बुधबार, कार्तिक ६, २०७६

    राज्य-समाज

    'सरकारका नीति तथा कार्यक्रम भाङ खाएर लेखेको हो ?'

    आईतवार, बैशाख २२, २०७६ साल
    काठमाडौँ, वैशाख २२ । प्रतिनिधिसभाको आईतबारको बैठकमा सरकारको नीति तथा कार्यक्रममा प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस, राष्ट्रिय जनता पार्टी नेपाल र सांसद प्रेम सुवालले संशोधन पेश गर्नुभएको छ ।  राजपाका नेता तथा सांसद राजेन्द्र महतोले सरकारको नीति तथा कार्यक्रममा आफ्नो संशोधन प्रस्तुत गर्दै 'सरकारले भाङ खाएर लेखेको हो ?' भनी प्रश्न गरेका छन् । उनले नीति तथा कार्यक्रममा संविधानमा कुनै पनि विमती नरहेको..

    सरकारमाथि जाईलागे देउवा - महङ्गीदेखि भ्रष्टाचारसम्मको आरोप

    आईतवार, बैशाख २२, २०७६ साल
    काठमाडौं, २२ बैशाख । सरकारको नीति तथा कार्यक्रममाथि संघीय संसदमा छलफल शुरु भएको छ ।   छलफलकै शुरुमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नीति तथा कार्यक्रममा समेटिन नसकिएको कुराहरूको ध्यानाकर्षण गराएका छन् । सभापति देउवाले सरकारले घोषणा गरेकै कामहरू नभएको भन्दै सरकारको आलोचनासमेत गरे ।   नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ आर्थिक वर्षका लागि सरकारले ल्याएको नीति तथा कार्यक्रमको चर्काे आलोचना..

    सरकारको नीति तथा कार्यक्रममा छलफल प्रारम्भ

    आईतवार, बैशाख २२, २०७६ साल
    काठमाडौँ, २२ वैशाख । सङ्घीय संसद्को प्रतिनिधिसभाको आईतबारको बैठकमा सरकारको नीति तथा कार्यक्रममा छलफल प्रारम्भ हुँदैछ । आईतबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले यही वैशाख २० गते शुक्रबार राष्ट्रपतिबाट सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गरिएको सम्बोधनमा उल्लिखित आर्थिक वर्ष २०७६-७७ का लागि नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गर्न प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । आईतबारको कार्यसूचीअनुसार नेपाल सरकारको वार्षिक..

    सरकारको नीति तथा कार्यक्रमप्रति नेकपाकै सांसद रुष्ट !

    आईतवार, बैशाख २२, २०७६ साल
    काठमाडौं, वैशाख २२ सरकारले संघीय सँसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रमप्रति सत्तारुढ दल नेकपाका सांसदहरुले असन्तुष्टि जनाएका छन् । नीति तथा कार्यक्रम अघि पर्याप्त छलफल नभएको भन्दै सांसदहरुले सरकारको आलोचना गरेका हुन् । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ह्वपि जारी गर्नु भन्दा छलफल गर्नुपर्ने माग अगाडि सारेका छन् । शनिवार बसेको नेकपा संसदीय दलको बैठकमा..

    प्रदेश ५ को नाम लुम्बिनी रहने पक्का, राजधानीलाई लिएर बहस जारी !

    आईतवार, बैशाख २२, २०७६ साल
    काठमाडौँ, २२ वैशाख प्रदेश नम्बर ५ को नाम लुम्बिनी रहने निश्चित जस्तै भएको छ। प्रदेश सभामा राजधानीको नाम र स्थायी राजधानी सिफारिस गर्न बनेको विशेष समिति मातहतको उपसमितिले मूल समितिलाई प्रदेशको नाम लुम्विनी राख्न उपयुक्त हुने सुझाव सहितको प्रतिवेदन दिएपछि अब प्रदेशको नाम लुम्विनी रहने निश्चित भएको हो। तर, स्थायी राजधानी कहाँ रहने भन्ने सिफारिस गर्न समेत अधिकार पाएको उक्त समितीले राजधानीको..

    प्रदेश ५ को नाम ‘लुम्बिनी’ राख्‍न सिफारिस, राजधानीका लागि बहस

    शनिबार, बैशाख २१, २०७६ साल
    बुटवल, २१ वैशाख  हिउँदे अधिवेशन सकिँदै गर्दा समितिले प्रदेशको नाम र राजधानीबारे अन्तिम टुंगो लगाएर प्रदेशसभामा पेश गर्ने तयारी गरेको छ ।  प्रदेश ५ को नाम लुम्बिनी र राजधानी रुपन्देही वा दाङमा बनाउने सुझाव दिइएको छ । प्रदेश सभामा राजधानी सिफारिश गर्न बनेको विशेष समिति मातहतको उपसमितिले मूल समितिलाई सुझाव सहितको प्रतिवेदन दिएको हो । शनिबार बसेको बैठकले १२ वटै जिल्लाबाट संकलन भएको..

    उपेन्द्र र बाबुरामको एकता : बन्ने भयाे ‘समाजवादी पार्टी नेपाल’

    शनिबार, बैशाख २१, २०७६ साल
    काठमाडौं, २१ वैशाख ।  सङ्घीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालबीच पार्टी एकीकरण हुने भएको छ । दुवै पार्टीबीच आज भएको छलफलले यही सोमबार (वैशाख २३ गते) एकीकरण घोषणा गर्ने समझदारी भएको हो ।   एकीकृत पार्टीको नाम समाजवादी पार्टी नेपाल राख्ने सहमति भएको छ । ‘केही समयदेखिको छलफल र विचार विमर्शपछि दुई पार्टीबीच एकीकरण गरेर समाजवादी पार्टी नेपाल निर्माण गर्ने..

    प्रधानमन्त्री भन्छन् - राष्ट्रपतिले ‘मेरो सरकार’ भन्नु अन्तर्राष्ट्रिय प्रचलन

    शनिबार, बैशाख २१, २०७६ साल
    काठमाडौं, २१ बैशाख । शुक्रबार संसदमा आगामी आर्थिक वर्ष २०७५/०७६ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दा राष्ट्रपति विद्यादेवी भण्डारीले ‘मेरो सरकार’ भन्ने शब्द पटक-पटक प्रयोग गरेकी थिइन् । राष्ट्रपति विद्यादेवी भण्डारीले ‘मेरो सरकार’ भनेर सम्बोधन गरेको भन्दै व्यापक आलोचना भएपछि त्यस विषयमा प्रधानमन्त्री केपी शर्माले ओलीले स्पष्टीकरण दिएका छन् । प्रधानमन्त्री ओलीले भने मैले मेरो देश भन्छु, तपाईँको अरुको होइन भनेको हो..

    स्वास्थ्यमा असर गर्ने वस्तुको आयातमा रोक लगाउने सरकारको निर्णय

    शनिबार, बैशाख २१, २०७६ साल
    काठमाडौं, २१ वैशाख सरकारले अनावस्यक विलासी र स्वास्थ्यमा असर गर्ने वस्तुको आयातमा रोक लगाउने भएको छ । त्यसका लागि नेपाली बजारमा उत्पादन हुने वस्तुको आयातमा कडाई गरिने भएको हो । सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा विद्युतिय सवारी साधनको प्रयोगमा प्रोत्साहन गर्ने उल्लेख गरेको छ । यसले विलाशी वस्तुको आयातमा अप्रतक्ष रुपमा कम गर्न सक्ने छ । मूल्य र मान्यतामा आधारीत व्यापार..

    नीति कार्यक्रममा आश्वासनबाहेक केही छैन : सभापति देउवा

    शनिबार, बैशाख २१, २०७६ साल
    काठमाडौँ, २० वैशाख  । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको नीति तथा कार्यक्रममा आश्वासनबाहेक केही नभएको भनी टिप्पणी गर्नुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आज प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०७६-७७ को नीति तथा कार्यक्रमबारे सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उहाँले नीति तथा कार्यक्रममा आश्वासनबाहेक केही पनि छैन भन्नुभयो ।  सभापति देउवाले भन्नुभयो, “धेरै कुरा अघिल्लो..

    नीति तथा कार्यक्रममा राष्ट्रपति भण्डारीले ‘मेरो सरकार’ भनेपछि...

    शुक्रबार, बैशाख २०, २०७६ साल
    काठमाडौँ, २० वैशाख । सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रयोग गरेका केही शब्दका कारण सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ । सामाजिक सञ्जालमा सरकार श्री ५ को सरकारबाट मेरो सरकारको बढुवा भएको टिप्पणी भइरहेको छ । राष्ट्रपतिले सम्बोधनको सुरुमै सभामुख र राष्ट्रिय सभाका अध्यक्षलाई ‘माननीय’ भनेकी थिइन् । ‘माननीय सभामुख, माननीय राष्ट्रियसभाका अध्यक्ष, माननीय सदस्यहरु’, राष्ट्रपतिले भनेकी थिइन्..

    एक वर्षभित्र सबै अतिक्रमित जमिन फिर्ता ल्याउने सरकारको दाबी

    शनिबार, बैशाख २१, २०७६ साल
    काठमाडौँ, २० वैशाख । सरकारले एक वर्षभित्र अतिक्रमित सार्वजनिक जग्गा सरकारको नाममा फिर्ता ल्याउने घोषणा गरेको छ । प्रधानमन्त्री र प्रधानन्यायाधीशको निवासकै जग्गा समेत व्यक्तिको नाममा गएको सार्वजनिक भइरहेका बेला सरकारले भने अतिक्रमित सार्वजनिक जग्गा एक वर्षभित्र सरकारको नाममा ल्याउने महत्वकाक्षी घोषणा गरेको छ । सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सार्वजनिक जग्गामाथिको सबै अतिक्रमण हटाइने पनि बताइन् । यस्तै जग्गा..

    प्रधानमन्त्री केपी शर्मा ओली आश्चर्यचकित र दुःखी

    शुक्रबार, बैशाख २०, २०७६ साल
    काठमाडौँ, २० वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो निर्वाचन क्षेत्रमा विकास आयोजना समावेश गर्न राष्ट्रिय योजना आयोगलाई निर्देशन नदिइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकारले स्पष्ट गर्नुभएको छ । प्रेस सल्लाहकार डा कुन्दन अर्यालले आज  वक्तव्य जारी गरी सञ्चारमाध्यम र सामाजिक सञ्जालमा उल्लेख गरिएझैँ प्रधानमन्त्रीले आफैँ अध्यक्ष रहेको आयोगलाई पत्र नपठाएको बताउनुभएको छ । “सांसद सम्पर्क कार्यालयमा सङ्कलन गरिएका आयोजनाहरुको सूची प्रधानमन्त्रीको निर्देशनबेगर निजी..

    प्रदेश ३ को नाम बाग्मती राख्ने तयारी, राजधानी हेटौंडा !

    शुक्रबार, बैशाख २०, २०७६ साल
    काठमाडौँ, २० वैशाख प्रदेश ३ को नाम बाग्मती राख्ने तयारी भएको छ। प्रदेश ३ मन्त्रिपरिषद्का एक सदस्यका अनुसार बाग्मती नाम राख्ने राजनीतिक सहमति जुटिसकेको छ। 'राजधानी हेटौंडा नै कायम गर्ने तयारी छ,' ती सदस्यले भने। स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेकपाका नेताहरुले हेटौंडा नै राजधानी राख्न प्रदेश ३ लाई सुझाव दिएका छन्। 'नाम राख्ने विषय अन्तिम चरणमा प्रवेश गरेको छ,' प्रदेश ३ का..

    राष्ट्रपति भण्डारीद्वारा आर्थिक वर्षको नीति कार्यक्रम प्रस्तुत

    शुक्रबार, बैशाख २०, २०७६ साल
    काठमाडौँ, २० वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आगामी आर्थिक वर्ष २०७६-०७७ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ ।   सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रयसभा)को शुक्रबारको संयुक्त बैठकमा उहाँले अपराह्न  १६ः१० मा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । राष्ट्रपतिले सङ्घीय संसद्को कुनै सदनको वा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न सक्ने संवैधानिक व्यवस्था रहेको छ ।   सरकारले निर्वाचनको समयमा जनतासामु कवल गरेअनुरुप..

    भरतपुर हुँदै राप्ति नदीसम्म पुगेको केरुङ्गा घोल व्यवस्थित गरिँदै

    शुक्रबार, बैशाख २०, २०७६ साल
    चितवन, २० वैशाख  ।  भरतपुर महानगरपालिका–११ हुँदै राप्ति नदीसम्म पुगेको केरुङ्गा घोललाई व्यवस्थित गरिने भएको छ । घोलको बीचभाग र दायाँवायाँ अतिक्रमण हुने क्रम बढेकाले घोललाई सिमाङ्कन गरी व्यवस्थित गर्ने प्रक्रिया अघि बढाइएको हो । भरतपुर महानगरपालिका–११ मा नारायणी लिफ्ट सिँचाइबाट शुरु भएको यस घोल वडा नं १२, ९, ८, ५, १२, १३, १४, १६, २२ र २३ हुँदै केरुङ्गा खोला..

    ‘कर्मचारीको गुनासोलाई यसै महीनामा सम्बोधन गरिने’

    शुक्रबार, बैशाख २०, २०७६ साल
    काठमाडौँ, २० वैशाख । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले समायोजन गरिएका कर्मचारीको गुनासोलाई यही महीनाभित्र सम्बोधन गर्ने बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालमा यहाँ शुक्रबार आयोजित साक्षात्कार कार्यक्रममा उहाँले यही महीनाभित्र गुनासो व्यवस्थापन समितिले समायोजन गरिएका कर्मचारीका सबै गुनासो सम्बोधन गर्ने बताउनुभयो ।  समायोजनमा केही समस्या आउँछ भनेर नै गुनासो व्यवस्थापन समिति गठन गरिएको भन्दै उहाँले जायज गुनासो मात्र सम्बोधन..

    ओलीमाथि विश्वप्रकाशको आक्रोशः तपाईं देशको प्रधानमन्त्री कि दमकको मेयर?

    शुक्रबार, बैशाख २०, २०७६ साल
    काठमाडौँ,२० वैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले झापामा रहेको आफ्नो निर्वाचन क्षेत्रमा विकासका योजना पार्न राष्ट्रिय योजना आयोगलाई योजनाको सूची बुझाएकोमा विरोध गरेको छ । देशको प्रधानमन्त्रीले सबैतिर समुचित ढंगले विकास निर्माणमा ध्यान दिनुपर्नेमा प्रधानमन्त्री ओली आफ्नो निर्वाचन क्षेत्रमा मात्रै केन्द्रित हुने गरी बजेट पार्न भूमिका खेलेकोमा कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले विरोध गरेका हुन् । प्रवक्ता शर्माले ट्वीटरमा..

    पूर्वराजा ज्ञानेन्द्रले मनाए विवाहको ४९औँ वर्षगाँठ

    शुक्रबार, बैशाख २०, २०७६ साल
    काठमाडौं २० वैशाख ।  पूर्वराजा ज्ञानेन्द्र शाह र श्रीमती कोमल राज्यलक्ष्मी शाहले विवाहको ४९ औँ वर्षगाँठ मनाएका छन् ।  नेपाली सेनाका तत्कालीन रथी केन्द्र शमशेरकी माहिली छोरी कोमल राणासँग तत्कालीन युवराज ज्ञानेन्द्रको २०२७ साल वैशाख १९ गते विवाह भएको थियो । केन्द्र शमशेरकै जेठी छोरी ऐश्वर्या राणासँग २०२६ मा तत्कालीन युवराज वीरेन्द्रको बिहे भएको थियो । ज्ञानेन्द्रको बिहेको केही समयपछि उनका भाइ तत्कालीन..

    सरकारले आज आफ्नो नीति तथा कार्यक्रम प्रस्तुत गर्दै

    शुक्रबार, बैशाख २०, २०७६ साल
    काठमाडौं, २० वैशाख सरकारले शुक्रबार आफ्नो नीति तथा कार्यक्रम प्रस्तुत गर्दै छ । राष्ट्रपति विद्यादेवी भण्डारीले अपरान्ह ४ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा सरकारको तर्फबाट नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने भएको छ । बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभाका नै सांसदहरु उपस्थित रहने भएको छ । सरकारले तयार पारेको नीति तथा कार्यक्रमलाई राष्ट्रपतिले वाचन गर्नुहुने भएको हो । गतवर्ष पनि कतिपय ठाउँमा भाषिक..

    धोबीखोलाको सरकारी जग्गा पनि व्यक्तिका नाममा !

    शुक्रबार, बैशाख २०, २०७६ साल
    काठमाडौँ, २० वैशाख धोबीखोलावरपरको सरकारी जग्गा व्यक्तिका नाममा दर्ता भएको पाइएको छ । नक्सा संशोधनका नाममा मालपोत कार्यालयका कर्मचारीसगँको मिलेमतोमा खोलावरिपरिको जग्गा व्यक्तिका नाममा दर्ता गरिएको हो । नक्सा सुधारका नाममा करिब चार रोपनी सरकारी जग्गा विभिन्न व्यक्तिका नाममा दर्ता भएको हो । निलो पुल (गोपिकृष्ण हल) अगाडिको सरकारी जमिन नम्बर १०२–०९८७–१५ मा साबिक नक्सा भिडाई कायम साबिक धोबीखोला कित्ता नम्बर ४३..

    बालअधिकार र खेलकूद विधेयक पारित

    बिहिवार, बैशाख १९, २०७६ साल
    रुपन्देही , १९ वैशाख  प्रदेश नं ५ प्रदेशसभाले बालबालिकाको अधिकार र खेलकूद सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ । प्रदेशसभाको आज बुटवलमा बसेको बैठकले सामाजिक विकासमन्त्री सुदर्शन बरालले प्रस्तुत गर्नुभएको प्रदेश नं ५ बालबालिकाको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश नं ५ खेलकूद सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको हो । त्यसैगरी आजको बैठकमा प्रदेश मामिला तथा..

    ‘बालुवाटार जग्गा प्रकरणमा दोषीलाई छुट दिइन्न’

    बिहिवार, बैशाख १९, २०७६ साल
    काठमाडौँ, १९ वैशाख    सरकारले बालुवाटारको ललिता निवासको जग्गा प्रकरणमा जोसुकै दोषी देखिए पनि उन्मुक्ति नदिइने प्रष्ट पारेको छ । ललिता निवासको जग्गा व्यक्तिका नाममा दर्ताको विषयमा विभिन्न टीकाटिप्पणी चलिरहेको सन्दर्भमा सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले उक्त प्रकरणमा सरकारको ‘पोजिसन क्लियर’ रहेको भन्दै तथ्य प्रमाणले दोषी देखिए कसैलाई पनि छुट नहुने उल्लेख गर्नुभयो ।   यही वैशाख १७ गते भएको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न..

    प्रधानमन्त्री ओली कम्बोडिया र भियतनाम भ्रमण जाँदै

    बिहिवार, बैशाख १९, २०७६ साल
    काठमाडौँ, १९ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी साता दक्षिणपूर्वी एशियाका दुई देशको औपचारिक भ्रमण गर्ने हुनुभएको छ । प्रधानमन्त्रीले यही वैशाख २६ देखि जेठ १ गतेसम्म कम्बोडिया र भियतनामको भ्रमण गर्ने निश्चित भएको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बताउनुभयो । भियतनाम र कम्बोडियाका प्रधानमन्त्री क्रमशः न्वेन सिएन फुक र हुन सेनको निमन्त्रणामा प्रधानमन्त्री ओलीले ती देशको भ्रमण गर्ने कार्यक्रम बनेको हो ।  राष्ट्रपति विद्यादेवी..

    मन्त्रिपरिषद बैठकले गरेका महत्वपूर्ण ९ निर्णयहरू सार्वजनिक

    बिहिवार, बैशाख १९, २०७६ साल
    काठमाडौँ, १९ वैशाख । सरकारका प्रवक्ता गोकुल बास्कोटाले बिहीबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गरेका हुन् ।  सरकारले साउदी विकास कोषबाट भूकम्पपछिको पुनर्निमाणका लागि उपलव्ध हुने ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ । बिहिबार नियमित पत्रकार सम्मेलनमार्फत् सरकार प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले सो कुराको जानकारी दिएका हुन् ।   यस्ता छन् निर्णयहरू – १. पन्ध्रौ योजना (आर्थिक वर्ष २०७६/७७–२०८०/८१) को आधारपत्र स्वीकृत..

    नयाँ शक्ति-फोरम एकीकरण : राजपा र जनमुक्ती पार्टी पनि सामेल

    बिहिवार, बैशाख १९, २०७६ साल
    वैशाख, १९ वैशाख एकीकरणका लागि अन्तिम कसरतमा नयाँ शक्ति र  फोरम नेपाल अघि बढेपछि बिहीबार त्यसमा राजपा नेपाल र राष्ट्रिय जनमुक्ति पार्टी पनि सामेल भएका छन्।  पूर्वप्रधानमन्त्री डा. बाबुराम भटराईको नेतृत्वमा रहेको नयाँ शक्ति पार्टी कार्यालयमा एकीकरणकै लागि भटराई, राजपा नेपालका अध्यक्षद्वय महन्थ ठाकुर र राजेन्द्र महतो, फोरम अध्यक्ष उपेन्द्र यादव र जनमुक्ति पार्टीको नेताबीच छलफल भएको छ।  फोरम र नयाँ शक्तिको बीचमा..

    दुई नम्बर प्रदेशकाे नामबारे यस्तो सुझाव, आयोगले बुझायो प्रतिवेदन

    बिहिवार, बैशाख १९, २०७६ साल
    जनकपुरधाम, १९ वैशाख  प्रदेश नं २ को राजधानी र नामकरणका लागि गठित संवाद सुझाव आयोगले आज मुख्यमन्त्री लालबाबु राउतलाई अध्ययन प्रतिवेदन बुझाएको छ। आयोगले पत्रकार सम्मेलन गरी आयोगका अध्यक्ष डा हरिवंश झाले मुख्यमन्त्री राउतलाई आज मुख्यमन्त्री कार्यालयमा प्रतिवेदन बुझाएका हुन्। मुख्यमन्त्री राउतले प्रतिवेदन ग्रहण गर्दै प्रतिवेदनलाई अध्ययन गरी प्रदेशसभाको समितिलाई हस्तान्तरण गरिने बताए। उनले प्रदेशको स्थायी राजधानी अत्यावश्यक र आम जनताको चासोको विषय..

    प्रधानमन्त्री, मन्त्री र स्वकीय सचिवको तलब बढ्ने, अब कति पुग्ला ?

    बिहिवार, बैशाख १९, २०७६ साल
    काठमाडौँ, १९ बैशाख  अर्थमन्त्रालयले प्रधानमन्त्री, मन्त्री र स्वकीय सचिवको दरबन्दी तथा तलबभत्ता सम्बन्धी नयाँ व्यवस्था प्रस्ताव गरेको छ । बजेट निर्माणमा खटिरहेको अर्थ मन्त्रालयले प्रधानमन्त्री, मन्त्रीदेखि तिनका स्वकीय सचिवहरुको तलब–भत्तासम्बन्धी नयाँ व्यवस्था गरेको छ । अबदेखि प्रधानमन्त्रीले मासिक ९४ हजार २ सय ८०, उपप्रधानमन्त्रीले ७७ हजार ३ सय २०, मन्त्रीका लागि ६९ हजार ४ सय राज्यमन्त्रीका लागि ६३ हजार ७ सय ७०..

    बालुवाटार जग्गा प्रकरणबारे सरकारले प्रष्ट पार्नुपर्छ : सांसद

    बिहिवार, बैशाख १९, २०७६ साल
    काठमाडौं, १९ वैशाख । राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समितिका सदस्यले बालुवाटार जग्गा प्रकरण र खुला मञ्च अतिक्रमणका बारेमा सरकारले नागरिकलाई प्रष्ट पार्नुपर्ने माग गरेका छन् ।  सिंहदरबारस्थित सङ्घीय संसद्,  दिगो विकास तथा सुशासन समितिको आजको बैठकमा समितिका सदस्यले ती दुई प्रकरणमा पूर्वप्रधानमन्त्री, राजनीतिक दलका विभिन्न नेता वा जोकोही मुछिए पनि पारदर्शी ढङ्गबाट छानबीन गरेर दोषीमािथ कारवाही गर्नुपर्नेमा जोड दिएका छन्..

    बाबुराम र उपेन्द्रको पार्टी एकता, हलो कहाँ अड्कियो ?

    बिहिवार, बैशाख १९, २०७६ साल
    काठमाडौं, १९ वैशाख ।  उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल र डाक्टर बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीबीच दोस्रो पटक एकीकरणको छलफल अगाडि बढेको छ । संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्तिबीच २३ गते पार्टी एकता गर्ने आन्तरिक तयारी गरेका छन् । तर, अघिल्लो पटक अन्तिम चरणमा आएर एकता प्रक्रिया भाँडिएका कारण नेताहरुले औपचारिक रुपमा भन्न रुचाएका छैनन् । स्रोतका अनुसार..
    Weather Forecast