बुधबार, कार्तिक ६, २०७६

    राज्य-समाज

    कामपाले तोक्यो सवारी पार्किङ शुल्क, कुन ठाउँमा कति तिर्ने ?

    बुधबार, आषाढ ११, २०७६ साल
    काठमाडौं, ११ असार । काठमाडौं उपत्यकाभित्र पार्किङ गरिने सवारी साधनको पार्किङ शुल्क तोकिएको छ । काठमाडों महानगरपालिकाले हिजो पेश भएको महानगरको बजेटमार्फत सवारीसाधन पार्किङको शुल्क तोकेको हो । महानरका अनुसार दुई पाङ्ग्रे सवारी साधनको पार्किङ शुल्क प्रतिघण्टा २५ रुपैयाँ र चारपाङ्ग्रे सवारीको पार्किङ शुल्क प्रतिघण्टा ८० रुपैयाँ तोकिएको हो ।  न्युरोड, धर्मपथ, कान्तिपथ, दरबारमार्ग लगायतको भित्री शहरी क्षेत्र त्रिपुरेश्वर, रत्नपार्क, भोटाहिटी,..

    लागुऔषध दुव्यर्सनी ‘समृद्ध नेपाल, सुखी नेपाली’को बाधक : गृहमन्त्री थापा

    बुधबार, आषाढ ११, २०७६ साल
    काठमाडौँ, ११ असार   गृहमन्त्री रामबहादुर थापाले लागुऔषध दुव्यर्सनी ‘समृद्ध नेपाल, सुखी नेपाली’को बाधक बन्न पुगेको बताउनुभएको छ । समृद्ध राष्ट्र निर्माणका लागि लागुऔषधरहित स्वस्थ्य जीवन भन्ने मूल नाराका साथ गृहमन्त्रालयले आज यहाँ आयोजना गरेको ‘लागुऔषध दुरुपयोग तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस’का अवसरमा उहाँले स्वस्थ, सभ्य र अपराधमुक्त समाज निर्माणका लागि लागुऔषध दुव्यर्सनलाई रोक्नुपर्ने बताउनुभयो ।   “शान्ति सुरक्षा र अपराधको चुनौतीको रूपमा लागुऔषध रहेको..

    राजनीति नगर्ने घोषणा गर्दै एकीकरण भए ३ सङ्गठन

    बुधबार, आषाढ ११, २०७६ साल
    भद्रपुर, ११ असार कर्मचारीहरुले राजनीतिमा प्रत्यक्ष संलग्न नहुने र पेशागत सङ्गठनलाई कुनै पनि राजनीतिक दलको भ्रातृ सङ्गठन नबनाउने उद्घोषका साथ मुलुककै ठूलोमध्येको झापाको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाका तीन वटा कर्मचारी सङ्गठन एकीकरण भएका छन् । एकीकरण भएका सङ्गठनहरुमा तत्कालीन नेकपा माओबादी केन्द्रको भ्रातृ सङ्गठन नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, तत्कालीन नेकपा एमालेको भ्रातृ सङ्गठन नेपाल स्वतन्त्र कर्मचारी सङ्गठन र नेपाली..

    अर्थमन्त्री डा. खतिवडाद्धारा विनियोजन विधेयक राष्ट्रिय सभामा प्रस्तुत

    बुधबार, आषाढ ११, २०७६ साल
    काठमाडौं, ११ असार । बुधबार ‘विनियोजन विधेयक २०७६’ संघीय संसदको राष्ट्रिय सभामा प्रस्तुत गरिएको छ। अर्थमन्त्री डा. युवराज खतिवडाले राष्ट्रिय सभाको बुधबारको दोस्रो बैठकमा उक्त विधेयक प्रस्तुत गरेका हुन् । अर्थमन्त्री खतिवडाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०७६ माथि विचार गरियोस् भनि गरेको प्रस्ताव प्रस्तावमाथि बैठकमा सैद्धान्तिक छलफल गरी बहुमतले स्वीकृत गरिएको हो । विनियोजन विधेयकका विभिन्न शिर्षकहरु माथिको छलफल र मन्त्रीहरुको..

    नेकपाका जिल्ला कमिटीले पाए पूर्णता, कुन जिल्लामा कति सदस्यीय कमिटी ?

    बुधबार, आषाढ ११, २०७६ साल
    काठमाडौं, ११ असार । एकता भएको ११ महिनापछि तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) वैशाख १० मा  जिल्ला नेतृत्वको टुङ्गो लागेको थियो ।  जिल्ला नेतृत्वको टुङ्गोपछि नेकपाका अधिकांश जिल्ला कमिटीले पनि पूर्णता पाएका छन् । केही जिल्ला कमिटीका सदस्यले शपथ पनि लिइसकेका छन् भने केही जिल्ला कमिटीले अझै पूर्णता पाएका छैनन् । वैशाख ९ गते बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय सचिवालयको..

    प्रधानमन्त्री केपी ओलीले तीन मध्ये कुन विकल्प रोज्लान ?

    बुधबार, आषाढ ११, २०७६ साल
    काठमाडौँ, ११ असार ।  मन्त्रिपरिषद् पुनर्गठनका विषयमा प्रधानमन्त्री केपी ओली ‘अलमल’ मा परेका छन्। सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको भन्ने जनगुनासोमा ‘करिब सहमत’ देखिएका प्रधानमन्त्री ओली कार्यसम्पादन कसरी प्रभावकारी बनाउने भन्नेमा छलफलमा जुटेको बालुवाटार स्रोतले बतायो। केही समययता प्रधानमन्त्री ओली सरकार पुनर्गठनकोे तयारीमा छन्। तर, उनी पुनर्गठन के आधारमा कसरी गर्ने भन्नेमा टुंगोमा पुगिसकेका छैनन्। उनकै सचिवालयका एक सदस्यका अनुसार यसका लागि..

    सक्रियता बढाउँदै देउवा, प्रभाव देखाउने तयारीमा संस्थापन पक्ष, इतरको रोक्ने रणनीति

    बुधबार, आषाढ ११, २०७६ साल
    काठमाडौँ, ११ असार ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूइतर पक्षको चर्को दबाबपछि पार्टीको आन्तरिक राजनीतिमा सक्रियता बढाएका छन् ।  इतरपक्षले सभापतिले सिंगो पार्टीका लागि चिन्ता लिनेभन्दा पनि गुटका लागि मात्रै चिन्तित बन्ने गरेको आरोप लगाइरहेका बेला देउवाले पार्टीको जनजागरण अभियानमा खटाइएका केन्द्रीय प्रतिनिधिलाई पार्टीको अवस्थाबारे छलफलका लागि डाकेका हुन् । कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार सभापति देउवाले बुधबार (आज) ७७..

    हरेक वर्ष २० हजार युवा दुर्व्यसनमाः स्कुल–कलेजमै पुग्छन् कारोबारी, यी हुन् धेरै दुर्व्यसनी भएका जिल्ला

    बुधबार, आषाढ ११, २०७६ साल
    काठमाडौँ, ११ असार । नेपालमा हरेक वर्ष करिब २० हजार युवा–युवती कडा किसिमको लागुऔषधको  दुर्व्यसनमा फस्ने गरेका छन् । गृह मन्त्रालयले ०६९ मा गरेको सर्वेक्षणमा नेपालमा ९१ हजार पाँच सय ३४ जना दुर्व्यसनी रहेको पाइएको थियो । पछिल्लो समय ११.३६ प्रतिशतका दरले दुर्व्यसनीको संख्या बढेर डेढ लाख नाघिसकेको छ । लागुऔषध नियन्त्रणको क्षेत्रमा काम गरेका संस्थाका अधिकारीका अनुसार यो संख्या करिब..

    नेकपामा अन्तरविरोधः विधान स्पष्ट, राजनीतिक प्रतिवेदन गोलमोटोल

    बुधबार, आषाढ ११, २०७६ साल
    काठमाडौँ, ११ असार ।  नेपाल कम्युनिष्ट पार्टी नेकपाको विधानले स्पष्ट पारेका विषयलाई राजनीतिक प्रतिवेदनमा भने गोलमोटोल भाषामा प्रस्तुत गरेको पाइएको छ । पार्टीको अन्तरिम विधान २०७५ मा स्पष्ट रुपमा बहुदलीय जनवादको बहुलतायुक्त खुला समाज, बहुदलीय प्रतिष्पर्धा उल्लेख छ । तर, २०७५ जेठ तीन गते निर्वाचन आयोगमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा भने बहुदलीय जनवादको बहुलतायुक्त खुल्ला समाज, बहुदलीय प्रतिष्पर्धालाई घुमाउरो भाषामा स्वीकार गरिएको..

    ‘स्वतन्त्र तिब्बत’ कार्यक्रममा सहभागी सांसद प्रदीप यादव पार्टीबाट निलम्बित

    मंगलवार, आषाढ १०, २०७६ साल
    काठमाडौँ, १० असार स्वतन्त्र तिब्बत पक्षधरहरुले आयोजना गरेको कार्यक्रममा भाग लिन गएका समाजवादी पार्टी नेपालका सांसद प्रदीप यादव पार्टीबाट निलम्बनमा परेका छन्। युरोपेली राष्ट्र लाटभियामा भएको स्वतन्त्र तिब्बत पक्षधर कार्यक्रममा सहभागी भएका सांसद प्रदीप यादवलाई  समाजवादी पार्टी, नेपालले निलम्बन गरेको हो । गएको वैशाख २४ देखि २७ गतेसम्म लाटभियाको राजधानी रिगामा स्वतन्त्र तिब्बत पक्षधर सांसदहरूको भेलामा नेपालबाट यादव र राजपाका सांसद एकबाल मियाँ..

    कवेको योगदान बिर्सन हुँदैन : प्रकाशमान सिंह

    मंगलवार, आषाढ १०, २०७६ साल
    भक्तपुर, १० असार नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले काङ्ग्रेसले पार्टीमा लामो समय सक्रिय रहेन व्यक्तिहरुको योगदानलाई बिर्सन नहुने बताउनुभएको छ ।  मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीमा आज प्रजातान्त्रिक योद्धा गणेशकुमार (साईला) कवेको १३आँै दिनको पुण्यतिथिमा आयोजना गरेको श्रद्धाञ्जली सभामा उहाँले पार्टीले प्रजातन्त्रको स्थापनामा लामो समय संघर्ष गर्ने प्रजातान्त्रिक योद्धा कवेको योगदानलाई बिर्सन नहुने बताउनुभयो ।   प्रतिबन्धित नेपाली काङ्ग्रेसको आउटपोष्ट कब्जा गर्ने रणनीतिअनुसार विसं २०४३ मा..

    ‘जनप्रतिनिधिले सङ्घीयताको मर्मअनुसार अघि बढ्नुपर्छ’

    मंगलवार, आषाढ १०, २०७६ साल
    अछाम, १० असार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भीमबहादुर रावलले संविधान प्रदत्त अधिकारको अनुभूति जनताले गर्न पाउनुपर्ने बताउनुभएको छ । साँफेबगर नगरपालिकाकाको तेस्रो नगरसभाको उद्घाटन गर्दै उहाँले जनताको संघर्षबाट प्राप्त सङ्घीयताको मर्मअनुसार जनप्रतिधिले अघि बढ्दै विकास निर्माणका कार्यलाई तीव्रता दिनुपर्नेमा जोड दिनुभयो ।   उहाँले स्थानीय तहमा आएको बजेटको सदुपयोग गर्दै देश समृद्ध बनाउने अभियानमा लाग्न जनप्रतिनिधिलाई आग्रहसमेत गर्नुभयो । उहाँले विगतमा एकले..

    काङ्ग्रेसले जागरण अभियानका सम्बन्धमा अन्तरक्रिया गर्दै

    मंगलवार, आषाढ १०, २०७६ साल
    काठमाडौँ, १० असार  नेपाली काङ्ग्रेसले ‘हिमाल, पहाड, तराई–मधेश नेपाली काङ्ग्रेस राष्ट्रिय जागरण अभियान’ को प्रथम चरणमा खटाएका ७७ वटै जिल्लाका केन्द्रीय प्रतिनिधिसँग बुधबार छलफल एवं अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ ।   काङ्ग्रेसले पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा केन्द्रीय कार्यालयमा जागरण अभियानको प्रथम चरणका सबै केन्द्रीय प्रतिनिधिसँग  बुधबार अन्तरक्रिया कार्यक्रम गर्ने जनाएको छ । कार्यक्रममा अभियानमा खटिएका केन्द्रीय प्रतिनिधिहरुले आफूले तयार गरेको प्रतिवेदन..

    नीति निर्माणमा सुझाव दिन युवा सम्मेलन

    मंगलवार, आषाढ १०, २०७६ साल
    काठमाडौँ, १० असार नीति निर्माणमा युवाको भावना समेट्न सरकारलाई सुझाव दिने उद्देश्यले आज यहाँ युवा सम्मेलनको आयोजना गरिएको छ ।  युवा सशक्तीकणका क्षेत्रमा काम गर्दै आएका विभिन्न १५ संस्था र राष्ट्रिय युवा परिषद्ले संयुक्त रुपमा आयोजना गरेको सम्मेलनमा बृहद् यौनिकता शिक्षा, सुरक्षित गर्भपतन र वैवाहिक समानताका विषयमा छलफल भएको थियो । सरकारी अधिकारी, नागरिक समाजलगायत सरोकारभएका सङ्घसंस्थाको सहभागिता रहेको सम्मेलनमा युवा लक्षित नीति..

    प्रहरी समायोजन विधेयक : ‘कर्मचारी समायोजनमा जस्तो समस्या ननिम्तियोस् भन्नेमा सचेत’

    मंगलवार, आषाढ १०, २०७६ साल
    काठमाडौँ, १० असार ।    प्रहरी कर्मचारीलाई नेपाल प्रहरी र प्रदेश प्रहरीमा समायोजनका लागि सङ्गठन संरचना तथा दरबन्दी कायम गर्ने सवालमा प्रदेश सरकारको सहभागिता आवश्यक ठानिएको छ ।    प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा दफावार छलफलमा रहेको ‘प्रहरी कर्मचारीलाई नेपाल प्रहरी र प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ कर्मचारी समायोजन र लोकसेवा आयोगको विज्ञापनमा झैँ समस्या आउन सक्ने आशङ्का व्यक्त गर्दै..

    गुठी विधेयक फिर्ता, भूमिमन्त्री भन्छिन् - गलत हल्ला चलाइयो

    मंगलवार, आषाढ १०, २०७६ साल
    काठमाडौँ, १० असार । राष्ट्रियसभाको मंगलबारको बैठकले गुठी विधेयक, २०७५ फिर्ता गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतले स्वीकृत गरेको छ ।  राष्ट्रिय सभाको मंगलबारको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सो प्रस्ताव राख्नुभएको थियो । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गुठी विधेयक,२०७५ सर्वसम्मतले फिर्ता लिइएको घोषणा गर्नुभयो ।   परम्परा मास्ने विधेयक भनी गलत हल्ला चलाइयो भूमि व्यवस्थामन्त्री अर्यालले धर्म र परम्परा मास्ने गरी गुठी..

    संसदमा जवाफ दिन गएनन् प्रधानमन्त्री ओली, कांग्रेसले दिएको 'घाउ' सन्चो नभएको हो ?

    मंगलवार, आषाढ १०, २०७६ साल
    काठमाडौँ, १० असार । बजेटमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिन प्रधानमन्त्री केपी शर्मा ओली संसद अनुपस्थित भएका छन् । मंगलबार मन्त्रालगत रुपमा विनियोजन गरिएको बजेटमाथि छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिन प्रधानमन्त्री आफै उपस्थित हुनुपर्ने भए पनि उनको सट्टा अर्थमन्त्री युवराज खतिवडाले जवाफ दिएका छन् । खतिवडा मन्त्रिपरिषदका १६औँ बरियताका मन्त्री हुन् । संसदमा दुई उपप्रधानमन्त्रीसहित अरु वरिष्ठ मन्त्रीहरु उपस्थित भए पनि..

    प्रतिनिधिसमा आज : संसद्मा ‘गलबन्दी च्यातियो ...

    मंगलवार, आषाढ १०, २०७६ साल
    काठमाडौँ, १० असार ।   प्रतिनिधिसमाको बैठकमा सांसदहरुले ‘गलबन्दी च्यातियो ...’ शीर्षकको गीतका सम्बन्धमा कुनै समुदायमाथि नै आघात हुने गरी सामाजिक सञ्जालमा भएका टिप्पणीप्रति आपत्ति जनाउँदै दोषीलाई कानूनी कारवाही गर्न माग गर्नुभएको छ ।   प्रतिनिधिसभाको मंगलबारको बैठकको शून्य समयमा सांसद विमला विकले ‘गलबन्दी च्यातियो ...’ शीर्षकको गीतको लय नक्कल भएको भन्दै गीतका सर्जकद्वय प्रकाश सपुत र शान्ति श्री परियारमाथि सामाजिक सञ्जालमा तल्लोस्तरको टिप्पणी..

    कांग्रेसको तेस्रो धार सिटौला समूहले यसरी बढाउँदै छ नेतृत्वमाथि दबाब

    मंगलवार, आषाढ १०, २०७६ साल
    काठमाडौँ, १० असार ।  कांग्रेसमा तेस्रो समूह भनेर चिनिने सिटौला पक्षले आफ्नो सक्रियता बढाउन थालेको छ । कृष्णप्रसाद सिटौलाले नेतृत्व गरेको यो समूहका नेताहरूले सोमबार पनि सरकार र पार्टी नेतृत्वको सामूहिक आलोचना गरे ।कांग्रेस पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको ९५औँ जन्मजयन्तीका अवसरमा नेताहरूले सरकारको विरोध मात्रै गरेनन्, पार्टी नेतृत्वसँग १४औँ महाधिवेशन गर्न माग पनि गरे । जिपी कोइराला अध्ययन केन्द्रले गरेको ‘देशको..

    विप्लव नेतृत्वको नेकपाको नेपाल बन्दः कहाँ कस्तो प्रभाव ?

    मंगलवार, आषाढ १०, २०७६ साल
    काठमाडौँ, १० असार ।  नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको प्रभाव देशभर आशिंक परेको छ। बिहानैदेखि कम मात्रामा  सवारी साधन चलेका छन् भने शिक्षण संस्था खुलेका छैनन् ।  उपत्यकाकामा अरु दिनको तुलनामा मंगलबार बिहान निकै कम सवारी चलेका छन् । लामो दुरीका सवारी साधन भने चलेका छैनन् ।  जिल्लाहरुमा पनि बन्दको आंशिक प्रभाव परेको छ । प्रदेश राजधानीबाट जिल्लाहरुमा..

    नेकपा अध्यक्ष दाहाल छुट्टै गोप्य छलफलमा, सहमतिबाट पछि हटे दुर्भाग्यपूर्ण हुने चेतावनी

    मंगलवार, आषाढ १०, २०७६ साल
    काठमाडौँ, १० असार ।  सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा पार्टीको कार्यदिशा के हुने भन्ने विवाद चर्केको छ । तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएको १३ महिना बितिसक्दा पनि कार्यदिशाबारे शीर्ष तहमा सहमति जुट्न सकेको छैन । अध्यक्ष दाहालले खुमलटारमा आफू निकटका नेतालाई राजनीतिक कार्यदिशाबारे जानकारी गराएका छन् । नेता वर्षमान पुन, जनार्दन शर्मा, अग्नि सापकोटा, हरिबोल गजुरेल, पम्फा..

    मेयरले गाडी र घरको क्षतिपूर्ति बिमाबाट लिएपछि सरकारसँग पनि पैसा मागेको पुष्टि

    मंगलवार, आषाढ १०, २०७६ साल
    काठमाडौँ, १० असार ।  स्थानीयको आन्दोलनका क्रममा घर र गाडीमा क्षति भएको भन्दै सरकारबाट ३० लाख क्षतिपूर्ति लिएका बिर्तामोड नगरपालिकाका मेयर ध्रुवकुमार सिवाकोटीले एक वर्षअघि नै दुवैको बिमा रकम लिएको खुलासा भएको छ । २२ असार ०७५ मा एनएलजी इन्स्योरेन्सको बिर्तामोड शाखाबाट घरको चार लाख १७ हजार र गाडीको दुई लाख १८ हजार नौ सय ८३ गरी ६ लाख ३५ हजार..

    श्रममन्त्रीको इगोले मलेसियामा रोजगारीको बाटो खुलेन

    मंगलवार, आषाढ १०, २०७६ साल
    काठमाडौँ, १० असार ।  मलेसिया रोजगारीको बाटो रोकिएको १३ महिना पुग्यो। दुई देशबीच ‘ऐतिहासिक’ श्रम सम्झौता भएकै ८ महिना बितिसक्यो। तर, गतिरोध अझै हट्न सकेन। गाँठो कहाँ छ त ? विज्ञहरूको निचोड छ, ‘ श्रममन्त्रीको इगो (अहम्) ले अड्काइरहेको छ।’ गत वर्ष जेठ २ गते मन्त्री गोकर्ण विष्टले मलेसियाका लागि काम गरिरहेका विभिन्न संस्थाका सञ्चालकलाई व्यापक धरपकड गरे। तिनीहरूविरुद्ध सरकार अदालत गयो।..

    सरकारी बजेटमा सेनाको हेलिकोप्टर चढेर पार्टी कार्यक्रममा पुगे कर्णालीका मुख्यमन्त्री

    मंगलवार, आषाढ १०, २०७६ साल
    काठमाडौँ, १० असार ।  कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सामाजिक विकासमन्त्री दल रावलले पार्टी बैठकमा भाग लिन सरकारी बजेट खर्च गरेर सेनाको हेलिकोप्टरमा यात्रा गरेका छन् । नेकपा हुम्लाको पहिलो जिल्ला कमिटी बैठकमा सहभागी हुन मुख्यमन्त्री शाही र सामाजिक विकासमन्त्री रावलले सुर्खेतबाट सिमकोटको यात्रा गरे । सिमकोटबाट उनीहरू कालिकोट पनि पुगे ।  शनिबार नेकपाको हुम्ला जिल्ला कमिटीको बैठक थियो । मुख्यमन्त्री..

    के गरिस मंगले, आफ्नै ढङ्गले ! आफ्नै कार्यशैलीका कारण सरकार ‘घेराबन्दी’मा

    सोमबार, आषाढ ९, २०७६ साल
    काठमाडौँ, ९ असार आफ्नै कार्यशैलीका कारण सरकार विवादको घेरामा तानिनथालेको कतिपयले बताउँने गरेका छन् । केही विधेयकहरुमा मात्र होइन, सत्तारुढ दल नेकपाभित्रको समस्याका कारण पनि सरकार प्रभावकारी बन्न नसकेको चर्चा सुरु भएको छ । यसले सरकारलाई नै अप्ठेरोमा पार्न थालेको कतिपयको बुझाइ छ । पार्टीभित्रको विवाद समाधान गर्न मुस्किल भएका बेला नेकपा नेतृत्वको सरकार विभिन्न पक्षको आन्दोलन तथा आलोचना खेप्न बाध्य छ..

    पहिरामा थुनिएका ५१ जना सुरक्षित स्थानमा

    सोमबार, आषाढ ९, २०७६ साल
    खाँदबारी, ९ असार  सङ्खुवासभाको मकालु गाउँपालिका–५ को पेपुवामा सातादेखि पहिरोमा थुनिएका ५१ जनालाई सुरक्षित स्थानमा सारिएको छ । नेपाली सेनाको एमआई १७ हेलिकप्टरले उनीहरुलाई पेपुवाबाट गाउँपालिकाको केन्द्रमा सारिएको हो । पहिरोले विस्थापित भएका ३७ परिवारलाई गाउँपालिकाको सहयोगमा राहत पनि वितरण गरिएको छ । सांसद राजेन्द्र गौतम, जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यलगायतले पेपुवा पुगेर विस्थापितलाई आज राहत सामग्री वितरण गर्नुभएको थियो ।..

    आयोगका सिफारिस कार्यान्वयन नगर्नेको नाम कालोसूचीमा

    सोमबार, आषाढ ९, २०७६ साल
    काठमाडौँ, ९ असार राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले आयोगका सिफारिस कार्यान्वयन नगर्ने अधिकारीको नाम कालोसूचीमा सार्वजनिक हुने बताउनुभएको छ ।  आयोगले आज आयोजना गरेको मानवअधिकारको समसामयिक विषयमा सञ्चारकर्मीसँगको छलफल कार्यक्रममा उहाँले आयोगका सिफारिस कार्यान्वयन नगर्ने निकायको नाम कालोसूचीमा सार्वजनिक गर्ने बताउनुभएको हो ।  आयोगका अध्यक्ष शर्माले भन्नुभयो, “आयोगले गरेका सिफारिस कार्यान्वयन नगर्ने निकायको नाम कालोसूचीमा राखिन्छ, कालोसूचीमा नाम पीडकको त हुने नै..

    आठबीसकोट नगरपालिका बन्यो मदिरामुक्त नगरपालिका

    सोमबार, आषाढ ९, २०७६ साल
    रुकुमपश्चिम, ९ असार आठबीसकोट नगरपालिका मदिरामुक्त घोषणा भएको छ । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले आज जिल्लाको पहिलो स्थानीय तहका रुपमा नगरपालिकालाई मदिरामुक्त घोषणा गर्नुभयो ।  नगरपालिकामा कुनै पनि प्रकारको मदिराजन्य पदार्थको आयात, उत्पादन, बिक्री–वितरण तथा सेवन पूर्णरुपमा रोक्न सफल भएपछि नगरपालिकालाई नै मदिरामुक्त घोषणा गरिएको हो ।  नगरपालिकाका १४ मध्ये १३ वडा यसअघि नै मदिरामुक्त घोषणा भइसकेको र..

    राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन शुरु

    सोमबार, आषाढ ९, २०७६ साल
    भद्रपुर, ९ असार झापामा राष्ट्रिय परिचयपत्रका लागि जैविक तथा वैयक्तिक विवरण सङ्कलन कार्य आजदेखि शुरु भएको छ । झापा जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेल राष्ट्रिय परिचयपत्रका लागि विवरण दिने झापाको पहिलो व्यक्ति हुनुभएको छ । गत मङ्सिर ३ गते पाँचथरको फिदिमबाट राष्ट्रिय परिचयपत्र वितरण शुरु गरिएको थियो । त्यसपछि झापामा परिचयपत्र वितरणका निम्ति विवरण सङ्कलन शुरु गरिएको झापाका प्रमुख जिल्ला आधिकारी..

    नेकपा कास्कीका ७२ वडाका अध्यक्ष र सचिवको शपथ

    सोमबार, आषाढ ९, २०७६ साल
    कास्की, ९ असार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला सङ्गठन कमिटीका ७२ वडाका अध्यक्ष र सचिवले शपथ लिएका छन् । नेकपाले आज जिल्ला पार्टी कार्यालयमा शपथग्रहण कार्यक्रम आयोजना गरी पोखरा महानगरपालिका र चार वटै गाउँपालिकाका गरी ७२ वडाका अध्यक्ष र सचिवलाई शपथ गराएको हो ।  उनीहरुलाई पार्टीका जिल्ला अध्यक्ष कृष्ण थापाले शपथ गराउनुभएको थियो । साबिक नेकपा एमाले र माओवादी केन्द्रका बीचमा पार्टी..
    Weather Forecast