बुधबार, कार्तिक ६, २०७६

    राज्य-समाज

    “बलिदान खेर गएको छैन, आजको परिवर्तन शहीदको सपनाको फल”

    बुधबार, चैत्र ६, २०७५ साल
    काभ्रेपलाञ्चोक, ६ चैत : पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले जनताको बलिदान खेर नगएको बताउनुभएको छ । जनसांस्कृतिक महासङ्घ नेपालद्वारा मंगलबार काभे्रपलाञ्चोकको पाँचखाल नगरपालिका–१ अनैकोटस्थित दाहालगाउँमा आयोजित २१ औँ शहीद दिवस तथा जनसांस्कृतिक राष्ट्रिय सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै शहीदको बलिदानीका कारण आजको परिवर्तन सम्भव भएको बताउनुभयो ।  उहाँले भन्नुभयो, “बलिदान खेर गएको छैन, आजको परिवर्तन शहीदको सपनाको फल..

    काङ्ग्रेसको महाधिवेशन सम्पन्न गर्न निर्वाचन समिति गठन

    बुधबार, चैत्र ६, २०७५ साल
    काठमाडौँ, ६ चैत ।  नेपाली काङ्ग्रेसले पार्टीको १४औँ महाधिवेशन सम्पन्न गर्न राधेश्याम अधिकारीको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन समिति गठन गरेको छ ।  पार्टी केन्द्रीय कार्यालय सानेपामा सभापति शेरबहादुर देउवाको सभापतित्वमा मंगलबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले पार्टी विधान अनुसार केन्द्रीय निर्वाचन समिति गठन गरेको हो । निर्वाचनको सदस्यमा गोपालकृष्ण घिमिरे, खम्मबहादुर खाती, सीताराम केसी र एकराज पोखरेल हुनुहुन्छ । बैठकले नियमावली मस्यौदा समिति गठनसमेत..

    सांसदको प्रश्न : हाम्रो मर्यादा क्रम किन तल ?

    मंगलवार, चैत्र ५, २०७५ साल
    काठमाडौँ, ५ चैत हामी जनताबाट निर्वाचित भएका हौँ, तर जिल्लाको कार्यक्रममा जाँदा हाम्रो मर्यादाक्रम पूर्वमन्त्रीभन्दा तल राखियो । यसले हामीलाई असजिलो बनाएको छ । यो समस्याको समाधान गर्ने विषयमा सरकारले केही पहल गरेको छैन ? यो भनाइ हो प्रतिनिधिसभाका सदस्य झपट रावलको ।  प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा सरकारले निर्धारण गरेको मर्यादाक्रमले जननिर्वाचित सांसदलाई अपमान गरेको भन्दै रावलले त्यसलाई..

    'ज्यानमारा' भन्दै नेकपा अध्यक्ष प्रचण्डविरुद्ध अमेरिकामा उजुरी

    मंगलवार, चैत्र ५, २०७५ साल
    काठमाडौं, ५ चैत नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाललाई पक्राउ गर्न माग गर्दै अमेरिकामा उजुरी परेको छ । पुष्पकमल दाहाल प्रचण्ड अहिले अमेरिकामा छन् । पत्नी सीता दाहालको उपचारका लागि उनी छोरी गंगा र ज्वाइँ जीवन आचार्यलाई लिएर अमेरिका पुगेका हुन् । पत्नी सीता दाहालको उपचारका लागि गएका बेला प्रचण्डविरुद्ध अमेरिकामा उजुरी परेको छ । केनटुकी स्टेट युनिभर्सिटीमा कार्यरत तिलक..

    कावासोतीमा जैविक विविधता संरक्षण सम्बन्धि कार्यक्रम सम्पन्न

    मंगलवार, चैत्र ५, २०७५ साल
    कावासोती नवलपुर, चैत  नवलपुर जिल्लाको कावासोति नगरपालिकाको लामिचौर उपभोक्ता समिति अन्तरगत  समुदायमा आधारित चोरी-सिकारी नियन्त्रण युवा जागरणले जैविक विविधता संरक्षण सम्बन्धि कार्यक्रम सम्पन्न गरेको छ ।  कावासोती नगर उपप्रमुखको प्रमुख प्रेम शंकर मर्दनीयाको   प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा बेलने वक्ताहरु तथा प्रमुख अतिथि प्रेम शंकर मर्दनीयाले "युवाहरु यति खेर गाउँ गाउँमा संरक्षणको आवाजलाई बुलन्द पारिनुपर्छ  र सकारात्मक सोचाइको साथमा..

    सरकारद्वारा विप्लवमाथि धावा ! १७ नेता तथा कार्यकर्ता पक्राउ

    मंगलवार, चैत्र ५, २०७५ साल
    काठमाडौँ, ५ चैत सरकारले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई आपराधिक र विध्वंशकारी समूह घोषणा गरी प्रचलित कानूनअनुसार कारवाही गर्ने निर्णय गरेसँगै प्रहरीले अहिलेसम्म १७ नेता तथा कार्यकर्ता पक्राउ गरेको छ ।  नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेदीका अनुसार उनीहरुलाई पक्राउ गरी कानूनी कारवाही थालिएको छ । उपत्यकाबाट पाँच कार्यकर्ता पक्राउ गरेको छ । घोषणअघि विभिन्न घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका थप नौ..

    निर्मला हत्या प्रकरण : अदालतमा उपस्थित भए पूर्वएसपी विष्ट

    मंगलवार, चैत्र ५, २०७५ साल
    काठमाडौँ, ५ चैत निर्मला पन्त हत्या प्रकरणमा बर्खास्तमा परेका नेपाल प्रहरीका एसपी डिल्लीराज विष्ट अदालतमा उपस्थित भएका छन् । श्रोतका अनुसार उनी मंगलबार बिहान जिल्ला अदालत कञ्चनपुरमा उपस्थित भएका हुन् । अदालतले विष्टलाई अदालतमा हाजिर हुन सूचना जारी गरेको थियो । निर्मला पन्त हत्या प्रकरणका अन्य छ जना आरोपी भने धरौटीमा छुटेका छन् । न्यायाधीश राजेन्द्रकुमार आचार्यको इजलासले तत्कालीन डिएसपी ज्ञानबहादुर सेठी, इन्स्पेक्टरद्वय..

    पूर्वमुमा बडामहारानी रत्नराज्यलक्ष्मीदेवी शाह घर फिर्ता

    मंगलवार, चैत्र ५, २०७५ साल
    काठमाडौँ, ५ चैत : पूर्वमुमा बडामहारानी रत्नराज्यलक्ष्मीदेवी शाह स्वास्थ्य लाभ गरी सोमबार अस्पतालबाट फिर्ता हुनुभएको छ । यही फागुन २१ गते स्वास्थ्योपचारका लागि उहाँ नर्भिक अस्पताल भर्ना हुनु भएको सो अस्पतालले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वरानी कोमल शाह एवम् पूर्वमुमा बडामहारानीको स्वास्थ्योपचारको क्रममा सहयोग पु¥याउने नर्भिक अस्पतालका चिकित्सक, कर्मचारी, व्यवस्थापन र शीघ्र स्वास्थ्य लाभको कामना गर्ने..

    नेकपाका वरिष्ठ नेता खनालको दोस्रो गीति एल्बम आउँदै

    मंगलवार, चैत्र ५, २०७५ साल
    काठमाडौँ, ४ चैत  सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालको विकास, समृद्धि र राष्ट्रियतासम्बन्धी गीति एल्बम बजारमा आउने भएको छ ।  उहाँको दोस्रो गीति एल्बम ‘परिवर्तनका स्वरहरु भाग २’ मिलन तिमल्सिनाको सङ्गीत र विभिन्न गायकगायिकाको स्वरमा यही चैत ९ गते प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीबाट सार्वजनिक हुने जनसांस्कृतिक महासङ्घले आज आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।  पूर्वप्रधानमन्त्री..

    सीके राउतको पार्टीको नाम ‘जनमत पार्टी’, को–को छन् समितिमा ?

    सोमबार, चैत्र ४, २०७५ साल
    सिरहा, ४ चैत सरकारसँग भएको ११ बुँदे सहमतिपछि मूलधारको राजनीतिमा आएको सीके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनले अब ‘जनमत पार्टी’को नामबाट मूलधारको राजनीति गर्ने भएको छ ।  जनमत पार्टीमा सीके राउतलाई अध्यक्ष चयन गरिएको छ । यस्तै केन्द्रीय सदस्यमा कैलाश महतो (महोत्तरी) राजकुमार यादव (सिरहा) अब्दुल खान (बर्दिया), चन्द सिंह (महोत्तरी), बबिता इसर (सप्तरी), कौशिला महतो (झापा), परमेश्वर मुर्मु(मोरङ) सीताराम पण्डित (सुनसरी),..

    राजपाको विरोध पश्चात् प्रतिनिधिसभाको बैठक स्थगित

    सोमबार, चैत्र ४, २०७५ साल
    काठमाडौँ, ४ चैत राष्ट्रिय जनता पार्टी नेपाल(राजपा) का सांसदले तराई– मधेशमा भएको आन्दोलनको छानबीन गर्न सर्वाेच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्रलालको अध्यक्षतामा गठित छानबीन आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रतिनिधिसभाको आजको बैठक पनि अवरोध गरेको छ ।  सभामुख कृष्णबहादुर महराले बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ राजपाका सांसदले आआफ्नो स्थानबाट उठेर विरोध जनाउनुभएको थियो ।  उहाँहरुबाट विरोध भएपछि सभामुख महराले राजपाका नेता अनिलकुमार झालाई..

    ठगी अभियोगमा कानुन व्यवसायी गोपाल शिवाकोटी जेल चलान

    सोमबार, चैत्र ४, २०७५ साल
    काठमाडौं, ४ चैत्र ल कलेज खोल्ने भनेर पूर्वन्यायाधीश, समाजसेवी र पत्रकारलाई ३ करोड ३५ लाख रुपैयाँभन्दा बढी ठगेको अभियोगमा कानुन व्यवसायी गोपाल शिवाकोटी ‘चिन्तन’ अन्ततः पूर्पक्षका लागि जेल चलान भएका छन्। काठमाडौं जिल्ला अदालतको आदेशअनुसार उनी जगन्नाथ देवलस्थित केन्द्रीय कारागार (भद्रगोल जेल)मा छन्। गोपाल शिवाकोटी र बद्रीकुमार थापा मञ्जु श्री एजुकेसनल एकेडेमी प्रालिका सञ्चालक सदस्य थिए। त्यसको सम्पत्ति मासेर विश्वासघात गरेको दाबीसहित..

    आज बिहानै गोरखा भूकम्पको परकम्प, मकवानपुर केन्द्रबिन्दु !

    सोमबार, चैत्र ४, २०७५ साल
    काठमाडौँ, ४ चैत  सोमबार बिहान ९ बजेर एक मिनेट जाँदा ४.१ रिक्टर स्केलको भूकम्प भएको छ ।  मकवानपुर केन्द्रबिन्दु रहेको उक्त कम्पन २०७२ वैशाख १२ को गोरखा भूकम्पको परकम्प भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । ..

    अवैधरूमा राखिएका हतियार बुझाए कारवाही नहुने !

    सोमबार, चैत्र ४, २०७५ साल
    पाल्पा, ४ चैत : अवैधरुपमा रहेका हातहतियार सरकारलाई बुझाउन आदेश गरिएको छ । समयावधिभित्र हतियार बुझाएमा अवैध हातहतियार तथा खरखजनासम्बन्धी प्रचलित मुद्दा नचलाउने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।    कानूनबमोजिम लिनुपर्ने इजाजत नलिएको, इजाजतपत्र नवीकरण नगरएको, इजाजतपत्र प्राप्त व्यक्तिको मृत्युपश्चात् हकवालको नाममा नामसारी नगराएको वा अन्य व्यक्तिले पनि हातहतियार तथा खरखजना राखेको पाइएकाले तोकिएको समयमै त्यस्ता सामान बुझाउन उक्त कार्यालयले सूचित गरेको..

    काङ्ग्रेस केन्द्रीय समितिको बैठक केहीबेरमा बस्दै

    सोमबार, चैत्र ४, २०७५ साल
    काठमाडौँ ४ चैत  प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसमिति बैठक पार्टीको अनुशासन र निर्वाचन समिति गठनलगायत विषयमा निर्णय गर्न आज बोलाइएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजे बस्ने बैठकमा उक्त विषयबाहेक पार्टीको विधानअनुसार नियमावली निर्माण, सरकारका कामकारवाही, समसामयिक राजनीतिलगायत विषयमा पनि छलफल हुने पार्टी कार्यालयले जनाएको छ ।  यसअघि गत फागुन १४ गते बोलाइएको बैठक सभापति शेरबहादुर देउवा..

    पृथकतावाद र विखण्डनवाद बन्द गर, तत्काल हतियार बुझाऊ : प्रधानमन्त्री

    आईतवार, चैत्र ३, २०७५ साल
    विराटनगर, ३ चैत प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टीका नाममा जनतामा आतङ्क सिर्जना गर्ने समूहलाई हतियार बुझाउन आग्रह गर्नुभएको छ । प्रधानमन्त्री ओलीले सुनसरी जिल्लाको वर्जु गाउँपालिकामा पर्ने वर्जु ताल निरीक्षणपछि आइतबार आयोजित कार्यक्रममा पृथकतावादी र विखण्डनवादी आन्दोलन त्याग गरी वर्तमान संविधान स्वीकार गर्नेलाई सरकारले स्वागत गर्ने बताउनुभयो ।  उहाँले भ्रष्टाचार निर्मूल गरी मुलुकमा सुशासन कायम गरी जनताको विकासप्रतिको चाहनालाई वर्तमान..

    सुरक्षा परिषद्सम्बन्धी विधेयकमाथि काङ्ग्रेसको ध्यानाकर्षण

    आईतवार, चैत्र ३, २०७५ साल
    काठमाडौँ, ३ चैत : प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले राष्ट्रिय सुरक्षा परिषद्को काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ का केही बुँदामा ध्यानाकर्षण भएको जनाएको छ । काङ्ग्रेसले राष्ट्रिय सुरक्षा परिषद्लाई संविधानले प्रत्याभूत गरेका अधिकार हनन् गरी परिषद्लाई प्रधानमन्त्रीको छाँया बनाउने प्रस्ताव गलत भएको टिप्पणी गरेको छ ।  मुलुकमा उत्पन्न हुने सबैखाले समस्याको हल संविधानको परिधिभित्रबाट खोज्ने कर्तव्य राज्यको..

    नेपालगञ्ज उपमहानगरलाई छिट्टै प्लाष्टिमुक्त बनाइने

    आईतवार, चैत्र ३, २०७५ साल
    नेपालगञ्ज, ३ चैत : नेपालगञ्ज उपमहानगरपालिकाको चौथो नगरसभाले नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रलाई प्लाष्टिकमुक्त उपमहानगरपालिका घोषणा गर्नका लागि आवश्यक कार्यविधि बनाउनेलगायतका महत्वपूर्ण निर्णय गरेको छ ।  नगरसभामा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा २० र २१ बमोजिम विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन विधेयक २०७५, फोहरमैला व्यवस्थापन विधेयक २०७५ लगायतका प्रस्तावमाथि व्यापक छलफल भएको थियो ।  आर्थिक वर्ष २०७५÷७६ को वार्षिक बजेट योजना तथा..

    नेपाल-भारत पारवहन वार्ता : प्रतिनिधिमण्डल टोली नयाँदिल्लीमा

    आईतवार, चैत्र ३, २०७५ साल
    काठमाडौँ, ३ चैत   नेपाल र भारतबीचको पारवहन व्यवस्थालाई सहज तुल्याउन विभिन्न समयमा भएका द्विपक्षीय विनिमयपत्र (एलओई) एकीकरणसम्बन्धी बैठक भारतको राजधानी नयाँदिल्लीमा हुँदैछ ।  यही चैत ४ र ५ गते हुने सहसचिवस्तरीय उक्त बैठकमा पानीजहाजबाट मालसामान स्थानान्तरण, ‘लेटर अफ एक्सचेञ्ज’ (एलओई) को एकीकरण, बृहत् परिमाणका मालसामानको व्यवस्थापन, उडिसाको मुन्द्रा र गुजरातको ढाम्रा बन्दरगाह सञ्चालन र जलमार्गबारे छलफल हुनेछ ।  बैठकमा भाग लिन उद्योग, वाणिज्य..

    परराष्ट्रमन्त्री ज्ञवाली सोमबार अर्जेन्टिना जाँदै

    आईतवार, चैत्र ३, २०७५ साल
    काठमाडौँ, ३ चैत परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली यही चैत ६ देखि ८ गतेसम्म अर्जेण्टिनाको राजधानी ब्यूनसआयर्समा हुने दक्षिण–दक्षिण सहयोगसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय दोस्रो उच्चस्तरीय सम्मेलनमा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही चैत ४ गते सोमबार त्यसतर्फ प्रस्थान गर्नुहुने भएको छ ।  सम्मेलनको पूर्ण बैठकमा मन्त्री ज्ञवालीले दक्षिण–दक्षिण सहयोगसम्बन्धी नेपालको राष्ट्रिय वक्तव्य तथा सन् २०३० का कार्यसूची कार्यान्वयन एवम् दिगो विकासका चुनौती र अवसर..

    नेपालको राष्ट्रिय गीतबाट सुरु भयो सीके राउतको बैठक

    आईतवार, चैत्र ३, २०७५ साल
    सिरहा, ३ चैत्र सरकारसँग ११ बुँदे समझदारीपछि मूलधारको राजनीतिमा प्रवेश गरेका सीके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनको राष्ट्रिय परिषदको बैठक  सुरु भएको छ । पहिलो पटक सार्वजनिक स्थलमा कडा सुरक्षाबीच बैठक सुरु भएको हो ।  सिरहाको लहान नगरपालिका वडा नम्बर ७ स्थित मारवाडी सेवा सदनमा आइतबार बिहान ११ बजेदेखि शुरु बैठकको सुरुवात नेपालको राष्ट्रिय गानबाट गरिएको थियो ।  राष्ट्रिय गान ‘सयौं थुङ्गा..

    “त्रिभुवन विमानस्थलको २ अर्ब बक्यौता किन उठेन ?”

    आईतवार, चैत्र ३, २०७५ साल
    काठमाडौँ, ३ चैत  सङ्घीय संसद्को सार्वजनिक लेखा समितिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले उठाउनुपर्ने करीब रु दुई अर्बको बक्यौता रकम उठाउन सम्बन्धित निकाय तथा संस्थालाई ताकेता गर्न ध्यानाकर्षण गराएको छ ।  समितिको आइतबार सिंहदरबारमा बसेको बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) अन्तर्गतका अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयको उठाउनुपर्ने बक्यौता र सङ्घसंस्थालाई भाडामा प्रयोग गर्न दिएको विषयमा सम्बन्धित पदाधिकारीलाई बोलाएर जानकारी लिएको हो ।  विभिन्न एयरलाइन्स तथा..

    नारायणी नदीमा भएको फोहोरको कारण जलचर संकटमा

    आईतवार, चैत्र ३, २०७५ साल
    कावासोती नवलपुर, ३ चैत्र  देशको गहिराईको हिसाबमा देशको गहिरो नदि यतिबेला फोहोर र मानवीय कारणले थप दुगन्ध भएको छ । यतिबेला फोहोरको कारण गोही त्यसमा पनि घडीयाल गोही थप संकटमा छ ।  नारायणी नदीमा यतिबेला थप समस्या देखापर्न लागेको छ । नेपालका जलाधार क्षेत्रमा लामो समयदेखि अध्ययन अनुसन्धानकर्ता तथा अभियन्ता केबल प्रसाद चौधरी भन्छन : "हामी विगत पाँच बर्षबाट यसको अध्यन, अबलोकन..

    राजपाद्वारा आज पनि संसद अवरुद्ध, यस्तो छ कारण !

    आईतवार, चैत्र ३, २०७५ साल
    काठमाडौं, ३ चैत ।  राष्ट्रिय जनता पार्टी (राजपा) ले आइतबारको संसद बैठक अवरुद्ध गरेको छ । अपरान्ह प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ राजपाका सांसदहरुले उभिएर संसद अवरुद्ध गरेको बताएका छन् । संसदमा उभिएर बोल्दै राजपा नेता लक्ष्मणलाल कर्णले भने, ‘आज बडो दुर्भाग्य भयो, हामीले संसद बैठक अवरुद्ध गर्नुपर्यो ।’ पूर्वन्यायाधीश गिरीशचन्द्र लालको संयोजकत्वमा बनेको प्रतिवेदन सार्वजनिक नभएसम्म संसद चल्न नदिने लालले बताए । सभामुख कृष्णबदार..

    विप्लवका गतिविधिमाथि उच्च निगरानी, देशैभर प्रहरीको 'गस्ती'

    आईतवार, चैत्र ३, २०७५ साल
    काठमाडौँ, ३ चैत विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका गतिविधिमाथि सरकारले उच्च निगरानी थालेको छ ।  गएको फागुन २८ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त समूहलाई आपराधिक र विध्वङ्शकारी घोषणा गरी प्रचलित कानूनअनुसार कारवाही गर्ने निर्णय गरेसँगै गृह मन्त्रालयले उसका गतिविधिमाथि उच्च निगरानी गर्दै संलग्न व्यक्तिलाई कानूनी कारवाही थालेको हो ।  सरकारले सबै सुरक्षा निकायलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी र..

    सहमति जुटेसँगै नेपाल पत्रकार महासङ्घको तालाबन्दी खुल्यो

    आईतवार, चैत्र ३, २०७५ साल
    बनियानी, ३ चैत नेपाल पत्रकार महासङ्घ झापा शाखाको तालाबन्दी खुलेको छ ।  सदस्यता नवीकरणसम्बन्धी विवादका कारण गत माघ २९ गते प्रेस चौतारी झापा र नेपाल आदिवासी–जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाले महासङ्घको कार्यालयमा तालाबन्दी तथा प्रेस युनियन झापाले ध्यानाकर्षण गराएको थियो ।  आज विर्तामोडमा बसेको संयुक्त बैठकबाट सहमति जुटेसँगै तालाबन्दी खुलेको पत्रकार महासङ्घ झापा शाखा अध्यक्ष तारामणि सापकोटाले बताउनुभयो ।  विसं २०७५ को सदस्य..

    सिके राउतको बैठकमा कार्यकर्ताको मोबाइल निषेध, सुरक्षा व्यवस्था कडा

    आईतवार, चैत्र ३, २०७५ साल
    लहान, ३ चैत्र   राष्ट्रिय परिषद् बैठक सिरहाको लहानमा सुरु भएको सिके राउत संयोजक रहेका स्वतन्त्र मधेश गठबन्धनको बैठकमा सुरक्षा व्यवस्था कडा पारिएको छ । सरकारसँग भएको ११ बुँदे सहमतीपछि गठबन्धनको यो पहिलो बैठक हो । बैठक वरिपरी सुरक्षा व्यवस्था कडा पारिएको छ । यहाँसम्म कि परिषद्का सदस्यहरुको मोवाइल समेत बैठकस्थलभित्र निषेध गरिएको छ । उनीहरुको नागरिकता वा अन्य पहिचान खुल्ने प्रमाणपत्र हेरेर..

    वार्तामा आउन विप्लवलाई काङ्ग्रेस सभापति देउवाको आग्रह

    शनिबार, चैत्र २, २०७५ साल
    पाल्पा, २ चैत  नेपाली काङ्ग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विप्लव नेतृत्वको नेकपालाई हत्याहिंसा छोडेर वार्तामा आउन आग्रह गर्नुभएको छ । उहाँले उक्त पार्टीलाई सहमतिमा ल्याउन सरकारले वार्ता गर्नुपर्ने बताउनुभयो ।  प्रेस युनियन पाल्पा शाखाद्वारा शनिबार आयोजित पत्रकार सम्मेलनमा सभापति देउवाले प्रेस माथिको अंकुश लगाउने कार्य सहन नसकिने बताउनुभयो । उहाँले प्रकाशन र अभिव्यक्ति स्वतन्त्रतमाथि राज्यले दमन गर्न नहुने बताउनभयो ।  नेपाली काङ्ग्रेस..

    राष्ट्रपति स्वदेश फिर्ता : नेपालले हासिल गरेका प्रगति विश्वलाई सन्देश

    शुक्रबार, चैत्र १, २०७५ साल
    काठमाडौँ, १ चैत   राष्ट्रपति विद्यादेवी भण्डारी महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय आयोग (सिएसडब्ल्यू)को ६३औँ अधिवेशनमा भाग लिई शुक्रबार स्वदेश फर्कनुभएको छ ।    स्वदेश फर्कने क्रममा उहाँलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपराष्ट्रपति, प्रधानमन्त्री, उपप्रधानमन्त्री तथा रक्षामन्त्री र परराष्ट्रमन्त्रीले स्वागत गर्नुभएको थियो । सो अवसरमा मन्त्रिपरिषद्का सदस्य, सांसद, संवैधानिक अङ्गका प्रमुख, विशिष्ट श्रेणीका सरकारी कर्मचारी, सुरक्षा निकायका प्रमुखलगायतको पनि उपस्थिति थियो ।   राष्ट्र सङ्घको..

    कावासोतिमा जलवायु परिवर्तन अभिमुखिकरण कार्यक्रम सम्पन्न

    शुक्रबार, चैत्र १, २०७५ साल
    कावासोती नवलपुर, १ चैत्र नवलपुर जिल्लाको कावासोति नगरपालिका वडा नं. १३ मा जलवायु परिवर्तन, बातावरणमैत्री स्थानीय शासन तथा फोहर ब्यबस्थापन सम्बन्धि दुई दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।  हरियाली संस्थाको सहकार्य तथा कावासोति नगरपालिका वडा नं. १३ को आयोजनामा सो कार्यक्रम भएको हो । कावासोती नगरपालिका वडा नं. १३ का वडा अध्यक्ष बिनोद राना मगरको  अध्यक्षतामा सम्पन भएको हो भने लामिचौर..
    Weather Forecast