शनिबार, भाद्र ७, २०७६

    राज्य-समाज

    नेकपा सचिवालय बैठक बिहान ११ बजे बस्दै

    शुक्रबार, श्रावन ३१, २०७६ साल
    काठमाडौँ, ३१ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक शुक्रबार बिहान ११ बजे बस्ने भएको छ । तर समय व्यवस्थापनका लागि उक्त बैठक बिहान ११ बजे सारिएको एक नेताले जानकारी दिए । यसअघि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री तथा पार्टी अधयक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि बिहीबारको बैठक शुक्रबार ३ बजेका लागि सारिएको जानकारी दिएका थिए ।..

    गोप्य राखिएको लाल आयोग प्रतिवेदनः सरकारमाथि प्रश्नै प्रश्न, आन्दोलनकारीका कुनै कमजोरी उल्लेख छैन्

    शुक्रबार, श्रावन ३१, २०७६ साल
    काठमाडौँ, ३१ साउन ।   राष्ट्रिय जनता पार्टीले संघीय संसद्मा ६ महिनादेखि तराई–मधेस र थरुहट आन्दोलनको छानबिन प्रतिवेदन सार्वजनिक गर्न माग गरिरहेको छ । यही विषयलाई लिएर गत महिना तीन साता प्रतिनिधिसभा बैठक अवरुद्ध भयो । सरकार भने अझै प्रतिवेदन सार्वजनिक गर्न तयार छैन । किन त ? प्रतिवेदनले सरकारप्रति गम्भीर आरोप लगाउनुलाई यसको कारण मानिएको छ । गिरीशचन्द्र लाल अध्यक्ष रहेको जाँचबुझ आयोगले..

    नियन्त्रण रेखामा गोली हानाहान पाँच भारतीय र तीन पाकिस्तानी सैनिक मारिए

    शुक्रबार, श्रावन ३१, २०७६ साल
    काठमाडौँ, ३१ साउन ।  काश्मीरमा भारत र पाकिस्तानबीचको नियन्त्रण रेखामा भएको गोली हानाहानमा परी पाँच जना भारतीय र तीन जना पाकिस्तानी सैनिक मारिएको पाकिस्तानको डन न्युजले जनाएको छ । नियन्त्रण रेखामा भएको गोली हानाहानमा तीन पाकिस्तानी सैनिक शहीद भएको पाकिस्तानी सेनाका मेजर जनरल आसिफ गाफुरले बताएका छन् ।  भारतीय सेनाले सीमा क्षेत्रमा गोली प्रहार गरेपछि जवाफी फायरिङ गरिएको गाफुरको ट्वीटमा उल्लेख गरिएको..

    विद्युतीय गाडी खरिद प्रस्ताव यसकारण अस्वीकृत

    शुक्रबार, श्रावन ३१, २०७६ साल
    काठमाडौँ, ३१ साउन ।  सरकारले एउटै प्रक्रियाबाट विद्युतीय बस खरिद गर्ने भएको छ। साझा यातायातले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत तत्काल सञ्चालन गर्न पाँचवटा विद्युतीय बस सरकारी तहमा सम्झौता (जीटुजी) गरी खरिद गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा प्रस्ताव गरेको थियो। मन्त्रालयको प्रस्ताव मन्त्रिपरिषद्मा लानुअघि टिप्पणी उठाउने क्रममा मुख्य सचिव लोकदर्शन रेग्मीले सबै विद्युतीय बस एउटै प्रक्रियाबाट खरिद गर्ने गरी सिफारिस गर्न..

    कर्णालीका भौतिक पूर्वाधारमन्त्री खत्री बर्खास्त

    शुक्रबार, श्रावन ३१, २०७६ साल
    काठमाडौँ, ३१ साउन ।   कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा योजनामन्त्री खड्गबहादुर खत्रीलाई बर्खास्त गरिएको छ ।  मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्री खत्रीलाई बिहीबार साँझ बर्खास्त गरेका हुन् । पार्टीका शीर्ष नेताहरुसँगको छलफलपछि उनलाई बर्खास्त गरिएको कर्णाली प्रदेश सरकारका एक मन्त्रीले जानकारी दिए ।  मुख्यमन्त्रालयका अनुसार मुख्यमन्त्री शाहीले पूर्वाधारमन्त्री खत्रीलाई राजीनामा दिनका लागि निर्देशन दिएका थिए । तर उनले राजीनामा दिन अस्वीकार गरेपछि पार्टीका..

    “जहाँ विधिको शासन हुँदैन, त्यहाँ धर्मको कुनै अर्थ हुँदैन्”

    बिहिवार, श्रावन ३०, २०७६ साल
    चिप्लेढुङ्गा, ३० साउन गण्डकी प्रदेशका प्रदेश प्रमुख बाबुराम कुँवरले विधिको शासननै धार्मिक शासन भएको बताउनुभएको छ । ब्रम्हकुमारी ईश्वरीय विश्वविद्यालय नयाँबजारद्वारा आज आयोजित रक्षाबन्धन एवम स्नेह मिलन कार्यक्रममा उहाँले धर्म भनेकै विधिको शासन भएको बताउनुभयो ।  “जहाँ विधिको शासन हुँदैन, त्यहाँ धर्मको कुनै अर्थ हुँदैन्”, उहाँले भन्नुभयो । धार्मिक सहिष्णुताबिना शान्ति असम्भव भएको उल्लेख गर्दै उहाँले विधिलाई टेकेर शासन गर्न आग्रह गर्नुभयो..

    देशभरका ७७ जिल्लाहरुलाई उछिन्दै बर्दिया जिल्ला प्रशासन कार्यालय पहिलो

    बिहिवार, श्रावन ३०, २०७६ साल
    धम्बोझी, ३० साउन देशभरका ७७ जिल्लाहरुलाई उछिन्दै बर्दिया जिल्ला प्रशासन कार्यालय (जिप्रका) पहिलो भएको छ । अघिल्लो वर्षको कार्य सम्पादनसम्बन्धी नेपाल सरकारको मूल्याङ्कनमा बर्दिया जिप्रका पहिलो भएको हो ।  अर्थिक वर्ष २०७५÷७६ को कार्य सम्पादनमा देशभरका ७७ जिल्लामध्ये नेपाल सरकार गृह मन्त्रालयको मूल्याङ्कनमा जिल्ला प्रहरीसहित जिल्ला प्रशासन कार्यालय बर्दिया पहिलो भएको प्रजिअ रामबहादुर कुरुम्वाङ्गले जानकारी दिनुभयो । बर्दियाको शान्तिसुरक्षा, सुशासन, सेवा प्रवाह, विपद्..

    पहिरापीडित दुई दशकदेखि बस्ती स्थानान्तरणको पर्खाइमा

    बिहिवार, श्रावन ३०, २०७६ साल
    सोलुखुम्बु, ३० साउन    माप्यदूधकोशी गाउँपालिका–६ वाप्साखानीको विभिन्न टोलमा करीब ३० घरधुरी रहेका छन् । उक्त परिवारलाई जब बर्खा लाग्छ अनि चिन्ता बढ्न थाल्छ । ठूलो झरी परेको बेला रातभरि नै जाग्रम बस्नुपर्ने बाध्यता हुन्छ । उक्त बस्ती वरिपरिको जमीन चिराचिरा परेकाले उनीहरु त्रासमा बाँच्नु परेको हो ।    स्थानीय अगुवाका अनुसार यो जमीन चिरा परेको अहिले होइन विसं २०५६ मै हो । स्थानीय..

    नेकपा सचिवालय बैठक शुक्रबार ३ बजे बस्ने !

    बिहिवार, श्रावन ३०, २०७६ साल
    काठमाडौँ, ३० साउन  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक शुक्रबार ३ बजे बस्ने गरी टुङ्गिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य प्रतिकूल रहेकाले आज अनौपचारिक रुपमा बैठक बसेको र शुक्रबार पुनः बैठक बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।  सहमति जुट्न नसकेको विषयमा छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भनिएको बैठक तयारी नपुगेको भन्दै यसअघि दुई पटक स्थगित भएको थियो ।..

    प्रधानमन्त्रीकाे स्वास्थ्यमा समस्या आएपछि नेकपा सचिवालय बैठक पुनः स्थगित

    बिहिवार, श्रावन ३०, २०७६ साल
    काठमाडौं, ३० साउन। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक स्थगित भएको छ । आजका लागि तय भएको बैठक प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्वरो आएका कारण शुक्रबारसम्मका लागि स्थगित भएको हाे। पार्टी प्रवक्तासमेत रहेका नेकपा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले प्रधानमन्त्रीलाई ज्वराे आएकाले बैठक स्थगित भएकाे जनाए। उनले भने, 'प्रधानमन्त्रीज्यूलाई ज्वरो आयो । त्यसपछि सबै साथीहरुले प्रधानमन्त्रीलाई अस्वस्थ भएपछि आज नबसौं भन्‍ने सल्लाह भएर..

    वैदिक साहित्यमा माक्र्सवादी विवेचना भर्ने व्यक्तित्व दीक्षितसँग जोडिएका यी कुरा

    बिहिवार, श्रावन ३०, २०७६ साल
    काठमाडौँ, ३० साउन । मदनमणि दीक्षित । वैदिक साहित्यलाई माक्र्सवादी विचारका आधारमा विवेचना गर्न सक्ने सीमित लेखकमध्ये अग्रपङ्क्तिमा लिइने नाम हो ।  रक्षाबन्धनका दिन बिहानै तिनै मूर्धन्य स्रष्टा दीक्षितको निधनको खबरले नेपाली राजनीति, साहित्य, पत्रकारिता र पाठक वर्ग स्तब्ध भएको छ । कृतिगत र समग्र योगदानको स्मरण गर्दै उहाँको निधनलाई बौद्धिक क्षेत्रमा अपूरणीय क्षतिका रुपमा लिइएको छ । पञ्चायतकालमा ‘समीक्षा’ पत्रिकाका माध्यमबाट..

    ओली–प्रचण्ड र बादल बिहानैदेखि कार्यविभाजन टुङ्ग्याउने गृहकार्यमा

    बिहिवार, श्रावन ३०, २०७६ साल
    काठमाडौं, ३० साउन ।  कार्यविभाजनका सवै काम बिहीबार टुङ्ग्याउने गरी गृहकार्यमा नेकपा कम्युनिस्ट पार्टी (नेकपा) जुटेका छन् ।  प्रधानमन्त्री निवास वालुवाटारमा सचिवालय सदस्य रामबहादुर थापा बादल सहित अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड बिहानदेखि गृहकार्यमा जुटेका हुन् ।        नेकपा कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड कार्यविभाजनका सवै काम बिहीबार टुङ्ग्याउने गरी गृहकार्यमा जुटेका छन्..

    साहित्यकार मदनमणि दीक्षितको निधनले प्रधानमन्त्री मर्माहत

    बिहिवार, श्रावन ३०, २०७६ साल
    काठमाडौँ, ३० साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको निधनबाट आफू मर्माहत भएको जनाउनुभएको छ । प्रधानमन्त्री ओलीले आज ट्विट गर्दै प्राच्य साहित्य दर्शनका ज्ञाता दीक्षितको निधनको खबरले आफू मर्माहत भएको र उहाँको योगदानलाई वाङ्मय क्षेत्रले सदा स्मरण गर्ने उल्लेख गर्नुभएको हो । प्रधानमन्त्री ओलीले दीक्षितप्रति श्रद्धाञ्जलि र शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गर्नुभएको छ । आज बिहान निधन हुनुभएका ९७..

    रहेनन् वरिष्ठ साहित्यकार मदनमणि दीक्षित

    बिहिवार, श्रावन ३०, २०७६ साल
    काठमाडौं, ३० साउन। वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको ९७ वर्षको उमेरमा आज बिहीबार निधन भएको छ। निमोनियाका कारण गत साता ललितपुरको सुमेरु अस्पतालमा भर्ना भएका उनलाई बुधबार ‘डिस्चार्च’ गरी निवास कालिका स्थान ल्याइएको थियो। निवासमा शौचालय जाँदा बेहोस भएका उनलाई कमलपोखरीस्थित हिमाल अस्पताल लगेपछि चिकित्सकले मृत घोषणा गरेका थिए। उनलाई मुटु, मिर्गौला र श्वासप्रश्वाससम्बन्धी समस्या थियो। दीक्षितका ‘माधवी’, ‘ऋग्वेद स् केही प्रमूख सूक्त’,..

    मान्छेले किन गर्छ आत्महत्या ? तीन वर्षमा १६ हजारले गुमाए ज्यान

    बिहिवार, श्रावन ३०, २०७६ साल
    काठमाडौँ, ३० साउन । विश्व स्वास्थ्य संगठनको तथ्यांकले प्रत्येक ४० सेकेन्डमा विश्वमा एक जनाको आत्महत्या हुने देखाउँछ । नेपालमा भने पछिल्लो तीन वर्षमा विभिन्न तरिकाबाट १६ हजार १९५ जनाले आत्महत्या गरेका छन् । नेपाल प्रहरीले तयार गरेको आर्थिक वर्ष २०७३/७४ देखि २०७५/७६ सम्मको तीन वर्षको तथ्यांकले १६ हजार १९५ जनाले विभिन्न तरिका अपनाएर आत्महत्या गरेको देखाएको हो । जसमध्ये सबैभन्दा बढी..

    सम्पत्ति शुद्धीकरणमा प्रहरीले पनि अनुसन्धान र मुद्दा दायर गर्न पाउने

    बिहिवार, श्रावन ३०, २०७६ साल
    काठमाडौँ, ३० साउन । अन्तर्राष्ट्रिय मूल्यांकनमा नेपाल कमजोर देखिने सम्भावना बढेसँगै सरकारले आतंकवादी क्रियाकलाप तथा सम्पत्ति शुद्धीकरण निवारणका लागि कठोर रणनीति ल्याएको छ । सन् २०२०/२१ मा नेपालले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलाप निवारणमा गरेका कामको मूल्यांकन अन्तराष्ट्रिय निकायहरूले गर्दैछन् । यसमा पेस गर्ने विवरणहरूको स्वमूल्यांकनअनुसार नेपाल निकै कमजोर रहने र कालोसूचीमा समेत पर्ने सम्भावना देखिएकाले आर्थिक क्रियाकलापसँग सम्बन्धित नगद भुक्तानी, हरेक..

    तनावमा ओली–प्रचण्ड

    बिहिवार, श्रावन ३०, २०७६ साल
    काठमाडौँ, ३० साउन । नेपाल कम्युनिष्ट पार्टीभित्र स्कुल विभाग कसले लिने विवाद उत्कर्षमा पुगेको छ। स्कुल विभागको जिम्मेवारी बाँडफाँडमा कुरा मिल्न नसक्दा सचिवालयको बैठक–पटक–पटक स्थगित हुँदै आएको छ। अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सहमति जुटाउन बसेको बैठक असफल हुँदै आएको छ।   दुई पार्टी एकीकरण गर्न सहमति जुटाउनुभएका अध्यक्षद्वयबीच स्कुल विभागको जिम्मेवारी बाँडफाँडलाई लिएर अविश्वास र आशंका समेत उत्पन्न भएको..

    नेताबाटै सशस्त्रको दुरुपयोग ! घरायसी कामका लागि फौज

    बिहिवार, श्रावन ३०, २०७६ साल
    काठमाडौँ, ३० साउन । सशस्त्र प्रहरी नेतृत्व पंक्तिले आफ्नो जनशक्ति राजनीतिक दलका नेता रिझाउन दुरुपयोग गरिरहेको पाइएको छ। अधिकांश नेताले आफ्नो पदीय शक्ति देखाई सशस्त्रलाई त्यस्तो जनशक्ति परिचालन गर्न बाध्य पारेको हो। सशस्त्र प्रहरी बल मुख्यालयबाट प्राप्त विवरणमा सशस्त्रले कुल पाँच सय १६ जनालाई उपराष्ट्रपतिदेखि राजनीतिक कार्यकर्तासम्मको ‘सुरक्षा’ का लागि परिचालन गरेको छ। नेता कार्यकर्ताका घरायसी कामका लागि फौज पठाएर सशस्त्र नेतृत्वले संगठनको..

    मुख्यमन्त्री शाहीलाई लक्षित गरी विप्लव समुहद्धारा बम विष्फोट

    बिहिवार, श्रावन ३०, २०७६ साल
    काठमाडौँ, ३० साउन । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई लक्षित गरी विप्लव समुहले बम विष्फोट गराएको छ । कालिकोट जिल्लाको पचालझरना गाउपालिकाको विशेष गाउँसभा उद्घाटन गर्न पुगेका शाहीलाई लक्षित बम विष्फोट भएको छ ।  बम विष्फोट विप्लप समुहका कार्यकर्ताले गरेको प्रहरीले जनाएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । कार्यक्रम स्थलभन्दा २०० मिटर पर दुईवटा बम बिष्फोट भएको थियो..

    २० दिन अघि मात्रै गुरु भन्दै प्रोफाइल तस्विर बनाएका थिए, फेरि किन रवि हत्यारा ?

    बुधबार, श्रावन २९, २०७६ साल
    काठमाडौँ, २९ साउन  सिधा कुरा जनतासँग टीमबाट दुई महिना अघि छुट्टिएर हालै माउण्टेन टेलिभिजनमा आबद्ध पत्रकार शालिकराम पुडासैनी साउन २१ गते चितवनको एक होटलमा आत्महत्या गरेको अवस्थामा भेटिए । प्रहरीले अनुसन्धान गर्दा दुरुत्साहनबाट आत्महत्या भएको र यसमा दुई पत्रकार र एक महिला जोडिएको भन्दै रवि लामिछाने प्रकरणमा मुछिए । रविले पुडासैनीको दाहसंस्कारपछि फेसबुक लाइभमार्फत नै स्पष्टिकरण दिइसकेका छन् ।   बुधबार पुडासैनीले मर्नु..

    खानेपानीमन्त्री बीना मगरले दिईन यस्तो निर्देशन

    बुधबार, श्रावन २९, २०७६ साल
    काठमाडौँ, २९ साउन   खानेपानीमन्त्री बीना मगरले मेलम्ची आयोजनाको बाँकी कामलाई तीव्रता दिन मेलम्ची खानेपानी विकास समितिका अधिकारीलाई निर्देशन दिनुभएको छ ।   मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक सूर्यराज कँडेलसहितका अधिकारीलाई मन्त्री मगरले आयोजनास्थलमै खटिएर निर्धारित समयमै काम सक्न निर्देशन दिनुभएको मन्त्रालयका प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिनुभयो ।    मेलम्ची आयोजनाको काम छाडेर हिँडेको ठेकेदार कम्पनी सिएमसीबाट बाँकी भुक्तानी पाउन स्थानीय ठेकेदारले दाबी गरेको..

    पूर्णसरसफाइ रणनीतिक योजना २०७६ सार्वजनिक

    बुधबार, श्रावन २९, २०७६ साल
    भक्तपुर, २९ साउन सूर्यविनायक नगरपालिकाले ‘पूर्णसरसफाइ रणनीतिक योजना २०७६’ सार्वजनिक गरेको छ । नगरपालिकाले आज यहाँ आयोजना गरेको कार्यक्रममा प्रतिनिधिसभाका सांसद महेश बस्नेत र प्रदेश नं– ३ का प्रदेश सभा सदस्य शशीजङ्ग थापाले उक्त रणनीतिक योजना सार्वजनिक गर्नुभएको हो । कार्यक्रममा सांसद बस्नेतले भक्तपुरमा सञ्चालन भइरहेको विभिन्न सरसफाइसँगै मानिसको व्यक्तिगत र संस्थागत सरसफाइ पनि गर्नु आवश्यक रहेको आँैल्याउनुभयो । उहाँले घरघरमा उत्पादन..

    बिहीबार देशभर रक्षाबन्धन मनाइँदै, यस्तो छ धार्मिक महत्व

    बुधबार, श्रावन २९, २०७६ साल
    काठमाडौँ, ३० साउन प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व देशभर नवयज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ ।   पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ ।     सत्ययुगमा..

    पत्रकार आत्महत्या प्रकरणः रवि लामिछानेसहित ३ जनालाई पक्राउ गर्छौं - प्रहरी

    बुधबार, श्रावन २९, २०७६ साल
    काठमाडौँ, २९ साउन पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गर्नुअघि रेकर्ड गरेको भिडियो सार्वजनिक भएको छ । पुडासैनीले न्युज २४ टेलिभिजनमा ‘सिधा कुरा जनतासँग’ कार्यक्रम सञ्चालक रवि लामिछाने, युवराज कडेंल र अस्मिता कार्कीका कारण आफू आत्महत्या गर्न बाध्य भएको बताएका छन् । त्यस्तै, पुडासैनीले युवराज कँडेल र अस्मिता कार्कीको नामसमेत लिएका छन् । उनीहरुकै कारण आफू आत्महत्या गर्न बाध्य भएको भिडियोमा खुलासा गरेका छन् ।..

    आत्महत्याअघि पत्रकार पुडासैनीको भिडियो सार्वजनिक, भन्छन्- रवि लामिछानेले मलाई मर्न बाध्य पारे (भिडियाे)

    बुधबार, श्रावन २९, २०७६ साल
    काठमाडौं, २९ साउन । साउन २० गते चितवनको एक होटलमा झुण्डिएकाे अवस्थामा फेला परेका पत्रकार सालिकराम पुडासैनीको मृत्यु हुनुअघि रेकर्ड गरेको भिडियो सार्वजनिक भएको छ। उनी आफैँले रेकर्ड गरेको भिडियोमा पुडासैनीले आफूलाई रवि लामिछानेसहित तीन जनाले मर्न बाध्य बनाएको आरोप लगाएका छन्। भर्खरै आफूसँग टाढिएकी प्रेमिकालाई अघि सारेर रवि र युवराज कँडेलले आत्महत्या गर्न बाध्य बनाएको पुडासैनीले भिडियोमा आरोप लगाएका छन्। रवि चर्चित..

    ‘कसैको अनुहार हेरेर बढुवा गरिन्न, योग्यता र क्षमता हेरिन्छ’

    बुधबार, श्रावन २९, २०७६ साल
    काठमाडौँ, २९ साउन । प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको दफावार छलफल सकिएको छ ।  समितिले सांसदहरूले प्रस्तुत गर्नुभएका संशोधन, सुझाव तथा सहमति भएका विषयलाई समेटेर शीघ्र उक्त विधेयकको प्रतिवेदन तयार गर्न निर्देशन दिएको छ । बैठकमा सांसदले उठाउनुभएका प्रश्नको जवाफ दिँदै सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले..

    नेपाल-भारतबीच विन विनको अवस्था बनाएर समृद्धिको यात्रामा अघि बढ्नुपर्छ – भारतीय राजदूत पुरी

    बुधबार, श्रावन २९, २०७६ साल
    काठमाडौं, २९ साउन राजदूत मञ्जिभ सिंह पुरीले नेपाल र भारतबीच विन विनको अवस्था बनाएर विकास र समृद्धिको यात्रामा साझेदारहरु भइरहेको बताएका छन्  ।  २९ साउनमा रिपोर्टर्स क्लब नेपालमा भारतको ७३ औं स्वतन्त्रता दिवसको पूर्व सन्ध्यामा आयोजित अन्र्तक्रियामा बोल्दै दुई देशबीच विगतमा भएका सन्धी सम्झौताले सार्थक परिणाम हासिल गर्नुले सबैलाई उत्साही बनाएको बताए । रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाको सभापतित्वमा सम्पन्न अन्र्तक्रियामा उनले..

    नेकपा सचिवालय बैठक फेरि स्थगित, सकिएन स्कूल विभागको किचलो

    बुधबार, श्रावन २९, २०७६ साल
    काठमाडौं, २८ साउन ।  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको केन्द्रीय सचिवालय बैठक फेरि स्थगित भएको छ। बुधबारका लागि डाकिएकाे बैठक स्कुल विभागसहित जनवर्गिय संगठनको नेतृत्व लगायत विषयमा विवाद कायमै भएपछि फेरि स्थगित भएको हाे । पार्टीभित्र आन्तरिक छलफल गर्नु पर्ने देखिएपछि बैठक बिहीबारका लागि सरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। तर मंगलबार पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व एमालेका नेताहरुबीच गरेको..

    नेकपा सचिवालय बैठक बालुवाटारमा बस्दै, स्कूल विभागको किचलो सकिएला ?

    बुधबार, श्रावन २९, २०७६ साल
    काठमाडाैं, २९ साउन ।  नेकपाको बैठक बुधबार अपराह्न ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ ।  सचिवालय बैठकमा महासचिव विष्णु पौडेलले कार्य विभाजनको प्रस्ताव पेश गर्नुहुने बताइएको छ । पौडेलले यसबीचमा स्थायी कमिटी तथा केन्द्रीय कमिटी सदस्यहरुसँग तीन विकल्पसहित आफूले जिम्मेवारी लिन चाहेको विभाग, भूगोल वा जनसंगठनको रुचिबारे लिखित तथा मौखिक सुझाव संकलन गर्नुभएको थियो । सकेसम्म रुचिअनुसारकै जिम्मेवारी दिनेगरी प्रस्ताव तयार गर्न..

    मदन र मिलनको पहलमा प्रचण्ड दोरम्बा जाँदै

    बुधबार, श्रावन २९, २०७६ साल
    काठमाडौँ, २९ साउन ।  दोरम्बा हत्याकाण्डको १६ औँ स्मृति दिवस तथा शालिक अनावरण कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्ड जाने तय भएको छ । नेकपा रामेछापका अध्यक्ष मैनकुमार मोक्तान ‘मदन’ र दोरम्बा गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तान ‘मिलन’लगायतको पहलमा साउन ३२ गते हुने कार्यक्रममा प्रचण्ड दोरम्बा गाउँपालिकास्थित डाँडाकटेरी जान लाग्नुभएको हो ।  २०६० साउन ३२ गते तत्कालीन शाही सेनाले निःशस्त्र अवस्थामा रहेका..
    Weather Forecast