आईतवार, भाद्र १, २०७६

    राज्य-समाज

    इटहरी उपमहानगरपालिकास्थित एक व्यापारिक भवनमा भीषण आगलागी

    बुधबार, कार्तिक २१, २०७५ साल
    इटहरी, २१ कात्तिक   लक्ष्मी पूजाको दिन बुधबार दिउँसो इटहरी उपमहानगरपालिकास्थित एक व्यापारिक भवनमा भीषण आगलागी भएको छ ।  इटहरी उपमहानगरपालिका-६ स्थित धरानलाइनमा रहेको एक व्यापारिक भवनमा आगलागी भएको हो । दोस्रो तल्लाबाट सुरु भएको आगलागीको कारण खुलेको छैन । सुरक्षाकर्मी र स्थानीयबासी आगो नियन्त्रणमा जुटिरहेका छन् ।  बुधबर दिउँसो सवा १ बजेदेखि लागेको आगो बिराटनगर, इटहरी, इनरुवा र सुन्दरहरैंचाका दमकलले निभाउने प्रयास गरिहेका..

    साहित्यलाई गौरव गर्ने अवस्थामा पुर्याएका देवकोटाको ११०औँ जन्मजयन्ती

    बुधबार, कार्तिक २१, २०७५ साल
    काठमाडौँ, २२ कातिक  महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११०औँ जन्मजयन्ती बुधबार यहाँ मनाइयो । नेपाल सांस्कृतिक सङ्घद्वारा आयोजित कार्यक्रममा साहित्यकार रमा शर्माले १० वर्षको कलिलो उमेरदेखि नै साहित्य रचना गरेर छोटो अवधिमा नेपाली साहित्यलाई हालको गौरव गर्ने अवस्थामा पुर्याएका बताए ।  अङ्ग्रेजीको बोलबाला भएको यस युगमा नेपाली भाषाको पुनरुत्थान गर्न देवकोटा जस्ता मान्छे फेरि चाहिएको उनले बताए । शर्माले २०१० मा भानुभक्तको पहिलो शालिक..

    सभापति देउवालाई सुजाताको प्रश्न : हामीसँग सल्लाह लिन किन डराको ?

    बुधबार, कार्तिक २१, २०७५ साल
    काठमाडौं, २१ कात्तिक  नेपाली कांग्रेसकी प्रभावशाली नेतृ एवम् सांसद सुजाता कोइरालाले पार्टी सभापति शेरबहादुर देउवालाई आफूहरुसँग सल्लाह र सुझाव लिन किन डराएको भन्दै प्रश्न गरेकी छिन् ।  रिपोर्टर्स क्लबले आजआयोजना गरेको देउसी–भैलो कार्यक्रममा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै नेतृ कोइरालाले यस्तो बताएकी हुन् । उनले भनिन्, ‘सभापति ज्यू, हामीसँग सल्लाह लिन किन डराउनुभएको हो ?’ सञ्चारकर्मीहरुको देउसी भैलो टोलीसँग बोल्दै उनले सभापतिले उपसभापति मनोनयन..

    चाडबाडमा उपत्यकाको सुरक्षा व्यवस्था थप मजबुद बनाइने, इमान्दारीका साथ काम नगर्ने प्रहरीलाई कारवाही !

    बुधबार, कार्तिक २१, २०७५ साल
    काठमाडौँ, २१ कात्तिक  : महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले चाडबाडलाई लक्षित गरेर उपत्यकाको सुरक्षा व्यवस्थालाई थप मजबुद बनाउने बताउनुभएको छ ।  सामुदायिक प्रहरी सेवा केन्द्र गोंगबु र महानगरीय प्रहरी वृत्त महाराजगञ्जले मङ्गलबार नयाँ बसपार्कमा आयोजना गरेको ‘अपराध न्यूनीकरणमा समुदायको सहकार्य’ विषयक कार्यक्रममा उहाँले चाडबाडका समयमा हुने अपराधलाई नियन्त्रण गर्न सुरक्षा व्यवस्थालाई थप मजबुद बनाउने बताउनुभएको..

    र्चाल्स् शोभराजलाई सजाय छुट नदिनुको लिखित कारण १५ दिनभित्र पेश गर्न सर्वोच्चको आदेश

    मंगलवार, कार्तिक २०, २०७५ साल
    काठमाडौँ, २० कात्तिक : सर्वोच्च अदालतले सिरियल किलर (अन्तर्राष्ट्रिय कुख्यात अपराधी) चाल्र्स शोभराजलाई सजाय छुट नदिनुको लिखित कारण १५ दिनभित्र पेश गर्न आदेश जारी गरेको छ ।  न्यायाधीश चोलेन्द्रशम्शेर जवराको एकल इजलासले मंगलबार छुट नहुनुको कारण लिखित रुपमा पेश गर्न सरकारसँग कारण देखाऊ आदेश जारी गरेको हो । अधिवक्ता शकुन्तला थापाले शोभराजको उमेर ७५ वर्ष पुगिसकेको हुनाले सहुतिलय दिन माग गर्दै सोमबार..

    स्थापितले लगाए मुख्यमन्त्री पौडेललाई गम्भिर आरोप, भन्छन् - राजासँग त डराइन...

    मंगलवार, कार्तिक २०, २०७५ साल
    काठमाडौँ, २० कात्तिक बर्खास्तीमा परेका प्रदेश ३ का पूर्वाधारमन्त्री केशव स्थापितले मुख्यमन्त्री डोरमणि पौडेलको सीआईएसँग साँठगाँठ रहेको गम्भीर आरोप लगाएका छन् । उनले मंगलबार रिपोर्टस क्लबमा भएको साक्षात्कारमा यस्तो आरोप लगाएका हुन् । तिहारपछि पौडेलविरुद्ध आन्दोलन गर्ने उनको चेतावनी थियो । “डोरमणि पौडेलले प्रदेशको अवधारणपत्र एसिया फाउन्डेसनको लगानीमा बनाए । एसिया फाउन्डेसन सीआईएको संस्था हो । डोरमणिले सीआईएसँग साँठगाँठ गरेको देखियो ।..

    प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको महासमिति बैठक मङ्सिर २८ देखि पुस ३ सम्म

    मंगलवार, कार्तिक २०, २०७५ साल
    काठमाडौँ, २० कात्तिक प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको मंगलबारको केन्द्रीय कार्यसमितिको बैठकले पार्टीको महासमिति बैठकको मिति सार्ने निर्णय गरेको छ ।  अपराह्न १ बजेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले मङ्सिर ५ देखि ९ गतेसम्म तोकिएको बैठक मङ्सिर २८ देखि पुस ३ गतेसम्म राजधानीमा गर्ने निर्णय गरेको हो । बैठकले विधान संशोधन मस्यौदामाथि केन्द्रीय समितिमा छलफल गर्न समय अपुग भएको भन्दै पछाडि..

    के तपाईं राति १० बजेपछि देउसी भैलो खेल्ने योजनामा हुनुहुन्छ ? होसियार !

    मंगलवार, कार्तिक २०, २०७५ साल
    काठमाडौँ, २० कात्तिक  जिल्ला प्रशासन कार्यालय काठमाडौँले राति १० बजेभन्दा पछाडि देउसी भैलो नखेल्न सर्वसाधारणलाई अनुरोध गरेको छ । रातको समयमा देउसी भैलोका नाउँमा उच्छृङ्खल गतिविधि हुनसक्ने भन्दै तोकिएको समयभित्र मात्र देउसी खेल्न आग्रह गरिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले जानकारी दिए । मादक पदार्थको सेवनबाट झैझगडा, हुलहुज्जत तथा शान्तिसुरक्षामा खलल पुग्नसक्ने भएकाले देउसी भैलो खेल्ने समयावधि तोकिएको उनले बताए । प्रशासनको..

    काङ्ग्रेस केन्द्रीय समितिको बैठक बस्दै, महासमिति बैठकको मिति केही दिन पछाडि सार्न सक्ने

    मंगलवार, कार्तिक २०, २०७५ साल
    काठमाडौँ, २० कात्तिक : प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको आज बस्ने केन्द्रीय कार्यसमितिको बैठकले पार्टीको महासमिति बैठकको मिति सार्ने भएको छ ।  बैठक अपराह्न १ बजेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दैछ । बैठकले विधान संशोधन मस्यौदामाथि केन्द्रीय समितिमा छलफल गर्न समय अपुग हुने भन्दै केही दिन पछाडि सार्न सक्ने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । नेविसङ्घको दुईवर्षे कार्यकाल समाप्त भएर थप..

    प्रहरी प्रधान कार्यालयद्वारा तीन महीनामा ६३ हजारलाई प्रहरी रिपोर्ट प्रदान

    मंगलवार, कार्तिक २०, २०७५ साल
    काठमाडौँ, २० कात्तिक : प्रहरी प्रधान कार्यालयले चालू आर्थिक वर्ष २०७५÷७६ को तीन महीनामा ६२ हजार ६८४ जनालाई प्रहरी रिपोर्ट प्रदान गरेको छ । विदेश जान आवश्यक पर्ने भएकाले प्रहरी रिपोर्ट प्रदान गरिएको छ ।  गत आर्थिक वर्षमा दुई लाख ७७ हजार ४९५ जनाले प्रहरी रिपोर्ट लिएका थिए । प्रहरी प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदी विदेशमा रहेका नेपालीलाई आवश्यक पर्ने..

    संगठनको मर्यादामा आँच पुर्याउने गतिविधि सह्य हुँदैन : महानिरीक्षक खनाल

    मंगलवार, कार्तिक २०, २०७५ साल
    ठिनी, मुस्ताङ, २० कात्तिक : प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी सङ्गठनभित्रको व्यावसायिक मर्यादामा आँच पुर्याउने गतिविधि सह्य नहुने बताएका छन् । सोमबार जोमसोममा जिल्ला प्रहरी कार्यालय भवनको उद्घाटन गर्दै महानिरीक्षक खनालले इमान्दारिताका साथ कार्यसम्पादन गर्न निर्देशन दिए ।  “इमान्दार, निष्ठावान र व्यावसायिक प्रतिष्ठालाई ध्यान दिई जनताको मन जितेर समुदायसँग सहकार्य गरेर काम गनुपर्छ,” उनले भने । जिल्ला समन्वय समितिका संयोजक छिरिङ ल्यामो..

    डोल्पा जीप दुर्घटना : मृत्तक ७ पुरुष र ३ महिला सबैको सनाखत (नाम/ठेगाना सहित)

    सोमबार, कार्तिक १९, २०७५ साल
    डोल्पा, १९ कात्तिक  : ठूलीभेरी नगरपालिका–९ को कालागौँडा नजीकै बतासे वडारमा  सोमबार भएको जीप दुर्घटनाका मृत्तक सबैको सनाखत भएको छ ।  त्रिपुराकोटतर्फ १२ जना यात्रु बोकेर जाँदै गरेको भे१च १६१० नंको जीप अपराह्न दुर्घटना हुँदा सात पुरुष र तीन महिलासहित १० को मृत्यु भएको हो । जीप सडकबाट पन्ध्र मिटर तल ठूलीभेरी नदीमा खसेको थियो ।  मृत्यु हुनेमा त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोटका ४५ वर्षीय..

    सर्वोच्च अदालतमा जनशक्ति अभाव, न्याय सम्पादन प्रभावित, थप १ हजार ३३९ कर्मचारी नयाँ माग !

    सोमबार, कार्तिक १९, २०७५ साल
    काठमाडौँ, १९ कात्तिक : सर्वोच्च अदालतमा कर्मचारी र न्यायाधीश अभावले न्याय सम्पादन प्रभावित भएको छ । पहिलेभन्दा दोब्बर बढी मुद्दा पर्ने र नयाँ संहिताअनुसार कार्य सम्पादन गर्नुपर्ने भएको हुँदा कर्मचारी र न्यायाधीश अभावले न्याय सम्पादन प्रभावित भएको हो ।  तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्की र गोपालप्रसाद पराजुलीको पदावधि सकिएपछि थप न्यायाधीश नियुक्त हुन सकेका छैन । संविधानमा २१ जना न्यायाधीश हुने उल्लेख भए..

    पाठ्यक्रम विकास केन्द्रका लेखापाल गुणराज दाहाल २५ हजार रुपैयाँ घुससहित पक्राउ

    सोमबार, कार्तिक १९, २०७५ साल
    काठमाडौं, १९ कात्तिक प्रहरीले पाठ्यक्रम विकास केन्द्र, सानो ठिमीका लेखापाल (लायब सुब्बा) गुणराज दाहाललाई घुससहित पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको प्रहरी टोलीले २५ हजार रुपैयाँ घुससहित उनलाई पक्राउ गरेको हो । आयोगका प्रवक्ता रामेश्वर दंगालले दाहाललाई काठमाडौं–५, गहनापोखरीस्थित भाञ्जा क्याफे अगाडिबाट पक्राउ गरिएको पुष्टि गरे । ‘राष्ट्रिय बहिरा महासंघ नेपाललाई कक्षा ६ को सामाजिक र बिज्ञान विषयको पाठलाई साङ्केतिकरण..

    प्रदेश तीन- मङ्सिर १५ गतेभित्र स्थानीय तहको एकीकरण गर्न नेकपाको निर्देशन

    सोमबार, कार्तिक १९, २०७५ साल
    काठमाडौँ, १९ कात्तिक नेकपा कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नंं ३ ले पार्टी निर्देशनानुसार स्थानीय तहको एकीकरण प्रक्रिया थालेको छ ।  प्रदेश नं ३ का सचिव आनन्दप्रसाद पोखरेलले पार्टीको निर्देशनानुसार योग्यता र क्षमताका आधारमा स्थानीय तहको प्रक्रिया थालिएको जानकारी दिए । उनका अनुसार रसुवा र सिन्धुलीका स्थानीय तहको एकता प्रक्रिया सकिएको छ । नगर÷ गाउँमा सङ्गठन कमिटीको गठन गरिएको छ ।  प्रदेशअन्तर्गत रहेका अन्य..

    भ्रष्टाचार न्यूनीकरण साझा एजेण्डा हुनुपर्छ : प्रमुख आयुक्त घिमिरे

    सोमबार, कार्तिक १९, २०७५ साल
    भीमदत्तनगर, १९ कात्तिक    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले भ्रष्टाचार न्यूनीकरणको विषय अख्तियारसँगै सरकार, नागरिक समाजलगायत राज्य संयन्त्रको साझा एजेण्डा बन्नुपर्ने धारणा राखेका छन् ।    कञ्चनपुरको भीमदत्तनगरस्थित आयोगको सुदूरपश्चिम प्रदेशस्तरीय कार्यालयको नवनिर्मित भवनको सोमबार बिहान उदघाट्न गर्दै प्रमुख आयुक्त घिमिरेले भ्रष्टाचार न्यूनीकरण सबैको साझा एजेण्डा बने मात्रै उल्लेखनीय काम गर्न सकिने बताए । मुलुकमा सङ्घीय, प्रदेश र स्थानीय गरी सबै..

    राष्ट्रको विकास र जनताको दीर्घकालीन उन्नति हुने सोचका साथ सरकार तीव्र गतिमा : प्रचण्ड

    सोमबार, कार्तिक १९, २०७५ साल
    विराटनगर, १९ कात्तिक  नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले राष्ट्रको विकास र जनताको दीर्घकालीन उन्नति हुने सोचका साथ सरकार तीव्र गतिमा अघि बढिरहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा सोमबार पत्रकारहरुसँगको सङ्क्षिप्त कुराकानीमा उनले सो कुरा बताउँदै सरकारले निर्वाचनका समयमा जनता माझ गरेको घोषणा पाँच वर्षभित्रमा पूरा गर्ने अठोट गरेको छ भने । अध्यक्ष दाहालले पार्टीमा भोलि आउन सक्ने समस्यालाई अहिले नै निराकरण..

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल नआउने, मोदीलाई धेरै महत्व नदिन नेपाललाई कांग्रेस आईको चतावनी

    सोमबार, कार्तिक १९, २०७५ साल
    काठमाडौं,  १९ कार्तिक  भारतीय राष्ट्रिय कांग्रेस (कांग्रेस–आई)ले नरेन्द्र मोदीलाई मात्रै महत्व नदिन नेपाललाई आग्रह गरेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले छिमेकीसँगको सम्बन्धलाई दलगत हितमा उपयोग गरेकोमा आलोचना गर्दै उसले नेपाल सरकारलाई सचेत रहन भनेको हो । नेपाल सिंगो भारतसँगको कूटनीतिक सम्बन्धमा यसअघि नचुकेको समेत भारतीय कांग्रेसको धारणा छ । उसले छिमेक यस्तोमा उपयोग हुन नहुने भन्दै सचेत रहन औपचारिक-अनौपचारिक आग्रह गरेको हो ।..

    इथियोपियाका पूर्वप्रधानमन्त्री लेन तम्राट पोखरामा, रुपाकोट तथा बेगनासको भ्रमण

    सोमबार, कार्तिक १९, २०७५ साल
    पोखरा, १९ कात्तिक : इथियोपियाका पूर्वप्रधानमन्त्री लेन तम्राटले पर्यटकीय नगरी पोखरास्थित रुपाकोट तथा बेगनासको भ्रमण गर्नुभएको छ ।  प्रसिद्ध व्यावसायिक संस्था अमेरिकन एक्स्प्रेसका पूर्वकार्यकारी अधिकृतसहितको १२ जना संलग्न सो टोलीको नेतृत्व गर्दै पूर्वप्रधानमन्त्री तम्राटले आइतबार लेखनाथको महत्वपूर्ण पर्यटकीय क्षेत्र लेखनाथको भ्रमण गर्नुभएको हो ।  आफ्नो तीन दिने भ्रमणका क्रममा सो टोलीले पोखरामा विदेशी लगानीको सम्भाव्यता अध्ययनसमेत गरेको युवा व्यवसायी तथा समाजसेवी पदमराज पौडेलले..

    जुट्दै र फुट्दै आएका ३ राप्रपामा पुनः एकीकरण प्रयास : एकताको प्रतीक राजसंस्था राख्न सहमत

    आईतवार, कार्तिक १८, २०७५ साल
    काठमाडौं, १८ कात्तिक   कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी, पशुपतिशमशेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिक र डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको एकीकृत राप्रपा राष्ट्रवादीबीच पुनः एकीकरणको गृहकार्य सुरु भएको हो ।  यी तीन पार्टी एकीकरण भएको एक वर्ष दिन नबित्दै गत निर्वाचनका बेला फुटेर तीन टुक्रा भएका थिए ।  पछिल्लो समय थापा नेतृत्वको राप्रपा र राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिकले पार्टी एकताका लागि वार्ता समिति गठन..

    एक सातामा हत्यारा पत्ता नलागे निर्मला पन्तका पिता यज्ञराज धर्नामा बस्ने

    आईतवार, कार्तिक १८, २०७५ साल
    काठमाडौँ, १८ कात्तिक गत साउन १० गते बलात्कारपछि हत्या गरिएकी कञ्चनपुर भीमदत्त नगरपालिका २ की निर्मला पन्तको हत्यारा एक साता भित्र पत्ता नलगाए उनको परिवार धर्नामा बस्ने भएको छ ।  हत्या भएको १०२ दिन वित्तिसक्दा पनि दोषी पत्ता लाउन नसकेको भन्दै निर्मलाका बुवा यज्ञराज पन्त आगामी कार्तिक २५ गतेदेखि जिल्ला प्रशासन कार्यालयमा धर्नामा बस्ने भएका हुन् । निर्मला पन्तको निवासमा उनको परिवारले आइतबार..

    गम्भीर रोगसँग जुधिरहेका मानवअधिकारकर्मी पद्मरत्न तुलाधरको निधन

    आईतवार, कार्तिक १८, २०७५ साल
    काठमाडौं, १८ कात्तिक ।  मानवअधिकारकर्मी तथा नागरिक अगुवा पद्मरत्न तुलाधरको ७७ वर्षको उमेरमा निधन भएको छ । थापाथलीस्थित नर्भिक अस्पतालमा उपचरका क्रममा तुलाधरको निधन भएको उनका परिवारका सदस्य तथा मानवअधिकारकर्मी गौरी प्रधानले जानकारी दिए ।  पूर्वराजनीतिज्ञसमेत रहेका तुलाधर मस्तिष्क स्नायुसम्बन्धी गम्भीर रोगसँग जुधिरहेका थिए । बिरामी भएपछि उनी अन्नपूर्ण न्युरो अस्पतालमा उपचारका लागि भर्ना भएका थिए । 'उहाँको निधनबारे हामीलाई चिकित्सकहरुले साढे १..

    तिहारलगत्तै नयाँ जिम्मेवारी ! नेकपाका केन्द्रीय सदस्यको कार्यविभाजन गृहकार्य

    आईतवार, कार्तिक १८, २०७५ साल
    काठमाडौँ, १८  कात्तिक  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कों पार्टी एकताको पाँच महिना बितिसक्दा पनि केन्द्रीय सदस्यको कार्यविभाजन टुङ्गिएको थिएन । कात्तिक ८ गते बसेको सचिवालय बैठकले केन्द्रीय सदस्यको कार्यविभाजन र प्रदेश कमिटीलाई पूर्णता दिनको लागि दुई सदस्यीय कार्यदल गठन गरेको थियो । महासचिव विष्णु पौडेल र सचिवालय सदस्य रामबहादुर थापा रहेको कार्यदलले नेकपाका केन्द्रीय सदस्यको कार्यविभाजनको गृहकार्य गरिरहेको छ । नेकपाको..

    प्रदेश गृहमन्त्रीले ज्यान मार्ने धम्की दिएको भन्दै उजुरी, निवेदकले लेखे - कानूनको कठघरामा उभ्याइपाउँ

    आईतवार, कार्तिक १८, २०७५ साल
    काठमाडौं, १८ कात्तिक  प्रदेश १ का आन्तरिक मामिलामन्त्री हिक्मतबहादुर कार्कीविरुद्ध झापाको गौरादह इलाका प्रहरी कार्यालयमा उजुरी परेको छ । मन्त्री कार्कीले फोनमार्फत ज्यान मार्ने धम्की दिएको भन्दै गौरादह २ का टंक खनालले मन्त्री कार्कीविरुद्ध उजुरी दिएका हुन् । गौरादह नगरपालिकाको गौरादह बजारबाट नगरकै वार्ड नं ९ जोड्ने बाटो निर्माणमा ठेकेदारले बदमासी भन्दै स्थानीयवासी आन्दोलित बनेका थिए । ठेकेदारलाई दवाव दिन आफूहरुले निर्माण..

    संस्थानको चामल बिक्री हुन सकेन, भूकम्पपछि सहयोग आएको बङ्गलादेशी चामल डिपोमै थन्कियो

    आईतवार, कार्तिक १८, २०७५ साल
    धनगढी, १८ कात्तिक  खाद्यान्न अभाव भइरहने बाजुरामा यस वर्ष नेपाल खाद्य संस्थानको चामल अपेक्षित रुपमा बिक्री हुन सकेको छैन । खाद्य संस्थानले निर्धारण गरेको मूल्यभन्दा बजारमा सस्तोमा चामल पाउन थालेपछि बिक्री हुन नसकेको हो ।  सदरमुकाम मार्तडीस्थित खाद्य संस्थानको गोदाममा दुई सय क्विन्टल चामल र एक सय क्विन्टल गहुँ मौज्दात रहेको कार्यालयका कर्मचारी परे रावलले जानकारी दिए । “बजारमा सस्तोमा चामल पाउँदा..

    हुम्लामा आज बिहानबाट हिमपात शुरु, चिसो बढ्दै गयो, तापक्रम माइनसमा झर्यो

    आईतवार, कार्तिक १८, २०७५ साल
    हुम्ला, १८ कात्तिक : हिमाली जिल्ला हुम्लामा आज बिहानबाट हिमपात शुरु भएको छ । गएका वर्षहरूमा पुस महीनाबाट हिमपात शुरु हुने गर्दथ्यो भने यो वर्ष कात्तिकमै हिमपात हुन थालेको छ ।  आइतबार बिहानबाट शुरु भएको हिमपात यो वर्षको पहिलो पटकको हिमपात हो । हिमपातसँगै हुम्लामा चिसो बढ्दै गएको छ भने तापक्रम माइनसमा झरेको छ । शनिबार दिउँसोबाट आकाशलाई बादलले ढाकेको थियो भने..

    विधान र ३२ वर्षे उमेरहदबारे विवाद बल्झिए पछि नेविसङ्घको १२ औँ महाधिवेशन अन्योलमा

    आईतवार, कार्तिक १८, २०७५ साल
    काठमाडौँ, १८ कात्तिक : नेपाली काङग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको १२ औँ महाधिवेशन तोकिएको समयमा हुन सकेन । विसं २०७३ साउनमा सम्पन्न नेविसङ्घको ११औँ महाधिवेशनबाट निर्वाचित नेतृत्वले दुई वर्षभित्र १२औँ महाधिवेशन सम्पन्न गर्ने जिम्मेवारी पाए पनि नेविसङ्घको विधान र उमेरहद विवादका कारण तोकिएको समयमा महाधिवेशन हुन नसकेको हो ।  नेविसङ्घको गत भदौमा बसेको केन्द्रीय समितिको बैठकले ११औँ महाधिवेशनमा लगाइएको ३२ वर्षे..

    पार्टीलाई एक ढिक्का बनाइसकेपछि मात्र विश्राम लिन्छु : सभापति शेरबहादुर देउवा

    शनिबार, कार्तिक १७, २०७५ साल
    काठमाडौँ, १७ कात्तिक   दशैँ, तिहार, छठ तथा नेपाल संवत्को उपलक्ष्यमा शुभकामना आदानप्रदान गर्न काङ्ग्रेस काठमाडौँ महानगरपालिका–४ कार्यसमितिले शनिबार यहाँ आयोजना गरेको कार्यक्रममा शेरबहादुर देउवाले तीन तहको निर्वाचनपछि काङ्ग्रेसले अपेक्षित मत परिणाम ल्याउन नसके पनि अर्को निर्वाचनमा पार्टीलाई पहिलो नम्बर बनाउनका लागि आफू निरन्तर लागि रहने र पार्टीलाई एक ढिक्का बनाइसकेपछि मात्र विश्राम लिने बताए ।  उनले देश अप्ठ्यारो अवस्थामा रहेको चर्चा गर्दै..

    गुणस्तरीयतासहित समयमै कार्य सम्पन्न गर्नेलाई पुरस्कृत गरिने – अध्यक्ष प्रचण्ड

    शनिबार, कार्तिक १७, २०७५ साल
    बुटवल, १७ कात्तिक  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय गौरवका आयोजनाका काममा गुणस्तरीयतासहित समयमै सम्पन्न गर्ने निर्माण व्यवसायी तथा आयोजना प्रमुखलाई पुरस्कृत गर्ने बताएका छन् ।  गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाको शनिबार निरीक्षणका क्रममा उनले गौरवका आयोजना समयमै सम्पन्न नहुने, गुणस्तरीय नहुने र पटकपटक आन्तरिक किचलो हुँदा देशभरका यस्ता आयोजनामा बेलाबेला समस्या देखिएको समेत बताए ।  उनले भने, “बुद्धको..

    गलत मेडिकल रिपाेर्ट बनाउने चिकित्सकविरुद्ध मुद्दा : अान्दाेलन गर्ने चिकित्सक संघकाे चेतावनी

    शनिबार, कार्तिक १७, २०७५ साल
    जनकपुरधाम, १६ कात्तिक  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बलात्कारको घटनामा गलत मेडिकल रिपोर्ट दिने डा‍. विजयकुमार सिंह र डा. रम्भा गोइतलाई पक्राउ गरेर विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दर्ता गरेकाे हाे । उनीहरुविरुद्ध ‘सरकारी चिकित्सकको पद दुरुपयोग गरी भ्रष्टाचारजन्य कार्य गरेकाे’ अाराेपत्र दायर गर्दै अख्तियारले ‘हदैसम्म जेल सजाय’काे माग राखेर शुक्रबार मुद्दा दायर गरेकाे हाे । तर गल्ती ठहर भएर ती दुर्इ डाक्टरविरुद्ध कारबाही प्रक्रिया..
    Weather Forecast