बुधबार, कार्तिक ६, २०७६

    राज्य-समाज

    आज विजया दशमी, टीकाको उत्तम साइत बिहान १० : ३५ बजे

    मंगलवार, असोज २१, २०७६ साल
    काठमाडौं, २१ असाेज ।  आज नेपाली मात्रको महान् चाड बडा दशैंको मुख्य दिन अर्थात विजया दशमी। आजको दिन मान्यजनहरूबाट टीका र जमरा थापेर आशिर्वाद लिँदै मनाइन्छ। किम्बदन्तीअनुसार दशमीकै दिन दुर्गा भवानीले दानवी शक्तिमाथि तथा रामले रावणमाथि विजय हासिल गरेका थिए। सत्यले असत्यमाथि विजय पाएका कारण यस दिनलाई विजया दशमी भनिन्छ। तर बडा दशैं नेपालीहरूको साँस्कृतिक पर्वका रूपमा स्थापित हुदै आएको छ। बडा ..

    धुमधामले सिंगारिँदै काठमाडाैं, चिनियाँ राष्ट्रपति सि नेपालमा आउने मिति भने अझै गोप्य

    सोमबार, असोज २०, २०७६ साल
    काठमाडौं, २० असोज । चिनियाँ राष्ट्रपति सी जिन पिङ नेपाल आउने भनेर हिजोआज काठमाडौंको सडक सिंगारिँदै छ । उनी ठ्याक्कै कहिले काठमाडौं ओर्लन्छन् भन्ने मितिबारे सरकार र चीन दुबैले गोप्य राखेका छन् । यद्यपि, सि दशैं लगत्तै काठमाडौं ओर्लने बताइएको छ । सि आफ्नो भारत भ्रमणकै मेसो पारेर नेपाल आउने बताइएको छ । यसैका लागि सरकारले सि हिड्ने सडक धमाधम कालोपत्रे गर्दैछ ।..

    हिरासत भित्र पनि सीसीटीभीको निगरानीमा कृष्णबहादुर महरा

    सोमबार, असोज २०, २०७६ साल
    काठमाडौं, २० असोज । प्रहरी नियन्त्रणमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई सीसीटीभीको निगरानीमा राखिएको छ । अनामनगरस्थित महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएका महरालाई थुनुवा राख्ने कोठामा राखिएको छ जहाँ सीसीटीभीको निगरानी रहेको छ । महरालाई साँझ वृत्तमा पुर्याएपछि उनलाई अलग्गै कोठा दिइएको हो जहाँ थुनुवा राख्ने गरिएको छ । तर, उनलाई अन्य थुनुवा राखिएको ठाउँमा भने राखिएन । प्रहरी स्रोतका अनुसार महरा..

    नेपाल भ्रमण वर्ष अघि नै कोरला नाका खुलाउन सरकारलाई निर्देशन

    सोमबार, असोज २०, २०७६ साल
    गलेश्वर २० असोज । ‘नेपाल भ्रमण वर्ष–२०२०’ अघि नै चीनसँग सीमाना जोडिएको उपल्लो मुस्ताङको कोरला नाका खुलाउन सङ्घीय संसद्को विकास तथा प्रविधि समितिले सरकारलाई निर्देशन दिएको छ ।   सङ्घीय संसद्को विकास तथा प्रविधि समितिले उक्त नाका पुग्ने बेनी–जोमसोम–कोरला सडकखण्डको स्थलगत निरीक्षणको क्रममा सो नाका छिटोभन्दा छिटो खुल्ने गरी सडकलगायतका पूर्वाधार निर्माणको काममा तीव्रता दिन सरकारलाई निर्देशन दिएको हो ।   समितिका सभापति कल्याणी खड्काले..

    गैँडाको आक्रमणबाट एकको मृत्यु

    सोमबार, असोज २०, २०७६ साल
    भरतपुर, २० असोज । चितवनमा गैडाँको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । कालिका नगरपालिका–४ बस्ने ७२ वर्षीय गोरे कुमालको गैँडाको आक्रमणबाट आइतबार साँझ मृत्यु भएको हो ।  रत्ननगर नगरपालिका–११ स्थित पञ्चकन्या सामुदायिक वनको पिकनिक स्पोटमा निउरो खोज्न गएका कुमाललाई  गैँडाले आक्रमण गरेको थियो । उनको घटनास्थलमै मृत्यु भएको र शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको..

    बढी भाडा लिने ६ सवारीसाधन नियन्त्रणमा

    सोमबार, असोज २०, २०७६ साल
    पोखरा, २० असोज । दशैँको अवसरमा पोखराबाट बाहिरी जिल्ला जाने सर्वसाधारणलाई बढी भाडा लिएका छ वटा सवारीसाधनलाई जिल्ला प्रहरी कार्यालय कास्कीले आइतबार नियन्त्रणमा लिएको छ ।   दशैं मनाउन घर फर्कने यात्रु नठगिऊन् भन्ने उद्देश्यका साथ जिल्ला प्रहरी कार्यालय कास्कीले पोखराबाट बाहिरिने मुख्य सडकमा यात्रु सहायता कक्ष स्थापना गरेको प्रहरी नायव उपरीक्षक राजकुमार केसीले जानकारी दिनुभयो ।   यात्राका क्रममा बीच बाटोमा यात्रुलाई अप्ठ्यारोमा पारी..

    चिनियाँ राष्ट्रपतिको स्वागतमा यसरी सिँगारिँदै छ काठमाडौँ (फोटोफिचर)

    आईतवार, असोज १९, २०७६ साल
    काठमाडौँ, १९ असोज   दशैँको बिदामा राजधानी काठमाडौँका सडक सुनसान प्रायः छन् । अरु बेला भीडभाडले आवागमनमा असर पर्ने  उपत्यकाको सडकमा अहिले असाध्यै कम सवारी गुडिरहेका छन् ।    निजी सवारीसाधन अलिक बढी चलेका भए पनि सार्वजनिक सवारीसाधन कम चल्दा राजधानीले थकाइ मारेजस्तो देखिन्छ । दशैँले सबैलाई छोपे पनि केहीलाई भने दशैँभन्दा अरु नै महत्वपूर्ण कामले फुर्सद दिएको छैन । राजधानीका सडक सिँगार्ने, नयाँ..

    महराको दशैँ जेलमै ! प्रहरीले घरभित्रै घुसेर पक्रियो !!

    आईतवार, असोज १९, २०७६ साल
    काठमाडौं, १९ असोज संसद् सचिवालयकी कर्मचारीमाथि यौन दुव्र्यवहार गरेको आरोप लागेका पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् ।  आज साँझ सभामुख निवासबाटै महरालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी नायब उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिनुभयो । यौन दुव्र्यवहार आरोपमा जाहेरी परेपछि अनुसन्धानका लागि पक्राउ गरिएको उहाँले बताउनुभयो । आज दिउँसोमात्रै काठमाडौँ जिल्ला अदालतले यौन दुव्र्यवहारको आरोप लागेका महरालाई पक्राउको अनुमति दिएको..

    पुर्व सभामुख महरा दोषी ठहर भएमा कति सजाय हुन्छ ?

    आईतवार, असोज १९, २०७६ साल
    काठमाडौँ, १९ असोज पुर्व सभामुख कृष्णबहादुर महरा अन्तत प्रहरी नियन्त्रणमा पुगेका छन् । जिल्ला अदालतले पक्राउ पुर्जि जारी गरेपछि बालुबाटार पुगेको प्रहरीले महरालाई नियन्त्रणमा लिएको हो ।  जिल्ला अदालतवाट पक्राउका लागि अनुमति लिएसंगै महरामाथि अनुसन्धान प्रक्रियामा अदालत पनि जोडिएको छ ।  प्रहरीले  महरा विरुद्ध फौजदारी  अपराध संहिता अनुसार मुद्दा दायर गर्ने छ । मुद्दा दायर गर्नका लागि प्रहरीले आवश्यकता भएमा   अनुमति पनि..

    जिल्ला अदालतले दियो पूर्वसभामुख महरालाई पक्राउको अनुमति

    आईतवार, असोज १९, २०७६ साल
    काठमाडौँ, १९ असोज जिल्ला अदालत काठमाडौँले यौन दुव्र्यवहारको आरोप लागेका पूर्वसभामुख कृष्णबहादुर महरालाई पक्राउको अनुमति दिएको छ ।  संसद् सचिवालयमा कार्यरत एक महिला कर्मचारीलाई यौन दुव्र्यवहार गरेको आरोपमा जाहेरी परेपछि अदालतले पक्राउका लागि प्रहरीलाई अनुमति दिएको जिल्ला अदालत काठमाडौँका स्रेष्तेदार आनन्दप्रसाद श्रेष्ठले राससलाई जानकारी दिनुभयो । जिल्ला न्यायाधीश ब्रजेश प्याकुरेलले निजलाई पक्राउको अनुमति दिनुभएको हो । ..

    महरालाई पक्राउ गर्न तयारी तीव्र, सभामुख निवासमा बढ्यो प्रहरीको गतिविधि

    आईतवार, असोज १९, २०७६ साल
    काठमाडौं, १९ असाेज ।  जबरजस्ती करणीकाे आराेप लगेपछि सभामुखबाट राजीनामा दिएका कृष्णबहादुर महरालाई प्रकाउ गर्ने तयारीमा प्रहरी रहेको छ। यौन दुर्व्यहारको आरोप लागेर सभामुखबाट राजीनामा दिएका महरालाई पक्राउ गर्न अदालतले अनुमति दिएसँगै प्रहरी पक्राउको तयारीमा रहेको छ।  शुक्रबारदेखि नै प्रहरीको निगरानीमा रहेका महरालाई आइतबार दिउँसो काठमाडौं जिल्ला अदालतले पक्राउ गरेर अनुसन्धान गर्न प्रहरीलाई अनमति दिएको थियो। महराले संघीय संसद सचिवालयमा कार्यरत नर्स रोशनी शाहीलाई..

    कृष्णबहादुर महराले अझै छाेडेनन् बालुवाटार, यस्ताे छ पछिल्लाे अपडेट

    आईतवार, असोज १९, २०७६ साल
    काठमाडौं, १९ असाेज । महिला कर्मचारीलाई जवरजस्ती करणी गरेकाे आरोपका कारण सभामुख पदबाट राजीनामा दिएका कृष्णबहादुर महराले अझैपनि सरकारी निवास बालुवाटार छोडेका छैनन् । उनले गत आइतबार एक महिलालाई जबरजस्ती करणी गरेको आरोप लागेपछि राजीनामा दिएका थिए । उनलाई सत्तारुढ नेकपाले सभामुख र सांसद दुवै पदबाट राजीनामा दिन निर्देशन दिए पनि निर्देशन लगत्तै उनले सभामुख पदबाट मात्रै राजीनामा दिए ।  उनका विरुद्धमा..

    नवमीका दिन झापा जाँदै प्रधानमन्त्री ओली, दशमीको दिन बालुवाटारबाटै टीका

    आईतवार, असोज १९, २०७६ साल
    काठमाडौं, १९ असाेज । प्रधानमन्त्री केपीशर्मा ओली भोलि अर्थात नवमीको दिन गृह जिल्ला झापा जाने भएका छन् । झापामा आयोजित दसैंको शुभकामना आदान प्रदान कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री ओली गृहजिल्ला झापा जान लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले जानकारी दिएका छन् ।  त्यसैगरी प्रधानमन्त्रीले टीकाको साइतमा आफ्ना पिताबाट टीका र आशीर्वाद लिने कार्यक्रम छ ।  प्रधानमन्त्री ओलीले विजयादशमीको दिन कार्यकर्ता र शुभेच्छुकलाई..

    यस्तो छ प्रधानमन्त्री ओलीको टीकाको कार्यक्रम

    आईतवार, असोज १९, २०७६ साल
    काठमाडौँ, १९ असोज प्रधानमन्त्री केपी शर्मा ओलीले विजयादशमीको दिन कार्यकर्ता र शुभेच्छुकलाई टीका लगाइदिनेगरी कार्यक्रम तय भएको छ ।  प्रधानमन्त्री ओलीका प्रेस सल्लाहाकार डा कुन्दन अर्यालका अनुसार यस वर्षको बडा दशैँका अवसरमा टीकाको दिन यही असोज २१ गते दिउँसो २ देखि ४ सम्म मन्त्रीगण, सांसद्, विशिष्ट व्यक्ति, पार्टीका अन्य नेतालाई प्रधानमन्त्री ओलीले टीका लगाउनुहुने कार्यक्रम तय भएको छ ।  यस्तै दिउँसो ४ देखि..

    वरिष्ठ पत्रकार राजेन्द्रदेव आचार्यकाे निधन

    आईतवार, असोज १९, २०७६ साल
    काठमाडाैं, १९ असाेज । वरिष्ठ टेलिभिजन पत्रकार राजेन्द्रदेव आचार्यको निधन भएको छ। उनको ६१ वर्षको उमेरमा शनिबार राति थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो। उनी कलेजोसम्बन्धी समस्याबाट पीडित रहँदै आएका थिए। केहि दिन अगाडी वीर अस्पतालमा उनको उपचार भएको थियो। उपचारपछि घर फर्किएका आचार्यलाई पुनः सो समस्याले च्यापेपछि  शनिबार नर्भिक अस्पतालमा भर्ना गरिएको थियो। नेपाल टेलिभिजनमा २०४४ सालबाट सेवा सुरू गरेका आचार्य पछिल्लो दुई..

    कहिलेदेखि कसरी भएकाे थियाे कृष्णबहादुर महरासँग राेशनीकाे सामीप्यता ?

    आईतवार, असोज १९, २०७६ साल
    काठमाडाैं, १९ असाेज । ती महिलाका जाजरकोट स्थायी घर भएका श्रीमान् जागिरको सिलसिलामा २०४६ तिर रोल्पा गएका थिए। त्यही बेला उनको महरासँग सामीप्यता बढेकाे थियाे। धनुषाकी ती महिला आफ्ना बुवाआमासित दाङ गइन्। दाङतिरै उनीहरूबीच चिनजान भयो, प्रेम बस्यो र बिहे गरे। उनका श्रीमान्का अनुसार ०४७ सालमा महराले नै आफूहरूको विवाह गराइदिएका थिए। ‘राजनीतिक हिसाबले उहाँ मेरो गुरु हो, हामी ०४७ सालदेखि २ वर्ष उहाँकै..

    पिङमा रमाउँदै बालबालिका

    आईतवार, असोज १९, २०७६ साल
    स्याङ्जा, १९ असोज   । दशैंको अवसरमा नगरपालिका ८ तल्लो वालिङमास्थित लिंगे पिङमा रमाउँदै बालबालिका । तस्वीरः  हिमलाल पराजुली..

    सवारी चेकजाँच तथा अनुगमन

    आईतवार, असोज १९, २०७६ साल
    बुटवल, १९ असोज ।  प्रदेश नं ५ को प्रदेशस्तरीय सार्वजनिक यातायात व्यवस्था अनुगमन समितिले चाडपर्वमा यात्रुहरुकोे सुरक्षित आवागमनलाई मध्यनजर गर्दै शनिबार बुटवलको बसपार्क क्षेत्रमा अनुगमन गरेको छ ।   चाडपर्वका समयमा हुने सडक दुर्घटना र यात्रुको सुविधालाई मध्यनजर गरी आन्तरिक मामिला तथा कानून मन्त्रालयको अगुवाइमा प्रहरी र सरोकारवालाहरुको समन्वयमा बसपार्क क्षेत्रमा सवारी जाँच र अनुगमन गरिएको हो । दशैँका समयमा पुख्र्यौली घर फर्किने..

    प्रधानमन्त्री ओलीको प्रत्यक्ष कमाण्डमा चीनका राष्ट्रपति सिको भ्रमण तयारी

    आईतवार, असोज १९, २०७६ साल
    काठमाडौँ, १९ असोज ।  चीनका राष्ट्रपति सि जिनपिङ् स्वागतका लागि तीब्र तयारी जारी छ । दुई देशबीच उच्च राजनीतिक सम्पर्क र सम्बन्ध सुदृढ गर्ने अबसरका रुपमा सरकारले भ्रमणको तयारी गरिरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रत्यक्ष कमाण्डमा भ्रमणको भौतिक, सुरक्षालगायतका तयारी भइरहेको छ ।  भारतमा एकरात बसेर सि २५ असोजमा नेपाल आउने तय भएको छ ।  सिको भ्रमणको सुरक्षा र राजकीय..

    सुनसान हुँदै काठमाडौँ : शनिबार मात्रै ३ लाख ४५ हजार यात्रु बाहिरिए

    शनिबार, असोज १८, २०७६ साल
    काठमाडौँ, १८ असोज दशैँ मनाउन सर्वसाधारणहरु घरघर गएकाले काठमाडौँ उपत्यका शनिबारबाट सुनसानजस्तै देखिन थालेको छ ।  उपत्यकामा मानिसहरुको चहलपहल न्यून बन्दै गएको छ भने सवारी साधनसमेत पातलिएका छन् ।  अघिपछि सवारी जाम हुने यहाँको विभिन्न चोकहरुमा शनिबार रोकिनु नपरेको महानगरीय ट्राफिक प्रहरी महशाखाले जनाएको छ । सीमित मात्रामा भाडाका र निजी गाडी तथा मोटरसाइकल चलेका थिए ।  सवारी कम भएकाले शनिबार दिउँसो..

    जर्मनी टोलीद्वारा भक्तपुरको अवलोकन

    शनिबार, असोज १८, २०७६ साल
    भक्तपुर, १८ असोज नेपालको भ्रमणमा रहेका जर्मनको आर्थिक सहायता तथा विकाससम्बन्धी सङ्घीय मन्त्रालय एशिया विभाग प्रमुख नोबोर्ट बाथ्र्लेको नेतृत्वको टोलीले आज भक्तपुरको दरबार स्क्वायर क्षेत्रको अवलोकन भ्रमण गरेको छ ।   प्रतिनिधिमण्डललाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भादगाउँले टोपी लगाइदिएर भक्तपुरको दरबार स्क्वायरमा स्वागत गर्नुभयो । जर्मन टोलीले भक्तपुरको ऐतिहासिक तथा सांस्कृतिक महत्वको सम्पदाहरु कला सङ्ग्रहालय, दरबार क्षेत्र, तलेजु, पाँचतले मन्दिर र भैरवनाथ..

    पदोन्नति भएका सैनिक अधिकारीलाई दज्यानी चिह्न

    शनिबार, असोज १८, २०७६ साल
    काठमाडौँ, १८ असोज उपरथीमा पदोन्नति हुनुभएका दुई सैनिक अधिकारीलाई आज दज्र्यानी चिह्न प्रदान गरिएको छ ।   मन्त्रिपरिषद्को असोज १७ को निर्णयानुसार उपरथीमा पदोन्नति हुनुभएका निरीक्षण अधिकृतको कार्यालयका सहायक रथी अशोकराज सिग्देल र पश्चिम पृतनाका सहायक रथी गोकुल भण्डारीलाई आजै प्रधानसेनापति पूर्णचन्द्र थापाले दज्यानी चिह्न प्रदान गर्नुभएको हो । साथै नेपाली सेनाले पदोन्नति हुनुभएका उपरथी सिग्देललाई निरीक्षण अधिकृतको कार्यालयमा निरीक्षण अधिकृत र भण्डारीलाई पश्चिम..

    नेताहरुमा नैतिक र सांस्कृतिक विचलन आएको नेकपाका कार्यकर्ताको टिप्पणी

    शनिबार, असोज १८, २०७६ साल
    महोत्तरी, १८ असोज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता कार्यकर्ताले उपल्लो तहका नेतामा सांस्कृतिक विचलन आएकोमा चिन्ता व्यक्त गरेका छन् । आज महोत्तरीको बर्दिवास नगरपालिका–३ गौरीडाँडास्थित आधारशिला (कम्युन) ले आयोजना गरेको बडादशैँ, दिपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा नेता, कार्यकर्ताले यस्तो चिन्ता व्यक्त गरेका हुन् । कम्युनिष्ट पार्टी श्रमिकको भनिए पनि उपल्लो तहका नेताका घरमा अब नाङ्गो खुट्टाका गरीब जनता, सुकुम्वासी..

    दसैँमा पूर्व राजाको सन्देश, 'विद्रोहको भुसको आगो भित्रभित्रै सल्कनु दुःखद'

    शनिबार, असोज १८, २०७६ साल
    काठमाडौं, १८ असोज पूर्व राजा ज्ञानेन्द्र शाहले मुलुकमा फेरि पनि व्रिदोहको भुसको आगो भित्र–भित्रै सल्किदै जानु दुःखद पक्ष भएको बताउनु भएको छ । उहाँले व्रिदोहको भुसको आगो सल्किदै जानुले कसैको पनि हित नगर्ने तर्फ ध्यानाकर्षण गराउँदै निषेध र विभेदको शैली नअपनाउन सम्बन्धित सबैमा आग्रह गर्नुभएको छ । विजया दशमी २०७६ सालको उपलक्ष्यमा शुभकामना सन्देश जारी गर्दै पूर्व राजा शाहले मुलुकमा राष्ट्रियता धर्मराएको..

    फूलपातीमा पनि सफाइ अभियान जारी

    शनिबार, असोज १८, २०७६ साल
    काठमाडौँ, १८ असोज नेपालीको महान् पर्व बडा दशैँको फूलपातीका दिन पनि वाग्मतीलगायत उपत्यकाका नदी र चक्रपथ सफाइ अभियानले निरन्तरता पाएको छ ।  वाग्मती सफाइ महाअभियानको ३३४औँ हप्तामा गुह्येश्वरी अघिको नदी किनारमा सफाइ गरियो । उन्नाइस संस्थाका २५० अभियानकर्मीको सक्रियतामा भएको सफाइबाट तीन मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । सफाइमा तीनै सुरक्षा निकायको पनि सक्रियता थियो । प्रदेशसभा सदस्य दीपेन्द्र श्रेष्ठ र काठमाडौँ..

    'दुई तिहाइ सरकारको मूल्याङ्कन जनताले गरिराखेका छन्'

    शनिबार, असोज १८, २०७६ साल
    भक्तपुर, १८ असोज  नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता माधवकुमार नेपालले दुई तिहाइ सरकारको कामको मूल्याङ्कन नेपाली जनताले गरिराखेको बताउनुभएको छ । पुष्पलाल स्मृति प्रतिष्ठान जिल्ला समितिले सूर्यविनायकमा आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले सबै नेपालीलाई सुखी बनाउने र सबैको अनुहारमा हाँसो ल्याउने योजनाका साथ काम गर्नुपर्ने चुनौती रहेको बताउनुभयो ।  नेकपा र सरकार यतिखेर अग्नि परीक्षामा रहेको चर्चा गर्दै उहाँले भन्नुभयो, “अहिले..

    दशैँको पिङ अब सम्झनामा मात्रै !

    शनिबार, असोज १८, २०७६ साल
    बलेवा, १८ असोज केही वर्ष पहिले दशैँ भन्नेबित्तिकै टीका जमरा र पिङको याद आउने बागलुङका गाउँमा पछिल्लो समय काठे पिङ र चमच्चा देखिनै छाडेका छन् । बसाइँसराइ र वैदेशिक रोजगारीका कारण गाउँघरमा युवाको जमात कम छ । दशैँ मान्नकै लागि देशका ठूला शहर र विदेशबाट आएका युवासमेत पिङ बनाउने तथा खेल्ने काममा चासो दिँदैनन् । सहज इन्टरनेट चल्ने ठाउँको खोजीमा देखिन्छन् ।..

    अन्ततः चर्किँदै गएको महरा प्रकरणमा बाबुरामले मुख खोले

    शनिबार, असोज १८, २०७६ साल
    काठमाडौं, १८ असोज पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टीका संयोजक डा. बाबुराम भट्टराईले यौन दुर्व्यवहारको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पत्र लेखेका छन्।  फेसबुक पेजमा पोस्ट गरेको उक्त पत्रमा डा. भट्टराईले महरा मुछिएको घटना नेपालको क्रान्तिकारी आन्दोलनको नैतिक संकटको नकारात्मक बिम्ब बन्न पुगेको बताएका छन्। 'प्रिय महराजी....', भट्टराईले सम्बोधन गरेका छन्, 'हाम्रो जस्तो पितृसत्तात्मक समाजमा अधिकांश रूपमा महिला नै पीड़ित हुने भए पनि कहिलेकाहिं..

    झुलाघाट नाका : दशैँको मुखमा सीमा बन्द हुँदा समस्या

    शनिबार, असोज १८, २०७६ साल
    बैतडी, १८ असोज  भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका दशैँको मुखमा बन्द हुँदा नेपाली नागरिकलाई समस्या भएको छ । दशैँका लागि घर फर्कने तथा दशैँका समयमा व्यापार व्यवसाय गर्नेलाई पनि समस्या परेको हो ।  भारतको पिथौरागढ जिल्लामा शनिबार हुने जिल्ला पञ्चायत तथा ग्राम पञ्चायतको निर्वाचनलाई मध्यनजर राखेर सीमा नाका बन्द गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिनुभयो ।  दशैँको मुखमा सीमा..

    नेताको दसैंः कोही जिल्लामा, कोही काठमाडौंमै

    शनिबार, असोज १८, २०७६ साल
    काठमाडौँ, १८ असोज ।  दसैंको रमझम बढेको छ । संघीय राजधानी काठमाडौंबाट गाउँ जानेको भीड पनि ह्वातै बढेको छ । कति गइसकेका छन् भने कतिपय जाने तयारीमा छन् । नयाँ कपडाको किनमेलसँगै दसैंका लागि आवश्यक समानको व्यवस्थापनमा सर्वसाधारण जुटेका छन् । सधैं राजनीतिक कार्यक्रम, बैठक, सभा, सम्मेलनमा व्यस्त रहने राजनीतिक दलका नेता दसैंमा नेताकार्यकर्ता, सर्वसाधारणसँग भेटघाट गर्दै जनताका समस्या बुझ्ने योजनामा..
    Weather Forecast