शनिबार, भाद्र ७, २०७६

    राज्य-समाज

    सिके राउत मधेसवादी दलप्रति आक्रामक, दिए ‘दलाल’को उपनाम

    बिहिवार, बैशाख ५, २०७६ साल
    काठमाडौँ, ५ वैशाख राष्ट्रिय जनमत पार्टीका अध्यक्ष सिके राउत प्रदेश २ सरकारको नेतृत्व गरेको समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालप्रति आक्रामक देखिएका छन् । स्वतन्त्र मधेशको माग गर्दै आन्दोलन गरेका राउत मुलधारको राजनीतिमा आएदेखि मधेश केन्द्रीत दलमाथि उनी आक्रमक बनेका हुन् । राउतले मधेसवादी दलका नेताहरुलाई ‘दलाल’ भनेर सम्बोधन गरेका छन् । उनीहरुलाई मधेशबाट मत लिएर ओली नेतृत्वको सरकारमा सहभागी भएको..

    विप्लव नेकपाको नेपाल बन्दको प्रभाव काठमाडौंमा न्यून

    बिहिवार, बैशाख ५, २०७६ साल
    काठमाडौं, ५ वैशाख  आफ्ना पार्टीका नेता कार्यकर्ता रिहाइ र धरपक्कड गरेको विरोधमा नेत्रविक्रम चन्द विप्लव नेकपाको नेपाल बन्दको प्रभाव काठमाडौं उपत्यकामा खासै देखिएन । विभिन्न जिल्लामा भने आंशिक प्रभाव परेको छ । सरकारले राजनीतिक गतिविधिमा प्रतिबन्ध लगाएपछि नेकपा आक्रोशित छ । उसले प्रधानमन्त्री केपी ओली जुन ठाउँको भ्रमण गर्छन्, त्यहाँ बन्द गर्ने नीति लिएको छ । प्रधानमन्त्री काठमाडौंमै रहेकाले पनि विप्लव नेकपाको..

    बाग्लुङमा बम ? नेपाली सेनाद्वारा शङ्कास्पद वस्तु डिस्पोज

    बिहिवार, बैशाख ५, २०७६ साल
    गलकोट, ५ वैशाख : बागलुङ जिल्ला सदरमुकामस्थित शिवधारा चोकमा राखिएको शङ्कास्पद वस्तु नेपाली सेनाले आज बिहान डिस्पोज गरेको छ । शिवधाराचोकस्थित होटल शीतलको पेटीमा एक मिटर लामो जीआइ पाइपमा खतरा लेखेर दुई तार जडान गरी राखिएको थियो ।  उक्त शङ्कास्पद वस्तु बागलुङस्थित २३ नं बाहिनी अड्डाको डिस्पोजल टोलीले उठाएर खुला स्थानमा लगी डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक कृष्णहरि शर्माले..

    प्रधानमन्त्री कृषि परियोजनाः व्यर्थैमा ६० करोड स्वाहा !

    बिहिवार, बैशाख ५, २०७६ साल
    काठमाडौँ, ५ वैशाख कृषि क्षेत्रको उत्पादन र उपादकत्व बढाउन सुरु गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा मनपरी ढंगले  खर्च गरिएको छ । प्रधानमन्त्रीकै नाम जोडिएको उक्त परियोजनामा पौने ६१ करोड रुपैयाँ व्यर्थमा खर्च गरेको भेटिएको छ । यो समाचार आजको नागरिक दैनिकमा दिलीप पौडेलले लेखेका छन् ।  महालेखा परीक्षक कार्यालयको ५६औँ वार्षिक प्रतिवेदनअनुसार आयोजनाले अनावश्यक संरचना तयार गरेर प्रशासनिक, फर्निचर, मेसिनरी औजार र सवारीसाधन..

    प्रमुख निर्वाचन आयुक्तमा दिनेशकुमार थपलिया अनुमोदित

    बुधबार, बैशाख ४, २०७६ साल
    काठमाडौँ, वैशाख ४  संसदीय सुनुवाइ समितिले प्रमुख निर्वाचन आयुक्तमा दिनेश थपलिया र समावेशी आयोगको सदस्यमा विष्णुमामा ओझाको नाम अनुमोदन गरेको छ । संवैधानिक परिषद् सिफारिस भएका थपलियाको बुधबार सुनुवाई भएको थियो ।  थपलियाले सुनुवाई समितिमा आफू प्रमुख आयुक्त बनेपछि निर्वाचन आयोग र निर्वाचन प्रणाली सुधारका लागि गर्ने कामहरुको प्रस्तुती गरेका थिए । उनले स्वच्छ निर्वाचन गराउने, विदेशमा रहेकाहरुको पनि मतदात सुरक्षित गराउने, चुनावी..

    ललिता निवासको जग्गामा राष्ट्रिय झण्डा गाड्न गएकाहरु गिरफ्तार

    बुधबार, बैशाख ४, २०७६ साल
    काठमाडौं, ४ वैशाख बालुवाटारको ललिता निवासको जग्गामा राष्ट्रिय झण्डा गाड्न गएका विवेकशील नेपाली दलका नेता कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको छ । भूमाफिया र सरकारी कर्मचारी मिलेर सरकारी जग्गा व्यक्तिको नाममा लगेको खुलेपछि चौतर्फी विरोध भइरहेको छ । विवेकशीलले भने बुधबार सरकारी जग्गामा राष्ट्रिय झण्डा गाड्ने कार्यक्रम राखेको थियो । तर, प्रहरीले निषेधित क्षेत्र भन्दै रोकेको छ । त्यसक्रममा विवेकशीलका केही नेतालाई प्रहरीले पक्राउ..

    चन्द नेतृत्वको समूहसँग वार्ता प्रक्रिया भइरहेको छ : गृहमन्त्री

    बुधबार, बैशाख ४, २०७६ साल
    हेटौँडा, ४ वैशाख  गृहमन्त्री रामबहादुर थापाले हिंसाको बाटो अपनाएको नेत्रविक्रम चन्द नेतृत्वको समूहसँग वार्ता प्रक्रिया भइरहेको बताउनुभएको छ । गृहमन्त्रायद्वारा नं ३ प्रदेशस्तरीय शान्ति सुरक्षा गोष्ठीको बुधबार उद्घाटन कार्यक्रममा उहाँले हिंसाको बाटो हिँड्ने कसैलाई नछोड्ने उल्लेख गर्नुभयो । संविधान र राज्य विरोधी तथा विखण्डनकारी तत्वलाई वर्तमान सरकारले नियन्त्रण गर्दै शान्ति सुरक्षाको कार्यलाई व्यवस्थित एवं प्रभावकारी बनाएको बताउनुभयो । गृहमन्त्री थापाले विकास एवं..

    समाचारपत्र दैनिकका प्रधानसम्पादक पुष्करलाल श्रेष्ठको निधन

    बुधबार, बैशाख ४, २०७६ साल
    काठमाडौं, ४ बैशाख । विगत केही समययता बिरामी पर्दै आएका नेपाल समाचारपत्र दैनिकका प्रधानसम्पादक पुष्करलाल श्रेष्ठको निधन भएको छ ।   वरिष्ठ पत्रकार श्रेष्ठको उपचारकै क्रममा थापाथलीस्थित नर्भिक अस्पतालमा आज बिहान पौने १२ बजे निधन भएको हो ।  श्रेष्ठको पार्थिव शरीरको दिउँसो ३ बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने उनको परिवारश्रोतले जनाएको छ ।  केही महिनाअघि नाकमा समस्या देखिएपछि उनको काठमाडौंकै वयोधा अस्पतालमा नाक र..

    स्थानीय सरकारलाई थप बलियो बनाउछौँ : मन्त्री विष्ट

    बुधबार, बैशाख ४, २०७६ साल
    गलकोट, ४ वैशाख  श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले स्थानीय सरकारलाई थप बलियो बनाउन वर्तमान सरकार लागिपरेको बताउनुभएको छ ।   बागलुङ जिल्लाको गलकोट नगरपालिकाले बुधबार बिहान आयोजना गरेको स्वागत कार्यक्रममा मन्त्री विष्टले केन्द्रीय सरकारले चालेको आयोजना स्थानीयस्तरमा आउँदा प्रभावकारी नहुने परिपाटीको अन्त्यका लागि स्थानीय सरकारलाई थप जिम्मेवार  बनाउने बताउनुभयो ।  उहाँले स्थानीय सरकारलाई काम गर्न दिँदा छिटो विकास हुने बताउँदै ठूला योजनाबाहेक..

    यस्ता छन् काङ्ग्रेसको ‘हिपतम’ जागरण अभियानका १५ उद्देश्य

    बुधबार, बैशाख ४, २०७६ साल
    काठमाडौँ, ४ वैशाख : प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले पार्टी सङ्गठन सुदृढीकरणका लागि देशभर ‘हिमाल, पहाड, तराई–मधेश (हिपतम) राष्ट्रिय जागरण अभियान शुरु गर्ने भएको छ । यही वैशाख ११ गतेदेखि अभियान शुरु हुनेछ ।    काङ्ग्रेसले पत्रकार सम्मेलन गरी सबै जिल्ला, क्षेत्र, गाउँ/नगर, वडा र टोलसम्म विस्तारित जागरण अभियान २०७६ साल भरी तीन चरणमा सम्पन्न हुने जनाइएको छ ।  पार्टीको महासमिति बैठकबाट पारित नीति,..

    ललिता निवास हिनामिना प्रकरणः अख्तियारभित्रै सेटिङ प्रयास

    बुधबार, बैशाख ४, २०७६ साल
    काठमाडौँ, ४ वैशाख  बालुवाटारस्थित ललिता निवासको जग्गा कानुनविपरीत व्यक्तिका नाममा दर्ता गरिएको विषयमा छानबिन प्रभावित पार्न खोजेको पुष्टि भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक महाशाखा प्रमुखलाई ‘अघोषित कारबाही’ गरेको छ । अख्तियारले अनुसन्धान महाशाखाका प्रमुख हरिप्रसाद जोशीलाई महान्यायाधिवक्ता कार्यालयमा फिर्ता पठाएको हो ।  जोशीले ललिता निवासबारे पेस गरेको अनुसन्धान प्रतिवेदनसमेत विश्वासिलो नभएपछि अख्तिायारले छिट्टै नयाँ अनुसन्धान अधिकृत तोक्ने तयारी गरेको छ । ..

    नेपाल-भारत सीमा ३ दिन बन्द, थप सुरक्षाकर्मी तैनाथ

    बुधबार, बैशाख ४, २०७६ साल
    भद्रपुर, ३ वैशाख : नेपाल भारत सीमा क्षेत्र मंगलबारदेखि तीन दिनका लागि बन्द गरिएको छ ।  भारतको सीमावर्ती क्षेत्रमा लोकसभा निर्वाचनको मतदान हुनु २४ घण्टा अगाडि नै नेपाल भारतको सिमाना बन्द गरिएको झापा जिल्ला प्रमुख अधिकारी जनकराज दाहालले बताउनुभयो ।  उहाँका अनुसार यही वैशाख ५ गते भारतको पश्चिम बङ्गालस्थित नेपालसँग  सीमाना जोडिएका पानी ट्याङ्की नक्साल वाडीलगायत क्षेत्रमा लोकसभा सदस्यको निर्वाचन मतदान हुने..

    समायोजन चित्त नबुझेपछि संशोधनका लागि मन्त्रालय धाउँदै कर्मचारी

    मंगलवार, बैशाख ३, २०७६ साल
    काठमाडौँ, ३ वैशाख ।   सरकारले सङ्घ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन गरेको एक महीना नबित्दै संशोधनको माग गर्दै उनीहरु दैनिक रुपमा मन्त्रालय धाउन थालेका छन् ।    सरकारले गत चैत १४ गते तीनै तहमा करीब एक लाख ३१ हजार कर्मचारी समायोजन गरेको थियो । समायोजनप्रति चित्त नबुझे सरकारले ‘गुनासो व्यवस्थापन समिति’ मार्फत आफ्नो गुनासो राख्न पाउने व्यवस्था गरेपछि कर्मचारीहरु दैनिक रुपमा मन्त्रालयमा आएर..

    प्रदेश नं ५ : प्रदेशसभाले ३० विधेयक पारित गर्यो

    मंगलवार, बैशाख ३, २०७६ साल
    बुटवल , ३ वैशाख प्रदेश नं ५ को प्रदेशसभाले अहिलेसम्म  ३० विधेयक पारित गरेको छ । पारित भएका विधेयकमध्ये ४ विधेयक प्रथम अधिवेसनले, ११ विधेयक दोस्रो अधिवेसनले  र १५ विधेयक तेस्रो अधिवेसनले पारित गरेको प्रदेश नं ५ को प्रदेशसभा सचिवालले जनाएको छ ।  तेस्रो अधिवेसनले पारित गरेका १५ विधेयकमध्ये सात विधेयक मात्रै प्रदेश प्रमुख उमाकान्त झाले  प्रमाणित गर्नुभएको छ भने अन्य विधेयक प्रमाणित..

    विप्लव समूहलाई मूलधारमा ल्याउनुपर्छः सभापति देउवा

    मंगलवार, बैशाख ३, २०७६ साल
    भीमदत्तनगर, ३ वैशाख    नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले नेत्रविक्रम चन्द (विप्लव) समूहलाई सरकारले वार्ताका माध्यमबाट राष्ट्रिय राजनीतिको मूलधारमा ल्याउनुपर्ने बताउनुभएको छ ।  “विप्लव समूहलाई वार्ताद्वारा सहमतिमा ल्याएर मुलुकमा शान्ति सुरक्षा कायम गर्नुपर्छ”, आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “दुई तिहाइको बलमा जे पनि गर्न पाइँदैन, तत्काल वार्ता गरेर सरकार अगाडि बढ्नुपर्दछ ।”   पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका सभापति देउवाले दुई तिहाइको बलमा सरकार हरेक क्षेत्रमा..

    वैशाख ९ गतेभित्रमा पार्टी एकताले मूर्तरुप लिने छ : नेता आचार्य

    मंगलवार, बैशाख ३, २०७६ साल
    बेनी, ३ वैशाख  नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य भीम आचार्यले वैशाख ९ गतेभित्रमा पार्टी एकताले मूर्तरुप लिने बताउनुभएको छ । नेकपा म्याग्दीले आज बेनीमा आयोजना गरेको अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा नेता आचार्यले पार्टीका शीर्ष नेतृत्व एकतालाई छिट्टै निष्कर्षमा पु¥याउने कसरतमा जुटेको बताउनुभएको हो ।   उहाँले वैशाख ९ गते परेको नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको दिनसम्म एकताको प्रक्रिया टुङ्ग्याएर पार्टीलाई बलियो बनाउने..

    हलेसीमा बस दुर्घटना : एकको मृत्यु, १४ गम्भीर घाइते

    मंगलवार, बैशाख ३, २०७६ साल
    खोटाङ, ३ वैशाख  काठमाडौँबाट खोटाङको दिक्तेल आउँदै गरेको बस हलेसीमा दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने १४ गम्भीर घाइते भएका छन् । चालक र सहचालकसहित १५ सवार ना४ख ७४११ नंको बस गए राति ११ बजे हलेसी तुवाचुङ नगरपालिका–७ रिट्ठाबोटेमा दुर्घटना हुँदा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडाका ३२ वर्षीय प्रजबहादुर राईको मृत्यु भएको हो ।   दुर्घटनामा गम्भीर घाइते बनेका राईको एम्बुलेन्समार्फत उपचार गराउन..

    विमान दुर्घटनामा ज्यान गुमाएका प्रहरीप्रति दुःख व्यक्त

    मंगलवार, बैशाख ३, २०७६ साल
    काठमाडौँ, ३ वैशाख  नेपाल प्रहरीले लुक्ला दुर्घटनामा ज्यान गुमाएका राष्ट्रसेवक प्रहरी कर्मचारीप्रति दुःख व्यक्त गरेको छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले यही वैशाख १ गते सोलुखुम्बुको लुक्ला विमानस्थलमा भएको विमान दुर्घटनामा परी कर्तव्यपालनाको सिलसिलामा वीरगति प्राप्त गर्नुभएका प्रहरी सहायक निरीक्षक रामबहादुर खड्का र रुद्रबहादुर श्रेष्ठप्रति गहिरो दुःख व्यक्त गर्नुभएको हो ।   महानिरीक्षक खनालले दुःखको घडीमा दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त..

    नेकपाको सांगठनिक एकता वैशाख ९ गते होला त ? यस्तो छ तयारी..

    मंगलवार, बैशाख ३, २०७६ साल
    काठमाडौँ, ३ वैशाख नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संगठनात्मक एकताको तयारीमा छ । शीर्ष नेताहरु आन्तरिक छलफलमा जुटेको नेकपाले बताएकोछ । शुक्रबार र शनिबार अध्यक्षद्वय सहितका नेताहरु चन्द्रागिरीमा छलफलमा जुटे । तर, पनि तत्कालै पूर्णता पाउने अवस्था नरहेको कतिपयले बताउँने गरेका छन् । गत शुक्रबार र शनिवार नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल सहितका नेताहरु चन्द्रागिरी पुगेर छलफल गरे । तर,..

    पार्टीमा एकता भए कसैले काङ्ग्रेसलाई हराउन सक्दैन : देउवा

    मंगलवार, बैशाख ३, २०७६ साल
    भीमदत्तनगर, ३ वैशाख : नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पार्टिभित्र एकता हुन जरुरी रहेको बताउनुभएको छ । नेपाली काङ्ग्रेस कञ्चनपुरको जिल्ला सम्मेलनको आज  उद्घाटन गर्दै उहाँले अबको समयमा पार्टी एक ढिक्का भएर अगाडी बढ्ने बताउनुभयो । सभापति देउवाले पार्टी एकताको शुरुआत अब कार्यकर्ता तहमा कञ्चनपुरबाट हुनुपर्ने बताउनुभयो ।  “पार्टीमा एकता भए कसैले पनि काङ्ग्रेसलाई हराउन सक्दैन”, उहाँले भन्नुभयो । आगामी निर्वाचनमा काङ्ग्रेस मुलुककै..

    शान्ति मिसनमा जाने सशस्त्र प्रहरीका लागि खुसीको खबर

    सोमबार, बैशाख २, २०७६ साल
    काठमाडौँ, २ वैशाख सशस्त्र प्रहरी बलबाट शान्ति मिसनमा गएकाहरूले विभिन्न शीर्षकमा तिर्नुपर्ने १५० डलर अर्थात १५ हजार बढी रूपैयाँ अब तिर्नु नपर्ने भएको छ । सशस्त्र प्रहरी बलका प्रवक्ता डिआइजी सुरजकुमार श्रेष्ठले सशस्त्रको कल्याणकारी सेवा केन्द्रको सञ्चालक समितिले उक्त रकम तिर्नु नपर्ने निर्णय गरेको जानकारी दिए । यसअघि मिसनबाट फर्केकाहरूले सशस्त्र प्रहरी बल महिला संघलाई ३५, भूपु सशस्त्र प्रहरी संघलाई ३५ र एपिएफ..

    पेट्रोलियम खानीको विस्तृत अध्ययन गर्न चिनियाँ टोली नेपाल आउँदै

    सोमबार, बैशाख २, २०७६ साल
    काठमाडौ, २ वैशाख संविधानसभाले संविधान जारी गरेपछि भारतले नेपालमाथि नाकाबन्दी गर्‍यो । पेट्रोलियम पदार्थको आयातमा प्रतिबन्ध लागेपछि देशभित्रै हाहाकार मच्चियो । यससँगै देशभित्रै विभिन्न स्रोतको खोजी भयो । त्यस मध्येको एक थियो पेट्रोलियम पदार्थको खानीको खोज तथा अन्वेषण । देशभित्रै पेट्रोलियम पदार्थको खानी रहेको भनिएपनि यो अध्ययनमै सीमित भएको थियो । नाकाबन्दीबाट आहत भएका नागरिकलाई सरकारले केही गर्दैछ भन्ने सन्देश दिने लक्ष्यका साथ..

    राजश्वमा गुणात्मक वृद्धि गर्न मन्त्री खतिवडाको निर्देशन

    सोमबार, बैशाख २, २०७६ साल
    चितवन, २ वैशाख   अर्थमन्त्री डा युवराज खतिवडाले करको दायरा बढाएर राजश्वमा गुणात्मक वृद्धि गर्न निर्देशन दिनुभएको छ । आन्तरिक राजश्व कार्यालय भरतपुरका कर्मचारीलाई आज यहाँ निर्देशन दिँदै मन्त्री खतिवडाले सङ्ख्या मात्रै भन्दा राजश्वमा गुणात्मक वृद्धि गर्न निर्देशन दिनुभएको हो ।    करमा दर्ता मात्रै हुने तर राजश्व तिर्ने गरी व्यवसाय गर्ने कम भएको भन्दै उहाँले व्यवसाय गर्ने करदातालाई करको दायरामा ल्याउन निर्देशन दिनुभयो..

    सरकारद्वारा विमान दुर्घटनाको छानबिन गर्न समिति गठन

    सोमबार, बैशाख २, २०७६ साल
    काठमाडौँ, २ वैशाख   सरकारले सोलुखुम्बुको लुक्लास्थित तेञ्जिङ हिलारी विमानस्थलमा आइतबार बिहान भएको समिट एयरको विमान दुर्घटनाको बारेमा छानबिन गर्न एक समिति गठन गरेको छ ।   संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का पूर्वमहानिर्देशक राजेशराज दलीको अध्यक्षतामा छानबिन समिति गठन गरेको मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले राससलाई जानकारी दिनुभयो ।   सो समितिमा नेपाल वायुसेवा निगमका इञ्जिनीयर राजेश श्रेष्ठ र सीता..

    केन्द्रले पठाएको कर्मचारी स्थानीय तहले फिर्ता गरेपछि ...

    सोमबार, बैशाख २, २०७६ साल
    काठमाडौँ, २ वैशाख संघीय सरकारले समायोजन गरी पठाएका कर्मचारीलाई केही स्थानीय तहले फिर्ता पठाएका छन् । आफूसँग साविकमा कार्यरत कर्मचारी पर्याप्त भएको भन्दै संघीय सरकारले पठाएका कर्मचारी फिर्ता पठाएका हुन् । यो समाचार आजको नागरिक दैनिकमा भुवन शर्माले लेखेका छन् ।  कर्मचारी फिर्ता पठाउने स्थानीय तहमा काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका, भक्तपुर नगरपालिका र मध्यपुर थिमि नगरपालिका छन् ।  स्थानीय मन्त्रालयका निमित्त सचिव सुरेश..

    सोलुखुम्बु जहाज दुर्घटना अपडेट : मृतकको संख्या ३ पुग्यो

    आईतवार, बैशाख १, २०७६ साल
    काठमाडौँ, १ वैशाख सोलुखुम्बुको लुक्ला एयरपोर्टमा हवाईजहाज र हेलिकोप्टर ठोक्किँदा मृत्यु हुनेहरुको संख्या ३ पुगेको छ । नेपाल प्रहरीका असई रुद्रबहादुर श्रेष्ठको मृत्यु भएसँगै मृतकको संख्या ३ पुगेको हो । श्रेष्ठको काठमाडौं ल्याउने क्रममा मृत्यु भएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार रानाले पुष्टि गरे । यसअघि समिट एयरका कोपाइलट सुदीप ढुंगाना र पर्यटक प्रहरी असई रामबहादुर खड्काको मृत्यु भएको थियो । आइतबार..

    नयाँ वर्षमा प्रधानमन्त्री ओलीद्वारा देशबासीलाई सम्बोधन

    आईतवार, बैशाख १, २०७६ साल
    काठमाडौं, १ वैशाख प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्षको अवसरमा देशबासीको नाममा सम्बोधन गरिरहेका छन् । प्रधानमन्त्री निवास बालुवाटार परिसरबाट ओलीले सम्बोधन गरेका छन् । सम्बोधनको क्रममा उनले सरकारका उपलब्धीको चर्चा गरेका छन् । प्रधानमन्त्री रोजगार कार्यक्रम, नेपालको पानी, जनताको लगानी, खोलौं बैंक खाता अभियानको सुरुआतलाई उनले उपलब्धीको रुपमा व्याख्या गरेका छन् ।..

    प्रधानमन्त्री ओलीले आइतबार बिहान राष्ट्रका नाममा सम्बोधन गर्ने

    शनिबार, चैत्र ३०, २०७५ साल
    काठमाडौं, ३० चैत नयाँ वर्षको अवसर पारेर प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन् ।  प्रधानमन्त्री ओलीले विहान ७ बजे प्रधानमन्त्री निवास बालुवाटारबाट राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन् ।  प्रधानमन्त्री ओलीले समृद्धिको क्षेत्रमा आफ्ना नयाँ योजनाहरु सार्वजनिक गर्ने बताइएको छ ।  ओलीले पुरानो वर्षको विदाई तथा नयाँ वर्षको स्वागतका लागि आजै नेताहरुलाई बालुवाटारमा रात्रीभोज समेत दिँदैछन् । ..

    मधेसी जनताको अधिकारका लागि ज्यान दिन तयार छु : सीके राउत

    शनिबार, चैत्र ३०, २०७५ साल
    सिरहा, ३० चैत जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले मधेसी जनताको अधिकारका लागि आफू ज्यान दिन तयार रहेको बताएका छन् । उनले मधेसवादी दलको पसल बन्द हुन लागेको बताएका हुन् । सिरहाको मिर्चैयामा आयोजित विजय सभालाई सम्बोधन गर्दै उनले मधेसवादी दलहरुप्रति लक्षित गर्दै सँधै जनतालाई भ्रममा राख्न नसकिने भन्दै उनीहरुको दुकान बन्द हुने बताएका हुन् ।  उनले केही तत्वहरुले आफ्नो दुकान (पसल)..

    नेकपा महासचिव विष्णु पौडेल चीन प्रस्थान

    शनिबार, चैत्र ३०, २०७५ साल
    काठमाडौँ, ३० चैत  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णुप्रसाद पौडेल चीन प्रस्थान गर्नुभएको छ ।  उहाँ सियान विश्वविद्यालयद्वारा स्थापना गरिएको सियान–साउथ एसियन स्ट्डी सेन्टरको उद्घाटन गर्न शनिबार चीनतर्फ प्रस्थान गर्नुभएको नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिनुभयो ।  चीनमा रहदा उहाँले चिनियाँ कम्युनिष्ट पार्टीका उच्च तहका नेताहरुसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको छ । महासचिव पौडेल आगामी वैशाख ७ गते स्वदेश फर्कने हुने..
    Weather Forecast