सोमबार, चैत्र १७, २०७६

    राज्य-समाज

    रिक्त जनप्रतिनिधिको विवरण पठाउन निर्देशन, अहिलेसम्म ४७ पद रिक्त

    बुधबार, श्रावन ८, २०७६ साल
    काठमाडौँ, ८ साउन सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई रिक्त जनप्रतिनिधिको विवरण पठाउन निर्देशन दिएको छ ।  मन्त्रालयले पटकपटक निर्देशन दिँदा पनि स्थानीय तहले रिक्त जनप्रतिनिधिको विवरण नपठाएपछि पुनः बिहीबार (भोलि) सम्ममा विवरण पठाउन स्थानीय तहलाई निर्देशन दिएको हो ।  निर्वाचन आयोगले मन्त्रालयलाई पत्र पठाउँदै रिक्त जनप्रतिनिधिको विवरण माग गरेपछि मन्त्रालयले स्थानीय तहलाई विवरण पठाउन निर्देशन दिएको मन्त्रालयका सङ्घीय मामिला..

    सत्ता र प्रतिपक्ष नभनी विपद्को सामना गरौँ : देउवा

    बुधबार, श्रावन ८, २०७६ साल
    काठमाडौँ, ८ साउन ।  प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले विपद्का बेलामा सत्ता र प्रतिपक्षी एक भएर अघि बढ्ने वातावरण बनाउन सरकारलाई सुझाव दिनुभएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा मुलुकका विभिन्न भागमा आएको बाढी, पहिरो र डुबानबाट भएको जनधनको क्षतिको विवरण लिने र राहतका कार्यक्रम सञ्चालन गर्ने सम्बन्धमा प्रस्तुत भएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा भाग लिनुहुँदै उहाँले..

    वातावरण संरक्षणमा नेपालबाट सिक्न चाहन्छौँ : चिनियाँ टोली

    बुधबार, श्रावन ८, २०७६ साल
    काठमाडौँ, ८ साउन । चीनका वातावरणसम्बन्धी उच्चअधिकारीहरुले नेपालले संरक्षण क्षेत्रमा जनसहभागितामा आधारित नमूना कार्यक्रमहरु सञ्चालन गरिरहेकामा प्रशंसा गर्दै आफूहरु त्यसबाट सिक्न इच्छुक रहेको बताएका छन् । नेपाल भ्रमणमा रहेको चिनियाँ जनकाँग्रेस (संसद्) को वातावरण तथा स्रोत संरक्षण समितिका अध्यक्ष काओ हुछङ नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डलले आज वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतसँग भेटेर नेपालको अनुभवबाट आफूहरु सिक्न इच्छुक रहेको जानकारी दिएको हो ।   भेटमा..

    राष्ट्रियसभाको बैठक : बाढीपहिरो, डुबानको पूर्वतयारी गर्न सांसदको माग

    बुधबार, श्रावन ८, २०७६ साल
    काठमाडौँ, ८ साउन ।  पूर्वतयारी नगर्दा बाढीपहिरोले धेरै क्षति भएको बताउँदै सांसदहरुले व्यवस्थित रुपमा पूर्वसूचना प्रणाली विकास गरी क्षति कम गरिनुपर्नेमा जोड दिनुभएको छ ।  सङ्घीय संसद् राष्ट्रियसभाको बैठकमा सांसदहरुले विकास निर्माणका काम प्राविधिक अध्ययन बिना गर्ने गरिएकाले पनि बाढीपहिरोले बढी क्षति हुने गरेको सांसदहरुको भनाइ थियो ।  सांसद दिलकुमारी रावल थापा (पार्वती)ले असार २६ गतेपछिको अविरल वर्षाले आएको बाढीपहिरोले धेरै जनधनको क्षति..

    लोकसेवाको विज्ञापनबारे सरकारको स्पष्ट दृष्टिकोण माग

    बुधबार, श्रावन ८, २०७६ साल
    काठमाडौँ, ८ साउन  लोकसेवा आयोगको पछिल्लो विज्ञापनको विषयलाई लिएर गरिएको आन्दोलनका बारेमा सांसदहरुले राष्ट्रियसभाको आजको बैठकमा सरकारको स्पष्ट धारणा माग गर्नुभएको छ ।  आयोगले गत जेठ १५ गते स्थानीय तहका लागि विभिन्न सेवा र समूह छुट्याएर प्राविधिक र अप्राविधिक पदमा जम्मा नौ हजार १६१ जनाको खुल्ला प्रतिस्पर्धाद्वारा पदपूर्तिको विज्ञापन गरेपछि संविधान, कानून तथा सामाजिक न्यायको सिद्धान्तको प्रतिकूल सो विज्ञापन भएको भन्दै आदिवासी..

    एकै पटक सशस्त्रका ६२ एसपी र १ सय ५१ डिएसपीको सरुवा (नामावलीसहित)

    बुधबार, श्रावन ८, २०७६ साल
    काठमाडौं, ८ साउन ।  गृह मन्त्रालयले एकैपल्ट ६२ जना सशस्त्रका उपरीक्षक र  १ सय ५१ जना सशस्त्र प्रहरी नायव उपरीक्षकको सरुवा गरेको छ। सशस्त्र प्रहरी सेवा, साधारण समूह तथा साधारण उपसमूहअन्तर्गतका  ६२ जना एसएसपी र १ सय ५१ सशस्त्र प्रहरी डीएसपीको  सरुवा गरिएको सशस्त्र प्रहरी कार्यालय हलचोकले जनाएको छ।  सशस्त्र प्रहरीको प्रधान कार्यालयद्वारा जारी विज्ञप्तिमा सरुवा हुने प्रहरी अधिकारीको सेवासुविधा साउन महिनादेखि..

    प्रतिकूल मौसमका कारण आन्तरिक उडानमा समस्या

    बुधबार, श्रावन ८, २०७६ साल
    काठमाडौँ, ८ साउन  प्रतिकूल मौसमका कारण वुधबार मुलुकको आन्तरिक हवाई उडानमा असर परेको  छ । मौसम बद्लीसँगै बिहानैदेखि लगातारको वर्षाका कारण देशका अधिकांश विमानस्थलको सेवा अवरुद्ध भएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिकतर्फका सबै उडान अवरुद्ध भएको छ । आन्तरिक उडानमा समस्या आए तापनि अन्तर्राष्ट्रिय उडान भने नियमित भइरहेको विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार वर्षाका कारण देशका..

    बस्तीमा पस्यो बाढी : ४० घर डुवानमा, १ बेपत्ता, १ को उद्धार, सतर्क रहन आग्रह

    बुधबार, श्रावन ८, २०७६ साल
    गुलरिया, ८ साउन ।  बबई नदीमा पानीको बहाव बढेपछि काठ खोज्ने क्रममा १ बेपत्ता, १ को उद्धार भएको छ ।  बबई नदीमा बाढीको भेलमा दाउरा संकलन गर्न गएका बर्दिया बारबर्दिया नगरपालिका—११ खुन्तीपुरका ३५ वर्षीय बलिराम चौधरी बेपत्ता भएका छन् । जब्दीघाटस्थित बबई नदीमा काठ संकलन गर्न गएका उनलाई बाढीले बगाएको हो । बवईमा वेपत्ता भएका एकजनालाई उद्धार गरिएको जानकारी छ । मंगलबार रातिदेखि..

    प्रधानमन्त्री राहत कोषमा २ संस्थाद्वारा २५ लाख हस्तान्तरण

    बुधबार, श्रावन ८, २०७६ साल
    काठमाडौँ, ८ साउन । प्रधानमन्त्री प्राकृतिक प्रकोप उद्धार राहत कोषमा २ संस्थाले २५ लाख रुपैंयाँ हस्तान्तरण गरेका छन् ।  बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड यूनियनले १० लाख र व्यापारिक समुह केडिया ग्रुपले १५ लाख रुपैंयाँ हस्तान्तरण गरेका हुन् ।  राहत रकमको चेक बुझ्दै प्रधानमन्त्री ओलीले बाढी पहिरोको चपेटामा परेका जनतालाई सहयोग गर्नका लागि रकम हस्तान्तरण गरेकोमा ट्रेड युनियन र..

    सशस्त्र प्रहरीका १ सय ५१ डीएसपीको एकैपटक सरुवा, को कहाँ ?

    बुधबार, श्रावन ८, २०७६ साल
    काठमाडौं, ८ साउन ।  सशस्त्र प्रहरीका १५१ जना सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) हरुको सरुवा भएको छ ।  सशस्त्र प्रहरी महानिरीक्षकको कार्यालयले बुधबार गरेको निर्णय अनुसार साउन महिनाको तलब भत्तासमेत हाल सरुवा भएको स्थानबाट खान पाउने गरी सरुवा गरिएको उल्लेख छ । सशस्त्र प्रहरी मुख्यालयले एक सूचना प्रकाशित गर्दै १ सय ५१ जना डीएसपीको सरुवा गरिएको जानकारी दिएको हो ।   ..

    मनसुनी वर्षा पुनः सक्रिय : यी नदीहरुमा आकश्मिक बाढीको सम्भावना !

    बुधबार, श्रावन ८, २०७६ साल
    काठमाडौँ, ८ साउन । अविरल वर्षाका कारण विभिन्न जिल्लामा बाढी पहिरो र डुबानको जोखिम बढेको छ । मनसुनी वर्षा पुनः सक्रिय भएकोले बुधबार मुलुकका अधिकांश स्थानमा भारी वर्षा भइरहेको छ ।  राष्ट्रिय आपतकालिन उद्धार केन्द्रले चुरे र पहाडबाट बहने नदीमा आकश्मिक बाढीको सम्भावना रहेकोले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन चेतावनी दिएको छ । ‘तटीय क्षेत्रमा उच्च सतर्कता अपनाऔँ’, केन्द्रले सूचना जारी गरेर भनेको छ..

    योगेशले गरे ५ बुँदामा नेतृत्वको ध्यानाकर्षण

    बुधबार, श्रावन ८, २०७६ साल
    काठमाडौँ, ८ साउन ।  नेकपामा कार्यविभाजन र जिम्मेवारी बाँडफाँटका विषयमा नेकपाका स्थायी समिति सदस्य योगेश भट्टराईले पाँच बुँदा नेतृत्वको ध्यानाकर्षण गराएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत  उनले नेतृत्वको ध्यानाकर्षण गराएका छन् । १. कुनै पनि ब्यक्तिलाई उसको योग्यता, क्षमता र रुचीका आधारमा जिम्मेवारी दिऊ ।  २. कुनै पनि ब्यक्तिलाई स्थायी रुपमा कुनै जिम्मेवरी नदिऊ । हरेक एक बर्षमा सबैको जिम्मेवारी हेरफेर गरौ ।  ३...

    नेकपा विवादः स्कुल विभागमा को ? पोखरेल र श्रेष्ठसँगै भुसालको पनि दाबी, तिनै जनाले नपाउने सम्भावना

    बुधबार, श्रावन ८, २०७६ साल
    काठमाडौँ, ८ साउन ।   नेकपामा स्कुल विभागको नेतृत्वमा ईश्वर पोखरेल र नारायणकाजी श्रेष्ठ कसलाई बनाउने भन्ने विवाद उत्कर्षमा रहेका बेला वैचारिक अभियान चलाउँदै आएका अर्का नेता घनश्याम भुसालले समेत दाबी गरेका छन् ।  तत्कालीन एमालेको नवौं महाधिवेशनबाट उपमहासचिव बनेका भुसाल अहिले नेकपा स्थायी समिति सदस्य छन् । मार्क्सवादी प्रशिक्षण र त्यससम्बन्धी अध्ययन गर्दै हिँड्ने नेता भुसालले पार्टीको विचार निर्माणमा आफूले खेलेको भूमिकाको..

    पूर्व माओवादीलाई सेटिङमा मेलम्चीको काम

    बुधबार, श्रावन ८, २०७६ साल
    काठमाडौँ, ८ साउन ।  मेलम्ची खानेपानी आयोजनाले पूर्वमाओवादी कार्यकर्तालाई बिनाप्रतिस्पर्धा धमाधम ठेक्का दिन थालेको छ। आयोजनाले साविकको ठेकेदार सीएमसीले छाडेर बाँकी रहेका कामको जिम्मेवारी सेटिङमा पूर्वमाओवादी कार्यकर्तालाई दिएको हो। आयोजना प्रमुख सूर्यराज कँडेलले बिनाप्रतिस्पर्धा तीन करोड रुपैयाँको मेलम्चीको मुहान (हेडवक्र्स) मध्येको काम श्रेष्ठ कन्स्ट्रक्सन भन्ने ठेकेदारलाई दिएका थिए। कन्स्ट्रक्सनले पूर्वमाओवादीका तीन कार्यकर्तालाई उक्त ठेक्काको पनि उपठेक्का लगाएको समाचार अन्नपूर्ण पोस्टमा छ ।  मन्त्रिपरिषद्ले..

    १८ सयभन्दा बढी कम्पनी/ठेकेदारमाथि छानबिन

    बुधबार, श्रावन ८, २०७६ साल
    काठमाडौँ, ८ साउन ।  पेस्की लिएर पनि आयोजना निर्माण अघि नबढाउने एक हजार ८ सयभन्दा बढी कम्पनी/ठेकेदारमाथि गृह मन्त्रालयले छानबिन थालेको छ। जलविद्युत्, सडक, पुललगायत आयोजना निर्माणबापत सरकारी निकायबाट ‘मोबिलाइजेसन पेस्की’ लिएर काम नगर्ने कम्पनी र ठेकेदारमाथि गृह मन्त्रालयले छानबिन थालेको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयोगमा परेका उजुरीका आधारमा पेस्की लिएर काम नथाल्ने निर्माण कम्पनी र ठेकेदार पहिचान गरेपछि गृह मन्त्रालय..

    विरोधपछि कांग्रेसले सदस्यता शुल्क घटायो, हेर्नुहोस् अब कति तिर्नुपर्छ ?

    बुधबार, श्रावन ८, २०७६ साल
    काठमाडौँ, ८ साउन ।  केन्द्रीय सदस्यहरूको विरोधपछि कांग्रेसको विधान नियमावली मस्यौदा समितिले सदस्यता शुल्क घटाएको छ । समितिले पार्टी सदस्यता र नवीकरण शुल्क १० बाट बढाएर ५० रुपैयाँ पुर्‍याएको थियो । तर, नयाँ प्रावधानप्रति केन्द्रीय समिति बैठकमा धेरै सदस्यले असन्तुष्टि जनाएपछि सदस्यता शुल्क घटाएर २० रुपैयाँ कायम गरिएको छ ।  त्यस्तै, पहिले क्रियाशील सदस्य बन्न दुई सय र नवीकरण गर्न एक सय..

    निर्मला हत्याका दोषी पत्ता लगाइन्छः गृहमन्त्री

    बुधबार, श्रावन ८, २०७६ साल
    काठमाडौँ, ८ साउन ।  गृहमन्त्री रामबहादुर थापाले निर्मला पन्तको बलात्कार तथा हत्या जघन्य अपराध भए पनि नयाँ र पहिलो नभएको बताएका छन् । उनले यस्ता घटनालाई पूर्ण रूपमा रोक्न नसकिने भए पनि दोषी पत्ता लगाउन सबै प्रयास जारी राखिएको बताए । आर्थिक वर्ष २०७५/७६ को वार्षिक कार्यसम्पादन प्रगति र आगामी कार्यदिशाका विषयमा मंगलबार गृहमन्त्रालयमा आयोजित अन्तक्र्रियामा गृहमन्त्री थापाले बलात्कारका घटनाका दोषीलाई धमाधम..

    कूटनीतिक मर्यादा नाघेर ‘रअ’ प्रमुखसँग भेट, गोप्य रुपमा भेट्नुले अझ बढी आशंका

    बुधबार, श्रावन ८, २०७६ साल
    काठमाडौँ, ८ साउन ।  भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्त गोयल काठमाडौं आई केही उच्च नेतालाई भेटेर फर्किएका छन्। करिब एक महिनाअघि उनले ‘रअ’ को नेतृत्व पाएका थिए। यो जिम्मेवारी पाएपछि पहिलोपटक आइतबार नेपाल आएका उनले सोदी दिन बेलुका प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग काठमाडौंस्थित भारतीय दूतावासमा र सोमबार बिहान सत्तारुढ नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसँग उनकै..

    रअको भ्रमणबारे सुरक्षा निकायलाई झूटो ‘ब्रिफिङ’

    बुधबार, श्रावन ८, २०७६ साल
    काठमाडौँ, ८ साउन ।  गत आइतबार भारतीय मुख्यसचिव नेपाल आउने व्यहोराको अग्रिम सूचनाअनुसार सुरक्षा निकाय विमानस्थलदेखि होटलसम्मको स्कर्टिङ र अन्य सुरक्षा प्रबन्धमा जुट्यो । तोकिएकै तालिकाअनुसार आइतबार दिउँसो पाहुना आए, सुरक्षा निकायले स्टर्किङ गरेर बौद्धस्थित हायात होटल पु¥यायो । तर स्टर्किङ गरिएका पाहुना मुख्यसचिव नभएर भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विङ (रअ) को टोली भएको सुरक्षा निकायले होटल पुगेपछि मात्रै थाहा..

    दाहसंस्कार गर्नै लाग्दा महिला ब्युँतिएपछि...

    बुधबार, श्रावन ८, २०७६ साल
    काठमाडौँ, ८ साउन ।  पाल्पाको रैनादवी छहरा गाउँपालिकामा एक महिलाको जीवनमा चमत्कारिक घटना भयो। रैनादवी छहरा गाउँपालिका–१ सिद्धेश्वरकी ३७ वर्षीया नर्मदा ज्ञवाली कालीगण्डकीको रिडीस्थित आर्यघाटबाटै ब्युँतिएपछि 'मलामी' समेत दंग भए। ज्ञवालीको अन्तिम अवस्था ठानेर परिवारका सदस्य र आफन्तले कालीगण्डकीको रिडी घाटमा अर्घ्यजलका लागि पुर्‍याएका थिए। अर्घ्यजल घाटमा राखी आफन्तले अन्य तयारी गरिरहँदा मृत्यु भएकी भनिएकी ज्ञवाली चलवलाएपछि गुल्मीको रिडी प्राथमिक उपचार केन्द्रमा..

    छानबिन समितिको कार्यशैलीप्रति प्रधानमन्त्री ओली असन्तुष्ट

    मंगलवार, श्रावन ७, २०७६ साल
    काठमाडौँ, ७ साउन प्रधानमन्त्री केपी शर्मा ओलीले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको अनियमितताको छानबिन सम्बन्धमा गठन भएको समितिको कार्यशैलीप्रति असन्तुष्टी व्यक्त गर्नुभएको छ ।  प्रतिष्ठानको तेस्रोसभा बैठकलाई आज प्रधानमन्त्री निवास बालुवाटारमा सम्बोधन गर्दै उहाँले समितिले कुलपतिलाई बुझाउनु पर्ने प्रतिवेदन विभिन्न सञ्चारमाध्यममा देखिनु उचित नभएको प्रतिक्रिया दिनुभयो ।  प्रतिष्ठानमा अनियमितता भएको विषयमा छानबिन गर्न सरकारले जेठ ३० गते एक समिति गठन गरेको थियो ।..

    प्रधानन्यायाधीश र रुसी सर्वोच्च अदालतका अध्यक्षबीच भेटवार्ता

    मंगलवार, श्रावन ७, २०७६ साल
    काठमाडौँ, ७ साउन  प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र रुसी महासङ्घको सर्वोच्च अदालतका अध्यक्ष भ्याचेस्लाभ एम लेवेदेभबीच आज भेटवार्ता भएको छ ।  प्रधानन्यायाधीश राणाको मैत्रीपूर्ण निमन्त्रणामा चारदिने औपचारिक भ्रमणका लागि सोमबार अध्यक्ष लेवेदेभ नेपाल आइपुग्नुभएको थियो । उहाँहरुबीच नेपाल–रुसी महासङ्घको लामो समयदेखिको सौहार्दतापूर्ण र सुमधुर सम्बन्धबारे छलफल भएको सर्वोच्च अदालतका सञ्चारविज्ञ किशोर पौडेलले जानकारी दिनुभयो ।    भेटका क्रममा प्रधानन्यायाधीश राणाले नेपालमा न्यायपालिकाको योजनाबद्ध सुधारका रुपमा..

    काङ्ग्रेसद्वारा पहिराबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त

    मंगलवार, श्रावन ७, २०७६ साल
    काठमाडौँ, ७ साउन प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले गुल्मीको सत्यवती गाउँपालिकाको लिम्घा र ठूलो लुम्पेक गाउँमा सोमबार राति पहिरोबाट भएको मानवीय एवं भौतिक क्षतिप्रति दुःख व्यक्त गरेको छ ।   काङ्ग्रेस संसदीय दलले आज एक विज्ञप्तिमार्फत उक्त घटनामा परी बेपत्ता भएका व्यक्तिहरुको तत्काल खोजी कार्य गरी उद्धार गर्न र विस्थापित तथा जोखिममा रहेका घरपरिवारलाई पुनःस्थापनाको व्यवस्था गर्न सरकारलाई आग्रह गरेको छ ।  पार्टीका प्रमुख..

    बुधबार र बिहीबार देशभर अधिकांश स्थानमा पानी पर्ने सम्भावना

    मंगलवार, श्रावन ७, २०७६ साल
    काठमाडौँ, ७ साउन बुधबार र बिहीबार देशभर पूर्ण बदली र अधिकांश स्थानमा वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुन न्यून चापीय रेखा नेपालको दक्षिणतर्फ अवस्थित रहेको र बङ्गालको खाडीबाट प्रवेश गरेको जलवाष्पयुक्त हावा र स्थानीय वायूको प्रभावका कारण पूर्व र मध्यका अधिकांश साथै पश्चिमका केही स्थानमा वर्षाको सम्भावना रहेको हो ।  महाशाखाले आज मौसम पूर्वानुमान बुलेटिन सार्वजनिक गर्दै बुधबार..

    ‘पुष्पलाल समाजवादी नेता’

    मंगलवार, श्रावन ७, २०७६ साल
    चिप्लेढुङ्गा, ७ साउन   गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल नेपालको इतिहासमा समाजवाद र भौतिकवादमा आधारित नेपाली समाजको इतिहास लेख्ने व्यक्ति भएकोे बताउनुभएको छ ।    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटी कास्कीले आयोजना गरेको ४१ औँ पुष्पलाल स्मृति दिवसका सन्दर्भमा आयोजित ‘नेपालको कम्युनिष्ट आन्दोलन र पुष्पलाल’ विषयक प्रवचन कार्यक्रममा उहाँले विभिन्न हण्डर र ठक्कर खाएर पनि पुष्पलाल जस्तो..

    विषादी परीक्षण सम्बन्धी नयाँ सम्झौताको तयारी जुट्याे सरकार

    मंगलवार, श्रावन ७, २०७६ साल
    काठमाडौं, ७ साउन । नेपाल सरकारले विषादी परिक्षण सम्बन्धि भारतसँग नयाँ सम्झाैताकाे तयारी थालेकाे छ । खाद्य सुरक्षाका विषयमा आपसी सहकार्य बढाउन नेपाल र भारतबीच आगामी महिना द्विपक्षीय सम्झौता हुने भएको हाे । दुई देशको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरिसकेको समझदारीको प्रस्तावनामा नेपालको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र भारतको खाद्य सुरक्षा तथा मापदण्ड आयोगबीच सहकार्य गर्ने उल्लेख छ ।आगामी अगष्टमा विशेष दिन..

    बादल-विप्लवकाे आरोप-प्रत्यारोपले थप संकटमा वार्ता

    मंगलवार, श्रावन ७, २०७६ साल
    काठमाडौं, ७ साउन । गृहमन्त्री रामबहादुर थापा बादलले विप्लव समूहसँग वार्ता गरेर समस्या समाधान गर्न सरकार तयार रहेपनि विप्लव समूहले वार्ता नचाहेको  बताए । कुनैबेलाका हितैसी सहकर्मी बादल र विप्लव अहिले एक नदीका दुई किनारा बनेका छन् । एकअर्काप्रति आक्रामक रुपमा प्रस्तुत हुँदै आएका बादल र विप्लवले एकअर्कालाई ‘वार्ताको वातावरण विगारेको’ आरोपसमेत लगाएका छन् । मंगलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री बादलले विप्लव समूहसँग वार्ता गरेर समस्या..

    पेचिलो बन्दै स्कूल विभाग विवाद : नेकपाको सचिवालय बैठक स्थगित, पोखरेलले दिए चेतावनी

    मंगलवार, श्रावन ७, २०७६ साल
    काठमाडौं, ७ साउन ।  पार्टी स्कूल विभागको प्रमुखबारे पार्टीको दृष्टिकोण र सिद्धान्तबारे तल्लो तहसम्म सैद्धान्तिक प्रशिक्षण तथा स्कूल सञ्चालन गर्ने विभागको प्रमुखमा पूर्वएमालेबाट ईश्वर पोखरेल र पूर्वमाओवादीबाट नारायणकाजी श्रेष्ठको दाबी छ । सहमति नजुटेपछि मंगलबार बोलाइएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ । स्कुल विभागबारे सहमति नजुट्दा दुबै समूहका नेता कार्यकर्ताबीच आरोप प्रत्यारोपसमेत शुरु भएको छ । पछिल्लो समय नेकपामा..

    पुष्पलालका विचार उत्तिकै सान्दर्भिक : मुख्यमन्त्री गुरुङ

    मंगलवार, श्रावन ७, २०७६ साल
    पोखरा, ७ साउन  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य एवम्  गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पुष्पलालका विचार अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताउनु भएको छ । पोखरा महानगरपालिका–२१ फेदीपाटनस्थित पुष्पलाल अध्ययन प्रतिष्ठान परिसरमा निर्मित पुष्पलालको अर्धकदको सालिक आज अनावरण गर्दै उहाँले पुष्पलालले अघि सार्नुभएको विचारकै जगमा नेपाली कम्युनिष्ट आन्दोलन वर्तमानसम्म आइपुगेको बताउनुभयो । नेपाली कम्युनिष्ट आन्दोलनलाई वैचारिक नेतृत्व दिएर पुष्पलालले अतुलनीय योगदान..

    पार्टी एकताको सम्पूर्ण काम साउनभित्र सकाइने

    मंगलवार, श्रावन ७, २०७६ साल
    काठमाडौँ, ७ साउन ।   नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी एकताको प्रक्रिया अब करीब करीब निष्कर्षमा पुगिसकेको बताउनुभएको छ ।  पुष्पलाल स्मृति प्रतिष्ठानले मंगलबार यहाँ आयोजना गरेको ‘४१ औ पुष्पलाल स्मृति दिवस’मा आयोजित कार्यक्रममा उहाँले एकता प्रक्रिया साउनभित्र सकिने जिकिर गर्नुभयो । “एक दुई वटा औपचारिकता दिन मात्र बाँकी रहेको छ । केही दिनभित्र हामी सबै पार्टी..
    Weather Forecast