शनिबार, भाद्र ७, २०७६

    राज्य-समाज

    प्रधानसेनापतिले ६ दिने भारत भ्रमण गर्नुहुने, सेना प्रवक्ता ढकालद्वारा कार्यभार ग्रहण

    बिहिवार, पौष २६, २०७५ साल
    काठमाडौँ, २६ पुस  प्रधानसेनापति पूर्णचन्द्र थापाले भोलिदेखि छ दिने भारत भ्रमण गर्नुहुने भएको छ ।  प्रधानसेनापति पदमा नियुक्ति भएपछि पहिलोपटक उहाँ आफ्ना भारतीय समकक्षीस्थल सेनाध्यक्ष जनरल विपिन रावतको औपचारिक निमन्त्रणामा त्यसतर्फ प्रस्थान गर्न लाग्नुभएको हो ।  भ्रमणको क्रममा प्रधानसेनापति थापालाई भारतीय राष्ट्रपति रामनाथ कोविन्दले भारतीयस्थल सेनाको मानार्थ महारथी दर्जाको दज्र्यानी चिह्नबाट पुस २८ गते सम्मान गर्नुहुने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले..

    नेपालको दुई दिवसीय औपचारिक भ्रमण पूरा गरी जापानी विदेशमन्त्री फ्रान्सतर्फ प्रस्थान

    बिहिवार, पौष २६, २०७५ साल
    काठमाडौँ, २६ पुस  नेपालको दुई दिवसीय औपचारिक भ्रमण पूरा गरी जापानका विदेशमन्त्री तारो कोनो बिहिबार बिहान फ्रान्सतर्फ प्रस्थान गर्नुभयो ।  आफ्ना नेपाली समकक्षी प्रदीपकुमार ज्ञवालीको मैत्रीपूर्ण निमन्त्रणमा छोटो अवधिका लागि नेपाल भ्रमणमा आउनुभएका मन्त्री कोनोले आजै बिहान राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग बेग्लाबेग्लै शिष्टाचार भेट गर्नुभएको थियो ।  परराष्ट्रमन्त्रीद्वयको नेतृत्वमा बुधबार भएको प्रतिनिधिमण्डलस्तरीय वार्तामा द्विपक्षीय सम्बन्धका सबै पक्षमा छलफल हुनका..

    अमेरिकाको डेलिगेटमा विजयी ह्यारी भण्डारीको ‘स्टाईल’ : वेदलाई हातमा लिएर शपथ

    बिहिवार, पौष २६, २०७५ साल
    वाशिङ्गटन डिसी, २६ पुस  अमेरिकाको राज्य तहको डेलिगेटमा विजयी हुनुभएका ह्यारी भण्डारीले बुधबार मेरिल्याण्ड जनरल एसेम्बलीमा शपथ लिनुभएको छ । उहाँले हिन्दू धर्मको मूल ग्रन्थ वेदलाई हातमा लिएर शपथ लिनुभएको छ ।  मेरिल्याण्डको स्टेट राजधानी एनापोलिसमा आयोजित एक समारोहमा अन्य डेलिगेटसँगै भण्डारीले पनि शपथ लिनुभएको हो । शपथग्रहण पश्चात रासससँग कुरा गर्दै डेलिगेट भण्डारीले भन्नुभयो, “मैले अमेरिकामा आएर यो तहको सफलता हासिल..

    जापानद्वारा निरन्तर सहयोगको प्रतिबद्धता : नेपाली श्रमिकलाई रोजगारी प्रदान गर्ने

    बिहिवार, पौष २६, २०७५ साल
    काठमाडौँ, २६ पुस  प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालको दुई दिवसीय भ्रमणमा रहनुभएका जापानका विदेशमन्त्री तारो कोनोले बिहिबार प्रधानमन्त्री निवास बालुवाटारमा शिष्टाचार भेट गर्नुभयो ।  त्यस अवसरमा नेपाल–जापान सम्बन्धका साथै पारस्परिक हित र चासोका विविध विषयमा विचार विमर्श भएको थियो । मन्त्री कोनो नेतृत्वको जापानी प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री ओलीले नेपालको सामाजिक, आर्थिक विकासमा जापानबाट निरन्तर सहयोग प्राप्त भएकामा आभार व्यक्त गर्दै नेपाल सरकारको..

    नेपाल र जापानबीच परराष्ट्रमन्त्रीस्तरीय वार्ता शुरु, द्विपक्षीय सम्बन्धका पक्षमा छलफल

    बुधबार, पौष २५, २०७५ साल
    काठमाडौँ, २५ पुस  नेपाल र जापानबीच परराष्ट्रमन्त्रीस्तरीय वार्ता शुरु भएको छ ।  परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र उहाँका जापानी समकक्षी तारो कोनो नेतृत्वको प्रतिनिधिमण्डलस्तरीय वार्तामा द्विपक्षीय सम्बन्धका सबै पक्षमा छलफल हुनका साथै पारस्परिक हित र चासोका विषयमा विचार विमर्श हुने परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागीले बताउनुभयो ।  नेपाली प्रतिनिधिमण्डलमा ऊर्जा, अर्थ, उद्योग, शिक्षा, कृषि, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र लगानी बोर्डका उच्च अधिकारी..

    नेपाल र फ्रान्सबिच ७० औं वर्षगाँठ मनाउने सहमति, मिस नेपाल श्रृंखला सद्भावना दुतमा नियुक्त

    बुधबार, पौष २५, २०७५ साल
    काठमाडौं, २५ पुस । नेपाल र फ्रान्सबीच २०१९ मा उच्चस्तरीय भ्रमण गराउँदै दुई देशबीच कुटनैतिक सम्बन्ध स्थापनाको ७० औँ वर्षगाठ मनाउन सहमति भएको छ । यसैबीच मिस नेपाल श्रृंखला खतिवडा सद्भावना दूत तोकिएकी छन् । दुवै देशका परराष्ट्र सचिवस्तरीय बैठकले श्रृंखलालाई सद्भावना दूत नियुक्त गरेको हो । सचिवस्तरीय वार्तापछि परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र सचिव शंकरदास बैरागी र फ्रान्सका विदेश सचिव..

    रायसिना संवादकोलागि परराष्ट्रमन्त्री भारत जाँदै, उच्च अधिकारीसँग भेटघाट कार्यक्रम

    बुधबार, पौष २५, २०७५ साल
    काठमाडौँ, २५ पुस  परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली ‘रायसिना संवादको चौथो संस्करण’मा भाग लिन बिहीबार नयाँ दिल्ली जानुहुने भएको छ । मन्त्री ज्ञवालीले उक्त संस्करणलाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । अब्जर्भर रिसर्च फाउण्डेशनद्वारा भारतीय विदेश मन्त्रालयको सहकार्यमा हुने सो कार्यक्रमम यस वर्षको विषय ‘अ वल्र्ड रिअर्डरः न्यू जिओमेट्रिक्स, फ्ल्युड पार्टनरसिप, अनसर्टेन आउटकम्स’ छ ।  भ्रमणका अवधिमा मन्त्री ज्ञवालीले भारत सरकारका उच्च..

    सरकार र डा. केसीबिचको सहमति तोडियो, केसीको १६ औं अनशन आजैदेखि !

    बुधबार, पौष २५, २०७५ साल
    काठमाडौँ, २५ पुस बुधबार संसदको शिक्षा तथा स्वास्थ्य समितिले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक–२०७५ बहुमतले पारित गरेसँगै सरकार र डा. गोविन्द केसीबीच यसअघि भएको सहमति तोडिएको छ ।  सहमति तोडिएसँगै डाक्टर केसीले आजैदेखि अनसनमा बस्ने घोषणा गरेका छन् । उनी १६ औं अनसन बस्न प्रदेश नम्बर १ को इलाम पुगिसकेका छन् ।  सरकारले केसीको माग पूरा गर्न गत पुस १७ गतेसम्मको समय माग गरेको..

    राष्ट्रियसभा बैठक : तपस्वी भनिने बम्जनलाई पक्राउ नगरेकोमा सांसदको आपत्ति

    बुधबार, पौष २५, २०७५ साल
    काठमाडौँ, २५ पुस  राष्ट्रियसभाको बुधबारको बैठकमा सांसद कोमल ओलीले तपस्वी भनिने रामबहादुर बम्जनले महिलामाथि हिंसा गरेको सार्वजनिक हुँदा पनि पक्राउ नगरेकोमा आपत्ति प्रकट गर्नुभयो ।  सांसद ओलीले शून्य समयमा बोल्दै सानो बुद्ध भनेर बसेका तपस्वी बम्जनले महिलामाथि हिंसा गरेको र महिला बेपत्ता पारेका भनी पीडित पक्ष स्वयम् आउँदासमेत पक्राउ नपरेकोमा सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले सञ्चारमाध्यममा करीब एक हप्ताभन्दा अगाडिदेखि नै सो..

    हुम्लामा अत्यधिक हिमपात, सिमकोटमा एक फिट हिउँ जम्यो, हवाईसेवा अवरुद्ध

    बुधबार, पौष २५, २०७५ साल
    हुम्ला, २५ पुस :  जिल्लामा अत्यधिक हिमपात भएको छ । सदरमुकाम सिमकोटमा एक फिट हिउँ जमेको छ ।  हिमपातपछि यहाँको जनजीवन प्रभावित बनेको छ । विद्यार्थीको पठनपाठन प्रभावित भएको छ । मङ्गलबार रातिदेखि हिउँ पर्न थालेको हो । हवाईसेवा अवरुद्ध भएको छ । हवाईसेवा अवरुद्ध हँुदा खाद्यान्न तथा दैनिक उपभोग्य सामानको अभाव भएको छ ।  हिमपातका कारण पशुचौपाया गोठभित्रै थन्किएका छन् । माथिल्लो..

    नेपाल–फ्रान्स परामर्श बैठक आज, ५ सदस्यीय फ्रान्सेली प्रतिनिधिमण्डल आउँदै

    बुधबार, पौष २५, २०७५ साल
    काठमाडौँ, २५ पुस नेपाल–फ्रान्स परामर्श बैठक बुधबार राजधानीमा हुँदैछ । दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वार्षिकोत्सवका सन्दर्भमा हुन लागेको उक्त बैठकमा भाग लिन फ्रान्सका विदेश सचिव मोरिस गर्दो मोन्तानको नेतृत्वमा पाँच सदस्यीय फ्रान्सेली प्रतिनिधिमण्डल बुधबार नेपाल आइपुग्ने छ ।  बैठकमा अर्थ, उद्योग र वाणिज्य, वन तथा वातावरण, भौतिक पूर्वाधार तथा यातायात, सञ्चार तथा सूचना प्रविधि र संस्कृति, पर्यटन तथा नागरिक..

    गण्डकी प्रदेशसभा : नेकपा संसदीय दलको प्रमुख सचेतकमा अधिकारी, सचेतकमा गुरुङ

    बुधबार, पौष २५, २०७५ साल
    कास्की २४ पुस : गण्डकी प्रदेशसभामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलको प्रमुख सचेतक र सचेतक चयन गरेको छ ।  अधिकारी यसअघि पनि नेकपा एमालेका तर्फबाट दलको प्रमुख सचेतक हुनुहुन्थ्यो भने गुरुङ माओवादीका तर्फबाट प्रमुख सचेतक रहनुभएको थियो ।  नेकपा कास्कीको जिल्ला पार्टी कार्यालयमा मंगलबार साँझ अबेर सम्पन्न संसदीय दलको बैठकले प्रमुख सचेतकमा मायानाथ अधिकारी र सचेतकमा गायत्री गुरुङलाई चयन गरेको प्रदेशसभा सदस्य..

    जापानका विदेशमन्त्री कोनो नेपाल आउँदै, २ देशबीच हवाई सम्झौता हुने निश्चित

    मंगलवार, पौष २४, २०७५ साल
    काठमाडौँ, २४ पुस  नेपाल र जापानबीच हवाई सेवा सम्झौता हुने भएको छ । जापानका विदेशमन्त्री तारो कोनोको औपचारिक भ्रमणका क्रममा बुधबार दुई देशबीच त्यस्तो सम्झौता हुन लागेको हो । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र उहाँका समकक्षी कोनोबीच बुधाबार अपराह्न हुने मन्त्रीस्तरीय वार्तापछि उक्त सम्झौता हुनेछ । त्यसैगरी, नेपाल र जापानको परराष्ट्र मन्त्रालयबीच सहयोग प्रवद्र्धन गर्नेसम्बन्धी द्विपक्षीय परामर्श संयन्त्र निर्माण हुनेछ ।  परामर्श संयन्त्र निर्माणसम्बन्धी..

    गगन थापा भन्छन् - सरकार बलियो तर बरालियो, जनअपेक्षा अनुसार काम भएन

    मंगलवार, पौष २४, २०७५ साल
    बनेपा, २४ पुस  नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले अहिलेको सरकार बलियो भए पनि बरालिएको आरोप लगाउनुभएको छ । उहाँले भन्नुभयो, “संविधान निर्माण गरेर राजनीतिक स्थिरता ल्याए पनि जनताले गरेको अपेक्षा अनुसार काम हुन सकेन ।”  नेपाली काङ्ग्रेस बनेपा नगरपालिका–३ र ४ को संयुक्त आयोजनामा आज काभ्रेको नाला शेरामा भएको कार्यकर्ता भेलामा नेता थापाले सरकारले देशभित्रै नयाँ उद्योग खोल्ने र युवाले रोजगारी..

    निजी क्षेत्रको सहकार्यबाट तीव्र आर्थिक उन्नति गर्ने पक्षमा सरकार : प्रधानमन्त्री [फोटो सहित]

    मंगलवार, पौष २४, २०७५ साल
    काठमाडौँ, २३ पुस  प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार निजी क्षेत्रसँगको सहकार्यमार्फत तीव्र आर्थिक उन्नति गर्ने पक्षमा रहेको बताउनुभएको छ ।  चेम्बर दिवस २०७५ तथा नेपाल चेम्बर अफ कमर्शको ६८औँ वार्षिक साधारणसभाको सोमबार यहाँ उद्घाटन गर्दै उहाँले तीव्र र चौतर्फी विकास सरकारको चाहना भएको दोहो¥याउनुभयो । सरकार निजी क्षेत्रलाई विश्वासमा लिएर अघि बढ्न तयार रहेको बताउँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “तपाईंहरु ढुक्क भएर अगाडि..

    नयाँ चिनियाँ राजदूत याङ्की काठमाडौंमा, राष्ट्रपति भण्डारीसमक्ष बुझाइन् ओहोदाको प्रमाणपत्र

    सोमबार, पौष २३, २०७५ साल
    काठमाडौँ, २३ पुस   नेपालका लागि नयाँ चिनियाँ राजदूत हाउ याङ्कीले सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई ओहोदाको प्रमाणपत्र बुझाएकी छन् । यस अघिकी राजदूत यु होङ विदा भएपछि याङ्कीलाई चीनले नेपालका लागि नयाँ राजदूतकोको रुपमा नेपाल पठाएको हो । उनी गत डिसेम्बर २९ मा नेपालमा आइपुगेकी थिइन् । उनले आफ्नो ओहोदाको प्रमाणपत्र डिसेम्बर ३० मै परराष्ट्र मन्त्रालयमा पेश गरी काम थालिसकेकी थिइन् । सोमवार राजदूत..

    राजधानी र नाममा सहमति नजुट्दा हिउँदे अधिवेशन अन्योल, गृहकार्य जारी

    सोमबार, पौष २३, २०७५ साल
    पथरी, २३ पुस  राजधानी र प्रदेशको नाममा सहमति नजुट्दा प्रदेश १ को हिउँदे अधिवेशन आह्वानबारे अझै टुङ्गो लाग्न सकेको छैन । पुसको पहिलो साताबाट हिउँदे अधिवेशन बस्ने सहमति गर्दै बर्खे अधिवेशन असोज २३ मा सकिएको थियो । साझा सूचीमा रहेका विधेयक अझै पारित गरिएको छैन ।  त्यसैगरी स्थायी राजधानी र नामाङ्कनका विषयमा सहमति जुट्न नसक्दा र प्रदेश सरकारले प्रदेशसभालाई छलफलका विषयवस्तु उपलव्ध..

    नेपाली सेनाद्वारा सञ्चालित 'कठिन जङ्गल युद्धकला' सिक्न विदेशी सैनिक नेपालमा !

    सोमबार, पौष २३, २०७५ साल
    कलैया, २३ पुस  विशेषगरी सुरक्षा अङ्गको प्रतिविद्रोह तथा प्रतिआतङ्कवाद क्षमता अभिवृद्धि गर्न जङ्गल युद्धकला तालीम अति महत्वपूर्ण अङ्ग मानिन्छ । नेपाली सेनाद्वारा यहाँ सञ्चालित प्रतिविद्रोह तथा जङ्गल ‘वारफेयर’ शिक्षालय अहिले विदेशी सैनिकलाई समेत जङ्गल युद्धकला सिक्ने उत्कृष्ट तालीम केन्द्र बन्न पुगेको छ ।  पछिल्लो वर्षयता विशेषगरी अमेरिका, चीन तथा भारतका सैनिक अधिकृतका लागि प्रतिविद्रोह तथा प्रतिआतङ्कवाद क्षमता अभिवृद्धि गर्न शिक्षालय पहिलो रोजाइ..

    “देशको विकास र समृद्धिका लागि प्रण गरौं, देश बने सबैले सुख पाउछौँ ।”

    सोमबार, पौष २३, २०७५ साल
    काठमाडौँ, २३  पुस : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले सरकारले निर्यातजन्य उद्योगलाई विशेष सहुलियत उपलब्ध गराउने बताउनुभएको छ ।  तेस्रो निर्यात दिवस तथा निर्यात परिषद्को २१औँ वार्षिक साधारणसभामा मन्त्री यादवले निर्यात अत्यन्त न्यून रहेकामा चिन्ता व्यक्त गर्दै विद्यमान व्यापार घाटा कम गर्न स्वदेशी उत्पादनको प्रयोग तथा निर्यातजन्य उद्योगको प्रवद्र्धन गर्नुपर्ने बताउनुभयो ।  मन्त्री, कर्मचारी र व्यापारीलाई जनताले सकारात्मक दृष्टिकोणले हेर्न छाडेको बताउँदै..

    प्रदेससभा छिर्न पाएनन् दीपक मनाङे, सपथ नगराउने सभामुखको निर्णय

    आईतवार, पौष २२, २०७५ साल
    काठमाडौं, २२ पुस: प्रदेश सभा निर्वाचनमा मनाङबाट निर्वाचित राजीव गुरुङ उर्फ दीपक मनाङेलाई शपथ ग्रहण गराउने विषय केही समयलाई रोकिएको छ। प्रदेश सभा निर्वाचनमा मनाङबाट निर्वाचित राजीव गुरुङ उर्फ दीपक मनाङेलाई शपथ ग्रहण गराउने कि नगराउने बिषयमा छलफल भएको थियो। सबै दलहरु सम्मिलित हुने कार्य व्यवस्था परामर्श समिति बैठक सभामुखले बोलाएका थिए। बैठकले कानुन अनुसार शपथ गराउने कि नगराउने जिम्मेवारी सभामुखलाई सुम्पिएको..

    प्रधानमन्त्रीलाई प्रश्न गर्न नदिँदा संसदमा हंगामा, कांग्रेसद्वारा घेराउ गरी प्रदर्शन

    आईतवार, पौष २२, २०७५ साल
    काठमाडौँ, २२ पुस संसदमा सार्वजनिक वक्तव्य दिएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गर्न नपाएपछि नेपाली कांग्रेसका सांसदहरुले नाराबाजी गरेका छन् । आइतबार संसद बैठकको सुरुमा नै प्रधानमन्त्री ओलीले झण्डै एक घन्टा लामो सम्बोधन गरे । उनले सरकारको कामकारबाहीबारे जानकारी दिनुका साथै विपक्षी सांसदहरुले विभिन्न समयमा उठाएका प्रश्नको जवाफ समेत दिएका थिए । प्रधानमन्त्री ओलीलाई प्रश्न सोध्न नपाएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको..

    राज्यलाई समृद्ध र जनतालाई सुखी बनाउने भन्दा अर्को ध्येय छैन : प्रधानमन्त्री ओली

    आईतवार, पौष २२, २०७५ साल
    काठमाडौं, २२ पुस  ।  प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सञ्चालनको जिम्मा पाएकोले सपना देखेर अघि बढेको बताउदै उहाँले त्यही सपना र भिजन लागू गर्नु सरकारको कर्तव्य भएको बताउनु भयो । सरकारको सफलता असफलता वैज्ञानिक विधिबाट हेर्नु उचित हुने बताउनु भएको छ । आईतबार प्रतिनिधिसभा वैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सुखद परिणामका लागि सबै मिलेर काम गर्नु पर्ने पनि प्रष्ट पार्नुभयो । उहाँले राज्यलाई..

    प्रधानमन्त्रीले आज संसदमा सभापति देउवाले उठाएका प्रश्नको जवाफ दिने

    आईतवार, पौष २२, २०७५ साल
    काठमाडौं, २२ पुस  प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार सम्बोधन गर्नु हुने भएकाे छ । व्यस्तताका कारण शुक्रबारको सम्बोधन स्थगित गरेका प्रधानमन्त्री ओलीले आईतबार सम्बोधन गर्न लाग्नु भएकाे हाे ।  बानेश्वरस्थित संसद भवनमा दिउँसो १ बजे प्रधानमन्त्री ओलीले संसद बैठकलाई सम्बोधन गर्ने कार्यक्रम छ। बैठकमा प्रधानमन्त्री ओलीले वाइड बडी भ्रष्टाचारलगायत समसामयिक विषयमा जवाफ दिने बताइएको छ। प्रधानमन्त्रीले समासमायिक विषयमा प्रतिपक्षि दल र..

    नेपाल-फ्रान्स कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव : विदेश सचिव गुर्दो काठमाडौं आउँदै

    आईतवार, पौष २२, २०७५ साल
    काठमाडौँ, २२ पुस  नेपाल र फ्रान्सबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सवका सन्दर्भमा फ्रान्सको विदेश मन्त्रालयका सचिव मोरि मोन्टान गुर्दो नेपालको दुई दिवसीय भ्रमणमा यही पुस २५ गते राजधानी आउनुहुने भएको छ ।  परराष्ट्र सचिव शङ्करदास वैरागीको निमन्त्रणामा उहाँका फ्रान्सेली समकक्षीबाट हुन लागेको यो भ्रमणका क्रममा सोही दिन दुई देशका विदेश सचिवको नेतृत्वमा द्विपक्षीय परामर्श संयन्त्रको बैठक हुनेछ ।  बैठकमा दुई देशबीचको सम्बन्धलाई..

    उपेन्द्र यादव अब झन् शक्तिशाली ! सङ्घीय फोरममा हाम्रो कम्युनिष्ट पार्टी समाहित

    शनिबार, पौष २१, २०७५ साल
    काठमाडौँ, २१ पुस : सङ्घीय समाजवादी फोरम नेपालमा ‘हाम्रो कम्युनिष्ट पार्टी नेपाल’ समाहित भएको छ । यहाँ शनिबार आयोजित कार्यक्रममा उक्त पार्टी फोरममा समाहित भएको फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । समाहित कार्यक्रममा उपप्रधान तथा स्वास्थ्यमन्त्री तथा फोरमका अध्यक्ष उपेन्द्र यादवले मुलुकलाई समृद्धि बनाउन साना पार्टीसँग एकता गरेर पार्टीलाई बलियो बनाउन थालिएको बताउनुभयो ।  उहाँले पार्टी मजबुद भए मात्र मुलुकको विकास..

    जनताले काँग्रेसको नेतृत्वमा परिवर्तन चाहेका छन् : महामन्त्री डा कोइराला

    शनिबार, पौष २१, २०७५ साल
    चितवन, २१ पुस  : नेपाली काङ्ग्रेसका महामन्त्री डा शशांक कोइरालाले जनताले पार्टीको नेतृत्वमा परिवर्तन खोजेको बताउनुभएको छ ।  नेपाली काङ्ग्रेस रत्ननगर नगरसमितिले रत्ननगरमा आयोजना गरेको कार्यकर्ता भेटघाट तथा वनभोज कार्यक्रममा बोल्दै उहाँले पार्टीलाई एक बनाएर लैजानका लागि नेतृत्वमा परिवर्तन आवश्यक रहेको बताउनुभयो ।  नेपाली काङ्ग्रेसका नेता धनराज गुरुङले नेपाली काङ्ग्रेस आफ्नो दृष्टिकोणका साथ बदलिनु आवश्यक रहेको बताउनुभयो । पार्टीलाई चलायमान बनाउन लागि नेतृत्व..

    काङ्ग्रेसको बैठक माघ १० मा, वर्तमान अवस्था र नीतिका विषयमा छलफल

    शनिबार, पौष २१, २०७५ साल
    काठमाडौँ, २१ पुस  नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक आगामी माघ १० बस्ने भएको छ ।  काङ्ग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले शनिबार विज्ञप्ति जारी गरी आगामी माघ १० गते बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक आह्वान गरिएको जानकारी दिनुभयो ।  बैठकमा मुलुकको वर्तमान अवस्था र आगामी दिनमा काङ्ग्रेसले लिने नीति तथा समसामयिक विषयमा छलफल हुने विज्ञप्तीमा उल्लेख छ । काङ्ग्रेसले केन्द्रीय कार्यसमितिका पदाधिकारी,..

    न्यायालयको गरिमा राख्न अप्रिय निर्णय लिए : प्रधानन्यायाधीश जबरा

    शनिबार, पौष २१, २०७५ साल
    काठमाडौँ, २१ पुस : प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले न्यायालयको गरिमालाई कायम राख्न वरिष्ठतम् न्यायाधीश दीपकराज जोशीलाई मुद्दाको पेशी नतोक्ने अप्रिय निर्णय गर्नुपरेको बताउनुभएको छ ।  प्रधानन्यायाधीश राणाले आफू देश र जनतालाई न्याय दिन नै सर्वोच्च अदालतमा प्रधानन्यायाधीशका रुपमा आएको र न्यायालय र देशलाई हित भएमा आफू पदै छोड्न तयार रहेको स्पष्ट पार्नुभयो ।  नेपाल बार एशोसिएशनका अध्यक्ष शेरबहादुर केसीसहितको समूहसँग भएको भेटमा उहाँले आफूले..

    तपस्वी बताउने रामबहादुर बम्जनमाथि प्रहरी अनुसन्धान, बाँडेगाउँस्थित आश्रममा छानबिन

    शनिबार, पौष २१, २०७५ साल
    मेलम्ची, २० पुस : तपस्वी बताउने बाराका रामबहादुर बम्जनको सिन्धुपाल्चोकको बाँडेगाउँस्थित आश्रममा प्रहरीले छानबिन शुरु गरेको छ ।  बम्जनको आश्रमबाट मकवानपुरका दुई जना हराएको निवेदन परेपछि मकवानपुर प्रहरीले सिन्धुपाल्चोकसँगको सहकार्यमा खोजी शुरु गरेको हो । अनुसन्धान टोलीले आज आश्रम प्रवेश गरी सोधपुछ र आवश्यक अनुसन्धान थालेको हो । आश्रममा खान तलासी गर्न जिल्ला अदालतले बिहीबार प्रहरीलाई अनुमति दिएको थियो ।  प्रहरी प्रवक्ता..

    किशोरी अधिकारहरुका विषयमा पैरवी गर्ने उदेश्यका साथ शसक्तिकरण सञ्जाल गठन

    शुक्रबार, पौष २०, २०७५ साल
    कावासोती, २० पुष  जिल्लामा किशोरी अधिकारका सवालहरुमा पैरवी गर्ने उदेश्यका साथ नवलपुर किशोरी शसक्तिकरण सञ्जाल गठन भएको छ । जिल्लामा क्रियाशिल गैरसरकारी संस्थाहरु सदस्य रहने गरी जागृति बाल तथा युवा सरोकार नेपालको संयोजनमा सञ्जाल गठन भएको हो । सञ्जालले किशोरी शसक्तिकरणको लागि किशोरी अधिकारलाई नीतिगत रुपमा स्थापित गराउन पैरवी गर्ने सञ्जालको मुख्य लक्ष्य रहेको जागृति बाल तथा युवा सरोकार नेपालका अध्यक्ष तिलोत्तम..
    Weather Forecast