आईतवार, भाद्र १, २०७६

    राज्य-समाज

    चीनले नेपालमा वैशाखदेखि पेट्रोलियम खानीको उत्खनन गर्दै

    मंगलवार, फागुन २८, २०७५ साल
    काठमाडौं, २८ फागुन चीनले आगामी वैशाख १८ गतेदेखि नेपालको दैलेख र पाल्पामा पेट्रोलियम खानीको उत्खनन सुरु गर्ने भएको छ । दुई वर्षभित्र सक्ने गरी सुरु गरिने उत्खननको प्रधानमन्त्री केपी ओलीले उदघटान गर्नेछन् । चीन र नेपाल दुवैले यो परियोजनालाई निकै महत्वका साथ लिएका छन् । पेट्रोलियम पदार्थको खानी दैलेखको भैरवी गाउँपालिका–१ शिरस्थान र दुल्लु नगरपालिका–१० को नाभीस्थानमा छन् । चीनले दुई अर्ब ४०..

    राष्ट्रसङ्घीय अधिवेशनमा भाग लिन राष्ट्रपति भण्डारी न्यूयोर्कमा

    मंगलवार, फागुन २८, २०७५ साल
    काठमाडौँ, २८ फागुन  : राष्ट्रपति विद्यादेवी भण्डारी महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय आयोग (सिएसडब्ल्यू)को ६३औँ अधिवेशनमा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार अमेरिकाको न्यूयोर्क पुग्नुभएको छ ।  राष्ट्रपति भण्डारीलाई जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकाका लागि नेपाली राजदूत अर्जुनकुमार कार्की, संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई र संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगका उच्च अधिकारीले स्वागत गर्नुभएको थियो ।  राष्ट्रपति भण्डारी..

    “पदको दुरुपयोग गर्ने र गर्न उक्साउने दुवैलाई कारवाही”

    सोमबार, फागुन २७, २०७५ साल
    चितवन, २७ फागुन  : नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरीको पदको दुरुपयोग गर्नेलाई कारवाही गरिने बताउनुभएको छ । जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरमा निर्मित प्रहरी व्यारेक भवनको सोमबार उद्घाटन गर्दै उहाँले पदको दुरुपयोग गर्ने र गर्न उक्साउने दुवैलाई कारवाही गरिने बताउनुभयो ।  जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरमा नवनिर्मित प्रहरी व्यारेक भवनहरुको सोमबार उद्घाटन गर्नुहुँदै नेपाल प्रहरीका महानिरीक्षक सर्बेन्द्र खनाल । तस्वीर :..

    सिके राउतसँगको सहमति प्रस्ट पार्नु जरुरी छ : डा भट्टराई

    सोमबार, फागुन २७, २०७५ साल
    राजविराज, २७ फागुन : नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले सरकार र राउतबीच भएको ११ बुँदे सहमतिमा धेरै अस्पष्टता रहेको बताउनुभएको छ । राजविराज विमानस्थलमा पत्रकारहरुसँग सङ्क्षिप्त कुरा गर्दै उहाँले स्वतन्त्र मधेश गठबन्धनले सरकारसँग गरेको सहमतिपश्चात् पनि जनकपुरमा गरेको गतिविधिले सहमतिप्रति शङ्का गर्ने ठाउँ रहेको बताउनुभयो ।  उहाँले जनकपुरमा राउतको सङ्गठनले सहमतिपछि गरेको गतिविधिले शङ्का गर्ने ठाउँ रहेको उल्लेख गर्नुभयो..

    सार्वभौमसत्ता, अखण्डता र स्वाधीनतामा जनमतसङ्ग्रह हुन सक्दैन : प्रम

    सोमबार, फागुन २७, २०७५ साल
    काठमाडौँ, २७ फागुन   प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र स्वतन्त्र मधेश गठबन्धन समूहबीच भएको सहमतिपछि विखण्डन, पृथकतावादी सोच र आन्दोलन समाप्त भएको बताउनुभएको छ । राष्ट्रिय सुरक्षा परिषद् सचिवालयको १८औँ वार्षिकोत्सवका अवसरमा सोमबार आयोजित समारोहमा उहाँले सहज र सुखद् रुपमा पृथकतावादी गतिविधि अन्त्य हुनु मुलुकको शान्तिसुरक्षामा महत्वपूर्ण र सकारात्मक उपलब्धि हो भन्नुभयो ।  सरकार र मधेशमा विभिन्न माग राखेर आन्दोलन गरिरहेको गठबन्धनबीच..

    सार्वजनिक सम्पत्तिको विवरण १५ दिनभित्र बुझाउन आदेश

    सोमबार, फागुन २७, २०७५ साल
    काठमाडौँ, २७ फागुन प्रतिनिधिसभा, अर्थसमितिले नेपाल सरकारअन्तर्गतका सबै मन्त्रालय, निकाय, आयोग संस्थान, समितिका सार्वजनिक सम्पत्ति के कति छ ? यसको यकिन विवरण १५ दिनभित्र बुझाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई निर्देशन दिएको छ ।  समितिका सभापति कृष्णप्रसाद दाहालको अध्यक्षतामा सोमबार बसेको बैठकले एकीकृत सार्वजनिक सम्पत्ति अभिलेखको कार्यलाई थप प्रभावकारी बनाउन पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई निर्देशन दिएको छ ।  समितिको बैठकमा समितिका सदस्यले सरकारको..

    जनकपुरमा सीके राउतको प्रदर्शनबारे प्रचण्डको पत्रकार सम्मेलन

    सोमबार, फागुन २७, २०७५ साल
    पोखरा, २७ फागुन  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार र सिके राउतबीच भएको सम्झौतामा शङ्का गर्नुनपर्ने बताउनुभएको छ । प्रेस सङ्गठन नेपाल कास्कीद्वारा सोमबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले पृथकतावादी आन्दोलन गरिरहेको समूहलाई मूलधारमा ल्याउने प्रयासस्वरुप सम्झौता भएको बताउनुभयो ।  पार्टी बैठक र सरकारसँगको छलफल समेतका आधारमा संविधानको मूल मर्म र भावना, राष्ट्रिय एकता, स्वाधीनतालाई सम्मान..

    सीके राउतले चतुर भनिएका प्रधानमन्त्री ओलीलाई नै झुक्याएपछि...

    सोमबार, फागुन २७, २०७५ साल
    काठमाडौँ, २७ फागुन विहीबार सर्वाेच्च अदालतले छाड्ने आदेश दिएको भोलिपल्टै शुक्रबार स्वतन्त्र मधेस गठनबन्धनका अध्यक्ष सीके राउतले सरकारसँग ११ बुँदे सहमति गरे । त्यति मात्र होइन, उनले प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहालसँग एउटै मञ्चमा बसेर राष्ट्रिय सभागृहबाट सम्बोधन पनि गरे । सरकारले सीके राउतले विगतका गल्तीबाट पाठ सिक्दै मुलधारको राजनीतिमा आएको दाबी गरिरहँदा राउतका गतिविधि भने फेरिएका छैनन्..

    कोरिया सरकारले २०१९ मा १० हजार ५० कामदार लाने पक्का

    सोमबार, फागुन २७, २०७५ साल
    काठमाडौँ, २७ फागुन  वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाका अनुसार उत्पादन क्षेत्रका लागि ७ हजार ५० र कृषि क्षेत्रका लागि ३ हजार कोटा निर्धारण गरिएको छ ।  यसरि दक्षिण कोरियाले सन् २०१९ मा १० हजार ५० जना नेपाली कामदार लाने भएको छ । सन् २००८ बाट कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस) अनुसार नेपाली कामदार लगिरहेको कोरियाले नेपालीका लागि यस पटक सबैभन्दा बढी..

    जनताको शिर उच्च बनाउन स्वाभिमान यात्रा : कमल थापा

    सोमबार, फागुन २७, २०७५ साल
    राँझा, २७ फागुन : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले देश र जनताको शिर उच्च बनाउन मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा सञ्चालन गरिएको बताउनुभएको छ ।  राष्ट्रप्रतिको स्वाभिमानमा कमी आउनु हुँदैन, त्यसैले सनातन हिन्दू धर्मको पुनःस्थापना, राष्ट्रिय अखण्डताको रक्षा गर्दै समग्र विकासका लागि जनता उठाउन र गाउँघर ब्युझाउन स्वाभिमान यात्रा गरिएको हो । नेपालगञ्जमा आइतबार आयोजित सभालाई सम्बोधन गर्दै उहाँले यात्राले नेपालको सनातन हिन्दू..

    सिएसडब्ल्यूमा भाग लिन राष्ट्रपति अमेरिकातर्फ, पुनलाई कार्यभार !

    आईतवार, फागुन २६, २०७५ साल
    काठमाडौँ, २६ फागुन :   राष्ट्रपति विद्यादेवी भण्डारी महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय आयोग (सिएसडब्ल्यू)को ६३औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार साँझ अमेरिकाको न्यूयोर्कतर्फ प्रस्थान गर्नुभएको छ ।    राष्ट्र सङ्घको प्रधान कार्यालयमा यही फागुन २७ देखि आगामी चैत ८ गतेसम्म आयोजना हुने उक्त अधिवेशनका क्रममा उहाँले फागुन २८ गते हुने ‘शक्तिमा नारी’ विषयको उच्चस्तरीय बैठकलाई सम्बोधन गर्नुहुनेछ । नारी नेत्रीले ‘विश्वलाई..

    हिक्मतले भने - सङ्घसंस्था नियमनको विधेयकबाट डराउनुपर्ने अवस्था छैन

    आईतवार, फागुन २६, २०७५ साल
    विराटनगर, २६ फागुन  प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले प्रदेश सामाजिक सङ्घसस्था नियमन गर्न बनेको विधेयकबाट डराउनुपर्ने अवस्था नरहेको बताउनुभएको छ ।  अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक प्रदेश कार्यालयद्वारा आईतबार यहाँ आयोजित ‘नागरिक सङ्गठन (सङ्घसंस्था) का संवैधानिक अधिकार’ संवाद कार्यक्रममा उहाँले राज्य एक्लैले सबै काम गर्न नसक्ने हुँदा सङ्गठनले समाज रुपान्तरण गर्न सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।  प्रदेश योजना आयोगका..

    सिके राउतसँगको सम्झौतामा सत्तापक्षकै सांसदले गरे आपत्ति

    आईतवार, फागुन २६, २०७५ साल
    काठमाडौँ, २६ फागुन सरकारले फागुन २४ गते स्वतन्त्र मधेश गठबन्धनका चन्द्रकान्त राउत (सिके) समूहसँग गरेको सम्झौताका विषयमा सत्तापक्षकै सांसदले आपत्ति जनाउनुभएको छ । प्रतिनिधिसभाको आईतबारको बैठकमा विशेष समय लिएर सांसद भीमबहादुर रावलले राउतसँग गरिएको सम्झौताको शब्द नेपालको संविधानअनुकूल नभएको बताउनुभयो ।  “राष्ट्रियता र अखण्डताप्रति राउतले यसअघि विषवमन गरेकाले क्षमायाचना गर्नुपर्छ, यसअघि उनले बोलेका शब्द फिर्ता लिएका छैनन्, फिर्ता लिनुपर्छ, राउतले शान्तिपूर्ण सहमतिमा..

    सिके राउत जनकपुर पुग्दा स्वतन्त्र मधेसको नारा लागेपछि

    आईतवार, फागुन २६, २०७५ साल
    जनकपुरधाम, २६ फागुन स्वतन्त्र मधेश गठबन्धनका संयोजक सिके राउतले सरकारसँग सम्झौता गरेको दुई दिन नबित्दै जनकपुरधाममा जनमत संग्रह र स्वतन्त्र मधेशको नारा लागेको छ। रौतहट जानका लागि जनकपुरधाम विमानस्थल पुगेका राउतलाई स्वागत गर्नका लागि पुगेका गठबन्धनका कार्यकर्ताहरूले आइतबार नाराबाजी गरेका हुन्। बिहिबार अदालतको आदेशबाट रिहा भएपछि शुक्रबार सरकारसँग राउतले नेपालको अखण्डता तथा सार्वभौमिकतामा आँच आउने कुनै क्रियाकलाप नगर्ने सम्झौता गरेका थिए। सम्झौता भएको दुई..

    सरकारको स्पष्टीकरण : जनमत संग्रहमा जाने भन्ने कुरा भ्रामक हो

    आईतवार, फागुन २६, २०७५ साल
    काठमाडौँ, २६ फागुन सरकारले स्वतन्त्र मधेस गठबन्धनसँग जनमत संग्रह गर्ने कुनै सहमति नभएको स्पष्ट पारेको छ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले स्वतन्त्र मधेस गठबन्धनसँग जनमत संग्रहमा जाने भन्ने सहमति भएको भन्ने कुरा भ्रामक रहेको बताएका छन् । आइतबार प्रतिनिधि सभामा सहमतिका बारेमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै गृहमन्त्री थापाले सहमतिमा जनमत संग्रहको कुरै नगरिएको बताए । गृहमन्त्री थापाले संविधानले पनि प्रदेशलाई अलग्गै देश बनाउनका..

    सरकारले सीके राउतलाई एकाएक ‘हिरो’ बनाएपछि राजपामा ‘छटपटी’

    आईतवार, फागुन २६, २०७५ साल
    काठमाडौं, २६ फागुन ।  पृथकतावादी अभियानमा लागेको सीके राउत समूह मूलाधारको राजनीतिमा फर्किँदा तराईमा मिश्रित प्रतिक्रिया देखियो । अहिलेसम्म तराई केन्द्रित दल सङ्घीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीले औपचारिक रूपमा कुनै प्रतिक्रिया नदिए पनि तिनका विभिन्न तहका नेता कार्यकर्ताहरूले सामाजिक सञ्जालमार्फत् आ-आफ्नो धारणा राखेका छन्। ती सबैले उनी मूलधारतिर फर्किनुलाई सकारात्मक मानेका छन् तर तिनीहरूले राजनीतिक सान्दर्भिकताप्रति प्रश्न उठाएका छन् । चन्द्रकान्त (सीके)..

    राजपाबाट समर्थन फिर्ताबारे औपचारिक जानकारी

    आईतवार, फागुन २६, २०७५ साल
    काठमाडौँ, २६ फागुन राष्ट्रिय जनता पार्टीले वर्तमान सरकारलाई दिएको समर्थन आजैदेखि फिर्ता लिएको विषय संसद्मार्फत औपचारिक जानकारी गराएको छ । प्रतिनिधिसभाको आजको बैठक शुरु भएलगत्तै राजपाका सांसदले आआफ्नो स्थानबाट उठेर विरोध जनाएपछि सभामुख कृष्णबहादुर महराले राजपाका महेन्द्र राय यादवलाई बोल्न अनुमति दिनुभएको थियो ।  सभामुखको अनुमतिपछि बैठकमा यादवले ‘वर्तमान सरकारले आफूहरुसँग भएको प्रतिबद्धता पूरा नगरेका कारण’ समर्थन फिर्ता लिने निर्णय पार्टीले गरेको..

    वडा-कार्यालय पुग्न ४ घण्टा पैदल हिँड्नुपर्ने यस्तो बाध्यता !

    आईतवार, फागुन २६, २०७५ साल
    नवलपरासी, २६ फागुन पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–२ पटुके बस्तीका स्थानीयवासीलाई आफ्नै वडा कार्यालय पुग्न करीब चार घण्टा पैदल हिँड्नुपर्ने बाध्यता छ ।  वडा कार्यालय पाएक पर्ने स्थानमा नहुँदा चिसापानी बजारमा रहेका वडा कार्यालयमा आउन पटुके बस्तीका स्थानीयवासीलाई चार घण्टा पैदल हिँड्नुपर्ने बाध्यता रहँदै आएको हो ।  चिसापानी वडा कार्यालय आउन दुई वटा विकल्प छ । एउटा पैदल यात्रा गरेर करीब चार घण्टा यात्रा..

    सरकार र सिके राउतबीचको वार्ता सकारात्मक : सभापति देउवा

    आईतवार, फागुन २६, २०७५ साल
    बेनी, २६ फागुन  नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले सिके राउतसँग गरेको वार्ता सकारात्मक रहेको बताउनुभएको छ ।  नेपाल प्रेस युनियन म्याग्दीले आईतबार बेनीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “देशलाई विभाजन गर्नुपर्छ भन्ने मत राख्ने समूहलाई मुलुकको अखण्डतालाई स्वीकार गरी शान्तिपूर्ण बाटोबाट मूलधारमा ल्याउनुु राम्रो पक्ष रहेको छ ।”  सभापति देउवाले सरकार र राउत समूहबीच भएको सहमतिपत्रको बुँदामा प्रयोग गरिएको जनअभिमत शब्दलाई..

    सरकारद्वारा बेरोजगारलाई कम्तीमा १०० दिन काम, सूचीकृत हुन आह्वान

    आईतवार, फागुन २६, २०७५ साल
    काठमाडौँ, २६ फागुन पहिलोपटकको हकमा चैत महिनासम्म निवेदन दिने समयसीमा तोकिएको छ । बेरोजगार व्यक्तिले आफू स्थायी बसोबास गरेको स्थानीय तहको वडा कार्यालयमा निवेदन दिन सक्ने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । साउनपछि सरकारले बेरोजगारलाई कम्तीमा १०० दिन काम दिनेः सूचीकृत हुन आह्वान, चैतभित्र निवेदन दिनुपर्ने काठमाडौँः प्रधानमन्त्री रोजगार कार्यक्रमले बेरोजगार नागरिकलाई न्यूनतम रोजगार दिनका लागि निवेदन माग गरेको..

    राष्ट्रसङ्घीय बैठकमा भाग लिन राष्ट्रपति आज अमेरिका जाँदै

    आईतवार, फागुन २६, २०७५ साल
    काठमाडौँ, २६ फागुन  राष्ट्रपति विद्यादेवी भण्डारी महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय आयोग (सिएसडब्ल्यु) को ६३औँ बैठकमा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही फागुन २६ गते अर्थात् आज  अमेरिकाको न्यूयोर्कतर्फ प्रस्थान गर्दै हुनुहुन्छ ।  लैङ्गिक समानता तथा महिला सशक्तीकरण प्रवद्र्धनमा केन्द्रित अन्तर्राष्ट्रियस्तरको प्रमुख अन्तरसरकारी उक्त निकायको ‘शक्तिमा नारी’ विषयक उच्चस्तरीय बैठकलाई उहाँले सम्बोधन गर्ने कार्यक्रम छ ।  जेनेभामा हालै भएको राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को ४०औँ..

    आन्दोलनरत् समूहलाई वार्तामा आउन गृहमन्त्रीको अपिल

    आईतवार, फागुन २६, २०७५ साल
    सुर्खेत, २५ फागुन : गृहमन्त्री रामबहादुर थापाले आन्दोलनरत विभिन्न समूहलाई वार्तामा आउन आग्रह गर्नुभएको छ । कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा भाग लिन शनिबार वीरेन्द्रनगर आउनुभएका मन्त्री थापाले शान्तिपूर्ण आफ्ना माग पूरा गर्ने अवसरको सदुपयोग गर्न अपिल गर्नुभएको हो ।  देशमा शान्ति, सुरक्षा, अमनचयन कायम गराउने राज्यकोे पहिलो दायित्व हो, केही समूहले केही स्थानमा हिंसात्मक गतिविधि गरेता पनि राज्यले सहजै नियन्त्रणमा लिन्छ ।   राज्यको..

    अध्यक्षद्वय राणा र डा. लोहनीको एकै स्वर - ‘अब विभाजन हुँदैनौँ’

    शनिबार, फागुन २५, २०७५ साल
    भरतपुर, २५ फागुन  राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्षद्वयले पार्टी कुनै पनि हालतमा विभाजन नहुने बताएका छन् । चितवनको भरतपुरमा शनिबार आयोजना गरिएको जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्षद्वय पशुपति शमशेर राणा र डा प्रकाशचन्द्र लोहोनीले पाटीए विभाजन नहुने प्रतिबद्धता जनाएका हुन् ।  अध्यक्ष राणाले पार्टी कहिल्यै नफुट्नेगरी मिलेको बताउनुभयो । “हामी देशव्यापी पार्टी एकीकरणको अभियानमा छौँ”, उहाँले भन्नुभयो, “थप नेता र..

    प्रचण्ड भन्छन् - प्रदेश नं २ मा सरकार परिवर्तनको हतार छैन

    शनिबार, फागुन २५, २०७५ साल
    गरूडा, २५ फागुन  पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश नं २ को सरकार तत्काल परिवर्तन गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताउनुभएको छ । नेकपाद्वारा शनिबार रौतहटको गरूडामा आयोजित प्रदेश नं २ स्तरीय आमसभामा अध्यक्ष दाहालले प्रदेश नं २ मा सरकार परिवर्तनका लागि पार्टीमा हतार गरेको छैन भन्नुभयो ।  अध्यक्ष दाहालले आफ्नो दल प्रदेश नं २ को सरकारलाई..

    काङ्ग्रेस सभापति देउवासहितका नेता म्याग्दीमा

    शनिबार, फागुन २५, २०७५ साल
    बेनी, २५ फागुन  नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवासहितका नेता शनिबार म्याग्दी आउनुभएको छ ।  सदरमुकाम बेनीमा रहेको पार्टी कार्यालय भवन उद्घाटन तथा आमसभालाई सम्बोधन गर्न पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका देउवासहित काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र प्रवक्ता विश्वप्रकाश शर्मा यहाँ आउनुभएको हो ।  हेलिकप्टरमार्फत बेनी–४ मा रहेको प्राकृतिक चिकित्सालयको रुपमा परिचित सिङ्गा तातोपानी कुण्डमा पुग्नुभएका सभापति देउवासहितको टोलीले तातोपानी कुण्डको अवलोकन भम्रण गर्नुभएको छ ।..

    सरकार र स्वतन्त्र मधेशवादी गठबन्धनबीच भएको सहमतिको स्वागत

    शनिबार, फागुन २५, २०७५ साल
    काठमाडौँ, २५ फागुन : राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकार र स्वतन्त्र मधेशवादी गठबन्धनबीच शुक्रबार भएको सहमतिको स्वागत गरेको छ ।  पार्टीका सञ्चार विभाग प्रमुख मोहन श्रेष्ठले शुक्रबार जारी गर्नुभएको विज्ञप्तिमा विगत केही समयदेखि राष्ट्र विखण्डनको पक्षमा गतिविधि गर्दै आएका सिके रावतले विखण्डनको एजेण्डा परित्याग घोषणा गर्नु सकारात्मक रहेको उल्लेख छ । पार्टीले राष्ट्रिय अखण्डताको पक्षमा आवाज उठाउँदै आएको उल्लेख छ । विज्ञप्तिमा विखण्डनकारी..

    राजपा र जनमुक्ति पार्टीबीच एकता, २ तिहाइ बढी नेताकार्यकर्ता प्रवेश

    शनिबार, फागुन २५, २०७५ साल
    काठमाडौँ, २५ फागुन : राष्ट्रिय जनता पार्टी  नेपाल र राष्ट्रिय जनमुक्ति पार्टीबीच शुक्रबार एकता भएको छ । राजपा अध्यक्षमण्डलका सदस्यले यहाँ आयोजित कार्यक्रममा सो पार्टीका सहअध्यक्ष मानध्वज ब्लोनसहितका नेता कार्यकर्तालाई टिका लगाएर स्वागत गर्नुभएको थियो ।  पार्टी एकीकरणमा जनमुक्ति पार्टीका अध्यक्ष सञ्जुहाङ पालुङ्वा सहभागी हुनुभएको थियो । उक्त पार्टीका दुई तिहाइभन्दा बढी केन्द्र र जिल्लास्तरका नेता राजपामा प्रवेश गरेको राजपाका नेता केशव..

    पोखराको लेकसाइडस्थित 'क्लब-९९' मा लागेको आगो नियन्त्रणमा

    शुक्रबार, फागुन २४, २०७५ साल
    चिप्लेढुङ्गा, २५ फागुन : पोखराको लेकसाइड हल्लनचोकस्थित क्लब ९९ मा लागेको आगो नियन्त्रणमा आएको छ । सोही क्लबको तल्लो तलामा रहेको बर्गर बेकरीमा ग्यास चुहिएर सिलिण्डर पड्कँदा आगलागी भएको प्रहरीले जनाएको छ ।    स्थानीयवासीका अनुसार राति ९ बजे लागेको आगो झण्डै सवा घण्टापछि दमकल, नेपाल प्रहरी एवं स्थानीयवासीको प्रयासपछि नियन्त्रणमा आएको हो । आगलागीबाट भएको क्षतिको विवरण आइसकेको छैन । ..

    अझै २५ हजार कर्मचारी समायोजन हुन बाँकी

    शुक्रबार, फागुन २४, २०७५ साल
    काठमाडौँ, २४ फागुन  सरकारले समायोजन रोजेका करीब २५ हजार कर्मचारी समायोजन गर्न बाँकी रहेका जनाएको छ ।  सङ्घ, प्रदेश र स्थानीय तहमा समायोजन रोजेका ७७ हजार कर्मचारीमध्ये अझै २५ हजार समायोजन गर्न बाँकी रहेका सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिनुभयो । करीब ८७ हजार कर्मचारीमध्ये ७७ हजार कर्मचारीले समायोजन रोजेका थिए ।  उहाँका अनुसार अहिलेसम्म समायोजन रोजेकामध्ये ५१..

    सरकार र सिके राउतबीच भएको सहमतिमा के-के छन् ? (पूर्णपाठसहित)

    शुक्रबार, फागुन २४, २०७५ साल
    काठमाडौँ, २४ फागुन सिके राउत नेतृत्को स्वतन्त्र तराई मधेस गठबन्धन र सरकारबीच शुक्रबार ११ बूँदे सहमति भएको छ।  सिके राउतले मूलधारको राजनीतिमा आएर स्वतन्त्र मधेस राज्यको माग छाड्ने बताएपछि दुईपक्षबीच राष्ट्रिय सभागृहमा यस्तो सहमति भएको हो ।  शुक्रबारबाट लागू भएको सहमतिमा सिके राउत र गृहमन्त्री रामबहादुर थापा बादलले हस्तक्षर गरेका छन् । सहमतिका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल..
    Weather Forecast