सोमबार, आषाढ २२, २०७७

    राज्य-समाज

    महिला उम्मेदवारलाई पत्याएनन् मतदाताले

    बुधबार, मंसिर १८, २०७६ साल
    मध्यपुरथिमि, १८ मङ्सिर   भक्तपुर क्षेत्र नं १ (क) मा गत १४ गते भएको प्रदेशसभा सदस्य पदको उपनिर्वाचन सकिएर नतिजा आइसकेको छ । यो उपनिर्वाचनमा दलले महिलालाई उम्मेदवार बनाउन पत्याएनन् भने मतदाताले स्वतन्त्र उम्मेदवार बनेका महिला उम्मेदवारलाई पत्याएनन् ।   उपनिर्वाचनमा प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का डिपी ढकाललाई दुई हजार २४३ मतको अन्तरले पराजित गर्दै नेपाली काँग्रेसका उम्मेदवार कृष्णलाल भँडेल विजयी भइरहँदा महिला..

    साग महिला क्रिकेट : बङ्गलादेशसँग नेपाल पराजित, श्रीलङ्का विजयी

    बुधबार, मंसिर १८, २०७६ साल
    पोखरा, १८ मङ्सिर तेह्रौँ दक्षिण एशियाली खेलकूदअन्तर्गत बुधबार पोखरामा भएको महिला क्रिकेट प्रतियोगितामा बङ्गलादेश र श्रीलङ्का विजयी भएका छन् । पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा बिहान भएको खेलमा बङ्गलादेशले नेपाललाई १० विकेटले पराजित गरेको हो भने श्रीलङ्काले माल्दिभ्समाथि २४९ रनको फराकिलो जित दर्ता गरायो । टस हारेर ब्याटिङमा उत्रिएको नेपालले १९.२ ओभरमा केवल ५० रन जोडेको थियो । नेपालका तर्फबाट सोनु खड्काले सर्वाधिक..

    अन्तर्राष्ट्रियकरण गरेर पनि नेपाली भूमि फिर्ता गराउनुपर्छ : अध्यक्ष केसी

    बुधबार, मंसिर १८, २०७६ साल
    धनगढी, १८ मङ्सिर  राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अन्तर्राष्ट्रियकरण गरेर भएपनि भारतले मिचेको नेपाली भूमि फिर्ता लिनुपर्ने बताउनुभएको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले भारतले मिचेको नेपाली भूमि फिर्ता गराउन सरकारले कूटनीतिक पहल गर्नुपर्ने र फिर्ता नभए यो मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्नुपर्छ भन्नुभयो ।  पूर्वउपप्रधान मन्त्रीसमेत रहनुभएको अध्यक्ष केसीले भन्नुभयो, “मिचिएको भूमि फिर्ता गराउन सरकारले जुन रुपमा कूटनीतिक पहल गर्नुपर्ने थियो, त्यो..

    प्रधानमन्त्रीको मिर्गाैला प्रत्यारोपण चिकित्सकको परामर्शमा निर्णय लिइने : सचिवालय बैठक

    बुधबार, मंसिर १८, २०७६ साल
    काठमाडौँ, १८ मङ्सिर नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधार भएकाले मिर्गाैला प्रत्यारोपण चिकित्सकको सल्लाहमा गर्ने निर्णय गरेको छ ।  पार्टी मुख्यालय धूम्बाराहीमा आज बसेको सचिवालय बैठकले उहाँको मिर्गाैलाको डाइलोसिस भइरहेकाले मिर्गौला प्रत्यारोपणबारे चिकित्सकसंग सल्लाह गर्ने निर्णय गरेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले  बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिनुभयो । “महाराजगञ्जस्थित ‘मनमोहन ‘काडियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा  प्रधानमन्त्रीको स्वास्थ्य अहिलेको शल्यक्रिया गरिएको..

    राष्ट्रियसभा सदस्य निर्वाचनको तयारीमा आयोग

    बुधबार, मंसिर १८, २०७६ साल
    काठमाडौँ, १८ मङ्सिर प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको उपनिर्वाचन सम्पन्न गरेसँगै निर्वाचन आयोग अहिले राष्ट्रियसभा सदस्यको निर्वाचनको तयारीमा जुटेको छ । राष्ट्रियसभा सदस्य निर्वाचनका निम्ति सङ्घीय संसद्बाट आयोगलाई अनुरोध पत्र प्राप्त भइसकेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । उनान्नसाठी सदस्यीय राष्ट्रियसभाका सदस्यमध्ये १८ जना सदस्यको आगामी फागुन २० गतेदेखि पद रिक्त हुँदैछ ।  रिक्त सदस्यको पदपूर्ति गर्नका निम्ति सङ्घीय संसद्बाट..

    प्रचण्डको अध्यक्षतामा नेकपाको सचिवालय बैठक : तल्ला कमिटीलाई पराजयको कारण पठाउन निर्देशन

    बुधबार, मंसिर १८, २०७६ साल
    काठमाडौँ, १८ मङ्सिर सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आजको सचिवालयको बैठकले यही मंसिर १४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य तथा स्थानीय तहको उपनिर्वाचनको समीक्षा प्रतिवेदन पठाउन सम्बन्धित कमिटीलाई निर्देशन दिएको छ । अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा बसेको सचिवालय बैठकले उपनिर्वाचनको नतिजाको समीक्षा पठाउन निर्देशन दिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । ४ मंसीरमा दाहाललाई कार्यकारी अध्यक्षको अधिकार दिए पछि पहिलो पटक..

    पाँचखालमा सशस्त्र प्रहरीको सुरक्षा, रातको समयमा गस्ती

    बुधबार, मंसिर १८, २०७६ साल
    काभ्रेपलाञ्चोक, १८ मङ्सिर पछिल्लो समयमा पाँचखाल नगरमा चोरीका घटना बढ्दै गएपछि सशस्त्र प्रहरीले सुरक्षा दिने भएको छ । पाँचखालस्थित सशस्त्र प्रहरी बल १५ नं हेडक्वार्टरले पाँचखाल नगरमा रातको समयमा गस्ती गर्ने व्यवस्था मिलाएको हो ।  पाँचखालको प्रमुख व्यापारिक केन्द्र तामाघाट बजारमा चोरीका घटना बढ्दै गएपछि पाँचखाल उद्योग वाणिज्य सङ्घले नगरपालिकासँग स्थानीय सुरक्षाको माग गरेपछि सशस्त्र प्रहरीसँग समन्वय गरी रातको समयमा दुई पटक..

    नेकपा अध्यक्ष प्रचण्डले बोलाए नेकपा सचिवालय बैठक

    बुधबार, मंसिर १८, २०७६ साल
    काठमाडौं, मंसिर १७ कार्यकारी अध्यक्ष भएको १४ दिनपछि नेकपा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सचिवालयको बैठक बोलाएका छन् । बुधबार बिहान ९ बजे पार्टी कार्यलय धुम्बाराहीमा सचिवालयको बैठक बोलाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए। प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचारमा रहेकाले बैठकको अध्यक्षता प्रचण्डले मात्रै गर्नेछन् । मङ्सिर ४ गते प्रधानमन्त्री तथा अध्यक्ष ओलीले प्रचण्डलाई कार्यकारी दिने र आफुले पाँच वर्ष सरकारको नेतृत्व गर्ने सहमती..

    १३ औँ साग फुटबल : नेपालले आज श्रीलंकासँग प्रतिस्पर्धा गर्दै

    बुधबार, मंसिर १८, २०७६ साल
    काठमाडौँ,  १८ मङ्सिर  १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा नेपालले दशरथ रंगशालमा बुधबार श्रीलंकासँग प्रतिस्पर्धा गर्दै छ । मंगलबार भएको आफ्नो पहिलो खेलमा भुटानलाई ४–० ले पराजित गर्दै शानदार सुरुवात गरेको नेपाली टोली श्रीलंकासँगको खेलमा उच्च मनोबलका साथ खेल्दैछ । खेल त्रिपूरेश्वर स्थित दशरथ रंगशालमा बेलुका पाँच बजेपछि सुरु हुनेछ।..

    “कुनै मिसावट नभएको शुद्ध र स्वादिष्ट मह बेच्छौँ”

    बुधबार, मंसिर १८, २०७६ साल
    बागलुङ, १८ मङ्सिर ।   गलकोट नगरपालिका–९ मल्म, बरेखानीका किसान मित्रलाल गौतमको घरमा १० घार मौरी छन् । एक घारमा वर्षको १५ किलोसम्म मह उत्पादन हुन्छ । एक किलो महको मूल्य रु एक हजार ५०० छ । गौतमले झैँ बरेखानीका सबै किसानले मौरी पालेका छन् ।    मह बेचेर यहाँका किसानले वार्षिक रु दुई लाखसम्म कमाउँछन् । स्वस्थ र स्वादिलो भएकाले महको माग बढी..

    राष्ट्रपतिबाट बडिगाड दुर्घटनाप्रति दुःख व्यक्त

    मंगलवार, मंसिर १७, २०७६ साल
    काठमाडौँ, १७ मङ्सिर राष्ट्रपति विद्यादेवी भण्डारीले  बाग्लुङ बडिगाडमा आज भएको जीप दुर्घटनामा १४ जनाले जीवन गुमाउनुपरेकामा दुःख व्यक्त गर्नुभएको छ ।  उहाँले आज ट्विट गरी शोकाकूल परिवारमा समवेदना व्यक्त गर्नाका साथै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ । राष्ट्रपतिले चालक, सवारी साधन र सडकको क्षमतामा अध्ययन गरी दुर्घटना न्यूनीकरणमा ध्यान दिन पनि सबैमा अनुरोध गर्नुभएको छ । ..

    अपाङ्गता भएका व्यक्तिको मानवाधिकारको रक्षा गर्न आयोगको ध्यानाकर्षण

    मंगलवार, मंसिर १७, २०७६ साल
    काठमाडौँ, १७ मङ्सिर   राष्ट्रिय मानवाधिकार आयोगले अपाङ्गता भएका व्यक्तिको मानवाधिकारका प्रश्नमा अझै समस्या रहिरहनु उपयुक्त नभएको ठहर गर्र्दै सङ्घीय, प्रदेश तथा स्थानीय सरकारको ध्यानकर्षण गराएको छ ।  विश्वभर हरेक वर्ष ३ डिसेम्बरलाई अन्तर्राष्ट्रिय अपाङ्ग दिवसका रुपमा मनाउँदै आएको सन्दर्भमा आयोगले अपाङ्गमैत्री वातावरण निर्माण गरी मानवाधिकारको संरक्षण र परिपालन गर्न सरोकारवाला सबै पक्षसँग पुनः आग्रह गरेको छ ।    आयोगले आफ्ना सिफारिस कार्यान्वयनको स्थितिका..

    गद्दी बैठकको व्यवस्थापन : गृह र पर्यटन मन्त्रालयबीच पाँचबुँदे समझदारी

    मंगलवार, मंसिर १७, २०७६ साल
    काठमाडौँ, १७ मङ्सिर हनुमानढोका गद्दी बैठकमा रहेको आवश्यक सामग्रीको संरक्षण, प्रवद्र्धनलगायत कार्य अब संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गर्ने भएको छ । गद्दी बैठकमा रहेका जिन्सी सामग्री हस्तान्तरण, सञ्चालन एवं व्यवस्थापनका सम्बन्धमा आज गृह मन्त्रालयसँग भएको समझदारीअनुसार यहाँ रहेका सामग्रीको संरक्षण र प्रवद्र्धन कार्य संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई हस्तान्तरण गरिएको हो ।  दुई मन्त्रालयबीच भएको समझदारीअनुसार गद्दी बैठक र..

    न्यायपरिषद् बैठक : ७ जिल्लामा नयाँ न्यायाधीश सिफारिस

    मंगलवार, मंसिर १७, २०७६ साल
    काठमाडौँ, १७ मङ्सिर  ७ जिल्ला अदालतमा न्यायपरिषद्ले नयाँ न्यायाधीश सिफारिस गरेको छ । मंगलबार बसेको परिषद् बैठकले भोजपुर, रूकुम, सोलुखुम्बु, डोल्पा, झापा, बाँके, सप्तरी जिल्ला अदालतमा न्यायाधीश सिफारिस गरेको हो।   उच्च अदालत तुलसीपुरको बुटवल इजलासका रजिष्ट्रार गेहेन्द्रराज पन्त भोजपुरमा, सर्वोच्चका उपरजिष्ट्रार विद्याराज पौडेल रूकुममा,  सर्वोच्चमा उपरजिष्ट्रार महेन्द्रराज काफ्ले सोलुखुम्बुमा, उच्च अदालत दीपायलको महेन्द्रनगर इजलासका रजिष्ट्रार टेकराज जोशी डोल्पामा, सर्वोचकी उपरजिष्ट्रार इन्दिरा शर्मा..

    दूतावासद्वारा ३१ हजार कामदारको माग प्रमाणीकरण

    मंगलवार, मंसिर १७, २०७६ साल
    काठमाडौँ, १७ मङ्सिर मलेसियाको क्वालालम्पुरस्थित नेपाली दूतावासले पछिल्लो दुई महिनाको अवधिमा ३१ हजार बढी कामदारको माग प्रमाणीकरण गरेको छ ।  दूतावासले गत असोज तेस्रो सातादेखि यही मङ्सिर १४ गतेसम्मको अवधिमा ३१ हजार २०१ श्रमिक माग भएको ९६३ मागपत्र प्रमाणीकरण गरी वैदेशिक रोजगार विभागमा सिफारिश गरेको हो । नेपाल र मलेसिया सरकारबीच भएको कामदारको नियुक्ति, रोजगारी तथा घरफिर्तीसम्बन्धी समझदारीअनुसार मलेसिया सरकारको आधिकारिक निकायबाट..

    सुशासनका लागि कर्मचारीतन्त्र बाधक : मुख्यमन्त्री गुरुङ

    मंगलवार, मंसिर १७, २०७६ साल
    चिप्लेढुङ्गा, १७ मङ्सिर  गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कर्मचारीतन्त्र नफेरिएसम्म सुशासनको प्रत्याभूत हुननसक्ने बताउनुभएको छ । अमेरिकी राजदूतावासको सहयोग र पोखरा उद्योग वाणिज्य सङ्घको समन्वयमा स्थानीय सरकारका पदाधिकारीलाई सुुशासन सम्बन्धी तीन दिने तालीमको उद्घाटन समारोमा उहाँले व्यवस्था बदलिए पनि कर्मचारी तन्त्रको सोच नबदलिएका कारणले परिवर्तनको अनुभूति नागरिकले गर्न नसकेको बताउनुभयो ।  उहाँले भन्नुभयो, “सुशासन शब्दमा भन्दा पनि व्यवहारमा सुन्दर देखिन्छ, कर्मचारी तन्त्रले..

    दश वर्षभित्र नागरिक उड्डयन क्षेत्र आइकाओको मापदण्डमा : मन्त्री भट्टराई

    मंगलवार, मंसिर १७, २०७६ साल
    काठमाडौँ, १७ मङ्सिर    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आगामी दश वर्षभित्र नेपालको समग्र नागरिक उड्डयन क्षेत्रलाई अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ)को मापदण्डमा पु¥याइने बताउनुभएको छ ।   चन्द्रगढी विमानस्थलको विस्तार तथा विकास गुरुयोजनाका सम्बन्धमा झापाको विर्तामोडमा नागरिक उड्डयन प्राधिकरणले आज आयोजना गरेको छलफल कार्यक्रममा मन्त्री भट्टराईले अन्तर्राष्ट्रिय मापदण्डमा पु¥याउने तयारीका लागि अहिले मुलुकभरका विमानस्थलको स्तरोन्नति भइरहेको जानकारी दिनुभयो । उहाँले चन्द्रगढी..

    नेकपा डडेल्धुराले तोक्यो सातै स्थानीय तहमा इञ्चार्ज

    मंगलवार, मंसिर १७, २०७६ साल
    अमरगढी, १७ मङ्सिर  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) डडेल्धुराले जिल्लाका सातै स्थानीय तहमा इञ्चार्ज तोकेको छ । पार्टीको जिल्ला सचिवालयको बैठकले दुई नगरपालिका र पाँच गाउँपालिकामा इञ्चार्ज तोकेको हो । नेकपा डडेल्धुराले सोमबार जिल्ला सदरमुकाममा पत्रकार सम्मेलन गरी परशुराम नगरपालिकामा हरिप्रसाद भट्ट र  अमरगढी नगरपालिकामा  करुणाकर ओझालाई इञ्चार्ज तोकिएको जानकारी दिएको छ ।  त्यस्तै नवदुर्गा गाउँपालिकामा लक्ष्मी धिक्त, भागेश्वरमा प्रेम साउद, आलितालमा छविलाल..

    प्रधानमन्त्री ओली फेरि मिर्गौला प्रत्यारोपण गर्ने तयारीमा, प्रचण्डको चीन भ्रमण रोकियो

    मंगलवार, मंसिर १७, २०७६ साल
    १६ मंसिर, काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीका लागि नयाँ मिर्गौला दिनका लागि नातेदारको स्वास्थ्य परीक्षण भइरहेको छ ।  प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य स्थितिका कारण नेकपा अध्यक्ष प्रचण्डले आफ्नो आसन्न चीन भ्रमण स्थगित गरेका छन् । प्रधानमन्त्री ओलीसँग भेट गरेको भोलिपल्ट प्रचण्डले चिनियाँ राजदूतलाई बोलाएर आफू चीन जान नसक्ने जानकारी दिएका हुन् । नेकपा अध्यक्ष प्रचण्ड ६० सदस्यीय नेकपाका नेताहरुको अगुवाई गर्दै..

    हिमालको टाकुरामा पुग्न कहिलेकाहीँ ओरालो ओर्लिनुपर्छ : साझा पार्टी

    सोमबार, मंसिर १६, २०७६ साल
    काठमाडौँ, १६ मङ्सिर साझा पार्टीले शनिबार भएको उपनिर्वाचनको नतिजालाई आफ्ना कमीकमजोरीको समीक्षा गर्नुपर्ने सन्देशका साथै मुलुकको राजनीतिक धरातलको थप परीक्षणका रूपमा लिएको जनाएको छ । सो पार्टीका प्रवक्ता डा सूर्यराज आचार्यले आज एक विज्ञप्तिमार्फत हिमालको टाकुरामा पुग्न उकालो मात्र होइन कहिलेकाहीँ ओरालो ओर्लिनु र अनेक अवरोध पार गर्नुपर्ने उल्लेख गर्नुभएको छ । साथै मुलुक रूपान्तरणको राजनीतिक यात्रामा रणनीतिक दृढता र पार्टी निर्माणको..

    अनुदान व्यवस्थित गर्न प्रदेशमा नयाँ नीति स्वीकृत

    सोमबार, मंसिर १६, २०७६ साल
    रुपन्देही, १६ मङ्सिर   प्रदेश नं ५ को सरकारले अनुदान वितरण प्रक्रियालाई व्यवस्थित गर्न नयाँ नीति ल्याएको छ । सरकारले वितरण गर्ने अनुदान कार्यक्रमलाई अझै प्रभावकारी र व्यवस्थित बनाउन अनुदान व्यवस्थापनसम्बन्धी एकीकृत मार्गदर्शन–२०७६ ल्याइएको हो ।   विभिन्न मन्त्रालयहरुले वितरण गरेको अनुदान व्यवस्थित नभएको गुनासो आएपछि आज बसेको मन्त्रिपरिषद् बैठकले अनुदान व्यवस्थापनसम्बन्धी एकीकृत मार्गदर्शन–२०७६ स्वीकृत गरेको हो । प्रदेश सरकारले वितरण गर्ने अनुदान व्यवस्थित..

    प्रचण्डको चीन भ्रमण रद्द हुनुको कारण यस्तो छ

    सोमबार, मंसिर १६, २०७६ साल
    काठमाडौँ, १६ मङ्सिर  सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को चीन भ्रमण तत्कालका लागि स्थगित भएको छ । आगामी मंसीर २४ गते तीन दिने चीन भ्रमणमा निस्कने योजनासहित त्यसबारे सार्वजनिक रुपमै जानकारी गराएका दाहालले उपचारार्थ अस्पताल भर्ना भएका पार्टीका अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्माको ‘डिस्चार्ज’ मिति घोषणा नगरिएको र हालै पार्टी सञ्चालनको कार्यकारी अधिकार पाएको अवस्थामा..

    अपाङ्गता भएका व्यक्तिलाई संविधानमा अधिकार सुनिश्चित गरिएको छ : शेरबहादुर देउवा

    सोमबार, मंसिर १६, २०७६ साल
    काठमाडौँ, १६ मङ्सिर नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संविधानमा अपाङ्गता भएका व्यक्तिलाई राजनीतिक, सामाजिक र सांस्कृतिक अधिकार सुनिश्चित गरिएको उल्लेख गर्नुभएको छ । अन्तरराष्ट्रिय अपाङ्ग दिवसको अवसरमा शुभकामना दिँदै उहाँले अपाङ्गता भएका व्यक्तिको शिक्षा, स्वास्थ्य, रोजगारीको समुचित प्रबन्ध, सामाजिक सुरक्षा र सम्मानपूर्वक जीवनयापनका लागि काँग्रेस सदैब क्रियाशील रहिरहने बताउनुभयो ।  संयुक्त राष्ट्र सङ्घले सन् १९८१ देखि अपाङ्गता भएका व्यक्तिको हक,..

    डिजेल र पेट्रोलको मूल्य बढ्दै, नयाँ मुल्य कति ?

    सोमबार, मंसिर १६, २०७६ साल
    काठमाडौँ, १६ मङ्सिर नेपाल आयल निगमले सोमवार राति १२ बजेदेखि पेट्रोलियम पदार्थको मूल्य बढाउने तयारी गरिरहेको छ । सोमवार साँझ एक विज्ञप्ति जारी गर्दै निगमले इन्डियन आयल कर्पोरेसनले १ डिसेम्बर २०१९ देखि नयाँ मूल्यमा तेल पठाएकाले मूल्य वृद्धि गर्ने तयारी गरेको हो । 'ईण्डियन आयल कर्पोरेशनबाट १ डिसेम्बर २०१९ मा प्राप्त नयाँ खरिद मूल्यमा केही बढेर आएकाले आज मिति २०७६।०८।१६ को राती १२..

    ‘उपनिर्वाचन निष्पक्ष रुपमा सम्पन्न’

    सोमबार, मंसिर १६, २०७६ साल
    काठमाडौँ, १६ मङ्सिर   विभिन्न राजनीतिक दलका नेताहरुले हालै सम्पन्न उपनिर्वाचनमा असन्तुष्टि व्यक्त गर्ने ठाउँ नभएको बताउनुभएको छ । आज यहाँ आयोजित साक्षात्कारमा उहाँहरुले निर्वाधरुपमा जनताले आफ्नो अभिमत दिन सकेको र यसले सङ्घीयता कार्यान्वयनमा बल पुगेको उल्लेख गर्नुभयो ।    नेकपाका नेता आनन्द पोखरेलले हालैको उपनिर्वाचन बिनाधाँधली सम्पन्न भएकाले निर्वाचनमा सबै दलसहित सर्वसाधारणले निर्धक्कसँग भाग लिन पाएको बताउनुभयो । उहाँले निर्वाचनमा आफनो पार्टीले ७५..

    जनताको विश्वासको मतमा सरकार : उपप्रधानमन्त्री पोखरेल

    सोमबार, मंसिर १६, २०७६ साल
    काठमाडौँ, १६ मङ्सिर  उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले सरकार कुनै अधिनायकवादमा नभई जनताको विश्वासको मतमा अघि बढ्ने बताउनुभएको छ । बूढानीलकण्ठ नगरपालिकाको पाँचौ स्थापना दिवस तथा नवनिर्मित मुख्य प्रशासकीय भवन उद्घाटन कार्यक्रममा उहाँले जनमतको सम्मान गर्दै जनतासामुका आफ्ना प्रतिबद्धता पूरा गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “सविधानले दिएको अधिकारअनुरुप स्थानीय सरकारले भूमिका निवाह गरी कार्यसम्पादन गर्नुपर्छ ।”  उहाँले सो नगरपालिका नेपालको सबैभन्दा ठूलो..

    उपनिर्वाचन : ५२ ठाउँकै अन्तिम नतिजा यस्तो

    सोमबार, मंसिर १६, २०७६ साल
    काठमाडौँ, १६ मङ्सिर शनिबार भएको उपनिर्वाचनको अन्तिम मतपरिणाम आएको छ । सत्तारुढ नेकपा ३० र कांग्रेस १३ ठाउँमा विजयी भएका छन् । नेकपाले प्रतिनिधि सभा सदस्य १, प्रदेश सभा सदस्य १, गाउँपालिका अध्यक्ष ३, गाउँपालिका उपाध्यक्ष ३ र विभिन्न पालिकाका २४ वडाका अध्यक्ष पद जितेकाे छ । त्यस्तै कांग्रेसले प्रदेश सभा सदस्य १, उपहानगरपालिकाकाे मेयर १ र विभिन्न पालिकाका ११ वडाध्यक्षमा जित हात..

    धरानमा काँग्रेसको पहिलो जीत, भत्कियो कम्युनिष्टको किल्ला, तिलक राई मेयरमा निर्वाचित

    सोमबार, मंसिर १६, २०७६ साल
    काठमाडौँ, १६ मंसिर ।  धरान उपमहानगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका तिलक राई विजयी भएका छन् । स्मरण रहोस् धरानमा कम्युनिष्ट पराजित भएको यो नै पहिलो पटक हो । अझ गज्जबको कुरा त के भने बहुदल पछि धरानमा कांग्रेसले जित्न सकेको थिएन ।   मतगणनाको अन्तिम परिणाम अनुशार नेकपाका प्रकाश राईलाई २ हजार ७९५ मतान्तरले पराजित गर्दै कांग्रेसका राई विजयी भएका हुन् । काँग्रेसका..

    जनताको आशा र भरोसा टुट्न दिनेछैन : भट्टराई

    सोमबार, मंसिर १६, २०७६ साल
    चिप्लेढुङ्गा, १६ मङ्सिर ।  प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेकपा उम्मेदवार विद्या भट्टराईले जनताले आफूमाथि गरेको आशा र भरोसालाई टुट्न नदिइने बताउनुभएको छ ।  मङ्सिर १४ गते सम्पन्न कास्की क्षेत्र नं २ को उपनिर्वाचन परिणामपछि विजयको प्रमाणपत्र ग्रहण गरेसँगै आइतबार साँझ पत्रकारसँग कुरा गर्दै उहाँले जनताले जुन उत्साहका साथ मतदान गरेर जिताउनुभयो अबको बाँकी समय तिनकै सेवक भएर  बिताउँछु  भन्नुभयोे ।  “राजनीतिमा अझै पनि..

    कास्कीमा १९ उम्मेदवारको जमानत जफत

    सोमबार, मंसिर १६, २०७६ साल
    पोखरा, १६ मङ्सिर   कास्की क्षेत्र नं २ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा १९ उम्मेदवारको जमानत जफत भएको छ ।  सो क्षेत्रमा २१ जनाले मनोनयन दर्ता गराएकामा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) र नेपाली काँग्रेसका उम्मेदवारबाहेक सबैको जमानत जफत भएको हो । जमानत जोगाउनका लागि खसेको मतको १० प्रतिशत मत पाउनुपर्ने निर्वाचन ऐनमा उल्लेख छ    कास्की २ मा ७१ हजार ८७१ मतदातामध्ये  ४५ हजार ५४६..
    Weather Forecast