आईतवार, आषाढ २१, २०७७

    राज्य-समाज

    काङ्ग्रेस जागरण अभियानमा, भ्रातृ संस्था भने आन्तरिक कलहमा

    आईतवार, भाद्र २९, २०७६ साल
    काठमाडौँ २९ भदौ   प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस राष्ट्रिय जागरण अभियानमा जुटेका बेला प्रभावशाली भ्रातृ संस्थाहरुमा भने एकपछि अर्को विवाद चुलिन थालेको छ । शनिबार मात्रै नेपाल तरुण दलका अध्यक्ष जीतजङ्ग बस्नेत र महासचिव भूपेन्द्रजङ्ग शाही दुवैले एकअर्कालाई विज्ञप्तिमार्फत दलको साधारण सदस्यसमेत नरहने गरी पदबाट हटाएको विज्ञप्ति सार्वजनिक गरेपछि सङ्गठन भित्रको विवाद छताछुल्ल देखिएको हो ।    अध्यक्ष जीतजङ्ग बस्नेतले विज्ञप्तिमार्फत पदीय मर्यादा..

    घरबेटीलाई प्राधिकरणको कडा चेतावनी‍ : भाडामा बस्नेसँग बिजुलीको बढी शुल्क नलिनू

    आईतवार, भाद्र २९, २०७६ साल
    काठमाडौँ, २९ भदौ केही घरबेटीले प्राधिकरणले तोकेकोभन्दा धेरै शुल्क लिएको गुनासो आएको भन्दै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भाडावालसँग बिजुलीको बढी शुल्क नलिन चेतावनी दिनुभयो । उहाँले कुनै पनि घरबेटीले भाडामा बस्नेसँग प्राधिकरणले तोकेको शुल्कभन्दा धेरै शुल्क नलिन आग्रह गर्नुभएकाे हाे ।   ‘घरबेटीले बिजुलीको व्यापार गर्न पाउँदैनन्, प्राधिकरणलाई उनीहरुले जति तिर्छन्, भाडावालसँगबाट पनि उत्ति नै लिनुपर्छ, बढी लिए कारबाही हुन्छ ।’..

    मनसुन सक्रिय हुँदा ३ दिनसम्म वर्षा, हवाई यातयातमा अवरोध आउन सक्ने

    आईतवार, भाद्र २९, २०७६ साल
    काठमाडौँ, २९ भदौ । मनसुन पुनः सक्रिय भएकाले देशभर बदलीसँगै वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी न्यून चापीय रेखाको पश्चिमी भाग औसत स्थानको आसपासमा रहेका कारण मनसुनी गतिविधि केही सक्रिय भएको मौसमविद् शान्ति कँडेलले बताउनुभयो । “अझै तीन दिन देशभर हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना रहेको र सो अवधिभर वर्षा अविरल नभई केही..

    डा. केसीले ७ बुँदे माग राख्दै दिए अनसनसहितको आन्दोलन गर्ने चेतावनी

    आईतवार, भाद्र २९, २०७६ साल
    काठमाडौं, २९ भदौ ।  प्रा. डा. गोविन्द केसीले विगतमा भएको सम्झौता बमोजिम चिकित्सा शिक्षा ऐन संशोधनसहितको जवाफ दिनुपर्ने माग राखेका छन् । सरकारसँग ७ बुँदे माग अघि सार्दै पूरा नभए सत्याग्रहसहितको आन्दोलन गर्ने चेतावनी पनि दिए । आइतबार प्रेस विज्ञप्ति गर्दै केसीले विगतमा भएको सम्झौता बमोजिम चिकित्सा शिक्षा ऐन संशोधनसहित चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्तिको विषयमा पनि चित्त बुझ्दो जवाफ दिनुपर्ने माग राखेका..

    मन्त्री भट्टराईविरुद्ध विमानभित्रै हुलहुज्जत : कानूनी रूपमा गलत, एक वर्ष कैदका साथै एक लाखसम्म जरिवाना !

    आईतवार, भाद्र २९, २०७६ साल
    काठमाडौं, भदौ २९ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई आलोचनाको शिकार भएका छन् । धनगढीबाट नेपालगञ्ज हुँदै काठमाडौं आउन लागेका पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई शनिवार धनगढी विमानस्थलमा बुद्ध एयरको विमानभित्रै दुर्व्यवहार गरिएपछि विमानभित्र गरिने झैझगडाको सजायका विषयमा बहस उठ्न थालेको छ । आफूलाई भ्रष्टाचारविरोधी अभियान्ता बताउने ज्ञानेन्द्र शाहीको समूहले मन्त्री भट्टराईका कारण विमान डिले भएको भन्दै विमानस्थल र..

    चीनको बिआरआईबाट नेपालले लाभ लिन्छ : अध्यक्ष दाहाल

    आईतवार, भाद्र २९, २०७६ साल
    काठमाडौँ, २९ भदौ ।    नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छिमेकी चीनले अघि सारेको ‘बेल्ट एन्ड रोड इनिसियटिभ’ (बिआरआई) सामूहिक विकास र  ‘कनेक्टिभिटीसँग’ सम्बन्धित भएकाले यसका परियोजनामा सामेल हुन नेपालले ढिलाइ गर्न नहुने बताउनुभएको छ ।    नेपाल बुद्धिजीवी सङ्गठनले आज यहाँ आयोजना गरेको ‘बिआरआई संवाद’ मा अध्यक्ष दाहालले यसमा कुनै सैन्य गठबन्धनको गन्ध नभएको बरु सामूहिक ढङ्गले विकास र सामाजिक..

    नेपालगञ्ज विमानस्थलमा मन्त्री योगेश भट्टराईमाथि यात्रु खनिएपछि...

    आईतवार, भाद्र २९, २०७६ साल
    काठमाडौं, २९ भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईमाथि नेपालगञ्ज विमानस्थलमा विमानभित्रै केही युवाहरुले गालीगलौज गरेका छन् ।  भट्टराईले नेपालगञ्जबाट काठमाडौं आउने क्रममा आफ्नो कारणले यात्रुहरुमा पर्न गएको असुविधाप्रति क्षमा मागेका छन् । शनिबार कैलालीको टिकापुरमा आयोजना भएको डलफीन महोत्सबको कार्यक्रम सकेर काठमाडौं फर्किने क्रममा नेपालगञ्ज एयरपोर्टमा मन्त्री भट्टराई केहीबेर ढिला आइपुग्दा यात्रुले उनीमाथि आक्रोश पोखेका थिए । सो घटना..

    माथिल्लो कर्णाली अर्को भारतीयलाई दिन प्रस्ताव

    आईतवार, भाद्र २९, २०७६ साल
    काठमाडौं, २९ भदौ ।  लामो समयदेखि भारतीय कम्पनी जीएमआरले होल्ड गरेको माथिल्लो कर्णाली विद्युत् आयोजना अर्को कुनै भारतीय कम्पनीलाई दिन भारतीय ऊर्जा राज्यमन्त्रीले प्रस्ताव गरेका छन् । पूर्वाधार सम्मेलनमा भाग लिन नेपाल आएका भारतीय ऊर्जा राज्यमन्त्री आर के सिंहले ऊर्जामन्त्री वर्षमान पुन, ऊर्जा मन्त्रालय, नेपल विद्युत् प्राधिकरण र लगानी बोर्डका पदाधिकारीहरूसँग बिहीबार भएको भेटमा यस्तो प्रस्ताव गरेका हुन् । भेटमा संलग्न स्रोतका..

    राजनीतिक नियुक्ति गरे बाहिरिने आयोगको चेतावनी

    आईतवार, भाद्र २९, २०७६ साल
    काठमाडौं, २९ भदौ ।  राष्ट्रिय मानव अधिकार आयोगले हाल रिक्त रहेका दुई संक्रमणकालीन आयोगमा राजनीतिक नियुक्ति नगर्न दलहरूलाई आग्रह गरेको छ । सिफारिस समितिको कार्यादेश उल्लंघन भए आफू समितिबाट अलग्गिने उसको चेतावनी छ । मानव अधिकार आयोगका एक आयुक्त पदेन सदस्य रहने पाँच सदस्यीय सिफारिस समिति गठन भएको ५ महिना नाघिसक्दा पनि सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगमा..

    ललितानिवास सम्बन्धि २०६७ वैशाख ३१ को त्रुटिपूर्ण निर्णय

    आईतवार, भाद्र २९, २०७६ साल
    काठमाडौं, २९ भदौ ।  ललितानिवास जग्गा प्रकरणमा मन्त्रिपरिषद्को २०६७ वैशाख ३१ को निर्णय त्रुटिपूर्ण रहेको शारदाप्रसाद त्रिताल छानबिन समितिले ठहर गरेको छ। साथै सो समितिले २०४७ मा गरिएको निर्णयलाई मालपोत कार्यालय डिल्लीबजारका कर्मचारीहरूले बदनियतपूर्वक व्याख्या गरी सरकारी सम्पत्तिलाई व्यक्तिको नाममा सारेको प्रतिवेदनको ठहर छ। २०४६ को राजनीतिक परिर्वतनपछि गठन भएको कृष्णप्रसाद भट्टराई नेतृत्व सरकारले ललितानिवाससहित पञ्चायत सरकारले कब्जा गरेको सम्पत्तिका विषयमा २०४७..

    सबै सडक नाकाको अवस्था दर्दनाक, सडकको कारण यात्रा असहज बन्ने खतरा

    आईतवार, भाद्र २९, २०७६ साल
    काठमाडौं, २९ भदौ ।  दसैं आउन दुई साता बाँकी छँदा काठमाडौं उपत्यकाको सडक, उपत्यका भित्रिने र बाहिरिने नाका तथा राजमार्गको अवस्थामा सुधार भएको छैन ।ठाउँठाउँमा सडक विस्तार भइरहेकाले र निरन्तरको वर्षाका कारण सडक तथा राजमार्ग भत्किएका छन् भने सडकभरि खाल्टाखुल्टी परेर दयनीय बन्न पुगेको छ । काठमाडौंबाट बाहिरिने मुख्य नाका थानकोटको सडकखण्डमा खाल्टाखुल्टी देखिएका छन् । कलंकीबाट बाहिरिने अर्को नाका भक्तपुरसम्म राम्रो..

    ‘ज्वाइँ’ मै अड्क्यो नागरिकता विधेयक

    आईतवार, भाद्र २९, २०७६ साल
    काठमाडौं, २९ भदौ ।  नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न ल्याउन लागिएको नागरिकतासम्बन्धी विधेयकमा संघीय संसद्को राज्य व्यवस्था समितिमा विवाद भएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विदेशी ज्वाइँले नागरिकता लिने प्रक्रिया सहज बनाउनुपर्ने माग गरेपछि पारित गर्ने अन्तिम तयारीमा पुगेको विधेयक पारित हुन सकेन। संघीय संसद्को राज्य व्यवस्था समितिमा जारी छलफलका क्रममा कांग्रेसका सांसदहरूले विदेशी ज्वाइँ र विदेशी बुहारीले नेपाली नागरिकता..

    प्रचण्डले मागे नेकपाकाे एकल नेतृत्व !

    आईतवार, भाद्र २९, २०७६ साल
    काठमाडाैं, २९ भदाै । नेपाल कम्युनिष्ट पार्टी 'नेकपा'का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा एकल नेतृत्व मागेका छन् । अध्यक्ष प्रचण्डले पार्टीभित्र आफ्नो कार्यकारी एकल नेतृत्व स्वीकार गर्न माग गरेका हुन् । अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीका गृह जिल्लामा उनले नेतृत्वका लागि विश्वास गर्न कार्यकर्तासमक्ष आग्रह समेत गरे । संविधानसभा सदस्य गौरीशंकर खड्काको स्मृतिमा गठित प्रतिष्ठानको साधारणसभालाई सम्बोधन गर्दै उनले कार्यकारी अधिकारसहितको..

    दिनहुँजसो बलात्कार, अपहरण, हत्या, एसिड प्रहारजस्ता घटना

    आईतवार, भाद्र २९, २०७६ साल
    काठमाडौं, २९ भदौ ।  बालबालिका असुरक्षित छन्। दिनहुँजसो बलात्कार, अपहरण, हत्या, एसिड प्रहारजस्ता घटना भइरहेका छन्। यसबाट प्रदेश २ का बालबालिका झनै पीडित छन्।  आव ०७५/७६ मा प्रदेश २ मा चार सय ४७ वटा बाल हिंसाका घटना भएको प्रहरी तथ्यांक छ। ०७४/७५ मा बाल हिंसाका तीन सय ६४ वटा घटना प्रहरीमा दर्ता भएका थिए। अपहरण गरी हत्या मिथिला नगरपालिका ढल्केबर–६ का अढाई वर्षीय..

    नेपाल ओलम्पिक कमिटीको अध्यक्षमा जीवनराम श्रेष्ठ निर्वाचित

    शनिबार, भाद्र २८, २०७६ साल
    काठमाडौँ २८ भदौ नेपाल ओलम्पिक कमिटी (एनओसी) को अध्यक्षमा जीवनराम श्रेष्ठ पुनः निर्वाचित हुनुभएको छ । ललितपुरको सातदोबाटोस्थित एनओसी भवनमा आज भएको विशेष साधारणसभाबाट श्रेष्ठ चार वर्षको लागि अध्यक्ष पदमा पुनः निर्वाचित हुनुभएको हो । अध्यक्ष पदका अर्का प्रत्यासी उमेशलाल श्रेष्ठलाई सात मतले पराजित गर्दै जीवनराम निर्वाचित हुनुभएको हो ।  कूल २७ मतदाता रहेको निर्वाचनमा जीवनरामले १७ मत पाउनुभयो । त्यस्तै उमेशलालले १०..

    जब राष्ट्रपति विद्यादेवी भण्डारी बालबालिकासँग रमाईन ...

    शनिबार, भाद्र २८, २०७६ साल
    काठमाडौँ, २८ भदौ राष्ट्रपति कार्यालय शीतल निवासको सभाहलमा बालबालिकाहरु राष्ट्रपतिको तीव्र प्रतिक्षामा थिए । राष्ट्रपति विद्यादेवी भण्डारी आउनुभएपछि  राष्ट्रियगान बज्यो । त्यसपछि बालकहरु समिर बस्याल, प्रकाश नेपाली, सवीन तामाङ, राम भण्डारी र शिव रावलले राष्ट्रपतिलाई बाल गीतले स्वागत गरे ।  ‘सुनिश्चित बाल अधिकार : समृद्ध नेपालको आधार’ भन्ने मूल नारासहित मनाउन लागिएको ‘राष्ट्रिय बाल दिवस–२०७६’ को अवसरमा आज महिला, बालबालिका तथा ज्येष्ठ..

    जागरण अभियान कार्यक्रममा गुण्डागर्दी गर्नेलाई कारवाही गर्नुपर्छ : सभापति देउवा

    शनिबार, भाद्र २८, २०७६ साल
    कोहलपुर, २८ भदौ नेपाली काङ्गेसका पार्टी सभापति शेरबहादुर देउवाले नेपाली काङ्ग्रेसको जागरण अभियान कार्यक्रममा गुण्डागर्दी गर्नेलाई तत्काल कारवाही गर्न सरकारसंग माग गर्नुभएको छ ।  ‘जागरण अभियान’ अन्तर्गत आज कोहलपुरमा आयोजित कार्यकर्ता भेला तथा सम्वाद कार्यक्रममा उहाँले केही दिन अघि बाँकेको खजुरामा नेपाली काङ्ग्रेसले गरेको जागरण अभियान कार्यक्रममा केही व्यक्तिले प्रवेश गरेर गुण्डागर्दी शैलीमा आक्रमण गरी अप्रजातान्त्रिक गतिविधि मच्चाउनेलाई तत्काल पक्राउ गरेर कारवाही..

    अबको ५० वर्षसम्म कम्युनिष्टले नै नेतृत्व गर्छ : प्रचण्ड

    शनिबार, भाद्र २८, २०७६ साल
    काठमाडाैं, २८ भदाै । नेपाल कम्युनिष्ट पार्टी 'नेकपा'का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अझै ५० वर्ष कम्युनिष्ट सरकार रहने बताएका छन् । नेपालमा कम्युनिष्ट आन्दोलनप्रति जनताको आशा र भरोसा अझ बढेको बताउँदै उनले अबको ५० वर्ष कम्युनिष्टले सरकारको नेतृत्व गर्ने दावी गरेका हुन् ।  झापाको विर्तामोडमा आज आयोजित गौरीशङ्कर खड्का स्मृति प्रतिष्ठानको साधारणसभा उद्घाटन समारोहमा अध्यक्ष प्रचण्डले नेपालमा कम्युनिष्ट शक्तिले सरकारको नेतृत्व गरेको नरुचाउने..

    पाँच वर्ष पुरै प्रधानमन्‍त्री बन्‍न अफर आएको प्रचण्डको खुलासा (पूर्णपाठ)

    शनिबार, भाद्र २८, २०७६ साल
    काठमाडौं, २८ भदाै । नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफुलाई पाँच वर्ष प्रधानमन्‍त्री बन्‍न अफर आएकाे खुलासा गरेका छन् । शनिबार बिहान इलाममा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले चुनाव लगत्तै पुरै पाँच वर्ष प्रधानमन्‍त्री बन्‍नका लागि आफूलाई अफर आएको खुलासा गरेका हुन्।  'हाम्रा लागि यो पदको कुरा ठूलो होइन। चुनावपछि सरकार कमरेड केपी ओलीकै नेतृत्वमा हुन्छ भनेर मैले भनेको हुँ', प्रचण्डले भने, 'चुनावपछि..

    एकताले पायो पूर्णता, असोज १५ गते शपथ

    शनिबार, भाद्र २८, २०७६ साल
    कञ्चनपुर, २८ भदौ ।  नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले सुदूरपश्चिम प्रदेशमा पार्टी एकताको कार्यलाई पूर्णता दिएको छ । प्रदेशका नौवटै जिल्लाका ८८ स्थानीय तहमा पार्टी एकताको कार्यलाई प्रदेश कमिटीले टुङ्गो लगाएको पार्टीका सुदूरपश्चिम प्रदेश अध्यक्ष कर्णबहादुर थापाले बताउनुभयो ।  पार्टी प्रदेश कमिटी बैठकले नगरपालिका, गाउँपालिका र वडाका पदाधिकारी चयन गरेको हो । अध्यक्ष थापाले भन्नुभयो, “असोज १५ गते शपथ हुन्छ, सबै जिल्ला र तहगत..

    म सबै राष्ट्रसँग समान सम्बन्ध भएको देख्न चाहन्छु : अध्यक्ष दाहाल

    शनिबार, भाद्र २८, २०७६ साल
    इलाम, २८ भदौ ।    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सरकार सक्रियरूपमा जनताको काम गर्न कटिबद्ध रहेको बताउनुभएको छ । इलाम सदरमुकाममा आज बिहान पत्रकारसँग कुरा गर्दै उहाँले नयाँ नेपालमा नयाँ व्यवस्था शुरु भएकाले परिवर्तन नदेखिएको तर अब नतिजामुखी काम गर्न सरकार तत्पर रहेकोसमेत उल्लेख गर्नुभयो ।    अध्यक्ष दाहालले पार्टीमा गुटउपगुट भएको खण्डमा पार्टी नै ध्वस्त हुनेसमेत बताउनुभयो ।..

    अभियान सञ्चालन गर्दै नेकपा

    शनिबार, भाद्र २८, २०७६ साल
    काठमाडौँ, २८ भदौ ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले राष्ट्रिय अभियान सञ्चालन गर्ने तयारी थालेको छ । तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच भएको एकीकरण प्रक्रिया लगभग टुङ्गिएपछि अब अभियान थाल्ने बताइएको छ । दुई पार्टीबीच समायोजन भएका सङ्गठन परिचालन गर्न विशेष राष्ट्रिय अभियान सञ्चालन गर्ने तयारी रहेको पार्टीका प्रवक्ता एवं सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “एकता..

    गरिबीका कारण आत्महत्या

    शनिबार, भाद्र २८, २०७६ साल
    काठमाडौं, २८ भदौ ।  वीरेन्द्रनगरको कालुञ्चोक क्षेत्रमा घरजग्गा । साथमा श्रीमती र दुई छोरी । सानो र सुखी परिवार तर डेढ वर्षअघि २५ वर्षीय घनबहादुर खासुमगरले आत्महत्याको बाटो रोजे । कारण थियो– गरिबी । छिमेकीका अनुसार घनबहादुरले घर निर्माण गर्दा एक सहकारी र विभिन्न व्यक्तिबाट ५ लाख रुपैयाँ ऋण लिएका थिए । ‘आम्दानीको अरू माध्यम भएन, ऋणको ब्याज बढ्दै गयो,’ दिदी हरिमाया..

    साँझसँगै काठमाडौंमा टिपरको कब्जा

    शनिबार, भाद्र २८, २०७६ साल
    काठमाडौं, २८ भदौ ।  भदौ ८ गते रातको १० बज्दै थियो, सडकमा त्यति चाप थिएन। पुछाङ भोटे अफिसको काम सकेर तीनकुनेबाट बा३८प २३९३ नम्बरको बाइकमा बिस्तारै जोरपाटीतिर लागे। तर उनको यात्रा बीचमै टुंगियो। सडक कब्जा गरेर अन्धाधुन्ध हुइँकिएको टिपरको निर्मम सिकार बने उनी। तीनकुनेबाट गौशाला जाँदै गरेको बा३ख ४३१७ नम्बरको टिपरले सिनामंगलमा उनको मोटरसाइकललाई ठक्कर दियो। मोटरसाइकल कच्याककुचुक भयो, संखुवासभा भोटखोलाका पुछाङ..

    नेकपा अध्यक्ष दाहालको धारणाले हल्लीखल्ली, पार्टीमा छलफल हुने

    शनिबार, भाद्र २८, २०७६ साल
    काठमाडौं, २८ भदौ ।  कुटनीतिक मामिलामा पूर्वप्रधानमन्त्री एवं नेकपा अध्यक्ष पुष्पकमल दाहाल पटक पटक विवादमा तानिएपछि एकरुपता दिन पार्टीले पहल गर्ने भएको छ । नेकपाले दलभित्र छलफल गरी कूटनीति, राष्ट्रिय सुरक्षा, छिमेक र शक्ति मुलुकसँगको नीति एवं प्राथमिकतामा समान धारणा बनाउने तयारी थालेको हो । जिम्मेवार नेतानै कूटनीतिक मामिलामा चिप्लिन थालेपछि नेकपा सचिवालय गम्भीर भएको हो । सामान्य शब्दले समेत कूटनीतिमा..

    काँग्रेस नेतृ सोनिया गान्धीले बोलाएको बैठकमा नेता राहुल नै अनुपस्थित

    शुक्रबार, भाद्र २७, २०७६ साल
    नयाँ दिल्ली, २७ भदौ  भारतीय राष्ट्रिय काँग्रेसकी अन्तरिम अध्यक्ष सोनिया गान्धीले बोलाएको महत्वपूर्ण र निर्णायक मानिएको बैठकमा निवर्तमान अध्यक्ष राहुल गान्धी अनुपस्थित हुनुभएको छ । बैठकका लागि उहाँलाई बोलाइएको र स्मरण गराइएको भएपनि उहाँ उपस्थित नहुनुभएको नेताहरूले जानकारी दिएका छन् ।  सन् २०१७ मा पार्टी अध्यक्ष बन्नुभएका राहुलले केही महिना अगाडि भएको निर्वाचनमा पार्टीको नराम्रो पराजय भएपछि नैतिकताको आधारमा पार्टी अध्यक्षबाट राजिनामाको घोषणा..

    टर्कीका पूर्वप्रधानमन्त्रीले नयाँ पार्टी खोल्ने

    शुक्रबार, भाद्र २७, २०७६ साल
    अङ्करा, २७ भदौ टर्कीका पूर्व प्रधानमन्त्री अहमेत डेभुतोग्लुले नयाँ पार्टी खोल्ने घोषणा शुक्रबार गर्नुभएको छ ।  उहाँले त्यसलाई वर्तमान चुनौतीहरू विरूद्धको नयाँ राजनीतिक आन्दोलनको संज्ञा दिनुभएको छ । उहाँको आन्दोलन वर्तमान राष्ट्रपति तथा आफ्नै पूर्व मित्र रेसेप तैयप एर्दोगान विरुद्ध हुने देखिएको छ ।  राष्ट्रपति एर्दोगानविरुद्ध पछिल्ला केही महिना आफ्नै पूर्व मित्रहरू उत्रिने क्रम चलिरहेको छ । टर्कीको सत्ताधारी दल ‘जस्टिस एण्ड डेभलपमेन्ट’..

    बाँके घटनाका दोषीलाई कारवाही गर्न काङ्ग्रेसको माग

    शुक्रबार, भाद्र २७, २०७६ साल
    काठमाडौँ, २७ भदौ   प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले बाँकेमा बिहीबार पार्टीको कार्यक्रममा भएको साङ्घातिक हमलाका दोषीलाई तत्काल कारवाही गर्न सरकारसँग माग गरेको छ । काङ्ग्रेसले आज पत्रकार सम्मेलन गरी सो घटनालाई गम्भीर रुपमा लिएको र घटनाको विरोधमा विभिन्न कार्यक्रम गर्ने जनाएको छ ।    बाँकेको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं– ३ को प्रदेशसभा ‘ख’को खजुरा गाउँपालिकाको सीतापुरस्थित नेपाल रेडक्रसको हलमा काङ्ग्रेसको कार्यक्रम भइरहँदा नेपाल..

    पार्टी एकतालाई हल्का रूपमा नलिनु होला : प्रचण्ड

    शुक्रबार, भाद्र २७, २०७६ साल
    इलाम, २७ भदौ   नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकता दूरगामी सोचले गरिएको बताउनुभएको छ । इलाममा पार्टीको जिल्लास्तरीय प्रशिक्षण कार्यक्रमलाई आज सम्बोधन गर्दै उहाँले कसैका सनक र लहडमा पार्टी एकता नभएको स्पष्ट गर्नुभयो ।    “पार्टी एकतालाई हल्का रूपमा नलिनु होला”, अध्यक्ष दाहालले भन्नुभयो, “एकता भनेको असल नेतृत्व, असल नेता र नेतृत्वशैलीबाट मात्र हुन्छ । त्यो सबै मिलेकै..

    नागरिकताका विषयमा आम सहमति गराउने सरकारको प्रयत्न छ : गृहमन्त्री थापा

    शुक्रबार, भाद्र २७, २०७६ साल
    काठमाडौँ, २७ भदौ ।   गृहमन्त्री रामबहादुर थापाले छिमेकी मुलुकमा विदेशी बुहारीलाई सात बर्षमा नागरिकता दिने प्रावधान र हाम्रो नागरिकता प्रदान गर्ने नीतिबीच एकरुपता हुनुपर्ने आवाज उठेको बताउनुभएको छ ।   राज्य व्यवस्था तथा सुशासन समितिको शुक्रबारको बैठकमा नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा सांसदको जिज्ञासमा उहाँले विधेयकको परिमार्जन, संशोधन र सच्याउने समितिको अधिकारलाई सरकारले सम्मान गर्ने स्पष्ट पार्नुभयो ।    सात वर्षपछि..
    Weather Forecast