सोमबार, आषाढ २९, २०७७

    राज्य-समाज

    दुई कर्मचारीमा कोरोना संक्रमण देखिएपछि गाउँपालिकाको सबै सेवा बन्द

    मंगलवार, आषाढ १६, २०७७ साल
    सल्यान, १६ असार। दार्मा गाउँपालिका दुई कर्मचारीमा कोरोना संक्रमण देखिएपछि कार्यालयबाट प्रदान हुने सबै सेवा बन्द गरिएको छ। सोमबार गाउँपालिकाका पाँचजनामा संक्रमण पुष्टि भएको थियो। तीमध्ये दुई कर्मचारी र तीनजना क्वारेन्टाइनमा रहेका व्यक्ति हुन्। उनीहरुलाई गाउँपालिकाको आइसोलेसनमा राखिएको छ। कर्मचारीमा समेत कोरोना संक्रमण पुष्टि भएकाले समुदाय स्तरमा नफैलियोस् भनी गाउँपालिकाका कार्यालयको सबै नियमित कामकाज बन्द गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत..

    यथास्थितिको लकडाउन साउन ७ गतेसम्म लम्ब्याउने सरकारको निर्णय

    सोमबार, आषाढ १५, २०७७ साल
    काठमाडौं। सरकारले हाल कायम रहेको लकडाउनको अवधि साउन ७ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले हाल जारी खुकुलो लकडाउनलाई आगामी साउन ७ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो। कोरोना संक्रमणको दर बढ्दै गएकाले अहिलेलाई यही शैलीको लकडाउनलाई साउन ७ सम्म निरन्तरता दिने निर्णय भएको एक मन्त्रीले जानकारी दिए। सरकारले यसअघि असार १ देखि लागू हुनेगरी..

    एमसीसी कार्यान्वयनको थालनी मितिमा पुनःविचार आवश्यकः नेपाल

    सोमबार, आषाढ १५, २०७७ साल
    काठमाडौं। अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल (एमसीए–नेपाल) को कार्यान्वयनको मितिमा पुनःविचार आवश्यक देखिएको जनाएको छ। मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) नेपाल कम्प्याक्ट कार्यान्वयनको तयारी चरणमा उल्लेख्य प्रगति हासिल गरिसकेको भए पनि संसदीय अनुमोदन प्रक्रियामा भएको ढिलाइ र विश्वव्यापीरुपका कोभिड– १९ को महामारीका कारण कार्यान्वयनको थालनी मितिमा पुनःविचार आवश्यक देखिएको एमसिए नेपालले जनाएको छ।   संघीय संसद्ले एमसीसी सम्झौता अनुमोदन गर्नुपर्ने..

    अमेरिकाले भन्योः एमसीसी स्वीकार गर्ने/नगर्ने नेपालको विषय

    सोमबार, आषाढ १५, २०७७ साल
    काठमाडौं। अमेरिकाले मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)को अनुमोदन स्वीकार गर्ने कि नगर्ने नेपालकै रोजाइको विषय भएको जनाएको छ। काठमाडौंस्थित अमेरिकी दूतावासले सोमबार विज्ञप्ति जारी गरेर संसदबाट एमसीसी अनुमोदन नभएको बारे आफू जानकार रहेको पनि जनाएको छ। सत्तारुढ नेकपाभित्रको विवादका कारण संसदबाट अनुमोदन हुनबाट ढिलाइ भइरहेको एमसीसी परियोजनालाई स्वीकार गर्ने कि नगर्ने भन्ने रोजाइ नेपालकै भएको अमेरिकाले बताएको हो। एमसीसी अनुमोदनमा ढिलाई गर्नुको..

    बजेट कार्यान्वयनको प्रभावकारी व्यवस्था मिलाइँदैछः अर्थमन्त्री

    सोमबार, आषाढ १५, २०७७ साल
    काठमाडौं। अर्थमन्त्री डा युवराज खतिवडाले आगामी साउनदेखि नै आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि आवश्यक कार्यविधि तथा कार्ययोजनाको तयारीमा सरकार गम्भीरतापूर्वक जुटेको स्पष्ट पारेका छन्। नेपाल उद्योग परिसङ्घको १७औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित समारोहलाई श्रव्यदृश्यका माध्यमबाट सम्बोधन गर्दै उनले बजेटलाई व्यावहारिक कार्यान्वयनका लागि आवश्यक तयारी गरिएको उल्लेख गर्दै हामी सबैले मेहनत गरेका अवस्थामा आशातित प्रतिफल आउने विश्वास व्यक्त गरे। उनले बजेटको..

    ‘कोरोनासँग लडाइँ जारी छ, नथाकेरै लडौँ’

    सोमबार, आषाढ १५, २०७७ साल
    सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोरोनाको लडाईं नसकिएको भन्दै नथाकेरै लड्न निर्देशन दिएका छन्। उनको अध्यक्षतामा आज बसेको प्रदेश विपद् व्यवस्थापन केन्द्रको बैठकलाई सम्बोधन गर्दै कोरोनाविरुद्धको लडाईंको मैदानमा अन्तिमसम्म पनि उत्साहपूर्वक उत्रनुपर्ने धारणा राखे। उनले भारतबाट कर्णाली भित्रिने नागरिकको चाप घट्दो क्रममा रहेको जनाउँदै अब समुदायस्तरमा केन्द्रित हुनुपर्नेमा जोड दिए। 'कोरोना अति प्रभाव देखिएका सुर्खेत, दैलेख र सल्यान जिल्लाका समुदायस्तरमा..

    'अख्तियारलाई निजी क्षेत्र हेर्न अधिकार दिने निर्णयबाट सरकार पछि हट्यो'

    सोमबार, आषाढ १५, २०७७ साल
    काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्रसँगको सहकार्यमा नै सरकार अगाडि बढ्ने भएकाले कुनै पनि प्रकारको दुविधा नराख्न स्पष्ट पारेका छन्। नेपाल उद्योग परिसंघको १७औँ वार्षिकोत्सव समारोहलाई श्रव्यदृश्यका माध्यमबाट सम्बोधन गर्दै उनले व्यवसायीलाई अप्ठ्यारो पार्ने सरकारको नियत नभएको बताए। उनले निजी क्षेत्रसँग मिलेर नै सरकारले आफ्ना गतिविधि अगाडि बढाउने भएकाले व्यवसायीलाई अप्ठ्यारो बनाउनेतर्फ सोच्न पनि नसकिने स्पष्ट पारे। प्रधानमन्त्रीले उद्योगी तथा..

    राष्ट्रपतिबाट पाँच विधेयक प्रमाणीकरण

    सोमबार, आषाढ १५, २०७७ साल
    काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले आज पाँचवटा विधेयक प्रमाणीकरण गरेकी छन्। राष्ट्रपति भण्डारीले आज आर्थिक वर्ष २०७७/७८ को सेवा र कार्यका लागि सङ्घीय सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र  नेपाल सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक प्रमाणीकरण गरेकी हुन्। त्यस्तै राष्ट्र ऋण उठाउने अधिकारको व्यवस्था गर्न बनेको विधेयक, ऋण तथा जमानत ऐन,..

    बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

    सोमबार, आषाढ १५, २०७७ साल
    काठमाडौं। प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक जारी छ। प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले केहीबेर अघि बैठक शुरू भएको जानकारी दिए। नियमित बैठकमा कोरोना भाइरस महामारी र केही दिनअघि नेपाल प्रवेश गरेको सलह किराले पार्न सक्ने क्षति र रोकथामका विषयमा छलफल हुने जनाइएको छ। यस्तै बैठकले समसामयिक विषय, आन्तरिक उडान सञ्चालन र लकडाउनका विषयमा निर्णय गर्ने बताइएको छ। यसअघि..

    बालविवाह रोक्न १ सय ९० छोरीको बैंक खाता, खातामा २० हजार

    सोमबार, आषाढ १५, २०७७ साल
    कैलाली, १५ असार। कैलालीको टीकापुर नगरपालिकाले छोरी जन्मने बित्तिकै बैंक खाता खोलिदिने गरेको छ । नगरपालिकाले शुरु गरेको ‘हाम्री छोरी, प्यारी छोरी’ कार्यक्रमअन्र्तगत नगरभित्र छोरी जन्मने बित्तिकै बैंक खाता खोली वार्षिक रु एक हजार खातामा जम्मा गरिदिने गरेको छ ।      नगरपालिकाले यस वर्ष १९० छोरीको कृषि विकास बैंकमा खाता खोलिदिएको छ । नगरपालिकाले बालविवाह अन्त्यका लागि यो अभियान शुरु..

    स्याङ्जामा पनि फैलियाे सलह

    सोमबार, आषाढ १५, २०७७ साल
    स्याङजा, १५ असार। भारतको बिहार हुँदै शनिबार नेपाल प्रवेश गरेको सलह स्याङ्जामा पनि देखिएका छन् । आइतबार साँझ कालीगण्डकी गाउँपालिकाको ५÷६ ठाँउमा सलह कीरा देखिएको कृषि ज्ञान केन्द्र स्याङजाले जनाएको छ । यहाँ आएका कीरा हेर्दा सलह नै भएको केन्द्रका प्रमुख शालिकराम अधिकारीले जानकारी दिए ।  आइतबार साँझ आएका सलहलाई गाउँलेले लखेटे पनि फेरि सोमबार बिहान लाखौंको संख्यामा सलह आइपुगेको यहाँका किसानको भनाइ..

    सवारीसाधन चोरीमा संलग्न यातायातका दुई कर्मचारी सहित पक्राउ

    सोमबार, आषाढ १५, २०७७ साल
    कैलाली, १५ असार। यातायात व्यवस्था कार्यालय धनगढीका दुई कर्मचारी सहित सवारी साधन चोरी र कागजात कित्र्ते प्रकरणमा संलग्न गिरोहलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले सवारी साधन चोरी र कागजात कित्र्ते प्रकरणमा संलग्न यातायातका दुई जना कर्मचारी सहितको गिरोहलाई पक्राउ गरेको हो । प्रहरी स्रोतका अनुसार उक्त गिरोहमा संलग्न यातायात व्यवस्था कार्यालय धनगढीमा सहयाक कम्प्युटर अपरेटर पदमा कार्यरत जितेन्द्र..

    बाढीको उच्च जोखिममा झापाका १४ पालिका

    सोमबार, आषाढ १५, २०७७ साल
    झापा, १६ असार। झापाका १५ स्थानीय तहमध्ये १४ पालिका जिल्लाका मुख्य नदीनालामा पानीको बहाव बढेसँगै प्रभावित हुने नेपाल रेडक्रस सोसाइटी झापाले जनाएको छ ।  झापा भएर बग्ने साना ठूला २८ नदीनालामध्ये मुख्य ९ वटा नदीले दमक नगरपालिकाबाहेकका पालिकामा प्रभावित पार्ने रेडक्रसको तथ्याङ्कले देखाएको छ ।  बाढीबाट ती पालिकाका बासिन्दा समस्यामा परेमा विभिन्न क्षेत्रका स्कुल, सामुदायिक भवन, रेडक्रस, मन्दिरलगायतका भवनलाई आश्रयस्थलको रूपमा समेत तोकिएको..

    प्रधानमन्त्री भन्छन्- साँझबिहानै भात खाने प्रचलनले धान आयात बढ्यो

    सोमबार, आषाढ १५, २०७७ साल
    काठमाडाैं, १५ असार। प्रधानमन्त्री केपी शर्मा ओलीले साँझबिहान भात खाने प्रचलन बढेकाले भारतबाट वर्षेनी ठूलो मात्रामा धान आयात भइरहेको बताएका छन् । ‘पछिल्ला केही वर्षहरुमा जनसंख्या बृद्धिको साथै जनताको आर्थिक अवस्थामा सुधार आई दुबै छाक भात खाने प्रचलन र मसिनो चामलको उपभोगमा भएको वृद्धिले समेत धान चामलको मागमा तीब्र बृद्धि हुँदै आएको छ’, प्रधानमन्त्री ओलीले आज १७ औँ राष्ट्रिय धान दिवस..

    नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

    सोमबार, आषाढ १५, २०७७ साल
    ललितपुर, १५ असार। कोरोना संक्रमणका कारण ललितपुरमा एक जनाको मृत्यु भएको भएको छ। ललितपुर स्वास्थ्य कार्यालयका प्रमुख खगेश्वर गेलालका अनुसार ललितपुरस्थित स्टार अस्पतालमा मृत्यु भएका २९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो। शनिबार राति मृत्यु भएका उनको स्वाबको पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको उनले बताएका छन्। उनको शव व्यवस्थापन गर्ने तयारी भइरहेको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २९ पुगेको..

    काँग्रेसको १४औँ महाधिवेशन फागुन ७ मा हुने

    सोमबार, आषाढ १५, २०७७ साल
    काठमाण्डाै, १५ असार। नेपाली काँग्रेसले पार्टीको १४औँ महाधिवेशन आगामी फागुन ७ गते नै गर्ने गरी अन्य अधिवेशनका कार्यतालिकामा भने कोभिड–१९ का कारण सामान्य हेरफेर हुने जनाएको छ । पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीको हिजो बसेको बैठकमा १४औँ महाधिवेशन निर्धारित समयमै गर्ने र अन्य अधिवेशनका तालिकामा भने हेरफेर गर्नेबारेमा छलफल भएको काँग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । पार्टीको आगामी केन्द्रीय समिति बैठकबाट..

    मोरङका तीन होटलमा आगलागी हुदा छ जना घाइते

    सोमबार, आषाढ १५, २०७७ साल
    विराटनगर, १५ असार। मोरङको सुन्दरहरैंचा नगरपालिका–१२ विराटचौकमा सोमबार बिहान भएको आगलागीमा परेर तीनवटा होटलमा क्षति पुगेको छ ।  मन्दिरा न्यौपानको ए–वान खाजा घरबाट बिहान १ बजे आगलागी सुरु भएको थियो । आगो फैलिएर अर्चना पोख्रेलको पोख्रेल स्टाफ होटल ररमेश डंगोलको धनकुटे समीर स्टाफ होटलमा पनि क्षति पुगेको मोरङ प्रहरी प्रमुख एसपी सन्तोश खड्काले जानकारी दिए । उनका अनुुसार आगो निभाउने क्रममा छ..

    निजामती कर्मचारी विधेयकप्रति कर्मचारीको असन्तुष्टी, आन्दोलन गर्ने चेतावनी

    सोमबार, आषाढ १५, २०७७ साल
    काठमाडौं, १५ असार। निजामती कर्मचारी विधेयकमाथिको छलफल टुंग्याउने क्रममा बनेको प्रतिवेदनमै उल्लेख प्रावधान अन्यायपूर्ण र विभेदकारी भएको भन्दै कर्मचारीहरुले विरोध गरेका छन् । आन्तरिक प्रतिस्पर्धाबाट माथिल्लो तहमा जान रोक लगाउने गरी कानुन बनाउने तयारी गरिएको भन्दै उनीहरु आक्रोशित बनेका हुन । राज्य व्यवस्था समितिमा छलफलकै क्रममा रहेको विधेयकमा समावेश केही व्यवस्था अन्यायपूर्ण, योग्यता प्रणालीको बर्खिलाप गर्ने खालका रहेको भन्दै नायव सुब्बाहरू त..

    नेपालका पहाडी जिल्लामा पनि प्रवेश गर्‍यो सलह

    सोमबार, आषाढ १५, २०७७ साल
    बुटवल, १५ असार । भारतबट नेपालको तराईमा भित्रिएको सलह पहाडी जिल्लामा समेत प्रवेश गरेको छ । तराईको सर्लाही, सप्तरीलगाएतका अन्य जिल्लामा देखिएको सलह अर्घाखाँची, पाल्पा, गुल्मी, लगायतका पहाडी जिल्लामा समेत पुगेको छ । सलहको एक झुण्ड शनिबार बेलुकी नै पाल्पा पसेको स्थानीयले जनाएका छनु । विभिन्न जिल्लामा प्रवेश गरीसकेको सलहल नेपाल,मा भने धेरै क्षति नपुर्‍याउने विज्ञले जनाएका छन् । पाल्पा र रुपन्देहीको..

    तीन महिनादेखि बन्द शेयर बजार आजबाट खुल्दै

    सोमबार, आषाढ १५, २०७७ साल
    काठमाडाैं, १५ असार। तीन महिनादेखि बन्द रहेको शेयर बजार आजदेखि खुल्ने भएको छ । नेपाल धितोपत्र बोर्डको निर्देशनपछि बजार खुल्न लागेको हो । बोर्डले असार १५ गतेदेखि बजार सुचारु गर्न आइतबार नेपाल स्टक एक्सचेन्जलाई निर्देशन दिएको थियो । कोरोना संक्रमण न्यूनीकरणका लागि सरकारले लकडाउन जारी गरेसँगै शेयर बजार बन्द रहेको थियो । बीचमा केही दिन बजार खुलेको भए पनि लगानीकर्ताको विरोधका कारण..

    अन्त्य हुदै काठमाडौंमा पानीको हाहाकार

    सोमबार, आषाढ १५, २०७७ साल
    काठमाडाैं, १५ असार। खानेपानी हाहाकारको समस्या समाधान गर्ने काठमाडौं महानगरपालिका– १९ का स्थानीयबासीको वर्षौंदेखिको लक्ष्य पूरा हुने भएको छ । दमाईचाघाटमा खानेपानी ट्यांकी (रिजर्भ भ्वाएर) बनाउन शुरू गरिएकाले शुद्ध पानी पिउन अब स्थानीयले धेरै समय पर्खिनु नपर्ने भएको छ । प्रदेश पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत सो स्थानमा खानेपानी ट्ंयाकी र वाटर फिल्टर प्लान्ट बनाउन लागिएको बाग्मती प्रदेशका सांसद राजेश शाक्यले जानकारी..

    नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप हुदा ३ प्रहरीसहित १८ घाइते

    सोमबार, आषाढ १५, २०७७ साल
    काठमाडौं, १५ असार । सर्लाहीको धनकौल गाउँपालिकामा नेकपा र कांग्रेस कार्यकर्ताबीच गएराति झडप भएको छ । झडपमा ३ प्रहरी र दुवै पक्षका १५ कार्यकर्ता घाइते भएका छन् । उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । अहिले अवस्था सामान्य रहेको सर्लाहीका प्रहरी प्रमुख एसपी विश्वमणि पोखरेलले जानकारी दिए । घटना सामान्य भए पनि पछि उग्र बन्दै गएपछि झडपमा परिणत भएको प्रदेश २..

    'ममा कुनै दाग, धब्बा र छिटाहरु भए आलोचना गरिदिनुस्'

    आईतवार, आषाढ १४, २०७७ साल
    काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो अतिक्रमित भूमि समेटेर नक्शा छापेवापत मुलुकको सरकार परिवर्तन हुने विगतको जस्तो कमजोर राष्ट्रियताको स्थिति अहिले नरहेको स्पष्ट गरेका छन्। जननेता मदनकुमार भण्डारीको ६९ औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउण्डेशनले आज आयोजना गरेको ‘जनताको बहुदलीय जनवाद (जबज)को प्रकाशमा संघीय लोकतान्त्रिक गणतन्त्र’ विषयको कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षसमेत रहेका ओलीले प्रधानमन्त्री फेरिन्छ भनेर कसैले..

    राम्रो काम नगर्ने कर्मचारी हटाउँछुः मन्त्री भट्टराई

    आईतवार, आषाढ १४, २०७७ साल
    काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले आगामी आव २०७७/७८ को योजना कार्यक्रमलाई नतिजामुखी बनाउन मातहत निकायलाई निर्देशन दिएका छन्। एसएमटी (सिनियर मेनेजमेन्ट टिम) को बैठकलाई आज सम्बोधन गर्दै उनले आगामी आर्थिक वर्षको सुरुआतबाटै मन्त्रालयका काममा आफैँ सक्रिय ‘प्रोएक्टिभ’ भएर लाग्न आग्रह गरे। उनले राम्रो कार्यसम्पादन नगर्ने कर्मचारीलाई विनम्रतापूर्वक हटाइने पनि चेतावनी दिए। उनले भने, 'अहिल्यै मैले पूर्वसूचना गरेको छु।..

    राप्रपा सचिवालयमा ९ जना मनोनीत

    आईतवार, आषाढ १४, २०७७ साल
    काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीको विधानबमोजिम अध्यक्षत्रयले केन्द्रीय सचिवालय सदस्यमा ९ जनालाई मनोनयन गरेका छन्। मनोनीत हुनेमा नीलकण्ठ काफ्ले (नवलपुर), भक्तिप्रसाद सिटौला (झापा), भरत रायमाझी र इन्द्र चित्रकार (काठमाडौँ), राजाराम बर्तौला (मकवानपुर),  बाबुराम बस्नेत (भोजपुर), रामशरण पाठक (चितवन) भरतप्रसाद पाठक (नुवाकोट) र मीना शाही (ललितपुर) हुनुभएको पाटी प्रेस विज्ञप्तिमा जनाइएको छ। साथै आज बसेको सचिवालय बैठकले सचिवालयलाई पूर्णता प्रदान गरेकामा अध्यक्ष त्रयप्रति आभार..

    कैलालीबाट विप्लव नेकपाका छ जना पक्राउ

    आईतवार, आषाढ १४, २०७७ साल
    अत्तरिया। कैलालीमा नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपाका प्रमुखसहित छ जना पक्राउ परेका छन्। विप्लव नेकपाका प्रमुख दलबहादुर विकसहित धनगढी नगर इञ्चार्ज र विद्यार्थी नेता पक्राउ परेका हुन्। उक्त पार्टीका जिल्ला सदस्य बबरजंग सिंह, विद्यार्थीका जिल्ला अध्यक्ष सुवास जोशी, सदस्य डम्बर सुनार र लक्की शाह रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। उनीहरुलाई धनगढी उपमहानगरपालिका–१२ जुगेडाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं..

    २ हजार नाघ्यो सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या, ६ जनाकाे मृत्यु

    आईतवार, आषाढ १४, २०७७ साल
    धनगढी, १४ असार । सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार नाघेको छ । शनिबार थप २२१ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २ हजार ७६ पुगेको हो । जसमध्ये ४२४ जना महिला  र १६ सय ५२ पुरुष छन् ।  प्रदेशमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । शनिबार क्यान्सरको उपचारमा रहेका कैलाली गोदावरी..

    मदन भण्डारीको ६९ औँ जन्मजयन्ती आज मनाइँदै

    आईतवार, आषाढ १४, २०७७ साल
    काठमाडाैं, १४ असार। आज नेकपा एमालेका महासचिव जननेता मदनकुमार भण्डारीको ६९ औँ जन्मजयन्ती मनाइँदैछ । पार्टीनिकट अन्य संस्थाहरूले आज विविध कार्यक्रम गरी जन्मजयन्ती मनाउँदै छन् । स्व. भण्डारीको जन्मजयन्ती भएका कारण आज बस्ने भनिएको नेकपा स्थायी कमिटी बैठक पनि स्थगित गरिएको छ। विश्व कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगेका बेला नेपाली कम्युनिष्ट आन्दोलनको लोकतान्त्रिकरणका लागि ‘जनताको बहुदलीय जनवाद (जबज)’ को सिद्धान्त प्रतिपादन गरी..

    सरकारविरुद्ध आन्दोलनका कार्यक्रमकाे तयारी गर्दै कांग्रेस

    आईतवार, आषाढ १४, २०७७ साल
    काठमाडौं, १४ असार । महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण अन्योलमा परेको १४ औं महाधिवेशनबारे छलफल गर्न नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ ।  आशन्न महाधिवेशनसँगै सरकारविरुद्ध आन्दोलनका कार्यक्रम तय गर्न आइतबार दिउँसो कांग्रेस पदाधिकारी बैठक बस्न लागेको हो । कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिउँसो २ बजे बस्ने पदाधिकारी बैठकका लागि आशन्न महाधिवेशन र सरकारका कामकारबाहीबारे समीक्षा गरेर आगामी रणनीति तय गर्ने..

    बागमती प्रदेश सरकारले २ हजार ४५० आइसोलेसन बेड थप गर्ने

    आईतवार, आषाढ १४, २०७७ साल
    हेटौंडा, १४ असार। बागमती प्रदेश कोभिड संकट व्यवस्थापन समितिले दुई हजार ४५० आइसोलेसन बेड थप गर्ने निर्णय गरेको छ।  समितिका अध्यक्ष मुख्यमन्त्री डोरमणी पौडेलको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो। हाल प्रदेशले एक हजार २५८ वटा आइसोलेशन बेड तयारी अवस्थामा राखेको छ। समितिका अनुसार १० प्रतिशत महिलाहरूको लागि सुरक्षित गरी उपत्यकाका तीन जिल्लामा एक हजार, चितवन, मकवानपुर, धादिङ, नुवाकोट, काभ्रेपलाञ्चोक र..
    Weather Forecast