शुक्रबार, मंसिर २०, २०७६

    राज्य-समाज

    मंसिरमै चुनाव गराउने तयारी

    शुक्रबार, श्रावन १०, २०७६ साल
    काठमाडौँ, १० साउन ।  निर्वाचन आयोगले आयोगले जनप्रतिनिधिविहीन रहेका संघ, प्रदेश र स्थानीय तहमा आगामी कार्तिक मसान्त वा मंसिर पहिलो साताभित्र उपनिर्वाचन गराउने गरी लक्ष्य मिति तोक्न सरकारसंग परामर्श गर्ने बताएको छ । निर्वाचनका लागि आवश्यक पर्ने सबै स्रोत र साधनको कार्यविधि बनाइरहेको जानकारी दिंदै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले भन्नुभयो–‘उपनिर्वाचन गराउन के के आवश्यक छ ? के कस्तो अवस्था छ भन्ने..

    निर्मला हत्याको एक वर्षः राज्य संयन्त्र चुक्दा मिलेन न्याय, यसरी भएको थियो घटना

    शुक्रबार, श्रावन १०, २०७६ साल
    काठमाडौँ, १० साउन ।  कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको एक वर्ष पुगेको छ। तर अझै प्रहरी–प्रशासन हत्यारानजिक पुग्न सकेको छैन। निर्मलाको हत्यारा पत्ता नलाग्दा पीडा कम नभई झनै बल्झिँदै गएको उनका आमा–बुबा बताउँछन्। न्याय खोज्दाखोज्दै वर्ष बिते पनि अझै न्याय पाउन नसक्दा पीडा थपिँदै गएको निर्मलाकी आमा दुर्गादेवी बताउँछिन्। ‘निर्मला हत्याको वर्ष दिन भइसक्दा पनि प्रहरीले किन हत्यारा पत्ता..

    भारतीय प्रधानमन्त्री मोदी नेपाल आउँदै

    शुक्रबार, श्रावन १०, २०७६ साल
    काठमाडौँ, १० साउन ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आगामी भदौ अन्तिमसाता चारदिने नेपाल भ्रमणमा आउने निश्चित भएपछि भारतीय सुरक्षाकर्मी र बिदेश मन्त्रालयका कर्मचारी दुई महिनाअगावै त्यसको तयारीमा जुटेका छन् । उच्च सुरक्षा स्रोतका अनुसार भदौ ३१ देखि असोज ३ गते (सेप्टेम्बर १७ देखि २० तारिख) सम्म हुने उहाँको भ्रमणको तयारीका लागि साउनको पहिलो सातासम्म भारतीय सुरक्षाकर्मीको एक टोली दुईपटक काठमाडौं आएर दिल्ली..

    स्कुल विभागमा आकर्षण किन ? कसका दाबी कस्ता ?

    शुक्रबार, श्रावन १०, २०७६ साल
    काठमाडौँ, १० साउन ।  सत्तारूढ नेकपालाई पार्टी स्कुल विभागको नेतृत्व टुंगो लगाउन सकस परेको छ। विभाग नेतृत्वका आकांक्षी नेताहरू पछि हट्ने अवस्था नदेखिएपछि पार्टी सचिवालय बैठकसमेत प्रभाावित हुन थालेको छ। साउन ५ यता विभागको जिम्मेवारी तोक्न दुईपटक सचिवालय बैठक तोकेरै पनि पार्टी नेतृत्वले स्थगित गरेको छ। साउन ७ र ९ लागि पार्टी सचिवालय बैठकको मिति अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालले तोकेका..

    ‘निर्मलाका हत्यारा पक्राउ गर्न नसक्नु दुःखद’

    बिहिवार, श्रावन ९, २०७६ साल
    काठमाडौँ, ९ साउन प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले निर्मला पन्तको हत्यारालाई पक्राउ गर्न नसक्नु दुःखद् भएको बताएको छ ।    पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले आज एक विज्ञप्ति जारी गरी बलात्कारपछि निर्मला पन्तको हत्या गरिएको एक वर्ष पूरा हुँदासम्म पनि दोषीको पहिचान गर्न नसक्नु सरकारको असफलता भएको आरोप लगाउनुभयो । उहाँले निर्मलाका हत्यारालाई सरकारले सक्दो चाँडो कानूनी कठघरामा ल्याउनुपर्ने बताउनुभयो । सरकारले एक वर्षको..

    ‘चिनियाँ चाहना नेपालसँग चिरस्थायी साझेदारी’

    बिहिवार, श्रावन ९, २०७६ साल
    काठमाडौँ, ९ साउन  चीनले नेपालसँगको चिरस्थायी साझेदारी र सहयोग आफ्नो चाहना भएको पुनः दोहो¥याएको छ भने पारस्परिक सम्बन्धलाई थप प्रगाढ तुल्याउने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।  चिनियाँ जनमुक्ति सेना स्थापनाको ९२ औँ वार्षिकोत्सवका अवसरमा यहाँस्थित चिनियाँ दूतावासका सैनिक सहचारी लिउ सावक्वाले आज साँझ राजधानीमा आयोजना गरेको स्वागत समारोहमा नेपालका लागि चीनका राजदूत हउ यान्छीले आफ्नो पुरानो छिमेकी नेपालसँग अनन्तकालसम्म रहिरहने सहयोगात्मक..

    काङ्ग्रेस बैठक १४औँ महाधिवेशनको कार्यतालिका केन्द्रित छलफल !

    बिहिवार, श्रावन ९, २०७६ साल
    काठमाडौँ, ९ साउन नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमिति बैठकमा विधान बमोजिम सङ्गठनको अन्तरिम व्यवस्था गठन पश्चात् १४औँ महाधिवेशनको कार्यतालिका निर्माण गरी प्रक्रिया अघि बढाउने सम्बन्धमा छलफल शुरु भएको छ । पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा आज बसेको बैठकमा बोल्नुहुने केन्द्रीय सदस्यहरुले सो विषयमा आ–आफ्नो विचार व्यक्त गर्नुभएको काङ्ग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । यस अघिको बैठकमा पार्टी विधानको धारा ७२ (४)..

    मौद्रिक नीति सन्तुलित रहेको चेम्बर अफ कमर्सको टिप्पणी

    बिहिवार, श्रावन ९, २०७६ साल
    काठमाडौँ, ९ साउन नेपाल चेम्बर अफ कमर्सले चालू आर्थिक वर्षको मौद्रिक नीति सन्तुलित रहेको टिप्पणी गर्दै सरकारले अपेक्षा राखेको आर्थिक वृद्धि हासिल गर्न भने कठिनाइ पर्न सक्ने सङ्केत गरेको छ ।  नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको मौद्रिक नीति सन्तुलित रहेको र सरकारको बजेटमा उल्लेखित ८.५ प्रतिशतको आर्थिक वृद्धि गर्ने र छ प्रतिशतमुनिको मुद्रास्फ्रिती हासिल गर्न सहयोग पुग्ने खालको नदेखिएको उल्लेख गरेको..

    'पूर्व एमाले' नेताहरुको बैठक विषयमै प्रवेश नगरी सकियो !

    बिहिवार, श्रावन ९, २०७६ साल
    काठमाडौँ, ९ साउन स्कूल विभागमा सहमति खोज्न बसेको नेकपा सचिवालय नेताहरू (पूर्व एमाले) को बैठक विषयमै प्रवेश नगरी सकिएको छ ।  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार साँझ अध्यक्ष केपी ओली, वरिष्ठ नेताहरू माधवकुमार नेपाल र झलनाथ खनाल, महासचिव विष्णु पौडेल, सचिवालय सदस्यहरू वामदेव गौतम र ईश्वर पोखरेलको बैठक भएको थियो । तर, बैठक विषयमै प्रवेश नगरेको सचिवालयका एक नेताले बताए ।  स्कूल विभागमा..

    ट्राफिक कारवाहीमा ३१ करोड बढी राजश्व सङ्कलन

    बिहिवार, श्रावन ९, २०७६ साल
    काठमाडौँ, ९ साउन ट्राफिक प्रहरीले सवारी नियम उलङ्घन गर्ने सवारी साधनबाट रु ३१ करोड ५६ लाख २७ हजार राजश्व सङ्कलन गरेको छ ।  महानगरीय ट्राफिक प्रहरी महाशाखाले आर्थिक वर्ष २०७५÷७६ मा काठमाडौँ, भक्तपुर र ललितपुरबाट जथाभावी रुपमा सवारी साधन पार्किङ गर्ने, लेन अनुशासन पालना नगर्ने, मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने, जथाभावी रुपमा हर्न बजाउने लगायतका कार्यमा सङ्लग्न सवारी साधनबाट उक्त..

    सूर्यविनायकमा पहिरोले घरदेखि सडकसम्म भत्कायो

    बिहिवार, श्रावन ९, २०७६ साल
    भक्तपुर, ९ साउन लगातार परेको वर्षाका कारण भक्तपुरमा गएको पहिरोले सडक भत्काउनेदेखि बस्तीसमेत जोखिममा पारेको छ । सूर्यविनायक नगरपालिकाले जोखिममा परेको बस्ती नगरपालिकाका सबै क्षेत्रमा भएको क्षतिको अनुगमन गरेको छ ।  अनुगमन समितिका संयोजक एवं नगरपालिकाका उपप्रमुख जुना बस्नेतले सूर्यविनायकका १० वटै वडाको अनुगमन गरेर क्षति विवरण सङ्कलन शुरु गरेको जानकारी दिनुभयो ।  उपप्रमुख बस्नेतका अनुसार वडा नं १ मा पहिरोले दुई वटा..

    आमा-बुवाकाे सम्पतीमाथि छाेरा-छाेरीले दाबी गर्न नपाउने

    बिहिवार, श्रावन ९, २०७६ साल
    काठमाडौं, ९ साउन । अब छाेरा-छाेरीले आमा-बुवाकाे सम्पती दाबी गर्न नपाउने प्रस्ताव अघि  सरेकाे छ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले ज्येष्ठ नागरिकले आफूले चाहेको व्यक्ति वा संस्थालाई सम्पत्ति दिन पाउने कानुनी व्यवस्था गर्नुपर्ने प्रस्ताव अघि सारेका हुन्।   कांग्रेस सांसद कँडेलले ज्येष्ठ नागरिकको सम्पत्तिमाथि सन्तानले हक दावी गर्ने कानुनी व्यवस्था पनि खारेज गर्नुपर्ने माग गरे। बिहीबार संघीय संसदको महिला..

    यस्ता छन् मन्त्रिपरिषद् बैठकका २० निर्णय

    बिहिवार, श्रावन ९, २०७६ साल
    काठमाडौं, ९ साउन ।  सरकारले गत साउन ६ गते बसेको मन्त्रिपरिषदको बैठकले गरेका निर्णय सार्जनिक गरेको छ । बिहीवार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री गोकुल बाँस्कोटाले मन्त्रिपरिषदका निर्णयहरू सार्वजनिक गरेका हुन् । सरकारका निर्णय अनुसार तीनवटा मन्त्रालयमा कर्मचारी भर्ना गर्न राजपत्रांकित श्रेणीका अस्थायी दरवन्दी स्वीकृत गरेको छ । खानेपानी, वन तथा वाताबरण मन्त्रालय र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय..

    प्रधानमन्त्री ओलीद्वारा बेलायती प्रधानमन्त्रीलाई बधाई

    बिहिवार, श्रावन ९, २०७६ साल
    काठमाडौँ, ९ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायतका नवनिर्वाचित प्रधानमन्त्री बोरिस जोन्सनलाई बधाई तथा शुभकामना सन्देश पठाउनु भएको छ । प्रधानमन्त्री ओलीले आफ्ना बेलायती समकक्षीलाई बधाई ज्ञापन गर्दै आज पठाउनुभएको सन्देशमा नेपाल र संयुक्त अधिराज्यबीचको दुई शताब्दी पुरानो सम्बन्धको स्मरण गर्नुभएको छ ।  “नेपालको बाह्य विश्वसँग दौत्य सम्बन्ध कायम भएको सबैभन्दा पुरानो मित्रराष्ट्र  बेलायत नै हो”, प्रधानमन्त्री ओलीले सन्देशमा भन्नुभएको छ,..

    नरबहादुर कर्माचार्यमा कहिल्यै पनि ‘अवसरवादको गन्ध’ देखिएन : प्रचण्ड

    बिहिवार, श्रावन ९, २०७६ साल
    काठमाडौँ, ९ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताका बाँकी कामलाई यही महिनाभित्र सम्पन्न गरेर भदौदेखि देशव्यापी अभियान सञ्चालन गरिने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको छैटौँ स्मृति दिवसका सन्दर्भमा पार्टी कार्यालय धुम्रबाराहीमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले साउनभित्र स्थायी र केन्द्रीय समितिको बैठक बसेर भदौदेखि देशव्यापी नयाँ अभियान सञ्चालन गरिनेछ..

    पेट्रोलियम पाइपलाइनको सुरक्षाको जिम्मेवारी नेपाली सेनालाई

    बिहिवार, श्रावन ९, २०७६ साल
    काठमाडौँ, ९ साउन । पेट्रोलियम पाइपलाइनको सुरक्षा नेपाली सेनालाई दिने तयारी भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सेनालाई पत्राचार गरि सुरक्षाको मोडालिटी माग गरेको हो । मन्त्रालयले पहिलो चरणमा नेपाली सेनासँग सुरक्षा मोडालिटी माग गरेको छ । यसको लागि मन्त्रालयले सोमबार पत्राचार गरिसकेको छ । पत्रमा ३७.५ किलोमिटर पाइपलाइनको सुरक्षामा कति खर्च लाग्ने, कति स्थानमा सुरक्षा पोष्ट राख्ने लगायत कुरा..

    नेकपा सचिवालय बैठक स्थगित : स्कुल विभागमै किचलो !

    बिहिवार, श्रावन ९, २०७६ साल
    काठमाडौं, ९ साउन । दिउँसो एक बजे बालुवाटारमा बोलाइएको बैठकमा बोलाइएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक स्थगित भएको छ ।  बिहीबार बस्ने सचिवालय बैठकमा स्कुल विभाग सहित टुंगो लाग्न बाँकी अन्य विषयमा छलफल हुने भनिएको थियो । विभागहरुको नेतृत्व टुंगो लगाउने विषयमा थप गृहकार्य गर्नुपर्ने भएकाले बैठक स्थगित भएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । नेकपामा विभागहरुको नेतृत्व विषयमा नेताहरुबीच सहमति..

    निर्मला हत्याकाण्डकाे १ वर्ष : माछो-माछो भ्यागुतो !

    बिहिवार, श्रावन ९, २०७६ साल
    काठमाडौं, ९ साउन ।  तेह्र वर्षीया बालिका निर्मला पन्तको हत्या भएको एक वर्ष पुगेको छ । हत्या काण्डमा हालसम्म दोषी पत्ता लगाउनेबाहेकका अन्य सबै काम भएका छन् । गएका वर्ष साउन १० गते १३ वर्षीया बालिका पन्तको कञ्चनपुरको भीमदत्त नगरपालिकामा बलात्कारपछि हत्या भएको थियो । शव उखुबारीमा साउन ११ गते फेला परेको थियो । प्रहरीले निर्मला हत्याकाण्डकै विषयलाई लिएर तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख एसपी डिल्लीराज विष्ट..

    ‘स्टिङ अपरेसन’ बढाउँदै अख्तियार

    बिहिवार, श्रावन ९, २०७६ साल
    भीमदत्तनगर, ९ साउन ।  सुदूरपश्चिम प्रदेशमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ‘स्टिङ अपरेसन’ लाई सक्रियाताका साथ अघि बढाएको छ । भीमदत्तनगरस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुदूरपश्चिममा पहिलोपटक आर्थिक वर्ष २०७२-७३ मा भीमदत्तनगरस्थित यातायात व्यवस्था कार्यालयबाट स्टिङ अपरेसन थालेको थियो । गत आर्थिक वर्षमा मात्रै सुदूरपश्चिममा सात स्टिङ अपरेसन गरेको अख्तियार कार्यालयले जनाएको छ । पहिलोपटकको स्टिङ अपरेसनमा कार्यालयले यातायात व्यवस्था कार्यालय कञ्चनपुरका भीमराज..

    नेकपाको सचिवालय बैठक बस्दै, स्कूल विभागको नेतृत्व विवाद टुङ्गो लाग्ला ?

    बिहिवार, श्रावन ९, २०७६ साल
    काठमाडौँ, ९ साउन । सत्तारुढ  (नेकपा) को केन्द्रीय सचिवालय बैठक बिहीबार दिउँसो १ बजे बस्दैछ ।  बालुवाटारमा बोलाइएको बैठकमा विभागको नेतृत्वबारे छलफल हुने जनाइएको छ ।  पार्टीको वैचारिक विषयसँग सम्बन्धी स्कूल विभागको नेतृत्वमा विवाद चुलिँदा मंगलबारका लागि बोलाइएको बैठक स्थगित भएको थियो । स्कूल विभागको नेतृत्वमा विशेष गरी ईश्वर पोखरेल र नारायणकाजी श्रेष्ठको दाबी रहेको छ । दुवै नेताले आफ्नो अडान नछोड्दा एकता प्रक्रियाले नै..

    अनुमतिविना ठमेलमा रातभर चल्छन डिस्को, डान्सबार, तथा लाउञ्जबार

    बिहिवार, श्रावन ९, २०७६ साल
    काठमाडौँ, ९ साउन ।  २८ मंसिर ०७४ मा दरबारमार्गको डेजाभु क्लबमा ग्राहकले तोडफोड गरे । अमेरिकन डिजे मार्समेलो ल्याएर कार्यक्रम गर्ने भन्दै महँगोमा टिकट बेचेर ठगी गरेपछि डिस्को रणमैदान बनेको थियो । त्यो घटनाले रात्रिकालीन व्यवसाय कति धेरै असुरक्षित र अव्यवस्थित छ भन्ने यथार्थ बाहिर ल्याइदियो । घटनालगत्तै यो क्षेत्रलाई व्यवस्थित गराउन प्रहरीले छलफलसमेत ग-यो । तर, प्रहरीको चासो योजनामै सीमित..

    यस्तो छ विप्लवलाई मुलधारमा ल्याउने सरकारी नीति

    बिहिवार, श्रावन ९, २०७६ साल
    काठमाडौँ, ९ साउन ।  सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग वार्ता र नियन्त्रण दुवै नीति अख्तियार गर्दै अघि बढेको छ । मुलुकको विखण्डनको माग गर्दै आएका सीके राउतलाई समेत पहिले नियन्त्रण र पछि वार्ताको नीतिबाट नै राजनीतिक मूलधारमा ल्याउन सफल भएको निष्कर्षसहित सरकारले विप्लव समूहलाई समेत सोही नीतिबाट भए पनि मूलधारमा ल्याउन सकिने निष्कर्ष निकोलेको स्रोतले जनाएको हो । गृहमन्त्री रामबहादुर..

    दर्जनौं मुख्य सडक अवरुद्ध, कान्तिपथमा मात्र ५१ ठाउँमा अवरोध

    बिहिवार, श्रावन ९, २०७६ साल
    काठमाडौँ, ९ साउन ।  लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण देशका विभिन्न ६ दर्जन बढी मुख्य सडक अवरुद्ध भएका छन् । ग्रामीण इलाकामा जथाभावी खनिएका अनगिन्ती सडकमा पनि बाढी र पहिरोले क्षति पु¥याएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सडक विभागका अनुसार बुधबार देशका ६ दर्जन बढी ठाउँमा बाढी र पहिरोका कारण सडक अवरुद्ध छ । देशभर मंगलबार विभिन्न सडकका..

    नियमावली विवादमै अल्झियो कांग्रेस केन्द्रीय कार्यसमिति

    बिहिवार, श्रावन ९, २०७६ साल
    काठमाडौँ, ९ साउन ।  कांग्रेस केन्द्रीय कार्यसमिति बैठक नियमावली विवादमा अल्झिएको छ। महामन्त्री पूर्णबहादुर खड्काले २२ असारमा सुरु भएको बैठकमा १४ वटा एजेन्डा पेस गरेका थिए। २९ असारमा पार्टीको संशोधित नियमावलीको मस्यौदाउपर आवश्यक सल्लाह गरी प्राप्त सुझावलाई मस्यौदा समितिले सहमतिमा परिमार्जन गर्ने गरी सहमति जुटेको थियो। यो अवधिमा नियमावली मस्यौदा संशोधन समितिले असन्तुष्टिको सम्बोधन गरेको छैन। बाढी, पहिरो र डुबानको विपत्तिका कारण..

    कालोसूचीको मारमा वाइडबडी, २८ देशमा नेपाली जहाज उड्न पाउँदैनन्

    बिहिवार, श्रावन ९, २०७६ साल
    काठमाडौँ, ९ साउन ।  नेपाल वायुसेवा निगमका दुईवटा वाइडबडी युरोपियन युनियनको कालोसूचीको मारमा परेका छन्। कालोसूचीबाट नहटाउँदा वाइडबडीले पूर्ण क्षमतामा उडान गर्न सकेका छैनन्। यसले निगमलाई करिब दुई अर्ब घाटा भइसकेको छ। राष्ट्रिय ध्वजाबाहक निगमले एक वर्षअगाडि भित्र्याएको एयरबसको ए३३०–२०० वाइडबडीले पूर्ण क्षमतामा उडान गर्न सकेका छैनन्। नेपालका कुनै पनि जहाजलाई आफ्नो क्षेत्रमा उडान भर्न गरेको निषेधको सिको ईयूबाहेक अन्य मुलुकले पनि..

    नक्कली सुन काण्ड : सिटिजन्स बैंकका प्रबन्धकसहित ६ जना जेल चलान

    बुधबार, श्रावन ८, २०७६ साल
    नेपालगञ्ज, ८ साउन सिटिजन्स् बैंक लिमिटेड नेपालगञ्ज शाखामा भएको नक्कली र कम तौलको सुन धितो काण्डमा अदालतले बैंकका प्रबन्धकसहित सात जनासँग जनही २५ लाख धरौटी माग गरेको छ। उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासले बुधबार सात जनासँग जनही २५ लाख धरौटी मागेको हो। सात जनामध्ये ईश्वर सुनारमात्रै धरौटी बुझाएर छुटेका छन्। ६ जना धरौटी बुझाउन नसकेपछि कारागार चलान भएका छन्। बैंकमा सुन धितो राखेर..

    नयाँ युगलाई मार्गदर्शन गर्न सक्ने गतिशील शक्तिको रुपमा नेकपालाई स्थापित गरौँ

    बुधबार, श्रावन ८, २०७६ साल
    नेपाली समाजलाई रुपान्तरण गर्ने शिलशिलामा न्यूनतम कार्यक्रम नयाँ जनवाद हो भने अधिकतम कार्यक्रम समाजवाद र साम्यवाद हो भनेर उहाँले अगाडी सार्नुभयो ।  यो अत्यन्त महत्वपूर्ण ऐतिहासिक कार्य हो । यो कार्यभार उहाँले सम्पादन गर्नुभयो र कम्युनिष्ट पार्टी स्थापना गर्नुभयो । त्यतिबेला स्थापना गर्नु भएको कम्युनिष्ट पार्टी ७० बर्ष पार गरेको छ । हामीले यी ७० बर्षका अवधीमा ५६ बर्ष लगाएर..

    बुधबार-बिहिबार सतर्क रहन मौसमविद्को आग्रह

    बुधबार, श्रावन ८, २०७६ साल
    काठमाडौँ, ८ साउन मौसमविद्ले बुधबार राति विभिन्न स्थानमा पानी पर्ने भएकाले बाढी र पहिरो आउनसक्ने भन्दै सतर्क हुनुपर्ने बताएका छन् । जल तथा मौसम विज्ञान विभाग, मौसम पुर्वानुमान महाशाखाका अनुसार अबको केही घण्टा ठूलो पानी पर्ने अवस्था नरहे पनि राति १२ बजेपछि देशका धेरै स्थानमा पानी पर्ने भएकाले सतर्क हुनुपर्नेछ । महाशाखाका मौसमविद् मिनकुमार अर्यालले सुदूरपश्चिमको पहाडी र हिमाली क्षेत्रबाहेकका ठाउँमा मौसम..

    जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै संसदवाट विशेष प्रस्ताव पारित

    बुधबार, श्रावन ८, २०७६ साल
    काठमाडौँ, ८ साउन प्रतिनिधिसभाले बाढीपहिरो र डुबानबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै विशेष प्रस्ताव पारित गरेको छ । सभामुख कृष्णबहादुर महराले प्रस्तुत गर्नुभएको उक्त प्रस्तावमा भनिएको छ, “केही दिनयता जारी अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढीपहिरो र डुबानले भएको जनधनको क्षतिको घटनाले हामीलाई निकै मर्माहत बनाएको छ । वैठकले प्राकृतिक विपद्का कारण दुःखद निधन भएकाप्रति भावपूर्ण श्रद्धाञ्जलि प्रकट गर्दै शोकाकूल..

    तीजको भड्किलो रोक्न गण्डकी प्रदेश सरकारको पहल

    बुधबार, श्रावन ८, २०७६ साल
    चिप्लेढुङगा, ८ साउन   गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अस्वस्थ्य र अव्यवहारिक कुरामा पुरुषसँग तुलना गरेर महिला सशक्तीकरण नहुने बताउनुभएको छ ।    नारी जागरण अभियानले तीजका नाममा हुने विकृतिलाई निरुत्साहित गर्दै तीजको मौलिकता जोगाउने सन्दर्भमा उहाँसँगको भेटमा उहाँले भन्नुभयो, “पुरुषले रक्सी खाए हामीले खाँदा के भयो ?, पुरुषले चुरोट खाए हामीले खान के भो ? भन्दै तर्क गरेर महिला सशक्तीकरण हुँदैन ।” उहाँले..
    Weather Forecast