बुधबार, माघ ८, २०७६

    राज्य-समाज

    नेपाल–भारत संयुक्त प्राविधिक टोलीले बनाएको अध्ययन प्रतिवेदन थन्क्याउँदा फेरि डुबान

    सोमबार, आषाढ ३०, २०७६ साल
    काठमाडौँ, ३० असार ।  भारतले बनाएका बाँध र सडकलगायत संरचनाका कारण तराई क्षेत्र बर्सेनि जलमग्न हुने समस्या सुल्झाउन ६ महिनाअघि संयुक्त प्राविधिक टोलीले स्थलगत अध्ययन गरी तयार पारेको प्रतिवेदन कार्यान्वयनमा भारतीय पक्षले चासो नदिँदा यो वर्ष पनि तराईका सयौं बस्ती डुबानमा परेका हुन् । डुबान समस्या हल गर्न नेपाल–भारत संयुक्त प्राविधिक टोलीले ६ महिनाअघि तयार पारेको स्थलगत अध्ययन प्रतिवेदन कार्यान्वयन नगरिँदा यस..

    लामो समय सभापतिमा रहिरहने देउवाको यस्तो रणनीति

    सोमबार, आषाढ ३०, २०७६ साल
    काठमाडौँ, ३० असार ।  सामान्य अवस्थामा कांग्रेस महाधिवेशन चार वर्षमा हुन्छ । यसपटक भने तुरुन्तै विधिवत् प्रक्रिया थाल्दा पनि साढे पाँच वर्षमा कांग्रेसले महाधिवेशन गर्न सक्ने देखिएको छ । यसले सभापति शेरबहादुर देउवाको कार्यकाल कम्तीमा डेढ वर्ष लम्बिनेछ । कांग्रेस विधानको नियमावली टुंगिएको छैन । त्यो टुंगिएर भदौमा अन्तरिम संरचना बन्यो भने पनि १४औँ महाधिवेशन हुन अर्को दुई वर्ष लाग्न सक्नेछ..

    नेकपामा जिल्ला इन्चार्ज र सहइन्चार्ज पुरानै, सहइन्चार्जको संख्यामा विमति

    सोमबार, आषाढ ३०, २०७६ साल
    काठमाडौँ, ३० असार ।  नेकपाका शीर्ष नेताहरूबीच पुरानै इन्चार्जहरूलाई जिम्मेवारी तोक्ने समझदारी भएको छ । साबिक एमाले र माओवादीका प्रमुखहरूलाई अध्यक्ष र सचिव तोकेर जिल्ला तहको एकता टुंग्याइएको थियो । त्यही मोडलमै जिल्ला इन्चार्ज र सहइन्चार्ज बनाउन लागेको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । प्रवक्ता श्रेष्ठले अध्यक्ष केपी ओली, प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालबीच तत्कालीन दुवै पार्टीबाट इन्चार्ज र सहइन्चार्जहरूलाई..

    विप्लव समूहलाई यसरी मुलधारमा ल्याउने नेकपा सरकारको प्रयासः वार्ता गर्न तीन सम्पर्क सूत्र

    सोमबार, आषाढ ३०, २०७६ साल
    काठमाडौँ, ३० असार ।   सरकारले छुट्टाछुट्टै संयन्त्र परिचालन गरी नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहसँग वार्ताको तयारी गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओली, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल र गृहमन्त्री रामबहादुर थापाले आफ्ना विश्वासपात्र नेताहरुलाई परिचालन गरी वार्तामार्फत राजनीतिको मूलधारमा ल्याउने तयारी गरेका हुन्। स्रोतका अनुसार यसको जिम्मा प्रधानमन्त्री ओलीले नेकपाका महासचिव विष्णुप्रसाद पौडेल र तत्कालीन वार्ता समितिका संयोजक सोमप्रसाद..

    विपद् व्यवस्थापनको नाममा आइएनजीओको २५ अर्ब खर्च, सरकारी निकायलाई टेर्दैनन्

    सोमबार, आषाढ ३०, २०७६ साल
    काठमाडौँ, ३० असार ।  विपद् व्यवस्थापनका नाममा विभिन्न अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ)हरूले विगत पाँच वर्षमा २५ अर्बभन्दा बढी खर्च गरेको भए पनि विपद्को जोखिम भने घट्नुको साटो बढ्दै जान थालेको छ । गैससले गर्ने खर्चको प्रभावकारी रूपमा अनुगमन हुन नसक्दा विपद्को नाममा भएको त्यति ठूलो खर्चको उपलब्धि न्यून देखिएको हो । आईएनजीओहरूले विपद् व्यवस्थापनका लागि भन्दै बर्सेनि औसत ५ अर्ब रुपैयाँ खर्च..

    बालुवाटार प्रकरणमा उच्चअधिकारीसहित सय जना भन्दा माथि अनुसन्धान

    सोमबार, आषाढ ३०, २०७६ साल
    काठमाडौँ, ३० असार ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवासमा पर्ने बालुवाटारको सरकारी जग्गा अतिक्रमण सम्बन्धमा सयभन्दा बढी अनुसन्धान भइरहेको छ। जग्गा अतिक्रमण प्रकरणमा संलग्नमाथि धमाधम बयान लिने काम अख्तियारले गरेको छ। संवैधानिक निकायका पूर्वप्रमुखदेखि उच्चपदस्थ कर्मचारीको अनुसन्धान गरिएको छ। अख्तियारकै पूर्वप्रमुख आयुक्त दीप बस्न्यातमाथि अख्तियारले अनुसन्धान गरिरहेको छ। तत्कालीन भौतिक योजना तथा निर्माण मन्त्रालयका सचिव बस्न्यातसँग बयान लिइरहेको छ। भौतिक योजना..

    भेनेजुएलाका राष्ट्रपतिका छोरा किन आए ‘गुपचुप’ काठमाडौंमा ?

    सोमबार, आषाढ ३०, २०७६ साल
    काठमाडौँ, ३० असार ।  भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोका छोरा निकोलस अर्नेस्टो मादुरो गुयरा ‘गुपचुप’ काठमाडौंमा छन्। त्यहाँको राजनीति र सत्ता सञ्चालनमा शक्तिशाली उनले साथमा ३ जना मन्त्री पनि ल्याएका छन्। शनिबार काठमाडौं आइपुगेको उनीहरूको टोलीमा ११ जना छन्। चार दिन नेपाल बस्दा निकोलस अर्नेस्टोले कम्युनिस्ट नेताहरूसँग भेटघाट गर्नेछन्। त्यस क्रममा आइतबार नेकपा नेता वामदेव गौतम र नारायणकाजी श्रेष्ठसँग भेटिसकेका छन्। सत्तारुढ दल..

    खोज तथा उद्धारका सामग्रीसहित १५ हजार सेना परिचालित

    आईतवार, आषाढ २९, २०७६ साल
    काठमाडौँ, २९ असार नेपाली सेनाले मुलुकभर बाढी र पहिरो प्रभावित क्षेत्रमा उद्धारका लागि २२ जिल्लाका ४८ स्थानमा डुङ्गालगायत आवश्यक खोज तथा उद्धारका सामग्रीसहित विभिन्न युनिटबाट १५  हजार फौज परिचालन भएको जनाएको छ ।  परिचालित फौजले खोज तथा उद्धार, राहत वितरण, मेडिकल क्याम्प खडा गरी उपचार, कमला नदीमा बाँध बाँध्ने, थुनिएका खोला, ढल, नाली खोल्ने तथा तटबन्ध निर्माणलगायतका कार्यलाई निरन्तरता दिइरहेको सैनिक जनसम्पर्क..

    केन्द्रीय सरकारले घाइतेको उपचारको सम्पूर्ण व्यवस्था मिलाउने

    आईतवार, आषाढ २९, २०७६ साल
    काठमाडौँ, २९ असार सरकारले अविरल वर्षासँगै मुलुकका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी ज्यान गुमाउने व्यक्तिका परिवारलाई आवश्यक राहत उपलब्ध गराउने र घाइतेको सम्पूर्ण खर्च व्यहोर्ने निर्णय गरेको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले सम्बन्धित सबै निकाय तथा जनशक्ति परिचालित भई तत्काल अत्यावश्यक राहतका कार्य तदारुकताका साथ गर्ने निर्णय गरेको सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिनुभयो । बैठकले..

    बाल अधिकारसम्बन्धी कानूनको प्रभावकारी कार्यान्वयन गरिने

    आईतवार, आषाढ २९, २०७६ साल
    काठमाडौँ, २९ असार महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले बाल अधिकारसम्बन्धी कानूनहरुको प्रभावकारी कार्यान्वयन गर्न सरकार अग्रसर रहेको बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घले केन्द्रीय बालकल्याण समितिको सहकार्यमा प्रदान गर्दै आएको ‘बाल संवेदनशील राष्ट्रिय पत्रकारिता पुरस्कार’ वितरण कार्यक्रममा मन्त्री थापाले बाल अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि, संविधान र कानूनहरुको पालनालाई अझ प्रभावकारी बनाइने जनाउनुभएको हो । मन्त्री थापाले भन्नुभयो, “सरकार विकास र समृद्धिको अभियानका..

    प्रहरी समायोजन : तह बढुवा नहुने, पोसाक एउटै हुने

    आईतवार, आषाढ २९, २०७६ साल
    काठमाडौँ, २९ जेठ  प्रहरी कर्मचारीलाई सङ्घ र प्रदेशमा समायोजन गर्दा तह बढुवा नभई ग्रेडको व्यवस्था गरिने भएको छ । यस्तै प्रदेश र सङ्घको पोसाकसमेत एउटै हुने भएको छ ।  प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा समितिका सदस्यहरुबीच यसअघि प्रस्तुत विधेयकमा भएको व्यवस्थालाई नै यथावत् राख्नेमा सहमति जुटेको हो । समायोजनका लागि मात्रै बनेको विधेयक भएकाले यसमा बढुवाको व्यवस्था नराखी ग्रेड थपको..

    बाढी–पहिरो अपडेट : ६० को मृत्यु, ४८ को सनाखत

    आईतवार, आषाढ २९, २०७६ साल
    काठमाडौँ, २९ जेठ  विगत चार दिनदेखिको वर्षाका कारण आएको बढी, पहिरो र डुबानबाट मुलुकका विभिन्न जिल्लामा ६० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २४ महिला र ३६ पुरुष रहेका छन् ।  विपद्मा परेर अपराह्नसम्म ३८ घाइते भएको र २६ जना बेपत्ता भएको प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक रमेश थापाले राससलाई जानकारी दिनुभयो । अहिलेसम्म दुई हजारभन्दा बढीको उद्धार गरिएको छ ।  गृह..

    गृहमन्त्रीद्वारा सांसदलाई जानकारी, २८ जिल्लामा बाढीेपहिरो, ३३ हजार प्रभावित

    आईतवार, आषाढ २९, २०७६ साल
    काठमाडौँ, २९ जेठ । विगत चार दिनदेखिको वर्षाका कारण मुलुकको २८ जिल्लाका ३३ हजारभन्दा बढी मानिस प्रभावित भएको सरकारले जनाएको छ । विपद्को बेलामा सरकारको सबै संयन्त्र परिचालन गरेर हवाई, जल तथा स्थलमार्गबाट उद्धार तथा सुरक्षित बासस्थानका लागि आवश्यक कार्यलाई तीव्र गति दिइएको सरकारले जानकारी दिएको छ ।  प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा वर्षापछि मुलुकका विभिन्न जिल्लामा आएको बाढी, पहिरो र..

    अरु वर्षको असार २९ जस्तो प्रसन्न मन छैन : प्रधानमन्त्री

    आईतवार, आषाढ २९, २०७६ साल
    काठमाडौँ, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले बाढीपहिरोका कारण ४० भन्दा बढीले जीवन गुमाएका कारण अरु वर्ष असार २९ गतेको जस्तो प्रसन्न मन यस पटक हुन नसकेको बताउनुभएको छ ।  संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले आज यहाँ आयोजना गरेको विसं २०७५ राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार, महाकवि देवकोटा पुरस्कार, भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार र गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कार..

    बाढीपहिरो अपडेट : मृत्यु हुनेको संख्या ४३ पुग्यो, २४ बेपत्ता, पीडितलाई सहयोग जुटाउन प्रदेश प्रमुखको आग्रह

    आईतवार, आषाढ २९, २०७६ साल
    काठमाडाैं । असार २९ अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानबाट ४३ जनाको मृत्यु भएको छ । बाढीपहिरोमा परेर २० जना घाइते भएका छन् भने २४ जना बेपत्ता रहेका छन् । प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक रमेश थापाले शनिबार रातिसम्म देशभरमा गरेर ४३ जनाको मृत्यु भएको पुष्टि भएको जानकारी दिए । उनका अनुसार अहिलेसम्म १ हजार १०४ जनाको..

    भारतीय बाँधले नेपाली बस्ती डुबानमा

    आईतवार, आषाढ २९, २०७६ साल
    काठमाडौँ, २९ असार ।   सप्तरी, रौतहट, पर्सा, बारा र बाँकेका सीमा क्षेत्रमा भारतले एकतर्फी रूपमा बनाएको बाँधलगायत संरचना र निकासमा पुर्‍याएको अवरोधले नेपाली भूभाग डुबानमा परेको छ । भारतीय पक्षले सप्तकोसीको बहावलाई नियोजित रूपमा पश्चिमतर्फ फर्काउँदा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाका ३ सय परिवार विस्थापित भएका छन् ।  बहाव फर्काइएका कारण कोसीको पानी ओभरफ्लो हुन थालेको छ । पश्चिमी तटबन्ध भत्किने जोखिम बढेको..

    मन्त्रालयका कामप्रति प्रधानमन्त्री रुष्ट, भन्छन्-अब तर र यदिलाई सहन सकिँदैन

    आईतवार, आषाढ २९, २०७६ साल
    काठमाडौँ, २९ असार ।  प्रधानमन्त्री केपी शर्मा ओलीले ६० प्रतिशत काम गरेर सय प्रतिशतको मूल्यांकन नहुने भन्दै मन्त्रालयहरूको कार्यसम्पादनप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आयोजनामा गरेको आर्थिक वर्ष २०७५/०७६ को वार्षिक समीक्षामा उनले असन्तुष्टि व्यक्त गरेका हुन्। प्रधानमन्त्री ओलीले सरकारका विभिन्न मन्त्रालयबीच प्रभावकारी समन्वय नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। ‘बाटो किन बनेनभन्दा अर्को निकायले पोल सारिदिएन भन्ने..

    काठमाडौं उपत्यका नै जोखिममा

    आईतवार, आषाढ २९, २०७६ साल
    काठमाडौँ, २९ असार ।   नदी अतिक्रमण र अव्यवस्थित बसोबासका कारण उपत्यकामै पछिल्लो समय डुबानका घटनाले तीव्रता पाएको छ । जसका कारण काठमाडौ, भक्तपुर र ललितपुर नै जोखिममा पर्न सक्ने भय बढ्दै गएको छ । गत वर्ष हनुमन्ते खोला थुनिँदा भक्तपुर डुबानमा परेको थियो । डुबानले १ अर्ब क्षति पुगेको थियो । गत शुक्रबारदेखि जारी वर्षाका कारण काठमाडौंको कलंकी खसीबजार र कालीमाटीको कुलेश्वर..

    बाढीपहिरो अपडेटः ३९ को मृत्यु, ३३ बेपत्ता, सडक अवरुद्ध, जनजीवन ठप्प

    आईतवार, आषाढ २९, २०७६ साल
    काठमाडौँ, २९ असार ।  बाढीपहिरोमा परी दुई दिनमा देशका विभिन्न भागमा ३९ जनाको मृत्यु भएको छ। कम्तीमा ३३ जना बेपत्ता भएका छन्। राजमार्ग डुबाउँदा र कतिपय पुल भत्काउँदा आवागमन अवरुद्ध भएको छ। समयमा राहत र उद्धार हुन नसक्दा पूर्वी र मध्य तराईका सर्वसाधारणको जनजीवन कष्टकर भएको छ। बिहीबार साँझदेखि भएको अविरल वर्षा केही घटे पनि रोकिएको छैन। यसले बाढीपहिरो आउने क्रम जारी..

    अवैज्ञानिक सडकले विपत्ति

    आईतवार, आषाढ २९, २०७६ साल
    काठमाडौँ, २९ असार ।  असार ११ गतेको पहिरोले पाँचथरको याङवरक २ फलैँचामा एक घर भत्कायो। पहिरोका कारण करिब दर्जन घरका परिवार विस्थापित भए। गाउँसम्म सडक विस्तार गरेपछि सामान्य वर्षा हुँदा पनि पहिरो गएको स्थानीय बताउँछन्। ‘सडक आसपासबाटै पहिरो सुरु भएको छ,’ स्थानीय कृष्ण प्याकुरेल भन्छन् ‘सडक खनेको ठाउँमा जताततै पहिरो गएको छ।’ मिक्लाजुङ गाउँपालिका–५ कुरुम्बामा शुक्रबार पहिरोले टीकाराम लावतीको घर भत्कायो। घर..

    बाढी-पहिरो अपडेट : मर्नेको सङ्ख्या ४३ पुग्यो, २४ अझै बेपत्ता, कहाँ होलान् ?

    शनिबार, आषाढ २८, २०७६ साल
    काठमाडौँ, २८ असार अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानबाट ४३ जनाको मृत्यु भएको छ । बाढीपहिरोमा परेर २० जना घाइते भएका छन् भने २४ जना बेपत्ता रहेको प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक रमेश थापाले जानारी दिनुभयो । उहाँका अनुसार अहिलेसम्म देशभरमा गरेर ४३ जनाको मृत्यु भएको पुष्टि भएको राससलाई जानकारी दिनुभयो । अहिलेसम्म एक हजार १०४ जनाको उद्धार..

    न दिनको भोक न रातको निद्रा : उद्दारमा अहोरात्र खटिँदै सुरक्षाकर्मी

    शनिबार, आषाढ २८, २०७६ साल
    काठमाडौँ, २८ असार   अविरल वर्षाका कारण काठमाडौँलगायत मुलुकका विभिन्न जिल्लामा आएको बाढी र पहिरोबाट भएको जनधनको क्षति न्यूनीकरण र उद्धारमा सुरक्षा निकाय अहोरात्र खटिएका छन् । उद्धारमा तीनै तहका सुरक्षा निकाय ४० हजार बढी सक्रिय भएका छन् ।   दिनको भोक र रातको निद्रा नभनी बाढीको उर्लंदो भेलमा ज्यानको बाजी थापेर प्रभावित मानिसको ज्यान बचाउन सुरक्षाकर्मी क्रियाशील छन् । नेपाली सेना, नेपाल प्रहरी..

    सभ्य समाजसहितको समृद्धिमा आवश्यक छ : मुख्यमन्त्री गुरुङ

    शनिबार, आषाढ २८, २०७६ साल
    काठमाडौँ, २८ असार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुकको समृद्धिसँगै सभ्य समाज निर्माण सामाजिक सङ्घ संस्थाको महत्वपूर्ण योगदान रहने बताउनुभएको छ । रोटरी क्लब अफ पोखरा अन्नपूर्ण शाखाको १५औँ पदस्थापन समारोहको उद्घाटन समारोहमा उहाँले गरीब र विपन्न वर्गको उत्थानलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औँल्याउनुभयो । गण्डकी प्रदेशमा अहिले पनि २८ प्रतिशत जनता निरक्षर रहेको र कतिपय साक्षरले समेत आधुनिक प्रविधिको भरपुर उपयोग गर्न नसक्ने..

    उद्धार र राहतमा एकजुट हुन सरकारको आह्वान : राहत एकद्वार प्रणालीबाट वितरण गरिने

    शनिबार, आषाढ २८, २०७६ साल
    काठमाडौँ, २८ असार सरकारले अविरल वर्षापछि आएको बाढी र पहिराका कारण प्रभावित भएको क्षेत्रमा उद्धार र राहतमा जुट्न सरकारी तथा गैरसरकारी सङ्घसंस्था, सुरक्षा निकाय तथा स्थानीय समुदायलाई आग्रह गरेको छ । प्रभावित तथा सम्भावित जोखिममा रहेका व्यक्ति, परिवार तथा समुदायको तत्काल उद्धार तथा सुरक्षित आश्रयस्थलको व्यवस्था अझ प्रभावकारी बनाउन नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, विभिन्न सङ्घसंस्था र समुदायलाई एकजुट..

    पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको घर पनि डुब्यो

    शनिबार, आषाढ २८, २०७६ साल
    काठमाडौं, २८ असार । विगत तीन दिनयताको अविरल वर्षाले गौरसहित रौतहटका पूरै गाउँ डुबानमा परेका छन्। ‘गौरको सडकमा १० फिटसम्म पानी जमेको छ। स्थानीय बासिन्दा घरमै बन्धकजस्तै भएर बस्नुपरेको छ,’ गौर नगरपालिकाका मेयर अजय गुप्ताले भने, ‘गौरमा कुनै घर नडुबेका छैनन् । रौतहटका सबै गाउँ नै डुबानमा छन्।’ पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको गौर–२ स्थित घर पनि डुबानमा परेको छ। दुर्गाभवानी–३ स्थित राजपा अध्यक्ष..

    देशभर लगातार पानी पर्दा कैलालीमा भने टन्टलापुर घाम

    शनिबार, आषाढ २८, २०७६ साल
    धनगढी, २८ असार । देशका विभिन्न स्थानमा तीन दिनदेखिको लगातार झरीले धनजनको क्षति पुर्याएको छ भने विभिनन स्तान डुवानमा परेका छन् । देशभरका प्रय स्थानमा अविरल वर्ष भइरहँदा सुदुरपश्चिमको कैलालीमा भने टन्टलापुर घाम लागेको छ । मुलुकका विभिन्न स्थानमा बिहीबारदेखि अविरल वर्षा भइरहँदा कैलालीको मौसम सफा छ । कैलालीमा शनिबार बिहान केहीबेर सामान्य वर्षा भएको थियो । तर केहिबेर पछि जिल्लामा..

    ओली–प्रचण्डको संयुक्त विज्ञप्ति : बाढी-पहिरो पीडितको उद्दारमा जुटौं

    शनिबार, आषाढ २८, २०७६ साल
    काठमाडौँ, २८ असार । सरकार नेतृत्वकर्ता नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले अबिरल वर्षासँगै मुलुकका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानबाट पीडितहरुको उद्धारमा जुट्न कार्यकर्तालाई निर्देशन दिएको छ । नेकपा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले शनिबार संयुक्त विज्ञप्तिमार्फत प्रभावित क्षेत्रमा राहत तथा उद्धारमा खट्न पार्टी पंक्तिलाई निर्देशन दिएका हुन् । विज्ञप्तिमा नेकपाका सबै तहका कमिटी, नेता कार्यकर्ता र जनसंगठनलाई उद्धार तथा..

    सर्वोच्चको आदेशपछि रिहा भएका विप्लव नेता पुन पक्राउ

    शनिबार, आषाढ २८, २०७६ साल
    धनगढी, २८ असार । सर्वोच्च अदालतको आदेश दिएपछि रिहा भएका सरकाद्धारा प्रतिवन्धित पार्टी नेत्रविक्रम चन्द ‘विप्लव समूह’ कैलालीका विद्यार्थी नेता बबरजंग सिंह पुन पक्राउ परेका छन्।  शुक्रबार सर्वोच्च अदालतले थुनामुक्त गर्न आदेश दिएपछि कैलाली जिल्ला अदालतले उनलाई रिहा गरेको थियो। रिहा गरेपछि कैलाली प्रहरीले अदालत परिसरबाटै पक्राउ गर्न खोजेपनि उनी भागेका थिए।  उनलाई प्रहरीले जुगेडाबाट पक्राउ गरेको हो। जिल्ला अदालतबाट मोटरसाइकलमा गएका..

    ओली-प्रचण्डको संयुक्त वक्तव्यः सरकारको बचाउ, कार्यकर्तालाई निर्देशन

    शनिबार, आषाढ २८, २०७६ साल
    काठमाडौँ, २८ असार ।  सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले शनिबार विज्ञप्ती देशका विभिन्न भागमा हालै भएको अविरल बर्षाका कारण सिर्जित बाढी, पहिरो र डुबानबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गरेका छन् । संयक्त वक्तव्यमा राहत र उद्दारको काम भइरहेको भन्दै सरकारको बचाउ गरिएको छ भने नेता–कार्यकर्तालाई उद्धार र राहत..

    प्रदेश २ को राजधानी जनकपुर डुवानमा,जनजीवन कष्टकर

    शनिबार, आषाढ २८, २०७६ साल
    काठमाडौँ, २८ असार ।  अविरल वर्षाका कारण जनकपुरधाम उपमहानगरपालिका जलाशयमा परिणत भएको छ । वर्षाले नगरका सडकमा तीन फिटसम्म पानी बगिरहेको छ भने उपनगरपालिकाका पच्चीसै वडाका बासिन्दाको घरघरमा पानी पसेको छ ।   घर घरमा पानी पसेका कारण जनजीवन कष्टकर भएको छ भने सडकमा आवागमनमा समस्या भइरहेको छ । पानीको निकास नभएका कारण मुख्यमन्त्री कार्यालय, विमानस्थल, अञ्चल अस्पताल, जिल्ला प्रशासन कार्यालय, जिल्ला  प्रहरी..
    Weather Forecast