आईतवार, भाद्र २९, २०७६

    राज्य-समाज

    प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा वर्तमान सरकार पाँच वर्षसम्म चल्छ : अध्यक्ष दाहाल

    सोमबार, जेष्ठ १३, २०७६ साल
    विराटनगर, १३ जेठ ।   नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले वर्तमान सरकार पाँच वर्षसम्म निरन्तर चल्ने बताउनुभएको छ ।    विराटनगर विमानस्थलमा सोमबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा सरकारले प्रभावकारी रुपमा कार्य अगाडि वढाइरहेको हुनाले नेतृत्व परिवर्तनको अहिले आवश्यकता नरहेको स्पष्ट पार्नुभयो ।     उहाँले विप्लप समूह शान्तिपूर्ण राजनीतिमको बाटोमा आउनुबाहेक अन्य कुनै विकल्प नहरको उल्लेख गर्दै हिंसाको  राजनीतिबाट  राजनीतिक..

    तातोपानी नाका खुल्ने खबरले नेपालीहरु खुशी, अर्थतन्त्रमा सुधार आउने आशा

    सोमबार, जेष्ठ १३, २०७६ साल
    काठमाडौँ, १३ जेठ ।   यही साता, चार वर्षपछि तातोपानी नाका सञ्चालनमा आउँदैछ । ‘गोरखा भूकम्प’का कारण बन्द भएको नेपाल र चीन जोड्ने पुरानो नाका बन्द हुँदा त्यसको सबैभन्दा ठूलो प्रभाव मुलुकको अर्थतन्त्रमा प¥यो । व्यापार व्यवसायको प्रवद्र्धनका लागि अग्रपङ्क्तिमा रहेका निजी क्षेत्र पनि समस्यामा परे । सोही नाका भएर सञ्चालित एक हजार बढी ट्रक तथा कन्टेनर अन्यत्रै पलायन भए ।    प्राकृतिक विपत्तिले..

    ११औँ गणतन्त्र दिवसका लागि कामपाले तयारी गर्दै

    सोमबार, जेष्ठ १३, २०७६ साल
    काठमाडौँ, १३ जेठ  ।  काठमाडौँ महानगरपालिका गणतन्त्र दिवस मनाउन सरसफाइ र सजावटको काममा जुटेको छ । आगामी जेठ १५ गते मनाइने ११औँ गणतन्त्र दिवसका लागि कामपाले प्रमुख विद्यसुन्दर शाक्यको संयोजकत्वमा मञ्च सजावट तथा व्यवस्थान उपसमिति नै गठन गरेर तयारी थालेको छ ।  उपसमितिका सदस्य सचिव विष्णु जोशीका अनुसार तयारीस्वरुप अहिले सरसफाइ र अन्य सजावको काम भइरहेको छ । उक्त दिन कामपाको तर्फबाट..

    विवादका बीच अमेरिकी राजदूतको ‘गफगाफ’ कार्यक्रम (भिडियोसहित)

    सोमबार, जेष्ठ १३, २०७६ साल
    काठमाडौँ, १३ जेठ ।  नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले विवादका बीच ‘अमेरिकी राजदूतसँग गफगाफ’ कार्यक्रम सुरु गर्नुभएको छ।  बेरीले गत सोमबार सामाजिक सञ्जालमा जोडिएका नेपाली नागरिकसँग कुराकानी गर्ने भन्दै ‘राजदूतसँग गफगाफ’कार्यक्रम सञ्चालन गर्ने घोषणा गर्नुभएको थियो । पूर्वघोषणा अनुसार बेरीले सोमबार सामाजिक सञ्जालमा कार्यक्रमको पहिलो शृंखलाको भिडियो प्रसारित गर्नुभएको छ । भिडियोमा प्राची नाम गरेकी एक विद्यार्थीले  ‘अमेरिकामा पढ्न चाहने नेपाली विद्यार्थीहरुलाई..

    विद्रोही पक्षसँग वार्ता गर्न सरकारको ध्यानाकर्षण, २ विधेयक विधायन समितिमा

    सोमबार, जेष्ठ १३, २०७६ साल
    काठमाडौँ, १३ जेठ ।   प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसदले राजधानीलगायत जिल्लामा बढ्दै गएको हत्या, हिंसा तथा महिला यौन दुव्र्यवहारका घटना बढ्दै गएकामा  सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।     प्रतिनिधिसभाको सोमबारको बैठकको शून्य समयमा सांसद लालकाजी गुरुङ, बहादुरसिंह लामा, शान्ता चौधरी, सत्यनारायण शर्मा खनाल, सत्य पहाडी समिना हुसेन, सरिताकुमारी गिरी, सीतादेवी यादव, स्मृतिनारायण चौधरी, सुजाता परियार, हरिराज अधिकारी, ज्ञानकुमारी छन्त्यालले सो विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको..

    सरकारी उद्योगको कपडा कर्मचारीले अनिवार्य खरीद गर्नुपर्ने : मन्त्री यादव

    सोमबार, जेष्ठ १३, २०७६ साल
    विराटनगर, १३ जेठ ।   उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले हेटौडा कपडा उद्योगबाट उत्पादन हुने कपडा अनिवार्यरूपमा सरकारी कर्मचारीले प्रयोग गर्नुपर्ने बताउनुभएको छ ।   विराटनगर विमानस्थलमा सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सरकारले उद्योग भाडामा सञ्चालन गर्ने र नेपाली सेना, प्रहरीले आवश्यकताअनुसारको उत्पादन प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो ।   मन्त्री यादवले उच्च अदालतको न्यायाधीशको नेतृत्वमा गठन गरिएको आयोगको प्रतिवेदनपछि सरकारद्वारा सञ्चालित रुग्ण उद्योगहरू गोरखामा रहेको..

    नेपाल प्रहरीका ४५ एसपीको सरुवा (सूचीसहित)

    सोमबार, जेष्ठ १३, २०७६ साल
    काठमाडौँ, १३ जेठ । नेपाल प्रहरीका ४५ प्रहरी उपरीक्षक (एसपी) को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले उनीहरूको सरुवा गरेको हो ।   यस्तो छ सुरुवाको सूची   ..

    गृहमन्त्रीले संसदमा भने - मृत्यु र घाइते भएका सर्वसाधारण होइनन्, नेकपाकै कार्यकर्ता हुन

    सोमबार, जेष्ठ १३, २०७६ साल
    काठमाडौँ, १३ जेठ । आइतबार भएको बिस्फोटमा परेर मृत्यु हुने र घाइते भएकाहरु सर्वसाधारण नभई नेकपाकै कार्यकर्ता भएको गृहमन्त्री रामबहादुर थापा बादलले बताएका छन् । आइतबारदेखि देशका विभिन्न भागमा भएको बिस्फोटक घटनाबारे संसदलाई जानकारी दिँदै गृहमन्त्री थापाले मारिएका चारजना र घाइते भएका ६ जना नेकपाकै कार्यकर्ता भएको जानकारी दिएका हुन् । उनले विप्लव समूहको मुख्य निशाना उपत्यकामा परेको र उसले आह्वान गरेको बन्दको..

    सबैलाई अध्यक्ष, पोलिटब्यूरो, केन्द्रीय सदस्य नै चाहिएकाले पार्टी एकतामा ढिलाइ : प्रचण्ड

    सोमबार, जेष्ठ १३, २०७६ साल
    काठमाडौं, १३ जेठ ।  नेपाल कम्यिुनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबैलाई पद चाहिएकै कारण पार्टी एकतामा गतिरोध आएको बताएका छन् ।  प्रेस संगठन नेपालले पेरिस डाँडामा आयोजना गरेको १७ औं कृष्ण सेन स्मृति दिवस– २०७६ पुरस्कार वितरण समारोहमा अध्यक्ष प्रचण्डले सबैलाई अध्यक्ष, पोलिटब्यूरो, केन्द्रीय सदस्य नै चाहिएकाले पार्टी एकतामा ढिलाइ भएको बताए । ‘यतिबेला हामीलाई साथीहरूलाई म्यानेज गर्न बढो गाह्रो भएको बेला..

    उपत्यकाका विभिन्न स्थानमा विस्फोट : ‘पहिलेदेखि नै शङ्कास्पद गतिविधि थियो’

    सोमबार, जेष्ठ १३, २०७६ साल
    काठमाडौँ, १२ जेठ काठमाडौँ घट्टेकुलोको सङ्गम टोल शान्त थियो । यहाँ यस्ता घटना यसअघि भएको थिएन तर आज एक्कासि घटना हुँदा भने स्थानीयवासी चकित भए । पढ्न बसेका शौरभ भट्टराई ठूलो आवाज आउँदा अच्चममा पर्नुभयो । कहाँ के भयो भनेर हत्तनपत्त बाहिर निस्कनुभयो । “म पढ्दै थिएँ एक्कासि ठूलो आवाज आयो, बाहिर हेर्दा परको घरमा धुवाँ जस्तो देखेँ, हेर्न जाँदा क्षतविक्षत अवस्थामा..

    प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने मन्त्रिपरिषद्को निर्णय

    आईतवार, जेष्ठ १२, २०७६ साल
    हेटौँडा, १२ जेठ । प्रदेश नं ३ सरकारको आईतबार बसेको मन्त्रिपरिषद् बैठकले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तथा प्रदेश विकास परिषद् गठन गर्ने महत्वपूर्ण निर्णय गरेको छ । मन्त्रिपरिषद् निर्णयअनुसार प्रदेशको नीति तथा कार्यक्रम यही जेठ १४ गते प्रस्तुत हुने भएको । आईतबार बसेको बैठकले आर्थिक वर्ष २०७६÷७७ को वार्षिक नीति तथा कार्यक्रम प्रदेशसभा समक्ष प्रस्तुत गर्ने निर्णय गरेको हो ।..

    सबै नेपालीलाई शुद्ध खानेपानी उपलब्ध गराउने विषयमा सरकार गम्भीर : मन्त्री मगर

    आईतवार, जेष्ठ १२, २०७६ साल
    भजनी, १२ जेठ   खानेपानी तथा सरसफाइमन्त्री बिना मगरले सम्पूर्ण नेपालीलाई प्रशोधित खानेपानीको सुनिश्चितता गरी शुद्ध खानेपानी पुर्याउने सरकारको मुख्य लक्ष्य रहेको बताउनुभएको छ ।    कैलालीको टीकापुरस्थित टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको दोस्रो चुनावी साधारणसभामा उहाँले सबै नेपालीलाई शुद्ध खानेपानी उपलब्ध गराउने विषयमा सरकार गम्भीर रहेको बताउनुभयो ।    “प्रशोधित खानेपानीको सुनिश्चितता सरकारको मुख्य एजेण्डा हो”, उहाँले भन्नुभयो । मुलुकमा करीब ४३..

    सुकेधारास्थित ढलाने पुल नजिकै विस्फोट, '६ जना घाइते'

    आईतवार, जेष्ठ १२, २०७६ साल
    काठमाडौँ, १२ वैशाख सुकेधारास्थित ढलाने पुल नजिकै विस्फोट हुँदा ६ जना घाइते भएका छन्। सैलुनमा रहेको ग्यास सिलिन्डर पड्किएर उनीहरु घाइते भएको प्रारम्भिक अनुसन्धानमा देखिएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटीले जानकारी दिए।  'हाम्रो टोली घटनास्थलमा पुग्दै छ। अहिलेसम्म ६ जना घाइते भएको जानकारीमा आएको छ,' डिएसपी बोगटीले भने। घाइतेमध्ये पाँच जनाको ओम अस्पताल र टिचिङ अस्पतालमा उपचार भइरहेको छ।..

    ब्ल्याङ्क चेक लिई रकम बढाई बाउन्स गर्ने महिला पक्राउ

    आईतवार, जेष्ठ १२, २०७६ साल
    काठमाडौं, १२ जेठ ।  काठमाडौं महानगरपालिका–१५ स्वयम्भुस्थित फेन्सी पसल संचालन गरी बस्ने सिन्धुपाल्चोक पाङग्रेटार घर भएकी ३६ वर्षीया अप्सरा श्रेष्ठ (कार्की) लाई ब्ल्याङ्क चेक लिई रकम बढाई चेक बाउन्स गरेको अभियोगमा महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । अप्सराले अशिक्षित महिला तथा पुरुषहरुलाई घर व्यवहार चलाउन बढीमा २०÷२५ हजार ऋण सापटी दिई सावाँ रकम असुली गर्नु अगावै बिश्वास दिलाई..

    कांग्रेसको चेतावनी : सरकारले संसदमा दर्ता गराएका ३ वटा विधेयक पारित गर्न नदिने

    आईतवार, जेष्ठ १२, २०७६ साल
    काठमाडौँ, १२ जेठ नेपाली काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले संविधानको प्रावधानलाई कुल्चिने गरी सरकारले ल्याएको कुनै पनि विधेयक संसदबाट अघि बढाउन नदिने चेतावनी दिएका छन्। प्रमुख सचेतक खाँणले सरकारले संसदमा पेश गरेको प्रेस स्वतन्त्रता, मानव अधिकार र राष्ट्रिय सुरक्षाजस्तो संवेदनशील विषयको प्रतिकूल हुने गरी आएका विधेयक संसदबाट फिर्ता नभए सडक आन्दोलनमा जान आफ्नो पार्टी बाध्य हुने चेतावनी दिए। पार्टीको राष्ट्रिय जागरण अभियान अन्तरगत..

    उपराष्ट्रपति पुन अष्ट्रिया प्रस्थान, जलवायुसम्बन्धी आर–२० शिखर सम्मेलनमा सहभागी हुँदै

    आईतवार, जेष्ठ १२, २०७६ साल
    काठमाडौँ, १२ जेठ । उपराष्ट्रपति नन्दबहादुर पुन युरोपेली मुलुक अष्ट्रियाको साताव्यापी भ्रमणका लागि आईतबार बिहान त्यसतर्फ प्रस्थान गर्नु भएको छ ।  उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिव शङ्करदास बैरागीले बिदाइ गर्नुभयो ।  उपराष्ट्रपति पुनको सम्मानमा नेपाली सेनाको एक टुकुडीले सम्मानगारत अर्पण गरेको..

    पूर्वप्रधानन्यायाधीश खत्रीको निधन भएको शोकमा आज देशभरका अदालत बन्द

    आईतवार, जेष्ठ १२, २०७६ साल
    काठमाडौँ, १२ जेठ । सर्वोच्च अदालतलले पूर्वप्रधानन्यायाधीश नयनबहादुर खत्रीको ९६ वर्षको उमेरमा निधन भएको शोकमा आइतबार सबै अदालतमा बिदा दिने निर्णय गरेको छ ।  शनिबार अन्त्येष्टि गरिएका खत्रीको शोकमा एक दिन अदालत बन्द गर्ने निर्णय भएको सर्वोच्च अदालतका मुख्य रजिष्टार नृपध्वज निरौलाले जानकारी दिए । खत्रीको अवसानले मुलुकको न्याय, कानुन र मानवअधिकारको क्षेत्रमा अपूरणीय क्षति पुगेको निरौलाले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । सर्वोच्च..

    भारतमा मोदीले जित्दा नेपालमा तरङ्ग किन ? कम्यूनिष्ट, काँग्रेस र हिन्दूबादीको आ-आफ्नै विश्लेषण !

    आईतवार, जेष्ठ १२, २०७६ साल
    काठमाडौँ, १२ जेठ भारतमा भारतीय जनता पार्टी (भाजपा) को जितले अहिले अन्तर्रा्ष्ट्रिय सम्बन्धलाई लिएर विभिन्न बहस सुरु भएको छ । नरेन्द्र मोदी दोस्रो कार्यकालका लागि पाँच वर्ष प्रधानमन्त्रीका रूपमा आउन लागेको भन्दै उसको छिमेकी राष्ट्रसँग कस्तो सम्बन्ध हुने विश्लेषण हुन थालेका छन् । भाजपा हिन्दूवादी पार्टी भएकाले त्यसको प्रभाव अन्य छिमेकी राष्ट्रमा पर्ने आँकलन भइरहेको छ भने अर्को्तिर भारतले अर्थ नीति कस्तो लिने..

    हतियारसहित हेटौँडामा भेटिएका भारतीय प्रहरी टोलीलाई भारत नै फिर्ता

    आईतवार, जेष्ठ १२, २०७६ साल
    हेटौँडा, ११ जेठ  हतियारसहित हेटौँडामा भेटिएका भारतीय प्रहरी टोलीलाई  मकवानपुर प्रहरीले भारत नै फिर्ता पठाएको छ । भारतीय प्रहरी आज हातहतियारसहित मकवानपुरको हेटौँडामा भेटिएका हुन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरको अनुसार हेटौँडाको पशुपति मन्दिर दर्शन गर्ने नाममा आधा दर्जनको सङ्ख्यामा भारतीय प्रहरी हेटौँडा आएका थिए । उनीहरुलाई हेटौँडा–४ स्थित गेष्टहाउसबाट मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको थियो । उनीहरुको साथमा हातहतियार देखेपछि स्थानीयवासीले प्रहरीलाई..

    कैलाश केन्द्रबिन्दु भएर ४ दशमलव ३ रिक्टर स्केलको भूकम्प, ३ जिल्लामा महसुस

    शनिबार, जेष्ठ ११, २०७६ साल
    बैतडी, ११ जेठ । सुदूरपश्चिममा शनिबार राति भूकम्पको धक्का सहसुुस गरिएको छ । शनिबार राति ९ः८ मिनेटमा गएको भूकम्पको धक्का बैतडी, दार्चुला र बझाङमा महसुस गरिएको हो ।    भूकम्प मापन केन्द्र सुर्खेतका टेक्निकल असिस्टेन्ट तीर्थराज दाहालका अनुसार बझाङ सदरमुकाम चैनपुरबाट पूर्वतिर कैलाश केन्द्रबिन्दु भएर ४ दशमलव ३ रिक्टर स्केलको परकम्प गएको हो ।    यसअघि गत चैत २६ गते पनि बैतडी र दार्चुलाको सीमाक्षेत्र..

    गलत सामाजिक र सांस्कृतिक मान्यता र परम्परालाई ध्वस्त पार्नुपर्छ : राष्ट्रपति

    शनिबार, जेष्ठ ११, २०७६ साल
    काठमाडौँ, ११ जेठ  राष्ट्रपति विद्यादेवी भण्डारीले राज्यले सुनिश्चित रहेको सामाजिक परिवर्तन र समृद्धिको यात्रामा धैर्य, साहस, सुझबुझ रुपमा समाजलाई परिचालित गर्ने चेतनशील र जागरुक समुदाय अग्रसर हुन आवश्यक रहेको बताउनुभएको छ ।  बुढानीलकण्ठ नगरपालिका–७ हात्तीगाँैडामा मानवअधिकारको लागि एकल महिला समूहको नवनिर्मित छहारी भवनको शनिबार उद्घाटन गर्दै उहाँले यस्तो प्रयासबाट समाज, राष्ट्र र सम्पूर्ण विश्व नै सुसंस्कृत बन्न गई मानव जीवन सुखी र..

    पूर्वप्रधानन्यायाधीस खत्रीको निधनको शोकमा आईतबार देशभरका अदालत बिदा

    शनिबार, जेष्ठ ११, २०७६ साल
    काठमाडौँ, ११ जेठ । सर्वोच्च अदालतलले पूर्वप्रधानन्यायाधीश नयनबहादुर खत्रीको ९६ वर्षको उमेरमा निधन भएको शोकमा आइतबार सबै अदालतमा बिदा दिने निर्णय गरेको छ । सर्वोच्च अदालतका मुख्य रजिष्टार नृपध्वज निरौलाले शनिबार जारी गरेको प्रेस विज्ञप्तिमा पूर्व प्रधानन्यायाधीश खत्रीको निधनको शोक प्रकट गर्न यही जेठ १२ गते देशभरका जिल्ला, उच्च, सर्वोच्च, विशेष तथा न्यायाधिकरण शोक बिदाका रुपमा बन्द रहने जनाइएको छ । सर्वोच्च..

    अबको प्रहरी सुरक्षित समाज र विकास निर्माणको साझेदार : महानिरीक्षक खनाल

    शनिबार, जेष्ठ ११, २०७६ साल
    चितवन, ११ जेठ  नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरीलाई सुरक्षित समाज र विकास निर्माणमा साझेदारी गराउँदै अगाडि बढाउने बताउनुभएको छ । भरतपुर महानगरपालिका–२२ पटिहानीमा शनिबार पर्यटन प्रहरीको कार्यालय उद्घाटन गर्दै उहाँले प्रहरीमाथि समाजले विश्वास गर्ने वातावरण तयार गर्न लागिपरेको बताउनुभयो ।  पर्यटन प्रहरी पर्यटकको सुरक्षासँगै आम समुदायका लागि स्थापना गरिएको बताउँदै उहाँले पर्यटकीय नगरी सुरक्षित बनाउन आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो,..

    सरकार आफै भ्रष्टाचारमा लिप्त भएको छ : वरिष्ठ नेता पौडेल

    शुक्रबार, जेष्ठ १०, २०७६ साल
    बैतडी, १० जेठ । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको बताउनुभएको छ । जिल्लाको मेलौलीमा आज ‘द्वारिकादेवी ठकुरानी’ नामक पुस्तकको विमोचन तथा जागरण अभियानलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले जनताले वर्तमान सरकारको विकल्प खोज्न थालिसकेको बताउनुभयो ।     “दुई तिहाइको सरकारले जनताको चाहनाअनुसार काम गर्न सकेन”, उहाँले भन्नुभयोे, “सरकार आफै भ्रष्टाचारमा लिप्त भएको छ ।” दुई तिहाइको..

    जिल्ला प्रशासन कार्यालयद्वारा १८ हजार नागरिकता प्रमाणपत्र वितरण

    शुक्रबार, जेष्ठ १०, २०७६ साल
    विदुर, १० जेठ । जिल्ला प्रशासन कार्यालय नुवाकोटले चालु आर्थिक वर्ष शुरु भएदेखि यही  जेठको पहिलो सातासम्म १८ हजार २६५ नागरिकता प्रमाणपत्र वितरण गरेको छ ।  जिप्रकाका अनुसार नयाँ नागरिकता बनाउनेको सङ्ख्या पाँच हजार ९६८ तथा प्रतिलिपि नागरिकता बनाउने १२ हजार २ सय ९७ छन् ।   प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले गत वर्षको तथ्याङ्क विवरणअनुसार  नयाँ नागरिकताको सङ्ख्या सात हजार ३५५ छ ।   कार्यालयका..

    मलेसिया सरकारद्वारा नेपाली कामदारको माग

    शुक्रबार, जेष्ठ १०, २०७६ साल
    काठमाडौँ, १० जेठ  क्वालालुम्पुरस्थित नेपाली राजदूत उदयराज पाण्डे र मलेसियाका मानव संशाधनमन्त्री एम कुलासेगरनबीच भएको भेटवार्तामा मन्त्री सेगरनले स्वास्थ्य परीक्षणको गाँठो एक हप्ताभित्र फुकाउने आश्वासन दिएका छन्  । मलेसियाले स्वास्थ्य परीक्षणको मापदण्ड अर्थात् एसओपी नेपाललाई पठाएपछि नेपालले त्यही आधारमा नयाँ तथा पुराना स्वास्थ्य संस्थालाई स्वास्थ्य परीक्षणका लागि दर्ता हुन सार्वजनिक आह्वान गरेको थियो । अहिले नयाँ तथा पुराना स्वास्थ्य संस्था गरी २ सय..

    प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ३ हजारको निवेदन, १०० दिनको रोजगारी या भत्ता ?

    शुक्रबार, जेष्ठ १०, २०७६ साल
    दमौली, १० जेठ ।   प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि तनहुँको छ गाउँपालिकाका करीब तीन हजारले निवेदन दिएका छन् । नागरिकका लागि न्यूनतम रोजगारीको अवसर सिर्जना गराउने उद्देश्यले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमार्फत सञ्चालनमा ल्याइएका जिल्लाका छ गाउँपालिकाका दुई हजार ९५४ जनाले बेरोजगार फारम भरेका हुन् ।   प्रत्येक स्थानीय तहको वडाबाटै बेरोजगार हुनेहरुको तथ्याङ्क सङ्कलन गरिएको थियो । चार वटा नगरपालिकामा भने तथ्याङ्क एकीकृत..

    वाइडबडी भ्रष्टाचारबारे सर्वसाधारणलाई जानकारी दिन सार्वजनिक सुनुवाइ हुँदै

    शुक्रबार, जेष्ठ १०, २०७६ साल
    काठमाडौँ, १० जेठ  । ‘नेपालका लागि नेपाली अभियान’ले वाइडबडीबारे यही जेठ ११ गते  स्थानीय वसन्तपुर डबलीमा सार्वजनिक सुनुवाइ गर्ने भएको छ ।  नेपाल वायुसेवा निगमको हाईफ्लाई–एक्स आइरल्याण्ड लिमिटेडबाट दुई एयरबस ए ३३०–२०० खरीद गर्ने सम्बन्धमा भ्रष्टाचार भएको भन्ने विषयमा सर्वसाधारण नागरिकलाई जानकारी दिन उक्त कार्यक्रम गर्न लागिएको बिहीबार यहाँ आयोजना गरिएको पत्रकार सम्मेलनमा अभियानकर्मी डा सुरेन्द्र भण्डारीले बताउनुभयो । सार्वजनिक सुनुवाइ कार्यक्रममा नागरिक..

    प्रदेश ५ को नीति तथा कार्यक्रम : समृद्धिको आधार कृषि क्षेत्र, के छ प्राथमिकता ?

    शुक्रबार, जेष्ठ १०, २०७६ साल
    काठमाडौं,  १० जेठ । प्रदेश नं ५ को सरकारले ‘कृषिको आधुनिकीकरण’लाई  प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको नीति कार्यक्रम ल्याइएको छ । प्रदेश सरकारको पञ्चवर्षीय योजना र आवधिक योजनाका आधार नीति कार्यक्रम ल्याएको हो ।   नीति कार्यक्रममा कृषि पेशालाई सम्मानजनक बनाउने उद्देश्यले ‘गरौँ व्यावसायिक कृषि, यसैबाट शुुरु हुन्छ प्रदेशको समृद्धि’ भन्ने नारालाई अगाडि सारिएको छ । सरकारले सरकारी, निजी र सहकारी क्षेत्रको सहकार्यमा..

    राष्ट्रपति भण्डारीको भ्रमणपछि चीन–नेपाल सम्बन्ध नयाँ युगमा

    बिहिवार, जेष्ठ ९, २०७६ साल
    काठमाडौँ, ९ जेठ   चीनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट हालै सम्पन्न चीनको राजकीय भ्रमणपछि दुई देशबीचको सम्बन्ध नयाँ युगमा प्रवेश गरेको बताएको छ ।   नेपालसँगको सम्बन्धलाई अतिउच्च महत्व दिएको र उसको राष्ट्रिय सुरक्षा, स्वतन्त्रता, सार्वभौमिकता, क्षेत्रीय अखण्डताको रक्षासँगै प्रगतिको पथमा उन्मुख हुने चाहनामा सघाउन प्रतिबद्ध रहेको पनि चीनले स्पष्ट गरेको छ ।   राष्ट्रपति भण्डारीको चीनको राजकीय भ्रमण, दोस्रो ‘बेल्ट एण्ड रोड’ अन्तर्राष्ट्रिय सम्मेलनलगायत चिनियाँ चासोका..
    Weather Forecast