शनिबार, भाद्र ७, २०७६

    राज्य-समाज

    केही दिनता मौसममा आएको परिवर्तनका कारण हिमपात, जनजीवन प्रभावित

    शनिबार, मंसिर २९, २०७५ साल
    डोटी, २९ मङ्सिर  केही दिनयता देखिको मौसममा आएको परिवर्तनका कारण डोटीका उच्च लेकाली क्षेत्रमा हिमपात भएको छ । हिमपात भएसँगै चिसो बढेपछि यहाँको जनजीवन पनि प्रभावित भएको छ ।  डोटीकोे खप्तडस्थित झिगराना, गोलादेउ, पानीखाल, नापानी, शिखर, गोवडालेकलगायत उच्च पहाडी क्षेत्रमा हिमपात भइ चिसो बढेकाले गाईवस्तु चराउन समस्या भएको सायलवासी गणेश विष्टले बताए । उनले भने, “गाई वस्तु चर्ने ठाउँ पूरै हिउँले ढाकेकाले..

    सर्वत्र निकै चासो र महत्वका साथ हेरिएको महासमिति बैठक - भाग लिन देशभरका कांग्रेस काठमाडौंमा

    शनिबार, मंसिर २९, २०७५ साल
    काठमाडौँ, २९ मङ्सिर  प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले सङ्घीयताअनुसार पार्टीको विधानलाई परिमार्जन गर्न बोलाएको महासमिति बैठक शनिबारबाट शुभारम्भ हुँदैछ ।  बैठकका तयारीका लागि शुक्रबार केन्द्रीय कार्यालयमा महासमिति सदस्यको नामावली दर्ता भईसकेको छ । महासमिति बैठक सिंहदरबार अगाडिको यगम्बर पार्टी प्यालेसमा आयोजित समारोहमा शुभारम्भ हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।  बैठक आगामी पुस ३ गतेसम्म चल्ने छ । प्रवक्ता शर्माका अनुसार बैठकमा..

    महाभेला २०१८ - ३५ बुँदे घोषणापत्र जारी गर्दै मानवअधिकार महाभेला सम्पन्न

    शनिबार, मंसिर २९, २०७५ साल
    काठमाडौँ, २९ मङ्सिर  पैँतीसबुँदे भोषणापत्र जारी गर्दै ‘दशौँ राष्ट्रिय मानवअधिकार महाभेला २०१८’ सम्पन्न भएको छ ।  यही मङ्सिर २२ गतेदेखि शुक्रबारसम्म सञ्चालन भएको उक्त महाभेलाले नेपालको संविधान २०७२ ले प्रत्याभूत गरेका मानवअधिकारसँग सम्बन्धित सबै मौलिक हक तथा अधिकार कार्यान्वयनका लागि पहल हुनुपर्नेमा जोड दिएको छ ।  त्यसैगरी महाभेलाले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संस्थागत विकासमा आवश्यक सबैखाले कानून निर्माण गरी प्रदेश र स्थानीय तहका..

    उच्चस्तरीय भ्रमण तय ! अमेरिकी विदेश मन्त्री पम्पिआको निमन्त्रणामा परराष्ट्रमन्त्री ज्ञवाली वासिङ्टन जाँदै

    शुक्रबार, मंसिर २८, २०७५ साल
    काठमाडौं, २८ मंसिर ।  अमेरिकी विदेश मन्त्री माइक पम्पिआको मैत्रीपूर्ण निमन्त्रणामा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली औपचारिक भ्रमणका लागि आइतबार वासिङ्टन डिसी प्रस्थान गर्दैछन् । नेपाल र संयुक्त राज्य अमेरिकाबीच करीव १७ वर्षपछि उच्चस्तरीय भ्रमण तय भएको छ । केपी ओली प्रधानमन्त्री भएकै बेला परराष्ट्रमन्त्री कमल थापाले तत्कालिन अमेरिकी विदेशमन्त्री जोन केरीसँग भेटवार्ता गरेका थिए । यसपटकको परराष्ट्रमन्त्री ज्ञवालीको भ्रमण भने करीव दुई दशकको बीचमा सबैभन्दा..

    प्रमुख जिल्ला न्यायाधिवक्ताविरुद्ध घुस मागेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर

    शुक्रबार, मंसिर २८, २०७५ साल
    काठमाडौँ, २८ मङ्सिर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीका प्रमुख जिल्ला न्यायाधिवक्ता कोषहरि निरौला विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।  ठगी मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग रु ८० हजार घुस मागेको अभियोग निरौलामाथि लागेको छ । यस्तै कम्पनी रजिष्टार कार्यालय त्रिपुरेश्वरमा करार सेवामा कार्यरत कम्प्युटर अपरेटर पूर्णचन्द्र आत्रेयलाई रु सात हजार घुस लिँदा लिँदै गरेको अवस्थामा आयोगको टोलीले..

    वर्तमान सरकारप्रति कमल थापाको असन्तुष्टि : भन्छन् 'सरकार तामझाममै मस्त भयो'

    शुक्रबार, मंसिर २८, २०७५ साल
    सुर्खेत, २८ मंसिर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले वर्तमान सरकारको कामबारे टिप्पणी गरेका छन् । वर्तमान सरकार काम जनअपेक्षाअनुसार नभएको भन्दै उनले दुःखेसो पोखेका छन् । सुर्खेतमा पार्टी कार्यकर्तालाई प्रशिक्षण दिंदै उनले भने, ‘जतिबेला चुनाव थियो त्यतिबेला वर्तमान सरकारमा रहेको पार्टीले राष्ट्रियताका राम्रै मुद्दा उठाएका थियो, त्यसकारण पनि जनताले बहुमत प्रदान गरे ।’ तर जनताले जुन एजेण्डाका आधारमा..

    ६ महिनापछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी बस्दै, यस्ता छन् अजेन्डाहरु ...

    शुक्रबार, मंसिर २८, २०७५ साल
    काठमाडौँ, २८ मङ्सिर सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक ६ महिनापछि बस्दैछ । झन्डै आधा दर्जन पटक मिति सारिएको स्थायी कमिटी बैठक मंसिर २९ गते शनिबारका लागि तय भएको हो । स्थायी कमिटी बैठकको पूर्व तयारी र कार्यसूचीका बारेमा पार्टी सचिवालयको बैठकमै घनिभूत छलफल नभएको र सचिवालयकै अजेन्डा मुल्तवीमा रहेकाले स्थायी कमिटीको बैठकमा पर्याप्त छलफल हुने वातावरण नहुने जिकिर..

    नेपाल इञ्जिनियर्स एशोसिएसन नयाँ नेतृत्व खोज्दै, निर्वाचन आज देशभर, साँझबाट मतगणना शुरु

    शुक्रबार, मंसिर २८, २०७५ साल
    काठमाडौँ, २८ मङ्सिर  नेपाल इञ्जिनियर्स एशोसिएसनको नयाँ नेतृत्वका लागि ३२औ कार्यकारिणी समितिको निर्वाचनको शुक्रबार हुँदैछ । निर्वाचनमा प्रगतिशील र प्रजातान्त्रिक इञ्जिनीयर समूहका दुई समूह प्रतिस्पर्धामा रहेका छन् ।  अध्यक्षमा प्रगतिशीलबाट प्रा डा त्रिरत्न बज्राचार्य र प्रजातान्त्रिकबाटतर्फ हीरण्यमान प्रधानबीच प्रतिस्पर्धा हुँदैछ । निर्वाचनमा देशभरि १४ स्थानमा मतदान हुँदैछ । बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म मतदानको समय तोकिएको छ ।  केन्द्र कार्यकारिणी र सातवटै..

    कांग्रेस महासमिति बैठक : देउवा, पौडेल र कोइरालाको आ-आफ्नै प्रस्ताव, ५ दस्तावेज प्रस्तुत हुने

    शुक्रबार, मंसिर २८, २०७५ साल
    काठमाडौँ, २८  मङ्सिर ।  प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले सङ्घीयताअनुसार पार्टीको विधानलाई परिमार्जन गर्न बोलाएको महासमिति बैठक शुक्रबारदेखि शुरु भएको छ ।  महासमिति बैठकका लागि अधिकांश प्रतिनिधि काठमाडौँ आइसकेका पार्टी कार्यालयले जनाएको छ । महासमिति सदस्यलाई केन्द्रीय कार्यालयमा शुक्रबार अपरान्ह २ देखि ५ बजेसम्म नाम दर्ता एवं स्वागत गरिने काङ्ग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । महासमिति बैठक यही मङ्सिर २८ देखि पुस..

    महानगरपालिकाले आवश्यक कर्मचारी अझै टुङ्गो लगाएन, सेवाग्राही र कर्मचारी दुवै हैरान

    शुक्रबार, मंसिर २८, २०७५ साल
    ललितपुर, २८ मङ्सिर  ललितपुर महानगरपालिकाले आफूलाई कति कर्मचारी आवश्यक पर्छ भन्ने निर्णय अझै गर्न सकेको छैन । कर्मचारीको संरचना बन्न नसक्दा यहाँ कति कर्मचारी चाहिने भन्ने टुङ्गो लाग्न नसकेको हो । उपमहानगरपालिकाका कर्मचारी र अहिले जिल्लाका विषयगत कार्यालयबाट आएका कर्मचारी कार्यरत छन् ।  नेपाल सरकारका कर्मचारी समायोजन नभएकाले महानगरलाई कति कर्मचारी आवश्यक पर्छ भनेर तय हुन नसकेको प्रवक्ता राजु महर्जनले बताए ।..

    सबैलाई पायक पर्ने भएपछि बागलुङ नगरपालिकाको कार्यालय बजारमा सर्यो, भनेजस्तै भएपछि वडाध्यक्षहरु दंग !

    शुक्रबार, मंसिर २८, २०७५ साल
    बलेवा, २८ मङ्सिर : वडाध्यक्षहरुले सामूहिक ज्ञापनपत्र बुझाएको तीन महीनापछि बागलुङ नगरपालिकाको कार्यालय बजारमा सरेको छ । नगरप्रमुखकै नेतृत्वको टोलीले बिहीबार तत्कालीन महिला तथा बालबालिका कार्यालयमा नगरपालिकाको तीन शाखा स्थापना पनि गरेको छ । यो कार्यालयमा उपप्रमुखको नेतृत्वमा रहने न्यायिक समिति तथा महिला तथा बालबालिका एकाइ र अल्पकालीन महिला सेवा केन्द्र स्थापना गरिएको छ । हाल उक्त कार्यालय खाली थियो ।   सर्वसाधारणका लागि..

    सरकारद्वारा साना किसानको ऋण मिनाहा : द्रुतमार्गमा परेका १०१ लाई क्षतिपूर्ति

    बिहिवार, मंसिर २७, २०७५ साल
    काठमाडौँ, २७ मङ्सिर  सरकारले तत्कालीन साझा सहकारी संस्थाबाट साना किसानले लिएको ऋण मिनाहा गरेको छ ।  कृषि विकास बैंकमा ती ऋणको व्याज मात्र रु एक अर्बमाथि पुगेको छ । यसबाट विभिन्न जिल्लाका ६५० भन्दा बढी परिवार लाभान्वित हुने बताइएको छ । मन्त्रिपरिषद्को यही मङ्सिर २४ गते बसेको बैठकले सो निर्णय गरेको नेपाल सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले बिहिबार यहाँ आयोजित नियमित पत्रकार सम्मेलनमा..

    काङ्ग्रेस महासमिति बैठकको तयारी पूरा, १ हजार ६ सय प्रतिनिधि सहभागी हुने

    शुक्रबार, मंसिर २८, २०७५ साल
    काठमाडौँ, २७ मङ्सिर  नेपाली काङ्ग्रेसले पार्टीको महासमिति बैठकको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।  काङ्ग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बिहिबार पत्रकार सम्मेलन गरी महासमिति बैठकका लागि अधिकांश प्रतिनिधि काठमाडौँ आइसकेको जानकारी दिए । काङ्ग्रेसले सङ्घीयताअनुसार पार्टीको विधानलाई परिमार्जन गर्न यही मङ्सिर २८ देखि पुस ३ गतेसम्म महासमिति बैठक बोलाएको हो ।  प्रवक्ता शर्माका अनुसार महासमिति बैठकमा एक हजार ६०० प्रतिनिधि सहभागी हुनेछन् ।..

    नेपाल–चीन परामर्श संयन्त्र बैठक सम्पन्न, रेल र राष्ट्रपति सी चिनफिङको भ्रमण चर्चा

    बिहिवार, मंसिर २७, २०७५ साल
    काठमाडौँ, २७ मङ्सिर  नेपाल–चीन द्विपक्षीय परामर्श संयन्त्रको १२औँ बैठक चीनको राजधानी बेइजिङमा बिहिबार सम्पन्न भएको छ ।  सचिवस्तरीय संयन्त्रको उक्त बैठकमा नेपालको प्रतिनिधित्व परराष्ट्र सचिव शङ्करदास बैरागी र उनका चिनियाँ समकक्षी कोङ हुनयूले गरेका थिए ।  बेइजिङस्थित नेपाली दूतावासका मिनिष्टर काउन्सिलर हरिश्चन्द्र घिमिरेका अनुसार विशेष गरेर प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका बेला भएको चिनियाँ रेललाई नेपालसम्म लैजाने सम्झौता, दुई देशबीचको सडक सञ्जाल,..

    कांग्रेसमाथि पूर्वराष्ट्रपतिको असन्तुष्टि : 'कांग्रेस किन तराई मधेसका जनताबाट टाढिँदै गएको छ ?'

    बिहिवार, मंसिर २७, २०७५ साल
    काठमाडौं, २७ मंसिर पूर्वराष्ट्रपति डा. रामवरण यादवले कांग्रेस तराई मधेसका जनताबाट टाढिँदै गएको टिप्पणी गरेका छन् । राष्ट्रपति भएका दिनदेखि नै आफूले कांग्रेस छाडेको तर, कांग्रेसको ट्रेनिङ पाएकाले आफूमा प्रभाव रहेको बताए । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलद्वारा लिखित ‘नेपाली कांग्रेस र समाजवाद पुनर्निर्माणको मार्ग चित्र’ नामक पुस्तकको बिहीबार विमोचन गर्दै यादवले कांग्रेसले तराई मधेसका कार्यकतालाई पनि बिर्सदै गएको गुनासो गरे । उनले..

    राजपाले समर्थन फिर्ता लिने बताइरहँदा प्रचण्डले बोले - संविधान संसोधन गरेरै अघि बढ्ने हो

    बिहिवार, मंसिर २७, २०७५ साल
    काठमाडौँ, २७ मङ्सिर  सत्तारुढ राष्ट्रिय जनता पार्र्टी, नेपालले तत्काल संविधान संधोधन नभए सरकारलाई दिएको समर्थन फिर्ता लिने बताइरहेका बेला अध्यक्ष पुष्पकमल दाहालले संविधान संशोधन गर्दै अघि बढने प्रतिवद्धता व्यक्त गरेका छन् । बिहिबार काठमाडौँमा आयोजित ‘मुक्तिक डगर’ नामक पत्रिकाको बिमोचन गर्दै अध्यक्ष दाहालले उत्पीडित समूदाय र शहीदहरुको सपना पूरा गर्ने दिशामा शान्तिपूर्ण ढंगले संघर्ष गर्दै अघि बढन पनि सम्बन्धित पक्षलाई आह्वान गरे..

    २७ वर्षपछि ‘पूर्णकालीन प्रधानन्यायाधीश’ ! ‘बर्थ डे’कै दिन चोलेन्द्र शमशेर जबरा प्रधानन्यायाधीश सिफारिस

    बिहिवार, मंसिर २७, २०७५ साल
    काठमाडौं, २७ मङ्सिर  संवैधानिक परिषद् बैठकले प्रधानन्यायाधीशमा चोलेन्द्र शमशेर जबराको नाम सिफारिस गरेको छ । संवैधानिक परिषदको बिहीबार बिहान बसेको बैठकले तेस्रो बरियताका न्यायाधीश जबरालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको छ । २०१४ मंसिर २८ गते जन्मिएका जबरा २०७१ जेठ १३ देखि सर्वोच्च अदालतमा न्यायाधीश छन् ।  संवैधानिक परिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश ओमप्रकाश मिश्र, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना,..

    कता जाँदै छ नेपाल ? विवादास्पद संस्था युपीएफलाई नेपालमा प्रतिबन्ध लगाउन नेता गगन थापाको माग

    बिहिवार, मंसिर २७, २०७५ साल
    काठमाडौं, २७ मंसिर ।  नेपाली कांग्रेसका नेता गगन थापाले युनिभर्सल पिस फेडरेसन (यूपीएफ) ले काठमाडौंमा आयोजना गरेको एसिया प्यासिफिक समिटको भिडियोले भ्रम सिर्जना गराएको भन्दै आक्रोस पोखेका छन् । साथै उनले फेडरेसनलाई नेपालमा प्रतिबन्ध लगाउन समेत माग गरेका छन् । नेपाल सरकारलार्इ ‘सह-अायाेजक’ बनाएर गरेकाे विवादास्पद एसिया प्यासिफिक समिटबारे अाफ्नाे धारणा राख्दै थापाले आक्रोश व्यक्त गरेका हुन् । फेडेरशनले हालै सार्वजनिक गरेको एक..

    जनकपुरमा ५ घण्टा बढी बिताएर लखनऊ फर्किए योगी, भ्रमण सांस्कृतिक कि राजनीतिक ?

    बुधबार, मंसिर २६, २०७५ साल
    जनकपुरधाम, २६ मङ्सिर ऐतिहासिक एवम् सांस्कृतिक महत्व बोकेको राम–जानकी विवाह पञ्चमीको अवसरमा विशेष अतिथि बनेर जनकपुरधाम आएका भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले आफू यो यात्राले धन्य भएको उल्लेख गरेका छन् । राम–जानकी मन्दिरमा विशेष पूजा गरेपछि आगन्तुक पुस्तिकामा योगी आदित्यनाथले लेखेका छन्, ‘विवाह पञ्चमीको पावन अवसरमा जनकपुरधाममा पूजा–अर्चना गर्न र विदेशराज महाराज जनकको भूमिको यात्राको अवसर प्राप्त भएकोमा धन्य भएको छु..

    प्रदेश ३ को राजधानी हेटौंडा रहने मुख्यमन्त्री डोरमणि पौडेलको भनाई

    बुधबार, मंसिर २६, २०७५ साल
    काठमाडौँ, २६ मङ्सिर प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश राजधानी हेटौंडाबाट नसारिने दावी गरेका छन् । बुधबार रिपोर्टस क्लबमा आयोजित साक्षात्कारमा उनले राजधानी तलमाथि गरेमा भौतिक संरचना तयार पार्नमै समय खेर जाने भन्दै हेटौंडा नै कायम गरिने बताएका हुन् । मुख्यमन्त्री पौडेलले आगामी पुसभित्रै प्रदेशको नामाकरण गर्ने दाबी पनि गरेका छन् । ‘आउने पुसभित्रै प्रदेश ३ को नामाकरण गर्छौं । तर अहिले..

    गोदामचौर बलात्कार घटनाका दुई अभियुक्त फेरि पक्राउ, के थियो घटना ?

    बुधबार, मंसिर २६, २०७५ साल
    काठमाडौँ, २६ मङ्सिर गत वर्षको मंसिर २ गते भएको ललितपुर गोदामचौरको सामूहिक बलात्कार घटनाका फरार तीनमध्ये दुई अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाले ललितपुर गोदावरी नगरपालिका–१ गोदामचौरका २१ वर्षीय विशालध्वज कार्की र पवन कुँवरलाई बुधबार गोदावरीबाटै पक्राउ गरेको हो। महाशाखा प्रमुख एसएसपी धीरजप्रताप सिंहले उनीहरू दुबैलाई गोदावरीस्थित एक होटलमा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको बताए। सामूहिक बलात्कार घटनाका अर्का अभियुक्त रघु..

    जानकी मन्दिरको पुस्तिकामा योगी आदित्यनाथले के लेखे ? (पूर्णपाठ सहित)

    बुधबार, मंसिर २६, २०७५ साल
    काठमाडौँ, २६ मङ्सिर ऐतिहासिक एवम् सांस्कृतिक महत्व बोकेको राम–जानकी विवाह पञ्चमीको अवसरमा विशेष अतिथि बनेर जनकपुरधाम आएका भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले आफू यो यात्राले धन्य भएको उल्लेख गरेका छन् । राम–जानकी मन्दिरमा विशेष पूजा गरेपछि आगन्तुक पुस्तिकामा योगी आदित्यनाथले लेखेका छन्, ‘विवाह पञ्चमीको पावन अवसरमा जनकपुरधाममा पूजा–अर्चना गर्न र विदेशराज महाराज जनकको भूमिको यात्राको अवसर प्राप्त भएकोमा धन्य भएको छु..

    उत्तर प्रदेशका मुख्यमन्त्री योगीको भब्य सम्मान, ब्यञ्जन देखि स्वागतसम्मको जानकारी (फोटोसहित)

    बुधबार, मंसिर २६, २०७५ साल
    जनकपुरधाम, २६ मङ्सिर  सीताराम विवाह महोत्सवअन्तर्गत अयोध्याबाट जन्तीमा आएका भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई प्रदेश नं २ सरकारले बुधबार यहाँ सम्मान गरेको छ ।  मधेश भवनमा आयोजित सम्मान समारोहमा प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले उत्तर प्रदेशका मुख्यमन्त्री योगीलाई स्वागत गर्दै अभिनन्दन पत्र प्रदान गरेका थिए । मुख्यमन्त्री राउतले अभिनन्दन पत्रमा नेपाल भारतको धार्मिक, सांस्कृतिक विशिष्टता अनुकरणीय रहेको चर्चा गर्दै..

    काँग्रेस महासमिति बैठक : विधानमा अझै जुटेन सहमति, खानेबस्ने खर्च पनि व्यक्ति स्वयमले बेहोर्नुपर्ने

    बुधबार, मंसिर २६, २०७५ साल
    काठमाडौँ, २६ मङ्सिर नेपाली काँग्रेसको मंसिर २८ गतेबाट सुरु हुने महासमिति बैठकको तयारी लगभग पूरा भएको सो पार्टीले जनाएको छ । १४ सयभन्दा बढी सदस्यहरु सहभागी हुने बैठकले काँग्रेसको प्रस्तावित विधान अनुमोदन गर्नेछ ।   संघीय संरचनाअनुसार काँग्रेसको कार्यसमिति नभएकाले बैठकमा विगतकै निर्वाचन प्रणालीअनुसार महासमिति सदस्यहरु सहभागी हुने काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।  दुई सय ४० निर्वाचन क्षेत्रबाट महासमिति सदस्य छनोट भएको र..

    अनियमितता भएकाे आशंकामा वाइडबडी खरिदको छानबिन गर्न लेखाले बनायो उपसमिति

    बुधबार, मंसिर २६, २०७५ साल
    काठमाडौं, २६ मंसिर  वाइडबडी जहाज खरिदको छानविन गर्न सर्वजनिकले उप-समिति गठन गरेको छ । बुधबार बसेको समिति बैठकले सांसद राजन केसीको संयोजकत्वमा सात सदस्यको उप-समिति गठन गरेको हो। यसअघि वाइडबडी खरिदबारे छानबिन गर्न संसदकै अन्तर्राष्ट्रिय सम्बन्ध समितिले नेपाली कांग्रेसका सा‌ंसद प्रकाशमान सिंहको संयोजकत्वमा उपसमिति गठन गरेको थियो । नेपाल वायुसेवा निगमले वाइडबडी विमान खरिद गर्दा अनियमितता भएकाे आशंकामा संसदीय समितिले यसअघि स‌ंस्कृति, पर्यटन..

    गाउँपालिकाका अध्यक्षमाथि कुटपिट, टाउकोमा गम्भीर चोट, प्रहरीद्वारा ७ जना पक्राउ

    बुधबार, मंसिर २६, २०७५ साल
    रुकुम पश्चिम, २६ मङ्सिर  मदिरा सेवन गरेको समूहले रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाका अध्यक्ष धर्मबहादुर केसीमाथि कुटपिट गरेका छन् । बाँफिकोट गाउँपालिका–४ स्थित घरमा सुतिरहेको अवस्थामा अध्यक्ष केसीमाथि मङ्गलबार राति कुटपिट भएको हो ।  सो समूहले ढुङ्गा प्रहार गर्दा अध्यक्ष केसीको टाउकोमा गम्भीर चोट लागेको छ । सो समूहले अध्यक्ष केसीको घरमा समेत तोडफोड गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुमित खड्काले..

    सभापति देउवा अनुपस्थित हुँदा आज पनि हुन सकेन प्रधानन्यायाधीशको सिफारिस

    बुधबार, मंसिर २६, २०७५ साल
    काठमाडौं, २६ मंसिर  प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्न प्रमुख प्रतिपक्षी दलका नेता एवम् कांग्रेस सभापति शेरबहादुर देउवा सहभागी नभएपछि संवैधानिक परिषदले बुधबार पनि प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्न सकेन । संवैधानिक परिषदमा प्रमुख प्रतिपक्षी दलको नेता पनि सदस्य हुन्छन् । यद्यपि अघिल्ला बैठकहरुमा पनि देउवा अनुपस्थित हुँदै आएका छन् । प्रधानन्यायाधीश सिफारिस आजै गर्ने भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार निवासमा बिहान परिषद बैठक बोलाएका..

    परिवर्तनको प्रक्रियालाई सञ्चारमाध्यमले आत्मसात् गर्नुपर्छ : अध्यक्ष दाहाल

    मंगलवार, मंसिर २५, २०७५ साल
    काठमाडौँ, २५ मङ्सिर  नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतालाई सही र तथ्यपूर्ण सूचना दिने दायित्वलाई आत्मसात् गर्दै अगाडि बढ्न सञ्चारमाध्यमलाई आग्रह गरेका छन् ।  जनता प्रसारण तथा प्रकाशन लिमिटेडको चौथो वार्षिकोत्सवलाई मंगलबार यहाँ सम्बोधन गर्नुहुँदै उहाँले जनपक्षीय सञ्चारमाध्यमलाई व्यवस्थित बनाएर नागरिकलाई यथार्थ सूचना दिने परिपाटीको विकास गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “जनपक्षीय सञ्चारमाध्यमलाई व्यावसायिक बनाउँदा जनपक्षीय छुट्ने र..

    काङ्ग्रेसको राजनीतिक प्रस्ताव : ‘लोकतान्त्रिक पद्धतिबाट समाजवादी अर्थव्यवस्था स्थापना’

    मंगलवार, मंसिर २५, २०७५ साल
    काठमाडौँ, २५ मङ्सिर  प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले समाजवाद र प्रजातन्त्रको सुदृढ गठबन्धनबाट नै सच्चा समाजवादी समाजको निर्माण गर्ने राजनीतिक दृष्टिकोण तय गरेको छ ।  काङ्ग्रेसले पार्टीको महासमिति बैठकमा पेश गर्न तयार गरेको राजनीतिक प्रस्तावमा शान्तिपूर्ण र लोकतान्त्रिक उपायबाट समाजवादको स्थापना गर्न चाहेको जनाएको छ ।  राजनीतिक प्रस्ताव मस्यौदा समितिका संयोजक एवं पार्टीका उपसभापति विमलेन्द्र निधिले उक्त प्रस्ताव पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा आज..

    शेयर लगानीकर्ता निरुत्साहित हुनपर्दैन, अहिले बच्चाको दाँत निस्कदा ज्वरो आएको अवस्था हो : अर्थमन्त्री

    मंगलवार, मंसिर २५, २०७५ साल
    काठमाडौँ, २५ मङ्सिर  अर्थमन्त्री डा युवराज खतिवडाले मुलुकको अर्थतन्त्रका आम सूचक सकारात्मक रहेकाले शेयर लगानीकर्ता निरुत्साहित हुनुपर्ने अवस्था नरहेको बताएका छन् ।  प्रतिनिधिसभा, अर्थ समितिको मंगलबारको बैठकमा उनले राष्ट्रिय पूँजी निर्माणको आधार शेयरबजारलाई बनाउनुपर्छ भन्ने आफ्नो मान्यता रहेको उल्लेख गरे । उनले भने, “पूँजी बजारमा देखिएको उतारचढावप्रति सरकार सजग छ, शेयर बजारलाई पारदर्शी, स्वस्थ्य र चिर स्थायी बनाउनका लागि सरकारले कदम चालेको..
    Weather Forecast