शनिबार, माघ ११, २०७६

    राज्य-समाज

    संविधान विगतको सङ्ग्रह, वर्तमान प्रतिविम्ब र भविष्यमा हिँड्ने बाटोको एकीकृत रूप : प्रधानमन्त्री

    बुधबार, भाद्र ४, २०७६ साल
    काठमाडौँ, ४ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले यसपटकको संविधान तथा राष्ट्रिय दिवस भव्यता र व्यापकताका साथ मनाउन सबैमा आह्वान गर्नुभएको ।  ठूलो बलिदान र सङ्घर्षबाट प्राप्त उपलब्धिका रूपमा संविधान आएकाले यो राष्ट्रव्यापी साझा दिवसको विशेषता, व्यापकता र भव्यता भएको उल्लेख गर्र्दै प्रधानमन्त्री ओलीले कसरी जनस्तरमै व्यापक बनाउन सकिन्छ, त्यसैगरी तयारी थाल्न आग्रह गर्नुभयो । आज गृह मन्त्रालयमा आयोजित संविधान दिवस तथा राष्ट्रिय..

    केहीले मरिहालोस् भनेका छन् तर म अझै १५ वर्ष अखडामै हुन्छु : प्रधानमन्त्री ओली

    बुधबार, भाद्र ४, २०७६ साल
    काठमाडौँ, ४ भदौ  बिहीबार प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि  सिङ्गापुर जाने भएका छन् ।  गृहमन्त्रालयमा बुधबार बसेको संविधान दिवस तथा राष्ट्रिय दिवस मूल समारोह समितिको बैठकलाई सम्बोधन गर्ने क्रममा ओलीले आफू बिहीबार उपचारका लागि सिंगापुर जान लागेको जानकारी दिएका हुन् । उनले आफू अझै १५ वर्ष बाँच्ने बताए । ‘केहीले मरिहालोस् भनेका छन् तर म अझै १५ वर्ष अखडामै हुन्छु। विरोधीहरू..

    नेपाल–भारत संयुक्त आयोगको बैठक आजदेखि, आर्थिक वृद्धितर्फ केन्द्रित

    बुधबार, भाद्र ४, २०७६ साल
    काठमाडौँ, ४ भदौ ।  नेपाल–भारत संयुक्त आयोगको पाँचौ बैठक बुधबार अपराह्नदेखि राजधानीमा प्रारम्भ हुँदैछ । द्विपक्षीय आर्थिक साझेदारीलाई सुदृढ तुल्याउनेतर्फ केन्द्रित रहने उक्त बैठकमा नेपाल–भारत सम्बन्धलाई अझ सार्थक, सुदृढ र नेपालको आर्थिक वृद्धिदरमा टेवा पुर्याउन मद्दत पुुग्नेगरी गहन विचारविमर्श हुनेछ ।   तीन वर्षपछि हुन लागेको उक्त बैठकमा द्विपक्षीय सम्बन्धको समग्र अवस्थाको पुनरावलोकनका साथै जल, स्थल र हवाई मार्गबाट सम्पर्क सञ्जाल विस्तारका साथै पारस्परिक..

    पुडासैनी मृत्यु प्रकरण : पक्राउ परेका प्रदर्शनकारीलाई धमाधम मुद्धा दर्ता गर्दै प्रहरी

    बुधबार, भाद्र ४, २०७६ साल
    चितवन, ३ भदौं । रवि लामिछानेलगायत तीन जनालाई पहिलो चरणको पाँच दिनको म्याद सकिएपछि चितवन प्रहरीले थप समय माग गर्दै मंगलबार तीनै जनालाई अदालतमा पेश गरेको थियो ।  पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा पक्राउ परेका रवि लामिछानेलगायत तीन जनालाई हिरासतमा राख्न म्याद थप गरेलगत्तै प्रदर्शनकारीले भरतपुरमा प्रर्दशन गरेका छन् । भरतपुरको चौविसकोठीमा प्रदर्शनमा उत्रिएका प्रर्दशनकारी र प्रहरी विच झडप भएको छ ।..

    देशको पुरानो लोकतान्त्रिक पार्टी कांग्रेसमा छलफलबिनै एजेन्डा पारित

    बुधबार, भाद्र ४, २०७६ साल
    काठमाडौँ, ४ भदौ  । कांग्रेस केन्द्रीय समितिको असार २२ गतेको बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले १४ बुँदे एजेन्डा पेस गरेका थिए। बैठकमा संघीयताअनुसार पार्टीको अन्तरिम संरचना गठनदेखि भ्रातृसंस्थाका विधान संशोधन र विधानअनुसार अवधि समाप्त भएका भ्रातृ संघबारे छलफल गर्ने कार्यसूची थियो। कांग्रेस बैठक डेढ महिनाको बीचमा एक दर्जन पटक बस्यो। जारी बैठकमा १४ एजेन्डामध्ये आधा पनि छलफल हुन सकेको छैन। तीमध्ये तीन..

    सेनाले राखेको मेलमिलाप प्रस्ताव मैना सुनारका परिवारबाट अस्वीकृत

    बुधबार, भाद्र ४, २०७६ साल
    काठमाडौँ, ४ भदौ ।  बहुचर्चित मैना सुनार हत्या प्रकरणमा नेपाली सेनाले राखेको मेलमिलाप प्रस्तावलाई उनका परिवारले अस्वीकार गरेको छ । १६ वर्षअघि नेपाली सेनाले चरम यातना दिएर हत्या गरिएकी काभ्रेकी मैना सुनारको परिवारलाई नेपाली सेनाले मेलमिलापका लागि राखेको प्रस्ताव परिवारले अस्वीकार गरेका हुन् । पहिलोपटक मैनाकी आमा देवी सुनारलाई ४ असारमा नेपाली सेनाले आफूहरूसँग मिल्न प्र्रस्ताव राखेका थिए । पहिलो प्रस्ताव..

    कार्यसम्पादन सम्झौता गरेको एक साता पनि नबित्दै डेढदर्जन सचिव सरुवा

    बुधबार, भाद्र ४, २०७६ साल
    काठमाडौँ, ४ भदौ । सरकारको कामकारबाहीलाई प्रभावकारी बनाउने भन्दै प्रधानमन्त्रीले सबै मन्त्रीसँग कार्यसम्पादन सम्झौता गरे। उनको निर्देशनमा मन्त्तीले सचिवहरूसँग र सचिवहरूले आफू मातहतका अरु कर्मचारीसँग कार्य सम्पादन सम्झौता गरे। तर मन्त्रीहरूले आफू मातहतका सचिवहरूसँग एक वर्षका लागि कार्यसम्पादन सम्झौता गरेको एक साता पनि नबित्दै मन्त्रिपरिषद्ले डेढ दर्जन सचिवको सरुवा गरेको छ। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले गृह, वन, संघीय मामिला,..

    अब गुणस्तर परीक्षण गर्न भारत जान नपर्ने

    बुधबार, भाद्र ४, २०७६ साल
    काठमाडौँ, ४ भदौ ।  नेपालका प्रयोगशालामा गरिएको खाद्य गुणस्तर परीक्षण प्रमाणपत्रलाई मान्यता दिन भारत सहमत भएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको प्रयोगशालामा गरिएका परीक्षणलाई ‘अन्तर्राष्ट्रिय बेन्च मार्क’ का आधारमा वैधता दिन भारतीय पक्षले सहमति जनाएको हो। यसले नेपाली कृषिजन्य उत्पादनलाई भारतीय बजारमा प्रवेश पाउन सहज हुनेछ। यसअघि नेपालको गुणस्तर सर्टिफिकेटलाई मान्यता नदिएर विभिन्न बहानामा भारतले अदुवा, अलैंचीलगायत कृषिजन्य वस्तु निर्यातमा..

    अख्तियारको अनुसन्धानले इतिहास ‘ब्रेक’ गर्ने अवस्था

    बुधबार, भाद्र ४, २०७६ साल
    काठमाडौँ, ४ भदौ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ हजार ५ सयभन्दा उजुरीको विस्तृत अनुसन्धान गरिरहेको छ। अनुसन्धानले इतिहास ‘ब्रेक’ गर्ने अवस्था रहेको प्रमुख आयुक्त नवीनकुमार घिमिरेको भनाइ छ। ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले सुशासन र राजनीतिक सदाचारका सम्बन्धमा गरेको छलफलमा उनले १ सय ४० भन्दा बढी व्यक्तिको अकुत सम्पत्तिमा छानबिन थालिएको बताए। कर्मचारी र स्थानीय तहका पदाधिकारीसहित सम्पत्ति विवरण नबुझाउनेलाई पनि राष्ट्रिय सतर्कता..

    माधव नेपालले उठाएको विषय पुरा भए ओलीले प्रधानमन्त्री वा अध्यक्ष छाड्नुपर्ने, यस्तोछ सात बुँदे नोट अफ डिसेन्टको पूर्णपाठ

    बुधबार, भाद्र ४, २०७६ साल
    काठमाडौँ, ४ भदौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले सचिवालयको निर्णयविरुद्ध लिखित असहमति दर्ता गरेका छन् । मंगलबारको सचिवालय बैठक स्थगित भए पनि  नेपालले आफ्ना असहमति लिखित रूपमै राखेका हुन् । लिखित असहमति राख्दै नेपालले एक व्यक्ति, एक पदको विषयलाई उठाएका छन् । नेपालले उठाएको विषय सम्बोधन नभए अध्यक्ष केपी ओलीले प्रधानमन्त्री र अध्यक्षमध्ये एक पद छाड्नुपर्नेछ । ..

    सर्वदलीय बैठकमा नेताहरुले किन निकाले ‘गणतन्त्र खतरामा’ परेको निष्कर्ष

    बुधबार, भाद्र ४, २०७६ साल
    काठमाडौँ, ४ भदौ । के संविधान र गणतन्त्रविरुद्ध नेपथ्यमा ‘षड्यन्त्र’ सुरु भएकै हो त ? प्रधानमन्त्रीको आह्वानमा मंगलबार अचानक बोलाइएको सर्वदलीय बैठकको मूल एजेन्डै त्यही रह्यो । र, संविधान बनाउने शक्तिहरू एकगठ भएर ऐक्यबद्धता जनाए, ‘संविधान, गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताका पक्षमा हामी सधैं, सबै, सँगै छौं। बैठकको सुरुमा प्रधानमन्त्री केपी शर्मा ओलीले ३ विषय उठान गरेका थिए– १. प्रणालीकै विरुद्ध आवाज उठ्न..

    प्रत्येक नागरिकमा स्वच्छ र शुद्ध खानेपानी पुर्याउँछौँ : मन्त्री मगर

    मंगलवार, भाद्र ३, २०७६ साल
    काठमाडौँ, ३ भदौ खानेपानीमन्त्री बीना मगरले देशभरका प्रत्येक नागरिकमा स्वच्छ र शुद्ध खानेपानी पु¥याउन सरकार लागिरहेको बताउनुभएको छ ।  देशभरका सबै प्रदेशका जनतालाई शुद्ध खानेपानी उपलब्ध गराउने लक्ष्यअनुसार खानेपानी विभागले उपलब्ध गराएको ‘खानेपानी गुणस्तर परीक्षण मोबाइल भ्यान’को आज शुभारम्भ गर्दै उहाँले सबै जनतामा स्वच्छ र शुद्ध खानेपानी पु¥याउन सरकार लागिरहेको बताउनुभएको हो ।  “संविधानले नै हरेक नागरिकलाई स्वच्छ र शुद्ध खानेपानी पिउने अधिकारको..

    नासु मृत्यु प्रकरण : ‘इमान्दार व्यक्ति हुनुहुन्थ्यो, कसरी यस्तो भयो आश्चर्यमा छौँ’

    मंगलवार, भाद्र ३, २०७६ साल
    काठमाडौँ, ३ भदौ   सिंहदरबारभित्र राष्ट्रिय योजना आयोगको पहिलो तलामा रहेको अनुगमन तथा मूल्याङ्कन शाखाको सभाहलको छेउमा चिया बनाउने ठाउँ छ । आज बिहान कार्यालय समयमा एक कर्मचारी पानी खान जाँदा नायब सुब्बा बच्चुराम केसी लडिरहेको देख्नुभयो । उहाँले जानकारी गराएपछि मात्रै घटना सार्वजनिक भएको हो ।   “बिहान लडिरहेको जानकारी आउने बित्तिकै सिंहदरबारको प्रहरी र आफन्तलाई समेत हामीले खबर गरेका हौँ, प्रहरीले आएर..

    सामाजिक मूल्य मान्यतालाई ध्यान दिएर कानून निर्माण जरुरी : मुख्यमन्त्री

    मंगलवार, भाद्र ३, २०७६ साल
    रुपन्देही, ३ भदौ प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले सामाजिक मूल्य र मान्यताअनुसार कानून निर्माण गर्न आवश्यक रहेकामा जोड दिनुभएको छ । उहाँले कानून निर्माणमा अन्तरराष्ट्रिय अभ्यासलाई मात्र हेर्दा सामाजिक सद्भाव खलबलिने र समाजमा अराजकता बढ्ने अवस्था सिर्जना भएकाले सामाजिक मूल्य र मान्यतालाई हेरेर कानून निर्माण गर्नु आवश्यक रहेको बताउनुभयो ।  मुलुकी संहिता दिवस २०७६ का सन्दर्भमा सङ्घीय सरकारको कानून न्याय तथा..

    तयारी नपुगेपछि नेकपा सचिवालय बैठक स्थगन, सर्वदलीय बैठक शुरु

    मंगलवार, भाद्र ३, २०७६ साल
    काठमाडौँ, ३ भदौ गृहकार्य नपुगेपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक स्थगन भएको छ । बैठक बुधबार बिहान ११ बजे बस्ने गरी स्थगन भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । नेकपाले आज अपराह्न ३ बजेका लागि पार्टी सचिवालय बैठक बोलाएको थियो ।  बैठकमा पोलिटब्यूरो गठन, विभिन्न आयोग, निकाय, सल्लाहकार कमिटी, ज्येष्ठ कम्युनिष्ट मञ्च, प्रवास कमिटीलगायतका साङ्गठनिक बाँडफाँटका विषयमा टुङ्गो लगाउने कार्यसूची..

    पुडासैनी आत्महत्या प्रकरण : रवि लामिछानेसहित तीनै जना थप ५ दिन हिरासतमा

    मंगलवार, भाद्र ३, २०७६ साल
    काठमाडौँ, ३ भदौ ।  शालिकरामले आत्महत्या अघि रेकर्ड गरिएको भनिएको भिडियोका आधारमा रवि लामिछानेसहित तीन जना पक्राउ परेका हुन् ।  पहिलो चरणको पाँच दिनको म्याद सकिएपछि चितवन प्रहरीले थप समय माग गर्दै मंगलबार तीनै जनालाई अदालतमा पेश गरेको थिए । जिल्ला अदालत चितवनले  पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहन अभियोगमा अनुसन्धान लागि पक्राउ परेका टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई..

    प्रतिनिधिसभामा आज : राँगादेखि ज्योतिषसम्मका कुरा

    मंगलवार, भाद्र ३, २०७६ साल
    काठमाडौँ, ३ भदौ । भन्सार छलेर काठमाडौँ भित्रिएका राँगा, ज्योतिष पेशाका सञ्चालन अनुमतिपत्र र स्थानीय तहका लागि लोकसेवा आयोगले खोलेको विज्ञापनसम्बन्धी विषयले प्रतिनिधिसभाको आजको बैठकमा प्रवेश पाएको छ । बैठकको शून्य समयमा भाग लिँदै सांसद विरोध खतिवडाले भारतबाट लामो समयदेखि भन्सारमा नाका भएर राँगाभैँसी नेपाल नभित्रिए पनि काठमाडौँमा मम र   छोयलाको अभाव नभएको देख्दा चोरी बाटो प्रयोग भएको हुन सक्नेप्रति सरकारको..

    सचिवालयको निर्णयविरुद्ध बैठकमा लिखित असहमति पेश गर्दै नेपाल

    मंगलवार, भाद्र ३, २०७६ साल
     काठमाडौँ, ३ भदौ  शुक्रबार र आइतबार गरिएको निर्णयबाट ‘कर्नर’मा परेका  नेकपाका चौथो वरीयताका नेता माधवकुमार नेपालले सचिवालय बैठकमा लिखित असहमति पेश गर्ने भएका छन् । युवा, मजदुर, महिला संगठनसहित ६ जनवर्गीय संगठनको इन्चार्ज, सहइन्चार्ज चयनमा नेता नेपालको ‘नोट अफ डिसेन्ट’ थियो । पार्टीभित्र ‘एक व्यक्ति एक पद’ लागू गरिनुपर्नेलगायत विभिन्न बुँदा समेटेर सचिवालयको बैठकमा लिखित असहमति दर्ज गर्न लागेको उनी निकट स्रोतले जानकारी..

    शालिकराम हत्या प्रकरण : पोस्टमार्टम रिपोर्ट र भिडियोमा जे देखियो...

    मंगलवार, भाद्र ३, २०७६ साल
    चितवन, ३ भदौं । पोस्टमार्टम रिपोर्ट सार्वजनिक भएको छ । माउण्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडासैनीको झुन्डिएकै कारण मृत्यु भएको पोस्टमार्टम रिपोर्टले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार पुडासैनीको गर्धनको हड्डी छुट्टिएको र घाँटीसमेत डोरीले कस्सिएको पोस्टमार्टम रिपोर्टमा उल्लेख छ । पोस्टमार्टम रिपोर्टमा पुडासैनीले आत्महत्या गरेको उल्लेख रहेको संकेत जिप्रका चितवनका प्रमुख एसपी दानबहादुर मल्लले गरे । ‘पोस्टमार्टम रिपोर्ट आएको छ..

    नेतृत्वसँग असन्‍तुष्‍ट प्रभु साह, दिए अध्यक्ष पदबाट राजीनामा

    मंगलवार, भाद्र ३, २०७६ साल
    काठमाडाैं, ३ भदाै । नेपाल कम्युनिस्ट पार्टी 'नेकपा' प्रदेश नम्बर २ का अध्यक्ष प्रभु साहले अध्यक्ष पदबाट राजीनामा दिएका छन्। पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई भेटेर साहले प्रदेश अध्यक्ष पदबाट राजीनामा दिएका हुन्। पार्टीको माथिल्लो निकायको निरन्तर गलत निर्णय र निर्देशनका कारण काम गर्ने असहज भएको भन्दै साहले राजीनामा दिएको स्रोतले बताएको छ। प्रदेश अध्यक्षको रुपमा आफूले अगाडि बढाएका हरेक कार्यमा पार्टीको नेतृत्व..

    भारतसँग दरो किसिमले संवाद गर्नु जरुरी छ : अध्यक्ष दाहाल

    मंगलवार, भाद्र ३, २०७६ साल
    जनकपुरधाम, ३ भदौ  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सीमावर्ती क्षेत्रमा भारतद्वारा निर्मित बाँधले उत्पन्न हुँदै आएको समस्या समाधानका लागि भारतसँग दरो किसिमले संवाद गर्नु जरुरी भएको धारणा व्यक्त गर्नुभएको छ । जिल्ला विपद् व्यवस्थापन समितिद्वारा आज यहाँ आयोजित छलफलमा उहाँले बाँधका कारण उत्पन्न समस्या समाधानका लागि दुवै देश मिलेर जनताको हितमा कार्य गर्नु आवश्यक छ भन्नुभयो । बाँध..

    निर्वाचन आयोग : ५० पदका लागि ४० करोड खर्च

    मंगलवार, भाद्र ३, २०७६ साल
    काठमाडौँ, ३ भदौ । निर्वाचन आयोगले आगामी मङ्सिर १४ गतेका लागि तोकेको उपनिर्वाचनमा ५५० मतदान केन्द्र कायम हुने जानकारी दिएको छ । आयोगका प्रवक्ता शङ्करप्रसाद खरेलका अनुसार प्रतिनिधिसभाको एक, प्रदेशसभाका तीन र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष चार, नगरपालिका प्रमुख एक र  वडाध्यक्ष ४१ समेत गरी ५० पदका लागि हुने उक्त निर्वाचनमा करीब पाँच लाख मतदातालाई मतदान गर्ने अधिकार हुनेछ ।   गत साउन..

    रवि लामिछाने सहित तीनै जनालाई चितवन अदालत लगियो, रिहाईको सम्भावना कति ?

    मंगलवार, भाद्र ३, २०७६ साल
    चितवन, ३ भदौं । पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा पक्राउ परेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेका सहित तीन जनालाई चितवन जिल्ला अदालत उपस्थित गराइएको छ । मंगलवार विहान दश बजे नै उनिहरुलाई अदालत पुर्याइएको हो । पाँच दिनको अनुसन्धान र बयानपछि छैठौ दिनमा अदालत उपस्थित गराइएको चितवनका प्रहरी प्रमुख एसपी दान बहादुर मल्लले जानकारी दिए । अदालत पेस गरिएकोमा लामिछाने सहित न्यू..

    नेकपा प्रदेश २ का अध्यक्ष प्रभु साहले दिए राजीनामा

    मंगलवार, भाद्र ३, २०७६ साल
    काठमाडौँ, ३ भदौ ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश २ का अध्यक्ष प्रभु साहले अध्यक्ष पदबाट राजीनामा दिएका छन्। साहले पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई मंगलबार राजीनामा बुझाएका हुन्। प्रदेश २ को अध्यक्षको जिम्मेवारीमा रहेर काम गर्न नेतृत्वबाट निरन्तर असहयोग भएको भन्दै राजीनामा दिएको साहका निजी सचिव निभेष कुमारले बताए ।  नेकपाले गत असोज ५ गते सातै प्रदेशका अध्यक्षको जिम्मेवारी तोकेको थियो साहले..

    प्रधानमन्त्री ओलीले पहिलो पटक किन् बोलाए सर्वदलीय बैठक ?

    मंगलवार, भाद्र ३, २०७६ साल
    काठमाडौँ, ३ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक आह्वान गरेका छन् ।  उनले प्रधानमन्त्री भएपछि पहिलो पटक सर्वदलीय बैठकको आह्वान गरेका हुन् ।  मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा संसद्मा प्रतिनिनिधित्व गर्ने सबै राजनीति दलहरुलाई बोलाइएको छ। समसामयिक विषयमा छलफल गर्नका लागि प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाउनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले जानकारी दिए ।  प्रधानमन्त्रीले सत्य निरुपण तथा मेलमिलाप आयोगको पदाधिकारी चयन,..

    ब्युँताइयो सरकारी निर्माण कम्पनी, ‘कमिसन’ खाने वैधानिक बाटो खुल्ने आशंका

    मंगलवार, भाद्र ३, २०७६ साल
    काठमाडौँ, ३ भदौ ।  ठूला भौतिक पूर्वाधार निर्माणमा वैधानिक रूपमै आर्थिक चलखेलको जोखिम बढ्ने गरी सरकारले ‘नेपाल पूर्वाधार निर्माण कम्पनी’ खडा गरेको छ । यसबाट विकासे मन्त्रालयका प्रभावशाली मन्त्रीहरूले आफ्नो स्वार्थअनुरूप काम गर्ने ठेकेदारलाई बिनाप्रतिस्पर्धा ठेक्का दिएर ‘कमिसन’ खाने वैधानिक बाटो खुल्ने आशंका बढेको छ ।  पञ्चायतकालदेखि २०५८ सालसम्म विकासे मन्त्रालयका प्रभावशाली मन्त्रीहरूले नेसनल कन्स्ट्रक्सन कम्पनी अफ नेपाल (एनसीसीएन) मार्फत ठूला भौतिक..

    कलिलैमा बिहेले कानुनी झमेला, जबर्जस्ती करणीको मुद्दा

    मंगलवार, भाद्र ३, २०७६ साल
    काठमाडौँ, ३ भदौ । ९ महिनाअघि मोरङको रंगेली नगरपालिकाका १७ वर्षीया एक किशोरी र १९ वर्षीय एक किशोर गाउँबाट हराए । गाउँमा खैलाबैला मच्चियो । किशोरीका आमाबुबाले इलाका प्रहरी कार्यालयमा छोरी हराएको भन्दै निवेदन दिए । प्रहरीले दुवैलाई एकै स्थानबाट फेला पार्‍यो ।   लामो समयदेखि प्रेम सम्बन्धमा रहेका उनीहरू सँगै भागेका थिए । कानुनतः २० वर्ष नपुगी विवाह गर्न नमिल्ने भएकाले प्रहरीले..

    पूर्वराजा र विप्लवलाई गाली पञ्चायतकालीन ‘अराष्ट्रिय तत्व’ जस्तै

    मंगलवार, भाद्र ३, २०७६ साल
    काठमाडौँ, ३ भदौ । पूर्वराजा ज्ञानेन्द्र शाह र विद्रोही नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहलाई सरकार र यसका पक्षपातीले गर्ने आलोचना पञ्चायतकालीन शासकले ‘अराष्ट्रिय तत्व’ भनेर बच्ने प्रयास गरेजस्तै भएको राजनीतिक विश्लेषकहरूको धारणा छ। राजनीतिक विश्लेषक प्राध्यापक कृष्ण खनाल भन्नुहुन्छ– ‘राजनीतिमा हाउगुजी देखाएर अरूलाई तह लगाउने विधि नयाँ होइन, चाणक्य÷कौटिल्य कालमा पनि यस्तै गरिन्थ्यो, आज केपी ओली सरकारले पनि त्यसलाई निरन्तरता दिइरहेको छ। तर,..

    कर्मचारीको उमेर हद ६० वर्ष

    मंगलवार, भाद्र ३, २०७६ साल
    काठमाडौँ, ३ भदौ । निजामती कर्मचारीको उमेर हद ६० वर्ष कायम गरिने भएको छ। संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवा सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा निजामती कर्मचारीले ६० वर्ष उमेर पूरा भएपछि अनिवार्य अवकाश पाउने व्यवस्था गरिएको हो। अहिले उमेर हद ५८ वर्ष छ। विधेयक संसद्मा दफावार छलफलको अन्तिम अवस्थामा पुगेको छ। २०२१ सालपछि जन्मेका कर्मचारीको हकमा मात्रै उमेर हद..

    रविको बयान आज

    मंगलवार, भाद्र ३, २०७६ साल
    काठमाडौँ, ३ भदौ ।  पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणलाई लिएर यति बेला चितवन धेरै नै तातिएको छ। उसै त चितवनमा भदौको गर्मी त्यसमा पनि न्युज २४ टिभीका पत्रकारद्वय रवि लामिछाने र युवराज कँडेललाई पत्रकार शालिकराम पुडासैनी प्रकरणमा जोडेर अनुसन्धान भइरहेका बेला सडक झनै तातेको छ। आज मंगलबार रवि लामिछानेसँग बयान लिने तयारी भइरहेको छ। तर, सडकमा उर्लेको भीडले कतै दुर्घटना त निम्त्याउँदै..
    Weather Forecast