मंगलवार, आषाढ २३, २०७७

    राज्य-समाज

    उपनिर्वाचन २०७६ : “विद्याभित्र रवीन्द्र देख्छौँ”

    बिहिवार, कार्तिक २१, २०७६ साल
    चिप्लेढुङ्गा, २१ कात्तिक कास्की क्षेत्र नं २ को प्रतिनिधिसभा उपनिर्वाचनमा विद्या भट्टराईको उम्मेदवारीले रवीन्द्रप्रसाद अधिकारीको जन्मस्थान भरतपोखरीवासी खुशी भएका छन् । “आफ्नो माटोमा जन्मे हुर्केर राजनीति उचाइमा पुगेको गाउँको लोकप्रिय छोरो गुमाउनुपरेको पीडालाई भुल्न गाह्रो भए पनि विद्याको उम्मेदवारीले केही खुशी ल्याएको छ ।”  स्थानीयवासी ८०  वर्षीया पूर्णकुमारी आचार्यले भन्नुभयो । “मैले जीतको शुभकामना दिएँ, विद्या हाम्री छोरी हुन्, अब राष्ट्रकै छोरी..

    भारतसँग कूटनीतिक तवरबाट समाधान निकाल्न नेता खनालको आग्रह

    बिहिवार, कार्तिक २१, २०७६ साल
    काठमाडौँ, २१ कात्तिक पूर्वप्रधानमन्त्री झलनाथ खनालले भारतद्वारा हालै प्रकाशित भनिएको नक्शामा नेपालको भूभाग अतिक्रमित भएकाले त्यसको कूटनीतिक तवरबाट वार्ता गरी समाधान निकाल्न सरकारसंँग आग्रह गर्नु भएको छ ।   उहाँले आज विज्ञप्ति जारी गर्दै अतिक्रमित भूमिबारेमा ऐतिहासिक कालदेखिका तथ्याङ्क प्रस्तुत गरी भारत सरकारसंँग वार्ता र कूटनीतिक ढङ्गले समस्याको समाधान गरी नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षा गर्न सरकारसँग आग्रह गर्नुभएको छ ।  ‘‘नेपालको पश्चिमोत्तर..

    कालापानी नेपालकै हो, एक इञ्च पनि सीमा मिच्न दिन्नौं : परराष्ट्रमन्त्री ज्ञवाली

    बिहिवार, कार्तिक २१, २०७६ साल
    बैतडी, २१ कात्तिक परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कालापानी नेपालकै भएको बताउनुभएको छ । सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै बैतडीको पञ्चेश्वर गाउँपालिकामा आजदेखि आयोजित राष्ट्रनिर्माण महामहोत्सवमा उहाँले मुलुकको एक इञ्च पनि सीमा मिच्न नदिइने बताउनुभयो ।  भारतीय नक्सामा नेपालको भूमि राखिएको भन्ने जानकारी आफूले सञ्चारमाध्यमबाटै थाहा पाए उल्लेख गर्दै उहाँले भन्नुभयो, “कालापानी हाम्र्रै हो, यदि भारतको नक्सामा नेपाली भूमि..

    देउवाले भारतीय राजदूतलाई फोन गरेर के भने ?

    बिहिवार, कार्तिक २१, २०७६ साल
    काठमाडौँ, २१ कात्तिक प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले आज भारत सरकारले हालै सार्वजनिक गरेको नक्साका सन्दर्भमा नेपालका लागि भारतीय राजदूत मंजिभसिंह पुरीसँंग टेलिफोन संवाद गर्नुभएको छ ।  संवादमा सभापति देउवाले नक्साप्रति आफ्नो ध्यानाकर्षण भएको बताउँदै कालापानी र लिपुलेक नेपालको अविभाज्य भूमि रहेकोे तथ्य स्मरण गराउनुभएको काङ्ग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । काङ्ग्रेसले विज्ञप्तिमार्फत कालापानी र लिपुलेक नेपालको अविभाज्य भूमि..

    नेपाललाई निरन्तर सघाउने अमेरिकाको प्रतिबद्धता

    बिहिवार, कार्तिक २१, २०७६ साल
    काठमाडौँ, २१ कात्तिक । अमेरिकाले नेपालको सामाजिक–आर्थिक रुपान्तरणका निम्ति निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।  अर्थमन्त्री युवराज खतिवडासँग विहिबार अर्थमन्त्रालयमा भएको शिष्टाचार भेटमा अन्तरराष्ट्रिय विकासका निम्ति अमेरिकी सहयोग नियोग (युएसएआइडी) को एशिया विभागका सहायक प्रशासक ग्लोरिया स्टेलीले त्यस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको हो । उहाँले सङ्घीयता कार्यान्वयनमा पनि अमेरिकी सहयोग जारी रहने बताउनुभयो ।  प्रदेश र स्थानीय तहका सरकारको क्षमता अभिवृद्धिका..

    उपनिर्वाचन २०७६ः भक्तपुरमा जम्मा २१ जनाले गराए उम्मेदवारी दर्ता [नामावली सहित]

    बिहिवार, कार्तिक २१, २०७६ साल
    भक्तपुर, २१ कात्तिक ।  आगामी मङ्सिर १४ गते भक्तपुर क्षेत्र नं १ प्रदेश (क) मा प्रदेशसभा सदस्यका लागि हुने उपनिर्वाचनमा आज ११ दल र १० स्वतन्त्रसहित २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को तर्फबाट देवीप्रसाद (डिपी) ढकालले उम्मेदवारी दर्ता गराउनुभएको छ । नेकपाका सचिवालय सदस्य बामदेव गौतम, स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्य, केन्द्रीय सदस्य..

    भारतले जारी गरेको नक्साप्रति नेविसङ्घको आपत्ति

    बिहिवार, कार्तिक २१, २०७६ साल
    काठमाडौं, २१ कात्तिक नेपाली काङ्ग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)ले भारतीय नक्सामा नेपाली भूमि समावेश गरिएकामा आपत्ति जनाउँदै विरोध प्रदर्शन गरेको छ ।  नेविसङ्घले भारत सरकारले भर्खरै जारी गरेको नक्सामा नेपाली भू–भाग कालापानी र लिपुलेकलाई भारतको नक्सामा समावेश गरेको भन्दै विरोध गरेको हो । नेविसङ्घले आज त्रिचन्द्र क्याम्पस अगाडि विरोध प्रदर्शन गरेको छ । कार्यक्रममा नेविसङ्घका नेता दिपक भट्टराईले भारत सरकारले मिचेको..

    परराष्ट्रको विज्ञप्‍तिमा बाबुरामको प्रश्‍न : हस्ताक्षर गर्न हात किन काँपेको ?

    बिहिवार, कार्तिक २१, २०७६ साल
    काठमाडौं,  २१ कात्तिक नेपाली भूमि कालापानी क्षेत्रलाई भारतले आफ्नो नयाँ नक्सामा समावेश गरेकोप्रति नेपालमा विरोध हुन थालेपछि पराराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरेको छ । उसले कालापानी क्षेत्र नेपालकै भूभाग भएकोमा नेपाल सरकार स्पष्ट भएको बताएको छ । परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिलाई पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले गम्भीर आपत्ति जनाएका छन् । उनले ट्वीटमार्फत आधिकारिक हस्ताक्षर बिनाको वक्तव्यले सरकारको इँजार फुस्किएको भन्दै व्यङ्ग्यसमेत गरेका..

    उपनिर्वाचनका लागि मनोनयन दर्ता आजदेखि, कहाँ कहाँ हुँदैछ उपनिर्वाचन ?

    बिहिवार, कार्तिक २१, २०७६ साल
    बिहिबार, कार्तिक २१ । आगामी मङ्सिर १४ गते हुने प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको उपनिर्वाचनकालागि बिहिबारदेखि मनोनयनपत्र दर्ता गरिने भएको छ । प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको हकमा कात्तिक २१ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म मुख्यनिर्वाचन अधिकृतको कार्यालय, जिल्लाको सदरमुकाममा र स्थानीय तह को हकमा कात्तिक २७ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयनपत्र..

    मेलम्चीका चिनिया ठेकेदार भन्छन् : राष्ट्रपति सीको आदेश छ !

    बिहिवार, कार्तिक २१, २०७६ साल
    २१ कात्तिक, काठमाडौं ।  दुई दशकअघि नै सुरु भएको मेलम्ची परियोजनाले काठमाडौंमा पानी खसाउने मिति धेरै पटक तोकिए पनि काम अझै सकिएको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लो वर्ष आगामी वैशाखमै मेलम्चीको खानेपानी काठमाडौंमा आइपुग्ने घोषणा गरेका थिए । त्योभन्दा पछि खानेपानी मन्त्री बीना मगरले दशैंमा काठमाडौंवासीले मेलम्चीको पानी पिउन पाउने दाबी गरिन् । यसभन्दा पहिले पनि विभिन्न सरकारका पालामा काठमाडौंमा..

    चन्द समूहको गतिविधि निस्तेज हुँदै गएको निष्कर्ष, सरकारलाई सफलता मिलेकै हो ?

    बिहिवार, कार्तिक २१, २०७६ साल
    बुटवल, २१ कात्तिक प्रदेश नं ५ मा माओवादी विप्लव समूहको गतिविधि निस्तेज हुँदै गएको प्रदेशको उच्च सुरक्षा तहमा निष्कर्ष निकालिएको छ । दाङ जिल्ला लगायतमा प्रतिबन्धित विप्लव समूहका उच्चस्तरीय नेतृत्वको गिरफ्तारी र प्रहरी प्रशासनको सक्रियताले समूहको अवस्था कमजोर हुँदा विध्वंशात्मक कार्य नियन्त्रणमा सफलता मिल्दै गएको विश्लेषण गरिएको छ ।  प्रदेश नं ५ का १२ वटै जिल्लाका प्रजिअ र सबै सुरक्षा अङ्गका प्रमुखसहित..

    मेलम्ची सम्पन्न गर्न एकजुट हुनुपर्छ : मन्त्री मगर

    बुधबार, कार्तिक २०, २०७६ साल
    मेलम्ची, २० कात्तिक खानेपानी तथा सरसफाइमन्त्री बीना मगरले बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजना सम्पन्न गर्न र मिति तोक्न एकजुट भएर लागिरहेको बताउनुभएको छ । मेलम्ची खानेपानी आयोजनाका लागि आवश्यक पूर्वाधार र आगामी कार्ययोजना बनाइसकेकाले मन्त्रालय, आयोजनाको टिम एकजुट भएर लागिरहेको उहाँले दाबी गर्नुभयो । आयोजनाको समय थपि“दै जानुले राम्रो सन्देश नदिएको भन्दै मन्त्री मगरले सिएमसीपछिको नयाँ ठेकेदार कम्पनीले उत्साहजनकरुपले काम गरेको बताउनुभयो ।..

    काङ्ग्रेसले लगायो उम्मेदवारको टुङ्गो

    बुधबार, कार्तिक २०, २०७६ साल
    काठमाडौँ, २० कात्तिक नेपाली काङ्ग्रेसले आगामी मङ्सिर १४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको उपनिर्वाचनका लागि उम्मेदवार चयन गरेको छ । पार्टीको आज बसेको पदाधिकारी बैठकले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवार छनौट गरेको उपसभापति विमलेन्द्र निधिले जानकारी दिनुभयो । कास्की निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यमा खेमराज पौडेललाई उम्मेदवार बनाएको छ । प्रदेशसभा सदस्यको उम्मेदवारमा भक्तपुर निर्वाचन क्षेत्र नं १ को..

    स्व. रवीन्द्र अधिकारीको जन्मघरबाट विद्याले थालिन् चुनावी अभियान

    बुधबार, कार्तिक २०, २०७६ साल
    चिप्लेढुङ्गा, २० कात्तिक आगामी मङ्सिर १४ गते हुने कास्की क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा नेकपाकोतर्फबाट उम्मेदवार रहनुभएकी विद्या भट्टराईले पोखरा महानगरपालिका वडा नं ३३ भरतपोखरीबाट अभियान शुरु गर्ने बताउनुभएको छ ।  स्व रवीन्द्र अधिकारीको जन्म घर जहाँ रवीन्द्रले जीवनको बाल्यकालसँगै राजनीतिक जीवनको यात्रा शुरुआत गर्नुभएको थियो । उक्त स्थानबाट नै विद्याले चुनावी अभियानको शुरुआत गर्ने नेकपा कास्कीका निर्वाचन उम्मेदवार व्यवस्थापन..

    मुलुक विधिको शासनमा अघि बढ्दै छ : अध्यक्ष तिमिल्सिना

    बुधबार, कार्तिक २०, २०७६ साल
    पर्वत, २० कात्तिक राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मुलुक विधिको शासनबाट अघि बढ्दै गएको बताउनुभएको छ ।  पर्वतको ‘लाइफलाइन’का रुपमा रहेको लुङ्खुदेउराली–हुवास सडक कालोपत्र निर्माण कार्यको आज शिलान्यास गर्दै अध्यक्ष तिमिल्सिनाले मुलुकमा तीनै तहका सरकार बनेपछि संविधानको कार्यान्वयनसमेत प्रभावकारी बनेको बताउँदै राज्यका सबै संयन्त्रहरु संविधानप्रदत्त तवरबाट अघि बढेको बताउनुभयो ।  “मुलुक विधिमा चल्नु भनेकै समृद्धिको मुख्य आधार हो”, अध्यक्ष तिमिल्सिनाले भन्नुभयो । उहाँले..

    कालापानी, लिम्पियाधुरा र लिपुलेक भारतमा राखिएको भनी आपत्ति

    बुधबार, कार्तिक २०, २०७६ साल
    काठमाडौँ, २० कात्तिक नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो भू–भागमा राख्दै छिमेकी राष्ट्र भारतले हालै जारी गरेको नक्साप्रति मौलिक जरोकिलो पार्टीले आपत्ति जनाएको छ । सन् १८१६ मा नेपाल र तत्कालीन इस्टइन्डिया कम्पनीबीच भएको सुगौली सन्धिले नेपालको पश्चिमी सिमाना महाकालीलाई बनाएको हुँदा उक्त विन्दुभन्दा एक इन्च मात्रै वर सार्ने कामको कूटनीतिक तवरबाट प्रतिवाद गर्न पार्टीले सरकारसँंग माग गरेको छ ।    लिम्पियाधुरा, कुट्यिाङ्दी, लिपुलेक..

    काटिएका रूख कतै व्यवस्थापन, कतै कुहिदै

    बुधबार, कार्तिक २०, २०७६ साल
    निजगढ, २० कात्तिक निजगढ काठमाडौँ दु्रतमार्ग निर्माणका क्रममा लागि काटिएका रुखको व्यवस्थापन गर्ने कार्य शुरु भएको छ । सरकारले दु्रतमार्ग निर्माणका लागि नेपाली सेनालाई जिम्मा दिएपछि सडक निर्माणको क्रममा रेखाङ्कनमा परेका मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१८ एक्लेखेतको पञ्चकन्या सामुदायिक वन उपभोक्ता समितिले आफ्नो क्षेत्रमा काटिएका रुखहरु वन क्षेत्रबाट व्यवस्थापन गर्ने काम शुरु गरेको जनाएको छ । वन मन्त्रालयको वन व्यावस्थापन निर्देशिका २०७२ बमोजिम कटान..

    नवनियुक्त गण्डकी प्रदेश प्रमुख शेरचनद्वारा पदभार ग्रहण

    बुधबार, कार्तिक २०, २०७६ साल
    पोखरा, २० कात्तिक : नवनियुक्त गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले आज पदभार ग्रहण गर्नुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट मङ्गलबार शपथग्रहण लिनुभएका शेरचनले शहीदचोकस्थित प्रदेश प्रमुखको कार्यालयमा पुगेर पदभार ग्रहण गर्नुभएको हो ।  पदभार ग्रहण समारोहमा प्रदेश प्रमुख शेरचनले राष्ट्रियता, सार्वभौमिकता तथा राष्ट्रिय अखण्डता जोगाउनका लागि सबै नेपाली एक हुनुपर्ने बताउनुभयो । सङ्घीयताको सफल कार्यान्वयन अहिलेको प्रमुख आवश्यकता भएको आँैल्याउँदै उहाँले परिवर्तित व्यवस्थालाई..

    बल्ल बोल्यो नेपाल सरकार, भन्यो - कालापानी क्षेत्र नेपालको भूभाग हो !

    बुधबार, कार्तिक २०, २०७६ साल
    काठमाडौँ, २० कात्तिक ।  नेपाल सरकारले कालापानी क्षेत्र नेपालको भूभाग भएको स्पष्ट गरेको छ । भारत सरकारले हालै प्रकाशन गरेको नयाँ राजनीतिक नक्शालाई लिएर नेपालको कालापानी क्षेत्र सम्बन्धमा प्रकाशित विभिन्न समाचार एवं टिप्पणीप्रति नेपाल सरकारको ध्यानाकर्षण भएको जनाउँदै परराष्ट्र मन्त्रालयले  कालापानी क्षेत्र नेपालको भूभाग भएको स्पष्ट गरेको हो । दुई देश बीच सुल्झाउन बाँकी रहेका सीमासम्बन्धी विषयहरू दुवै पक्षको आपसी सहमतिमा टुङ्ग्याउनुपर्ने..

    ‘युवासँग प्रधानमन्त्री’ कार्यक्रम आउँदै, मञ्चबाटै युवाका समस्या सम्बोधन गरिने

    बुधबार, कार्तिक २०, २०७६ साल
    काठमाडौँ, २० कात्तिक ।  सरकार प्रमुखलाई युवाका मुद्दाबारे जानकारी गराउन ‘युवासँग प्रधानमन्त्री’ कार्यक्रम गरिने भएको छ । राष्ट्रिय युवा परिषद्ले युवाका मुद्दाबारे प्रधानमन्त्रीलाई गुनासो सुनाउनका लागि सो कार्यक्रम गर्न लागेको हो ।  परिषद्का उपाध्यक्ष माधव ढुङ्गेलले सबै क्षेत्रका युवाका नीतिगत समस्यालाई एकै थलोबाट प्रधानमन्त्रीलाई प्रत्यक्ष संवाद गरी जानकारी गराउन ‘युवासँग प्रधानमन्त्री’ कार्यक्रम गर्न लागिएको जानकारी गराउनुभयो । परिषद्ले उद्योग, राजनीति, कृषि, वैदेशिक..

    भारतले जारी गरेको नक्साको विरोधमा नेमकिपाद्वारा प्रदर्शन

    बुधबार, कार्तिक २०, २०७६ साल
    भक्तपुर, २० कात्तिक ।  नेपाली सीमा अतिक्रमण गरी भारतले जारी गरेको नक्साको विरोध गर्दै नेपाल मजदूर किसान पार्टीले विरोध ¥याली प्रदर्शन गरेको छ । नेमकिपाले आज भक्तपुरको कमलबिनायकबाट शुरु गरेको विरोध ¥याली भक्तपुर नगर क्षेत्रको विभिन्नस्थान परिक्रमा गरी सूर्यविनायक चोकमा पुगेर विरोधसभामा परिणत भएको थियो । लामो समयदेखि नेपाली सीमाबारे विवाद जारी रहेको लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई भारतले आफ्नो देशको नक्सामा राखेर..

    घोराही पुगेर प्रचण्डले भने - प्रदेश नं. ५ को केन्द्र दाङ बन्छ

    बुधबार, कार्तिक २०, २०७६ साल
    घोराही, २० कात्तिक : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश नं ५ को केन्द्र दाङ बन्ने बताउनुभएको छ । उहाँले भौगोलिक, आर्थिक र पछिल्लो विकासको क्रमलाई मूल्याङ्कन गर्दा प्रदेशको केन्द्र दाङ हुने स्पष्ट पार्नुभयो ।  प्रेस सङ्गठनले बुधबार घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले यहाँको राजनीतिक, शैक्षिक, स्वास्थ्य र पूर्वाधारमा भइरहेको विकासले दाङलाई नेपालकै केन्द्र बन्न आधार तयार..

    कालापानी र लिपुलेकको चिन्ता : दिल्लीबाट जारी नयाँ नक्साप्रति काङ्ग्रेसको ध्यानाकर्षण

    बुधबार, कार्तिक २०, २०७६ साल
    काठमाडौँ, २० कात्तिक ।  प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले नयाँ दिल्लीले भर्खरै मात्र नेपालका भूभाग कालापानी र लिपुलेक भारतको नयाँ नक्सामा पारेको भन्ने समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ ।  काङ्ग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सामाजिक सञ्जालमार्फत यसबारेमा तत्काल धारणा सार्वजनिक गरी गम्भीर पहलकदमी लिन सरकारसँग माग गर्नुभएको छ । कालापानी र लिपुलेक नेपालका अभिन्न अङ्ग भएको उल्लेख गर्दै उहाँले नेपाली माटोका बारे कहीँबाट..

    प्रधामन्त्रीको स्वास्थ्य : भावी उपचारबारे परामर्श तीव्र, आवश्यक परेका बेला डायलाइसिस

    बुधबार, कार्तिक २०, २०७६ साल
    काठमाडौँ, २० कात्तिक । प्रत्यारोपित मिर्गौला फेल भएपछि दुईपटक डायलासिस गरिसकेका प्रधानमन्त्री केपी शर्मा ओलीको भावी उपचारबारे चिकित्सकहरुले आन्तरिक छलफल गर्नुका साथै मुलुकभन्दा बाहिरका अस्पताल र चिकित्सकहरुसँग परामर्श तीव्र पारिएको छ । अघिल्लो साता मिर्गौलाले काम गर्न छाडेपछि दुईपटक डायलाइसिस गराएका ओलीको शनिबार या आइतबार फेरि डायलाइसिस गर्नुपर्ने बताएका थिए । दुईपटकको डायलाइसिस पछि नै स्वास्थ्यमा सुधार भएपछि तेस्रो पटक गर्नुपरेको छ..

    बेलायती सरकारको विभेदमा परेका भूपूगोर्खा सैनिकले न्यायिक सङ्घर्ष अघि बढाउनुपर्ने

    बुधबार, कार्तिक २०, २०७६ साल
    काठमाडौँ, २० कात्तिक । भूतपूर्व बेलायती गोर्खा सैनिकले उठाएको समानता, प्रतिष्ठा र मानवअधिकारको आन्दोलनलाई बौद्धिक ढङ्गले सकारात्मकरूपमा अघि बढाउनुपर्नेमा विज्ञ एवं सरोकारवालाले जोड दिएका छन् । भूतपूर्व ब्रिटिस गोर्खा सत्याग्रह संयुक्त सङ्घर्ष समितिले यहाँ आयोजना गरेको ‘भूतपूर्व ब्रिटिस गोर्खाको समानता, सम्मान र मानवअधिकारका लागि सत्याग्रह’ विषयक गोष्ठीका वक्ताले लामो समयदेखि बेलायती सरकारको विभेद र उत्पीडनमा परेका भूपूगोर्खा सैनिकको समस्या समाधानका लागि सरकार,..

    प्रतिनिधिसभामा त्रिदेवीको भिडन्त, निर्वाचन आयोगमा १२८ दल दर्ता

    बुधबार, कार्तिक २०, २०७६ साल
    काठमाडौँ, २० कात्तिक   देशभरिबाट निकै चाखपूर्ण रुपमा हेरिएको कास्की क्षेत्र नं २ को उपनिर्वाचनमा आजसम्म तीन महिलाको उम्मेदवारी रहेको छ । हालसम्म नेकपासहित तीन दलले आफ्नो उम्मेदवारको टुङ्गो लगाइसकेका छन् । नेकपाले विद्या भट्टराईलाई उम्मेवार बनाउने घोषणा गरेको छ ।    भट्टराई  २०४७ सालमा पद्मकन्या क्याम्पसको प्रारम्भिक कमिटीमा आबद्ध हुँदै राजनीतिमा सक्रिय हुँदै आउनुभएको छ । २०४७ सालमा अखिल नेपाल महिला सङ्घ जिल्ला..

    मुलुक समाजवादमा प्रवेशः गृहमन्त्री थापा

    मंगलवार, कार्तिक १९, २०७६ साल
    बुटवल, १९ कात्तिक गृहमन्त्री रामबहादुर थापाले देश समाजवादमा प्रवेश गरेको बताउनुभएको छ ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्यसमेत रहनुभएका थापाले आज नेकपा रुपन्देहीका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै राजनीतिक अधिकारका लागि लामो सङ्घर्षपछि सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था स्थापना भएकाले राजनीतिक कार्यदिशा पूरा भएको बताउनुभयो ।  गृहमन्त्री थापाले राजनीतिक परिवर्तनपछि समाजवाद स्थापनाका लागि मुलुकको समृद्धि मुख्य मुद्दा बनेको बताउनुभयो । उहाँले समृद्ध नेपाल..

    राजपा र समाजवादी पार्टीबीच चुनावी तालमेल !

    मंगलवार, कार्तिक १९, २०७६ साल
    काठमाडौँ, १९ कात्तिक पार्टी एकताका लागि गृहकार्य गरिरहेका राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टीवीच चुनावी तालमेलको गृहकार्य सुरु भएको छ ।  राजपाको अध्यक्ष मण्डलको मंगलबार बसेको बैठकले आगामी मंसीर १४ गते हुने उप-निर्वाचनमा उपेन्द्र-बाबुराम नेतृत्वको समाजवादी पार्टीसँग तालमेल गर्ने निर्णय गरेको छ । उप-निर्वाचनमा उम्मेदवार चयन गर्नुपूर्व समाजवादी पार्टीसँग तालमेल गर्ने निर्णय गरिएको बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ । २०७४ को प्रतिनिधि..

    प्रदेश नंं ५ को राजधानीको फैसला जनताले गर्नेछन् : प्रचण्ड

    मंगलवार, कार्तिक १९, २०७६ साल
    कोहलपुर, १९ कात्तिक नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले भौगोलिक बनावट सुहाउने गरी प्रदेश नं ५ को राजधानी सबैलाई पायक पर्ने ठाउँमा राखिने बताउनुभएको छ ।  नेकपा कोहलपुरले आयोजना गरेको विजयादशमी दिपावली तथा छठ पर्वका अवसरमा आयोजित कार्यक्रममा उहाँले जनताको फैसला नै अन्तिम हुने भएकाले त्यसतर्फ जनप्रतिनिधिको ध्यान जानुपर्नेमा जोड दिनुभयो ।  “प्रदेश नं ५ को राजधानी प्रदेशको केन्द्रमै पर्नेगरी हुनेछ”, प्रचण्डले भन्नुभयो,..

    सबैले रोजगारी पाउने गरी विकास गर्छौं : मुख्यमन्त्री भट्ट

    मंगलवार, कार्तिक १९, २०७६ साल
    डोटी, १९ कात्तिक सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सबै नागरिकले आफ्नै प्रदेशमा रोजगारी पाउने गरी विकासका कार्यक्रम ल्याउने बताउनुभएको छ । विद्यालय भवन हस्तान्तरण कार्यक्रमका लागि आज डोटी आईपुग्नुभएका मुख्यमन्त्री भट्टले केन्द्र तथा प्रदेश सरकार मिलेर सुदूरपश्चिममा साना तथा मझौला स्तरका जलविद्युत् योजना शुरु गर्नुपर्ने दाबी गर्नुभयो । जिल्लाका ठूलीगाड, साइलिगाड र गण्डिगाडमा जलविद्युत् योजनाको सम्भावना अध्ययनको काम अघि बढेको बताउँदै मुख्यमन्त्री..
    Weather Forecast