शनिबार, भाद्र ७, २०७६

    राज्य-समाज

    सङ्घीयताको मूल मर्म अनुसार बजेट विनियोजन हुनुपर्छ : सांसद

    मंगलवार, माघ २९, २०७५ साल
    काठमाडौँ, २९ माघ  राष्ट्रियसभाको मंगलबारको बैठकको शून्य समयमा भाग लिने सांसदले समसामयिक र गम्भीर विषयमा सदन र सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।  उहाँहरुले सिंहदरबार प्रवेशद्वारमा पैदालयात्रुलाई परेको अप्ठेरो, प्लाष्टिक झोलाको नियन्त्रण तथा क्रसर उद्योगले प्राकृतिक संरक्षणमा पारेको असरका बारेमा सदनमार्फत सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभएको हो ।  बैठकमा सांसद विन्दादेवी आलेमगरले मुलुक सङ्घीयतामा प्रवेश गरिसकेको अवस्थामा समेत संविधानको भावनाअनुरुप समानुपातिक र समावेशी सिद्धान्तका आधारमा..

    यसवर्ष राष्ट्रिय प्रजातन्त्र दिवस ३ दिन मनाइने

    सोमबार, माघ २८, २०७५ साल
    काठमाडौँ, २८ माघ : सरकारले ६९औँ राष्ट्रिय प्रजातन्त्र दिवस तीन दिनसम्म विभिन्न कार्यक्रम गरी मनाउने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा गठित ६९औँ राष्ट्रिय प्रजातन्त्र दिवस मूल समारोह समितिको सोमबारको बैठकले फागुन ६, ७ र ८ गते विभिन्न कार्यक्रम गरी दिवस मनाउने निर्णय गरेको हो ।  दिवसका अवसरमा फागुन ६ गते दिपावलीसँगै उपत्यकाका महानगर र नगरपालिकाले आआफ्नो क्षेत्रमा राष्ट्रिय झण्डा..

    विहारको लोकसभा चुनावलाई ध्यानमा राखी नेपाल-भारत संयुक्त बैठक

    सोमबार, माघ २८, २०७५ साल
    धनुषा, २८ माघ : भारतको विहारमा हुन लागेको लोकसभालाई ध्यानमा राखी प्रदेश २ को राजधानी जनकपुरधाममा नेपाल भारत सुरक्षा निकायका प्रमुखहरुको संयुक्त बैठक सम्पन्न भएको छ ।  नेपाल–भारत सीमा सुरक्षा बैठकका क्रममा जनकपुरमा दुई देशका अधिकारीहरूले भारतको लोकसभा चुनावमा नेपाली भूमि प्रयोग गरेर हुन सक्ने आपराधिक कार्यबारे गहन छलफल भएको बताइएको छ ।  खुला सिमानाका कारण चुनाव प्रभावित गर्ने नक्कली नोटको ओसार–पसार हुनसक्ने..

    “नागरिकताको समस्या अब सदाका लागि अन्त्य हुन्छ”

    सोमबार, माघ २८, २०७५ साल
    लहान, २८ माघ  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेशमा देखिएको नागरिकताको समस्या अब सदाका लागि अन्त्य हुने बताउनुभएको छ ।  सिरहाको अर्नमा गाउँपालिका–१ स्थित महनौरमा आज स्वास्थ्य चौकी भवनको उद्घाटन गर्दैै पूर्वप्रधानमन्त्री दाहालले भन्नुभयो, “नागरिकताको समस्या विगतमा जसरी थियो, अब सदाका लागि समाधान गर्ने गरी नागरिकता विधेयक संसद्मा प्रस्तुत भइसकेको र समितिमा गम्भीर छलफल हुँदैछ, तपाईंहरु ढुक्क..

    प्रेसलाई नियन्त्रण गर्न खोजिएको छैन : सञ्चारमन्त्री

    सोमबार, माघ २८, २०७५ साल
    खस्यौली, २८ माघ  सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रेसलाई नियन्त्रण गर्न नखोजिएको स्पष्ट गर्नुभएको छ । नेपाल पत्रकार महासङ्घ, रुपन्देहीले सोमबार बुटवलमा गरेको साधारणसभामा उहाँले प्रेसलाई सङ्कुचन र नियन्त्रण होइन व्यवस्थित, मर्यादित र नियमन गर्न खोजिएको हो भन्नुभयो ।  मन्त्री बाँस्कोटाले वर्तमान सरकारले विज्ञापन नीति संसद्मा दर्ता गरेको उल्लेख गर्दै समानुपातिक विज्ञापन नीतिले पत्रकारका पक्षमा काम गर्ने बताउनुभयो । “श्रमजीवी पत्रकार..

    नेविसङ्घका अध्यक्ष महरद्वारा राजिनामा

    सोमबार, माघ २८, २०७५ साल
    काठमाडौँ, २८ माघ  नेपाली काङ्ग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घका केन्द्रीय अध्यक्ष नैनसिंह महरले अध्यक्ष पदबाट राजिनामा दिनुभएको छ ।  अध्यक्ष महरले सोमबार काङ्ग्रेस सभापति शेरबहादुर देउवासमक्ष राजिनामा बुझाउनुभएको काङ्ग्रेस केन्द्रीय सदस्य रामकृष्ण यादवले जानकारी दिनुभयो । सभापति देउवाले अध्यक्ष महरलाई हालसम्म गरेको कामका लागि धन्यवाद दिँदै आजै राजिनामा स्वीकृत गर्नुभएको छ ।  सङ्घको वर्तमान कार्यसमितिको म्याद यही माघ २ गते समाप्त भइसकेको..

    सभामुख र उत्तर कोरियाका राजदूतबीच भेट, किमजोङ उनको प्रशंसा !

    सोमबार, माघ २८, २०७५ साल
    काठमाडौँ, २८ माघ नेपालस्थित प्रजातान्त्रिक जनगणतन्त्र कोरिया  (डिपिआरके) का नवनियुक्त राजदूत जो योङ मनले सभामुख कृष्णबहादुर महरासँग शिष्टाचार भेटवार्ता गरेका छन् । आइतबार सभामुखको कार्यकक्ष सिंहदरबार पुगेर राजदूत मनले सभामुख महरासँग शिष्टाचार भेटवार्ता गरेका हुन् ।  भेटका अवसरमा सभामुख महराले नेपाल–प्रजातान्त्रिक जनगणतन्त्र कोरिया (डिपिआरके) बीचको कूटनीतिक सम्बन्ध साढे चार दशक पुगिसकेको चर्चा गर्नुहुँदै दुई देशबीचको सम्बन्ध निकै प्रगाढ र सुमधुर रहेको बताए..

    प्रधानमन्त्री निवासमा घन्कियो पूर्व-पश्चिम रेल ...

    सोमबार, माघ २८, २०७५ साल
    काठमाडौँ, २८ माघ सफलता एचआइभी शिक्षा सदन कीर्तिपुरलाई वल्र्ड बुक्स अफ रेकर्डले ‘विश्वकै पहिलो पहिचानसहितको विद्यालय’मा सूचीकृत गरी प्रमाणपत्र प्रदान गर्ने कार्यक्रमा थियो ।  एचआइभी सङ्क्रमित बालबालिकालाई मात्रै आवासीय रुपमा पठनपाठन गराउँदै आएको शिक्षा सदनलाई प्रमाणपत्र वितरण सकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले एक बालिकालाई गीत गाउन आग्रह गर्नुभयो । त्यसपछि प्रधानमन्त्री निवास बालुवाटारको माहोल सङ्गीतमय बन्न पुग्यो ।  “सानी छोरीले गीत गाउँछिन्..

    भेनेजुएला प्रकरणले पार्टीमा विवाद छैन : विष्णु पौडेल

    आईतवार, माघ २७, २०७५ साल
    बुटवल, २७ माघ  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णुप्रसाद पौडेलले भेनेजुएला प्रकरणले पार्टीभित्र कुनै विवाद नरहेको बताउनुभएको छ ।  पार्टीका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जारी गर्नुभएको वक्तव्यलाई सचिवालय बैठकले अनुमोदन गरिसकेको भन्दै उहाँले यो प्रकरणलाई लिएर विभिन्न क्षेत्रबाट गरिएका टिप्पणीको कुनै अर्थ नरहेको स्पष्ट पार्नुभएको छ । लुम्बिनी सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेड रेडियो लुम्बिनीको २०औँ साधारणसभा एवं दशौँ अधिवेशनको..

    सुरेन्द्र मलाहाहरुको कतार सपना कहिलेसम्म

    सोमबार, माघ २८, २०७५ साल
    काठमाडौँ, २७ माघ माघ २७ गते आईतबार तीनकुनेको एक म्यानपावर अघि सिरहाका एक बाईस बर्षे युवक पासपोर्ट फिर्ता दिन आग्रह गर्दै थिए । कतारको सुन्दर सपना साँचेर म्यानपावर कंम्पनीलाई पासपोट बुझाएका सुरेन्द्र मलाहाले आफनो बाबुलाई खयरको चौध थान काठ किनेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएपछि कतार जाने सपना थाती राखेर पासपोर्ट फिर्ता गर्न आएको सुनाए । एक वर्षको सानो छोरा रहेका मलाहाले तीनकुनेको..

    जब धर्ना बसेका डाक्टरमाथि लाठीचार्ज गरियो...

    आईतवार, माघ २७, २०७५ साल
    काठमाडौँ, २७ माघ ।  सरकारी चिकित्सक संघ (गोदान)का करिब दुई दर्जन सरकारी चिकित्सकलाई पक्राउ गरी प्रदर्शनीमार्ग स्थित नेपाल पुलिस क्लबमा राखिएको छ । कर्मचारी समायोजनको व्यवस्थाप्रति असहमति जनाएर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा धर्नामा बसेका सरकारी चिकित्सकमाथि प्रहरीले लाठीचार्ज गरेको छ । प्रहरीले धर्नामा बसेका २० भन्दा बढी डाक्टरलाई नियन्त्रणमा लिएको छ । गोदानले यसअघि नै कर्मचारी समायोजनको विषयमा असन्तुष्टि जनाउँदै आन्दोलनको कार्यक्रम घोषणा..

    तीन दिने झरीले करोडौँका इँटा 'स्वाहा'

    आईतवार, माघ २७, २०७५ साल
    धादिङ, २७ माघ लगातार तीनदिनको वर्षाका कारण यहाँका उद्योगमा पकाउन राखेका करोडौँका इँटा नष्ट भएका छन् ।  पकाउनका लागि तयारी अवस्थामा राखिएका इँटा काम नै नलाग्ने गरी बिग्रएपछि उद्योग सञ्चालक समस्यामा परेको इँटा उद्योग व्यवसायी सङ्घका अध्यक्ष एकराज गजुरेलले बताउनुभयो ।  बैंकबाट ऋण लिएर उद्योग खोलेका र इँटा बिक्री गरेर बैंकको किस्ता रकम तिर्नसमेत इँटा नष्ट भएपछि समस्या आएको उद्योग सञ्चालकले जनाएका छन्..

    निर्मला पन्तको हत्यारा पक्राउ, अपराधी पहुँचवाला ?

    आईतवार, माघ २७, २०७५ साल
    काठमाडौँ, २७ माघ बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्यारा पक्राउ परेको चर्चा चलेको छ । केही सञ्चार माध्यममा निर्मलाको हत्यारा पक्राउ पर्यो भन्दै समाचार प्रकाशन गरिएको छ । प्रहरी स्रोतलाइृ उदृत गर्दै प्रकाशित समाचारमा दुई तीन दिनमा काठमाडौंमा सार्वजनिक गर्ने तयारी रहेको समेत उल्लेख छ ।  समाचारमा अभियुक्तको डीएनए समेत म्याच भइसकेको जनाइएको छ । तर कञ्चनपुर प्रहरीले भने यस..

    कामविहीन जिससः नाम मात्रका जनप्रतिनिधि

    आईतवार, माघ २७, २०७५ साल
    बाँके, २७ माघ जिल्ला समन्वय समिति (जिसस)का निर्वाचित जनप्रतिनिधि कामविहीन बनेका छन् । उनीहरू समय काट्दै तलब–्भत्ता बुझिरहेका छन् । एक महीनामा कम्तीमा एक पटक बैठकमा उपस्थिति जनाउँछन् । त्यसबाहेक उनीहरूको काम छैन ।  उक्त बैठक उनीहरुले भत्ताबापत जनही रु एक हजार पाउने गरेका छन् । जिसस पदाधिकारीले आफूले कुनै अधिकार नपाएको गुनासो गर्दै आएका छन् । त्यसैले यसरी दिन कटाउन बाध्य..

    एसएसपी बढुवामा छुटेपछि एसपी उप्रेतीले दिए राजीनामा

    आईतवार, माघ २७, २०७५ साल
    काठमाडौँ, २७ माघ गृह मन्त्रालयको बढुवा सिफारिसमा असन्तुष्टी जनाउँदै एसपी नरेन्द्र उप्रेतिले राजीनामा दिएका छन् । बढुवामा आफ्नो नाम नपरेको भन्दै एसपी उप्रेतीले आइतबार प्रहरी प्रधान कार्यालय नक्सालमा राजीनामा पत्र बुझाएका हुन् । गृह मन्त्रालयको बढुवा समितिको सचिवालयले शनिवार १४ जना एसपीलाई एसएसपीमा बढुवा गर्न बढुवा सिफारिस सूची प्रकाशित गरेको थियो। १४ जनामध्ये सशस्त्र प्रहरी गण नं १ नक्सालमा दरबन्दी रहेका सन्दीप भण्डारी पहिलो..

    भेनेजुएला प्रकरण : पार्टी विभाजनको खतरा !

    आईतवार, माघ २७, २०७५ साल
    काठमाडौँ, माघ २७  । कुनै साइनो-सम्बन्ध नभएको भेनेजुएला नेकपा र सरकारमा अहिले टाउको दुखाइ बनेको छ। पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली विदेशमा भएका बेला अर्का अध्यक्ष पुष्पकमल दाहालले निकालेको विज्ञप्तिले दुई अध्यक्षको सम्बन्धमा पनि तिक्तता बढाएको छ। नेकपाका दुई अध्यक्षबीच सुरु द्वन्द्वले पार्टी पूर्ण रूपमा एक भइनसक्दै विभाजन हुनेसम्मको आशंका बढाएको छ । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले भेनेजुएलाका सन्दर्भमा अर्का..

    ४० प्रहरीको बढुवा सिफारिश, को-को परे नामसहित !

    आईतवार, माघ २७, २०७५ साल
    काठमाडौँ, २७ माघ  नेपाल प्रहरीले १४ प्रहरी उपरीक्षक (एसपी)लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा र २६ प्रहरी नायब उपरीक्षक (डिएसपी)लाई प्रहरी उपरीक्षक (एसपी)मा बढुवाका लागि सिफारिश गरेको छ ।  नेपाल प्रहरीको जनपद समूहअन्तर्गत शनिबार बसेको बढुवा समितिको बैठकले सिफारिश सूची प्रहरी नियमावली २०७१ (संशोधनसहित)को नियम २७ को उमनियम (४) अनुसार उनीहरुलाई बढुवाका लागि सिफारिश गरिएको बढुवा सिफारिश समितिका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक..

    अलमलमा राजपा : ‘पर्ख र हेरको नीति, कमजोर राजनीति’

    शनिबार, माघ २६, २०७५ साल
    काठमाडौँ, २६ माघ  ‘सत्ताका लागि जस्तोसूकै निर्णय र सम्झौता गर्न पछि नपर्नेे’ जस्ता आरोप खेपिरहेका मधेश केन्द्रीत दल अहिले सत्ता वा सङ्घर्षको अलमलमा रहेको देखिन्छ ।  सम्झौतालाई झ¥याङ बनाएर सरकारमा पुग्ने तर काम नगर्ने परिपार्टी विगतकै रोग हो । मधेशका मुद्दामा बेइमेल मात्र हैन सरकारमा जाने होडबाजी र दाउपेचका साथै अन्तरपार्टी र पार्टीभित्रकै तादम्यता नहँुदा मधेश केन्द्रीत दल कमजोर बन्न पुगेको होकी..

    कम्युनिष्ट सरकार नरुचाएकाले राजतन्त्र ल्याउने खेल : चित्रबहादुर केसी

    शनिबार, माघ २६, २०७५ साल
    खस्यौली, २६ माघ  राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीले विदेशी शक्ति केन्द्रले कम्युनिष्ट सरकार नरुचाएकाले राजतन्त्र ल्याउने खेल सुरु भएको बताउनुभएको छ ।  शनिबार बुटवलमा प्रगतिशील पत्रकार मञ्चले आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले गणतन्त्र, धर्मनिरपेक्ष, समावेशीकरणलगायतका उपलब्धिको संरक्षण नगरे राजतन्त्र फकर्ने र त्यो पनि नसके निरङ्कुशता ल्याउने प्रपञ्च भएको छ भन्नुभयो ।  अध्यक्ष केसीले सङ्घीय प्रणालीले मुलुक अस्तव्यस्त भएकाले विदेशी हस्तक्षेप बढेको उल्लेख..

    यसरी रोकियो नेपाली कम्युनिस्ट नेताहरूको भेनेजुएला यात्रा !

    शनिबार, माघ २६, २०७५ साल
    काठमाडौं, २६ माघ ।  सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी नेकपा र राष्ट्रिय जनमोर्चाका झन्डै २५ जना नेता एउटा सम्मेलनमा भाग लिन र ऐक्यबद्धता जनाउन भन्दै ल्याटिन अमेरिकी मुलुक भेनेजुएला जान लागेका थिए। तर देशभित्रै भेनेजुएलाको सन्दर्भलाई लिएर अमेरिकासँग सम्बन्ध चिसिएको तथा सरकार र पार्टीबीच विवाद देखापरेपछि त्यहाँ जाने उनीहरूको कार्यक्रम स्थगित भएको छ। भेनेजुएलामा राष्ट्रपति निकोलस मदुरो र विपक्षी नेता ह्वान गुएइदोबीचको संघर्षमा विश्व..

    शान्तिप्रक्रिया र संविधान कार्यान्वयन नगरे दुर्घटना : प्रचण्ड

    शुक्रबार, माघ २५, २०७५ साल
    काठमाडौँ, २५ माघ  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्तिप्रक्रिया र संविधान कार्यान्वयन नगरे मुलुक ठूलो दुर्घटनामा जाने बताउनुभएको छ ।  वरिष्ठ अधिवक्ता मुक्तिनारायण प्रधानद्वारा लिखित ‘न्यायिक समितिः कार्यविधि र प्रक्रिया’ पुस्तकको शुक्रबार लोकार्पण गर्दै उहाँले शान्ति सम्झौता र संविधान इमान्दारिताका साथ कार्यान्वयन गर्नु सबैको कर्तव्य भएको बताउनुभयो ।  “यदि शान्ति सम्झौता र संविधान कार्यान्वयनलाई हल्कारुपमा लिइएको छ भने अब चाँहि..

    सगरमाथाको उचाइ मापन शुरू, को-को पुग्दैछन् टाकुरामा ?

    शुक्रबार, माघ २५, २०७५ साल
    काठमाडौँ, २५ माघ नेपालले इतिहासमा पहिलो पल्ट गर्न लागेको सगरमाथाको उचाइ मापन कार्य सगरमाथादेखि दक्षिणतिरका मध्यपहाडी तथा तराई क्षेत्रबाट शुरू भइसकेको छ । विश्वको सर्वोच्च शिखरको उचाइ मापन कार्यले अहिले निकै गति लिएको नापी विभागका अधिकारीहरूले बताएका छन् । उनीहरूका अनुसार सगरमाथाको नापी कार्यमा अहिले दक्षिणको सिराहदेखि सोलुखुम्बु लगायतका स्थानमा नापी प्राविधिकहरू खटिइसकेका छन्। सगरमाथाको टुप्पैसम्म पुगेर मापन कार्य पूरा गर्न आगामी वसन्त..

    सिएमसीलाई फेरी मेलम्चीको काममा फर्काउँदै सरकार !

    शुक्रबार, माघ २५, २०७५ साल
    काठमाडौँ, २५ माघ मेलम्ची खानेपानी आयोजना निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनी सिएमसीसँगको सम्झौता रद्द भए पनि खानेपानी मन्त्रालयले सोही कम्पनीलाई कामका फर्काउने विकल्पबारे छलफल जारी राखेको छ ।  आयोजनाको बाँकी काम सम्पन्न गर्न नयाँ बोलपत्र गर्दा खर्चिलो हुने र निर्माण अवधि बढी लाग्ने भएकाले मन्त्रालय र मेलम्ची खानेपानी विकास समितिले सिएमसी कम्पनीसँग नै छलफल थाली काममा फर्काउने प्रयास थालेको हो ।  नयाँ निर्माण..

    ​जब काठमाडौँका न्यायाधीश नै घुस प्रकरणमा तानिए ...

    शुक्रबार, माघ २५, २०७५ साल
    काठमाडौँ, २५ माघ मुद्दा मिलाइदिने नाममा सेवाग्राहीसँग पाँच लाख रुपैयाँ घुस रकम लिँदै गर्दा काठमाडौं जिल्ला अदालतका सुब्बा भोलानाथ चालिसे समातिएको एक सातापछि मिलेमोताको आशंकामा जिल्ला अदालत काठमाडौंका न्यायाधीश बाबुकाजी बानियाँलाई न्याय सम्पादनको जिम्मेबारीबाट मुक्त गरिएको हो। प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणासहित बुधबार बसेको परिषद वैठकले बानियाँलाई परिषदमा हाजिर गराउने गरी झिकाएको हो । सवारी ज्यान मुद्दा सहज गराइदिने बहाना बनाएर सेवाग्राहीसँग घुस रकम..

    गोर्खा सैनिकप्रतिको विभेद अन्त्य गर्न सांसदको माग

    शुक्रबार, माघ २५, २०७५ साल
    काठमाडौँ, २५ माघ  सङ्घीय संसद्, प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सांसद योगेश भट्टराईले गोरखा सैनिकप्रति भएको विभेदको समाधान खोज्न सरकारको ध्यानाकर्षण गर्नुभयो ।  प्रतिनिधसभाको विशेष समयमा उहाँले विश्वमा गोरखा सैनिकले पु¥याएको योगदान स्मरणीय रहेको बताउनुभयो । सांसद भट्टराईले बेलायतले गोरखा सैनिकसँग गरेको सम्झौता कार्यान्वयनमा ढिलाइ गरेको बताउँदै बेलायती सेना र गोरखाली सेनालाई उपलब्ध गराउँदै आएको सुविधामा विभेद भएको बताउनुभयो । सांसद डिला सङ्ग्रौला र भीमसेनदाश..

    सर्वोच्चको अन्तरिम आदेशप्रति पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण [विज्ञप्तिसहित]

    शुक्रबार, माघ २५, २०७५ साल
    काठमाडौँ, २५ माघ सर्वाेच्च अदालतको आदेश सञ्चार प्रतिष्ठानमा कार्यरत श्रमजीवीको मर्म र भावनाविपरीत रहेको भन्दै नेपाल पत्रकार महासंघले असन्तुष्टि जाहेर गरेको छ ।  एक प्रेस विज्ञप्ति जारी गर्दै महासंघले श्रमजीवी पत्रकार, कर्मचारीको श्रम सम्मानका लागि स्थापना कालदेखि नै निरन्तर लड्दै आएको भन्दै सर्वोच्च अदालतले २०७५ माघ २१ गते श्रमजीवी पत्रकार ऐन, २०५१ अनुरुप वृद्धि भएको न्यूनतम पारिश्रमिकसम्बन्धी सरकारी निर्णय तत्कालका लागि रोक्न..

    भेनेजुएला प्रकरणबारे प्रधानमन्त्रीलाई संसदमा जवाफ दिन कांग्रेसको माग

    शुक्रबार, माघ २५, २०७५ साल
    काठमाडौँ, २५ माघ   प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भेनेजुएला प्रकरणबारे प्रधानमन्त्रीलाई संसदमा जवाफ दिन माग गरेको छ ।  शुक्रबार प्रतिनिधिसभाको विशेष समयमा कांग्रेस सांसद डिला संग्रौला र भीमसेनादास प्रधानले भेनेजुएला संकटबारे सत्तारुढ नेकपा र सरकारले अनावश्यक बोलेर देशलाई नै विवादमा फसाएको भन्दै जवाफ दिन माग गरेका हुन् । संग्रौलाले नेकपा अध्यक्ष पुष्पकमल दाहालले निकालेको विज्ञप्तिबारे अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले व्यक्त..

    राष्ट्रपतिद्वारा ३ राजदूतलाई शपथ

    शुक्रबार, माघ २५, २०७५ साल
    काठमाडौँ, २५ माघ  राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त तीन राजदूतलाई शुक्रबार पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।  राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार बिहान आयोजित विशेष समारोहमा उहाँले संयुक्त राष्ट्रसङ्घ न्यूयोर्कका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई तथा सोही विश्वसंस्थाको जेनेभाका लागि स्थायी प्रतिनिधि मणिप्रसाद भट्टराईलाई शपथ गराउनुभयो ।  राष्ट्रपतिले इजरायलका लागि नेपाली राजदूत अञ्जान शाक्यलाई पनि पद तथा गोपनीयताको शपथ गराउनुभयो ।  त्यसअवसरमा परराष्ट्रमन्त्री..

    राजनीतिक शुद्धीकरण भए ५ वर्षभित्र नेपालमा परिवर्तन : डा. भट्टराई

    शुक्रबार, माघ २५, २०७५ साल
    मेलम्ची, २४ माघ  नयाँ शक्ति पार्टी नेपालका संयोजक तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले राजनीतिक शुद्धीकरणसहित आर्थिक वृद्धिदर सुधार्न सकेमा पाँच वर्षभित्र नेपालमा परिवर्तन सम्भव भएको बताउनुभएको छ ।  नयाँ शक्ति पार्टी नेपालको जनसंवाद यात्रा–२०७५ अन्तर्गत सिन्धुपाल्चोकको मेलम्चीमा विहिबार भएको कार्यक्रममा उहाँले नेपालको विकास नहुनुमा राजनीतिक आडमा भष्ट्राचार मौलाउँदै जानु प्रमुख कारण रहेको बताउनुभयो । नयाँ शक्ति पार्टी नेपालको जनसंवाद यात्रा–२०७५ अन्तर्गत सिन्धुपाल्चोकको मेलम्चीमा..

    नयाँ शक्ति पार्टीको जिल्ला कमिटी नेकपामा समाहित

    बिहिवार, माघ २४, २०७५ साल
    जाजरकोट, २४ माघ  नयाँ शक्ति नेपाल पार्टीको जाजरकोट जिल्ला कमिटी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा समाहित भएको छ ।  कुशे गाउँपालिकास्तरीय नेकपाका अगुवा कार्यकर्ता भेलामा नयाँ शक्तिको जिल्ला अध्यक्षसहित कमिटी नै समाहित भएको हो । कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य नीरज आचार्यले नयाँ जनशक्तिका केन्द्रीय सदस्य एवं जिल्ला अध्यक्ष महेन्द्र शर्मालाई स्वागत गर्नुभयो । नयाँ शक्तिको ७५ सदस्यीय जिल्ला कमिटी थियो । आचार्यका..
    Weather Forecast