शनिबार, भाद्र ७, २०७६

    राज्य-समाज

    पर्सामा प्रहरी र तस्करबीच झडप, ४ सुरक्षाकर्मी घाइते, खोसिएको हतियार खेतमा भेटियो

    मंगलवार, पौष ३, २०७५ साल
    काठमाडौँ, ३ पुस   पर्साको जगन्नाथपुर गाउँपालिका–१, पाँडेपुरमा प्रहरी र तस्करबीच झडप भएको छ । बिहान तेल तस्करी गर्ने गिरोहको आक्रमणबाट चार जना प्रहरी घाइते भएका छन् । नेपालबाट भारतमा डिजेल,पेट्रोल तस्करी गर्ने गिरोहको आक्रमणबाट दुईजना प्रहरी सहायक निरीक्षकसहित चार घाइते भएका हुन् । तस्करको आक्रमणबाट घाइते हुनेहरुमा प्रहरी चौकी पाडेपुरका प्रहरी सहायक निरीक्षक विष्णुदेव यादव , प्रहरी हवल्दार प्रेम थापा, प्रहरी जवान अर्जुन..

    रहेनन् पूर्वप्रधानमन्त्री डा‍‍. तुलसी गिरी, कलेजोको क्यान्सरका बिरामी उनी ९३ वर्षमा अस्ताए

    मंगलवार, पौष ३, २०७५ साल
    काठमाडौं, पौष ३ । पूर्व प्रधानमन्त्री तथा मन्त्रिपरिषद् उपाध्यक्ष डा‍‍. तुलसी गिरीको आज निधन भएको छ। मंगलबार बिहान बुढानीलकण्ठस्थित आफ्नै निवासमा ९३ वर्षको उमेरमा नेता गिरीको निधन भएको परिवारले जनाएको हो ।  कलेजोको क्यान्सरका बिरामी उनी दुई दिनअघि मात्रै भैसेपाटीस्थित मेडिसिटी अस्पतालबाट डिस्चार्जु भएका थिए। उनको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि म‌ंगलबार निवासमै राखिने र बुधबार पशुपतिमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ। ..

    नेकपा कर्णाली प्रदेश संसदीय दलको नेतामा मुख्यमन्त्री महेन्द्रबहादुर शाही 'सर्वसम्मत' चयन

    मंगलवार, पौष ३, २०७५ साल
    सुर्खेत, ३ पुस : नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० कर्णाली प्रदेश संसदीय दलको नेतामा कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाही चयन हुनुभएको छ ।  सोमबार प्रदेश राजधानी सुर्खेतमा बसेको नेकपा संसदीय दलको बैठकबाट मुख्यमन्त्री शाही संसदीय दलको नेतामा सर्वसम्मत चयन हुनुभएको हो । नेकपा कर्णाली प्रदेश सह इञ्चार्ज तथा प्रदेशसभा सदस्य यामलाल कँडेल, अध्यक्ष गोरखबहादुर बोगटी र सचिव मायाप्रसाद आचार्यसहित बसेको बैठकले शाहीलाई..

    निर्मला हत्यासम्बन्धी प्रतिवेदन प्रहरी महानिरीक्षक खनाललाई हस्तान्तरण

    सोमबार, पौष २, २०७५ साल
    काठमाडौँ, २ पुस  कञ्चनपुरकी निर्मला पन्तको घटना अनुसन्धानमा संलग्न प्रहरी कर्मचारीको भूमिकाउपर छानबिन गर्न गठित समितिले सोमबार प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई अध्ययन प्रतिवेदन बुझाएको छ ।  प्रहरी अतिरिक्त महानिरीक्षक धीरु बस्न्यातको संयोजकत्वमा गठित समितिले सोमबार प्रतिवेदन बुझाएको प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले जानकारी दिए । प्रतिवेदनको आवश्यक अध्ययनपछि थप कारवाही प्रक्रिया अगाडि बढाइने प्रहरीले जनाएको छ ।  भीमदत्त नगरपालिका–२ की १३ वर्षीया..

    इटालियन ठेकदारद्वारा मेलम्ची छोडेको घोषणा, सरकारले पत्र बुझेन, धरौटी रकम रोक्का गर्न बैंकलाई पत्राचार

    मंगलवार, पौष ३, २०७५ साल
    काठमाडौं, २ पुस  इटालियन ठेकदार कम्पनी सीएमसीले निर्माणाधीन मेलम्ची खानेपानी आयोजना छाडेको घोषणा गरेको छ । तर, सरकारले भने उसको पत्र बुझ्न अस्वीकार गरेको छ । मेलम्ची खानेपानी आयोजना निर्माणको ठेक्का लिएको इटालियन कम्पनी सिएमसीको अढाइ अर्ब रूपैयाँ धरौटी रोक्का राख्न बैंकमा पत्राचार गरिएको छ । मेलम्ची खानेपानी विकास समितिले सोमबार सिएमसीको अढाइ अर्ब धरौटी रोक्का गर्न स्ट्यान्डर्ड चार्ट बैंकमा पत्राचार गरेको हो । टाट..

    देउवा र पौडेलको ‘मेरो गोरुको बाह्रै टक्का’ शैली ! विधानको मस्यौदामा सहमति जुटेन, चर्कियो विवाद

    सोमबार, पौष २, २०७५ साल
    काठमाडौँ, पुस २   नेपाली कांग्रेसको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सोमबार बिहानदेखि भएको छलफलमा विधानको मस्यौदामा सहमति नजुटेपछि महासमितिमै छलफल गरेर टुंग्याउने निष्कर्ष निकाल्दै नेताहरु बाहिरीएका छन् । हिजो भएको दुवै पक्षका नेताहरु सम्मिलित बैठकमा ८ पदाधिकारी राख्ने सहमति जुटे पनि त्यसको निर्वाचन पद्धति कस्तो हुने भन्ने विवाद भने टुंगिएको छैन । सोमबार नै पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच..

    सत्तारुढ नेकपाकै नेताहरूले लगाए सरकार एकलौटी ढंगले चलेको आरोप, ओली-प्रचण्ड निशब्द !!

    सोमबार, पौष २, २०७५ साल
    काठमाडौँ, २ पुस नेकपाको स्थायी कमिटी बैठक आजका लागि सकिएको छ। बैठक गत शुक्रबारदेखि सुरु भएको हो। बैठकमा आज १० जना नेताले आफ्नो धारणा राखेका छन्।  अध्यक्ष द्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको प्रतिवेदनमा नेताहरूले आफ्नो धारणा राखिरहेका छन्। बैठकमा अध्यक्षद्वय तथा अर्का नेता वामदेव गौतमले राखेको प्रतिवेदनका विषयमा पनि छलफल हुँदै छ। बैठकमा नेता वामदेव गौतम, अष्टलक्ष्मी शाक्य, युवराज..

    समावेशी विकासले आर्थिक तथा सामाजिक समृद्धि हासिल गर्न सकिन्छः उपराष्ट्रपति

    सोमबार, पौष २, २०७५ साल
    काठमाडौँ, २ पुस संविधानप्रदत्त महिला अधिकारलाई व्यावहारिक रुपमा कार्यान्वयन गर्न सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिइएको छ ।  राजनीतिक नेतृत्वमा महिला सहभागिता वृद्धि भए पनि नीतिनिर्माण तहमा अझै महिला सहभागिता कम भएको गुनासो गर्दै आर्थिक समृद्धि हासिल गर्न समावेशी विकासलाई अगाडि बढाउनुपर्ने सुझाव पनि दिइएको छ । नेपाल मुस्लिम महिलाकल्याण समाज र विश्व मुस्लिम समुदाय परिषद्द्वारा संयुक्त रुपमा ‘नेपालको समावेशी विकासमा महिला..

    परियोजना अलपत्र पार्दै भाग्ने तरखर गरिरहेका मेलम्चीका इटालियन ठेकेदार समातिए ...

    सोमबार, पौष २, २०७५ साल
    काठमाडौँ, २ पुस मेलम्ची खानेपानी आयोजना निर्माणको ठेक्का लिएको इटालियन कम्पनी सिएमसी टाट पल्टिन लागेपछि यसका आठ कर्मचारीलाई प्रहरीले पक्राउ गरी खानेपानी मन्त्रालयको जिम्मा लगाएको छ। मेलम्ची आयोजना निर्माणका प्रोजेक्ट म्यानेजर क्रिश्चियानो ग्रेचोसहित आठ जनालाई आइतबार राति प्रहरीले ठमेलबाट समातेको हो। महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी बृत्त दरबारमार्ग संयुक्त टोलीले आइतबार राति साढे १० बजे ठमेलस्थित रोयल पेङ्गुइन होटलबाट उनीहरूलाई समातेको हो।  महाशाखा..

    गोविन्द केसी भर्सेस सरकार : डा. केसीले अनशन केहीदिन पर धकेले, सरकारको निर्णय कुर्दै

    सोमबार, पौष २, २०७५ साल
    काठमाडौँ, २ पुस डा केसीले दिएको समयसीमा सकिनु एक दिनअघि संसदको शिक्षा तथा स्वास्थ्य समितिकी सभापति जयपुरी घर्तीले सम्झौता अनुसारनै माग पूरा गर्ने प्रतिवद्धता जनाउँदै केही दिन कुर्न आग्रह गरेकी छिन् ।   केसीले घर्तीका सहयोगी डा. अभिशेष सिंहलाई फोन गरेर चिकित्सा शिक्षा विधेयकका लागि केही दिन दिन आग्रह गरेकी हुन् ।  केसी पनि आफ्नो माग सम्बोधन हुने हो भने केही दिन सरकारको निणर्य..

    पोखराको भ्रमणमा पूर्वराजा ज्ञानेन्द्र - स्वागतमा गणतन्त्रविरोधी नाराबाजी, राष्ट्रिय झण्डाको दुरुपयोग

    सोमबार, पौष २, २०७५ साल
    पोखरा, २ पुस ।  पूर्वराजा ज्ञानेन्द्र शाहले सोमबारदेखि पोखराको निजी भ्रमण गर्दैछन् । उनी एक साता यहाँ रहने कार्यक्रम छ । पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा उनका समर्थकहरुले सोमबार बिहान पोखरा विमानस्थलमा राष्ट्रिय झण्डा बोकेर गणतन्त्रविरोधी नारा लगाएका छन् । सयौंको संख्यामा विमानस्थल अगाडि भेला भएका उनीहरुले हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ भन्दै नारा लगाएका थिए । राजतन्त्रका समर्थकहरुले गणतन्त्रलाई फाँसी..

    काङ्ग्रेस विधान मस्यौदामा सहमतिको प्रयास, पदाधिकारी सङ्ख्या र चयन प्रक्रियाबारे बहस

    सोमबार, पौष २, २०७५ साल
    काठमाडौँ, २ पुस  नेपाली काङ्ग्रेसले पार्टीको विधान मस्यौदालाई पारित गर्न केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।  केन्द्रीय कार्यसमिति बैठक बस्ने भएपछि सोमबार बिहान शुरु भएको काङ्गे्रस महासमिति बैठक केही समयका लागि स्थगन गरिएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । काङ्ग्रेसले सङ्घीयताअनुसार पार्टीको विधानलाई परिमार्जन गर्न तयार गरेको विधान मस्यौदा प्रतिवेदनमा शीर्ष नेताबीच सहमतिको प्रयास जारी छ ।  केन्द्रीय कार्यसमिति बैठक बस्नुअघि काङ्ग्रेस..

    सरकारले अबको एक वर्षमै देशमा ठूलो परिवर्तन गरेर देखाउने : अध्यक्ष दाहाल

    सोमबार, पौष २, २०७५ साल
    रामपुर, २ पुस    नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको एक वर्षमै देशमा ठूलो परिवर्तन गर्ने बताउनुभएको छ ।  आइतबार पाल्पाको रामपुरमा कार्यकर्तासँगको भेटका क्रममा उहाँले नेपालमा भएका केही परिवर्तन विश्वमा नै उदाहरणीय भएको बताउनुभयो । विस्तृत शान्ति सम्झौता, संविधान निर्माण, नयाँ संविधान निर्माण अनुरुप तीन तहको निर्वाचन, तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता तथा दुई तिहाईको सरकार..

    अश्लील वेभसाइट थप ३ लाख बन्द गर्छाैँ, मन्त्री बाँस्कोटाले थपे - घुक्र्याएपछि आमा चाहिएजस्तै हो टेलिकम

    आईतवार, पौष १, २०७५ साल
    काभ्रेपलाञ्चोक, १ पुस  सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले अश्लील एवं यौनसम्बन्धित थप तीन लाख वेभसाइट बन्द गरिने बताएका छन् ।  बेथानचोक गाउँपालिका–२ गेल्दुङमा नेपाल टेलिकमले विस्तार गरेको ढुङ्खर्क टेलिफोन (पीएस्टिएन) एक्सचेन्जको आईतबार उद्घाटन गर्दै मन्त्री बाँस्कोटाले भने, “पच्चीस लाख अश्लील वेभसाइट बन्द गर्यौँ, क्रमैसँग अब यस्तै खालका थप तीन लाख वेभसाइट बन्द गर्दैछौँ ।” इन्टरनेटको पहुँचसँगै अश्लील वेभसाइटले विकृत मानसिकता पैदा..

    नेकपा (माओवादी केन्द्र) : निर्णय सार्वजनिक - विप्लब र वैद्यसँग पार्टी एकता र महाअधिवेशनको समय ‘फिक्स’

    आईतवार, पौष १, २०७५ साल
    काठमाडौँ, १ पुस  नेकपा (माओवादी केन्द्र) ले मङ्सिर २८ र २९ गते राजधानीमा बसेको सो पार्टीको केन्द्रीय समितिको बैठकको निर्णय सार्वजनिक गरेको छ ।  यहाँ आईतबार आयोजित पत्रकार सम्मेलनमा सो पार्टीले आगामी फागुन १ गते ‘जनयुद्ध’ दिवसका अवसरमा पार्टीको आठौँ महाधिवेशन सम्पन्न गर्ने जानकारी दिइयो । माघभित्र आठौँ महाधिवेशनको सम्पूर्ण तयारी पूरा गरिनेछ । पार्टी अध्यक्ष गोपाल किराँतीले ‘जनयुद्ध’को बाँकी कार्यभार पूरा..

    ४० जनाभन्दा बढी प्राविधिक टोलीद्वारा सुस्ताको गैंडा नियन्त्रणमा, सुरक्षितरूपमा चितवन ल्याइँदै

    आईतवार, पौष १, २०७५ साल
    चितवन, १ पुस । बर्खामा नारायणी नदीको बाढिले  बगाएर  भारत पुर्‍याएको एक गैंडा २ दिन देखि सुस्तावासीले सहयोगमा आइतबार साँझपख गैंडा प्राविधिक टोलीको नियन्त्रणमा आएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकाल र राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहा कार्यालयका प्रमुख रामकुमार अर्याल सहितको नेतृत्वमा ४० जनाभन्दा बढी प्राविधिक टोली गैंडा नियन्त्रणका लागि सुस्ता गएको थियो । पाँच बजे आसपासमा गैंडा नियन्त्रणमा आएको..

    राजधानीको सूनपाद्वारा सडक विस्तार, आजबाट डोजर लगाएर संरचना भत्काउन शुरु

    आईतवार, पौष १, २०७५ साल
    भक्तपुर, १ पुस  सडक विस्तारकार्यलाई महाअभियानको रूपमा लिएको सूर्यविनायक नगरपालिकाले सडक अतिक्रमण गरी निर्माण गरिएका संरचना भत्काउन शुरु गरेको छ ।  आईतबार भक्तपुरको सिर्जनानगर चोकबाट नगरपालिका जाने सडकको दायाँबायाँ रहेका सडक अतिक्रमण गरी बनाएका घरका पर्खाल एवं टहरा हटाउन शुरु गरेको हो ।  नगरपालिकाका प्रमुख वासुदेव थापा, वडा नं ५ का वडाध्यक्ष राजकुमार जोशी, सदस्य दीपक बिसुङ्खेलगायतको प्रत्यक्ष अनुगमनपछि सडक सिमाङ्कन गर्दै डोजर..

    कांग्रेसका सभापति देउवाले बनाए विनोद चौधरी र स्वर्णिम वाग्लेलाई महासमिति सदस्य

    आईतवार, पौष १, २०७५ साल
    काठमाडौं, १ पुस महासमिति बैठकमा सहभागी हुन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दश जना मनोनित गर्न पाउने कांग्रेसको विधानअनुसार राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षसमेत रहेका गोरखाका स्वर्णिम वाग्ले पनि महासमिति सदस्य मनोनित भएका छन् ।  त्यस्तै देउवाले सांसद विनोद चौधरीलाई पार्टीको महासमिति सदस्य मनोनित गरेका छन् । सभापति देउवाले पर्साका अनिलकुमार रुंगटा, सर्लाहीका शम्भुलाल श्रेष्ठ र दीपक अधिकारीलाई पनि मंसिर २८ गते महासमिति सदस्य..

    स्थानीय तहका कर्मचारीहरुले ‘कर्मचारी समायोजन अध्यादेश’को विरोधमा आन्दोलन घोषणा

    आईतवार, पौष १, २०७५ साल
    काठमाडौं, १ पुस ।  सरकारले प्रदेश र स्थानीय तहको कर्मचारी समायोजनाको नाममा निजामती कर्मचारीहरुलाई मात्रै प्रोत्साहन गर्ने काम गरेकोमा स्थानीय तहमा कार्यरत कर्मचारीहरुको आपत्ति छ । स्थानीय तहका कर्मचारीहरुले ‘कर्मचारी समायोजन अध्यादेश’को विरोधमा आन्दोलनको कार्यक्रम घोषणा गरेका छन् । स्थानीय तहमा कार्यरत कर्मचारीहरुआवद्ध स्थानीय तह कर्मचारी संघ, स्थानीय तह कर्मचारी युनियन, नेपाललगायतका संघ, संगठनहरुले कर्मचारी समायोजन अध्यादेश विधेयकले आफूहरुलाई विभेद गरेको उल्लेख गर्दै..

    इञ्जिनीयरिङ एशोसिएशन गण्डकीमा प्रगतिशील विजयी, यस्तो छ मत परिणाम र विजयीका नाम !

    आईतवार, पौष १, २०७५ साल
    पोखरा, १ पुस  इञ्जिनीयरिङ एशोसिएशन गण्डकीमा प्रोग्रेसिभ इञ्जिनीयर एशोसिएशन नेपाल (पिन)का उम्मेदवार विजयी भएको छन् । पोखरामा सम्पन्न अधिवेशनबाट नेकपा समर्पित इञ्जिनीयरिङहरुको एशोसिएशनको समूह निर्वाचित भएको हो ।  एशोसिएशनको अध्यक्षमा बाबुराम भण्डारी ५६४ मतसहित विजयी हुनु भयो भने उनका प्रतिद्वन्द्वी लोकतान्त्रिक समूहका राजेश भट्टराईले ४१५ मत प्राप्त गरेका थिए ।  त्यसैगरी उपसभापतिमा ध्रुवराज भट्टराई, सचिवमा दीपक थापा, सहसचिवमा विष्णुप्रसाद खनाल विजयी भए ।..

    नेकपाको स्थायी समिति बैठक : बामदेवको छुट्टै प्रतिवेदन, प्रचण्डलाई मात्र नेकपाको अध्यक्ष बनाउने प्रस्ताव

    आईतवार, पौष १, २०७५ साल
    काठमाडौँ, १ पुस नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समिति बैठकमा पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गरेका छन् । पार्टी कार्यालय धुम्बाराहीमा शुरु भएको बैठकमा अध्यक्षद्वयले २२ पेज लामो प्रतिबेदन पेश गरेका हुन्। नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रतिवेदनमा पार्टी र सरकारको समीक्षा, सांगठनिक एकीकरण र पार्टीको भावी कार्ययोजनाका विषय समेटिएको जानकारी दिए ।  सो प्रतिवेदनको अध्ययन..

    नेकपाका स्थायी कमिटी सदस्यहरू 'आगो', प्रधानमन्त्रीले सरकारको अकर्मण्यता ढाकछोप गरेको आरोप

    आईतवार, पौष १, २०७५ साल
    काठमाडौँ, १ पुस नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्यहरूले प्रधानमन्त्रीले राजनीतिक प्रतिवेदनमा सरकारको अकर्मण्यता ढाकछोप गरेको बताएका छन् । शनिबारबाट पार्टी मुख्यालयमा शुरू भएको स्थायी कमिटीको तेस्रो बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि टिप्पणी गर्दै सदस्यहरुले प्रधानमन्त्रीले गल्तीको ढाकछोप गरेको बताएका हुन् । पार्टी अध्यक्षद्वयले प्रस्तुत गरेको प्रतिवेदनमा सरकारको ९ महिने उपलब्धिलाई सात बुँदामा सविस्तार चर्चा गरिएको छ । “पार्टी अध्यक्ष केपी ओलीको कार्यशैलीकै..

    प्रचण्डतिर फर्केर ओलीले भने, ‘हामी दुई अध्यक्षबीचको एकता विश्वमै नमूना एकता हो, कसैले तोड्न सक्दैनन्’

    आईतवार, पौष १, २०७५ साल
    काठमाडौँ, १ पुस प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले दुई अध्यक्षबीच फाटो ल्याउन प्रतिक्रियावादीहरुले कोशिस गरिरहेको आरोप लगाएका छन् । देशलाई समृद्ध बनाउन गरिएको दुई अध्यक्षबीचको एकता कसैले पनि तोडन् नसक्ने उनको भनाई थियो । ओलीले असभ्य ढंगले प्रस्तुत हुने बुद्धिजीविहरुलाई आफूले सचेत गराउँदा पनि त्यसलाई अन्यथा प्रचार गरिएको भन्दै आपत्ति जनाए । तत्कालीन एमाले र माओवादी केन्द्रका कानुन..

    बाढीबाट भारत पुगेको गैंडा नेपाल छिर्यो, २ दिन देखि सुस्तवासीको घेरामा, निकुञ्ज टोलीले नियन्त्रणमा लिँदै

    आईतवार, पौष १, २०७५ साल
    नवलपरासी, १ पुस  बर्खामा नारायणी नदीको बाढिले  बगाएर  भारत पुर्‍याएको एक गैंडा २ दिन देखि सुस्तावासीले घेराबन्दि गरेर नियन्त्रणमा लिएका छन् ।  दुईदिनदेखि गैंडा घेराबन्दिमा पार्न खटिएका कारण स्थानीयले राम्रोसँग सुत्न पाएका छैनन् । यो बाहेक अन्य २ गैंडा पनि बाढीले बगार भारत पुर्‍याएको छ । ती २ गैंडा भारतीय जंगलमा नै रहेको र त्यहाँका सुरक्षाकर्मीले ल्याउन नदिएको निकुञ्जको भनाई छ । कहिले..

    काङ्ग्रेसको महासमिति बैठकको बन्द सत्र शुरु, विभिन्न प्रतिवेदन पेश, विचारका आधारमा पारित हुने

    आईतवार, पौष १, २०७५ साल
    काठमाडौँ, १ पुस  नेपाली काङ्ग्रेस महासमिति बैठकको बन्द सत्र बिहानदेखि शुरु भएको छ ।  बन्द सत्रमा महामन्त्री डा शशाङ्क कोइरालाले ‘साङ्गठनिक प्रतिवेदन’, कोषाध्यक्ष सीतादेवी यादवले पार्टीको ‘लेखा प्रतिवेदन’ र सहमहामन्त्री डा प्रकाशशरण महतले पार्टीको ‘आर्थिक प्रस्ताव’ पेश गरेका छन् । तीन वटै प्रस्तावमाथि आज छलफल हुनेछ ।  प्रतिवेदनमा छलफलपछि महासमिति सदस्यले राखेका विचारका आधारमा संशोधनसहित पारित हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले राससलाई जानकारी..

    प्रथम जननिर्वाचित सरकार अपदस्थ भएको दिन : पुस १ लाई कालो दिवसका रुपमा मनाइँदै

    आईतवार, पौष १, २०७५ साल
    काठमाडौँ, १ पुस : प्रथम जननिर्वाचित सरकारलाई तत्कालीन शाही नेपाली सेनाको शक्तिको भरमा अपदस्थ गरिएको विरोधमा आजको दिनलाई कालो दिवसका रुपमा मनाइँदैछ ।  विसं २०१७ पुस १ गते पहिलो निर्वाचित प्रधानमन्त्री बिपी कोइराला लगायतका नेतालाई सेनाको बलमा बन्दी बनाई तत्कालीन राजा महेन्द्रले पञ्चायत शासन व्यवस्था शुरुवात गर्नुभएको थियो । नेपाल तरुण दलको कार्यक्रममा सहभागी भइरहनुभएका प्रधानमन्त्री बिपी लगायतका नेतालाई त्यहीँबाट गिरफ्तार गरी..

    नेपाल राष्ट्र बैंकका गभर्नर नेपाल भन्छन् - धनी बन्न विदेश जानै पर्दैन, घुस खानै पर्दैन

    शनिबार, मंसिर २९, २०७५ साल
    काठमाडौँ, २९ मङ्सिर  नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले धनी बन्न विदेश जानु नपर्ने र घुस पनि खानु नपर्ने बताउनुभएको छ ।  यहाँ शनिबार आयोजित ‘असल अर्थशास्त्र’ पुस्तक विमोचन कार्यक्रममा उनले भने, “देशभित्रै व्यापार व्यवसायका लागि प्रशस्त सम्भावना रहेकाले धनी बन्नका लागि विदेश जानै पर्दैन, घुस खानै पर्दैन ।”  गभर्नर डा नेपालले जागिरमा मात्रै ध्यान गएकाले नेपालीहरुमा उद्यमी बन्ने सोच अझै विकसित..

    कांग्रेसका वरिष्ठ नेता पौडेलले गच्छदारलाई खुसुक्क भने - धेरै नबोल्नु, 'म ३ घण्टा बोल्छु', पोखे दुखेसो ! [फोटोफिचर]

    शनिबार, मंसिर २९, २०७५ साल
    काठमाडौँ, २९ मङ्सिर ।  नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले आफूले बोल्न थालेपछि नेपाली कांग्रेसका सबै नेताहरु आतंकित हुने बताए । काठमाडौंमा जारी कांग्रेसको महासमिति बैठकमा बोल्दै नेता गच्छदारले आफू रहरले मात्र नभई कांग्रेसलाई बलियो बनाउन पार्टीमा फर्किएको उल्लेख गरे ।  उनले भने– ‘म ट्वाइलेट गएर आउँदै थिए, रामचन्द्र दाईले मलाई बोलाएर कानमा खुसुक्क बोलाएर विजय धेरै नबोल्नु भन्नुभयो । मैले बैठकमा बोल्न..

    नेकपा स्थायी कमिटी बैठक : अध्यक्षद्वयको राजनीतिक प्रतिवेदन पेश, नुवाकोटको दुर्घटनामा दुःख व्यक्त

    शनिबार, मंसिर २९, २०७५ साल
    काठमाडौँ, २९ मङ्सिर  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्तरुपमा राजनीतिक प्रतिवेदन पेश गर्नुभएको छ ।  पार्टी केन्द्रीय कार्यालय धूम्रबाराहीमा बसेको बैठकमा पार्टी अध्यक्षद्वयका तर्फबाट अध्यक्ष ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । आठ वटा उपखण्डमा आधारित रहेर तयार गरिएको प्रतिवेदनमा ऐतिहासिक पार्टी एकता, सङ्गठनात्मक एकीकरण, सरकार सञ्चालनका नौ..

    ३३ किलो सुन प्रकरण : भारतमा ३३ किलो सुनसहित २ नेपाली पक्राउ, समितिले थाल्यो अनुसन्धान

    शनिबार, मंसिर २९, २०७५ साल
    काठमाडौं, २९ मंसिर ।  चर्चित साढे ३३ किलो सुन तस्करी प्रकरणको अनुसन्धान गरिरहेको समितिले यो सूचना पाएपछि अनुसन्धान थालेको छ । भारतको कोलकातामा ३३ किलो सुनसहित दुई नेपाली पक्राउ परेको सूचना नेपालको सरकारी संयन्त्रले पाएको छ । स्रोतका अनुसार, शुक्रबार दिउँसो कोलकातामा सुनसहित दुई नेपाली नागरिक पक्राउ गरेको सूचना आएपछि समितिका अधिकारीहरु छलफलमा जुटेका हुन् । अधिकारीहरुका अनुसार पक्राउ पर्नेमा इटहरीका राकेशप्रसाद र हेमकुमार..
    Weather Forecast