शनिबार, चैत्र २२, २०७६

    राज्य-समाज

    विप्लवका छोरा प्रकाशसहित चितवन मेडिकल कलेजका १५ विद्यार्थी पक्राउ

    बुधबार, भाद्र २५, २०७६ साल
    काठमाडौँ, २५ भदौ । चितवन मेडिकल कलेजले अबैध असुलेको शुल्कको विरोधमा आन्दोलनरत विद्यार्थी र प्रहरीविच झडप भएको छ । नेत्रविक्रम चन्द ‘विप्लव’का छोरा प्रकाश चन्द सहित १५ जना पक्राउ परेका छन् । उनिहरुलाई जिल्ला प्रहरी कार्यालय चितवनको सोधपुछ कक्षमा राखिएको छ । प्रकाशले चितवन मेडिकल कलेजमा भइरहेको आन्दोलनको नेतृत्व गरिरहेका छन् । चितवन मेडिकल कलेजका विद्यार्थी केही दिनदेखि विभिन्न माग राखी आन्दोलनमा छन् ।..

    काङ्ग्रेसले बिपीको मर्म बुझ्न सकेन : वरिष्ठ नेता पौडेल

    बुधबार, भाद्र २५, २०७६ साल
    दमौली, २५ भदौ । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काङ्ग्रेसले बिपीको मर्म बुझ्न नसकेको बताउनुभएको छ । राष्ट्रिय जागरण अभियानका अवसरमा काङ्ग्रेस तनहुँले बुधबार यहाँ आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पार्टीका कार्यकर्ताले बिपीको मर्मलाई आत्मसाथ गर्न नसकेको बताउनुभयो । “बिपी जयन्तीमा देशैभर कार्यक्रम भयो, तर काङ्ग्रेस कार्यकर्ताले बिपीको आदर्शलाई बुझेका छन् कि छैनन्, यो मुख्य प्रश्न हो,” वरिष्ठ नेता पौडेलले..

    नेकपामा विवादको आगो फैलियो

    बुधबार, भाद्र २५, २०७६ साल
    काठमाडौं, २५ भदौ ।  सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रमा शीर्ष नेताबीच देखिएको विवादको असर जिल्लातहसम्म पनि देखिएको छ। नेकपाभित्र पार्टी अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुुमार नेपाल, नारायणकाजी श्रेष्ठ तथा रामबहादुर थापाले छुट्टाछुट्टै गुट सञ्चालन गर्दा त्यसको असर तलसम्म परेको हो। नेताबीचको विवादलाई लिएर सामाजिक सञ्जालमा केन्द्रीय नेताले जथाभावी टिप्पणी गर्न थालेपछि पछिल्लो सचिवालय बैठकले..

    नेकपा सिरहा र सप्तरीको शपथमा कुर्सी हानाहान

    बुधबार, भाद्र २५, २०७६ साल
    काठमाडौं, २५ भदौ ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रदेश २ अन्तर्गतका जिल्लाको शपथग्रहण कार्यक्रममा कुर्सी हानाहान भएको छ ।  महोत्तरीको बर्दिवास नगरपालिकास्थित बर्दिवास सेवा समितिको हलमा आयोजना गरिएको शपथग्रहण कार्यक्रममा कुर्सी हानाहान भएको हो । प्रदेश समितिका अध्यक्ष प्रभु साह र सचिव सुमन प्याकुरेलले पार्टीका पुराना, इमानदार कार्यकर्तालाई पाखा लगाई आफूनिकटलाई जिल्ला कमिटीमा चयन गरेको भन्दै असन्तुष्ट पक्षले विरोध जनाउँदा कुर्सी हानाहानको..

    नेकपा अध्यक्ष दाहालका घरबेटीलाई मेलम्चीको ठेक्का

    बुधबार, भाद्र २५, २०७६ साल
    काठमाडौं, २५ भदौ ।  ठेक्का लिएका सडक र पुल निर्माण समयमै सम्पन्न नगरेर आलोचित बन्दा पनि राजनीतिक शक्तिको आडमा कालो सूचीमा नपरेको सैलुङ कन्स्ट्रक्सनलाई मेलम्ची खानेपानी आयोजनाको पाइपलाइन विस्तार र ओभरहेड ट्यांकी निर्माण गर्ने ठेक्का दिइएको छ। सैलुङ कन्स्ट्रक्सनका सञ्चालक शारदा अधिकारी हुन्। उनकै घरमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल बस्दै आएका छन्। उनकी बुहारी बिना मगर खानेपानी मन्त्री छिन्। सैलुङले भारतीय सिआइपिइएलसँग..

    चिनियाँ विदेशमन्त्रीको नेपाल भ्रमण : 'तयारी नपुग्दा उपलब्धि कमजोर'

    बुधबार, भाद्र २५, २०७६ साल
    काठमाडौं, २५ भदौ ।  निकै चियोचर्चामाझ टुंगिएको चिनियाँ विदेशमन्त्री वाङ यीको तीनदिने नेपाल भ्रमणमा भएको पारस्परिक सहयोगको समझदारीलाई कूटनीतिक जानकारले ‘घरेलु तयारीबिनाको नतिजा’ भनेर टिप्पणी गरेका छन् ।  नेपाल र चीनका परराष्ट्रमन्त्री स्तरमा भएको उच्च संयन्त्र बैठकपछि सोमबार हस्ताक्षर भएको समझदारीपत्रमा ठूला र अपेक्षित कुनै पनि सहयोगका एजेन्डा ‘सम्बोधन’ गरिएका थिएनन् । मनाङमा ३५ करोड रुपैयाँको अस्पताल खोलिदिने, ५ हजार त्रिपाल उपलब्ध..

    सेनाको इतिहासमै पहिलोपटक प्रधानसेनापति थापाले गरे सम्पत्ति विवरण सावर्जनिक, सुधार गर्दा मित्र टाढिएको गुनासो

    बुधबार, भाद्र २५, २०७६ साल
    काठमाडौं, २५ भदौ ।  प्रधानसेनापति थापाले संगठनमा सुधारको प्रयास गर्दा आफन्त र मित्र टाढिएको बताए ।संगठनको नेतृत्व लिएपछि कतिपय आफन्त र मित्रका भनसुनलाई बेवास्ता गरेर सुधारका प्रयास थालेको उनले दाबी गरे । ‘जोखिम लिएर संगठन सुधारका लागि अभियान थालें, यही कारणले आफन्त र मित्र गुमाएँ,’ उनले भने, ‘यसमा मलाई पश्चाताप छैन, सुधारका लागि रोपिएको बिरुवाले भविष्यमा प्रतिफल दिनेछ ।’ अनैतिक र आर्थिक..

    सरकारलाई तत्काल ५ हजार नयाँ कर्मचारी आवश्यक, लोकसेवाले विज्ञापन गर्ने

    बुधबार, भाद्र २५, २०७६ साल
    काठमाडौं, २५ भदौ ।  सरकारले संघ (केन्द्र) का लागि तत्काल करिब ५ हजार कर्मचारी भर्ना गर्ने भएको छ । लोकसेवा आयोगले केन्द्र सरकारको मागबमोजिम असोजदेखि नै विज्ञापन गरी पदपूर्तिको प्रक्रिया सुरु गर्ने तयारी गरेको छ । निजामती प्रशासनका ८० हजार र स्थानीय तहका ३४ हजार कर्मचारीलाई संघ, प्रदेश र स्थानीय तहमा समायोजन प्रक्रिया सुरु गरेपछि केन्द्र सरकारले २०७४ देखि झन्डै दुई वर्ष..

    सरकारले देखायो चमत्कार, नमुना बन्यो बहुप्रतीक्षित नेपाल–भारत पेट्रोलियम पाइपलाइन

    बुधबार, भाद्र २५, २०७६ साल
    काठमाडौं, २५ भदौ ।  सीमा क्षेत्रमा भइरहने अवरोधका कारण पेट्रोलियम पदार्थ हाहाकार हुने दिन अब सकिए। बहुप्रतीक्षित एवं बहुउपयोगी नेपाल–भारत पेट्रोलियम पाइपलाइन मंगलबारदेखि सञ्चालनमा आएको छ। यो दक्षिण एसियाकै पहिलो अन्तरदेशीय परियोजना हो। अझ खुसीको कुरा– निर्माण सक्न ३० महिनाको लक्ष्य लिइएको यो परियोजना १७ महिनामै पूरा भएको छ। यसको सञ्चालनबाट इन्धनको सुनिश्चितता हुनेछ। ‘जति बेला जति आवश्यक पर्छ, अवरोधबिनै त्यति इन्धन..

    विकासमन्त्री चक्रपाणि खनाल उपचारपछि घर फिर्ता

    मंगलवार, भाद्र २४, २०७६ साल
    काठमाडौँ, २४ भदौ   कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनाल उपचारपछि घर फर्कनु भएको छ । डेङ्गु रोगबाट सङ्क्रमित भई ग्राण्डी अन्तरराष्ट्रिय अस्पतालमा उपचार गराउनु भएका उहाँ सोमबार घर फर्कनु भएको अस्पतालका बजार तथा व्यापार विकास विभागका प्रमुख दिनेश पौडेलले जानकारी दिनुभयो ।    उहाँले मन्त्री खनालको सफल उपचार गरेपछि घर फर्काइएको बताउनुभयो । मन्त्री खनाललाई गत भदौ १७ गते एक्कासि ज्वरो आएपछि उपचारका..

    राजधानीको विषय फेरि उठान गर्नु नपर्ने गरी समाधान गरिन्छ : मुख्यमन्त्री पौडेल

    मंगलवार, भाद्र २४, २०७६ साल
    हेटौँडा, २४ भदौ  प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशको नाम र राजधानीको विषय अर्को पटकदेखि उठानै गर्नु नपर्ने गरी समाधान गरिने बताउनुभएको छ । प्रदेशसभामा आज प्रमुख प्रतिपक्षी दलका नेता इन्द्र बानियाँले उठाउनु भएको विषयवस्तुहरुको जवाफ दिँदै मुख्यमन्त्री पौडेलले उक्त प्रतिबद्धता जनाउनुभएको हो । प्रदेशसभामा जवाफ दिँदै मुख्यमन्त्री पौडेलले सरकारले सरकार सञ्चालनको अप्ठ्यारो चरण पार गरिसके र विकासको चरण प्रवेश गरेकाले..

    कम्युनिष्टले पक्षपातको शासन गरेका छन् : रामचन्द्र पौडेल

    मंगलवार, भाद्र २४, २०७६ साल
    कास्की, २४ भदौ नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्ट पार्टीको नेतृत्वमा रहेको वर्तमान सरकारले पक्षपात र भेदभावको शासन गरेको बताउनुभएको छ । पार्टीले शुरु गरेको राष्ट्रिय जागरण अभियानको शुभारम्भमा आज पोखरामा उहाँले पक्षपातपूर्ण ढङ्गले आफ्ना कार्यकर्तालाई पोस्ने गरी बजेट विनियोजन गरिएको र विपक्षी पार्टीलगायत अन्यलाई वामपन्थीले थिचोमिचो गरेको बताउनुभयो ।  दुईतिहाइ मतसहितको सरकारले मतको सदुपयोग गरेर जनतामा उत्साह ल्याउन नसकेको उल्लेख..

    नेपालले भारतसँगको सम्बन्धलाई ठूलो महत्व दिएको छ : प्रधानमन्त्री, मोदी भन्छन् - अत्यन्त खुसी छु

    मंगलवार, भाद्र २४, २०७६ साल
    काठमाडौँ, २४ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले भारतसँगको सम्बन्धलाई ठूलो महत्व दिएको बताउनुभएको छ ।  मोतिहारी–अमलेखगन्ज अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजनाको आज अपराह्न उद्घाटनपछि सिंहदरबारबाट ‘भिडियो कन्फ्ररेन्स’मार्फत सम्बोधन गर्दै उहाँले नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइँमा पुर्याउन नयाँ जोश, गतिशीलता र दिशा प्रक्षेपण गर्नु आवश्यक रहेको बताउनुभयो ।  उहाँले पाइपलाइन परियोजना सञ्चालनमा आएपछि समयको बचत हुनाका साथै ढुवानी लागत कम हुने, वायु प्रदूषण न्यूनीकरणमा..

    ‘माननीयज्यू फोहर र मानिस एकै ठाउँमा रहनसक्छ ?’

    मंगलवार, भाद्र २४, २०७६ साल
    ककनी, (नुवाकोट), २४ भदौ ।   वरिपरी हरियाली डाँडा र राजधानीसँग जोडिएको रमणीय दृश्य हेर्दै सवारीसाधानमा जान सकिने ककनी गाउँपालिकाको सिस्डोल र बञ्चरेडाँडामा झर्ने वित्तिकै नाकमा दुर्गन्ध फैलन्छ । आँखा पोल्न थाल्छन्, नाकबाट लिइने श्वास पनि दुर्गन्धित भएजस्तो लाग्छ ।    पाँच मिनेटमै टाउको दुखेको अनुभव हुन्छ । हरियो डाँडाबीचको यो गाउँमा बस्नु स्वास्थ्य र वातावरणका लागि चुनौतीपूर्ण छ । देशको राजधानी काठमाडौँले आफू..

    सार्वजनिक सेवामा सहज पहुँच पाउनुपर्छ : मुख्यमन्त्री पौडेल

    मंगलवार, भाद्र २४, २०७६ साल
    हेटौँडा, २४ भदौ   प्रदेश नं. ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सार्वजनिक सेवामा सबैको सहज पहुँच हुनुपर्ने बताउनुभएको छ ।  प्रदेश नं ३ को आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा आयोजित दुई दिने ‘कानूनी सहजकर्ता तालीम’को आज यहाँ उद्घाटन गर्दै उहाँले भन्नुभयो, “गरीब, विपन्न, असहाय र अशक्तहरुको सार्वजनिक सेवामा सहज पहुँचका लागि प्रदेश सरकार सम्वेदनशील रहेको छ ।”  मुख्यमन्त्री पौडेलले स्थनीय तहको न्यायिक समितिलाई सहयोग..

    कर्मचारी व्यवस्थापन गर्न समस्या परेको छ : मन्त्री पुन

    मंगलवार, भाद्र २४, २०७६ साल
    दमौली, २४ भदौ गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनले प्रदेशभित्रका अस्पतालमा कर्मचारी व्यवस्थापन गर्न समस्या परेको बताउनुभएको छ ।  अस्पताल व्यवस्थापन सुदृढीकरण कार्यक्रमअन्तर्गत न्यूनतम सेवा मापदण्ड फलोअप कार्यक्रमबारे जानकारी दिने उद्देश्यले दमौली अस्पतालले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले कर्मचारी समायोजनका कारण प्रदेशभित्र कर्मचारी व्यवस्थापन गर्न समस्या परेको जानकारी दिनुभयो ।  मन्त्री पुनले कर्मचारी समायोजनका क्रममा धेरै कर्मचारीले सङ्घ रोजेका कारण प्रदेशमा..

    सङ्घीयतालाई संस्थागत गर्न दलहरु एकजुट हुनुपर्ने : गच्छदार

    मंगलवार, भाद्र २४, २०७६ साल
    विराटनगर, २४ भदौ   नेपाली काङ्ग्रेसका उपसभापति विजयकुमार गच्छदारले जनताका बलबाट स्थापित सङ्घीयतालाई संस्थागत गर्न राजनीतिक दलहरु एकजुट भएर लाग्नुपर्ने बताउनुभएको छ ।   विराटनगर विमानस्थलमा मंगलबार  सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उहाँले सङ्घीयता  राजनीतिक दलहरुका कारण धरापमा पर्न नहुने कुरामा जोड दिनुभयो । उपसभापति गच्छदारले नेपाली काङ्ग्रेस पार्टीको दोस्रो चरणको जनजागरण अभियान पार्टीलाई सुदृढ र बलियो बनाउनका लागि हो भन्नुभयो ।   उहाँले सरकारप्रति जनताका अनादर..

    एनसेल कर प्रकरण : न्यायाधीशलाई महाअभियोग लगाउन सांसदहरुको माग

    मंगलवार, भाद्र २४, २०७६ साल
    काठमाडौँ, २४ भदौ । प्रतिनिधिसभाको बैठकमा मंगलबार सांसदहरुले एनसेललाई पुँजीगत लाभकरमा छुट दिने गरी मुद्दाको फैसला गर्ने न्यायाधीलाई महाअभियोग लगाउन माग गरेका छन् । मंगलबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै नेकपाका सांसदहरु खगराज अधिकारी, मोहना बानियाँ र यज्ञराज सुनुवारले एनसेलको लाभकर छुट दिने न्यायाधीशलाई कारबाहीको दायरामा ल्याउन माग गरेका हुन् । सांसद बानियाँले संविधान र कानुनको रक्षा गर्ने दायित्व बोकेको सर्वोच्च अदालत नै कानुनको भक्षक भएको..

    राष्ट्रिय परिचयपत्र : विवरण सङ्कलन उत्साहजनक

    मंगलवार, भाद्र २४, २०७६ साल
    दमौली, २४ भदौ  राष्ट्रिय परिचयपत्रका लागि तनहुँ जिल्लामा एक हजार १०५ ले विवरण दर्ता गराएका छन् । साउन ६ गतेदेखि भदौ १८ गतेसम्म परिचयपत्रका लागि उक्त विवरण दर्ता गरिएको हो । विवरण सङ्कलनका लागि जिल्ला प्रशासन कार्यालयमा परिचयपत्र फिल्ड कार्यालय स्थापना गरिएको छ । फिल्ड कार्यालयका सुपरभाइजर मुना रिजालले दैनिक  २०¬–२५ ले राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गराउने गरेको जानकारी दिनुभयो । उहाँले..

    बहुप्रतिक्षित पेट्रोलियम पाइप लाइन परियोजनाको समुद्घाटन [फोटोसहित]

    मंगलवार, भाद्र २४, २०७६ साल
    काठमाडौँ, २४ भदौ बहुप्रतिक्षित अन्तरदेशीय पेट्रोलियम पाइप लाइन परियोजनाको आज अपराह्न समुद्घाटन गरिएको छ । भारतको मोतिहारीबाट अमलेखगञ्जसम्म बिछ्याइएको सो पाइप लाइन परियोजनाको नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्तरूपमा आ–आफ्नो मुलुकबाट ‘स्वीच’ थिचेर समुद्घाटन गर्नुभयो ।  नेपालको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारबाट र भारतको तर्फबाट प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँदिल्लीस्थित हैदरावाद हाउसबाट ‘भिडियो कन्फरेन्स’मार्फत एकैसाथ स्वीच थिचेर सो परियोजनाको समुद्घाटन गर्नुभयो । उद्घाटनसँगै..

    ‘विपी कोइराला सच्चा राष्ट्रवादी नेता’

    मंगलवार, भाद्र २४, २०७६ साल
    काठमाडौँ, २४ भदौ । नेपाली काङ्ग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला सच्चा राष्ट्रवादी नेता भएको बताइएको छ । जननायक विपी कोइरालाको १०६औँ जन्मजयन्ती तथा काङ्ग्रेसको दोस्रो चरणको राष्ट्रिय जागरण अभियानका क्रममा नेपाली काङ्ग्रेस काठमाडौँ क्षेत्र नं ६ प्रदेश (क)ले आज यहाँ आयोजना गरेको कार्यक्रममा स्व कोइराला राष्ट्रप्रेमी नेता भएको बताइएको हो ।   कार्यक्रममा पूर्वमन्त्री एवं काङ्ग्रेसका सांसद भीमसेनदास प्रधानले विपी कोइराला राष्ट्रवादी..

    चिनियाँ विदेशमन्त्री वाङ यीले गरे प्रचण्डसँग भेट, राष्ट्रपति सीको नेपाल भ्रमणबारे छलफल

    मंगलवार, भाद्र २४, २०७६ साल
    काठमाडौँ, २४ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र  नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी बीच मंगलबार बिहान भेटवार्ता भएको छ ।  वाङले मंगलबार बिहान राजधानीको एक पाँचतारे होटलमा प्रचण्डसँग भेटवार्ता गरेका हुन् । भेटमा दुई पक्षीय हित, आपसी चासो र चिनियाँ राष्ट्रपति सी जीङपीङको नेपाल भ्रमणलगायतबारे छलफल भएको बताइएको छ ।  भेटपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै प्रचण्डले वाङसँग दुई..

    वामदेव गौतमलाई ज्वरो आएपछि रगत परीक्षण, डेङ्गुको आशंका, के हो डेङ्गु ?

    मंगलवार, भाद्र २४, २०७६ साल
    २४ भदौ, काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई सोमबार ज्वरो आएपछि रगत परीक्षण गरिएको छ । सोमबार ज्वरो आएपछि नेता गौतमको रगत परीक्षण गरिएको र डेंगु लागेको हो कि हैन, भन्ने मंगलबार रिपोर्ट आएपछि थाहा हुने उनका निजी सहयोगीले जानकारी दिए । गौतमनिकट स्रोतले भन्यो, ‘ज्वरो आएकाले अहिले उहाँ घरैमा आराम गरिरहनुभएको छ, सोमबार परीक्षणका लागि दिइएको रगतको रिपोर्ट आउन बाँकी..

    काँग्रेसको जागरण अभियान आजबाट

    मंगलवार, भाद्र २४, २०७६ साल
    काठमाडौं, २४ भदौ । नेपाली काँग्रेसले हिमाल, पहाड, तराई–मधेस जागरणको दोस्रो चरणको अभियान मङ्गलबारबाट सुरु गर्दै छ । काँग्रेसका संस्थापक नेता बीपी कोइरालाको १०६औँ जन्मजयन्तीको अवसर पारेर देशभरि एकै पटक जागरण अभियान सुरु गर्न लागिएको हो । अभियान भदौ २४ गते सुरु भई असोज ७ सम्म चल्ने छ ।   प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार अभियानअन्तर्गत पहिलो दिन ७७ जिल्लाका ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा वृक्षरोपण..

    ओली र मोदीले ‘स्वीच’ थिचेर पेट्रोलियम पाइप लाइनको औपचारिक उद्घाटन आज

    मंगलवार, भाद्र २४, २०७६ साल
    काठमाडौँ, २४ भदौ ।  बहुप्रतिक्षित अन्तरदेशीय पेट्रोलियम पाइप लाइन परियोजना मङ्गलबार अपराह्न १२ :१५ मा उद्घाटन गरिँदैछ।भारतको मोतिहारीबाट अमलेखगन्जसम्म बिछ्याइएको पाइप लाइन परियोजनाको नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रुपमा आ-आफ्नो मुलुकबाट ‘स्वीच’ थिचेर उद्घाटन गर्ने कार्यक्रम रहेको छ। नेपालका तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारबाट र भारतका तर्फबाट प्रधानमन्त्री नरेन्द्र मोदीले हैदरावादबाट ‘भिडियो कन्फ्ररेन्स’मार्फत एकैसाथ परियोजनाको उद्घाटन गर्ने कार्यक्रम छ। उद्घाटनसँगै मोतिहारीबाट..

    नेपाल र चीनबीच महत्वपूर्ण समझदारी, चिनियाँ राष्ट्रपति सी नेपाल आउने निश्चित

    मंगलवार, भाद्र २४, २०७६ साल
    काठमाडौँ, २४ भदौ ।  बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) अन्तर्गत छनोट भएका आयोजना अघि बढाउन चीन सकारात्मक देखिएको छ । नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले बीआरआई आयोजना अघि बढाउने संकेत गरेपछि नेपाली पक्ष उत्साहित भएको छ । चीनले यसअघि नेपाली पक्षले बीआरआईमा समेटिने परियोजनाको स्पष्ट खाका नदिएको गुनासो गर्दै आएको थियो । नेपाली पक्षको भने परियोजनामा चिनियाँ पक्षबाट बेवास्ता भइरहेको..

    चीनबाट उच्चस्तरीय भ्रमण हुने, चम्केला त नेपालको भाग्य ?

    सोमबार, भाद्र २३, २०७६ साल
    काठमाडौँ, २३ भदौ   प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको राज्यपरिषद् सदस्य एवं विदेशमन्त्री वाङ यीले आज प्रधानमन्त्री निवास बालुवाटारमा शिष्टाचार भेट गर्नुभएको छ ।  भेटमा उहाँहरुबीच द्विपक्षीय सम्बन्धका साथै आपसी हित र साझा चासोका विविध विषयमा विचारविमर्श भएको थियो ।    उहाँहरूले दुई देशबीचको बहुआयामिक सम्बन्धलाई अझ उचाइमा पु¥याउने प्रतिबद्धता व्यक्त गर्नुभएको भेटपछि प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा राजन भट्टराईले सञ्चारकर्मीलाई बताउनुभयो ।   प्रधानमन्त्री ओलीले..

    शान्ति प्रक्रियालाई पूर्णता दिन ध्यान जानुपर्छ : मुख्यमन्त्री

    सोमबार, भाद्र २३, २०७६ साल
    कास्की, २३ भदौ गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शान्ति प्रक्रियालाई पूर्णता दिन सरकार र पार्टीको ध्यान जानुपर्नेमा जोड दिनुभएको छ ।  जनयुद्धका शहीद सुरेश वाग्ले र भीमसेन पोखरेलको २०आँै स्मृति दिवसको अवसरमा नेकपा गण्डकी प्रदेश कमिटीले आज पोखरामा आयोजना गरेको स्मृति कार्यक्रममा उहाँले शान्ति प्रक्रियासँग सम्बन्धित कतिपय काम अझै बाँकी रहेको उल्लेख गर्नुभयो ।  दशवर्षे युद्धका क्रममा बेपत्ता भएका व्यक्तिका परिवार अझै पनि..

    मंगलबारदेखि दैनिक ४८ लाख लिटरसम्म डिजल पाइपबाटै आउने, मूल्य घट्ने पक्का !

    सोमबार, भाद्र २३, २०७६ साल
    अमलेखगञ्ज, २३ भदौ भारतको मोतिहारीबाट नेपालको अमलेखगञ्जसम्म निर्माण भएको पेट्रोलियम पाइपलाइनको मंगलबार उद्घाटन हुँदैछ ।  पाइपलाइनको नेपालबाट प्रधानमन्त्री केपी शर्मा ओली र भारतबाट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहान १२ बजे स्विच थिचेर उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।प्रधानमन्त्री ओलीले काठमाण्डौको सिंहदरबारबाट र मोदीले नयाँ दिल्लीको हैदराबाद हाउसबाट संयुक्त रुपमा स्विच थिचेपछि पाइपलाइनबाट तेल आउनेछ । पेट्रोलियम पाइपलाइनको उद्घाटनका लागि भारतीय आयल कर्पोरेसनका कार्यकारी..

    नेपाल–चीन वार्ता सम्पन्न, पारस्परिक साझेदारीका ३ सहमति

    सोमबार, भाद्र २३, २०७६ साल
    काठमाडौँ, २३ भदौ   नेपाल र चीनबीच पारस्परिक सहकार्य एवं साझेदारीका तीनवटा सहमतिपत्रमा हस्ताक्षर भएको छ । नेपाल र चीनका परराष्ट्रमन्त्रीको नेतृत्वमा केहीबेरअघि राजधानीमा सम्पन्न द्विपक्षीय प्रतिनिधिमण्डलस्तरीय वार्तापछि दुई देशबीच दुई वटा ‘लेटर अफ् एक्सचेञ्ज’ र एउटा समझदारीपत्रमा हस्ताक्षर भएको हो ।    चीनका विदेशमन्त्री वाङ यी र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको उपस्थितिमा अर्थसचिव राजन खनाल र चिनियाँ अन्तरराष्ट्रिय विकास सहायता नियोग (सिआइसिडीए) का उपाध्यक्ष..
    Weather Forecast