बिहिवार, कार्तिक ७, २०७६

    राज्य-समाज

    यसरी बने नेकपामा बादल निर्णायक

    बिहिवार, जेष्ठ ३०, २०७६ साल
    काठमाडौँ, ३० जेठ ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र गृहमन्त्री रामबहादुर थापा बादलको अवस्था बलियो बन्दै गएको छ। एकता प्रक्रिया टुंगिन लाग्दा पार्टीभित्र थापा समूह निर्णायक अवस्थामा देखिएको छ। पार्टीभित्र केपी ओली, पुष्पकमल दाहाल, माधवकुमार नेपालसहितका गुटमध्ये थापाको गुट निर्णायक बनेको छ। पार्टीमा थापा समूहका एक सचिवालय सदस्य, दुई स्थायी कमिटी सदस्यसहित ३७ केन्द्रीय सदस्य छन्। तत्कालीन एमाले र माओवादी केन्द्रबीच..

    एक लाखले भरिसके लोकसेवाको फारम : मन्त्री लालबाबु भन्छन्- 'विज्ञापन रद्द हुँदैन'

    बिहिवार, जेष्ठ ३०, २०७६ साल
    काठमाडौँ, ३० जेठ ।  स्थानीय तहका लागि नौ हजार एक सय ६१ पदमा लोकसेवा आयोगले १५ जेठमा विज्ञापन खोलेपछि बुधबारसम्म एक लाखले फारम भरेका छन् । तर, राज्यका सम्बन्धित निकायबीचको विवादका कारण परीक्षा हुने–नहुने नै अन्योल छ । लोकसेवाले प्रकाशन गरेको विज्ञापन रद्द गर्न २७ जेठमा प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले निर्देशन दिएसँगै अन्योल भएको हो । विज्ञापनलगत्तै प्रदेश २ सरकार..

    अदालतबाट तारेखमा छुटेपछि फेरि भ्रष्टाचारमै

    बिहिवार, जेष्ठ ३०, २०७६ साल
    काठमाडौँ, ३० जेठ ।  भ्रष्टाचार प्रकरणमा रंगेहात पक्राउ परेका कर्मचारीलाई अदालतले सफाइ दिने र साधारण तारेखमा छाड्ने गर्दा उनीहरू पुनः भ्रष्टाचारमै फर्किने गरेका छन् । धनीलाई थाहै नदिई नक्कली लालपुर्जा बनाएर जग्गा बिक्री गरेपछि पक्राउ परेका मालपोत कार्यालय चाबहिलका नायब सुब्बा चन्द्रबहादुर श्रेष्ठले अदालतबाट उन्मुक्ति पाएपछि फेरि भ्रष्टाचार सुरु गरेका छन् । जिल्ला अदालतको आदेशमा साधारण तारेखमा छुटेपछि पुरानै कार्यालयमा फर्किएका..

    शीतलनिवासबाट सिंहदरबार पुग्न पाँच दिन !

    बिहिवार, जेष्ठ ३०, २०७६ साल
    काठमाडौँ, ३० जेठ ।  काठमाडौं उपत्यकाभित्र, त्यो पनि ५ दशमलव २ किलोमिटर मात्रको दूरी । राष्ट्रपति कार्यालय महाराजगन्जदेखि संघीय संसद् सचिवालय सिंहदरबारसम्मको यो दूरीमा आउन गुगल म्यापले १७ मिनेट लाग्ने देखाउँछ । सुन्दा अचम्म लाग्छ, यति छोटो दूरीमा रहेको राष्ट्रपति कार्यालय महाराजगन्जदेखि संघीय संसद् सचिवालय सिंहदरबारसम्म पत्र पुग्न पाँच दिन लागेको छ । राष्ट्रपति कार्यालयले संसद् सचिवालयमा पठाएको पत्र पाँच दिनपछि मात्र..

    हावाहुरीबाट प्रभावितलाई थप राहत वितरणमा अघि बढ्न आग्रह, खर्च राज्यकोतर्फबाट !

    बुधबार, जेष्ठ २९, २०७६ साल
    काठमाडौँ, २९ जेठ । सरकारले गत साता कैलाली र कञ्चनपुरको भीषण हावाहुरीबाट प्रभावितलाई थप राहत वितरणमा एकीकृतरुपमा अघि बढ्नका लागि प्रदेश सरकार र स्थानीय तहलाई आग्रह गरेको छ । कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा बुधबार सिंहदरबारमा बसेको सरोकारवालाको बैठकले ती दुई जिल्लामा पुगेको धनजनको क्षति र अब गर्नुपर्ने राहत र सहयोगको विषयमा छलफल गरेको हो ।  पीडितका लागि थप राहतको माग गर्दै बुधबार..

    प्रधानमन्त्री रोजगार कार्यक्रम : घोराहीका ४ सय ७५ ले पाए रोजगारी

    बुधबार, जेष्ठ २९, २०७६ साल
    घोराही, २९ जेठ प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि घोराही उपमहानगरपालिकाले ४७५ युवालाई छनोट गरेको छ । प्रत्येक वडाबाट २५ जनाको दरले १९ वटा वडाबाट  छनोट गरिएको उपमहानरपालिकाले जनाएको छ ।  विभिन्न योजनामा काम गर्ने गरी उपमहानगरले ३६ योजना छनोट गरेको छ ।  उपमहानगरका रोजगार संयोजक शरद पाण्डेले  उपमहानगरले शुरु गरेको रु ४० हजार देखि ५ लाखसम्मको योजना छनोट भएको जानकारी दिनुभयो ।  उहाँका अनुसार..

    ‘आयोगले निर्णय नगर्दासम्म आवेदन प्रक्रिया नरोकिने’

    बुधबार, जेष्ठ २९, २०७६ साल
    काठमाडौँ, २९ जेठ    लोकसेवा आयोगले राज्य व्यवस्था तथा सुशासन समितिले स्थानीय तहको विज्ञापन रोक्न निर्देशन दिए पनि आयोग पदाधिकारीको बैठकले निर्णय नगर्दासम्म आवेदन प्रक्रिया नरोकिने जनाएको छ । आयोगका प्रवक्ता किरणराज शर्माले समितिको पत्र आयोगलाई प्राप्त भइसकेकाले चाँडै नै पत्रबारे आयोग पदाधिकारीको बैठक बसेर निर्णय गर्ने बताउनुभयो ।   समितिको विज्ञापन रद्द गर्ने निर्देशनको पत्र आज आयोगलाई प्राप्त भएको हो । “समितिको निर्देशन..

    निकुञ्जभित्र सडक निर्माण नगर्न सर्वोच्चको परमादेश

    बुधबार, जेष्ठ २९, २०७६ साल
    काठमाडौँ, २९ जेठ    सर्वोच्च अदालतले चितवन राष्ट्रिय निकुञ्जभित्र वातावरणीय प्रभाव अध्ययनले अनुमति नदिएसम्म सडक निर्माणसम्बन्धी कुनै कार्य नगर्न परमादेश जारी गरेको छ ।    न्यायाधीशद्वय डा आनन्दमोहन भट्टराई र तेजबहादुर केसीको संयुक्त इजलासले गत फागुन २ गते जारी गरेको परमादेशको पूर्णपाठ आज सार्वजनिक गर्दै सो निकुञ्जभित्र सरोकारवाला निकायको परामर्श र सहमतिमा गरिएको वातावरणीय प्रभाव अध्ययनले अनुमति नदिएसम्म कुनै पनि सडक निर्माणसम्बन्धी कार्य नगर्न..

    चिनियाँ जनमुक्ति सेनाको निमन्त्रणामा प्रधानसेनापति असारको पहिलो साता चीन जादै

    बुधबार, जेष्ठ २९, २०७६ साल
    काठमाडौँ, २९ जेठ । प्रधानसेनापति पूर्णचन्द्र थापा चिनियाँ जनमुक्ति सेनाको औपचारिक निमन्त्रणामा आगामी असारको पहिलो साता चीन भ्रमणमा जानुहुने भएको छ ।  छिमेकी मुलुक चीनको साताव्यापी भ्रमणका लागि प्रधानसेनापति थापा असार १ गते त्यसतर्फ प्रस्थान गर्नुहुने नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले पुष्टि गर्नुभयो । असार १ देखि ७ गतेसम्मको उक्त भ्रमणका क्रममा प्रधानसेनापति थापा छेन्दु हुँदै बेइजिङ पुगेर आफ्ना समकक्षीसँग आपसी हित र..

    पुरानो राज्य संरचनाका कारण काम गर्न सकिएन : अध्यक्ष दाहाल

    बुधबार, जेष्ठ २९, २०७६ साल
    चितवन, २९ जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुरानो राज्य संरचनाका कारण काम गर्न कठिन भएको बताउनुभएको छ । अच्युतराज सुवेदी स्मृति प्रतिष्ठानले आज यहाँ आयोजना गरेको अच्युत स्मृति राष्ट्रिय प्रतिभा पुरस्कार २०७६ वितरण समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले आन्दोलनको बलले नयाँ नेतृत्वको सरकार आए पनि पुरानै राज्य संरचनाका कारण सोचेअनुसारको काम गर्न कठिन भएको बताउनुभयो ।  हिजो राजाहरु निरङ्कुश..

    संयुक्त अधिराज्यको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री आज रेल चढेर फ्रान्स

    बुधबार, जेष्ठ २९, २०७६ साल
    काठमाडौँ, २९ जेठ । संयुक्त अधिराज्यको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली बेलायतका विभिन्न कार्यक्रममा सहभागी भएर बुधबार दिउँसो मित्र राष्ट्र फ्रान्सको औपचारिक भ्रमणमा जाँदै हुुनुहुन्छ ।  प्रधानमन्त्री ओली फ्रान्सका प्रधानमन्त्रीको मैत्रीपूर्ण निमन्त्रणामा बुधबार दिउँसो लण्डनबाट रेल चढेर फ्रान्सको राजधानी पेरिस पुग्ने कार्यक्रम रहेको बताइएको छ । यसैबीच प्रधानमन्त्री ओलीसँग संयुक्त अधिराज्यका एशिया प्रशान्त मामिला हेर्ने राज्यमन्त्री मार्ट फिल्डले लण्डनस्थित नेपाली दूतावासमा..

    प्रतिनिधिसभामा आज : गुठीसम्बन्धी विधेयकदेखि लोकसेवासम्मको कुरा उठाउदै सांसद

    बुधबार, जेष्ठ २९, २०७६ साल
    काठमाडौँ, २९ जेठ ।    प्रतिनिधिसभाको बुधबारको बैठकको शून्य समयमा सांसदले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको आकस्मिक कक्षमा उपचार गर्न पुगेका बिरामीलाई त्यहाँ कार्यरत चिकित्सकले निजी अस्पतालमा पुर्याउने प्रवृत्ति बढेकामा चिन्ता व्यक्त गर्नुभयो ।    यस्तो प्रवृत्तिले सरकारी अस्पतालको खिल्ली उठाएको भन्दै उहाँहरुले तत्काल अस्पतालभित्रको विकृति अन्त्य गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो ।    यसैगरी  सुदूरपश्चिमका विभिन्न जिल्लामा हालैको हावाहुरीका पीडितलाई अहिलेसम्म राहत पुुग्न नसकेकामा..

    मिडिया विधेयक परिमार्जन हुन्छ, सरकार यसमा सतर्क छ : अध्यक्ष दाहाल

    बुधबार, जेष्ठ २९, २०७६ साल
    चितवन, २९ जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मिडिया विधेयकलाई परिमार्जन गरेर अघि बढ्ने बताउनुभएको छ । प्रेस सङ्गठन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले सरकारले ल्याएका कतिपय विधेयकमा आवश्यक गृहकार्य नपुगेको बताउनुभयो ।  दाहालले भन्नुभयो, “मिडिया विधेयकलाई पनि आवश्यक परिमार्जन गरेरै अघि बढ्नुपर्छ भन्ने छ ।” सरकारले विधेयक ल्याउँदा तयारी राम्रो नपुगेको भन्दै..

    सरकारले आवश्यकता र प्राथमिकताका आधारमा ऋण लिन्छ : प्रधानमन्त्री ओली

    बुधबार, जेष्ठ २९, २०७६ साल
    काठमाडौँ, २९ जेठ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले आफ्नो आर्थिक विकासका लागि आवश्यकता र प्राथमिकताका आधारमा वैदेशिक ऋण लिने बताउनुभएको छ ।  बिबिसी वल्र्डका लागि म्याथ्यु आम्रलीवालालाई दिएको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले त्यस्तो ऋण व्यवस्थापन गर्न सक्ने क्षमता नेपाल सरकारसँग भएको पनि स्पष्ट गर्नुभयो ।  नेपाल बेल्ट एण्ड रोड इनिसियटिभमा सहभागी भएको बारेको प्रश्नमा उहाँले भन्नुभयो, ‘‘हामी लगानीका लागि आमन्त्रण गर्छौँ ।..

    विवादास्पद विधेयकमै अल्झियो सरकार

    बुधबार, जेष्ठ २९, २०७६ साल
    काठमाडौँ, २९ जेठ । सरकारले ल्याएका धेरैजसो विधेयक विवादित बन्दै गएका छन्। सरोकारवाला विधेयकको विरोध गर्दै आन्दोलनमा उत्रेका छन्। विधेयक विवादमा आएपछि सरकार अलमलमा परेको छ। राष्ट्रिय सुरक्षा परिषद्को काम कर्तव्य, अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, आमसञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, मिडिया काउन्सिल विधेयक, शान्तिसुरक्षा कायम गर्न बनेको विधेयक, नेपाल प्रहरीको गठन तथा सेवासर्त सम्बन्धमा बनेको विधेयक, गुठीसम्बन्धी कानुनलाई..

    लोकसेवाको विज्ञापन नरोकिने संकेत, संसदीय समितिको निर्देशनविरुद्ध आन्दोलन

    बुधबार, जेष्ठ २९, २०७६ साल
    काठमाडौँ, २९ जेठ । सरकारले लोकसेवा आयोगले गरेको विज्ञापनलाई नरोक्ने संकेत गरेको छ । आयोगले संविधान र कानुनसम्मत आधारमा विज्ञापन आह्वान गरेको भन्दै जारी भर्ना प्रक्रिया नरोकिने संकेत गरेको हो । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले लोकसेवाको विज्ञापन संविधान र कानुनसम्मत भएकाले रोक्न नपर्ने बताए । मंगलबार संसद्को राज्यव्यवस्था तथा सुशासन समितिले लोकसेवाले आह्वान गरेको विज्ञापन संविधानविपरीत भएको भन्दै..

    नेकपाको युवा संगठनमा नाम–विवाद बल्झ्यो, युवा संघ कि वाइसिएल ?

    बुधबार, जेष्ठ २९, २०७६ साल
    काठमाडौँ, २९ जेठ । सत्तारुढ नेकपाको युवा भ्रातृ संगठनमा नाम–विवाद बल्झेको छ । संगठनको औपचारिक एकता भइसकेपछि पनि नाम के राख्ने भनेर दुई समूहबीच मत बाझिएको हो । पूर्वमाओवादी समूह आफ्नो पुरानै नाम वाइसिएल (योङ कम्युनिस्ट लिग) स्थापित गर्न चाहन्छ । पूर्वएमाले समूहले युवा संघ नेपाल नामको निरन्तरतामा अडान राखेको छ । युवा संघ नेपाल तत्कालीन एमालेनिकट युवा संगठनको नाम हो..

    मुख्यमन्त्री राउतले दायित्व पुरा गरेनन्

    बुधबार, जेष्ठ २९, २०७६ साल
    काठमाडौँ, २९ जेठ प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले अभिभावकत्व लिएकी बालिका लक्ष्मीनिया दासले जातीय विभेदका कारण विद्यालय छाडेकी छिन् ।    मुख्यमन्त्री राउतले गतवर्ष धनुषास्थित मिथिला विहारी नगरपालिका पूर्तिटोलकी ६ वर्षीया लक्ष्मीनियाको अभिभावकत्व लिएका थिए ।  विपन्न र सिमान्तकृत समुदायकी लक्ष्मीनियाको अभिभावकत्व मुख्यमन्त्रीले लिएपछि आमाबुबा छोरीको भविश्यप्रति ढुक्क बनेका थिए ।  तर, सोचेको भन्दा उल्टो अवस्था आइपरेको समाचार नागरिक दैनिकमा छ । आमाबुबाले सोचेका थिए, 'अव..

    ४० करोडमा प्रधानमन्त्रीको नयाँ निवास

    बुधबार, जेष्ठ २९, २०७६ साल
    काठमाडौँ, २९ जेठ । प्रधानमन्त्रीका लागि दुई वर्षभित्र नयाँ निवास बन्ने भएको छ । बालुवाटारको अहिलेको संरचना भत्काएर दुई भवन बनाउने सरकारी तयारी छ । एउटा भवनमा प्रधानमन्त्रीको निजी निवास हुनेछ भने अर्को भवनमा भेटघाट र बैठक कक्ष हुनेछन् ।  नयाँ संरचना बनाउन ४० करोड लगानी हुनेछ । सहरी विकास तथा भवन निर्माण विभागले भवन निर्माणका लागि बुधबार बोलपत्र आह्वान गर्दैछ ।..

    नेपाल र मौरिससबीच श्रम समझदारी, श्रमिकलाई उपदानको सुविधा

    मंगलवार, जेष्ठ २८, २०७६ साल
    काठमाडौँ, २८ जेठ   नेपाल र मरिसस सरकारबीच श्रमिक आदानप्रदान गर्नेसम्बन्धी समझदारी भएको छ । स्वीट्जरल्याण्डको जेनेभामा आज दुई मुलुकका अधिकारीबीच श्रम समझदारीपत्रमा हस्ताक्षर भयो ।    समझदारीपत्रमा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र मरिससका श्रम, औद्योगिक सम्बन्ध, रोजगार तथा तालीममन्त्री सुदेश एस क्यालीचर्नले हस्ताक्षर गर्नुभयो । समझदारीमा दुवै मुलुक पारदर्शीता, निष्पक्षता र नैतिकतामा आधारित श्रमिक भर्ना, छनोट र परिचालनको..

    प्रधानमन्त्री ओली र बेलायती प्रधानमन्त्री टेरेसा मेबीच भेटवार्ता

    मंगलवार, जेष्ठ २८, २०७६ साल
    लण्डन, २८ जेठ बेलायत भ्रमणको दोस्रो दिन प्रधानमन्त्री केपी ओलीले बेलायतकी प्रधानमन्त्री टेरिसा मेसँग भेटवार्ता गरेका छन्।  बेलायती प्रधानमन्त्रीको कार्यालय १० डाउनिङ स्ट्रिटमा ओली र मेबीच करिब आधा घण्टा कुराकानी भएको हो। सत्तारुढ पार्टीको नेतृको रुपमा राजीनामा गरिसकेकी प्रधानमन्त्री मे अहिले बहिर्गमनको तयारीमा छन्। भेटमा प्रधानमन्त्री ओलीले बेलायती प्रधानमन्त्री मेसँग गोर्खाको समस्या समाधानको लागि पहल गर्न आग्रह गरेको भेटमा सहभागी परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले..

    गुठीयारमाथिको बल प्रयोग जायज, कानुनलाई हातमा लिनेलाई सरकारले प्रतिकार गर्ने : गृहमन्त्री

    मंगलवार, जेष्ठ २८, २०७६ साल
    काठमाडौँ, २८ जेठ । गृहमन्त्री राम बहादुर थापाले आइतबार माइतीघर मण्डलामा भएको धरपकडको नैतिक जिम्मेवारी सरकारले लिने बताएका छन् ।  प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै गृहमन्त्री बादलले शान्तिपूर्ण रुपमा प्रदर्शन गर्न पाउने नागरिककामे अधिकार रक्षा गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् । गृहमन्त्री रामबहादुर थापाले गुठी विधेयकको विरोध गर्ने क्रममा प्रदर्शनकारीले माइतीघरमा प्रहरीको मुख क्षतविक्षत हुनेगरी बल प्रयोग गरेको दाबी गरेका छन् । सरकारले जेठ..

    सरकारले अघि बढाएको गुठीसम्बन्धी विधेयक संविधानको मर्म विपरीत : काङ्ग्रेस

    मंगलवार, जेष्ठ २८, २०७६ साल
    काठमाडौँ, २८ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले सरकारले हालै अघि बढाएको गुठीसम्बन्धी विधेयकले संविधानको मर्म, भावना, प्रावधान र व्यवस्था प्रतिकूल हुनेगरी धर्म, संस्कृति र परम्परामाथि प्रहार गरेको जनाएको छ ।   काङ्ग्रेसले विज्ञप्तिमार्फत संविधानको प्रतिकूल, धर्म, संस्कृति, परम्पराको विनास गर्ने र गुठीको अस्तित्वलाई नै समाप्त पार्ने गरी विधेयक ल्याइएको भन्दै त्यसलाई स्वीकार गर्न नसकिने जनाएको हो । साथै काङ्ग्रेसले विधेयक तुरुन्त..

    प्रधानमन्त्रीद्वारा अक्सफोर्ड विश्वविद्यालय युनियनलाई सम्बोधन

    मंगलवार, जेष्ठ २८, २०७६ साल
    काठमाडौँ, २८ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति, लोकतन्त्र र विकास एकअर्काका परिपूरक भएको बताउँदै नेपालले समग्र लोकतन्त्रलाई जोड दिएको बताउनुभएको छ । अक्सफोर्ड विश्वविद्यालय युनियनको अतिथि वक्ताको रूपमा आमन्त्रित प्रधानमन्त्री ओलीले सामाजिक न्याय र समृद्धिलाई सँगसँगै लैजानुपर्ने विषयलाई प्राथमिकता दिएको बताउनुभयो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले नेपालमा विविधताबीचको एकता उदाहरणीय रहेको र यो नेपाली सभ्यताको महत्वपूर्ण आधार रहेको प्रधानमन्त्रीले..

    सरकार छोड्दै उपेन्द्र यादव

    मंगलवार, जेष्ठ २८, २०७६ साल
    काठमाडौँ, २८ जेठ ।  समाजवादी पार्टी नेपालले सरकारबाट अलग्गिने मनस्थिति बनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने बेला अघि सारिएका माग पूरा हुने सम्भावना नदेखेपछि समाजवादी पार्टी सरकारबाट अलग हुन खोजेको हो । समाजवादी पार्टी केन्द्रीय कमिटीका अध्यक्षसमेत रहेका यादव अहिले ओली नेतृत्वको सरकारमा उपप्रधान तथा स्वास्थ्य मन्त्री छन्  उपेन्द्र यादव नेतृत्वको तत्कालीन संघीय समाजवादी फोरम नेपाल १४ जेठ..

    भारतमा लुक्दै आएका हत्यारा १९ वर्षपछि पक्राउ

    मंगलवार, जेष्ठ २८, २०७६ साल
    काठमाडौँ, २८ जेठ ।  १९ वर्षदेखि प्रहरीको असफल अनुसन्धानको सूचीमा रहेको राजधानीको एउटा हत्याकाण्ड सुल्झिएको छ । भक्तपुरको कटुञ्जेमा तत्कालीन डिएफओकी श्रीमती विजयश्वरी प्रजापतिको हत्यामा संलग्न अभियुक्तलाई प्रहरीले भारतको मुम्बईबाट पक्राउ गरी नेपाल ल्याएको छ । ४४ वर्षीय देवीरमण अधिकारीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले सोमबार सार्वजनिक गरेको हो ।  अधिकारी त्यसवेला प्रजापतिकै घरमा काम गर्दथे । तलबको विषयमा विवाद हुँदा चक्कुले..

    नेकपामा थरी/थरी अभियान, नेतृत्वको स्वेच्छाचारीविरुद्ध ४० नेता गोलबद्ध

    मंगलवार, जेष्ठ २८, २०७६ साल
    काठमाडौँ, २८ जेठ । सत्तारूढ नेकपाका २१ केन्द्रीय सदस्यले गत मंसिरमा केन्द्रीय समिति बैठक बोलाउन पार्टी अध्यक्षलाई ज्ञापनपत्र बुझाए। नीति निर्माणको केन्द्रीय थलो केन्द्रीय समितिको एक वर्षयता बैठक नबसेपछि उनीहरूले सामूहिक रूपमा लिखित ध्यानाकर्षण गराएका थिए। त्यसयता एकपटक स्थायी समिति बैठक बसे पनि अहिलेसम्म केन्द्रीय समितिको बैठक बसेको छैन। पोलिटब्युरो गठन हुन सकेको छैन। नेताहरूको क्षमताअनुसारको जिम्मेवारी विवाद अझै जारी छ।   एकपटक..

    लोकसेवा विज्ञापन प्रकरण: संसदीय समिति र सरकारबीच बढ्यो टकराव

    मंगलवार, जेष्ठ २८, २०७६ साल
    काठमाडौँ, २८ जेठ ।  संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले स्थानीय तहमा कर्मचारी माग गर्दै लोकसेवा आयोगले निकालेको विज्ञापन रद्द गर्न निर्देशन दिएपछि संसदीय समिति र सरकारबीच टकराव बढेको छ ।समितिका सदस्य र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितबीच लोकसेवाले निकालेको विज्ञापनको विषयमा टकराव बढेको हो ।   लगातार दुईपटकसम्म संसदीय समितिले बोलाउँदा सहभागी नभएका मन्त्री पण्डित सोमबारको बैठकमा भने उपस्थित..

    चर्चित गायिका आनी छोइङको खाता रोक्का गरी अनुसन्धान

    मंगलवार, जेष्ठ २८, २०७६ साल
    काठमाडौँ, २८ जेठ ।  स्रोत नखुलेको रकम पटक पटक नेपाल भित्र्याएपछि चर्चित गायिका आनी छोइङ डोल्माको खाता रोक्का गरी अनुसन्धान सुरु गरिएको छ । तर, प्रधानमन्त्रीकै सचिवालयले रोक्का रकम खुल्ला गरिदिन चर्को दबाब दिइरहेको स्रोतको दाबी छ ।  फुलको आँखामा फुलै संचार गितबाट चर्चित आनीले स्रोत नखुलाई हङकङ १६ लाख ४९ हजार नौ सय ४० अमेरिकी डलर अहिलेको विनिमय दर अनुसार १८..

    अब ‘सक्षम श्रमिक, समृद्ध नेपाल, सुखी नेपाली’ नारा बनाउन चाहन्छौँ : प्रधानमन्त्री

    सोमबार, जेष्ठ २७, २०७६ साल
    काठमाडौँ, २७ जेठ ।   प्रधानमन्त्री केपी शर्मा ओलीले गतिशील अन्तरराष्ट्रिय श्रम वातावरणलाई सम्बोधन गर्न नेपालले दरिलो कानूनी र नीतिगत सुधार अपनाएको बताउनुभएको छ ।  विश्व श्रम सङ्गठन(आइएलओ)को शतवार्षिकीका अवसरमा आयोजित अन्तरराष्ट्रिय श्रम सम्मेलनको १०८ औँ बैठकलाई आज स्वीट्जरल्याण्डको जेनेभामा सम्बोधन गर्दै प्रधानमन्त्रीले आइएलओका मौलिक उपकरणलाई पक्ष राष्ट्रको नाताले नेपालमा पनि लागू गरिएको बताउनुभयो ।   नेपालका कानूनहरुले नियमित अथवा अनियमित, बाहिरी स्रोतबाट ल्याइएका..
    Weather Forecast