शनिबार, भाद्र ७, २०७६

    राज्य-समाज

    आगामी फागुनभित्र करिब २० हजार निजामति कर्मचारीको माग गरिने

    शनिबार, माघ १२, २०७५ साल
    काठमाडौँ, १२ माघ  सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले आगामी फागुनभित्र करिब २० हजार निजामति कर्मचारीको माग गरिने बताउनुभएको छ ।  नेपाल यातायात महिला चालक समूहद्वारा आयोजित प्रमाणपत्र वितरण तथा सम्मान कार्यक्रममा उहाँले सङ्घीय लोकतान्त्रिक प्रणालीलाई व्यवस्थित गर्न हाल सो सङ्ख्यामा कर्मचारीको आवश्यकता रहेको बताउँदै यही माघ महीनाभित्र कर्मचारी समायोजनको कार्य सम्पन्न गरिने बताउनुभयो ।  महिला सशक्तिकरण र उनीहरुको आत्मनिर्भरताका लागि उक्त..

    डाबोसबाट फर्किएका प्रधानमन्त्रीलाई नेविसंघद्वारा कालो झण्डा देखाइ स्वागत !

    शनिबार, माघ १२, २०७५ साल
    काठमाडौं, १२ माघ ।  प्रधानमन्त्री केपी शर्मा ओली स्वीट्जरल्याण्डको डाबोस शहरमा आयोजित विश्व आर्थिक मञ्चको ४९ औं बैठकमा सहभागी भएर शनिबार बिहान स्वदेश फर्किएका छन् । उनलाई विमानस्थलभित्रै नेविसंघ कार्यकर्ताहरुले कालो झण्डा देखाएका छन् । विमानस्थलको आन्तरिक टर्मिनल नजिकै नेविसंघका कार्यकर्ताहरुले प्रदर्शन गर्न थालेपछि प्रहरीले नियन्त्रणमा लिएका थिए । नेविसंघले चिकित्सा शिक्षा विधेयकको विरोधमा सरकारविरुद्ध प्रदर्शन गर्दै आएको छ । विमानस्थलमा आयोजित पत्रकार..

    प्रधानमन्त्री ओली स्विट्जरल्यान्डबाट स्वेदश फिर्ता, विमनस्थलमा पत्रकार सम्मेलन

    शनिबार, माघ १२, २०७५ साल
    काठमाडौं, माघ १२ । विश्व आर्थिक मञ्चको ४९औं बैठकमा सहभागी भएर प्रधानमन्त्री केपी ओली स्वेदश फर्किनुभएको छ ।  स्वदेश फर्केपछि प्रधानमन्त्री ओलीले  त्रिभुवन अन्तराष्ट्रिय विमनस्थलमा पत्रकार सम्मेलन गरेर विश्व आर्थिक मञ्चको ४९औं बैठकमा आफूले लोकतन्त्र, यसमा प्रेसको भूमिकाका बारेमा विश्व समुदायका व्यक्तिसँग कुरा राखेको बताउनुभयो । डाबोसमा आफूले नेपालको वर्तमान राजनीति अवस्था, पर्यटनको सम्भवना, विदेशी लगानी, दिगो विकासका लागि नेपालले लिएको..

    भारतको ७० औँ गणतन्त्र दिवस, नेपालका राष्ट्रपति–प्रधानमन्त्रीद्वारा शुभकामना

    शनिबार, माघ १२, २०७५ साल
    काठमाडौँ, १२ माघ : राष्ट्रपति विद्यादेवी भण्डारीले भारतको ७० औँ गणतन्त्र दिवसका अवसरमा त्यहाँका राष्ट्रपति रामनाथ कोविन्दलाई आज एक सन्देश पठाउँदै हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।  त्यसैगरी उपपराष्ट्रपति नन्दबहादुर पुनले आफ्ना भारतीय समकक्षी एम भिनकाइ नाइडुलाई पनि आजै एक सन्देश पठाउँदै गणतन्त्र दिवसको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।  यसै अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि एक सन्देश..

    डा. केसीको अनसन जारी, प्रधानमन्त्रीको राजीनामा माग, आयोगको स्थापना र नयाँ व्यवस्था

    शनिबार, माघ १२, २०७५ साल
    काठमाडौँ, ११ माघ  चिकित्सा शिक्षा विधेयक पारित भएपछि डा गोविन्द केसीले प्रधानमन्त्रीको राजीनामा माग्दै अनसन जारी रहने बताएका छन् ।  प्रतिनिधि सभाको शुक्रबार बैठकले प्रतिपक्षको अवरोधका बाबजुद विधेयक पारित गरेको हो ।  आफ्नो सम्झौता विपरीतका प्रावधान घुसाएर विधेयक ल्याइएको भन्दै १७ दिनदेखि अनसन बसेका केसीले शुक्रबारै ५ बजे पत्रकार सम्मेलन गरी भने, 'अनसन जारी छ। प्रधानमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ।' सरकार आफैंले गठन गरेको..

    केवलकार नबनाए कसो होला प्रधानमन्त्री ज्यू ? जनता नै दुखी हुने विकासको के अर्थ !

    शुक्रबार, माघ ११, २०७५ साल
    काठमाडौँ, ११ माघ विकासको नाममा हुने बिनाशले जनता खुशी हुन सक्दैनन् भने त्यो बिकास हुनु र नहुनुको के अर्थ ? प्रसंग हो, नेपालको प्रसिद्ध धार्मिकस्थल पाथीभरादेवि जाने बाटोमा बनाउने भनिएको केबलकारको । ताप्लेजुङ आन्तरीक र बाह्य पर्यटकको प्रचुर संभावना बोकेको हिमाली जिल्ला हो । धार्मिक एवम् पर्यटकीयस्थल पाथीभरा देवीको महिमा र आस्था ज्यादा छ । यसै  देवीको मन्दिरमा जान सहजता होस्..

    नयाँ कानून बनाउँदै पोखरा महानगरपालिका, ८ वटा मस्यौदालाई स्वीकृत गर्ने तयारी

    शुक्रबार, माघ ११, २०७५ साल
    पोखरा, ११ माघ पोखरा महानगरपालिकाको चौथो नगरसभाले आठवटा कानूनका मस्यौदालाई स्वीकृत गर्ने भएको छ । पोखरा सभागृहमा आजदेखि शुरु नगरसभामा विधायन समितिका सभापति शोभामोहन पौडेलले समितिले तयार गरेका ती विधेयकहरुलाई सभामा प्रस्तुत गर्नुभएको थियो । सभामा महानगरपालिकाको आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको विधेयक, नगर खेलकूद विकास, नगर प्रहरी व्यवस्थापन, पर्यटक विकास, पूर्वाधार विकास, सुशासन, आर्थिक ऐन र सहकारी विधेयकको..

    अन्तत: संसद्‌मा पेस चिकित्सा शिक्षा विधेयक पारित, प्रतिपक्षी कांग्रेस चुप लाग्ला ?

    शुक्रबार, माघ ११, २०७५ साल
    काठमाडौं, ११ माघ : प्रमुख प्रतिपक्षी कांग्रेसको अवरोधबीच राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संसद्‌बाट पारित भएको छ । राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गरियोस् भन्ने शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शुक्रबारको संसद्‌मा पेस गरेको प्रस्ताव बहुमतले पारित गरेको हो । प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदले सदन अवरुद्ध गरेका छन् । सभामुख कृष्णबहादुर महराले पटकपटक आफ्नो सिटमा बस्न..

    वर्तमान सन्दर्भमा नेपालको परराष्ट्र नीति : लचिलो पार्न पूर्वपरराष्ट्र मन्त्रीहरुको सुझाव

    शुक्रबार, माघ ११, २०७५ साल
    ललितपुर, १० माघ :  नेपालका पूर्वपरराष्ट्रमन्त्रीहरुले राष्ट्रियहितलाई केन्द्रमा राखेर परराष्ट्र नीति बनाउनुपर्नेमा जोड दिएका छन् । उनीहरुले बलियो परराष्ट्र नीति बनाउन राष्ट्रिय चाख र कौतुहलताका विषयलाई अघि सार्नुपर्ने सुझाए दिए ।  ललितपुरमा  आयोजित ‘वर्तमान सन्दर्भमा नेपालको परराष्ट्र नीति’ विषयक कार्यक्रममा पूर्वपरराष्ट्रमन्त्रीहरुले नेपालको परराष्ट्र नीति अन्य मुलुकको नीतिसरह सवल र दरिलो बनाउन आवश्यक रहेको बताए । पूर्वपरराष्ट्रमन्त्री डा प्रकाशचन्द्र लोहनीले मुलुकको राजनीति, संस्कार,..

    सञ्चारमन्त्रीको खरो जवाफ : चिकित्सा विधेयक फिर्ता हुँदैन, अनशन र सदनमा अवरोध चल्दैन

    बिहिवार, माघ १०, २०७५ साल
    काठमाडौँ, १० माघ  सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक फिर्ता हुने सम्भावना नरहेकाले संसदीय प्रक्रियाअनुसार पारित हुने बताउनुभएको छ । सो विधेयकको विरोधमा डा गोविन्द केसीको १६औँ अनशन र प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसको सदनमा अवरोध कायम रहेको स्थितिमा सरकारले विधेयकलाई अघि बढाउने स्पष्ट गरेको हो । सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री बाँस्कोटाले पर्याप्त छलफल र सम्बन्धित समिति हुँदै अघि..

    मकवानपुरगढीमा विजयोत्सव : गढीको पर्यटकीय विकास गर्न राष्ट्रपतिबाट आह्वान

    बिहिवार, माघ १०, २०७५ साल
    हेटौंडा, १० माघ  राष्ट्रपति विद्यादेवी भण्डारीले मकवानपुरगढी देशको ऐतहासिक महत्व बोकेको र विशेष महत्वपूर्ण धरोहर भएको बताउनुभएको छ । बङ्गालका मिरकासिमको फौजलाई गोरखाली सेनाले पराजय गरेको दुई सय ५६औंँ विजयोत्सवका उपलक्ष्यमा मकवानपुरगढी गाउँपालिकाले आज आयोजना गरेको विजयोत्सव कार्यक्रममा राष्ट्रपति भण्डारीले गढी परिसरमा राष्ट्रिय झण्डोत्तोलन गर्दै नेपाल एकीकरण अभियानमा अतिमहत्वपूर्ण भूमिका निर्वाह गरेको स्थान मकवानपुरगढीको संरक्षण गरिनुपर्नेमा जोड दिनुभयो ।  विसं १८१९ आजकै दिन..

    हजामदेखि पानीजहाज इञ्जिनीयरसम्मको जनशक्ति प्रक्षेपण गर्दै नेपाल सरकार

    बिहिवार, माघ १०, २०७५ साल
    काठमाडौँ, १० माघ मुलुकले आर्थिक समृद्धिको लक्ष्य लिएसँगै कुन क्षेत्रमा कति जनशक्ति कार्यरत छन् र थप कति आवश्यक छ भन्ने स्पष्ट आँकडा पाउन मुस्किल छ ।  राष्ट्र निर्माणका लागि हरेक क्षेत्रमा दक्ष, अर्धदक्ष र अदक्ष जनशक्तिको अहम् भूमिका हुने भएकाले आगामी २५ वर्षका लागि त्यसको प्रक्षेपण गर्न नेपाल सरकारको कार्यदल सक्रिय छ । मन्त्रिपरिषद्को गत असोज २८ गतेको बैठकले शिक्षा, विज्ञान तथा..

    डा. गोविन्द केसीले अस्पतालबाटै 'माननीयहरू'लाई लेखे सामूहिक पत्र

    बिहिवार, माघ १०, २०७५ साल
    काठमाडौँ, १० माघ अनसनरत डाक्टर गोविन्द केसीले प्रतिनिधिसभा सदस्यहरूलाई इंगित गर्दै पत्र लेखेका छन्। बिहिबार पत्र लेख्दै उनले संसदीय समितिले गरेको त्रुटिलाई सच्याउँदै जनमुखी र विद्यार्थीमुखी चिकित्सा शिक्षा ऐन ल्याउन विवेकसम्मत निर्णय गर्न सांसदहरूलाई आग्रह गरेका छन्। उनले लेखेका छन्, ‘संसदीय समितिबाट पारित भएको अवस्थामा विधेयक पारित भयो भने, चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको सुधार र गुणस्तरीयता सुनिश्चित गर्ने यात्रा अपूरो नै रहनेछ।..

    सहिद दिवसमा सार्वजनिक बिदा दिने प्रदेश ३ सरकारको निर्णय

    बिहिवार, माघ १०, २०७५ साल
    हेटौडा, १० माघ । माघ १६ गते  परेको सहिद दिवसका दिन प्रदेश नम्बर ३ को सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । ३ नम्बरका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको मन्त्रिपरिषद बैठकले सहिदहरुको सम्मान गर्ने बिदा दिने  निर्णय गरेको हो ।   बैकठले आर्थिक मामिला तथा कानुन मन्त्रालयले पेश गरेको बिशेष अनुदान अन्तर्गतका योजना तथा कार्यक्रम स्वीकृत गर्ने  र नेपाल सरकारबाट प्रदान गरिने समपुरक..

    अन्तत: सर्वसाधरण कुट्ने २ प्रहरी जवानलाई निलम्बन, अनुसन्धान थालियो

    बिहिवार, माघ १०, २०७५ साल
    गलकोट, १० माघ : सामान्य भनाभनमै बागलुङ जिल्लाको गलकोट नगरपालिका–६ हरिचौरका ४० वर्षीय सोमबहादुर बस्नेतलाई कुटपिट गर्ने दुई प्रहरी जवानलाई बागलुङ जिल्ला प्रहरी कार्यालयले निलम्बन गरेको छ ।  विसं २०७५ पुस २९ गते इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान ३५ वर्षीय प्रेमसिंह विष्ट र प्रहरी जवान ३० वर्षीय बुद्ध थापाले बस्नेतलाई विनाकारण कुटपिट गरेको पाइएपछि विभागीय कारवाहीका लागि दुवै जनालाई निलम्बन गरिएको..

    प्रदेश नं ३ : यातायात व्यवस्था सेवा कार्यालय प्रारम्भ, छिट्टै लाइसेन्स पनि नवीकरण गर्ने

    बिहिवार, माघ १०, २०७५ साल
    हेटौँडा, ९ माघ    प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश यातायात व्यवस्था सेवा कार्यालय स्थापना भई सेवा विस्तार भएपछि प्रायः सबै अधिकार प्रदेशमा आइसकेको बताउनुभएको छ ।    प्रदेश कार्यालय स्थापना भएपछिको बुधबार आयोजित कार्यक्रममा उहाँले भन्नुभयो, “यो प्रदेश सरकारको ठूलो उपलब्धि हो ।” मुख्यमन्त्री पौडेलले यस कार्यालबाट धेरैभन्दा धेरै सेवाग्राहीले सेवा प्राप्त गर्ने विश्वास गर्नुभयो ।    सेवाग्राहीले छिटोछरितो सेवा पाउनुपर्नेतर्फ सचेत रहन..

    गोर्खा-मुगलयुद्धको २ सय ५६ वर्ष : मकवानपुरगढी विजयोत्सव, यस्तो छ इतिहास !

    बुधबार, माघ ९, २०७५ साल
    हेटौँडा, ९ माघ  गोर्खाली सेनाले आधुनिक युरोपेली हातहतियारसहित मकवानपुरको सहयोगमा आएका बङ्गाली सेनालाई पराजित गरेको दिन बुधबार नेपाली स्वाभिमानको दिन पनि हो । नेपाल एकीकरणका लागि आवश्यक ५०० भन्दा बढी आधुनिक हातहतियार र शक्तिशाली तोप नेपालले आजको दिन हात पारेको थियो ।    शत्रु मारिएको दिन : इतिहासका जानकार केदार न्यौपानेका अनुसार विसं १८१९ माघ १० गते नेपालको इतिहासमा सबैभन्दा बढी एक हजार ७००..

    निर्मला पन्तलाई न्याय र डा. केसीका मागहरु पुरा गर्न भन्दै सरकारविरुद्ध नेविसंघको प्रदर्शन (फोटोफिचर)

    बुधबार, माघ ९, २०७५ साल
    काठमाडौँ, ९ माघ बलात्कारपछि हत्या गरिएको कञ्चनपुरकी निर्मला पन्तलाई न्याय र प्रा डा गोविन्द केसीका मागहरु पुरा गर्न भन्दै नेपाल विद्यार्थी संघले सरकार विरुद्ध प्रर्दशन गरेको छ । माइतीघर मण्डलादेखि बानेश्वर चोकसम्म नेविसंघले बुधबार र्‍याली निकाल्दै सरकारविरुद्ध प्रदर्शन गरेको छ । नेविसंघका महासचिव कुन्दनराज काफ्लेले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको महिनौँ बितिसक्दा समेत हत्यारा पक्राउ नहुनु र जनतामुखी चिकित्सा शिक्षा विधेयक..

    तस्विरमा हेर्नुहोस् काठमाडौँकाे हिउँदे बर्षा, साझसम्म नरोकिने

    बुधबार, माघ ९, २०७५ साल
    काठमाडौँ, ९ माघ बुधबार उपत्यकामा समेत हल्का बर्षा भएको छ । सोमबारदेखि नै सुदुरपश्चिम र मध्य क्षेत्रका हिमाली र उच्च पहाडी स्थानहरुमा हिमपात पनि भइरहेको छ। उपत्यकासहित देशका मध्य र पश्चिम क्षेत्रमा बुधबार बेलुकासम्म नै पानी पर्ने मौसम विज्ञान विभागले जनाएको छ। विभागले मध्य भागका अधिकांश क्षेत्र र पश्चिमका धेरैजसो भागमा साँझसम्मै वर्षा हुने बताएको हो । काठमाडौंमा बुधबार ६ः३० बजेसम्म ५.५ मिलिलिटर..

    डाभोस विश्व आर्थिक मञ्च : नेता, व्यवसायी, अर्थविद् र अनुसन्धाताको कुम्भमेला

    बुधबार, माघ ९, २०७५ साल
    डाभोस, (स्वीटजरल्याण्ड), ९ माघ  विश्व आर्थिक मञ्च अर्थात् डाभोस फोरमको वार्षिक बैठक विश्वका राजनीतिक नेता, अर्थविद्, प्राविधिक, अनुसन्धाता तथा नागरिक समाजका अगुवाको कुम्भमेलाका रुपमा मङ्गलबार आरम्भ भएको छ ।  माइनस १० डिग्रीको चिसो र जताततै हिउँ नै हिउँले ढाकिएको वातावरणमा विश्वको आर्थिक अवस्थामा सुधार कसरी ल्याउने भन्नेमा चिन्तन मनन गर्न यी उच्च प्रतिनिधि व्यस्त रहेका छन् । यतिबेला, करीब ११ हजार मात्र..

    विभिन्न स्थानमा वर्षा र हिमपात, चिप्लेटी खेल्दै पर्यटक, देश नै रुझायो हिउँदे पानीले ! [भिडीयोसहित]

    बुधबार, माघ ९, २०७५ साल
    मुस्ताङ, ९ माघ  मुस्ताङमा हिमपातसँगै बढेको चिसोले जनजीवन प्रभावित भएको छ । वर्षा, हिमपात र चिसोका कारण सर्वसाधारणको दैनिकी, हवाई तथा सडक यातायात सेवासमेत प्रभावित भएको छ । जोमसोम, मुक्तिनाथ, लोमान्थाङ, लेतेलगायत मुस्ताङका सबै क्षेत्रमा हिउँ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  सडकमा हिउँ जमेपछि जोमसोम–मुक्तिनाथ र जोमसोम–लोमान्थाङ सडकमा यातायात सेवा बन्द भएको छ । सडकमा एक फिटसम्म बाक्लो हिउँ जमेको..

    शिक्षा र स्वास्थ्यमा व्यापार सदाका निम्ति बन्द हुन्छ : सञ्चारमन्त्री बाँस्कोटा

    मंगलवार, माघ ८, २०७५ साल
    काभ्रेपलाञ्चोक, ८ माघ  स् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले शिक्षाको व्यापारीकरण सदाका निम्ति बन्द हुने बताउनुभएको छ ।  मण्डनदेउपुर नगरपालिका–४ चैनपुरस्थित महाकाली माध्यमिक विद्यालयको ५८औँ वार्षिकउत्सव तथा नवनिर्मित भवनको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “शिक्षा र स्वास्थ्यमा व्यापारीकरण सदाका निम्ति बन्द गर्दैछौँ, अब एक कक्षामा पाँच लाख रुपैयाँ र डाक्टर बनाउन ८० लाख रुपैयाँ खर्च गराउने दिनको अन्त्य हुँदैछ, नेपालमा..

    विश्व आर्थिक मञ्चमा प्रम ओली, राष्ट्रपतिद्वारा स्वागत, विविध विषयमा विचारविमर्श

    मंगलवार, माघ ८, २०७५ साल
    डाभोस (स्विट्जरल्याण्ड), ८ माघ  प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार बिहान प्रारम्भ भएको विश्व आर्थिक मञ्चको ४९औँ वार्षिक बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सहभागी हुनुभएको छ ।  परम्परागत स्विस गीतसङ्गीतको प्रस्तुतिबाट शुरु भएको बैठकमा उपस्थित विश्वका विभिन्न मुलकका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखको स्विट्जरल्याण्डका राष्ट्रपतिले स्वागत गर्नुभएको थियो । स्वागतका क्रममा उहाँले सार्वजनिक–निजी साझेदारी र सहयोग प्रवद्र्धन गर्ने उक्त अन्तरराष्ट्रिय मञ्चलाई वर्तमान विश्वले बेहोर्नुपरेका..

    ‘ठूला नेता मिलेका साढे ४ अरब निलेका’ भन्दै धर्ना दिँदै आएका २१ अभियानकर्मी पक्राउ

    मंगलवार, माघ ८, २०७५ साल
    काठमाडौँ, ८ माघ  सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा धर्ना दिँदै आएका मानवअधिकार तथा शान्ति समाजका २१ अभियानकर्मी पक्राउ परेका छन् । ठूला नेता मिलेका साढे ४ अरब निलेका भन्ने नारा लाउँदै प्रदर्शन गर्ने २१ अधिकारकर्मीलाई प्रहरीले संघीय संसद भवन नयाँबानेश्वरबाट गिरफ्तार गरेको छ ।  प्रहरीले समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति उत्तम पुडासैनी, सल्लाहकार होमकान्त चौलागाईं, डा गङ्गाधर अधिकारी, सचिव बलबहादुर गाहामगर, कोषाध्यक्ष..

    वैदेशिक रोजगारीमा जाने श्रमिकलाई प्रदेशबाटै श्रम स्वीकृति दिइने, राजधानी धाउनुपर्ने बाध्यता हट्यो

    मंगलवार, माघ ८, २०७५ साल
    अत्तरिया, ८ माघ  सुदूरपश्चिम प्रदेशमा यो हप्ताभित्रै श्रम स्वीकृति दिने तयारी भइरहेको छ ।  वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकलाई सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा रहेको श्रम तथा रोजगार कार्यालयबाट श्रम स्वीकृति दिने तयारी भइरहेको कार्यालय प्रमुख कृष्णानन्द जोशीले बताउनुभयो ।  उहाँले शुक्रबारदेखि श्रम स्वीकृति दिने तयारी भइरहेको जानकारी दिनुभयो । प्रदेशबाटै श्रम स्वीकृति दिइने भएपछि विभिन्न जिल्लाबाट श्रम स्वीकृति लिन काठमाडौं धाउनुपर्ने बाध्यता..

    के राप्रपा काङ्ग्रेस र कम्युनिष्टको वैकल्पिक शक्ति बन्न सक्छ ? कमल थापा यसो भन्छन् ...

    मंगलवार, माघ ८, २०७५ साल
    हेटौँडा, ८ माघ  राप्रपा अध्यक्ष कमल थापाले कम्युनिष्ट र काङ्ग्रेसको वैकल्पिक शक्तिका रुपमा राप्रपालाई स्थापित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।  कम्युनिष्टको विचार बोकेर काङ्ग्रेस कम्युनिष्टको विकल्प बन्न नसक्ने जिकिर गर्दै उहाँले गणतन्त्र, धर्मनिरपेक्षता र सङ्घीयता कम्युनिष्टको एजेन्डा भएकाले त्यो काङ्ग्रेसले बोक्दा काङ्ग्रेस कम्युनिष्टको भाइ पार्टी मात्र बन्छ भन्नुभयोे ।  ‘हिन्दूत्व जनजाँगरण अभियान’ अन्तर्गत हेटौँडा–६ मा उक्त पार्टीद्वारा आज आयोजित घरदैलो कार्यक्रममा अध्यक्ष..

    नेपाली युवा - वैदेशीक रोजगारको रंगीन सपना र लाचार सरकार, कहिले बन्ला सुखी नेपाल ?

    मंगलवार, माघ ८, २०७५ साल
    काठमाडौँ, ८ माघ  प्रत्येक दिन जस्तो नेपालको अन्तर्राष्ट्रिय विमानस्थलमा वैदेशीक रोजगारको सपना वुनेर नेपाली युवाहरु लामवद्ध छन् । देशमा रोजगार नपाउनुको पीडा एकातिर छ भने अर्कोतिर अस्थीर राजनीतिले युवाहरु निराश वन्दै गईरहेका छन् । देशमै केहि गर्ने ईच्छालाई एकातिर पन्छाएर नेपाली युवाहरु खाडी राष्ट्रमा तल्लो स्तरको श्रम गर्न जानुपर्ने वाध्यताले गाँजीरहेको छ ।  उता देशलाई विकासको पगरीमा पुराउछु भनेर भाषणमा नथाक्ने हाम्रा..

    देशभर मौसम बदली, काठमाडौँमा पानी पर्ने, हिमाली भेगमा हिमपातको सम्भावना

    मंगलवार, माघ ८, २०७५ साल
    काठमाडौँ, ८ माघ  मुलुकभर आज मौसममा आंशिकदेखि सामान्य बदली भई पहाडी भेगका केही स्थानमा हल्का वर्षा र हिमाली भेगमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।  पश्चिमी वायुको प्रभावले मौसममा आंशिकदेखि सामान्य बदली देखिए पनि बेलाबेलामा घाम पनि लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अपराह्नदेखि भने देशभर पूर्ण बदली भई हल्का वर्षा र उच्च पहाडी भेगतिर मध्यम खालको हिमपात हुने मौसमविद्..

    काठमाडौंलाई नै केन्द्रविन्दु बनाएर भूकम्प, धक्का महसुस, मापन केन्द्रले दियो यस्तो जानकारी !

    मंगलवार, माघ ८, २०७५ साल
    काठमाडौं, ८ माघ  काठमाडौं उपत्यकालाई केन्द्रविन्दु मंगलबार भूकम्पको गएको छ । काठमाडौं उपत्यकामा धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ११ बजेर २६ मिनेटमा ३ दशमलव ३ म्याग्नेच्युडको भूकम्प गएको हो । यो २०७२ मा गएको गोरखा भूकम्पकै पराकम्प भएको केन्द्रले जनाएको छ । काठमाडौंलाई नै केन्द्रविन्दु बनाएर भूकम्प गएको केन्द्रले जानकारी दिएको छ ।..

    चिकित्सा शिक्षा विधेयक पारित गर्ने सरकारको तयारी, कांग्रेसले आज पनि संसद चल्न नदिने

    मंगलवार, माघ ८, २०७५ साल
    काठमाडौं, ८ माघ ।  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण प्रतिनिधिसभा र राष्ट्रिय सभाको सोमबारका बैठकहरु अवरुद्ध भएकोमा सत्तापक्ष र विपक्षबीच अझै पनि ठोस सहमति हुन सकेको छैन । मंगलबार दिउँसो ३ बजे सम्मका लागि स्थगित प्रतिनिधिसभाको बैठक अझै पनि चल्ने कि नचल्ने भन्ने बारेमा अन्योल देखिएको छ  । नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले कुराकानीमा सत्तापक्षले ठोस जवाफ नदिएकाले आफूहरु..
    Weather Forecast