बुधबार, आषाढ २४, २०७७

    राज्य-समाज

    उपनिर्वाचनका लागि ५४ मतदान केन्द्र, मुख्य निर्वाचन अधिकृत प्रधान

    शुक्रबार, कार्तिक ८, २०७६ साल
    भक्तपुर, ८ कात्तिक ।    जिल्ला निर्वाचन कार्यालय भक्तपुरले आगामी मङ्सिर १४ गते भक्तपुर क्षेत्र नं १ को प्रदेशसभा १ मा रिक्त रहेको प्रदेश सदस्यको निर्वाचनका लागि आवश्यक तयारी तीव्र पारेको छ ।    कार्यालयका सूचना अधिकारी भीमबहादुर बिसीले आज यसबारे जानकारी दिँदै उपनिर्वाचनका लागि चाँगुनारायण नगरपालिका वडा नं १ देखि ९ र भक्तपुर नगरपालिका–१० गरी जम्मा १० वटा वडा रहेको यसक्षेत्रमा कूल २२..

    विप्लवका छोरा प्रकाशले काठमाडौं आएर गरे विद्यार्थीमाथिको आक्रमणको विरोध

    शुक्रबार, कार्तिक ८, २०७६ साल
    काठमाडौं, ८ कात्तिक । चिकित्सा शास्त्र अध्ययन गर्ने विद्यार्थीले शान्तिपूर्ण आन्दोलनमा उत्रिएका वीरगञ्जको नेशनल मेडिकल कलेजका विद्यार्थीमाथि सञ्चालकले दुव्र्यवहार र हातपात गरेको आरोप लगाएको छ ।  चिकित्सा शिक्षा संघर्ष समिति चितवन मेडिकल कलेज र काठमाडौं विश्वविद्यालयले विद्यार्थी आन्दोलनमाथि भएको धरपकडको विरोध गरेका हुन् । प्रतिबन्धित नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ का छोरा प्रकाश चन्द र काठमाडौं विश्वविद्यालयका नरेश भट्टले विज्ञप्ति जारी गर्दै कुटपिटको..

    जापानमा १८ लाख डलरको हीरा चोरी, खोजी तिब्र !

    शुक्रबार, कार्तिक ८, २०७६ साल
    टोकियो, ८ कात्तिक । जापानी प्रहरीले शुक्रबार १८ लाख अमेरिकी डलरभन्दा बढीको चोरी भएको हीराको खोजीलाई तिब्र बनाएको छ । यो हीरा राजधानी टोकियो बाहिर आयोजित गरगहना व्यापार प्रदर्शनीका क्रममा हराएको थियो । टोकियोका प्रहरी प्रवक्ताले प्रदर्शन स्थलबाट चोरी भएको बहुमूल्य हीरा खोज्न प्रहरी परिचालन गरिएको जानकारी दिनुभयो ।  योकोहामा शहरमा तीन दिने गरगहना प्रदर्शनीका क्रममा हीरा चोरिएको हो । यो हीरा करिब..

    असंलग्न अभियानको शिखर बैठक आरम्भ : प्रधानमन्त्रीले सम्बोधन गर्ने

    शुक्रबार, कार्तिक ८, २०७६ साल
    अजरबैजान, ८ कात्तिक असंलग्न अभियानको राष्ट्र तथा सरकार प्रमुखहरुको १८ औँ शिखर बैठकको उद्घाटन सत्र राजधानी बाकुको कङ्ग्रेस सेन्टरमा आरम्भ भएको  छ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त सत्रमा भाग लिनुभएको छ ।  बाकु कङ्ग्रेस केन्द्रमा आइपुग्नुहुँदा प्रधानमन्त्री ओलीलाई गणतन्त्र अजरबैजानका राष्ट्रपति इल्हाम अलियभले स्वागत गर्नुभएको थियो ।  प्रधानमन्त्री ओलीका साथमा उहाँकी धर्मपत्नी राधिका शाक्य पनि हुनुहुन्थ्यो ।  प्रधानमन्त्री ओलीले नाम शिखर सम्मेलनअन्तर्गत ‘समसामयिक..

    तिहारको पूर्वसन्ध्यामा सुनको मूल्य बढ्यो

    शुक्रबार, कार्तिक ८, २०७६ साल
    काठमाडौं, ८ कात्तिक तिहारको पूर्वसन्ध्यामा नेपाली बजारमा सुनचाँदीको मूल्य वृद्धि भएको छ । पछिल्लो दुई दिनदेखि स्थिर रहेको सुनको मूल्यमा आज प्रतितोला रु ६०० ले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला रु ६०० ले बढेर रु ७१ हजार पुगेको छ । बिहीबार छापावाला सुन प्रतितोला रु ७० हजार ४०० मा कारोवार भएको थियो ।..

    सामान किन्दा ठगीमा पर्नुभयो ? अब मोबाइलबाटै पठाउनुहोस् आफ्नो गुनासो

    शुक्रबार, कार्तिक ८, २०७६ साल
    काठमाडौँ, ८ कात्तिक सामान किन्दा व्यवसायीले तपाइँलाई ठगे भने अब विभाग धाइरहनु पर्दैन । मोबाइलबाटै आफ्नो गुनासो पठाउन सकिने छ ।  वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्तालाई मोबाइलबाटै गुनासो पठाउन सक्ने एप तयार गरेको छ । शुक्रबार मन्त्रालयमा एक कार्यक्रमका बीच उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादबले एपको प्रारम्भिक उद्घाटन गरे । उक्त एपको नाम अहिलेका लागि ‘कञ्जुमर एप’ राखिएको विभागका महानिर्देशक..

    प्रधानमन्त्रीलाई एसिडपीडित मुस्कानको चिठी : मेरो पीडा बुझिदिनु होस्

    शुक्रबार, कार्तिक ८, २०७६ साल
    काठमाडौँ, ८ कात्तिक । एसिड आक्रमणमा परेर कीर्तिपुर अस्पतालमा उपचाररत किशोरी मुस्कान अन्सारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिठी लेखेकी छिन् । एसिड आक्रमणमा परी घाइते भएकी १५ वर्षीया बालिका मुस्कानले प्रधानमन्त्रीलाई चिठ्ठी लेख्दै दोषीलाई फाँसीको सजायको माग गरेकी छन् । उनले यसअघि एसिड आक्रमणका दोषीलाई कडा कानुनी व्यवस्था भएको भए आफूले अहिले एसिड आक्रमणमा परेर अस्पतालको बेडमा छट्पटाउनुपर्ने अवस्था नआउने उल्लेख गरेकी छन्..

    राजपुर बम विष्फोटकाण्डका आरोपी सांसद् आलमको म्याद ८ दिन थप

    शुक्रबार, कार्तिक ८, २०७६ साल
    ८ कात्तिक, रौतहट ।  अदालतले नेपाली कांग्रेसका सांसद् तथा पूर्व मन्त्री मोहम्मद आफ्ताब आलमको म्याद ८ दिन थप गरेको छ । छानबिन गर्न प्रहरीले म्याद थपका लागि जिल्ला अदालत रौतहटमा पेश गरेको थियो। अनुसन्धानका लागि प्रहरीले समय मागेपछि यसअघि असोज २८ मा अदालतले एक साता म्याद थप गरेको थियो । थपिएको म्यादमा पनि अनुसन्धान नसकिएको भन्दै प्रहरीले समय मागेपछि जिल्ला अदालत, रौतहटका न्यायाधीश..

    डोजर काण्ड : थप ३ विरुद्ध मुद्दा दर्ता, काङ्ग्रेस भन्छ - सत्ता र शक्तिका आडमा...

    शुक्रबार, कार्तिक ८, २०७६ साल
    बैतडी, ८ कात्तिक । सडक निर्माणका क्रममा डोजरले महिला हुत्याएको बैतडीको दशरथचन्द नगरपालिका–९ को ग्वाल्लेकको घटनामा थप तीन जनाविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ । डोजर चालकलाई उक्साएको आरोपमा डोजर मालिक भानीदत्त जोशी, भोजराज जोशी र धर्मानन्द जोशीविरुद्ध मुद्दा दर्ता गरिएको हो ।  जिल्ला अदालत बैतडीबाट बिहीबार सात दिनको म्याद थपेर उनीहरुमाथि अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख..

    अठारौँ ‘नाम’ सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली बाकुमा, आजबाट शिखर सम्मेलन

    शुक्रबार, कार्तिक ८, २०७६ साल
    बाकु, अजरबैजान, ७ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओली असंलग्न आन्दोलन (नाम) राष्ट्रहरूका राष्ट्राध्यक्ष एवम् सरकार प्रमुखहरूको १८औँ शिखर सम्मेलनमा सहभागी हुन आज अबेर राति यहाँ आइपुग्नु भएको छ । शुक्रबारदेखि शुरु हुन गइरहेको दुईदिने सम्मेलनमा प्रधानमन्त्री ओलीले २१ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै हुनुहुन्छ । प्रधानमन्त्री ओलीका साथ उहाँकी धर्मपत्नी राधिका शाक्य हुनुहुन्छ ।  बाकुस्थित हेयदार अलियेभ अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री ओली..

    नेपालको उच्चतम् मूल्याङ्कन हुन्छ : माधवकुमार नेपाल

    बिहिवार, कार्तिक ७, २०७६ साल
    काठमाडौँ, ७ कात्तिक नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता माधवकुमार नेपालले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको उच्चतम् मूल्याङ्कन हुनु समग्र नेपालीका लागि गौरवको विषय भएको बताउनुभएको छ । नेपाल आप्रो एशियाली जन एकता सङ्गठनले आज आयोजना गरेको ‘संयुक्त राष्ट्रसङ्घ र शान्ति मिसनमा नेपालको सहभागिता’ विषयक अन्तक्र्रियामा उहाँले संयुक्त राष्ट्रसङ्घका विभिन्न मिसनमा नेपालबाट खटिएका सुरक्षाकर्मीले देखाएको व्यावसायिकता र क्रियाशीलताले गर्दा सफलता कायम भएको र यसलाई निरन्तरता दिनुपर्नेमा..

    महरालाई सात दिन हिरासतमा राख्न अनुमति

    बिहिवार, कार्तिक ७, २०७६ साल
    काठमाडौँ, ७ कात्तिक   काठमाडौँ जिल्ला अदालतले निवर्तमान सभामुख कृष्णबहादुर महरालाई थप अनुसन्धाका लागि थप सात दिन हिरासतमा राख्न अनुमति दिएको छ ।    न्यायाधीश सुदर्शनराज पाण्डको एकल इजलासले आजकै दिनदेखि लागू हुने गरी सात दिन हिरासतमा राख्न अनुमति दिएको अदालतका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले जानकारी दिनुभयोे । उहाँका अनुसार महरालाई डिएनए परीक्षणका लागि रगत उपलब्ध गराउनसमेत अदालतले आदेश दिएको छ । यसअघि यही कात्तिक..

    विनापूर्वाग्राही ढङ्गबाट कलम चलाउनुपर्छ : मुख्यमन्त्री भट्ट

    बिहिवार, कार्तिक ७, २०७६ साल
    कैलाली, ७ कात्तिक सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सञ्चारकर्मीलाई निष्पक्ष, इमान्दारिता र विनापूर्वाग्राही भएर कलम चलाउन सुझाव दिनुभएको छ । आज धनगढीमा आयोजित नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को प्रथम सुदूरपश्चिम प्रादेशिक महाधिवेशनको उद्घाटन समारोहमा उहाँले कुनै पनि विषयवस्तुका बारेमा निष्पक्ष, इमान्दार र विनापूर्वाग्राही भएर कलम चलायौँ भने सत्तामा बसेकालाई सहज हुन्छ र जनतालाई पनि लाभ हुने धारणा व्यक्त गर्नुभयो । मुख्यमन्त्री..

    संविधान मानेर हिंसा त्यागे विप्लव समूहसँग वार्ता : मन्त्री बाँस्कोटा

    बिहिवार, कार्तिक ७, २०७६ साल
    काठमाडौँ, ७ कात्तिक   सरकारले संविधानलाई स्वीकार गर्दै हिंसात्मक गतिविधि त्यागे नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहसँग वार्ता गर्न सकिने स्पष्ट पारेको छ ।   सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटले संविधानले राजनीतिक, आर्थिक, सामाजिकलगायत अधिकारको सुनिश्चित गरेको भन्दै उक्त समूहलाई संविधानलाई आत्मसात गरी हिंसा छोडेर वार्तामा आउन आग्रह गर्नुभयो ।    मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आज आफ्नै मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा..

    अपराध नियन्त्रणका लागि २३ हजार साझेदार समिति

    बिहिवार, कार्तिक ७, २०७६ साल
    काठमाडौँ, ७ कात्तिक नेपाल प्रहरीले अपराध रोकथाम र शान्तिसुरक्षा कायम राख्न देशभर २३ हजारभन्दा बढी साझेदार समिति निर्माण गरेको छ ।  ‘हर प्रहर, गाउँ र नगरी, टोलटोलमा नेपाल प्रहरी’ भन्ने मूल नाराका साथ २०७५ कात्तिक ११ गतेदेखि शुरु भएको ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रमअन्तर्गत उक्त साझेदार समिति निर्माण गरिएको हो । स्थानीय तह, समुदाय, सामाजिक संस्था र विद्यालयसँग साझेदारी गरी समाजमा हुने अपराध न्यूनीकरण गर्ने..

    प्रधानमन्त्री ओली दोहामा, अजरबैजान प्रस्थान गर्दै

    बिहिवार, कार्तिक ७, २०७६ साल
    दोहा, ७ कात्तिक प्रधानमन्त्री केपी शर्मा ओली अजरबैजानको राजधानी बाकुमा आयोजना हुने असंलग्न आन्दोलन (नाम) राष्ट्रहरूका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखहरूको १८औँ शिखर सम्मेलनमा जानेक्रममा यहाँ आइपुग्नुभयो ।  यही कात्तिक ८ र ९ गते हुन गइरहेको सम्मेलनमा प्रधानमन्त्री ओलीले २१ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै हुनुहुन्छ । प्रधानमन्त्री ओलीका साथ उहाँकी धर्मपत्नी राधिका शाक्य हुनुहुन्छ ।  दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री ओली र प्रतिनिधिमण्डलका..

    उपनिर्वाचनको तयारीमा दलहरु, नेकपा र काङ्ग्रेसबीच मुख्य प्रतिस्पर्धा

    बिहिवार, कार्तिक ७, २०७६ साल
    सङ्खुवासभा, ७ कात्तिक आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि दलहरुले राजनीतिक गतिविधि तीव्र पारेका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा रिक्त विभन्न पदका लागि उपनिर्वाचन हुने भएपछि दलहरू उम्मेदवार छान्न थालेका छन् ।  मकालु गाउँपालिकाको अध्यक्ष पद तथा खाँदबारी नगरपालिका–३ को वडाध्यक्ष पद रिक्त छ । मकालुका अध्यक्ष खड्गबहादुर कटुवालको २०७४ माघ २९ गते दुर्घटनामा परी निधन भएको थियो । खाँदबारी–३..

    शुक्रवारदेखि निर्वाचन आचारसंहिता लागू हुने, के गर्न पाइँदैन ?

    बिहिवार, कार्तिक ७, २०७६ साल
    काठमाडौँ, ७ कात्तिक  शुक्रवारदेखि मंसिर १४ गते हुने उपनिर्वाचनको लागि निर्वाचन आचारसंहिता लागू हुने भएको छ ।  निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्यको निर्वाचन हुने जिल्ला, प्रदेश सभा सदस्यको निर्वाचन हुने जिल्ला र स्थानीय तह सदस्यको निर्वाचन हुने स्थानीय तहमा भोलीदेखि आचारसंहिता लागू हुने जनाएको छ । आचारसंहिता लागू भए देखि निर्वाचन सम्पन्न नभएसम्म प्रचार प्रसार, नयाँ कार्यक्रम, भवन, सवारी साधन वा अन्य सामग्री..

    बारा र पर्सामा आएको ‘घुम्रपात’ले ४४ किमि दूरी तय गरेको थियो

    बिहिवार, कार्तिक ७, २०७६ साल
    काठमाडौँ, ७ कात्तिक गत चैत १७ गते बारा र पर्सामा आएको विनाशकारी हावाहुरी (टोर्नेडो) पर्साको सखुवा–पर्सौनीमा शुरु भई दक्षिण–पूर्वी दिशातर्फ प्रवाह भई बाराको बैरीयासम्म ४४ किमिको दूरी तय गरेको थियो । जल तथा मौसम विज्ञान विभागले उक्त विनाशकारी हावाहुरी सम्बन्धमा अध्ययन गरी तयार पारिएको प्राविधिक प्रतिवेदन बुधबार सार्वजनिक गरेको हो । प्रतिवेदनअनुसार विनाशकारी हावाहुरीको अधिकतम गति १८० देखि २६५ किमि प्रतिघण्टा भएको..

    महरालाई अनुसन्धान गर्न समय थप, तिहार हिरासतमै !!

    बिहिवार, कार्तिक ७, २०७६ साल
    काठमाडौँ, ७ कात्तिक ।   निवर्तमान सभामुख कृष्णबहादुर महरालाई थप ७ दिन हिरातमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । संसद सचिवालयमै कार्यरत महिला कर्मचारी रोशनी शाहीमाथि बलात्कार प्रयासको आरोपमा पक्राउ परेका महरालाई ७ दिन थुनामा राखेर थप अनुसन्धान गर्न बिहीबार काठमाडौं जिल्ला अदालतले म्याद दिएको हो । प्रहरीले बिहीबार महरालाई अदालतमा उपस्थित गराउँदै अनुसन्धानका लागि थप थुनामा राख्नु पर्ने भएको भन्दै समय..

    यी हुन् मन्त्रिपरिषद्का १७ निर्णय : धानको मूल्य तोक्नेदेखि बढुवासम्म

    बिहिवार, कार्तिक ७, २०७६ साल
    काठमाडौं, कात्तिक ७ । मन्त्रिपरिषद्ले गरेका निर्णय सार्वजनिक गर्दै बिहीवार सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले कात्तिक १३ गते सार्वजनिक बिदाबारे जानकारी दिएका हुन् । यी हुन् २०७६ कात्तिक ५ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेका प्रमुख निर्णयहरु : १. नेपाल सरकार र बंग्लादेश सरकारबीच सम्पन्न द्वैध कराधान मुक्ति तथा वित्तीय छल निरोध सम्बन्धी सम्झौता संघीय संसद्मा जानकारीका लागि पेश गर्न स्वीकृति दिइएको छ..

    उपनिर्वाचन आचारसंहिता जारी, पद सिर्जनादेखि सरुवा, बढुवा सबै काम रोकियो

    बिहिवार, कार्तिक ७, २०७६ साल
    काठमाडौँ, ७ कात्तिक । निर्वाचन आयोगले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आचारसंहिता जारी गरेको छ । शुक्रबारदेखि निर्वाचन सम्पन्न नभएसम्म आचारसंहिता कार्यान्वयनमा आउने आयोगले आज यहाँ विज्ञप्तिमार्फत जनाएको छ । निर्वाचनलाई स्वच्छता, निष्पक्षता र पारदर्शी तथा भयमुक्तरुपमा सम्पन्न गर्न आयोगले आचारसंहिता जारी गरेको हो । मङ्सिर १४ गते सम्पन्न हुने उपनिर्वाचनबाट ३७ जिल्लाका विभिन्न रिक्त पदमध्ये प्रतिनिधिसभा सदस्य एक,..

    उपत्यकामा पटाका आयातमा कडाइ, राति १० बजेपछि देउसीभैलो खेल्न नपाइने

    बिहिवार, कार्तिक ७, २०७६ साल
    काठमाडौँ, ७ कात्तिक  तिहारमा पटाका आयातमा कडाइ गर्नका लागि उपत्यका छिर्ने विभिन्न नाकामा कडा सुरक्षा जाँच हुने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बुधबार प्रमुख जिल्ला अधिकारीको संयोजनमा बसेको बैठकले उक्त निर्णय गरेको हो । बैठकमा जिल्लाका सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी जिवन आचार्यले बताए ।   तिहार तथा छठ पर्व मनाउने क्रममा आतिशबाजी, पटाका जस्ता प्रज्वलनशीत पदार्थको..

    प्रधानमन्त्री ओली अजरबैजान प्रस्थान, शिखर सम्मेलनहरूमा सक्रिय सहभागिता

    बिहिवार, कार्तिक ७, २०७६ साल
    काठमाडौँ, ७ कात्तिक ।  प्रधानमन्त्री केपी शर्मा ओली अजरबैजानको राजधानी बाकुमा आयोजना हुने असंलग्न आन्दोलन (नाम) का सदस्य राष्ट्रका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखको १८औँ शिखर सम्मेलनमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।  उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका उपनेता सुवास नेम्वाङ, गृहमन्त्री रामबहादुर थापा..

    महरा प्रकरणमा प्रहरीले गुजार्‍यो १८ दिन : अझै सकिएन अनुसन्धान

    बिहिवार, कार्तिक ७, २०७६ साल
    काठमाडौँ, ७ कात्तिक  संसद् सचिवालयका एक महिला कर्मचारीलाई दुव्र्यवहार गरेको अभियोगमा कृष्णबहादुर महरालाई थुनामा राखेर अनुसन्धान गर्न अदालतले दिएको म्याद सकिएको छ ।  यही असोज १९ गते काठमाडौँ जिल्ला अदालतले महरालाई हिरासतमा राख्न अनुमति दिएको थियो । निवर्तमान सभामुख महरालाई महानगरीय प्रहरीवृत्त सिंहदरबारमा हिरासतमा राखिएको छ ।  जिल्ला अदालतले कात्तिक २ गतेबाट लागू हुनेगरी पाँच दिनको म्याद अदालतले थप गरेको थियो । जुन..

    प्रधानमन्त्री बाकु प्रस्थान गर्दै, यस्तो छ परराष्ट्र मन्त्रालयले तयार पारेको कार्यक्रम !

    बिहिवार, कार्तिक ७, २०७६ साल
    काठमाडौं, ७ कात्तिक ।  प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार अजरबैजान जाने भएका छन् । ओली बिहीबार बिहान ११ः४० बजे  अजरबैजानको बाकुतर्फ प्रस्थान गर्दैछन् ।  अजरबैजानको बाकुमा हुने असंलग्न राष्ट्रका प्रमुखहरूको १८ औं शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ जान लागेका हुन् । उनको साथमा पत्नी राधिका शाक्य पनि जानेछन् । उनीसँगै भ्रमण दलमा रहेका प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार..

    विश्वकै यी १० हत्याकाण्डहरु जसले विश्व राजनीतिमा उथलपुथल मच्चायो

    बिहिवार, कार्तिक ७, २०७६ साल
    एजेन्सी, ६ कात्तिक ।  विश्वका केही विश्व नेताहरु डरलाग्दो हत्याकाण्डको शिकार भएका थिए । जसले विश्व राजनीतिमा हलचल नै ल्याइ दिएको थियो ।  विश्वकै शक्तिशाली देश अमेरिकामा समेत यस्ता घटनाहरु बारम्बार दोहोरिए । भारत, पाकिस्तान, नेपालजस्ता देशमा हत्याका कारण राजनीति संकट चरमोत्कर्षमा पुगेको थियो । यी हुन् विश्वकै केही डरलाग्दा हत्याकाण्डहरु: जोन एफ केनेडी अमेरिकामा ३५ औ राष्ट्रपतिको हत्या सन् १९६३, २२ नोभेम्बर, डालासमा भएको..

    दोहोरो नागरिकताको आरोप लागेका कँडेलले पत्रकार सम्मेलनमा के भने ?

    बुधबार, कार्तिक ६, २०७६ साल
    काठमाडौँ, ६ कात्तिक नेपाली काङ्ग्रेसका नेता एवं पूर्वसङ्घीय सांसद देवेन्द्रराज कँडेलले आफूसँग भारतीय नागरिकता रहेको भन्ने समाचारको खण्डन गर्नुभएको छ ।  काङ्ग्रेस केन्द्रीय कार्यालयमा आज पत्रकार सम्मेलन गरी उहाँले आफ्नो नाममा हालसम्म भारतको नागरिकता नभएको र भारतको कहीँकतै स्थानीय वा आम निर्वाचनमा मतदाता सूचीमा नाम नरहेकोसमेत स्पष्ट पार्नुभएको छ । उहाँले आफ्नो बाल्यकालदेखिको शिक्षा भारतमा भएको र सोही शैक्षिक प्रमाणपत्रको आधारमा नै उहिल्यै..

    सङ्क्रमणकालीन न्यायलाई अघि बढाउन माग

    बुधबार, कार्तिक ६, २०७६ साल
    काठमाडौँ, ६ कात्तिक   द्वन्द्वपीडित साझा चौतारीले नेपालको दशवर्षे सशस्त्र द्वन्द्वका पीडितलाई सङ्क्रमणकालीन न्यायको प्रक्रियालाई अविलम्ब अगाडि बढाउन माग गरेको छ । चौतारीले आज जारी गरेको प्रेस विज्ञप्तिमा पीडामा पिल्सिरहेका आफ्ना नागरिकको पीडाको सुनुवाइका लागि इमान्दार भएर सङ्क्रमणकालीन न्यायको प्रक्रिया अगाडि बढाउन माग गरिएको छ ।         विज्ञप्तिमा भनिएको छ, “पीडामा मलम लगाउनका लागि तत्काल विश्वसनीय र ठोस कदम चाल्नु सरकारको उत्तरदायित्व..

    शहीदका सपना पूरा गर्नु साझा कर्तव्य– मुख्यमन्त्री गुरुङ

    बुधबार, कार्तिक ६, २०७६ साल
    पोखरा, ६ कात्तिक   गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शहीदले देखेका सपना पूरा गर्नु सबैको साझा कर्तव्य भएको बताउनुभएको छ ।    थमन परियार स्मृति प्रतिष्ठानद्वारा पोखरा २८ माझठानामा आज आयोजित शहीद थमन परियार स्मृति खेल मैदान र वडास्तरीय भलिबल प्रतियोगिताको उद्घाटन गर्दै उहाँले शहीदको बलिदानीबाट मुलुक वर्तमान अवस्थासम्म आउन सफल भएको बताउनुभयो ।   ‘समृद्ध नेपाल, सुखी नेपाली’ सरकारको अभियानलाई सफल बनाउन तीनै तहका सरकारबीच..
    Weather Forecast