ ।  विभिन्न ध्वजापताकाले..

    सदरमुकामभित्रकै सम्पदा संरक्षणविहीन, पर्यटन प्रर्वद्धनमा समेत समस्या उत्पन्न

    सोमबार, असोज १, २०७५ साल
    दैलेख, १ असोज रुकुम पश्चिम घर भई हाल दैलेखको कृषि एकाइका नायब सुब्बा प्रेम घर्ती सदरमुकाम दैलेख आउनेबित्तिकै बजारभित्र रहेको सबैभन्दा महत्वको स्थल गढी हेर्न गए । ढुङ्गैढुङ्गाले बनेको गढीको मूल ढोकामा ताला लगाइएको थियो । सो ताला उनका लागि मात्र हैन दैलेख सदरमुकाम आउने सबैका लागि हो ।  मन्त्री र विशेष व्यक्ति आएपछि हतार हतार ताला खोलिन्छ तर सर्वसाधारणका लागि..

    थकाली समुदायको फालो पर्व शुरु, घोडा चढेर राक्षसको चित्रलाई तिर हान्ने चलन !

    आईतवार, भाद्र ३१, २०७५ साल
    कोवाङ मुस्ताङ, ३१ भदौ  थाक सात सय अन्तर्गतको १३ गाउँ मुखिया थकाली समुदायको परम्परागत मौलिक पर्व कुमारयात्रा (फालो) शनिबारदेखि शुरु भएको छ ।  थकाली समुदायको उद्गमस्थल थासाङ गाउँपालिका– २ कोवाङमा प्रत्येक वर्ष भाद्र महिनाको शुक्लपक्ष अनुराधा नक्षत्रका दिनदेखि तीन दिनसम्म कुमारयात्रा पर्व मनाउने चलन छ ।  थासाङ गाउँपालिकाका अध्यक्ष बुद्धिप्रसाद शेरचनले परम्परा, संस्कार, कला र संस्कृतिको संरक्षणमा सम्बन्धित समुदाय अग्रसर बन्नुपर्ने बताए ।..

    ऋषिपञ्चमीमा पूजा आराधनामा महिला सशक्तीकरण र अधिकारसम्बन्धी गीत

    शुक्रबार, भाद्र २९, २०७५ साल
    काठमाडौँ, २९ भदौ  काठमाडौँ महानगरपालिका–१२ टेकुस्थित ऋषेश्वर मन्दिरमा सप्तऋषिको दर्शनका लागि आएका भक्तजनले सामाजिक चेतनाका गीत प्रस्तुत गरेका छन् ।  प्रत्येक वर्ष ऋषिपञ्चमीका दिन लाग्ने उक्त मेला भर्न काठमाडौँ उपत्यका तथा त्यस वरपर क्षेत्रबाट आएका महिला भक्तजनले ऋषेश्वरको दर्शन तथा पूजा आराधनापछि उनीहरुका अधिकारसम्बन्धी गीत गाएका छन् ।  मन्दिर परिसरमा पञ्चमीको पूजाका लागि विशेष भीड लागेको छ । कामपा–१२ ले मेलालाई व्यवस्थित बनाउन..

    हरितालिका : पुरुषले पनि व्रत बस्न सक्ने, विभिन्न ८ कुरा खान हुने शास्त्रीय मान्यता

    मंगलवार, भाद्र २६, २०७५ साल
    काठमाडौं, २७ भदौ  भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व मंगलबार उमा महेश्वरको पूजाराधना गरी मनाइँदैछ ।  भाद्र शुक्ल तृतीयामा व्रत बसी शिवपार्वतीको पूजा र उपासना गरेमा सुख, शान्ति र कल्याण प्राप्ति हुने धार्मिक विश्वास छ । यो व्रत गर्ने पुरुषले विधुर हुनु नपर्ने तथा नारीले अटल सौभाग्य र अविवाहित केटाकेटीले गुण सम्पन्न वर वा वधु पाउने मान्यता छ ।  सत्ययुगमा हिमालयपुत्री..

    तीजको दर : संस्कृतिसँगै विकृति, महिला सशक्तीकरणमा ध्यान दिनुपर्ने आवश्यकता

    सोमबार, भाद्र २५, २०७५ साल
    काठमाडौँ, २५ भदौ हरितालिका(तीज) आउन अब केही दिन मात्र बाँकी छ । पहिले पहिले तीजको अघिल्लो दिन मात्र खाइने दर केही वर्षदेखि एक दुई महिनाअघिदेखि नै खाने प्रचलन बढ्दै आएको छ ।  काठमाडौँ नयाँ बानेश्वरकी ६९ वर्षीया दुर्गा दाहालले तीज मनाउन थालेको ५० वर्ष हुन लागिसक्यो । त्यतिबेला दर खाने चलन एकदमै सीमित थियो । जसले जतिसक्यो त्यति नै आफ्ना चेलीबेटीलाई खुवाउने..
    Results 190: You are at page 5 of 7
    First Prev 1 2 3 4 5 6 7 Next Last
    Weather Forecast