बिहिवार, माघ ९, २०७६

    राज्य-समाज

    वडाध्यक्षले घुस मागेपछि...

    शुक्रबार, आषाढ २०, २०७६ साल
    काठमाडौँ, २० असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बारा जिल्ला, महागढीमाई नगरपालिका–६ का वडाध्यक्ष रामजीप्रसाद बरैविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । अध्यक्ष बरैले संसद् विकास कोषबाट प्राप्त भएको विद्यालयको ‘कम्पाण्ड वाल’ बनाउन उपभोक्ता समिति गठन गरी काम गर्नुपूर्व नै सेवाग्राहीसँग रु दुई लाख ७५ हजार बराबरको घुस मागेको आयोगले आरोप लगाएको छ । आयोगको हेटौँडाबाट गएको टोलीले अध्यक्ष..

    सुडान घोटाला काण्डका भ्रष्टाचारी पूर्वप्रहरी महानिरीक्षक ठकुरी जेल चलान

    बिहिवार, आषाढ १९, २०७६ साल
    काठमाडौं, १९ असार ।  सुडान घोटाला काण्डमा प्रहरीको बन्दोबस्ती सामान खरीदमा भ्रष्टाचारी ठहर भएका नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आइजी) रमेशचन्द ठकुरी जेल चलान गरिएको छ ।  सर्वोच्च अदालतमा बिहिबार कारागार बाहिरै बसेर पुनरावेदन गर्न पाउने निवेदन लिएर ठकुरी सर्वोच्च अदालतमा पुगेका थिए । सर्वोच्च प्रशासनले फैसला कार्यान्वयनलाई सहयोग गर्नुपर्ने भन्दै ठकुरीलाई डिल्लीबजार कारागार चलान गरेको हो ।  पूर्वमहानिरीक्षक ठकुरीलाई सर्वोच्च अदालतले २०७४ वैशाख १७..

    ‘अधिकारका लागि एकीकृत संघर्ष आवश्यक’

    बिहिवार, आषाढ १९, २०७६ साल
    काठमाडौँ, १९ असार महिला, बालवालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले प्राप्त अधिकार संस्थागत गर्दै थप अधिकारका लागि महिलाले एकीकृत संघर्ष गर्नुपर्ने बताउनुभएको छ ।  महिला सुरक्षा दबाब समूह नेपालको २७औँ वार्षिकोत्सवको अवसरमा यहाँ आज आयोजित कार्यक्रममा मन्त्री थापाले महिलाको सवालमा संविधानमा प्राप्त अधिकारलाई कार्यान्वयन गर्दै अन्य अधिकार प्राप्त गर्न एक जुट हुनुपर्नेमा जोड दिनुभयो । “राजनीतिक रुपमा महिलाका केही अधिकार प्राप्त भएका..

    काङ्ग्रेसले अन्तरिम व्यवस्थाअनुसार नै नयाँ संरचना गठन गर्ने

    बिहिवार, आषाढ १९, २०७६ साल
    काठमाडौँ, १९ असार नेपाली काङ्ग्रेसले नयाँ संविधान बमोजिमका संरचनामा पार्टी विधानले निर्दिष्ट गरेको व्यवस्थाअनुरुप नै एकाइहरु गठन हुने स्पष्ट पारेको छ ।  नयाँ संरचना निर्माण बारे सार्वजनिक भएका अस्पष्टता र भ्रम निवाराणार्थ आज पार्टीले विज्ञप्ति जारी गर्दै सो कुरा जनाएको हो । विधानको धारा ७२ को ४ ले पार्टी सङ्गठनको अन्तरिम व्यवस्था बारेमा प्रष्ट व्यवस्था गरेको प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख..

    आइफा सरकारको विषय होइन : सञ्चारमन्त्री बाँस्कोटा

    बिहिवार, आषाढ १९, २०७६ साल
    काठमाडौँ, १९ असार   सरकारले इन्टरनेशनल इण्डियन फिल्म एकेडेमी (आइफा) अवार्डको सन्दर्भ सरकारसँगको विषय नभई निजी मामिला भएको स्पष्ट पारेको छ ।   सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आइफा अवार्डबारे सरकारसँग जोडेर अनर्गल प्रचार गरिएको भन्दै यो सरकारको नभई निजी क्षेत्रको विषय भएको बताउनुभयो ।   हालै भएको मन्त्रिपरिषद् निर्णय सार्वजनिक गर्न आज सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले आइफा अवार्डका..

    प्राध्यापक संघकाे अधिवेशनमा प्रधानमन्त्री अनुपस्थित, सत्तारुढ दल निकटका प्राध्यापक नै बहिष्कारमा उत्रिए

    बिहिवार, आषाढ १९, २०७६ साल
    काठमाडौं, १९ असार ।   नेपाल प्राध्यापक संघको बिहीबार हुने भनिएको अधिवेशनमा प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित भएनन्। दुई खेमामा रहेका प्राध्यापकको झगडाका कारण प्रधानमन्त्री ओली सहभागि नभएका हुन् । प्रतिनिधि छनोटमा संघको संस्थापन पक्षले एकलौटी गरेको आरोप लगाउँदै वामपन्थी प्राध्यापकको संगठन नेपाल राष्ट्रिय प्राध्यापक संगठन, नेपाल प्रगतिशील प्राध्यापकसँग, नेपाल राष्ट्रिय प्राध्यापक संगठन र राष्ट्रिय लोकतान्त्रिक प्राध्यापक संघले अधिवेशन बहिष्कार गरेको थियो।  सत्तारुढ दल निकटका प्राध्यापक..

    दीपक मनाङेलाई पार्टीप्रवेश गराएकाेमा योगेश भट्टराईकाे आपत्ति, भन्छन्- परिणाम के भैरहेको छ ?

    बिहिवार, आषाढ १९, २०७६ साल
    काठमाडौं, १९ असार ।  नेपाल कम्युनिस्ट पार्टी 'नेकपा'का स्थायी कमिटी सदस्य एवं युवा नेता योगेश भट्टराई दीपक मनाङेलाई नेकपा प्रवेश गराएकाेमा असन्तुस्ट छन्। आपराधिक पृष्ठभूमिका राजीव गुरूङ अर्थात् दीपक मनाङे नेकपा प्रवेश गरेको विषयमा युवा नेता भट्टराईले आपत्ति जनाएका हुन् । गण्डकी प्रदेशसभाका सदस्य रहेका मनाङेले केही समयअघि अदालतबाट सफाइ पाएका थिए। उनले राजनीतिक पार्टीलाई राम्राे पृष्ठभूमिकाे मान्छेकाे आवस्यकता रहेकाे भन्दै हामीले ल्याएका मान्छेकाे बारेमा बुझ्न जरूरी रहेकाे..

    मोलुङ गाउँपालिका अध्यक्षले दिए पत्रकारलाई दाेस्राे द्वारिकलाल बन्ने धम्की

    बिहिवार, आषाढ १९, २०७६ साल
    ओखलढुङ्गा, १९ असार । ओखलढुङ्गाका मोलुङ गाउँपालिकाका अध्यक्ष मणिराज राईले पत्रकारलाई दाेस्राे द्वारिकलाल बन्ने चेतावनी दिएका छन्। समाचार लेखेकै विषयमा मोलुङ गाउँपालिकाका अध्यक्ष राईले पत्रकारहरूलाई चेतावनी दिएका हुन्।  गत जेठ १० गते ३० दिने सूचना प्रकाशित गरी गाउँपालिकाको कार्यालयले घलेगाउँ-हर्कपुर-प्राप्चा-देवीटार-ढाँडे हुँदै देउराली गाउँपालिकाको कार्यालय-मगरगाउँ- दिप्लि-राँगादीप-वडा कार्यालयसम्म र विल्दु ठाडे सडक योजनाअन्तर्गत घलेगाउँ-घट्टेकुलो, ओपी गैरी-मगरगाउँ सडक खण्डको ट्रयाक निर्माण तथा स्तरोन्‍नतिको ठेक्का गाउँपालिकाले आह्‍वान गरेको..

    एनजिओमाथि लगाम कस्दै सरकार, तीनै तहमा अनुमति अनिवार्य

    बिहिवार, आषाढ १९, २०७६ साल
    काठमाडौं, १९ असार । अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले गैरसरकारी संस्थाहरुलाई जवाफदेही बनाउन चाहेको बताएका छन्। बिहीबारबाट ललितपुरमा सुरु भएको ‘सार्वजनिक नीति र प्रशासनमा दक्षिण एशीया’ विषयक तेस्रो अन्तराष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले गैससलाई जवादेही बनाउन अनिवार्य अनुमतिको व्यवस्था गरिएको जानकारी दिए। उनले गैर सरकारी संस्थाहरुलाई जवाफदेही बनाउन संघ, प्रदेश र स्थानीय तहमा अनुमति लिएर मात्रै काम गर्ने नीतिगत व्यवस्था गरेको पनि..

    सांसद रंगमतीको आग्रह : प्रधानमन्त्री ज्यु मेरो स्कुटीको पछाडि बसेर बनस्थली जाऔं

    बिहिवार, आषाढ १९, २०७६ साल
    काठमाडौँ, १९ असार प्रधानमन्त्री ओलीको काठमाडौंमा अब मास्क लगाएर हिँड्न नपर्ने अभिव्यक्तिका कारण नेपाली कांग्रेसकी सांसद रंगमती शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्कुटरमा बसेर यात्रा गर्न आह्वान गरेकी छन् । बिहीबार संसदको विकास तथा प्रविधि समितिको बैठकमा शाहीले भनिन्, ‘आउनुस् मेरो स्कुटीको पछाडि बस्नुस् । बनस्थलीसम्म जाऊँ । मास्क लगाउन पर्छ कि पर्दैन हेरौं ।’ मास्क लगाउनु नपर्ने प्रधानमन्त्रीको अभिव्यक्तिको सामाजिक सन्जालहरुमा पनि..

    विप्लव नेतृत्वको प्रतिबन्धित पार्टीे नेकपालाई मूलधारमा ल्याउनुपर्छ : उप- सभापति निधि

    बिहिवार, आषाढ १९, २०७६ साल
    चितवन, १९ असार नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले विप्लव नेतृत्वको प्रतिबन्धित पार्टीे नेकपालाई  वार्तामार्फत मूलधारमा ल्याउनुपर्ने बताउनु भएको छ ।  नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले कुनै पनि राजनीतिक दललाई प्रतिबन्ध लगाउनु लोकतन्त्रमा राम्रो नभएकाले वार्तामार्फत समस्याको समाधान खोज्नु आवश्यक रहेको विचार राख्नुभयो । अहिले राजनीतिक रुपमा खुल्ला वातावरण बनेको भन्दै उहाँले हतियार उठाएर व्यक्तिगत स्वार्थका लागि हिँड्न..

    गण्डकी प्रदेशका स्वतन्त्र सांसद दीपक मनाङे नेकपा प्रवेश

    बिहिवार, आषाढ १९, २०७६ साल
    असार १९, काठमाडाैं ।  गण्डकी प्रदेशका स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) नेकपा प्रवेश गरेका छन्। गुरुङलाई बिहीबार गण्डकी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका नेकपा नेता पृथ्वीसुब्बा गुरुङले पार्टी प्रवेश गराएका हुन्।  मुख्यमन्त्री गुरूङले मनाङ्गेलाई नेकपाको विधान पनि हस्तान्तरण गरे। मनाङबाट प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दिएका उनी नेकपाकै सहयोगमा विजयी भएका थिए। राजीवसँगै विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका किसान महासंघका कास्की संयोजक पुष्प कार्की पनि नेकपा प्रवेश..

    किन १४ हजार साइकल खरीद गर्दै छ प्रदेश २ सरकार ?

    बिहिवार, आषाढ १९, २०७६ साल
    असार १९, काठमाडौं ।  प्रदेश २ सरकारले १४ हजार साइकल खरीद गर्ने भएको छ । प्रदेशअन्तर्गत कक्षा ८ मा अध्ययन गरिरहेका बालिकाका लागि प्रदेश सरकारले १४ हजार साइकल खरीद गर्ने भएको हो । ‘बेटी पढाऔं, बेटी बचाऔं’ अभियानअन्तर्गत साइकल वितरण गर्न लागेको प्रदेश सरकारले चार हजार थान खरीद गरिसकेको छ । खरीद गरिएका साइकल मुख्यमन्त्री कार्यालयमै राखिएको छ । साइकलका सम्पूर्ण पार्टपूर्जाहरु..

    विप्लवलाई वार्तामार्फत मूलधारमा ल्याउनुपर्नेमा उपसभापति निधिको जोड

    बिहिवार, आषाढ १९, २०७६ साल
    असार १९, काठमाडौं । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले विप्लव नेतृत्वको प्रतिबन्धित पार्टीे नेकपालाई  वार्तामार्फत मूलधारमा ल्याउनुपर्ने बताएका छन् । नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले कुनै पनि राजनीतिक दललाई प्रतिबन्ध लगाउनु लोकतन्त्रमा राम्रो नभएकाले वार्तामार्फत समस्याको समाधान खोज्नु आवश्यक रहेको विचार राखेका थिए । उनले राजनतिके रुपमा खुल्ला बातावरण बनेको भन्दै उहाँले अहितार उठाएर व्यत्तिगत स्वर्थका..

    अझै शुरु भएन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको प्रक्रिया, किन पछि हट्याे धुर्मुस–सुन्तली फाउण्डेशन ?

    बिहिवार, आषाढ १९, २०७६ साल
    असार १९ काठमाडौं ।  गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको प्रक्रिया शुरु गर्न सम्बन्धित संस्थालाई आग्रह गरिएको छ । रङ्गशाला निर्माण सहयोग समिति चितवनको बुधबार बसेको सचिवालय बैठकले धुर्मुस–सुन्तली फाउण्डेशनलाई निर्माणको प्रक्रिया शुरु गर्न आग्रह गरेको हो ।  यही जेठ १५ गते रङ्गशाला निर्माणका क्रममा लगाएको बार स्थानीयवासीले भत्काएपछि फाउण्डेशनले काम रोकेको छ । रङ्गशाला निर्माण सहयोग समितिका संयोजक जिल्ला समन्वय समिति चितवनका..

    कांग्रेसमा संरचना गठनको तयारीसँगै पकड बनाउने रणनीति

    बिहिवार, आषाढ १९, २०७६ साल
    काठमाडौँ, १९ असार ।   कांग्रेसले प्रदेश, क्षेत्रीय र स्थानीय तहको संरचना निर्माण गर्ने तयारी थालेको छ। सभापति शेरबहादुर देउवा संरचना बनाउन अग्रसर भएपछि सभापतिइतर समूह पनि संरचनामा आफ्नो पकड बनाउने रणनीति तय गर्न जुटेको छ। केही समययता देउवा वरिष्ठ नेता रामचन्द्र पौडेलसहित अन्य शीर्ष नेतासँग संगठन निर्माणबारे अनौपचारिक छलफल बाक्लो पारेका छन्। सभापति देउवाको सक्रियतासँगै इतर समूहका नेताले पनि तयारी थालेका हुन्।..

    ओली अनुदार, झस्किए पूर्वमाओवादी केन्द्रका नेताहरू

    बिहिवार, आषाढ १९, २०७६ साल
    काठमाडौँ, १९ असार ।  दुई पार्टी एकीकरणक्रममा नेकपाभित्र दुई अध्यक्ष किन राखियो भन्ने प्रश्नमा प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीले जवाफ दिएका थिए, ‘जेटमा दुई पाइलट हुन्छन् । दुई पाइलट भएको जेट डुब्दैन ।’ ओलीले भनेजस्तै एकीकरणको १३ महिनापछि जहाजले उल्टो दिशा समातेको छ । दुई नेताबीच अविश्वास यति बढेको छ कि व्यवहारमा ओली पाइलट र अर्का अध्यक्ष पुष्पकमल दाहाल को–पाइलटको भूमिकामा सीमित..

    चीनका राष्ट्रपति सी नेपाल भ्रमणमा आउँदै

    बिहिवार, आषाढ १९, २०७६ साल
    काठमाडौँ, १९ असार ।  चीनका परराष्ट्रमन्त्री एवं स्टेट काउन्सिलर वाङ यीले राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण चीनको कूटनीतिक एजेन्डामा रहेको स्पष्ट पारेका छन् । बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग बुधबार भएको भेटवार्तामा वाङले भ्रमणको समयबारे थप छलफल गर्नुपर्ने बताए । चीनको दलियानमा १३औँ वल्र्ड इकोनोमिक फोरमको वार्षिक बैठक सकेर बेइजिङ पुगेका परराष्ट्रमन्त्री ज्ञवाली र वाङबीच आधा घन्टा..

    सरकारलाई दबाब दिएर ६–६ करोड पाउने निर्णय गराएका सांसदहरूले दसैँभत्ता पनि मागे

    बिहिवार, आषाढ १९, २०७६ साल
    काठमाडौँ, १९ असार ।  सरकारलाई दबाब दिएर निर्वाचन क्षेत्र विकासको नाममा ६–६ करोड पाउने निर्णय गराएका सांसदहरू अब दसैँभत्ता पनि लिने योजनामा लागेका छन् । ‘प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति’का सदस्यहरूले बुधबार अर्थमन्त्री युवराज खतिवडासँग दसैँभत्ता उपलब्ध गराउन माग गरेका समाचार नयाँ पत्रिकामा छ । दसैँ आउन तीन महिना बाँकी छँदा समितिले अर्थमन्त्री खतिवडालाई बोलाएर यसबारे छलफल गरेको छ । केही..

    दिल्ली पुर्‍याएर लुटपाट गर्ने गिरोहमा प्रहरीकै संलग्नता

    बिहिवार, आषाढ १९, २०७६ साल
    काठमाडौँ, १९ असार ।  एक नेपाली किशोरलाई क्यानडा पठाउने आश्वासनमा नयाँदिल्ली पुर्‍याएर लुटपाट गर्ने गिरोहमा प्रहरीकै संलग्नता भेटिएको छ । इलाका प्रहरी कार्यालय बर्दिबासमा कार्यरत प्रहरी जवान दिनेश कार्कीसहित चारजनालाई पक्राउ गरी मानव बेचबिखन अनुसन्धान ब्युरोले अनुसन्धान अघि बढाएको छ । पक्राउ पर्ने अन्यमा योगेश सापकोटा, सचिन बराल र जीवन भट्टराई छन् । प्रहरी जवान कार्कीले म्याग्दीका देवेन्द्र रोक्कालाई दिल्लीसम्म पुर्‍याएका थिए..

    सेवा आयोगका अध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

    बुधबार, आषाढ १८, २०७६ साल
    काठमाडौँ, १८ असार   अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विश्वविद्यालय सेवा आयोगका अध्यक्ष चैतन्यप्रसाद शर्मासहित १० जनाविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ ।   आयोगले प्रकाशन गरेको विज्ञापनअन्तर्गत विभिन्न प्रशासनिक तथा प्राविधिक पदको स्थायी पदपूर्तिका लागि भएको लिखित परीक्षामा प्राप्ताङ्क फेरबदल गरी आयोगका पदाधिकारी र कर्मचारीका आफन्तलाई उत्तीर्ण गराई अनियमितता गरेको अभियोगमा आयोगका सदस्य चिन्तामणि पोखरेल, प्रशासन प्रमुख पर्शुराम कोईराला, मुख्य कार्यालय..

    नेपाल–चीन पारस्परिक सम्बन्धलाई अझ सुदृढ तुल्याउने प्रतिबद्धता

    बुधबार, आषाढ १८, २०७६ साल
    काठमाडौँ, १८ असार नेपाल र चीनका उच्च अधिकारीले दुई देशबीचको पारस्परिक सहयोगात्मक सम्बन्धलाई अझ सुदृढ तुल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।   चीन भ्रमणमा रहनुभएका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र उहाँका समकक्षी वाङ यीबीच आज वेइजिङस्थित ग्रेटहल अभ् द पिपलमा भएको द्विपक्षीय भेटवार्तामा त्यस्तो प्रतिबद्धता व्यक्त भएको हो ।   नेपाल र चीनको हितमा आधारित विद्यमान साझेदारीयुक्त सम्बन्धलाई उच्चस्तरीय भ्रमण आदानप्रदानका माध्यमबाट पारस्परिक लाभका खतिर थप..

    सुदूरपश्चिम प्रदेशसभा लगातार छैठौं पटक स्थगित, बजेटमाथि सहमति जुट्न सकेन

    बुधबार, आषाढ १८, २०७६ साल
    कैलाली, ८ असार । बजेटपछि सुदूरपश्चिम प्रदेशसभा लगातार छैठौं पटक स्थगित भएकाे छ । संसदमा बजेट प्रस्तुत भएपछि छैठौं पटक बोलाइएको सुदूरपश्चिम प्रदेशसभाको बैठक बुधबार पनि स्थगित भएको हाे । सरकार र प्रतिपक्षी दलबीचको छलफलमा बजेटको विषयमा सहमति पुग्न नसक्दा बुधबार आह्वान गरिएको बैठक समेत स्थगित भयाे। बैठक आगामी असार २१ गते सम्मका लागि स्थगित गरिएको सुदूरपश्चिम प्रदेश सभा सचिवालयका सचिव राम सिंह धामीले बताए । प्रदेश सरकारले ल्याएको..

    नेकपा प्रवेश गर्दै सांसद दीपक मनाङे

    बुधबार, आषाढ १८, २०७६ साल
    काठमाडौं, १८ असार । गण्डकी प्रदेशका सांसद दीपक मनाङे नेपाल कम्युनिस्ट पार्टी 'नेकपा' प्रवेश गर्ने भएका छन्। सांसद मनाङे बिहीबार नेमपा प्रवेश गर्ने भएका हुन्। गण्डकी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका नेकपा नेता पृथ्वी सुब्बा गुरुङले उनलाई पार्टी प्रवेश गराउने भएका छन् । मनाङे अहिले संसदमा नेकपालाई समर्थन जनाउँदै सत्ता पक्षकै रोमा बस्दै आएका छन् । चुनावताका उनी नेकपाबाटै (तत्कालीन वाम गठबन्धन)  उम्मेदवार बनेका थिए । तर, विवादमा..

    अध्यक्ष पक्राउको विरोधमा व्यापारीहरुद्वारा अत्तरिया बजार बन्द

    बुधबार, आषाढ १८, २०७६ साल
    कैलाली, १८ असार अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष अशोकराज देवकोटा सहितका तीनजनालाई प्रहरीले बुधबार पत्रकार सम्मेलनबाटै पक्राउ गरेको विरोधमा व्यापारीहरुले अत्तरिया बजार बन्द गराएका छन् । व्यवसायीहरुको समस्यालाई नगरपालिकाको नगरसभामा राख्न नपाएको विषयमा विरोध गर्दा मुद्दा लगाएर पक्राउ गर्नु गलत भएको भन्दै विरोध स्वरुप अत्तरियाका बजार वन्द गराइएको अत्तरिया उद्योग वाणिज्य संघका सचिव शंकर खड्काले जानकारी दिए । उद्योग वाणिज्य संघका अध्यक्ष अशोक..

    समाजवादी पार्टीका २ नेता नेकपा प्रवेश, फोरमसँग एकतामा असन्तुष्ट

    बुधबार, आषाढ १८, २०७६ साल
    काठमाडौं, १८ असार । समाजवादी पार्टीका २ नेता नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रवेश गरेका छन्।समाजवादी पार्टीका देवेन्द्र पराजुली र कल्पना धमला नेकपामा प्रवेश गर्ने भएका हुन् । भोलि बिहीबार पार्टी प्रवेश कार्यक्रम राखिएको छ । धमलाले पनि नेकपा प्रवेश गर्न लागेको स्वीकार गरिन् । ‘नयाँ वैकल्पिक शक्ति चाहिएको छ र हामी त्यो बनाउन हिँडेको पनि हो । त्यसमा कुनै पश्चाताप छैन’ धमलाले भनिन्, ‘तर कोर्स..

    मन्त्रीको निर्वाचन क्षेत्रमुखी बजेटप्रति सांसदको आपत्ति, खर्च कटौतीको प्रस्ताव प्रस्तुत

    बुधबार, आषाढ १८, २०७६ साल
    काठमाडौँ, १८ असार   राष्ट्रियसभाका सांसदले बजेट मन्त्रीको निर्वाचन क्षेत्रमुखी मात्र हुँदा सन्तुलितरुपमा देश विकास हुन नसक्ने बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७६ का विभिन्न शीर्षकमध्ये श्रम, रोजगार तथा सामाजिक सुरक्षा, भौतिक पूर्वाधार तथा यातायात, ऊर्जा, जलस्रोत तथा सिँचाइ, शिक्षा, विज्ञान तथा प्रविधि, परराष्ट्र र गृह मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै सांसद महेशकुमार महराले शहीद र द्वन्द्व पीडितका..

    मनसुन पूर्ण सक्रिय हुन अझै केही दिन लाग्छः मौसम पूर्वानुमान महाशाखा

    बुधबार, आषाढ १८, २०७६ साल
    नेपालमा मनसुन प्रवेशको घोषणा भएको १३ दिन बितिसक्दा पनि अझै मनसुन पूर्ण सक्रिय भएको छैन । जल तथा मौसम पूर्वानुमान महाशाखाले यही असार ५ गते मनसुन भित्रिएको घोषणा गरेको थियो । मनसुन सक्रिय नहुँदा देशभर गर्मी बढेको छ । नेपालको पूर्वी क्षेत्र हुँदै भित्रिएको मनसुन अझै पूर्ण सक्रिय हुन् तीन÷चार दिन लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  न्यून..

    स्वार्थ पूरा गर्ने खालको व्यक्ति छनोट गर्न शीर्ष नेताहरूबीच रस्साकसी, अल्झियो संक्रमणकालीन न्याय

    बुधबार, आषाढ १८, २०७६ साल
    काठमाडौँ, १८ असार ।  अध्यक्ष कसलाई बनाउने भन्नेमा राजनीतिक सहमति नजुटदा संक्रमणकालीन न्यायिक संयन्त्रका दुई आयोग पुनर्गठनमा ढिलाइ भइरहेको छ । संक्रमणकालीन न्यायको विधि तय गर्न र त्यसमा आफ्नो स्वार्थ पूरा गर्ने खालको व्यक्ति छनोट गर्न सत्तापक्ष र विपक्षका तीन शीर्ष नेताहरूबीच रस्साकसी हुँदा सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोग तीन महिनादेखि पदाधिकारीविहीन छन् । पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा..

    प्रधानमन्त्रीको भनाइ र सर्वसाधारणको भोगाइमा आकाश जमिनको अन्तर

    बुधबार, आषाढ १८, २०७६ साल
    काठमाडौँ, १८ असार ।  प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समयमा दिएका केही अभिव्यक्तिको सर्वसाधारणले चर्को आलोचना गर्दै आएका छन्। उनले अपत्यारिला अभिव्यक्ति दिएकै कारण आलोचना भएको हो। गत शनिबार मदन भण्डारीको ६८औं जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भनेका थिए, ‘मैले प्रधानमन्त्री हुँदाका बेला भनेको थिएँ– अब काठमाडौंमा नाक समाएर हिँड्नुपर्दैन। माक्स लगाएर हिँड्नुपर्दैन। म प्रधानमन्त्री हुँदा आधा जनसंख्या माक्स..
    Weather Forecast