बुधबार, कार्तिक ६, २०७६

    राज्य-समाज

    कामचोर कर्मचारीसामु प्रधानमन्त्री नै निरिह

    सोमबार, आषाढ ९, २०७६ साल
    काठमाडौँ, ९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्टिय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै भने, 'मैले आजित भएर सचिवलाई मेलम्ची खानेपनी आयोजना सकिने मिति नोट बुकमा लेख्न लगाएको थिएँ तर त्यसको केही समयमै ठेक्का पाएको कम्पनी सिएमसी भाग्यो । मैले सचिवबाट धोका खाएँ । सचिवले मलाई पनि ढाले ।'  प्रधानमन्त्रीको यो अभिव्यक्तिले धेरैले सचिवमात्रै नभइ निजामति प्रशासनमाथि नै टिप्पर्ण गर्दै..

    नेकपामा चर्कियो कार्यदिशा विवाद, ओली र प्रचण्ड पक्षको दुई लाइन संघर्ष

    सोमबार, आषाढ ९, २०७६ साल
    काठमाडौँ, ९ असार । नेकपा कम्युनिष्ट पार्टी (नेकपा) मा पार्टी कार्यदिशाको विषयमा विवाद सतहमा देखिएको छ । अध्यक्ष केपी ओली पक्ष जनताको बहुदलीय जनवादलाई पार्टी कार्यदिशा बनाउनुपर्ने लबिङमा छ भने अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपक्ष एकतको क्रममा तय गरिएको संक्रमणकालिन कार्यदिशा जनताको जनवादको पक्षमा रहेको समाचार अन्नपूर्ण पोस्टमा छ  ।   १३ महिनासम्म आन्तरिक राजनीतिक दस्तावेज छापेर कार्यकर्तामाझ पुर्याउन नसकेपछि नेकपाभित्र कार्यदिशाको विवाद सतहमा..

    प्रदेशसभामा दुई आर्थिक विधेयक पारित

    आईतवार, आषाढ ८, २०७६ साल
    खस्यौली, ८ असार  प्रदेश नं ५ को प्रदेशसभाले आज दुई आर्थिक विधेयक पारित गरेको छ ।  प्रदेश नं ५, प्रदेश आर्थिक विधेयक र प्रदेश विनियोजन विधेयक २०७६ सभामुख पूर्णबहादुर घर्र्तीले निर्णयार्थ प्रस्तुत गरेपछि सर्वसम्मतिले पारित भएको घोषणा गर्नुभयो ।  यसअघि दुवै विधेयक मुख्यमन्त्री शङ्कर पोखरेलले प्रदेशसभामा प्रस्तुत गर्नुभएको थियो । त्यसअघि प्रदेशसभामा प्रस्तुत गरिएको विनियोजन विधेयक, २०७६ माथिको मन्त्रालयगत छलफल भएको थियो ।  छलफलमा..

    सार्वजनिक प्रशासनलाई परिणाममुखी बनाइने

    आईतवार, आषाढ ८, २०७६ साल
    काठमाडौँ, ८ असार   सरकारले सार्वजनिक प्रशासनलाई परिणाममुखी र प्रभावकारी बनाउन बजेटमार्फत स्पष्ट रुपमा विभिन्न व्यवस्था गरेको छ ।    प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक–२०७५ माथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सेवा प्रवाह र विकास निर्माणलाई गति दिन निजामती प्रशासनलाई थप चुस्त–दुरुस्त बनाउन आवश्यक कार्यक्रम बजेटमा समेटिएको उल्लेख गर्नुभयो ।   उहाँले कर्मचारी प्रशासनलाई सुशासन र विकासमैत्री बनाउन..

    लोकसेवा विज्ञापन रद्दको तरङ्ग : संघीय संसद् र सरकारबीच दरार

    आईतवार, आषाढ ८, २०७६ साल
    काठमाडौं, ८ असार  । जेठ २७ गते बसेको समितिको बैठकले ९ हजार १६१ जनाको लागि माग भएको विज्ञापन रद्द गर्ने लगायतका तीन बुँदे निर्देशन मन्त्रालय र लोकसेवा आयोगका नाममा गएको थियो । जसप्रति संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित असन्तुष्टि थिए ।  उक्त निर्णय अस्वीकार गर्ने मन्त्री पण्डितले सार्वजनिकरूपमा अभिव्यक्ति दिँदै आएका थिए । त्यसपछि बसेका बैठकमा मन्त्रालय र समितिबीच मतभेद..

    लोकसेवा आयोगको विज्ञापनसम्बन्धी रिटमाथिको सुनुवाइ आज टुंगिएन

    आईतवार, आषाढ ८, २०७६ साल
    काठमाडौं, ८ असार  लोकसेवा आयोगले स्थानीय तहमा पदपूर्तिका लागि खुलाएको विज्ञापनसम्बन्धी रिटको सुनुवाइ आईतबार पनि टुंगिएको छैन । लोक सेवा आयोगको विज्ञापनसम्बन्धी ४ वटा रिटमाथि सर्वोच्चमा आइतवार न्यायाधीशद्वय हरिकृष्ण कार्की र आनन्दमोहन भट्टराईको इजलासमा सुनुवाइ भएपनि बहस जारी रहेकाले हेर्दाहेर्दैमा राखिएको छ । अधिवक्ता विकास ठाकुरले लोक सेवाले खोलेको विज्ञापन संविधानको मर्म र समानुपातिक समावेशीअनुसार नरहेकाले रद्द गर्नुपर्ने जिकिरसहित सर्वोच्चमा रिट दायर गरेका..

    बिहीबारदेखि देशको पूर्वी क्षेत्र हुँदै प्रवेश गरेको मनसुन आज पश्चिमी क्षेत्रसम्म, के भन्छन् मौसमविद् ?

    आईतवार, आषाढ ८, २०७६ साल
    काठमाडौँ, ८ असार । बिहीबारदेखि देशको पूर्वी क्षेत्र हुँदै प्रवेश गरेको मनसुन आईतबार  पश्चिमी क्षेत्रसम्म फैलिएको छ ।   पूर्वी क्षेत्रबाट प्रवेश गरेको मनसुन पश्चिम क्षेत्रतिर विस्तार हुँदै सोमबारसम्म देशभर फैलिने जल तथा मौसम पूर्वनुमान महाशाखाका मौसमविद् शान्ति कँडेलले बताउनुभयो । उहाँका अनुसार शनिबार मनसुन मध्य क्षेत्रका केही भेगमा बढी सक्रिय रह्यो । गए रातिदेखि नै मध्यक्षेत्रमा सक्रिय रहेको मनसुन सुदूरपश्चिम पुगेको बताइएको..

    संसदमा गगन थापा व्यङ्ग : एक वर्षमा कतिवटा किताब पढ्न पाउने हो, कोटा ताेकिदिनुहाेस्

    आईतवार, आषाढ ८, २०७६ साल
    काठमाडौं, ८ असार ।  नेपाली कांग्रेसका सांसद गगन थापाले सरकारले पुस्तक आयातमा भन्सार लगाएर ज्ञानमा नियन्त्रण गर्न खोजेको आरोप लगाएका छन् ।  प्रमुख प्रतिपक्षी दलका युवा नेता तथा सांसद गगन कुमार थापाले सरकारले किताबमा लगाएको भन्सार महसुलप्रति विरोध गर्नुभएकाे छ । प्रतिनिधिसभाको आइतबारको बैठकको शून्य समयमा बोल्दै सरकारले किताबमा लगाएकाे भन्सार महसुसप्रति विरोध गर्नुभएकाे हाे । उहाँले नेपालीले एक वर्षमा कतिवाटा कतिवटा किताब..

    लोकसेवा आयोगको विज्ञापनबारे आइतबार सर्वोच्चमा सुनवाइ

    आईतवार, आषाढ ८, २०७६ साल
    असार ८, काठमाडौं ।  लोकसेवा आयोगको विज्ञापनबारे आईतबार सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । सर्वोच्चको आईतबारको निणर्यले स्थानिय तहका लागि गरिएको विज्ञापन रोक्ने वा नरोक्ने बारेमा  सुनुवाइ हुने छ ।  न्यायाधीशद्धय हरिकृष्ण कार्की र आनन्दमोहन भट्टराईको इजलाशमा यो विवादका चारै वटा मुद्दालाई सँगै राखेर सुनुवाइ गर्न लागिएको हो । यसअघि सर्वोच्चले विचाराधीन सवै निवेदनलाई एकमुष्ट रुपमा सहभागी गराएर सुनुवाइ गर्ने भनेपछि आजलाई पेसी..

    प्रदेश १ को नाम केही दिनभित्रै सहमतिबाट टुंगो लाग्ने : मुख्यमन्त्री राई

    आईतवार, आषाढ ८, २०७६ साल
    गाईघाट, ८ असार । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश नं १ को नाम केही दिनभित्रै सहमतिबाट टुङग्याइनेने बताउनुभएको छ । प्रेस सङ्गठन उदयपुरले आईतबार बिहान उदयपुरको गाईघाटमा आयोजना गरेको पत्रकार सम्मेलनमा मुख्यमन्त्री राईले प्रदेश १ को नाम सहमतिबाट टुङग्याइनेने अन्तिम चरणमा पुगेको बताउनुभएको छ । प्रदेशको नाम किरात, कोशी किरात, सगरमाथा, कोशी सगरमाथा प्रदेशलगायतका विकल्पको विषयमा छलफल भएको बताउँदै..

    आज भारी वर्षा हुने सम्भावना, हिमपात एवं बाढीपहिरोबाट सतर्क रहन आग्रह, २ दिन यस्तै रहने !

    आईतवार, आषाढ ८, २०७६ साल
    काठमाडौं, ८ असार ।  देशका अधिकांस ठाँउमा आइतबार भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका पश्चिमी र मध्य भूभागका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहको महाशाखाले जनाएको हो । त्यस्तै देशका अन्य केही मध्य र पश्चिमी भूभागहरुमा सामान्यदेखि पूर्ण बदलि तथा पूर्वी भेगमा आंशिकदेखि सामान्य बदली रही पूर्वका केहि स्थानहरुमा साथै मध्य तथा पश्चिमका धेरैजसो स्थानहरुमा हल्का देखि..

    संघीय संरचना कब्जा गर्ने रणनीतिमा देउवा पक्ष र संस्थापनविरोधी पक्ष, शक्तिको हिसाबकिताब गर्दै विभिन्न विकल्प

    आईतवार, आषाढ ८, २०७६ साल
    काठमाडौँ, ८ असार ।  पहिलो चरणको राष्ट्रिय जागरण अभियानमा नेताहरूलाई कार्यकर्ताले सबैभन्दा बढी सोधे– विधानअनुसार संरचना कहिले बन्छन् ? ७७ वटै जिल्ला पुगेका केन्द्रीय प्रतिनिधिले यो प्रश्न सामना गरेका थिए । संघीय संरचनाअनुसारका नयाँ समितिहरू तदर्थ बनाउने कि निर्वाचन गर्ने भन्ने विषयमा कांग्रेसमा अहिले पनि विवाद छ । संविधान बनेको साढे तीन वर्षसम्म पनि कांग्रेसले संघीयताअनुसार संरचना बनाउन सकेको छैन । गत..

    सूचनाका आधारमा अख्तियारले थाल्यो तीन सय कर्मचारीको सम्पत्ति छानबिन

    आईतवार, आषाढ ८, २०७६ साल
    काठमाडौँ, ८ असार ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न निकायमा कार्यरत झन्डै ३ सय कर्मचारीको सम्पत्तिमाथि छानबिन थालेको छ । अख्तियारले ती कर्मचारीलाई सम्पत्ति विवरण भराउँदै सम्पतिको छानबिन थालेको हो । अख्तियार स्रोतका अनुसार कर्मचारीका अस्वाभाविक जीवनशैली, स्रोत नखुलेको सम्पत्ति र इन्टिलिजेन्सको सूचनाका आधारमा ती कर्मचारीको सम्पत्तिमाथि छानबिन थालिएको हो । । यसरी छानबिनमा पर्नेमा बहालवाला र सेवा निवृत्त कर्मचारी छन्..

    लोकसेवाको फाराम भर्ने साढे दुई लाख नाघ्यो, प्रदेशबाट पनि कर्मचारी माग

    आईतवार, आषाढ ८, २०७६ साल
    काठमाडौँ, ८ असार ।  लोकसेवा आयोगले स्थानीय तहमा रिक्त नौ हजारभन्दा बढी पदका लागि माग गरेको विज्ञापनका लागि शनिबार दिउँसोसम्म साढे दुई लाखभन्दा बढीले फाराम भरेका छन् ।  असार ३ गतेसम्म फाराम भर्ने मिति तोकिएकोमा अनलाइन फाराम भर्न केही समस्या आएपछि आयोगले असार १० गतेसम्मका लागि अवधि थप गरेको छ ।  शनिबार दिनको साढे ३ बजेसम्म दुई लाख ५५ हजार ७२६ परीक्षार्थीले अनलाइन..

    निलम्बित सांसद चौधरीलाई किन लगाइयो अस्पतालमै नेल ?

    आईतवार, आषाढ ८, २०७६ साल
    काठमाडौँ, ८ असार ।  अस्पताल भर्ना गरेपछि सामान्यतया कुनै पनि कैदीबन्दीलाई नेल–हत्कडी लगाइँदैन । तर, फोक्सो र बोनम्यारोमा समस्या देखिएर थलिएका निलम्बित सांसद रेशम चौधरीलाई वीर अस्पतालमा भर्ना गर्दा भने प्रहरीले खुट्टामा फलामे साङ्लो लगायो । कारागार व्यवस्थापन नियमावलीविपरीत नेल लगाइएपछि प्रधानमन्त्री केपी ओलीले नेल खोल्न र संलग्न कर्मचारीमाथि कारबाही गर्न निर्देशन दिए । यसलगत्तै कर्मचारी तथा प्रहरीमाथि कारबाही प्रक्रिया पनि सुरु भएको छ ।  टीकापुर हत्या..

    के-के भयो नेकपा सचिवालयमा ? समीक्षापछि मन्त्री फेरिने

    आईतवार, आषाढ ८, २०७६ साल
    काठमाडौँ, ८ असार ।  नेपाल कम्युनिस्ट पार्टीका नेताहरुले सरकारको कार्यशैलीको बारेमा समीक्षा गर्न आवश्यक भएको बताएका छन् । नेकपाको सचिवालय बैठकमा सरकार गठन भएको १५ महिना बितिसक्दा समेत प्रभावकारी रुपमा काम हुन नसकेको भन्दै सरकारको समीक्षा गरेर अगाडि बढ्न जरुरी रहेको बताएका हुन् ।   बैठक त बस्छ, एजेन्डा प्रवेश गरेपछि बैठक स्थगित हुन्छ, अध्यक्षले समय निकाल्न नसक्दा पार्टी एकताको बाँकी काम सम्पन्न..

    दूतावास हेर्ने बहानामा दलबलसहित विदेश जाँदै सांसद

    आईतवार, आषाढ ८, २०७६ साल
    काठमाडौँ, ८ असार ।   विभिन्न मुलुकमा रहेका कूटनीतिक नियोगको अवस्था बुझ्न भन्दै परिवार, आफन्तसहित सांसदको टोली विदेश भ्रमणमा जाँदै छ। संघीय संसद्को सार्वजनिक लेखा समितिका सांसदहरू सरकारी खर्चमा विदेश यात्रामा निस्कन लागेका हुन्। लेखा समितिअन्तर्गत गठित उपसमितिमा रहेका चार सांसदसहित समिति सभापति, एक जना समिति सचिवालय सदस्य र परराष्ट्र मन्त्रालयका उपसचिव यही साताभित्र पश्चिम एसिया र युरोपका चार मुलुकको भ्रमणमा जाने तयारीमा..

    नेकपा सचिवालय बैठकमा ओलीले युरोप डायरी सुनाउँदा नेताहरु 'ट्वाँ' !

    शनिबार, आषाढ ७, २०७६ साल
    काठमाडौं, ७ असार आज साँझ बसेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बिना निश्कर्ष सम्पन्न भएको छ ।  महत्वपूर्ण विषयमा छलफल गर्न डाकिएको सचिवालय बैठक खास एजेण्डामा प्रवेश नै नगरी सम्पन्न भएको बुझिएको छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो हालै सम्पन्न भएको युरोप भ्रमणबारे नेताहरुसँग यात्रा संस्मरणजस्तो सुनाएका थिए । प्रधानमन्त्री निवास बालुवाटरमा नेताहरु एजेण्डा केन्द्रित भएर..

    स्थानीय तहमा पनि पार्टी कमिटीले चाँडै पूर्णता पाउँछ : नेता रावल

    शनिबार, आषाढ ७, २०७६ साल
    अछाम, ७ असार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी  कमिटी सदस्य तथा पूर्वउपप्रधानमन्त्री भीमबहादुर रावलले स्थानीय तहको पार्टी कमिटीले चाँडै पूर्णता पाउने बताउनुभएको छ । गृहजिल्ला अछाममा रहनुभएका रावलले चौरपाटी गाउँपालिकामा आयोजित जनसभालाई आज सम्बोधन गर्दै पार्टीको केन्द्र, प्रदेश र जिल्ला कमिटीले पूर्णता पाइसकेकाले अब छिट्टै पार्टीको स्थानीय कमिटीले पूर्णता पाउने बताउनुभयो । नेता रावलले  कम्युनिष्ट पार्टीले स्थापनाकालदेखि नै असमानताको विरुद्ध र सिमानाको रक्षाको..

    मजदूरमाथि गरिएको कारवाही फिर्ता लिन माग

    शनिबार, आषाढ ७, २०७६ साल
    काठमाडौँ, ७ असार तारागाउँ रिजेन्सी होटल्स् लिमिटेड (हायात) ले श्रम ऐन, २०७४ अनुसारको सेवा सुविधा पाउनुपर्ने माग गर्दै आन्दोलनमा उत्रेका मजदूरमाथि सेवामा अवरोध पुर्याएको भन्दै कारवाही गरेको छ ।  होटल व्यवस्थापनले आन्दोलन उकास्न भूमिका खेलेको भन्दै होटलको आधिकारिक ट्रेड युनियनका अध्यक्ष मुक्ति दाहाल, नेपाल स्वतन्त्र होटल मजदूर युनियनका अध्यक्ष हेमबहादुर पण्डित, सङ्घका कोषाध्यक्ष पुष्कर पोखरेललाई निलम्वन गरेको हो ।  ट्रेड युनियनमा आबद्ध विजयकुमार..

    जनतालाई हाँसेर सेवा दिऔँ : मुख्यमन्त्री भट्ट

    शनिबार, आषाढ ७, २०७६ साल
    भजनी, ७ असार   सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले जनतालाई हाँसेर सेवा दिनुपर्ने बताउनुभएको छ । आज कैलालीको टीकापुर नगरपालिकाको पाँचौँ नगरसभा अधिवेशनलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री भट्टले हिजोका दिनमा जनतालाई दिने सेवा र अहिले जनतालाई दिनुपर्ने सेवामा परिवर्तन भएको बताउँदै जनतालाई हाँसेरै सेवा दिन आग्रह गर्नुभएको हो ।   मुख्यमन्त्री भट्टले भन्नुभयो, “सिंहदरबारको अधिकार संवैधानिकरूपमा गाउँगाउँमा पुगेको भए पनि व्यवहारिकरूपमा अझै आउन सकेको छैन,..

    रेशम चौधरीलाई बाँधेको साङ्लो हटाइयो, बाँध्नेलाई कारबाही गर्न प्रधानमन्त्रीको निर्देशन !

    शनिबार, आषाढ ७, २०७६ साल
    काठमाडौँ, ७ असार।  कैलालीको टीकपुरमा ७ प्रहरी र एक नाबालकको ज्यान जाने गरी भएको हत्याकाण्डका मुख्य अभियुक्त मानिएका निलम्बित सांसद रेशम चौधरीलाई केही राहत मिलेको छ । हत्याकाण्डको अभियोमा जेल सजाय भोगिरहेका चौधरीलाई  उपचारका क्रममा समेत १४ नेल (साङ्लो) लगाएको भन्दै चौतर्फी आलोचना भएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई लगाइएको साङ्लो हटाउन निर्देशन दिएका थिए । त्यसलगत्तै उनको खुट्टामा बाँधिएको सो..

    नेकपाको सचिवालय बैठक बस्दै, केन्द्रीय सदस्यको कार्यविभाजन टुंगो लाग्ला ?

    शनिबार, आषाढ ७, २०७६ साल
    काठमाडौं, ७ असार ।  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक शनिबार बस्दैछ । जिल्ला इन्चार्ज र सहइन्चार्जका बारेमा छलफल अन्तिम चरणमा पुगेपनि केही नाममा विवाद भएपछि केन्द्रीय सदस्यको जिम्मेबारी बाँडफाँड हुन सकेको छैन ।  केन्द्रीय सदस्यको जिम्मेबारी टुंगिएपछि पोलिटब्युरो गठन गर्ने नेताहरुको भनाई छ ।  सचिवालय बैठक दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले..

    अदालतले चेतावनी दिँदा समेत अख्तियारले ‘भेटेन’ कांग्रेस नेता जोशीको फाइल

    शनिबार, आषाढ ७, २०७६ साल
    काठमाडौँ, ७ असार । अख्तियारले पूर्वमन्त्री एवं कांग्रेस नेता गोविन्दराज जोशीविरुद्ध दर्ता ‘अकुत’ मुद्दामा मागबमोजिमको निर्णय फाइल फेला पर्न नसकेको प्रस्टीकरण सर्वोच्च अदालतलाई दिएको छ । जोशीविरुद्धको उजुरीमा छानबिनका लागि अनुसन्धान अधिकृत तोक्ने गरी भएको निर्णय फाइल पठाउन सुरुमा २०७१ असोज २९ गते आदेश भएको थियो। त्यसयता तेस्रोपल्टसम्म यस्तो आदेश भएको छ। सर्वोच्चका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सपना प्रधान मल्लको संयुक्त इजलासले अख्तियारले..

    पशुपतिनाथ दर्शनको खर्च प्रदेश सरकारले व्यहोर्ने, दुईतर्फी हवाइ भाडासहित सम्पूर्ण खर्च सरकारकै

    शनिबार, आषाढ ७, २०७६ साल
    काठमाडौँ, ७ असार ।  भारतको राजस्थान प्रदेश सरकारले पशुपतिनाथ दर्शन गर्न जाने ज्येष्ठ नागरिकको सै खर्च व्यहोर्ने भएको छ। राजस्थान सरकारअन्तर्गत पर्यटन तथा देवस्थान मन्त्रालयले ६५ वर्ष माथि उमेरका नागरिकका लागि उक्त सुविधा दिने घोषणा गरेको हो।  सरकारले बिहीबार मात्र ज्येष्ठ नागरिक तीर्थाटन योजनालाई संशोधन गर्दै पशुपतिनाथ दर्शन गर्न जानेका लागि पनि त्यस्तो सुविधा दिने निर्णय गरेको प्रदेशका पर्यटन एवं देवस्थान मन्त्री..

    अर्बौ रकम प्रधानमन्त्री कार्यालयकै तालिम र अनुगमनमै सकिन्छ तर ठोस परिणाम शुन्य

    शनिबार, आषाढ ७, २०७६ साल
    काठमाडौँ, ७ असार ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले आफ्नो र मातहत निकायको नाममा विनियोजित अर्बोमध्ये अधिकांश बजेट कार्यालयको संस्थागत सुधार, तालिम, प्रशिक्षण र प्रविधि विकास र्शीर्षकमा छुटट्याइएको  छ । यिनै शीर्षकमा वर्षमा अर्बौ रुपैयाँ सकिने गरेपनि ठोस परिणाम भने देखिने गरेको छैन् ।  प्रधानमन्त्री तथा मन्त्रिपषिद मातहतका १२ निकायका लागि राज्यले चार अर्व ६५ करोड रुपैयाँ बिनियोजन गरेको छ । जसमा मन्त्रिपरिषद,..

    इटहरीका मेयर द्वारिकलाल चौधरीले फेरि मागे माफी ! कारण यस्तो छ

    शुक्रबार, आषाढ ६, २०७६ साल
    काठमाडौं, ६ असार एक कार्यक्रममा अपाच्य शब्द बोलेको भन्दै विवादमा तानिएका इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले माफी मागेका छन् ।  शुक्रबार एक विज्ञप्ति जारी गर्दै चौधरीले असार ४ गते इटहरी १६ र १७ मा नागरिक समाजले गरेको सामाजिक विकृत विरुद्धको कार्यक्रममा आफूले बोलेको शब्दहरुले कसैको भावनामा चोट पर्न गएको भए माफी मागेको बताएका छन् ।  उनले इटहरीमा मौलाउँदा यौनधन्दालाई नरोकी समुन्नत इटहरीको परिकल्पना..

    भारत हुँदै तेस्रो मुलुक जान अनिवार्य गरिएको एनओसी लिन के-के कागजात आवश्यक?

    शुक्रबार, आषाढ ६, २०७६ साल
    काठमाडौँ, ६ असार भारत हुँदै तेस्रो मुलकु जाने नेपाली नागरिकहरुलाई भारतीय अध्यगमन पार गर्नका लागि दूतावासको सिफारिस पत्र (नो अब्जेक्सन लेटर अर्थात एनओसी) अनिवार्य गरिएको छ। एनओसीका लागि आवश्यक उल्लेखित कागजात लिनुपर्ने भन्दै भारतस्थित नेपाली दूतावासले सूचना जारी गरेको छ। भारतीय अध्यागमन पार गरी साउदी अरब, कतार, कुवेत, युएई, बहराइन, ओमानलगायत मुलुकमा नेपाली युवाहरु जाने गरेका छन्। त्यस्तै चीन, मकाउ, हङकङ र पाकिस्तानबाट भारत..

    शताब्दी पुरुष जोशीलाई भक्तपुरमा नागरिक अभिनन्दन

    शुक्रबार, आषाढ ६, २०७६ साल
    भक्तपुर, ६ असार   वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई आज भक्तपुरमा नागरिक अभिनन्दन गरिएको छ । वाङमय शताब्दी पुरुष सत्यमोहन जोशी नागरिक अभिनन्दन समारोह समिति, भक्तपुरले विशाल र्यालीसहित सूर्यविनायकमा उहाँको अभिनन्दन गरेको हो ।    विभिन्न सङ्घ संस्थाको सहभागितामा मध्यपुरथिमिको बाहाखाबजारबाट शङ्खधर चोकसम्म ¥याली निकालिएको थियो । दत्तात्रयबाट जोशीलाई गाडीमा राखेर बाजागाजा तथा ¥यालीसहित भक्तपुर नगरको विभिन्न क्षेत्रको परिक्रमा गरी सूर्यविनायकमा अभिनन्दन गरिएको थियो..

    स्रोत र साधनको अभावकाबीच पनि विपद् व्यवस्थापनमा प्रहरी सक्रिय

    शुक्रबार, आषाढ ६, २०७६ साल
    काठमाडौँ, ६ असार नेपाल प्रहरीले स्रोत र साधनको अभावकाबीच पनि विपद् व्यवस्थापनको क्षेत्रमा प्रगति गर्दै गइरहेको बताइएको छ । काठमाडौँ महानगरपालिका–३ को सहकार्यमा प्रहरी प्रधान कार्यालय विपद् व्यवस्थापन महाशाखाले आज यहाँ आयोजना गरेको ‘वृहद रक्तदान कार्यक्रम’मा विपद् व्यवस्थापनमा प्रहरीले सन्तोषजनक काम गर्दै गएको बताइएको हो ।  कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) ठूले राईले समुदायको सहकार्य गरेर प्रहरीले विपद् व्यवस्थापनको क्षेत्रमा उल्लेख्य काम गरेको..
    Weather Forecast