आईतवार, भाद्र १, २०७६

    राज्य-समाज

    पाकिस्तानको राष्ट्रिय दिवसमा उपराष्ट्रपति सहभागी, भारत भने अनुपस्थित

    आईतवार, चैत्र १०, २०७५ साल
    काठमाडौँ, ९ चैत  उपराष्ट्रपति नन्दबहादुर पुन पाकिस्तानका ७९औँ राष्ट्रिय दिवसका अवसरमा शनिबार साँझ राजधानीमा आयोजित विशेष समारोहमा सहभागी हुनुभयो ।  नेपालका लागि पाकिस्तानका राजदूत मजहर जावेदले आयोजना गर्नुभएको उक्त समारोहमा सभामुख कृष्णबहादुर महरा, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डा राजन भट्टराई, सांसद, कूटनीतिक नियोगका प्रमुख, पूर्व मन्त्री, नेपाल सरकार वरिष्ठ अधिकारी, कामको सिलसिलामा राजधानीमा रहेका पाकिस्तानी..

    बिम्स्टेक सुरक्षा बैठक : सङ्गठित अपराधको सामनाका निम्ति फलदायी

    आईतवार, चैत्र १०, २०७५ साल
    काठमाडौँ, ९ चैत   बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) को सुरक्षा अधिकारीको तेस्रो बैठकले साइबर अपराध, आतङ्ककारी गतिविधि, मानव बेचबिखन, लागुऔषध कारोवार तथा तस्करीलगायत सङ्गठित अपराधको सामना गर्न उत्प्रेरित गरेको प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बताउनुभएको छ ।  बैठकमा सहभागी भएर आज राजधानी फर्कनुभएका उहाँले प्रविधिमा आधारित सुरक्षा चुनौतीलाई सामना गर्न र देशभित्र तथा अन्तरदेशीय अपराध नियन्त्रण गर्न उपलब्ध स्रोतसाधनको..

    काङ्ग्रेस बलियो नभए सङ्घीयता खतरामा पर्छ : नेता कोइराला

    शनिबार, चैत्र ९, २०७५ साल
    चितवन, ९ चैत  : नेपाली काङ्ग्रेसका नेता डा शेखर कोइरालाले काङ्ग्रेस बलियो नभए सङ्घीयता खतरामा पर्ने बताउनुभएको छ । नेपाली काङ्ग्रेस रत्ननगर नगर समितिले शनिबार रत्ननगरमा आयोजना गरेको अगुवा प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उहाँले लामो सङ्घर्षपछि प्राप्त सङ्घीयतालाई सफल बनाउन आफ्नो पार्टी सजग हुनुपर्ने बेला आएको बताउनुभयो ।  उहाँले भन्नुभयो,“गणतन्त्र र सङ्घीयता धरापमा परेको छ, त्यसको संरक्षणका लागि काङ्ग्रेस लड्नुपर्छ ।” मुलुकमा..

    विप्लव कम्युनिष्टका मध्यकमाण्ड इञ्चार्जसहित ९ पक्राउ

    शनिबार, चैत्र ९, २०७५ साल
    काभ्रेपलाञ्चोक, ९ चैत  : प्रहरीले प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का मध्य कमाण्ड इञ्चार्ज सुदर्शन भनिने हेमन्तप्रकाश ओलीसहित नौ जना नेता कार्यकर्तालाई आज बिहान काभ्रेपलाञ्चोकबाट पक्राउ गरेको छ ।  ओलीसहितको टोली काभे्रपलाञ्चोकबाट बिहान ललितपुर हुँदै काठामाडौँ जाँदै थियो । गाडीमै रहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ पर्ने अन्यमा धर्मराज राजबहाक, रामकृष्ण खतिवडा, विजय श्रेष्ठ, ललित तामाङ, शङ्कर..

    कोरियाली भाषा परीक्षाका लागि ५० हजारको आवेदन

    शुक्रबार, चैत्र ८, २०७५ साल
    काठमाडौं, ८ चैत   रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गतको प्रथम चरणको कोरियाली भाषा परीक्षाका लागि अहिलेसम्म ५० हजार बढीले आवेदन दिएका छन् ।  गए राति १२ बजेदेखि आवेदन खुला गरिएको थियो । शुक्रबार अपराह्न ५ बजेसम्म ५० हजार युवाले आवेदन फारम भरिसकेको इपिएस कोरिया शाखाले जनाएको छ । यस पटकदेखि अनलाइनबाटै दरखास्त शुल्क तिर्ने व्यवस्था मिलाइएपछि आवेदकले विगतमा झै सास्ती व्यहोर्नु परेन ।  विगतका..

    महामन्त्री कोइरालाप्रति गगन थापा असन्तुष्ट, कारण यस्तो छ :

    शुक्रबार, चैत्र ८, २०७५ साल
    काठमाडौं, ८ चैत नेपाली काँग्रेसका युवा नेता गगन थापाले पार्टीका महामन्त्री शशांक कोइरालाले ‘संघीयता र गणतन्त्रको विषयमा जनमत संग्रहमा जान सकिने’ अभिव्यक्ति दिएकोमा आपत्ति जनाएका छन् । नेता थापाले महामन्त्री कोइरालाप्रति संकेत गर्दै पार्टीभित्र खुला छलफल नगर्ने तर सार्वजनिक कार्यक्रममा विभिन्न विषयमा जनमत संग्रहमा जान सकिने कुरा जिम्मेवार नेताहरुले गरिरहे पार्टी ठूलो भडखालोमा जाकिने चेतावनी पनि दिए । उनले नेताहरुलाई पार्टी भड्खालोमा..

    मलेसियामा अलपत्र परेका १६ नेपालीको उद्दार (नामावलीसहित)

    शुक्रबार, चैत्र ८, २०७५ साल
    काठमाडौँ, ८ चैत नेपाली राजदूतावासले मलेसियाको विभिन्न ठाउँमा अलपत्र परेका १६ जना नेपालीहरुलाई उद्दार गरी नेपाल फिर्ता पठाएको छ । हवाई टिकटको खर्च बेहोर्न नसकी मलेसियाको जुरु घरफिर्ती केन्द्र र जोहरवारु घरफिर्ती केन्द्रमा अलपत्र परेका १६ जना नेपालीलाई नेपाल पाठाएको मलेसियाको क्वालालम्पुरस्थित नेपाली राजदुतावासले प्रेस वक्तव्य जारी गरी जनाएको छ । फागुन ३० गते जुरु घरफिर्ति केन्द्रबाट ६ जना, चैत्र ७ गते..

    चन्द समूहलाई संवैधानिक दायरामा आउन प्रमको आग्रह

    शुक्रबार, चैत्र ८, २०७५ साल
    भैरहवा, ८ चैत  प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा चन्द समूह आपराधिक गतिविधि छाडेर संवैधानिक दायराभित्र रही सार्वभौमसत्ता रक्षा र स्वाधीनताको पक्षमा लाग्नुपर्ने बताउनुभएको छ ।  उहाँले सो समूहलाई आपराधिक गतिविधि नगर्न आग्रह गर्दा विरोध गरिनु आश्चर्यको विषय हो भन्नुभयोे । उहाँले सिके राउत समूह विखण्डनको राजनीति छाडेर मूलधारको राजनीतिमा आएकैले उक्त समूहसँग सरकारले सम्झौता गरेको पनि स्मरण गराउनुभयो । उहाँ पत्रकारसँग गौतमबुद्ध..

    गृह मन्त्रालयलाई एम्नेस्टीका २३ हजार २ सय ४७ पत्र

    बिहिवार, चैत्र ७, २०७५ साल
    काठमाडौँ, ७ चैत  एम्नेस्टी इन्टरनेशनल नेपालले गृह मन्त्रालयलाई महिला हिंसा अन्त्यका लागि ठोस उपायको माग राख्दै बिहिबार २३ हजार २४७ पत्रहरू बुझाएको छ । एम्नेस्टी इन्टरनेशनल नेपालका निर्देशक निराजन थपलियासहितको समूहले महिला हिंसा अन्त्यका लागि ठोस उपायको माग राख्दै २३ हजार २४७ पत्रहरू गृह मन्त्रालयलाई बुझाएको हो ।  पत्रहरू एम्नेस्टी इन्टरनेशनल नेपालका सदस्य तथा समर्थकले एम्नेस्टी इन्टरनेशनलको सन् २०१८ को २९ नोभेम्बर..

    सातै प्रदेशमा रोजगार संयोजकलाई अभिमुखीकरण तालीम

    बिहिवार, चैत्र ७, २०७५ साल
    काठमाडौँ, ७ चैत  सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनका क्रममा कुनै दुविधा नआओस् भनेर सातै प्रदेशमा अभिमुखीकरण तालीम गर्ने भएको छ । यही चैत १५ देखि १९ गतेसम्म प्रादेशिक राजधानीमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिनेछ ।  यही चैत १५ र १६ गते प्रदेश नं १ को विराटनगर, प्रदेश नं ३ को हेटौँडा, गण्डकी प्रदेशको पोखरा र कर्णाली प्रदेशको सुर्खेत तथा चैत १८ र १९..

    मन्त्रिपरिषद्का २१ निर्णय, जापानमा कामदार पठाउन हस्ताक्षर हुँदै

    बिहिवार, चैत्र ७, २०७५ साल
    काठमाडौं ७ चैत सरकारले नेपाल र जापान सरकारबीच मेमोरेन्डम अफ कोअपरेसनमा हस्ताक्षर गर्नका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेशप्रसाद दाहाललाई अख्तियारी प्रदान गर्ने निर्णय गरेको छ।  सरकारले जापानमा नेपाली कामदार पठाउने सम्बन्धी साझेदारी सम्बन्धी सहमति पत्रमा हस्ताक्षर गर्ने तयारी गरेको छ ।  पुस २५ गते नेपालको भ्रमणमा आएका जापानी विदेशमन्त्री तारो कोनो र नेपालका परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली नेतृत्को द्विपक्षीय..

    हतियार बिसाएपछि मात्र विप्लव समूहसँग वार्ता गर्ने सरकारको अडान

    बिहिवार, चैत्र ७, २०७५ साल
    काठमाडौँ, ७ चैत सरकारले हतियार बिसाएर वार्ताको टेबलमा आउन विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई आह्वान गरेको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकका निर्णय सार्वजनिक गर्न आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले संवादका निम्ति सरकार सधैँ तयार रहेको बताउनुभयो ।  विप्लब समूह भनेर चिनिने नेकपालाई दबाउने सरकारको नीति हो भन्ने सञ्चारकर्मीको जिज्ञासाको जवाफमा उहाँले बमबारुदसँगै सम्पूर्ण हिंसात्मक..

    पर्यटकलाई आवतजावतमा निकै समस्या, हटाइए फुटपाथका पसल

    बिहिवार, चैत्र ७, २०७५ साल
    ललितपुर, ७ चैत लगनखेलदेखि मङ्गलबजारसम्मका फुटपाथका पसल आजबाट हटाइएका छन् । सडक यात्रा गर्ने यात्रुलगायत पर्यटकलाई आवतजावतमा निकै समस्या परेपछि उक्त पसल हटाइएका हुन् ।  सडकमा करीब १५० बढी व्यापारी व्यापार गरेर बस्ने गर्थे । आकस्मिक घटना परेका समयमा तत्काल एम्बुलेन्स, दमकललगायत पर्यटकको सवारी साधन सहजरूपमा आवतजावत गराउन अप्ठ्यारो परेकाले पसल हटाइएको ललितपुर महानगरपालिकाका मिडिया संयोजक माधवप्रसाद घिमिरले बताउनुभयो ।  “पसल हटाउने निर्णय..

    मेडिकल कलेजमा लिइएको बढी शुल्क फिर्ता हुने

    बिहिवार, चैत्र ७, २०७५ साल
    काठमाडौँ, ७ चैत विभिन्न मेडिकल कलेजमा जथाभावी शुल्क लिइएको तथा विद्यार्थी परीक्षा फारम भर्नबाट वञ्चित गराइएको विषयमा आज शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, विश्वविद्यालयका पदाधिकारी र विद्यार्थी सङ्गठनका पदाधिकारीबीच सहमति भएको छ ।  जबर्जस्ती लिइएको शुल्क फिर्ता गर्ने, आवेदनमा छुट भएका विद्यार्थीलाई यही चैत ८ गतेसम्मको अवधिमा फारम भर्न लगाउने र विद्यार्थी सङ्गठनले गरेको तालाबन्दी खुलाउने सहमति भएको अनेरास्ववियुका सचिव आरसी लामिछाने..

    हतियारसहितको फोटो फेसबुकमा राख्ने एक सैनिक कारबाहीमा

    बिहिवार, चैत्र ७, २०७५ साल
    काठमाडौँ, ७ चैत हतियार बोकेको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्ने सैनिक सूर्यनारायण यादव कारबाहीमा परेका छन्।  मिडिया नीतिविपरीत सैनिक कुचीकार यादवले सैनिक तथा सिभिल पोशाकमा हतियारसहितको फोटो फेसबुकमा पोष्ट गरेका थिए ।  उक्त कार्यले सैनिकको मिडिया नीतिको बर्खिलाफ गरेको भन्दै नेपाली सेनाको जंगी अड्डाले कारबाही गरेको हो।  कुचीकार यादवले फेसबुमा पोस्ट गरेका उक्त तस्बिरहरु हटाउन लगाई  फेसबुक अकाउन्टसमेत बन्द गराउन लगाइएको सेनाले जनाएको..

    सहमति नजुटेकाले नेकपा एकता प्रक्रियामा ढिलाइ

    बिहिवार, चैत्र ७, २०७५ साल
    काठमाडौँ, ७ चैत उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सबै तल्ला तहमा सहमति नजुटेका कारण एकता प्रक्रियाले समय लिएको बताउनुभएको छ । मदन भण्डारी फाउण्डेशनद्वारा आयोजित ३ नम्बर प्रदेशस्तरीय भेलामा उहाँले स्थानीय तहदेखि नै सहमति जुट्न सके एकता प्रक्रिया सहज हुने उल्लेख गर्दै तल्ला तहमा सहमति जुट्न नसक्दा समय लागेको स्पष्ट पार्नुभयो ।  नेकपाका सचिवालय सदस्य पोखरेलले भन्नुभयो,..

    बेरोजगारको विवरण सङ्कलन गर्न मन्त्रालयको निर्देशन

    बिहिवार, चैत्र ७, २०७५ साल
    काठमाडौँ, ७ चैत श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सबै स्थानीय तहलाई आफ्नो तहमा रहेका बेरोजगारको विवरण सङ्कलन गर्न निर्देशन दिएको छ ।  मन्त्रालयका प्रधानमन्त्री रोगजार कार्यक्रम शाखाका उपसचिव डा लोकनाथ भुसालले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सबै स्थानीय तहलाई बेरोजगारको विवरण सङ्कलन गर्न निर्देशन दिनुभएको हो ।  मन्त्रालयले बेरोजगारको विवरण सङ्कलन गर्नका लागि सबै स्थानीय तहमा रोजगार संयोजक तोकेको छ ।..

    प्रधानन्यायधीश जबराबाट शपथ, ५ आयोगमा अध्यक्षको नियुक्ति

    बिहिवार, चैत्र ७, २०७५ साल
    काठमाडौँ, ७ चैत ।  राष्ट्रपति भवन, शीतलनिवासमा बहीबार आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनको उपस्थितमा बिहीवार विभिन्न पाँच संवैधानिक आयोगमा अध्यक्ष नियुक्त गरेकी छन् ।   राष्ट्रपतिले संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रिय प्राकृति स्रोत तथा वित्त आयोगको अध्यक्षमा बालानन्द पौडेल, राष्ट्रिय समावेशी आयोगको अध्यक्षमा डा. शान्तराज सुवेदी, मधेशी आयोगको अध्यक्षमा विजयकुमार दत्त, थारु आयोगको अध्यक्षमा विष्णुप्रसाद चौधरी र मुस्लिम आयोगको अध्यक्ष..

    गिरिजाप्रसाद कोइरालाको आज नवौं स्मृति दिवस, नायकका रूपमा स्मरण !

    बिहिवार, चैत्र ७, २०७५ साल
    काठमाडौं, ७ चैत ।  नेपाली कांग्रेसका तत्कालीन सभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको बिहिबार नवौं स्मृति दिवस मनाईएको छ । ४ पटकसम्म मुलुकका प्रधानमन्त्री बन्न सफल कोइराला संघीय लोकतान्त्रिक गणतन्त्रका नायकका रूपमा परिचित छन् ।  जीवनको उत्तराद्र्धमा कम्युनिस्टहरूसँग सहकार्य गरेर नेपालबाट राजतन्त्र फाल्न सफल कोइरालाको नेतृत्वमै २०६२–६३ को आन्दोलन सफल भएको थियो । १० वर्षे सशस्त्र युद्धमा रहेका माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन भएको १२..

    सरकारले विकासमा पक्षपात गर्यो : वरिष्ठ नेता पौडेल

    बिहिवार, चैत्र ७, २०७५ साल
    दमौली, ७ चैत  नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले विकासका काममा पक्षपात गरेको आरोप लगाउनुभएको छ ।  तनहुँको रिसिङ गाउँपालिका–४ स्थित डाक्रेखोलामा रु साढे दुई करोडको लागतमा निर्माण हुनलागेको मोटर सञ्चालन हुने सोे पुल बुधबार शिलान्यास गर्दै वरिष्ठ नेता पौडेलले काङ्ग्रेसले शुरु गरेको योजनामा बजेट कटौती गरेर सरकारले पक्षपात गरेको बताउनुभएको हो । वरिष्ठ नेता पौडेलले कम्युनिष्टको दुईतिहाइको सरकार भए पनि विकासका..

    प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल थाइल्याण्ड प्रस्थान

    बुधबार, चैत्र ६, २०७५ साल
    काठमाडौँ, ६ चैत : बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगको लागि बङ्गाल खाडीको प्रयास ९बिमस्टेक०को तेस्रो सुरक्षा अधिकारीको बैठकमा सहभागी हुन नेपाली प्रतिनिधिको नेतृत्व गर्दै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल बुधबार दिउँसो थाइल्याण्डको राजधानी बैङ्कक प्रस्थान गर्नुभएको छ ।  तीन वर्षदेखि वार्षिकरुपमा बिमस्टेक सुरक्षा अधिकारीको बैठक हुँदै आएको छ । प्रहरी महानिरीक्षक खनाल यही चैत ९ गते स्वदेश फर्कने कार्यक्रम छ । नेपालसहित थाइल्याण्ड,..

    राष्ट्रपतिद्वारा होलीको शुभकामना, सभ्य र भब्य बनाउन कामना

    बुधबार, चैत्र ६, २०७५ साल
    काठमाडौँ, ६ चैत  राष्ट्रपति विद्यादेवी भण्डारीले फागु पूर्णिमा (होली) पर्वले सबै नेपालीबीच सामाजिक सद्भाव, सहिष्णुता एवं राष्ट्रिय एकता अक्षुण्ण राख्न सघाउ पुगोस् भन्ने कामना गर्नुभएको छ ।  बुधबार फागु पूर्णिमा (होली)का अवसरमा राष्ट्रपति भण्डारीले जारी गर्नुभएको शुभकामना सन्देशमा सम्पूर्ण नेपालीमा सुख, शान्ति एवं समृद्धिको कामना व्यक्त गर्दै यस पर्वले सबैमा नयाँ उमङ्ग र हौसलाका साथ मुलुकको प्रगतिमा अग्रसर हुने प्रेरणा प्रदान गरोस्..

    “बलिदान खेर गएको छैन, आजको परिवर्तन शहीदको सपनाको फल”

    बुधबार, चैत्र ६, २०७५ साल
    काभ्रेपलाञ्चोक, ६ चैत : पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले जनताको बलिदान खेर नगएको बताउनुभएको छ । जनसांस्कृतिक महासङ्घ नेपालद्वारा मंगलबार काभे्रपलाञ्चोकको पाँचखाल नगरपालिका–१ अनैकोटस्थित दाहालगाउँमा आयोजित २१ औँ शहीद दिवस तथा जनसांस्कृतिक राष्ट्रिय सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै शहीदको बलिदानीका कारण आजको परिवर्तन सम्भव भएको बताउनुभयो ।  उहाँले भन्नुभयो, “बलिदान खेर गएको छैन, आजको परिवर्तन शहीदको सपनाको फल..

    काङ्ग्रेसको महाधिवेशन सम्पन्न गर्न निर्वाचन समिति गठन

    बुधबार, चैत्र ६, २०७५ साल
    काठमाडौँ, ६ चैत ।  नेपाली काङ्ग्रेसले पार्टीको १४औँ महाधिवेशन सम्पन्न गर्न राधेश्याम अधिकारीको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन समिति गठन गरेको छ ।  पार्टी केन्द्रीय कार्यालय सानेपामा सभापति शेरबहादुर देउवाको सभापतित्वमा मंगलबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले पार्टी विधान अनुसार केन्द्रीय निर्वाचन समिति गठन गरेको हो । निर्वाचनको सदस्यमा गोपालकृष्ण घिमिरे, खम्मबहादुर खाती, सीताराम केसी र एकराज पोखरेल हुनुहुन्छ । बैठकले नियमावली मस्यौदा समिति गठनसमेत..

    सांसदको प्रश्न : हाम्रो मर्यादा क्रम किन तल ?

    मंगलवार, चैत्र ५, २०७५ साल
    काठमाडौँ, ५ चैत हामी जनताबाट निर्वाचित भएका हौँ, तर जिल्लाको कार्यक्रममा जाँदा हाम्रो मर्यादाक्रम पूर्वमन्त्रीभन्दा तल राखियो । यसले हामीलाई असजिलो बनाएको छ । यो समस्याको समाधान गर्ने विषयमा सरकारले केही पहल गरेको छैन ? यो भनाइ हो प्रतिनिधिसभाका सदस्य झपट रावलको ।  प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा सरकारले निर्धारण गरेको मर्यादाक्रमले जननिर्वाचित सांसदलाई अपमान गरेको भन्दै रावलले त्यसलाई..

    'ज्यानमारा' भन्दै नेकपा अध्यक्ष प्रचण्डविरुद्ध अमेरिकामा उजुरी

    मंगलवार, चैत्र ५, २०७५ साल
    काठमाडौं, ५ चैत नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाललाई पक्राउ गर्न माग गर्दै अमेरिकामा उजुरी परेको छ । पुष्पकमल दाहाल प्रचण्ड अहिले अमेरिकामा छन् । पत्नी सीता दाहालको उपचारका लागि उनी छोरी गंगा र ज्वाइँ जीवन आचार्यलाई लिएर अमेरिका पुगेका हुन् । पत्नी सीता दाहालको उपचारका लागि गएका बेला प्रचण्डविरुद्ध अमेरिकामा उजुरी परेको छ । केनटुकी स्टेट युनिभर्सिटीमा कार्यरत तिलक..

    कावासोतीमा जैविक विविधता संरक्षण सम्बन्धि कार्यक्रम सम्पन्न

    मंगलवार, चैत्र ५, २०७५ साल
    कावासोती नवलपुर, चैत  नवलपुर जिल्लाको कावासोति नगरपालिकाको लामिचौर उपभोक्ता समिति अन्तरगत  समुदायमा आधारित चोरी-सिकारी नियन्त्रण युवा जागरणले जैविक विविधता संरक्षण सम्बन्धि कार्यक्रम सम्पन्न गरेको छ ।  कावासोती नगर उपप्रमुखको प्रमुख प्रेम शंकर मर्दनीयाको   प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा बेलने वक्ताहरु तथा प्रमुख अतिथि प्रेम शंकर मर्दनीयाले "युवाहरु यति खेर गाउँ गाउँमा संरक्षणको आवाजलाई बुलन्द पारिनुपर्छ  र सकारात्मक सोचाइको साथमा..

    सरकारद्वारा विप्लवमाथि धावा ! १७ नेता तथा कार्यकर्ता पक्राउ

    मंगलवार, चैत्र ५, २०७५ साल
    काठमाडौँ, ५ चैत सरकारले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई आपराधिक र विध्वंशकारी समूह घोषणा गरी प्रचलित कानूनअनुसार कारवाही गर्ने निर्णय गरेसँगै प्रहरीले अहिलेसम्म १७ नेता तथा कार्यकर्ता पक्राउ गरेको छ ।  नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेदीका अनुसार उनीहरुलाई पक्राउ गरी कानूनी कारवाही थालिएको छ । उपत्यकाबाट पाँच कार्यकर्ता पक्राउ गरेको छ । घोषणअघि विभिन्न घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका थप नौ..

    निर्मला हत्या प्रकरण : अदालतमा उपस्थित भए पूर्वएसपी विष्ट

    मंगलवार, चैत्र ५, २०७५ साल
    काठमाडौँ, ५ चैत निर्मला पन्त हत्या प्रकरणमा बर्खास्तमा परेका नेपाल प्रहरीका एसपी डिल्लीराज विष्ट अदालतमा उपस्थित भएका छन् । श्रोतका अनुसार उनी मंगलबार बिहान जिल्ला अदालत कञ्चनपुरमा उपस्थित भएका हुन् । अदालतले विष्टलाई अदालतमा हाजिर हुन सूचना जारी गरेको थियो । निर्मला पन्त हत्या प्रकरणका अन्य छ जना आरोपी भने धरौटीमा छुटेका छन् । न्यायाधीश राजेन्द्रकुमार आचार्यको इजलासले तत्कालीन डिएसपी ज्ञानबहादुर सेठी, इन्स्पेक्टरद्वय..

    पूर्वमुमा बडामहारानी रत्नराज्यलक्ष्मीदेवी शाह घर फिर्ता

    मंगलवार, चैत्र ५, २०७५ साल
    काठमाडौँ, ५ चैत : पूर्वमुमा बडामहारानी रत्नराज्यलक्ष्मीदेवी शाह स्वास्थ्य लाभ गरी सोमबार अस्पतालबाट फिर्ता हुनुभएको छ । यही फागुन २१ गते स्वास्थ्योपचारका लागि उहाँ नर्भिक अस्पताल भर्ना हुनु भएको सो अस्पतालले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वरानी कोमल शाह एवम् पूर्वमुमा बडामहारानीको स्वास्थ्योपचारको क्रममा सहयोग पु¥याउने नर्भिक अस्पतालका चिकित्सक, कर्मचारी, व्यवस्थापन र शीघ्र स्वास्थ्य लाभको कामना गर्ने..
    Weather Forecast