बिहिवार, कार्तिक ७, २०७६

    राज्य-समाज

    हिक्मतले भने - सङ्घसंस्था नियमनको विधेयकबाट डराउनुपर्ने अवस्था छैन

    आईतवार, फागुन २६, २०७५ साल
    विराटनगर, २६ फागुन  प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले प्रदेश सामाजिक सङ्घसस्था नियमन गर्न बनेको विधेयकबाट डराउनुपर्ने अवस्था नरहेको बताउनुभएको छ ।  अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक प्रदेश कार्यालयद्वारा आईतबार यहाँ आयोजित ‘नागरिक सङ्गठन (सङ्घसंस्था) का संवैधानिक अधिकार’ संवाद कार्यक्रममा उहाँले राज्य एक्लैले सबै काम गर्न नसक्ने हुँदा सङ्गठनले समाज रुपान्तरण गर्न सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।  प्रदेश योजना आयोगका..

    सिके राउतसँगको सम्झौतामा सत्तापक्षकै सांसदले गरे आपत्ति

    आईतवार, फागुन २६, २०७५ साल
    काठमाडौँ, २६ फागुन सरकारले फागुन २४ गते स्वतन्त्र मधेश गठबन्धनका चन्द्रकान्त राउत (सिके) समूहसँग गरेको सम्झौताका विषयमा सत्तापक्षकै सांसदले आपत्ति जनाउनुभएको छ । प्रतिनिधिसभाको आईतबारको बैठकमा विशेष समय लिएर सांसद भीमबहादुर रावलले राउतसँग गरिएको सम्झौताको शब्द नेपालको संविधानअनुकूल नभएको बताउनुभयो ।  “राष्ट्रियता र अखण्डताप्रति राउतले यसअघि विषवमन गरेकाले क्षमायाचना गर्नुपर्छ, यसअघि उनले बोलेका शब्द फिर्ता लिएका छैनन्, फिर्ता लिनुपर्छ, राउतले शान्तिपूर्ण सहमतिमा..

    सिके राउत जनकपुर पुग्दा स्वतन्त्र मधेसको नारा लागेपछि

    आईतवार, फागुन २६, २०७५ साल
    जनकपुरधाम, २६ फागुन स्वतन्त्र मधेश गठबन्धनका संयोजक सिके राउतले सरकारसँग सम्झौता गरेको दुई दिन नबित्दै जनकपुरधाममा जनमत संग्रह र स्वतन्त्र मधेशको नारा लागेको छ। रौतहट जानका लागि जनकपुरधाम विमानस्थल पुगेका राउतलाई स्वागत गर्नका लागि पुगेका गठबन्धनका कार्यकर्ताहरूले आइतबार नाराबाजी गरेका हुन्। बिहिबार अदालतको आदेशबाट रिहा भएपछि शुक्रबार सरकारसँग राउतले नेपालको अखण्डता तथा सार्वभौमिकतामा आँच आउने कुनै क्रियाकलाप नगर्ने सम्झौता गरेका थिए। सम्झौता भएको दुई..

    सरकारको स्पष्टीकरण : जनमत संग्रहमा जाने भन्ने कुरा भ्रामक हो

    आईतवार, फागुन २६, २०७५ साल
    काठमाडौँ, २६ फागुन सरकारले स्वतन्त्र मधेस गठबन्धनसँग जनमत संग्रह गर्ने कुनै सहमति नभएको स्पष्ट पारेको छ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले स्वतन्त्र मधेस गठबन्धनसँग जनमत संग्रहमा जाने भन्ने सहमति भएको भन्ने कुरा भ्रामक रहेको बताएका छन् । आइतबार प्रतिनिधि सभामा सहमतिका बारेमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै गृहमन्त्री थापाले सहमतिमा जनमत संग्रहको कुरै नगरिएको बताए । गृहमन्त्री थापाले संविधानले पनि प्रदेशलाई अलग्गै देश बनाउनका..

    सरकारले सीके राउतलाई एकाएक ‘हिरो’ बनाएपछि राजपामा ‘छटपटी’

    आईतवार, फागुन २६, २०७५ साल
    काठमाडौं, २६ फागुन ।  पृथकतावादी अभियानमा लागेको सीके राउत समूह मूलाधारको राजनीतिमा फर्किँदा तराईमा मिश्रित प्रतिक्रिया देखियो । अहिलेसम्म तराई केन्द्रित दल सङ्घीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीले औपचारिक रूपमा कुनै प्रतिक्रिया नदिए पनि तिनका विभिन्न तहका नेता कार्यकर्ताहरूले सामाजिक सञ्जालमार्फत् आ-आफ्नो धारणा राखेका छन्। ती सबैले उनी मूलधारतिर फर्किनुलाई सकारात्मक मानेका छन् तर तिनीहरूले राजनीतिक सान्दर्भिकताप्रति प्रश्न उठाएका छन् । चन्द्रकान्त (सीके)..

    राजपाबाट समर्थन फिर्ताबारे औपचारिक जानकारी

    आईतवार, फागुन २६, २०७५ साल
    काठमाडौँ, २६ फागुन राष्ट्रिय जनता पार्टीले वर्तमान सरकारलाई दिएको समर्थन आजैदेखि फिर्ता लिएको विषय संसद्मार्फत औपचारिक जानकारी गराएको छ । प्रतिनिधिसभाको आजको बैठक शुरु भएलगत्तै राजपाका सांसदले आआफ्नो स्थानबाट उठेर विरोध जनाएपछि सभामुख कृष्णबहादुर महराले राजपाका महेन्द्र राय यादवलाई बोल्न अनुमति दिनुभएको थियो ।  सभामुखको अनुमतिपछि बैठकमा यादवले ‘वर्तमान सरकारले आफूहरुसँग भएको प्रतिबद्धता पूरा नगरेका कारण’ समर्थन फिर्ता लिने निर्णय पार्टीले गरेको..

    वडा-कार्यालय पुग्न ४ घण्टा पैदल हिँड्नुपर्ने यस्तो बाध्यता !

    आईतवार, फागुन २६, २०७५ साल
    नवलपरासी, २६ फागुन पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–२ पटुके बस्तीका स्थानीयवासीलाई आफ्नै वडा कार्यालय पुग्न करीब चार घण्टा पैदल हिँड्नुपर्ने बाध्यता छ ।  वडा कार्यालय पाएक पर्ने स्थानमा नहुँदा चिसापानी बजारमा रहेका वडा कार्यालयमा आउन पटुके बस्तीका स्थानीयवासीलाई चार घण्टा पैदल हिँड्नुपर्ने बाध्यता रहँदै आएको हो ।  चिसापानी वडा कार्यालय आउन दुई वटा विकल्प छ । एउटा पैदल यात्रा गरेर करीब चार घण्टा यात्रा..

    सरकार र सिके राउतबीचको वार्ता सकारात्मक : सभापति देउवा

    आईतवार, फागुन २६, २०७५ साल
    बेनी, २६ फागुन  नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले सिके राउतसँग गरेको वार्ता सकारात्मक रहेको बताउनुभएको छ ।  नेपाल प्रेस युनियन म्याग्दीले आईतबार बेनीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “देशलाई विभाजन गर्नुपर्छ भन्ने मत राख्ने समूहलाई मुलुकको अखण्डतालाई स्वीकार गरी शान्तिपूर्ण बाटोबाट मूलधारमा ल्याउनुु राम्रो पक्ष रहेको छ ।”  सभापति देउवाले सरकार र राउत समूहबीच भएको सहमतिपत्रको बुँदामा प्रयोग गरिएको जनअभिमत शब्दलाई..

    सरकारद्वारा बेरोजगारलाई कम्तीमा १०० दिन काम, सूचीकृत हुन आह्वान

    आईतवार, फागुन २६, २०७५ साल
    काठमाडौँ, २६ फागुन पहिलोपटकको हकमा चैत महिनासम्म निवेदन दिने समयसीमा तोकिएको छ । बेरोजगार व्यक्तिले आफू स्थायी बसोबास गरेको स्थानीय तहको वडा कार्यालयमा निवेदन दिन सक्ने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । साउनपछि सरकारले बेरोजगारलाई कम्तीमा १०० दिन काम दिनेः सूचीकृत हुन आह्वान, चैतभित्र निवेदन दिनुपर्ने काठमाडौँः प्रधानमन्त्री रोजगार कार्यक्रमले बेरोजगार नागरिकलाई न्यूनतम रोजगार दिनका लागि निवेदन माग गरेको..

    राष्ट्रसङ्घीय बैठकमा भाग लिन राष्ट्रपति आज अमेरिका जाँदै

    आईतवार, फागुन २६, २०७५ साल
    काठमाडौँ, २६ फागुन  राष्ट्रपति विद्यादेवी भण्डारी महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय आयोग (सिएसडब्ल्यु) को ६३औँ बैठकमा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही फागुन २६ गते अर्थात् आज  अमेरिकाको न्यूयोर्कतर्फ प्रस्थान गर्दै हुनुहुन्छ ।  लैङ्गिक समानता तथा महिला सशक्तीकरण प्रवद्र्धनमा केन्द्रित अन्तर्राष्ट्रियस्तरको प्रमुख अन्तरसरकारी उक्त निकायको ‘शक्तिमा नारी’ विषयक उच्चस्तरीय बैठकलाई उहाँले सम्बोधन गर्ने कार्यक्रम छ ।  जेनेभामा हालै भएको राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को ४०औँ..

    आन्दोलनरत् समूहलाई वार्तामा आउन गृहमन्त्रीको अपिल

    आईतवार, फागुन २६, २०७५ साल
    सुर्खेत, २५ फागुन : गृहमन्त्री रामबहादुर थापाले आन्दोलनरत विभिन्न समूहलाई वार्तामा आउन आग्रह गर्नुभएको छ । कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा भाग लिन शनिबार वीरेन्द्रनगर आउनुभएका मन्त्री थापाले शान्तिपूर्ण आफ्ना माग पूरा गर्ने अवसरको सदुपयोग गर्न अपिल गर्नुभएको हो ।  देशमा शान्ति, सुरक्षा, अमनचयन कायम गराउने राज्यकोे पहिलो दायित्व हो, केही समूहले केही स्थानमा हिंसात्मक गतिविधि गरेता पनि राज्यले सहजै नियन्त्रणमा लिन्छ ।   राज्यको..

    अध्यक्षद्वय राणा र डा. लोहनीको एकै स्वर - ‘अब विभाजन हुँदैनौँ’

    शनिबार, फागुन २५, २०७५ साल
    भरतपुर, २५ फागुन  राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्षद्वयले पार्टी कुनै पनि हालतमा विभाजन नहुने बताएका छन् । चितवनको भरतपुरमा शनिबार आयोजना गरिएको जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्षद्वय पशुपति शमशेर राणा र डा प्रकाशचन्द्र लोहोनीले पाटीए विभाजन नहुने प्रतिबद्धता जनाएका हुन् ।  अध्यक्ष राणाले पार्टी कहिल्यै नफुट्नेगरी मिलेको बताउनुभयो । “हामी देशव्यापी पार्टी एकीकरणको अभियानमा छौँ”, उहाँले भन्नुभयो, “थप नेता र..

    प्रचण्ड भन्छन् - प्रदेश नं २ मा सरकार परिवर्तनको हतार छैन

    शनिबार, फागुन २५, २०७५ साल
    गरूडा, २५ फागुन  पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश नं २ को सरकार तत्काल परिवर्तन गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताउनुभएको छ । नेकपाद्वारा शनिबार रौतहटको गरूडामा आयोजित प्रदेश नं २ स्तरीय आमसभामा अध्यक्ष दाहालले प्रदेश नं २ मा सरकार परिवर्तनका लागि पार्टीमा हतार गरेको छैन भन्नुभयो ।  अध्यक्ष दाहालले आफ्नो दल प्रदेश नं २ को सरकारलाई..

    काङ्ग्रेस सभापति देउवासहितका नेता म्याग्दीमा

    शनिबार, फागुन २५, २०७५ साल
    बेनी, २५ फागुन  नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवासहितका नेता शनिबार म्याग्दी आउनुभएको छ ।  सदरमुकाम बेनीमा रहेको पार्टी कार्यालय भवन उद्घाटन तथा आमसभालाई सम्बोधन गर्न पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका देउवासहित काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र प्रवक्ता विश्वप्रकाश शर्मा यहाँ आउनुभएको हो ।  हेलिकप्टरमार्फत बेनी–४ मा रहेको प्राकृतिक चिकित्सालयको रुपमा परिचित सिङ्गा तातोपानी कुण्डमा पुग्नुभएका सभापति देउवासहितको टोलीले तातोपानी कुण्डको अवलोकन भम्रण गर्नुभएको छ ।..

    सरकार र स्वतन्त्र मधेशवादी गठबन्धनबीच भएको सहमतिको स्वागत

    शनिबार, फागुन २५, २०७५ साल
    काठमाडौँ, २५ फागुन : राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकार र स्वतन्त्र मधेशवादी गठबन्धनबीच शुक्रबार भएको सहमतिको स्वागत गरेको छ ।  पार्टीका सञ्चार विभाग प्रमुख मोहन श्रेष्ठले शुक्रबार जारी गर्नुभएको विज्ञप्तिमा विगत केही समयदेखि राष्ट्र विखण्डनको पक्षमा गतिविधि गर्दै आएका सिके रावतले विखण्डनको एजेण्डा परित्याग घोषणा गर्नु सकारात्मक रहेको उल्लेख छ । पार्टीले राष्ट्रिय अखण्डताको पक्षमा आवाज उठाउँदै आएको उल्लेख छ । विज्ञप्तिमा विखण्डनकारी..

    राजपा र जनमुक्ति पार्टीबीच एकता, २ तिहाइ बढी नेताकार्यकर्ता प्रवेश

    शनिबार, फागुन २५, २०७५ साल
    काठमाडौँ, २५ फागुन : राष्ट्रिय जनता पार्टी  नेपाल र राष्ट्रिय जनमुक्ति पार्टीबीच शुक्रबार एकता भएको छ । राजपा अध्यक्षमण्डलका सदस्यले यहाँ आयोजित कार्यक्रममा सो पार्टीका सहअध्यक्ष मानध्वज ब्लोनसहितका नेता कार्यकर्तालाई टिका लगाएर स्वागत गर्नुभएको थियो ।  पार्टी एकीकरणमा जनमुक्ति पार्टीका अध्यक्ष सञ्जुहाङ पालुङ्वा सहभागी हुनुभएको थियो । उक्त पार्टीका दुई तिहाइभन्दा बढी केन्द्र र जिल्लास्तरका नेता राजपामा प्रवेश गरेको राजपाका नेता केशव..

    पोखराको लेकसाइडस्थित 'क्लब-९९' मा लागेको आगो नियन्त्रणमा

    शुक्रबार, फागुन २४, २०७५ साल
    चिप्लेढुङ्गा, २५ फागुन : पोखराको लेकसाइड हल्लनचोकस्थित क्लब ९९ मा लागेको आगो नियन्त्रणमा आएको छ । सोही क्लबको तल्लो तलामा रहेको बर्गर बेकरीमा ग्यास चुहिएर सिलिण्डर पड्कँदा आगलागी भएको प्रहरीले जनाएको छ ।    स्थानीयवासीका अनुसार राति ९ बजे लागेको आगो झण्डै सवा घण्टापछि दमकल, नेपाल प्रहरी एवं स्थानीयवासीको प्रयासपछि नियन्त्रणमा आएको हो । आगलागीबाट भएको क्षतिको विवरण आइसकेको छैन । ..

    अझै २५ हजार कर्मचारी समायोजन हुन बाँकी

    शुक्रबार, फागुन २४, २०७५ साल
    काठमाडौँ, २४ फागुन  सरकारले समायोजन रोजेका करीब २५ हजार कर्मचारी समायोजन गर्न बाँकी रहेका जनाएको छ ।  सङ्घ, प्रदेश र स्थानीय तहमा समायोजन रोजेका ७७ हजार कर्मचारीमध्ये अझै २५ हजार समायोजन गर्न बाँकी रहेका सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिनुभयो । करीब ८७ हजार कर्मचारीमध्ये ७७ हजार कर्मचारीले समायोजन रोजेका थिए ।  उहाँका अनुसार अहिलेसम्म समायोजन रोजेकामध्ये ५१..

    सरकार र सिके राउतबीच भएको सहमतिमा के-के छन् ? (पूर्णपाठसहित)

    शुक्रबार, फागुन २४, २०७५ साल
    काठमाडौँ, २४ फागुन सिके राउत नेतृत्को स्वतन्त्र तराई मधेस गठबन्धन र सरकारबीच शुक्रबार ११ बूँदे सहमति भएको छ।  सिके राउतले मूलधारको राजनीतिमा आएर स्वतन्त्र मधेस राज्यको माग छाड्ने बताएपछि दुईपक्षबीच राष्ट्रिय सभागृहमा यस्तो सहमति भएको हो ।  शुक्रबारबाट लागू भएको सहमतिमा सिके राउत र गृहमन्त्री रामबहादुर थापा बादलले हस्तक्षर गरेका छन् । सहमतिका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल..

    “महिला आरक्षण र समानताको नीति राज्यले अवलम्बन गर्नुपर्छ”

    शुक्रबार, फागुन २४, २०७५ साल
    काठमाडौँ, २४ फागुन  राष्ट्रपति विद्यादेवी भण्डारीले महिला र पुरुषबीचको लैङ्गिक समानताका लागि महिलालाई आरक्षणका साथमा समानताको नीति राज्यले अवलम्बन गर्नुपर्नेमा जोड दिनुभएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा १०९औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा शुक्रबार यहाँ आयोजित मूल समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले महिला आरक्षणसम्बन्धी संवैधानिक र कानूनी संरचनाले महिला सशक्तीकरणमा चाहेअनुसारको उल्लेखनीय सुधार नदेखाएकाले अब आरक्षणका साथमा समानताको नीति..

    प्रधानमन्त्री ओली र सिके राउतको एउटै मञ्चबाट सम्वोधन हुदैँ

    शुक्रबार, फागुन २४, २०७५ साल
    काठमाडौँ, २४ फागुन तल्ला कमिटीहरु एकीकरण प्रक्रिया अन्यौलमा परिरहेका बेला प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) दुवै शनिबार मधेस झर्ने भएका हुन् । स्वतन्त्र मधेसको एजेण्डासहित पृथकतावादी गतिविधि गरिरहेका सिके राउतले अब अखण्ड नेपाल स्वीकार गर्ने भएका छन् । सरकारसँग भित्रभित्रै वार्ता गरेका सिके राउतले आजैबाट पृथकतावादी गतिविधि परित्याग गर्ने भएका हुन् । राउत विहीवार मात्रै..

    अन्तर्राष्ट्रिय महिला दिवस - अधिकार कार्यान्वयनको खाँचो

    शुक्रबार, फागुन २४, २०७५ साल
    कास्की, २४ फागुन  गण्डकी प्रदेशसभाका सभामुख नेत्रनाथ अधिकारीले लैङ्गिक, वर्गीय र जातीयलगायतका शोषण, उत्पीडन र विभेदको अन्त्य नगरेसम्म समृद्ध नेपालको स्थापना नहुने हुँदा सबैमा समानता कायम गर्दै समृद्धिको यात्रामा अघि बढ्नुपर्ने बताउनुभएको छ ।  प्रदेशसभा सचिवालयको आयोजनामा १०९औँ अन्तर्राष्ट्रिय महिला दिवस (८ मार्च) का अवसरमा शुक्रबार प्रदेशसभा सचिवालय भवनमा आयोजना गरिएको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले भन्नुभयो, “संविधानले महिलालाई सम्पूर्ण अधिकार प्रदान गरेको..

    डा. गोविन्द केसीले प्रधानमन्त्री ओलीलाई माफियाको संज्ञा दिएपछि ...

    बिहिवार, फागुन २३, २०७५ साल
    काठमाडौँ, २३ फागुन  प्राडा गोविन्द केसीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई माफियाको वफादार बनेको आरोप लगाएका छन् । बिहिबार सात बुँदै वक्तव्य निकाल्दै केसीले स्वास्थ्य र शिक्षा क्षेत्रका समस्या समाधान गर्नुको साटो प्रम ओली र उनी नेतृत्वको सरकार माफिया, दलाल र भ्रष्टहरुको वफादार बनेको आरोप लगाएका हुन् । डा केसीले मेडिकल शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार, सुशासन, विपन्न नागरिकले सुलभ र गुणस्तरीय स्वास्थ्य..

    सातै प्रदेशलाई रेखाङ्कन गरिएको नक्सा सार्वजनिक

    बिहिवार, फागुन २३, २०७५ साल
    काठमाडौँ, २३ फागुन  मुलुकको परिवर्तित संरचनाअनुसार सातै प्रदेशलाई रेखाङ्कन गरिएको नेपालको प्रशासनिक नक्सा बिहिबारदेखि प्रचलनमा ल्याइएको छ ।  सङ्घीयता कायम हुन अगाडि तयार गरिएका नक्सामा व्यवस्था गरिएका अञ्चल र पाँच विकास क्षेत्रको रेखाङ्कन हटाइएको छ । नापी विभागले तयार गरेको नक्सामा लिपुलेक, कालापानीका साथै ठूला हिमाल, नदी, सडक तथा प्रमुख लोकमार्ग राखिएको छ ।  गण्डकी, कर्णाली र सुदूरपश्चिम तथा नामकरण हुन बाँकी प्रदेशको..

    सीके राउतलाई रिहा गर्न सर्वोच्चको आदेश

    बिहिवार, फागुन २३, २०७५ साल
    काठमाडौँ, २३ फागुन केही महिना देखि काठमाडौँमा थुनामा रहेका ‘विखण्डनवादी नेता’ सीके राउतलाई छाड्न सर्वोच्च अदालतले शुक्रबार आदेश दिएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र पुरुषोत्तम भण्डारीको इजलासले राउतलाई छाड्न आदेश दिएको हो।..

    कालापानी नक्साबाटै गायब ! राष्ट्रियताको जप गर्नेहरु किन चुप ?

    बिहिवार, फागुन २३, २०७५ साल
    काठमाडौँ, २३ फागुन नेपाली भूभाग कालापानीप्रति सरकारी बेवास्ता उदेकलाग्दो छ । सरकार र मातहतका कार्यालयमा प्रयोग गरिएको नक्सामा अझै कालापानी गायब छ । भारतले मिचेर आफ्नो सेनाको शिविर राखेको कालापानीबारे सरकारको मोनता टिठलाग्दो देखिएका बेला नक्साबाटै पनि कालापानी गायब गरिएको हो । नेपालको भूमि नापनक्सा गर्दै आएको नापी विभागका पूर्वउपनिर्देशक सुरेशमान श्रेष्ठले कालापानी नभएको नक्सा सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् । नेपालको सुदूरपश्चिम प्रदेशस्थित..

    निर्मला प्रकरण : एसपीसहित ८ प्रहरीविरुद्ध अदालतमा मुद्दा

    बिहिवार, फागुन २३, २०७५ साल
    महेन्द्रनगर, २३ फागुन ।  कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको सात महिनापछि अदालतमा दुईवटा मुद्दा दर्ता भएको छ । सरकारी वकिल कार्यालय कञ्चनपुरले निर्मलाकी आमा दुर्गादेवी र दिलीपसिंह विष्टका दाजु खडग विष्टको जाहेरीका आधारमा छुट्टाछुट्टै मुद्दा दर्ता गरेको हो । सरकारी वकिल कार्यालय कञ्चनपुरका सहायक न्यायाधिवक्ता मोहनीप्रसाद जोशीका अनुसार दिलीपसिंह विष्टलाई यातना दिएकोे अभियोगमा कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख तथा बर्खास्तमा..

    अदालतको फैसलाविरुद्ध जनतासमक्ष जान्छौं : राजपा नेता

    बिहिवार, फागुन २३, २०७५ साल
    विराटनगर, २३ फागुन  राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले जनताले निर्वाचित गरेको सांसदलाई अदालतबाट जन्मकैद फैसला भएकोमा त्यसविरुद्ध जनतासक्षम जाने बताउनुभएको छ ।  विराटनगर विमानस्थलमा बिहिबार सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले अधिकार प्राप्तिका लागि भएको सबै आन्दोलनमा सहभागी नेतालाई सजाय हुने भए विगतका सबै आन्दोलनका सहभागीलाई सजाय हुनुपर्ने विचार व्यक्त गर्नुभयो ।  अध्यक्ष मण्डलका सदस्य महतोले वर्तमान संविधानप्रति अहिले पनि आदिवासी, थारू र..

    पूर्वसांसद पण्डितको निधनबाट सत्तारुढ नेकपा स्तब्ध

    बिहिवार, फागुन २३, २०७५ साल
    काठमाडौँ, २३ फागुन : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले नेपालको कम्युनिष्ट आन्दोलनमा लामो समय बिताउनुभएका वामपन्थी नेता तथा पूर्वसांसद गणेश पण्डितको असामयिक निधनबाट पार्टी स्तब्ध भएको जनाएको छ ।  पार्टी महासचिव विष्णु पौडेलले विहिबार जारी गर्नुभएको शोक सन्देशमा पञ्चायतकालमा नुवाकोट जिल्लामा कम्युनिष्ट आन्दोलन विस्तारका लागि पण्डितले निर्वाह गर्नुभएको भूमिका स्मरणीय रहेको बताउँदै पार्टीले कम्युनिस्ट आन्दोलनले एक समर्पित नेता गुमाएको उल्लेख गर्नुभएको छ ।  नेकपाले..

    ‘विप्लव’ कम्युनिष्टको राप्ती बन्दले रोल्पाको जनजीवन प्रभावित

    बिहिवार, फागुन २३, २०७५ साल
    रोल्पा, २३ फागुन : प्रहरी प्रशासनले आफ्ना नेता/कार्यकर्ता गिरफ्तार गरेको भन्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी राप्ती ब्यूरोले गरेको बन्दका कारण रोल्पाको जनजीवन प्रभावित भएको छ ।  बिहानी कक्षाका लागि उच्चमावि र कलेज गएका विद्यार्थी फर्किएका छन् । सदरमुकाममा रहेका तरकारी पसल, होटल र औषधि पसल भने खुला रहेका छन् ।  बन्दका कारण लामो तथा छोटो दूरीका सवारीसाधन, बजार, कलकारखाना र..
    Weather Forecast