आईतवार, भाद्र १, २०७६

    राज्य-समाज

    बार अध्यक्षमा प्रगतिशील समूहका चण्डेश्वर श्रेष्ठको अग्रता

    बिहिवार, चैत्र २१, २०७५ साल
    काठमाडौँ, २१ चैत : कानून व्यवसायीहरुको छाता सङ्गठन नेपाल बार एशोसिएशनको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणनामा प्रगतिशील, पेशागत तथा समावेशी समूहका अध्यक्षका उम्मेदवार चण्डेश्वर श्रेष्ठको अग्रता रहेको छ ।    गए राति ९ः३० सम्म गणना भएको जम्मा पाँचहजार ४०४ मध्ये श्रेष्ठले दुई हजार ४४५ मत प्राप्त गर्नुभएको छ । श्रेष्ठलाई बृहत् लोकतान्त्रिक समूहका अध्यक्षका उम्मेदवार सुनिलकुमार पोखरेलले दुई हजार ३७५ मतले पछ्याइरहनुभएको..

    चौतर्फी विरोधपछि हेलिकोप्टर खरिद विवादबारे राष्ट्रपतिले मुख खोलिन्

    बिहिवार, चैत्र २१, २०७५ साल
    काठमाडौँ, २० चैत  राष्ट्रपति विद्यादेवी भण्डारीले राज्यका विभिन्न अङ्गहरूलाई विवादित बनाउन खोजिएको भन्दै गुनासो गरेकी छिन् । बुधबार राजधानीमा न्यायाधीशहरूको तेस्रो राष्ट्रिय सम्मेलनमा बोल्दै उनले पछिल्ला दिनहरूमा राज्यका विभिन्न अङ्गलाई विवादमा तान्न खोजिएको बताएकी हुन् । उनले न्याय क्षेत्र समेत त्यसबाट अछुतो हुन नसकेको भन्दै चिन्ता व्यक्त गरिन् । राष्ट्रपतिको उक्त भनाइलाई कतिपयले उनी आफैँ विवादमा तानिएका केही विषयहरूसँग जोडेर हेरेका छन् । पछिल्ले समय..

    समायोजन संशोधनमा १० हजार कर्मचारीको गुनासो, सम्वोधन हुने

    बुधबार, चैत्र २०, २०७५ साल
    काठमाडौँ, २० चैत    सरकारले सङ्घ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन गरेको एक महीना नबित्दै समायोजन संशोधनको माग गदै ठूलो सङ्ख्यामा गुनासो दर्ता भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा कर्मचारीले समायोजन संशोधन गर्न माग गर्दै करीब नौ हजार ५६५ गुनासो दर्ता गरेको मन्त्रालयका सहसचिव रुपनारायण भट्टराईले जानकारी गराउनुभयो ।    आजसम्म समायोजन संशोधनका लागि कर्मचारीलाई निवेदन दर्ता गराउन समयसीमा तोकिएको..

    बारमा लोकतान्त्रिक समूहका पोखरेल अगाडि, कसको मत कति ?

    बुधबार, चैत्र २०, २०७५ साल
    काठमाडौँ, २० चैत  कानून व्यवसायीको छाता सङ्गठन नेपाल बार एशोसिएशनको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणनामा बृहत् लोकतान्त्रिक समूहका अध्यक्षका उम्मेदवार सुनिलकुमार पोखरेलको अग्रता कायम रहेको छ ।  उपत्यकाबाहिर सबै जिल्लाको मत गनिसक्दा पोखरेलले एक हजार ७८६ मत प्राप्त गर्दै अग्रता कायमै राख्नुभएको छ । पोखरेललाई प्रगतिशील, पेशागत तथा समावेशी समूहका अध्यक्षका उम्मेदवार चण्डेश्वर श्रेष्ठले एक हजार ५६१ मतले पछ्याइरहनुभएको प्रमुख निर्वाचन..

    व्यवसायीले राहत सामग्री निःशुल्क ढुवानी गर्ने

    बुधबार, चैत्र २०, २०७५ साल
    काठमाडौँ, २० चैत बारा र पर्सामा गत आइतबार साँझ आएको हावाहुरीबाट पीडितका लागि राहत सामग्रीको ढुवानी निःशुल्क गरिने भएको छ ।  नेपाल सामान ढुवानी व्यवसायी सङ्घको आज बसेको बैठकले उक्त क्षेत्रमा प्रदान गरिने राहत सामग्री निःशुल्क ढुवानीको व्यवस्था गर्ने निर्णय गरेको हो । सङ्घका अध्यक्ष श्यामकुमार डङ्गोलले राहत सामग्री लैजाने तयारीमा रहेका विभिन्न सङ्घ, संस्था, व्यक्तिलगायत सहयोगी र दातालाई सङ्घसँग समन्वय गर्न..

    अधिनायकवादको भ्रम नछर्न कांग्रेसलाई प्रधानमन्त्रीको चेतावनी

    बुधबार, चैत्र २०, २०७५ साल
    काठमाडौं, २० चैत प्रधानमन्त्री केपी शर्मा ओलीले अधिनायकवाद आयो भनेर जनतामा भ्रम नछर्न प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसलाई चेतावनी दिएका छन्। प्रधानमन्त्री ओलीले अधिनायकवाद आयो भन्नेजस्ता झुटो प्रचार गरिरहे जनताले विश्वास नगर्ने प्रति सचेत रहन प्रमुख प्रतिपक्ष दल काँग्रेसलाई आग्रह गरे। काठमाडौंमा बुधबारबाट सुरु भएको राष्ट्रिय विकास परिषद बैठकको उद्घाटन गर्दै उनले मुलुक समृद्धिको अभियानमा केन्द्रित भएको र त्यसतर्फ सबै राजनीतिक दलहरुलाई..

    विप्लव समूहका ५ सय ४० नेता कार्यकर्ता पक्राउ

    बुधबार, चैत्र २०, २०७५ साल
      काठमाडौँ, २० चैत  नेपाल प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका ५४० नेता तथा कार्यकर्तालाई पक्राउ गरेको छ ।  प्रहरीले विभिन्न घटनामा संलग्न रहेको भन्दै वैशाखदेखि हालसम्म देशका विभिन्न भागबाट उनीहरुलाई पक्राउ गरेको हो । वैशाखमा ६१, जेठमा ६१, असारमा ५२, साउनमा ४८, भदौमा ४२, असोजमा ३३, कात्तिकमा दुई, मङ्सिरमा चार, पुसमा १२, माघमा २३, फागुनमा ७३ र चैतमा १०४ नेता तथा कार्यकर्तालाई पक्राउ..

    नेकपाका ६ सय ६ कार्यकर्तालाई स्थानीय तहमा जिम्मेवारी

    बुधबार, चैत्र २०, २०७५ साल
    फिदिम, २० चैत लामो अन्यौल र अनिश्चयपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकर्ताले स्थानीय तहमा जिम्मेवारी पाउँदै गएका छन् । देशैभरका जिल्लामा एकता कार्यदलको सिफारिसअनुसार सातवटै प्रदेश कमिटीले स्थानीय तहस्तरीय कमिटीको नामावलीलाई अन्तिम रुप दिएसँगै उनीहरुले जिम्मेवारी पाएका हुन् ।  पाँचथरका आठ स्थानीय तहमा नेकपाका ६०६ नेता कार्यकर्ताले स्थानीय तहमा जिम्मेवारी पाएका हुन् । तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच केन्द्रमा पार्टी..

    वैदेशिक रोजगारीको व्यवस्थापन जरुरी : सामाजिक विकासमन्त्री बराल

    बुधबार, चैत्र २०, २०७५ साल
    रुपन्देही, २० चैत प्रदेश ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले वैदेशिक रोजगारीको व्यवस्थापन र स्वदेशमै रोजगारी सिर्जना गर्ने वातावरण निर्माण गर्न जरुरी रहेको बताउनुभएको छ ।  आज रुपन्देहीको तिलोत्तमामा गरिएको ‘रोजगार तथा सामाजिक सुरक्षाको वर्तमान अवस्था र अबको बाटो’ विषयक सञ्चारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा उहाँले विदेशबाट फर्किएपछि पनि युवाहरुले सिकेका सीप र प्रविधिको सदुपयोग गर्न सक्ने अवस्था सिर्जना हुन नसकेको बताउनुभयो । “वैदेशिक..

    कांग्रेसभित्रको विवाद सल्टाउन जिल्ला सभापतिको भेला काठमाडौंमा

    बुधबार, चैत्र २०, २०७५ साल
    काठमाडौं, २० चैत्र ।  प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसभित्रको विवाद पुन चुलिएको देखिएको छ । विधानका विषयलाई लिएर पार्टीका जिल्ला सभापतिको भेला बुधबार काठमाडौंमा हुँदै छन् । केन्द्रीय समिति बैठकले महासमिति बैठकको एजेण्डाविपरीत विधान पारित गरेपछि परिमार्जनका लागि दबाबस्वरुप पुनः जिल्ला सभापतिको भेला हुन लागेको हो ।  गत मंसिर ११ र १२ गते नुवाकोटको ककनीमा सम्पन्न कांग्रेस जिल्ला सभापतिहरुको भेलाले पार्टी विभिन्न २४..

    सर्वोच्चमा ५ न्यायाधीश सिफारिस, उच्चमा १८ नियुक्त, को बन्ला भविष्यमा प्रधानन्यायाधीश ?

    बुधबार, चैत्र २०, २०७५ साल
    काठमाडौ, २० चैत्र ।  मंगलबार बसेको न्याय परिषद्को बैठकले सर्वोच्च अदालतमा ५ जना न्यायाधीश नियुक्तीका लागि सिफारिस गरेको छ ।  परिषद्ले कानुन व्यवसायीबाट न्यायाधीश सिफारिस हुनेहरूमा वरिष्ठ अधिवक्ता कुमार रेग्मी, पूर्व महान्यायाधीवक्ता तथा अधिवक्ता हरिप्रसाद फुयाँल र अधिवक्ता डा. मनोजकुमार शर्मालाई सिफारिस गरेको थियो । त्यस्तै, उच्च अदालतबाट मुख्य न्यायाधीश प्रकाश ढुङगाना र सुष्मलता माथेमा सिफारिस भएका छन् । त्यस्तै, परिषद्को बैठकले उच्च..

    सत्तारुढ नेकपाको जिल्लास्तरको एकीकरण सम्पन्न

    बुधबार, चैत्र २०, २०७५ साल
    इलाम, २० चैत    केन्द्रीयस्तरमा पार्टी एकता भएको लामो समयपछि नेपाल कम्युनिष्ट पाटी ९नेकपा०ले इलाममा एकीकरण सकेको छ । नेकपाले मङ्गलबार बैठक बसेर जिल्लास्तरका पदाधिकारीको अन्तिम टुङ्गो लगाएको हो । नेकपाले इञ्चार्ज, सह–इञ्चार्ज, अध्यक्ष र सचिव गरी चार पदमा पदाधिकारी टुङ्ग्याएको छ भने प्रदेश र स्थानीयस्तरमा इञ्चार्ज र अध्यक्ष फरक–फरक पार्टीको पर्ने गरी मिलाइएको छ ।    नेकपाको पदाधिकारीमा प्रतिनिधिसभाका दुई क्षेत्रमा पूर्व एमालेका..

    बारको मतगणनामा पोखरेलको अग्रता, कसले कति मत प्राप्त गरे ?

    मंगलवार, चैत्र १९, २०७५ साल
    काठमाडौँ, १९ चैत कानून व्यवसायीहरुको छाता सङ्गठन नेपाल बार एशोसिएशनको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणनामा बृहत् लोकतान्त्रिक समूहका अध्यक्षका उम्मेदवार सुनिलकुमार पोखरेले अग्रता लिनुभएको छ ।  मंगलबार राति ९ः२० बजेसम्म दुई हजार ८०० मतगणना गर्दा पोखरेलले एक हजार ४३१ मत प्राप्त गर्नुभएको छ भने प्रगतिशील, पेशागत तथा समावेशी समूहका अध्यक्षका उम्मेदवार चण्डेश्वर श्रेष्ठले एक हजार ३५३ मत प्राप्त गर्नुभएको प्रमुख निर्वाचन..

    औषधि लिएर बारा पुगे चिकित्सक गोविन्द केसी

    मंगलवार, चैत्र १९, २०७५ साल
    बारा, १९ चैत चिकित्सक गोविन्द केसी बारा र पर्सा हावाहुरी प्रभावित क्षेत्रमा औषधि सहित पुगेका छन्। डा. केसी औषधिसहित सोमबार नै बारा पुगेर हावाहुरी प्रभावित ठाउँमा पुगेर घाइते बिरामीहरूको उपचार गरिरहेका बताइएको छ।  डा. केसीले हावाहुरीले अति प्रभावित क्षेत्र बाराको फेटामा स्वास्थ्य शिविर सञ्चालन गरिरहेका छन्। पेशाले हाडजोर्नी विशेषज्ञसमेत रहेका डा. केसीले केही औषधिसहित हावाहुरी प्रभावित क्षेत्रमा पुगेर घाइतेको उपचार गरिरहेको उनका..

    ज्यान गुमाएका परिवारलाई ५ लाख दिने प्रचण्डको घोषणा

    मंगलवार, चैत्र १९, २०७५ साल
    काठमाडौँ, १९ चैत सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बारा र पर्सामा हावाहारीका कारण मृत्यु भएकाको परिवारलाई प्रति परिवार ५ लाख रुपैयाँ दिने घोषणा गरेका छन् । मंगलबार बाराको फेटा गाउँपालिका ६ बरैनियाँ पुगेका प्रचण्डले मृतक परिवारलाई ५/५ लाख रुपैयाँ दिने घोषणा गरेका हुन् । उनले मधेस शोकमा रहेका बेला सिंगो देशले सहयोग गर्नुपर्ने धारणा पनि राखे । हावाहुरीबाट प्रभावितलाई..

    काङ्ग्रेस आफैं सच्चिनु पर्ने महामन्त्री कोइरालाको भनाई

    मंगलवार, चैत्र १९, २०७५ साल
    स्याङ्जा, १९ चैत   नेपाली कांग्रेसका महामन्त्री शशाङ्क कोइरालाले काङ्ग्रेसले आफैँ सच्चिन पर्ने बताउनुभएको छ । प्रेस युनियनद्वारा आज वालिङमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले पार्टीभित्र गुटउपगुट रहेकाले सच्चिनुपर्ने बताउनुभएको हो ।    उहाँले भन्नुभयो, “काङ्ग्रेसको भित्र तिक्तत्ता छ, काङ्ग्रेस एक ठाउँमा उभिँदा कसैले हराउन सक्दैन ।” काङ्ग्रेस धार्मिक स्वतन्त्रताका पक्षमा दृढ रहेको उल्लेख गर्दै उहाँले सबैलाई धार्मिक स्वतन्त्रताका पक्षमा रहन आग्रह गर्नुभयो ।..

    न्यायिक समिति : मेलमिलाप पद्धतिमार्फत् मुद्दाको छिनोफानो

    मंगलवार, चैत्र १९, २०७५ साल
    पाल्पा, १९ चैत  स्थानीय न्यायिक समितिले मुद्दाको मेलमिलाप पद्धतिमार्फत् छिनोफानो गर्न थालेका छन् । स्थानीय न्यायिक समितिको क्षेत्राधिकारभित्र रहेर मेलमिलापमार्फत् मुद्दा किनारा लगाएका छन् ।  मेलमिलापको माध्यमबाट मुद्दाको छिनोफानो गर्दा पक्ष र विपक्षको सम्बन्ध राम्रो हुने र समयको बचत हुँदा स्थानीयतहले मेलमिलाप पद्धति अपनाएको हो । तिनाउ गाउँपालिकाका उपाध्यक्ष तथा स्थानीय न्यायिक समितिका संयोजक दमन्ती थापाका अनुसार अधिकांश मुद्दा मेलमिलाप छलफलका माध्यमबाट..

    सर्वोच्च अदालतका न्यायाधीशमा ५ जनाको नाम सिफारिस

    मंगलवार, चैत्र १९, २०७५ साल
    काठमाडौं, १९ चैत :  न्याय परिषद्को बैठकले सर्वोच्च अदालतको न्यायाधीशमा पाँच जनालाई नियुक्तिका लागि सिफारिस गरेको छ । परिषद्को चैत १९ गते बसेको बैठकले प्रकाशकुमार ढुंगाना, सुष्मालता माथेमा, कुमार रेग्मी, हरिप्रसाद फुयाँल र डाक्टर मनोजकुमार शर्मालाई न्यायाधीशका लागि सिफारिस गरेको हो । सिफारिसमा परेका ढुंगाना उच्च अदालत पाटनका मुख्य न्यायाधीश हुन् । त्यस्तै माथेमा उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश हुन् भने अन्य अधिवक्ताहरु..

    बार एसोसिएसन मतगणना : प्रगतिशील प्यानलको प्रारम्भिक अग्रता

    मंगलवार, चैत्र १९, २०७५ साल
    काठमाडौं, १९ चैत । नेपाल बार एसोसिएसनको नेतृत्वका लागि भएको निर्वाचनको मतगणना जारी छ । इलाम, झापा र विराटनगरको मतगणना सकिँदा प्रगतिशील समूहको प्यानल अगाडि छ । पछिल्लो परिणामअनुसार अध्यक्ष पदमा प्रगतिशील प्यानलका चण्डेश्वर श्रेष्ठले १९६ मत पाएका छन् । यस्तै लोकतान्त्रिक प्यानलका सुनिल पोखरेलले १०९ मत पाएका छन् । यसैगरी महासचिव पदमा प्रगतिशील समूहकै सुरेन्द्र थापा १८५ मतसहित अगाडि छन् ।..

    बारको मतगणना शुरु, पहिलो चरणमा झापा र इलामको गणना

    सोमबार, चैत्र १८, २०७५ साल
    काठमाडौँ, १८ चैत  कानून व्यवसायीको छाता सङ्गठन नेपाल बार एशोसिएशनको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणना शुरु भएको छ । बारको कार्यालयमा सोमबार साँझ पाँच बजेदेखि मतगणना शुरु भएको प्रमुख निर्वाचन अधिकृत दामोदर खड्काले जानकारी दिनुभयो ।  उहाँका अनुसार सोमबार पहिलो चरणमा विराटनगर उच्च बार, झापा र इलाम जिल्ला मतदान केन्द्रमा भएको निर्वाचनको मतगणना शुरु गरिएको छ । देशभरिबाट मतपेटिका काठमाडौँ ल्याइसकेपछि..

    चन्द समूहका रामेछाप इञ्चार्ज पक्राउ

    सोमबार, चैत्र १८, २०७५ साल
    भक्तपुर, १८ चैत  नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका रामेछाप इञ्चार्ज ३८ वर्षीय यादव ढुङ्गेललाई प्रहरीले पक्राउ गरेको छ ।  रामेछाप चौरी देउराली घर भई काभ्रे बस्दै आएका ढुङ्गेललाई महानगरीय प्रहरी परिसर भक्तपुरको टोलीले सूर्यविनायकबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिनुभयो । मादक पदार्थ सेवन गरी प्रहरीलाई अभद्र व्यवहारसमेत गरेको अभियोगमा ढुङ्गेललाई भक्तपुर जिल्ला अदालतमा मुद्दा चलाई..

    क्यानडाका लागि परराष्ट्र सहसचिव ढुङ्गाना राजदूतमा नियुक्त

    सोमबार, चैत्र १८, २०७५ साल
    काठमाडौँ, १८ चैत  राष्ट्रपति विद्यादेवी भण्डारीले परराष्ट्र मन्त्रालयका सहसचिव भृगु ढुङ्गानालाई क्यानडाका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गर्नुभएको छ ।  नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिशमा उहाँलाई नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । चैत..

    प्रम हुरीबतास प्रभावित क्षेत्रमा: राहत तथा उद्धारमा समस्या हुन नदिन निर्देशन

    सोमबार, चैत्र १८, २०७५ साल
    काठमाडौँ, १८ चैत । प्रधानमन्त्री केपी शर्मा ओली हुरीबतास प्रभावित क्षेत्रको निरीक्षणका क्रममा आज बारा पुग्नुभएको छ । झापाको कार्यक्रम रद्द गरेर प्रधानमन्त्री आज अपराह्न बारा र पर्साका हावाहुरी प्रभावित क्षेत्रको निरीक्षणमा भद्रपुरबाट सिमरा विमानस्थल हुँदै जानुभएको हो ।  निरीक्षणका क्रममा प्रधानमन्त्री ओलीले राहत र उद्धारमा कुनै समस्या हुन नदिन निर्देशन दिनुभएको प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो । प्रधानमन्त्रीले..

    क्षणभरमै खोसिएको त्यो खुसी ! पोखराको प्रभाव बारामा कसरी ?

    सोमबार, चैत्र १८, २०७५ साल
    काठमाडौँ, १८ चैत  दिनभर दुःख जिलो गरेर साँझ परिवारसँग बसेर मिठो मसिनो खाने तयारीमा थिए बारा फेटाका बासिन्दा । कोही घर फर्कने तयारीमा थिए, कोही काममा नै थिए । उनीहरुलाई एकै छिनमा ठूलो विपद् आइपर्ला भन्ने सोेचेकै थिएनन् ।  चैतको मौसम भए पनि साँझ सामान्य हावाहुरी चल्नु स्वभाविक थियो । तर फेटाका बासिन्दाले एकै क्षणमा घरबास नै उडाउने गरी हावाहुरी आउला र..

    हावाहुरीको वितण्डा : के यो अन्य प्राकृतिक विपतको सङ्केत हो ?

    सोमबार, चैत्र १८, २०७५ साल
    काठमाडौँ, १८ चैत  हावाहुरीबाट प्रदेश २ को बारा र आसपासका जिल्लामा गरी अहिलेसम्म २९ जनाको ज्यान गएको छ भने ६ सयभन्दा बढी घाइते भएका छन् । बारा जिल्लामा हुरी सबैभन्दा धेरै क्षति पुर्याभएकाे छ । तराईमा हावाहुरी गएसंगै मानिसहरुमा विभिन्न प्रकारका डर र त्रास उत्पन्न भएको छ । के यो यतिमै थामिएला कि यसले अरु प्राकृतिक जोखिमको संकेत गरिरहेको छ ? बिभिन्न..

    कोरियाली भाषा परीक्षाका लागि ९२ हजारको आवेदन

    सोमबार, चैत्र १८, २०७५ साल
    काठमाडौँ, १८ चैत नेपालीका लागि आकर्षक श्रम गन्तव्यका रुपमा ठहरिएको दक्षिण कोरियाप्रति युवाको निकै आकर्षण देखिएको छ । कोरियाले सन् २००८ देखि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत नेपाली श्रमिक लैजाने घोषणा गरेयता प्रत्येक वर्ष भाषा परीक्षामा सहभागी हुनेको सङ्ख्या बढेको बढ््यै छ ।  दक्षिण कोरिया सरकारले सन् २०१९ का लागि उत्पादन र कृषि तथा पशुलापन क्षेत्रमा गरी १० हजार ५० नेपाली कामदार..

    प्रधानमन्त्रीसहित ५ मन्त्री हावाहुरी प्रभावित क्षेत्रमा, चितवनबाट चिकित्सक

    सोमबार, चैत्र १८, २०७५ साल
    भरतपुर, १८ चैत  तराईका हावाहुरी प्रभावित जिल्लामा चितवनबाट चिकित्सकको टोली पठाइने भएको छ । हावाहुरीले बारा, पर्सालगायतका जिल्लाका अस्पतालमा चिकित्सकको अभाव खड्किएपछि चितवनबाट चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोली पठाउन लागिएको हो ।  चितवन मेडिकल कलेजबाट ३५ जनाको चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोली त्यसतर्फ जाने तयारीमा रहेको प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले राससलाई जानकारी दिनुभयो । चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोलीले प्राथमिक उपचारका सामग्री र औषधिसमेत लैजाने बस्नेतले बताउनुभयो..

    बारा र पर्साको भिषण हावाहुरीमा २७ को मृत्यु, ७ सय घाइते, उद्धार गरिदै

    सोमबार, चैत्र १८, २०७५ साल
    काठमाडौँ, १८ चैत  गृहमन्त्री रामबहादुर थापाले आइतबार साँझ बारा र पर्सामा आएको भिषण हावाहुरीले ठूलो जनधनको क्षति पुर्याएको भन्दै दुःख प्रकट गर्नुभएको छ ।  गृहमन्त्रालयमा हालसम्म प्राप्त विवरणअनुसार २७ जनाको मृत्यु तथा करीब ७०० घाइते भएको भन्दै मन्त्री थापाले घटनालगत्तै राहत तथा उद्धारमा सुरक्षा निकाय परिचालन गरिएको जानकारी दिनुभयो ।  सोमबार बिहान एक सूचनामार्फत् मन्त्री थापाले राहत, उद्धार तथा उपचारमा गम्भीर हुन तथा..

    मृतकका परिवारलाई ३ लाख दिइने, उपचार खर्च सहित पुनर्वासको व्यवस्था

    सोमबार, चैत्र १८, २०७५ साल
    जनकपुर, १८ चैत ।  बारा, पर्सा लगायतका जिल्लामा आइतबार राति आएको हावाहुरीबाट भएको ठूलो क्षतिप्रति प्रदेश २ को मन्त्रिपरिषद् बैठकले गहिरो दुःख  प्रकट गर्दै मृतकका परिवारलाई ३ लाख रुपैयाँ उपलब्ध गराउने निधो गरेको छ । आइतबार राति बारा र पर्साका लगायतका विभिन्न ठाउँमा असिनापानीसँगै आएको हावाहुरीबाट अहिलेसम्म ३१ जनाभन्दा बढीको मृत्यु भएको छ ।  सोमबार बिहानै बसेको प्रदेशको मन्त्रिपरिषद् बैठकले तत्कालीन राहतस्वरुप..

    काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही शनिबार

    आईतवार, चैत्र १७, २०७५ साल
    काठमाडौँ, १७ चैत  नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसमितिको बैठक यही चैत २३ गते शनिबार बस्ने भएको छ । काङ्ग्रेसले समसामयिक राजनीतिक परिस्थिति र भ्रातृ संस्थाको अधिवेशनका विषयमा छलफलका लागि बैठक बोलाइएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।  बैठक पार्टी कार्यालय सानेपामा बोलाइएको छ । काङ्ग्रेसले पार्टीको बैठकका लागि केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य र आमन्त्रित सदस्यलाई उपस्थितिका लागि निर्देशानुसार अनुरोधसमेत गरेको छ । ..
    Weather Forecast