आईतवार, चैत्र १६, २०७६

    राज्य-समाज

    विप्लव समूहका उपत्यका इन्चार्ज लामा पक्राउ

    आईतवार, श्रावन ५, २०७६ साल
    काठमाडौँ, ५ साउन प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका उपत्यका इन्चार्ज माइला लामालाई काठमाडौँको काँडाघारीबाट पक्राउ गरेको छ । राजधानीको विभिन्न स्थानमा भएको बम विष्फोटमा संलग्न रहेको भन्दै प्रहरीको खोजी सूचीमा रहेका लामालाई विशेष सूचनाका आधारमा गए राति १२ः२० बजेको समयमा पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका प्रमुख, वरिष्ठ प्रहरी उपरीक्षक सहकुल थापाले जानकारी दिनुभयो ।   लामासँगै उनका सहयोगी रेशम तामाङलाई समेत पक्राउ गरिएको महाशाखा..

    विप्लवका उपत्यका इन्चार्ज लामा समातिए, बम विस्फोटको योजनाकार रहेको प्रहरी दावी

    आईतवार, श्रावन ५, २०७६ साल
    काठमाडौँ, ५ साउन ।  नेत्र विक्रम चन्द नेतृत्वको नेकपाका उपत्यका ब्यूरो इन्चार्ज माइला लामा पक्राउ परेका छन् । लामालाई गएराति १ बजे काठमाडौंको काँडाघारीबाट पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिएका छन् ।  गत फागुन १० गते नख्खुको एनसेल कार्यालयमा गराइएको बम विस्फोटमा लामाको हात रहेको प्रहरीले दाबी गरेको समाचार अन्नपूर्ण पोस्टमा छ । त्यसैगरी जेठ १२ गते..

    नेकपाका वरिष्ठ नेता माधव नेपालसँग गोप्य रुपमा बयान लिँदै अख्तियार

    आईतवार, श्रावन ५, २०७६ साल
    काठमाठौँ, ५ साउन ।  अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बालुवाटारको जग्गासँग सम्बन्धित अनुसन्धानमा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसँग पनि बयान लिने तयारी गरेको छ ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता समेत रहेका नेपालसँग  गोप्य रूपमा बयान लिने तयारी रहेको अख्तियार स्रोतले बताएको छ   तत्कालीन सचिव दीप बस्न्यातद्वारा लेखिएको र मन्त्री गच्छदारद्वारा स्वीकृत फाइलमा ‘प्रधानमन्त्री माधव नेपालसँग भएको छलफलको निष्कर्षका आधारमा उहाँकै चेम्बरमा टिप्पणी लेखिएको’ उल्लेख..

    कांग्रेस नेता गच्छदारलाई अख्तियार र सिआइबीले खोज्यो, तर तीन सातादेखि सम्पर्कविहीन

    आईतवार, श्रावन ५, २०७६ साल
    काठमाठौँ, ५ साउन ।  प्रधानमन्त्रीनिवास बालुवाटारको सरकारी जग्गा व्यक्तिका नाममा सारिएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले सबै जिम्मेवारसँग बयान लिइरहेका छन् । तर, दुवै निकायले खोजिरहेका तत्कालीन भौतिक पूर्वाधारमन्त्री विजय गच्छदार सम्पर्कविहीन छन् । दुवै निकायले बयानमा बोलाएपछि १५ असारमा भारत गएका उनी उतैबाट अमेरिका गए । भारत फर्किएपछि पनि नेपाल आउनुको सट्टा चेन्नईतिर..

    बाढी र पहिरोले ९० जनाको मृत्यु, १ अर्बभन्दा बढी क्षति

    आईतवार, श्रावन ५, २०७६ साल
    काठमाठौँ, ५ साउन ।  मनसुन सुरु भएसँगै मुलुकभर आएको वर्षाका कारण बाढी र पहिरोमा परी पछिल्लो १० दिनमा १ अर्ब २ करोड ७२ लाख ४५ हजार ५ सय रुपैयाँ क्षति भएको गृह मन्त्रालयले जनाएको छ । ३४ जिल्लामा बाढी र पहिरोका कारण १० दिनमा ९० जनाको मृत्यु भएको छ । गृह मन्त्रालयको आपतकालीन कार्यसञ्चालन केन्द्रले दिएको तथ्यांकअनुसार २६ असारदेखि परेको अविरल वर्षाका..

    विभाग प्रमुखको नामावली टुंगो लगाउन प्रचण्डलाई सकस

    आईतवार, श्रावन ५, २०७६ साल
    काठमाठौँ, ५ साउन ।  पार्टी एकीकरण भएको पन्ध्र महिनापछि नेपाल कम्युनिष्ट पार्टीले एकताको बाँकी कामलाई पूर्णता दिने भएको छ । अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भएको सहमतिअनुसार विभाग र केन्द्रीय सदस्यहरुको कार्य विभाजनको टुंगो लाग्ने भएको छ । विभाग तथा आयोगका प्रमुख र केन्द्रीय सदस्यहरुको कार्यविभाजन गरेर देशव्यापी रुपमा कार्यक्रम सञ्चालन गर्ने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो । उहाँले..

    वृद्धभत्ता माग्‍दा मृत्युको प्रमाणपत्र दिएपछि...

    आईतवार, श्रावन ५, २०७६ साल
    काठमाठौँ, ५ साउन ।   जिउँदो व्यक्तिलाई मृत्युको प्रमाणपत्र ! सुन्दा अनौठो लाग्न सक्छ। तर दैलेख भगवतीमाई गाउँपालिकामा यस्तै भएको छ। वृद्धभत्ता लिन पुगेका मनिराम खत्री र उनकी श्रीमती ज्योतिकला खत्रीलाई गाउँपालिकाले नै मृत्यु भइसकेको भन्दै प्रमाणपत्र थमाएको छ। कर्मचारीको लापरबाहीका कारण जीवित व्यक्तिलाई मृत्युको प्रमाणपत्र दिइएको हो। गत असार १० गते ती दम्पतीलाई गाउँपालिकाले मृत्यु दर्ताको प्रमाणपत्र थमाएको थियो। लेखपढ नगरेका खत्री..

    सरकारद्वारा युवाको उमेर समूह ५ वर्ष घटाउने प्रस्ताव

    शनिबार, श्रावन ४, २०७६ साल
    काठमाडौँ, ४ साउन । सरकारले युवाको उमेर समूह पाँच वर्ष घटाउने प्रस्ताव गरेको छ । राष्ट्रिय युवा परिषद्ले तयार पारेको ‘राष्ट्रिय युवा परिषद् ऐन–२०७२’ को पहिलो संशोधनमा युवाको उमेर १८ देखि ३५ वर्षलार्ई राख्न प्रस्ताव गरिएको छ ।  परिषद्का उपाध्यक्ष माधव ढुङ्गेलले अन्तर्राष्ट्रिय प्रचलनअनुसार नेपालमा पनि युवाको उमेर समूहमा पाँच वर्ष कम गरेर परिभाषित गर्न थालिएको बताउनुभयो । “सबै मुलुकमा युवाको उमेर..

    १ सातापछि पेट्रालियम पदार्थ सहज आपूर्ति

    शनिबार, श्रावन ४, २०७६ साल
    लमही, ४ साउन ढुवानी व्यवसायीको आन्दोलनका कारण दाङमा रोकिएको पेट्रोलियम पदार्थ आयत आजदेखि सहज भएको छ । गत असार २६ गतेदेखि पेट्रोलियम पदार्थ सहज आपूर्ति हुन नसक्दा दाङमा डिजेल र पेट्रोलको अभाव रहेको थियो । ढुवानी व्यवसायी र डिलर एशोसिएशनबीच सहमति भएपछि आजदेखि सहज आपूर्ति भएको नेपाल आयल निगम वितरण केन्द्र तुलसीपुरका प्रमुख सुजित पोखरेलले बताउनुभयो । “आजदेखि ढुवानी सहज भएको छ”,..

    पशुबलि रोक्न कलैयामा शान्ति पदयात्रा

    शनिबार, श्रावन ४, २०७६ साल
    कलैया, ४ साउन पशुबलिको विरोधमा बाराको कलैयामा आज शान्ति पदयात्रा निकालिएको छ । ‘मलाई बाँच्न देउ, पशुबलि बन्द गर’ प्लेकार्ड बोकेर उक्त पदयात्रा निकालिएको थियो ।  बारा महिला विकास मञ्च र पशु कल्याण सङ्घ नेपालको सहकार्यमा निकालिएको शान्ति पदयात्रा विभिन्न स्थान परिक्रमा गरी धर्मशालामा कोणसभामा परिणत भएको थियो । कार्यक्रममा पशु कल्याण सङ्घ नेपालका अध्यक्ष स्नेहा श्रेष्ठले पशुलाई पनि मानवको जस्तै मायाको..

    ‘तारणीप्रसाद कोइराला सञ्चारग्राम’ प्रदेशकै गौरव : मुख्यमन्त्री राई

    शनिबार, श्रावन ४, २०७६ साल
    विराटनगर, ४ साउन प्रदेश नं– १ का मुख्यमन्त्री शेरधन राईले ‘तारणीप्रसाद कोइराला सञ्चारग्राम’ सञ्चारकर्मीका लागि अति आवश्यक भएको बताउनुभएको छ । विराटनगर महानगरपालिका–४ मा निर्माणाधीन उक्त सञ्चारग्रामको आज निरीक्षण गर्दै उहाँले सो सञ्चारग्राम प्रदेशको गौरव भएको बताउनुभयो ।   मुख्यमन्त्री राईले सञ्चारग्राम निर्माणपछि प्रदेशको विकास र समृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले सञ्चारग्राम व्यवस्थित रुपमा सञ्चालन गर्न प्रदेश सरकारले सक्दो सहयोग..

    मनोसामाजिक क्षेत्रमा सुपरीवेक्षण गर्ने निकायको अभाव

    शनिबार, श्रावन ४, २०७६ साल
    काठमाडौँ, ४ साउन मनोसामाजिक स्वास्थ्य सेवाको क्षेत्रमा अनुगमन तथा सुपरीवेक्षण गर्ने निकायको अभाव छ । जसका कारण मनोवैज्ञानिकहरुले जे जानेका छन् त्यही सीप प्रयोग गरेर मनोसामाजिक स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएका छन् ।  सुरपरिवेक्षणको अभावमा मनोचिकित्सा क्षेत्रमा कुन तरिका उपयुक्त हो भनेर खुट्याउनसक्ने अवस्था समेत नभएको सम्बद्ध जानकारले बताएका छन् । मनोचिकित्साको क्षेत्रमा देखिएका त्यस्ता समस्या हल गर्न पेशागत सुपरीवेक्षणका लागि जनशक्ति..

    खाजा खाँदाखाँदै पड्कियो...

    शनिबार, श्रावन ४, २०७६ साल
    काठमाडौँ, ४ साउन ।  बिहीबार साँझ । करिब ७ बजेको हुँदो हो, से७प ३१४४ नम्बरको मोटरसाइकलमा दुई जना आए र सहिदगेटको पूर्वपट्टि जस्तापाताले छाएको मिलन होटल छिरे । चियासमोसा मगाए । खाइसकेपछि चुरोट मागे । उनीहरू थिए, नेत्रविक्रम चन्द समूहका कार्यकर्ता रामबहादुर सिंह र लक्ष्मण सेराला । उनीहरूलाई चुरोट दिएर होटलका सञ्चालक केशव पाण्डे भित्र के छिरेका थिए, बाहिर विस्फोटको आवाज आयो(ड्याम्म..

    केपीसँगको लामो छलफलपछि नेकपामा पुनः शक्तिशाली बन्दै वामदेव, माधवलाई विदेश, झलनाथलाई नीति

    शनिबार, श्रावन ४, २०७६ साल
    काठमाडौँ, ४ साउन ।   नेकपाको संगठन परिचालनमा महत्त्वपूर्ण मानिने शक्तिशाली संगठन विभागको जिम्मेवारी वामदेव गौतमले पाउने भएका छ्न् । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग असन्तुष्ट रहेका गौतमले यसपटक रोजेकै विभाग पाउन लागेका हुन् । विगतमा आफूसँग गरिएका प्रतिबद्धता पालना नगरेको भन्दै गौतम ओलीसँग रुष्ट थिए । नेकपाका पूर्वएमाले पक्षका नेताको बैठकले गौतमलाई संगठन विभागको नेतृत्व दिने सहमति गरेको हो । विभागको..

    नेपाली विद्यार्थीले बनाएको रोबोर्ट अन्तराष्ट्रिय प्रतिस्पर्धामा

    शनिबार, श्रावन ४, २०७६ साल
    काठमाडौँ, ४ साउन ।  इन्जिनियरिङका विद्यार्थीले बनाएको रोबोर्टले मंगोलियामा प्रतिस्पर्धा गर्ने  भएको छ। पुल्चोक इञ्जिनियरिङ क्याम्पसमा अध्ययनरत विद्यार्थीको ‘रोवोटिक्स क्लव’ ले बनाएको रोबोर्टले अन्तराष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने भएको हो।  उक्त रोबोर्टले मंगोलियामा आयोजना हुने प्रतिगोगितामा एसिया प्यासिफिक क्षेत्रका १९ मुलुकसँग प्रतिस्पर्धा गर्नेछ। इन्जिनियरिङ कलेजका स्नातक दोस्रो र तेस्रो वर्षका विद्यार्थी आफैँले नयाँ प्रविधि र मेकानिज्म् प्रयोग गर्दै रोबोर्ट तयार गरेका हुन्।  विगत १९..

    कांग्रेसमा कोइराला परिवारको विरासत फर्काउन शशांक, शेखर र सुजाता सक्रिय

    शनिबार, श्रावन ४, २०७६ साल
    काठमाडौँ, ४ साउन ।  कांग्रेस र कोइराला परिवार परिपूरकजस्तै थियो सुशील कोइराला सभापति छँदासम्म। १३ औं महाधिवेशनको संघारमा सुशीलको निधन भएपछि कोइराला परिवार मूल नेतृत्वबाट बाहिरियो। उनीहरूले तत्कालीन कार्यवाहक सभापति रामचन्द्र पौडेललाई सभापतिमा समर्थन गरेका थिए। पौडेल समूहबाट महामन्त्रीमा डा. शशांक कोइराला निर्वाचित भए। डा. शेखर कोइराला र सुजाता कोइराला केन्द्रीय सदस्यमा विजयी भए। १४ औं महाधिवेशनको चर्चा चलिरहँदा तीनै नेता पार्टीको..

    जागिरको प्रलोभनमा यसरी हुन्छ मानव तस्करी

    शनिबार, श्रावन ४, २०७६ साल
    काठमाडौँ, ४ साउन ।   वैदेशिक रोजगारीमा कम्बोडिया पुगेका ६ नेपाली अलपत्र परेका छन्। क्यासिनोमा आकर्षक तलबमा काम लगाइदिने प्रलोभनमा दलालमार्फत त्यहाँ पुगेका तनहुँ ऋषिङका पाँचसहित ६ जना कम्बोडिया मा अलपत्र परेका छन्। उनीहरू सीमावर्ती सहर सिमरिपका नेपाली मूलको आश्रयमा छन्। दलालको प्रलोभनमा परेर कम्बोडिया जानेमा ऋषिङ गैह्राथोकका जंगबहादुर थापा, मचदाङका रेशम थापा, चैनपुरका धनबहादुर राना र चालिसेका गोपाल थापासँगै काभ्रेलाञ्चोक महादेवस्थानका विनोद..

    देउवाद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण, ५ दिनको तलब बाढीपीडितलाई दिने

    शुक्रबार, श्रावन ३, २०७६ साल
    लहान, ३ साउन ।  नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले डुबानबाट प्रभावित सिरहाका विभिन्न बस्तीको शुक्रबार स्थलगत निरीक्षण गर्नुभएको छ ।  पूर्वप्रधानमन्त्री देउवाले कमला नदीको बाढीका कारण डुबानमा परेको सिरहा नगरपालिका–६ बसबिट्टा र  सारस्वर, सिरहाकै कल्याणपुर नगरपालिकास्थित इटारी प्रसाहीलगायत बस्तीको निरीक्षण गर्नुभयो ।  पीडितको अवस्था बुझ्न यहाँ आउनुभएका सभापति देउवाले बाढीपीडितको दुखेसो सुनेपछि डुबान प्रभावितको अवस्थाले आफूलाई दुःखित तुल्याएको प्रतिक्रिया दिनुभयो । उहाँले तत्काल..

    समान व्यवहार नभएसम्म विकास हुँदैन : मुख्यमन्त्री राउत

    शुक्रबार, श्रावन ३, २०७६ साल
    महोत्तरी, ३ साउन प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले छोराछोरीबीच समान व्यवहार नभएसम्म प्रदेशको विकास सम्भव नहुने बताउनुभएको छ ।  महोत्तरीको गौशालास्थित श्रीमावि निगौलका छात्रालाई साइकल वितरण गर्नुहुँदै उहाँले समाजमा कायम महिला हिंसा अन्त्य नभएसम्म प्रदेशमा समृद्धि आउन नसक्ने बताउनुभयो । नारा, अभियान र भाषणले मात्र केही नहुने मुख्यमन्त्री राउतको भनाइ थियो । महिला हिंसा न्यूनीकरण गर्नका लागि ‘बेटी पढाउ, बेटी..

    मूर्ति तोडफोडमा संलग्नलाई कारवाहीको माग

    शुक्रबार, श्रावन ३, २०७६ साल
    बुटवल, ३ साउन   देश सरकारका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री लीला गिरीले राजमार्गमा स्थापना गरिएका बुद्धमूर्ति तोडफोडमा सङ्लग्नलाई कारवाहीको दायरामा ल्याउन प्रशासन गम्भीर हुनुपर्ने बताउनुभएको छ ।    प्रदेश सरकारको आयोजनामा शुरु भएको लुम्बिनी भ्रमण वर्ष २०७६ का अवसरमा तिलोत्तमा नगरपालिकाले नगरक्षेत्रमा पर्ने सिद्धार्थ राजमार्गमा स्थापना गरेका बुद्धका मूर्तिमध्ये पाँचवटा मूर्ति अज्ञात समूहले बुधबार राति तोडफोड गरी क्षति पु¥याएका थियो ।    सो घट्नापछि मन्त्री..

    जातीय छुवाछुत र भेद्भावको अन्त्यमा जोड

    शुक्रबार, श्रावन ३, २०७६ साल
    काठमाडौंँ, ३ साउन राष्ट्रिय प्रजातन्त्र पार्टीको भात् सङ्गठन राष्ट्रिय प्रजातान्त्रिक उत्पीडित उत्थान सङ्गठनको केन्द्रीय कार्यसमिति पुनःगठन गरिएको छ । सङ्गठनको संयोजकमा श्रवणकुमार नेपाली (गुल्मी) लाई चयन गरिएको छ ।  नेपालीको संयोजकत्वमा ४४ सदस्यीय तदर्थ कार्यसमिति गठन गरिएको छ । नवगठित कार्यसमितिको सह–संयोजकमा गङ्गा विक (काठमाडौँ, पतिराम चुनारा (कञ्चनपुर), मीना स्वर्णकार (दाङ), कोमल विक (दाङ), जुद्धबहादुर लोहनी (सुनसरी), सरला विक (काठमाडौँ), बद्रिप्रसाद परियार..

    ‘इञ्जिनीयरभन्दा पहिला महिला भनेर हेरिन्छ’

    शुक्रबार, श्रावन ३, २०७६ साल
    चिप्लेढुङ्गा, ३ साउन    प्राविधिक शिक्षामा महिलाको उपस्थिति अझै पनि बढ्न नसक्नुका कारणबारे पोखरामा छलफल गरिएको छ ।   नेपाल इञ्जिनीयर्स एशोशियशन गण्डकी प्रदेशले ५७आँै इञ्जिनीयरिङ दिवसका अवसरमा पोखरामा आयोजना गरेको ‘सेमिनार अन वुमन एन इञ्जिनियरिङ’ कार्यक्रममा सहभागीले यस क्षेत्रका चुनौती र अवसरको बारेमा आफ्ना कुरा खुलेर राखेका छन् ।    कार्यक्रममा सहभागीले इञ्जिनीयर भन्दा पहिला महिलाको आवरण नियालेर व्यवहार गर्ने परिपाटीले पेशाप्रति सम्मान हुन नसकेको..

    सरकार-विप्लवबीच दूरी बढ्दै, विप्लव भन्छ- वार्ताको कुरा बकवास मात्रै

    शुक्रबार, श्रावन ३, २०७६ साल
    काठमाडौं, ३ साउन । सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ समूहबीच वार्ताको वातावरण बनिरहेको चर्चा चलेका बेला दुवै समूहले वार्ताको वातावरण बनेको कुरालाई अस्वीकार गरेका छन् । यसअघि सत्तारुढ पार्टीकै नेताहरुले विप्लव समूहका नेताहरुसँग वार्ताका लागि अनौपचारिक तर गहन संवाद भइरहेको बताउँदै आएका थिए । सरकारको तर्फबाट नेकपा नेता सोमप्रसाद पाण्डे, गृहमन्त्रीका राजनीतिक सल्लाहकार सूर्य सुवेदी तथा नेकपाका नेता जनार्दन शर्मा वार्ताका..

    ऐनले बोलाएको पत्रकार सम्मेलनमा किन गएनन् प्रचण्ड–नेपाल समूह ?

    शुक्रबार, श्रावन ३, २०७६ साल
    काठमाडौं, ३ साउन । नेपाल कम्युनिस्ट पार्टी 'नेकपा' निकट अनेरास्ववियूले संयोजक तोकिएका ऐन महरले बाेलाएकाे पत्रकार सम्मेलनमा प्रचण्ड–नेपाल समूह गएनन् ।  संयोजक महरले बिहीबार पत्रकार सम्मेलन आयोजना गरेर चन्दा नउठाउनेदेखि शैक्षिक आन्दोलनका कार्यक्रम घोषणा गरेका थिए । तर, पूर्व अखिल क्रान्तिकारी र नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल समूह सहभागी भएन । 'संगठनको व्यवस्थापन नभइ गरिएको निर्णय प्रभावकारी हुँदैन । संगठन चलायमान हुन व्यवस्थापन पूर्वशर्त..

    विप्लव समूहले भन्यो– आत्मरक्षाका लागि बोकेको बम धनगढीमा पड्कियो [ प्रेस विज्ञप्ति सहित ]

    शुक्रबार, श्रावन ३, २०७६ साल
    काठमाडौँ, ३ साउन बिहीबार धनगढीको शहीद गेट नजिकै भएको शक्तिशाली विष्फोटमा नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहको संलग्नता रहेको पुष्टि भएको छ । शुक्रबार दिउँसो समूहको सेती–महाकाली ब्यूरो इञ्चार्जले निर्माणको नामबाट विज्ञप्ति जारी गर्दै पार्टी कामको सिलसिलामा आत्मसुरक्षाका लागि बोकेको विष्फोटक पदार्थ पड्किएको जनाएको हो । विज्ञप्तिमा पार्टीका रामबहादुर सिंह ‘राजेश’ ले सहादत प्राप्त गरेको पनि स्वीकारिएको छ । घटनामा अन्य चार जना..

    यी हुन् विप्लवसँग वार्ता गर्ने नेकपा 'कमाण्डर'

    शुक्रबार, श्रावन ३, २०७६ साल
    काठमाडौं, ३ साउन । सरकारद्वारा प्रतिवन्धित पार्टी नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासँग सत्तारुढ दल नेकपाले वार्ता थालेकाे छ।  विप्लवलाई मूलधारको राजनीतिमा ल्याउनका लागि सरकार र नेकपाका नेताहरुले टीम नै बनाएर विप्लव समूहका नेताहरुसँग छलफल शुरु गरिसकेका छन् विप्लव समूहसँग वार्ताका लागि नेकपाका हाइकमाण्ड नेताहरुले समूह(समूह बनाएका छन् । जसअनुसार नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले महासचिव विष्णु पौडेल र कर्ण थापालाई..

    ओली सरकारविरुद्ध पार्टीभित्रबाटै प्रश्न उठ्नुका खास सात कारण

    शुक्रबार, श्रावन ३, २०७६ साल
    काठमाडौं, ३ साउन ।  दुईतिहाइ बहुमतको सरकार बनेपनि प्रभावकारी काम हुन नसकेको भन्दै सरकारका प्रायः गतिविधिको आलोचना भइरहेको छ । विपक्षी दलका नेताले मात्र होइन, नेकपाकै नेताहरूले पनि गम्भीर प्रश्न उठाउन थालेका छन् । नेतृत्वको कार्यशैलीका कारण महत्वपूर्ण नीतिगत विषयमा पनि सरकार विवादित बन्ने गरेको छ ।  कारण नम्बर १. केन्द्रीय नेताले नै बोल्ने आधिकारिक ठाउँ नपाउनु ४४१ सदस्यीय केन्द्रीय समिति सदस्य मध्ये सचिवालय..

    तरकारीको मूल्य अनियन्त्रित भएसँगै बिहानै कालीमाटी र बल्खुमा अनुगमन

    शुक्रबार, श्रावन ३, २०७६ साल
    काठमाडौँ, ३ साउन ।  सरकारले काठमाडौँ उपत्यकामा तरकारीको मूल्य अस्वभाविकरूपमा वृद्धि भएको जनगुनासो आएसँगै कालीमाटी र बल्खुस्थित तरकारी तथा फलफूल बजारको अनुगमन गरेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निरीक्षण अधिकृतको नेतृत्वमा आज बिहानै ४ बजेदेखि उक्त तरकारी बजारको अनुगमन गरिएको हो । अनुगमनका लागि दुई टोली खटिएको विभागका महानिर्देशक योगेन्द्र गौचनले जानकारी दिनुभयो । राजधानीमा रहेका ठूला तरकारी बजारमा नियमित..

    कांग्रेस नेता तथा पूर्वमन्त्री बस्नेतको स्रोत नखुलेको ६१ करोड सहकारीमा

    शुक्रबार, श्रावन ३, २०७६ साल
    काठमाडौँ, ३ साउन ।  राजधानीको महाबौद्धस्थित प्रणामी बचत तथा ऋण सहकारी संस्थामा स्रोत नखुलेको रकम भेटिएको छ। सहकारीमा नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतको ६१ करोड रुपैयाँ स्रोत नखुलेको सम्पत्ति भेटिएको हो। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्व सञ्चारमन्त्रीसमेत रहेका बस्नेतले प्रणामी सहकारीमा राखेको उक्त रकमको अध्ययन सुरु गरेको हो। विभागले सो रकम झिक्न नमिल्ने बनाएर अनुसन्धान थालेको छ। बस्नेतले कर छलीको रकम सहकारीमा..

    विप्लवको माग अस्वीकार, सरकारले राख्यो यस्तो पूर्वसर्त

    शुक्रबार, श्रावन ३, २०७६ साल
    काठमाडौँ, ३ साउन ।  सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीसँग वार्ताका लागि उसले हतियार बिसाउनुपर्ने पूर्वसर्त अघि सारेको छ। विभिन्न सम्पर्क सूत्रमार्फत विप्लव समूहसँग वार्ता प्रयास जारी रहेको धारणा सरकारी टोलीका संयोजक सोमप्रसाद पाण्डेले सार्वजनिक गरिरहेका बेला सरकारकै प्रवक्ता तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले हतियार नबिसाएसम्म वार्ता असम्भव भएको बताएका हुन्। उहाँहरूले हिंसा छोड्यौं, संविधान मान्यौं, प्रतिस्पर्धाको राजनीतिमा आयौं, र..
    Weather Forecast