बुधबार, कार्तिक ६, २०७६

    राज्य-समाज

    बुटवलका १ सय ५६ घरधनीले पाए जग्गाधनी प्रमाणपत्र

    बिहिवार, बैशाख २६, २०७६ साल
    रुपन्देही, २६ वैशाख  बुटवल उपमहानगरपालिकाले मोतीपुर क्षेत्रका १५६ घरधनीलाई जग्गाधनी प्रमाणपत्र वितरण गरेको छ । वडा नं १७ र १८ मा पर्ने गाउँब्लक जग्गालाई बुधबार उपमहानगरपालिकाले लालपुर्जा वितरण गरेको हो । लालपुर्जा पाउनेमध्येका सबैभन्दा ज्येष्ठ सदस्य बुटवल–१७ का टङ्कनाथ ज्ञवाली र सोधावती थारूलाई लालपुर्जा हस्तान्तरण गर्दै नगरप्रमुख शिवराज सुवेदीले मोतीपुरमा रहेका गाउँब्लकका सबै जग्गालाई असार मसान्तसम्म जग्गाधनी पुर्जा वितरण गर्ने प्रतिबद्धता जनाउनुभयो..

    नयाँ शक्तिका असन्तुष्ट नेताको आरोप - बाबुरामले उपेन्द्रसामु आत्मसमर्पण गरे !

    बिहिवार, बैशाख २६, २०७६ साल
    काठमाडौं, २६ वैशाख संघीय समाजवादी पार्टी र नयाँ शक्तिबीचको पार्टी एकता सम्मानजनक नभएको भन्दै नयाँ शक्तिमा रहेका एक दर्जन नेताले असन्तुष्टि जनाएका छन्।  पार्टीभित्र एकताको विधिका विषयमा छलफल र बहस नै नगराई हठात एकता प्रक्रियामा सहभागी भएको असन्तुष्ट पक्षको आरोप छ।  असन्तुष्ट नेताले डा. बाबुराम भट्टराईलाई ज्ञापनपत्र बुझाउने निर्णय गरेका छन्।  कृषि विज्ञसमेत रहेका नयाँ शक्तिका नेता मदन राईको ललितपुर ढोलाहिटी निवासमा बुधबार..

    नेपाल भारत सीमा नाका ३ दिन बन्द गरिँदै

    बिहिवार, बैशाख २६, २०७६ साल
    कपिलवस्तु, २६ वैशाख कपिलवस्तुस्थित नेपाल भारत सीमा नाका बन्द हुने भएको छ । भारतमा हुने लोकसभा चुनावका कारण शुक्रबार बिहान ७ बजेदेखि आइतबार साँझ ५ बजेसम्म सीमा नाका बन्द हुने भएको हो । भारतको उत्तर प्रदेश राज्य सिद्धार्थनगर जिल्लामा हुने निर्वाचन सुरक्षालाई ध्यानमा राखी  दुई देशका अधिकारीबीच भएको सहमतिअनुसार नाका बन्द गर्न लागिएको कपिलवस्तुका सहायक प्रमुख जिल्ला अधिकारी रामेश्वर अर्यालले जानकारी दिए..

    अतिक्रमण गरिएका सार्वजनिक जग्गा १ वर्षभित्र हटाई संरक्षण गर्ने निर्णय

    बुधबार, बैशाख २५, २०७६ साल
    विदुर, २५ वैशाख   जिल्ला प्रशासन कार्यालय नुवाकोटले जिल्लाभित्रका अतिक्रमण गरिएका सार्वजनिक जग्गा एक वर्षभित्र हटाई जग्गाको संरक्षण गर्ने निर्णय गरेको छ ।    प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाको अध्यक्षतामा भएको सरकारी स्वामित्वमा रहेका सार्वजनिक जग्गा संरक्षणसम्बन्धी सर्वपक्षीय बैठकले नगरपालिका र गाउँपालिकाभित्रका सार्वजनिक जग्गाको संरक्षरण र  अतिक्रमण हटाउने कार्यलाई प्राथमिकतामा राख्ने निर्णय गरेको हो । बैठकले जिल्लामा गाउँपालिकाभित्रका सार्वजनिक जग्गाको पहिचान गरी विवरण सङ्कलन..

    कानून दिवस - ‘निष्पक्ष न्याय : नागरिकको चाहना’

    बुधबार, बैशाख २५, २०७६ साल
    काठमाडौँ, २५ वैशाख    जसरी तराजुको एकातिर ढक र अर्कोतिर कुनै सामान जोख्दा बराबर हुन्छ, त्यसैगरी न्यायिक तराजुले न्यायलाई नाप्ने गर्छ । न्यायको दृष्टिकोणले सबै समान हुन्छन् भन्ने न्यायमूर्तिको मान्यताअनुरुप न्याय-अन्यायलाई छुट्याएर स्वतन्त्र र निष्पक्ष तरिकाले न्यायसम्पादन गर्नु न्यायालयको परम कर्तव्य हुन्छ । तर न्यायलयको सिद्धान्तअनुरुप नागरिकले न्यायपालिकाबाट न्यायको अपेक्षा गरेका हुन्छन् ।   कानूनी इतिहासलाई हेर्दा न्यायपालिकासम्बन्धी संवैधानिकरुपमा कानूनी व्यवस्था नै नभएको पञ्चायती..

    राष्ट्रिय जागरण अभियान : वैकल्पिक शक्तिको हैसियत बनाउनुपर्ने खाँचो

    बुधबार, बैशाख २५, २०७६ साल
    जनकपुरधाम, २५ वैशाख । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काङ्गे्रसलाई जनताको चाहनाअनुसार वैकल्पिक शक्तिका रूपमा उभ्याउन हैसियत बनाउनुपर्ने खाँचो औँल्याउनुभएको छ । राष्ट्रिय जागरण अभियानअन्तर्गत बुधबार जनकपुरधाममा आयोजित सभामा नेता पौडेलले सरकारका काम जनअपेक्षाअनुरुप नभएको भन्दै गर्दै पार्टीले सशक्त विरोध गर्नुपर्ने बताउनुभयो । केन्द्रीय सदस्य बलबहादुर केसीले सरकारले संविधान, सङ्घीयतालाई कागजको खोस्टोमा परिणत गर्न खोजेको आरोप लगाउनुभयो । प्रदेशसभा सदस्य रामसरोज..

    विद्युत् नियमन आयोगमा अध्यक्षसहित ४ सदस्य नियुक्त

    बुधबार, बैशाख २५, २०७६ साल
    काठमाडौँ, २५ वैशाख । सरकारले ऊर्जा क्षेत्रको नियमन निकायका रुपमा रहेको विद्युत् नियमन आयोगलाई पूर्णता दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले आयोगका अध्यक्ष र चार सदस्यको नियुक्ति गरेको हो ।  आयोगको अध्यक्षमा दिल्लीबहादुर सिंह नियुक्त हुनुभएको छ । सिंह विद्युत् विकास विभागको पूर्वमहानिर्देशक हुनुहुन्छ । त्यसैगरी सदस्यमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका पूर्वकार्यकारी निर्देशक रामप्रसाद धिताल, नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक रामेश्वरप्रसाद..

    ‘हामीले पार्टी एकताको काम एक कदम अगाडि बढ्ने गरी गरेका छौँ’

    बुधबार, बैशाख २५, २०७६ साल
    काठमाडौँ, २५ वैशाख ।   नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाँकी रहेका पार्टी एकताको काम अन्तिम चरणमा पुगेको बताउनुभएको छ । तत्कालीन नयाँ शक्ति नेपालका केन्द्रीय सदस्य सीमा विकलाई आज पार्टी मुख्यालय धुम्बाहारीमा पार्टी प्रवेश गराउँदै उहाँले बाँकी रहेका पार्टी एकताको काम अन्तिम चरणमा पुगेको बताउनुभयो ।    ‘‘आज मात्र हामीले पार्टी एकताको काम एक कदम अगाडि बढ्ने गरी गरेका छौँ’’,..

    क्यानडाकालागि राजदूत भृगु ढुङ्गानालाई पद तथा गोपनीयताको शपथ

    बुधबार, बैशाख २५, २०७६ साल
    काठमाडौँ, २५ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले क्यानडाका लागि नवनियुक्त नेपाली  राजदूत भृगु  ढुङ्गानालाई पद तथा गोपनीयताको शपथ दिलाउनुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित समारोहमा राष्ट्रपति भण्डारीले नवनियुक्त राजदूत ढुङ्गानालाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।   राष्ट्रपतिले परराष्ट्र मन्त्रालयका सहसचिव ढुङ्गानालाई यही चैत १८ गते राजदूतमा नियुक्त गर्नुभएको हो । समारोहमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास..

    एकताको दुई दिन नबित्दै समाजवादी पार्टीमा सुरु भयो असन्तुष्टि

    बुधबार, बैशाख २५, २०७६ साल
    काठमाडौँ, २५ वैशाख नयाँ शक्ति पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालबीच एकता गरेर बनेको समाजवादी पार्टीका नेताहरुमा असन्तुष्टि सुरु भएको छ । एकता घोषणा गरेको २ नबित्दै सो पार्टीका झण्डै एक दर्जन नेताहरु बाहिरिने तयारीमा लागेका छन् । त्यसका लागि उनीहरुले आन्तरिक छलफललाई तीव्र बनाएका छन् । नयाँ शक्ति र फोरमबीच वैशाख २३ गतेमात्रै एकता गरेर समाजवादी पार्टीको घोषणा गरिएको थियो..

    कुनै प्रकारका तानाशाही व्यवस्था काङ्ग्रेसलाई मान्य हुँदैन : शेरबहादुर देउवा

    बुधबार, बैशाख २५, २०७६ साल
    काठमाडौँ, २५ वैशाख   नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले कुनै प्रकारको तानाशाही व्यवस्था काङ्ग्रेसलाई मान्य नहुने बताउनुभएको छ ।    नेपाली काङ्ग्रेस काठमाडौँ जिल्ला समितिले शुरु गरेको ‘हिमाल, पहाड, तराई–मधेश’ अभियानको आज शुभारम्भ गर्दै उहाँले राणा शासन र राजा फालेका काङ्ग्रेसलाई कुनै प्रकारका तानाशाही व्यवस्था मान्य हुन नसक्ने बताउनुभएको हो ।   सभापति देउवाले प्रधानमन्त्रीले संसद्मा गैरसंसदीय शब्द प्रयोग गर्दा पनि सभामुख निरिह बनेर बसेको आरोप..

    प्रधानमन्त्री ओली ४२ सदस्यीय प्रतिनिधिमण्डलसहित भियतनाम र कम्बोडिया जाँदै

    बुधबार, बैशाख २५, २०७६ साल
    काठमाडौँ, २५  वैशाख । बिहीबार अपरान्ह ३ बजे नेपाल वायुसेवाको चार्टड सेवाबाट हनोइतर्फ उड्ने प्रधानमन्त्री केपी शर्मा ओली सुरुवातको चारदिन भियतनाम र त्यसपछिका ३ दिन कम्बोडियामा रहनेछन् । परराष्ट्र अधिकारीका अनुसार   प्रधानमन्त्री ओली मन्त्री, सांसद, सचिव, उपमेयर, उद्योगीसहितको ४२ सदस्यीय प्रतिनिधिमण्डल लिएर दक्षिणपूर्वी एशियाली दुई मुलुक भियतनाम र कम्बोडियाको भ्रमणमा बिहीबार निस्कँदै छन् ।  भ्रमण टोलीमा प्रधानमन्त्री पत्नी राधिका शाक्य, परराष्ट्र मन्त्री प्रदीपकुमार..

    पार्टीलाई सुधारगरि देशलाई स्वच्छ राजनीतिक दिशा दिन्छौँ : पौडेल

    बुधबार, बैशाख २५, २०७६ साल
    सिन्धुली, २५ वैशाख    नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई सुधार गर्ने र देशलाई सही बाटामा हिँडाउन अहिले जागरण अभियान चलाइएको बताउनुभएको छ । नेपाल प्रेस युनियन सिन्धुलीले बुधबार सिन्धुलीमाढीमा गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले पार्टीभित्रका विवाद पूरै  समाधान नभए पनि यसलाई सही बाटामा हिँडाउन पनि सबै एक भएर लाग्ने र जागरण अभियान सफल बनाइने बताउनुभयो ।   उहाँले भन्नुभयो, “ गलत प्रवृत्तिका..

    ४ सय ३३ स्थानीय तहले बुझाए कर्मचारीको रिक्त दरबन्दी विवरण

    बुधबार, बैशाख २५, २०७६ साल
    काठमाडौँ, २५ वैशाख सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा ४३३ स्थानीय तहले मात्र रिक्त पदपूर्तिका लागि माग बमोजिम विवरण बुझाएका छन् ।  मन्त्रालयले गत वैशाख २० गतेसम्म ७५३ स्थानीय तहलाई रिक्त दरबन्दी सङ्ख्यासहितको विवरण पठाउने भने तापनि अहिलेसम्म ४३३ स्थानीय तहले मात्र विवरण पठाएको मन्त्रालयका सहसचिव भुपराज बरालले जानकारी दिनुभयो ।  अझै ३२० स्थानीय तहले रिक्त दरबन्दीको विवरण बुझाएका छैनन् । उहाँले दरबन्दी..

    प्रधामन्त्री स्वरोजगार कार्यक्रममा फारम भर्न छुटेकालाई आग्रह

    बुधबार, बैशाख २५, २०७६ साल
    काठमाडौँ, २५ वैशाख  काठमाडौँ महानगपालिकाले प्रधामन्त्री स्वरोजगार कार्यक्रममा फारम भर्न छुटेकालाई तत्काल भर्नको लागि आग्रह गरेको छ ।  यही वैशाख मसान्तसम्म फारम भर्ने समयसीमा रहेको र सरकारले पहिलो पटक ल्याएको कार्यक्रम भएकाले छुटेकालाई कामपाले आग्रह गरेको हो ।  “३२ वडा रहेको कामपामा अहिलेसम्म जम्मा २७० जनाले मात्रै यस कार्यक्रममका लागि फारम भरेका छन्, यो सङ्ख्या अत्यन्तै कम हो”, महानगर प्रमुख विद्यासुन्दर शाक्यले..

    कांग्रेसको जागरण अभियान सुरु, महिलावक्ता अनिवार्य, माला–खदा प्रतिबन्ध !

    बुधबार, बैशाख २५, २०७६ साल
    काठमाडौं, २५ वैशाख ।  प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस आज(बुधबार)देखि एकसाथै देशव्यापी रुपमा ‘राष्ट्रिय जागरण अभियान’मा निस्किएको छ । सबै जिल्ला, क्षेत्र, गाउँ-नगर, वडा र टोलसम्म विस्तारित हुने जागरण अभियान २०७६ सालभर तीन चरणमा सम्पन्न हुनेछ । अभियानको प्रथम चरणको कार्यक्रमका लागि सबै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाइसकेको छ । काठमाडौँमा केन्द्रीय सभापति शेरबहादुर देउवाले एक समारोहबीच उद्घाटन गर्ने कार्यक्रम छ । तीन चरणमा..

    नयाँ खुलासा : बालुवाटारको २५ रोपनी जग्गा भाटभटेनीका मालिकसहित तीन परिवारको नाममा

    बुधबार, बैशाख २५, २०७६ साल
    काठमाडौं, २५ वैशाख बालुवाटारबाट व्यक्तिको नाममा गएकोमध्ये करिब २५ रोपनी जग्गा तीन परिवारको नाममा सीमित रहेको पाइएको छ ।  भूमाफिया भनेर किटान गरिएका शोभाकान्त ढकाल र रामकुमार सुवेदी तथा भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मीनबहादुर गुरुङ र उनीहरुका परिवारका नाममा झन्डै २५ रोपनी जग्गा देखिएको हो । गुरुङले आफ्नो परिवार र कम्पनीका नाममा समेत जग्गा खरिद गरेका छन् ।  ‘करिब ६० कित्ता जग्गा उनीहरुले..

    सर्वोच्चद्वारा गृहमन्त्रालयको पत्र कार्यान्वयन नगर्न अल्पकालीन आदेश

    मंगलवार, बैशाख २४, २०७६ साल
    काठमाडौं, २४ बैशाख ।  सर्वोच्च अदालतले गृहमन्त्रालयले ‘जन्मका आधारमा नागरिकता प्राप्त गर्ने नागरिकका सन्तानलाई नागरिकता दिने’ पत्र कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ ।  आदेशमा भनिएको छ - यसबाट अदालतको आदेशको कार्यान्वयनमा द्विविधा पैदा हुने अवस्था देखिएको र यस अदालतको आदेशमा निश्चितता र एकरुपता कायम हुन समेत वाञ्छनीय हुँदा विवादित कानूनी प्रश्नको निरुपण पूर्ण इजलासबाट हुन आवश्यक देखियो । सर्वोच्चका न्यायाधीशद्वय ईश्वरप्रसाद..

    बहुमतले पारित नीति तथा कार्यक्रमले जनतामा आशा जगायो

    मंगलवार, बैशाख २४, २०७६ साल
    काठमाडौँ, २४ वैशाख । सत्ता पक्षका सांसदले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमले जनतामा नयाँ आशा जगाएको बताएका छन् भने प्रतिपक्षी दलका सांसदले यो महत्वकांक्षी रहेकाले कार्यान्वयनको चुनौती औँल्याएका छन् । राष्ट्रियसभामा सरकारको आर्थिक वर्ष २०७६-७७ को  नीति तथा कार्यक्रममाथि छलफलमा भागलिदैँ सांसदहरुले नीति तथा कार्यक्रमले समेटेका विषयवस्तुलाई प्रभावकारी कार्यान्वयन गरिनुपर्नेमा जोड दिनुभयो । नेकपाका सांसद कालीबहादुर मल्लले नीति तथा कार्यक्रमको समर्थन गर्दै समेटिएका..

    १० वर्षे सशस्त्र द्वन्द्वकालका ठाउँ उजिल्याउने प्रयासमा स्थानीय तह

    मंगलवार, बैशाख २४, २०७६ साल
    रोल्पा, २४ वैशाख माओवादीले सञ्चालन गरेको दश वर्षे सशस्त्र द्वन्द्कालमा झण्डै एक हजार जनाले ज्यान गुमाएको रोल्पामा स्थानीय निर्वाचन पछि गठित स्थानीय सरकारहरुले युद्ध पर्यटनको विकास र प्रवद्र्धनमा जोड दिन थालेका छन् । सशस्त्र द्वन्द्वको उद्गम थलो मानिने रोल्पाका स्थानीय सरकारहरुले द्वन्द्वकालमा चर्चामा आएका ठाउँका पूर्वाधारको संरक्षण र प्रचारप्रसार गर्न थालेका हुन् ।  जिल्लाको माडी गाउँपालिकाले ओतमा रहेको वांगे तालको संरक्षण गर्न..

    प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रम यसरी प्रष्ट्याए

    मंगलवार, बैशाख २४, २०७६ साल
    काठमाडौँ, २४ वैशाख ।   प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले पूरा हुने र गर्न सकिने खालको सपना देखेको बताउनुभएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदले आर्थिक वर्ष २०७६-७७ को नीति तथा कार्यक्रममाथि उठाएका प्रश्नको जवाफ दिँदै उहाँले भन्नुभयो, “सरकारले जागै हुँदा देख्ने सपनाको कुरा गरेको हो । देश बनाउने अठोटको सपना देखेको हो ।”   प्रधानमन्त्रीले राति देख्ने सपना नभई देश बनाउने र..

    प्रतिनिधिसभामा प्रधानमन्त्री - संविधान संसोधनदेखि 'मेरो सरकार' सम्मका कुरा

    मंगलवार, बैशाख २४, २०७६ साल
    काठमाडौं, २४ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संसोधन मौसममा गाइने गीत जस्तो भन्दै संशोधनको माग गर्नेलाई कटाक्ष गरेका छन् ।  नीति तथा कार्यकम्रमाथि उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ‌ओलीले मंगलबार प्रतिनिधिसभा बैठकमा संविधान समय अनुकुल संशोधन हुने बताएका हुन् । 'संविधान संसोधन गर्न नसक्ने विषय होइन, संसोधन गर्न सकिन्छ तर समयअनुसार संसोधन गर्नुपर्छ, जे मनलाग्यो त्यही गर्न पाइँदैन, आवश्यक परे संविधान..

    सरकारको नीति तथा कार्यक्रम राम्रो निबन्ध – काङ्ग्रेस

    मंगलवार, बैशाख २४, २०७६ साल
    काठमाडौँ, २४ वैशाख । प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसका प्रकाशमान सिंहले सरकारको नीति तथा कार्यक्रमलाई राम्रो निबन्धको सङ्ज्ञा दिनुभएको छ ।  प्रतिनिधिसभाको मंगलबारको बैठकमा आगामी आर्थिक वर्षका लागि प्रस्तुत नीति तथा कार्यक्रममाथि आफ्नो धारणा व्यक्त गर्दै उहाँले माध्यमिक तहका विद्यार्थीलाई देश बनाउन के के गर्नुपर्छ भनेर निबन्ध लेख्न लगाए जस्तै सबै विषय समावेश गरिएको बताउनुभयो ।    नीति तथा कार्यक्रम नारै नाराले  भरिएको कार्यक्रमजस्तो भएको..

    'त्याग र बलिदानका साथ काम नगर्ने हो भने खतराको घण्टी बज्छ'

    मंगलवार, बैशाख २४, २०७६ साल
    काठमाडौँ, २४ वैशाख । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दलहरुले परम्परागत संसदीय प्रणालीको अभ्यास गर्ने र एक अर्कालाई निषेध गर्दै लड्ने बेला भइनसकेको बताएका छन् । सरकारद्वारा सार्वजनिक नीति तथा कार्यक्रमको छलफलमा भाग लिँदै मंगलबार प्रचण्डले हिजो जस्तै त्याग र बलिदानका साथ काम नगरे जनताले आफ्नो फैसला गर्ने बताएका हुन्। 'जनतामा अहिले पनि सरकारसँग आशा छ। उनीहरु बढो भरोसाका..

    नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको प्रधानमन्त्रीले जवाफ दिँदै

    मंगलवार, बैशाख २४, २०७६ साल
    काठमाडौं, २४ बैशाख । आर्थिक वर्ष ०७६/७७ को नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको  प्रधानमन्त्री केपी ओलीले मङ्गलबार जवाफ दिनुहुनेभएको छ । सकारकारका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले गत बैशाख २० गते सरकारको नीति तथा कार्यक्रम पेश गरेकी थिइन् । नीति तथा कार्यक्रममाथि २२ गतेबाट संसदमा छलफल सुरु भएको हो । संसदमा भएको छलफलका क्रममा विभिन्न सांसदहरुले उठाएका प्रश्नको प्रधानमन्त्रीले जवाफ दिएपछि नीति तथा  कार्यक्रम..

    उग्रतारा मन्दिरको १७ हजार रोपनी जग्गा नै गायब !

    मंगलवार, बैशाख २४, २०७६ साल
    काठमाडाैं, २४ वैशाख उग्रतारा मन्दिरको जग्गा विभिन्न व्यक्तिले कब्जा गर्ने क्रम बढेको छ । पञ्चायतकालमा १७ हजार रोपनी जग्गा भएको उग्रतारा मन्दिरसँग अहिले १ सय ८० रोपनी मात्रै बाँकी छ । मूल मन्दिर रहेको क्षेत्र नै ऐलानी जग्गामा परेको छ ।  जग्गाका विषयमा पटक पटक विवाद उत्पन्न भए पनि सरोकारवाला निकायले चासो नराख्दा व्यक्तिले हडप्ने क्रम बढेको हो । स्थानीय बासिन्दासँग विवाद..

    ‘फोरम र नयाँ शक्ति एकीकरण दलको सङ्ख्या घटाउने काम’

    सोमबार, बैशाख २३, २०७६ साल
    लहान, २३ वैशाख   राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका महासचिव मनिषकुमार सुमनले सङ्घीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीबीचको एकीकरण दलको सङ्ख्या घटाउने काम मात्र भएको टिप्पणी गर्नुभएको छ ।    फोरम नयाँ शक्ति एकीकरणको सन्दर्भमा आज सञ्चारकर्मीसँग कुरा गर्दै महासचिव सुमनले दुवै दलको एकीकरणले खासै कुनै उपलब्धि नभई निर्वाचन आयोगमा दर्ता भएका राजनीतिक दलको सङ्ख्या घटाउने काम भएको बताउनुभयो ।    “नयाँ शक्तिभन्दा मधेशको कुनै..

    प्रदेश नं १ को राजधानी विराटनगर दुईतिहाइ बहुमतबाट पारित

    सोमबार, बैशाख २३, २०७६ साल
    विराटनगर, २३ वैशाख ।   दुईतिहाइ बहुमतले प्रदेश नं १ को राजधानी विराटनगर बनाउने प्रस्ताव सोमबार पारित भएको छ । प्रदेशसभाको आजको बैठकमा कूल ९३ जना प्रदेशसभा सदस्यमध्ये उपस्थित ८६ सदस्यले प्रस्तावको पक्षमा मतदान गर्नुभयो भने भने विपक्षमा कुनै मत परेन ।   नेपालको संविधानको धारा ८८(२) र प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम ५८क (१७) (पहिलो संशोधनद्वारा संशोधित) बमोजिम प्रदेशको..

    नीति कार्यक्रममाथि सत्तापक्ष र विपक्षीका आ–आफ्नै धारणा

    सोमबार, बैशाख २३, २०७६ साल
    काठमाडौँ, २३ वैशाख । राष्ट्रियसभामा सोमबारदेखि प्रारम्भ भएको सरकारको आर्थिक वर्ष २०७६-७७ को नीति तथा कार्यक्रममाथि छलफलमा सत्तापक्ष र प्रतिपक्ष दलका सांसदले आ–आफ्ना धारणा व्यक्त गर्नुभएको छ ।  बैठकमा राष्ट्रियसभामा प्रमुख विपक्षी दलका नेता सुरेन्द्रराज पाण्डेले राजतन्त्रका बेला ‘मेरो सरकार’ भन्ने सुनिएको उल्लेख गर्दै नीतिमा उल्लेख यस शब्दका सम्बन्धमा समाजका विभिन्न तहमा भइरहेका टीका टिप्पणीलाई आत्मसात् गरी सच्याउन सरकार तयार हुनुपर्ने बताउनुभयो..

    “मिडिया क्षेत्र छामिन सक्ने, देखिने र बुझिने हुनुपर्छ”

    सोमबार, बैशाख २३, २०७६ साल
    काठमाडौँ, २३ वैशाख । “के पत्रकारिता क्षेत्र अज्ञात स्रोतबाट मात्रै सञ्चालित हुने हो ?” लोकतन्त्र र प्रेस स्वतन्त्रताको अन्तरसम्बन्धबारे सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले भन्नुभयो, “मिडिया क्षेत्र छामिन सक्ने, देखिने र बुझिने हुनुपर्छ, कतैबाट रकम लिन मिल्ने तर देखाउन नमिल्ने भन्ने लोकतन्त्रभित्र सुहाउँदैन, लोकतन्त्रमा सरकार मात्र होइन सञ्चार क्षेत्र पनि पारदर्शी हुन्छ ।” लोकतान्त्रिक प्रणालीमा सञ्चार क्षेत्रमा अदृष्य र अपारदर्शी लगानी..
    Weather Forecast