बुधबार, कार्तिक ६, २०७६

    राज्य-समाज

    राष्ट्रपतिबाट विधेयक प्रमाणीकरण

    सोमबार, आषाढ ३०, २०७६ साल
    काठमाडौँ, ३० असार राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएका बजेटसम्बन्धी चार विधेयक प्रमाणीकरण गर्नुभएको छ । उहाँले आज विनियोजन विधेयक, २०७६, आर्थिक विधेयक, २०७६, राष्ट्र ऋण उठाउने विधेयक, २०७६ र ऋण तथा जमानत (तेइसौँ संशोधन) विधेयक, २०७६ प्रमाणीकरण गर्नुभएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता छविन्द्र पराजुलीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । राष्ट्रपति भण्डारीले उक्त विधेयकहरु..

    इंग्ल्याण्डलाई विश्वकप जिताएका बेन स्टोक्सको जन्मभुमि न्यूजिल्याण्ड !

    सोमबार, आषाढ ३०, २०७६ साल
    काठमाडौं, ३० असार  यतिखेर विश्वभरी नै आइसिसी विश्वकप क्रिकेटको चर्चा चुलिएको छ । चर्चाको शिखरमा सुपर ओभर रहेको छ । यो त्यही सुपर ओभर हो, जहाँ न्यूजिल्याण्डले चार अतिरिक्त दिएका कारण इंग्ल्याण्डले विश्वकप जित्ने मौका पायो । इंग्ल्याण्डका बेन स्टोक्सको ब्याटमा गुप्टिलको थ्रो बल लाग्दा चार बाउण्ड्री हुनु न्यूजिल्याण्ड हार्नुको मुख्य कारण थियो । तर अचम्मको तथ्य त के भने जुन स्टोक्स..

    बन्दी फरार भएपछि प्रहरी जवान निलम्बनमा

    सोमबार, आषाढ ३०, २०७६ साल
    बाँके, ३० असार   खजुरास्थित इलाका प्रहरी कार्यालय धनौलीको हिरासतबाट तीन जना बन्दी नाटकीयरुपमा फरार भएपछि प्रहरी जवान शम्शेर थापामगरलाई निलम्बन गरिएको छ । घटनाका समयमा थापामगर हिरासतको सुरक्षामा खटिएका थिए ।    शनिबार मध्यरातमा शौचालयको झ्याल फोडेर सार्वजनिक सुरक्षा अपराधअन्तर्गत पक्राउ परेका खजुरा–३ का निर्मल थापा र उज्वल कार्की तथा लागुऔषधसहित पक्राउ परेका स्थानीय सिमन विक छन् । उनीहरु ११ फिट अग्लो हिरासतमा..

    बाढीपहिरो अपडेट : अहिलेसम्म ६७ जनाको मृत्यु, ३० जना अझै बेपत्ता

    सोमबार, आषाढ ३०, २०७६ साल
    काठमाडौँ, ३० असार   अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी आजसम्म ६७ जनाको मृत्यु भएको छ ।    प्रहरी प्रधान कार्यालयका अनुसार विपद्मा परी काठमाडौँमा तीन, मकवानपुरमा छ, ललितपुर, रौतहट र भोजपुरमा पाँच÷पाँच, ओखलढुङ्गा, सिरहा र सिन्धुलीमा चार÷चार, खोटाङ, धनुषा र काभ्रेपलाञ्चोकमा तीन÷तीन, झापा, उदयपुर, पर्सा, बारा, महोत्तरी, धादिङ र डोल्पामा दुई÷दुई तथा इलाम, पाँचथर, मोरङ, सुनसरी, रामेछाप,..

    ९ बुँदे निर्णय गर्दै सकियो राप्रपाको प्रदेश बैठक

    सोमबार, आषाढ ३०, २०७६ साल
    काठमाडौँ, ३० असार    राष्ट्रिय प्रजातन्त्र पार्टी प्रदेश नं– १ को विस्तारित बैठक विभिन्न नौ बुँदे निर्णय गर्दै सम्पन्न भएको छ । इलामको पशुपतिनगरमा बसेको विस्तारित बैठकमा पार्टी अध्यक्ष कमल थापाको उपस्थिति रहेकोे थियो ।    बैठकलाई सम्बोधन गर्दै थापाले नयाँ शिराबाट पार्टीलाई अगाडि बढाउनु जरुरी भएकाले सैद्धान्तिक, वैचारिक, निष्ठा, साङ्गठानिक क्रियाशीलता, इमानदारी र मेहनतको बलमा पार्टीलाई उठाउने गरी काम गर्न नेता तथा कार्यकर्तालाई..

    भेनेजुएलाका राष्ट्रपति मादुरो पुत्रको शिरमा ढाकाटोपी

    सोमबार, आषाढ ३०, २०७६ साल
    काठमाडौं, ३० असार । ल्याटिन अमेरिकी देश भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरोका छोरा निकोलास अर्नेस्टो मादुरो यतिबेला काठमाडौंमा छन् । शनिवार आफ्ना ३ मन्त्रीसँग सुटुक्क काठमाडौं छिरेका अर्नेस्टोले सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का प्रवक्ता नारायणकाजी श्रेष्ठ र सचिवालय सदस्य वामदेवसँग भेट गरेको समाचार बाहिरिएको भएपनि नेपालका मन्त्री र प्रधानमन्त्रीसँगको भेटको कार्यतालिका भने सार्वजनिक भएको छैन ।  सत्तारूढ नेकपाका युवा संगठनको निमन्त्रणामा अर्नेस्टो नेपाल..

    गैरआवासीय राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेश

    सोमबार, आषाढ ३०, २०७६ साल
    काठमाडौँ, ३० असार । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि विभिन्न मुलुकका गैरआवासीय राजदूतले सोमबार आआफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुुभएको छ । राष्ट्रपति भवन, शीतलनिवासमा आज आयोजित विशेष समारोहमा  चार मुलुकका राजदूतले ओहोदाको प्रमाणपत्र पेश गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता छवीन्द्र पराजुलीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । प्रमाणपत्र पेश गर्नेमा  गैरआवासीय राजदूत नेपालका लागि गणतन्त्र युगाण्डाका दिनह ग्रच अकेलो, बोस्निया एण्ड हर्जगोभिनाका मोहम्मद सेन्जिक,..

    सञ्चारमन्त्री भन्छन् - मिडियाले समाजलाई कता लाँदैछ ?

    सोमबार, आषाढ ३०, २०७६ साल
    काठमाडौँ, ३० असार । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आतङ्कवाद र हिंसालाई प्रश्रय दिने कि नदिने भन्नेमा सञ्चारमाध्यमको दृष्टिकोण स्पष्ट हुनुपर्ने बताउनुभएको छ ।  श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक कार्यान्वयन अवस्थाबारे ‘न्यूनतम पारिश्रमिक निर्धारण समिति’ ले आज सञ्चार उद्यमीसँग आयोजना गरेको अन्तक्र्रियामा मन्त्री बाँस्कोटाले लोकतन्त्र र समाजप्रति प्रेसको उत्तरदायित्व हुने भएकाले यसले मुलुकलाई भाँडतन्त्रमा जान दिन नहुने विचार व्यक्त गर्नुभएको हो । मन्त्री..

    सांसद क्षतिको अनुगमन गर्न आ–आफ्नो क्षेत्रमा जादै, प्रतिनिधिसभाको बैठक स्थगित

    सोमबार, आषाढ ३०, २०७६ साल
    काठमाडौँ, ३० असार प्रतिनिधिसभाको सोमबारको बैठक सूचना टाँसेर स्थगन गरिएको छ । देशका विभिन्न भागमा आएको बाढीपहिरो र डुबानबाट भएको जनधनको क्षतिको अनुगमन एवं समन्वय गर्न सांसदहरु आ–आफ्नो क्षेत्रमा जानुपर्ने भएकाले आजका लागि निर्धारित बैठक स्थगन गर्नुपरेको सूचनामा जनाइएको छ । प्राकृतिक विपत्तिमा परी मृत्यु हुने परिवारमा सान्त्वना दिन तथा प्रभावित क्षेत्रमा सहयोग गर्न सांसदहरु जिल्ला जानुपर्ने भएको हुँदा प्रतिनिधिसभाको अर्को बैठक..

    यस्ता छन् वार्ताका लागि विप्लवका तीन शर्त

    सोमबार, आषाढ ३०, २०७६ साल
    काठमाडौं, ३० असार । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी सरकारसँग वार्ताका लागि सकारात्मक देखिएको छ। सरकारले नै अनौपचारिक रुपमा वार्ताको लागि पहल गरेपछि विप्लव समूह सकारात्मक देखिएको हो ।  सर्लाहीमा विप्लव समूहका जिल्ला इञ्जार्ज कुमार पौडेल प्रहरी कारवाहीमा मारिएपछि सरकारले वार्ताका लागि पहल गरेको हो । स्रोतका अनुसार वार्ताको वातावरण बनाउनका लागि सरकारले विप्लव समूहबाट ओली–प्रचण्ड नेतृत्वको नेकपामा प्रवेश गरेका..

    जलवायु परिवर्तनको नकारात्मक असर नेपालमा देखियो, अर्थतन्त्रमा ठूलो घाटा : ओली

    सोमबार, आषाढ ३०, २०७६ साल
    काठमाडौं, ३० असार ।  नेपालमा जलवायु परिवर्तनको नकारात्मक असर परेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् ।  ग्रीनहाउस ग्यास उत्सर्जनमा नेपालको भूमिका नगन्य भए पनि नेपालले यसको असर खेपिरहनु परेको प्रधानमन्त्री ओलीको भनाइ छ ।   वन तथा वातावरण मन्त्रालयको आयोजनामा राजधानीमा आयोजित जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय गोष्ठीको सोमबार उद्घाटन गर्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन् ।  “नेपालको भू बनावटका कारण  संसारभरका मानिस रुचिपूर्वक प्राकृतिक सुन्दरताको अवलोकन..

    विप्लव नेकपाका २ विद्यार्थी नेता पक्राउ

    सोमबार, आषाढ ३०, २०७६ साल
    गुल्मी, ३० असार । गुल्मीमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपा समूहका दुई जना विद्यार्थी नेता पक्राउ परेका छन् ।पक्राउ पर्नेमा ‘विप्लव’ समूह निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी विद्यार्थी संगठन गुल्मीका जिल्ला सचिव बिष्णु वि.क र सदस्य राज खड्का रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रवीन्द्र खड्काले जानकारी दिए । उनीहरू विद्यालय परिसरबाट पक्राउ परेका हुन् । सोमबार बिहान सदरमुकाम तम्घासमा रहेकाे महेन्द्र माध्यमिक विद्यालयमा संगठन बिस्तारका क्रममा रहेका..

    महोत्तरी कारागार जलमग्न, थुनुवाको बिचल्ली

    सोमबार, आषाढ ३०, २०७६ साल
    बर्दिवास, ३० असार ।   लगातार छ दिनदेखिको वर्षासँगै महोत्तरी कारागार जलमग्न भएपछि कैदी/थुनुवाको बिचल्ली भएको छ । गत बुधबार मध्यरातदेखि लगातार परेको पानीसँगै कारागार डुबानमा परेपछि कैदी/थुनुवाको बिचल्ली भएको हो ।    जिल्ला सदरमुकाम जलेश्वरको गहिरो ठाउँमा रहेको कारागारमा परेको पानी र बाहिरबाट बगेर आएको पानी निकास नहुँदा जलमग्न भएको हो । कारागार परिसर जलमग्न भएपछि कैदी/थुनुवालाई खान, बस्न र सुत्न निकै कठिनाइ..

    सभापति देउवाद्वारा उद्धार र राहतमा सहभागी हुन आग्रह

    सोमबार, आषाढ ३०, २०७६ साल
    काठमाडौँ, ३० असार । नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकभर बाढी र पहिरोका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै पार्टीका सबै सदस्य र शुभचिन्तकहरुलाई उद्धार र राहतमा सहभागी हुन आग्रह गर्नुभएको छ ।    उहाँले सोमबार एक विज्ञप्तिमार्फत पार्टीका सबै सदस्यलाई उद्धार र राहतमा सहभागी हुन आग्रह गर्दै नेपाल सरकारलाई प्रभावित क्षेत्रमा प्रभावकारी ढङ्गले कार्य गर्न आग्रह गर्नुभएको हो ।..

    नेपाल–भारत संयुक्त प्राविधिक टोलीले बनाएको अध्ययन प्रतिवेदन थन्क्याउँदा फेरि डुबान

    सोमबार, आषाढ ३०, २०७६ साल
    काठमाडौँ, ३० असार ।  भारतले बनाएका बाँध र सडकलगायत संरचनाका कारण तराई क्षेत्र बर्सेनि जलमग्न हुने समस्या सुल्झाउन ६ महिनाअघि संयुक्त प्राविधिक टोलीले स्थलगत अध्ययन गरी तयार पारेको प्रतिवेदन कार्यान्वयनमा भारतीय पक्षले चासो नदिँदा यो वर्ष पनि तराईका सयौं बस्ती डुबानमा परेका हुन् । डुबान समस्या हल गर्न नेपाल–भारत संयुक्त प्राविधिक टोलीले ६ महिनाअघि तयार पारेको स्थलगत अध्ययन प्रतिवेदन कार्यान्वयन नगरिँदा यस..

    लामो समय सभापतिमा रहिरहने देउवाको यस्तो रणनीति

    सोमबार, आषाढ ३०, २०७६ साल
    काठमाडौँ, ३० असार ।  सामान्य अवस्थामा कांग्रेस महाधिवेशन चार वर्षमा हुन्छ । यसपटक भने तुरुन्तै विधिवत् प्रक्रिया थाल्दा पनि साढे पाँच वर्षमा कांग्रेसले महाधिवेशन गर्न सक्ने देखिएको छ । यसले सभापति शेरबहादुर देउवाको कार्यकाल कम्तीमा डेढ वर्ष लम्बिनेछ । कांग्रेस विधानको नियमावली टुंगिएको छैन । त्यो टुंगिएर भदौमा अन्तरिम संरचना बन्यो भने पनि १४औँ महाधिवेशन हुन अर्को दुई वर्ष लाग्न सक्नेछ..

    नेकपामा जिल्ला इन्चार्ज र सहइन्चार्ज पुरानै, सहइन्चार्जको संख्यामा विमति

    सोमबार, आषाढ ३०, २०७६ साल
    काठमाडौँ, ३० असार ।  नेकपाका शीर्ष नेताहरूबीच पुरानै इन्चार्जहरूलाई जिम्मेवारी तोक्ने समझदारी भएको छ । साबिक एमाले र माओवादीका प्रमुखहरूलाई अध्यक्ष र सचिव तोकेर जिल्ला तहको एकता टुंग्याइएको थियो । त्यही मोडलमै जिल्ला इन्चार्ज र सहइन्चार्ज बनाउन लागेको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । प्रवक्ता श्रेष्ठले अध्यक्ष केपी ओली, प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालबीच तत्कालीन दुवै पार्टीबाट इन्चार्ज र सहइन्चार्जहरूलाई..

    विप्लव समूहलाई यसरी मुलधारमा ल्याउने नेकपा सरकारको प्रयासः वार्ता गर्न तीन सम्पर्क सूत्र

    सोमबार, आषाढ ३०, २०७६ साल
    काठमाडौँ, ३० असार ।   सरकारले छुट्टाछुट्टै संयन्त्र परिचालन गरी नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहसँग वार्ताको तयारी गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओली, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल र गृहमन्त्री रामबहादुर थापाले आफ्ना विश्वासपात्र नेताहरुलाई परिचालन गरी वार्तामार्फत राजनीतिको मूलधारमा ल्याउने तयारी गरेका हुन्। स्रोतका अनुसार यसको जिम्मा प्रधानमन्त्री ओलीले नेकपाका महासचिव विष्णुप्रसाद पौडेल र तत्कालीन वार्ता समितिका संयोजक सोमप्रसाद..

    विपद् व्यवस्थापनको नाममा आइएनजीओको २५ अर्ब खर्च, सरकारी निकायलाई टेर्दैनन्

    सोमबार, आषाढ ३०, २०७६ साल
    काठमाडौँ, ३० असार ।  विपद् व्यवस्थापनका नाममा विभिन्न अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ)हरूले विगत पाँच वर्षमा २५ अर्बभन्दा बढी खर्च गरेको भए पनि विपद्को जोखिम भने घट्नुको साटो बढ्दै जान थालेको छ । गैससले गर्ने खर्चको प्रभावकारी रूपमा अनुगमन हुन नसक्दा विपद्को नाममा भएको त्यति ठूलो खर्चको उपलब्धि न्यून देखिएको हो । आईएनजीओहरूले विपद् व्यवस्थापनका लागि भन्दै बर्सेनि औसत ५ अर्ब रुपैयाँ खर्च..

    बालुवाटार प्रकरणमा उच्चअधिकारीसहित सय जना भन्दा माथि अनुसन्धान

    सोमबार, आषाढ ३०, २०७६ साल
    काठमाडौँ, ३० असार ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवासमा पर्ने बालुवाटारको सरकारी जग्गा अतिक्रमण सम्बन्धमा सयभन्दा बढी अनुसन्धान भइरहेको छ। जग्गा अतिक्रमण प्रकरणमा संलग्नमाथि धमाधम बयान लिने काम अख्तियारले गरेको छ। संवैधानिक निकायका पूर्वप्रमुखदेखि उच्चपदस्थ कर्मचारीको अनुसन्धान गरिएको छ। अख्तियारकै पूर्वप्रमुख आयुक्त दीप बस्न्यातमाथि अख्तियारले अनुसन्धान गरिरहेको छ। तत्कालीन भौतिक योजना तथा निर्माण मन्त्रालयका सचिव बस्न्यातसँग बयान लिइरहेको छ। भौतिक योजना..

    भेनेजुएलाका राष्ट्रपतिका छोरा किन आए ‘गुपचुप’ काठमाडौंमा ?

    सोमबार, आषाढ ३०, २०७६ साल
    काठमाडौँ, ३० असार ।  भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोका छोरा निकोलस अर्नेस्टो मादुरो गुयरा ‘गुपचुप’ काठमाडौंमा छन्। त्यहाँको राजनीति र सत्ता सञ्चालनमा शक्तिशाली उनले साथमा ३ जना मन्त्री पनि ल्याएका छन्। शनिबार काठमाडौं आइपुगेको उनीहरूको टोलीमा ११ जना छन्। चार दिन नेपाल बस्दा निकोलस अर्नेस्टोले कम्युनिस्ट नेताहरूसँग भेटघाट गर्नेछन्। त्यस क्रममा आइतबार नेकपा नेता वामदेव गौतम र नारायणकाजी श्रेष्ठसँग भेटिसकेका छन्। सत्तारुढ दल..

    खोज तथा उद्धारका सामग्रीसहित १५ हजार सेना परिचालित

    आईतवार, आषाढ २९, २०७६ साल
    काठमाडौँ, २९ असार नेपाली सेनाले मुलुकभर बाढी र पहिरो प्रभावित क्षेत्रमा उद्धारका लागि २२ जिल्लाका ४८ स्थानमा डुङ्गालगायत आवश्यक खोज तथा उद्धारका सामग्रीसहित विभिन्न युनिटबाट १५  हजार फौज परिचालन भएको जनाएको छ ।  परिचालित फौजले खोज तथा उद्धार, राहत वितरण, मेडिकल क्याम्प खडा गरी उपचार, कमला नदीमा बाँध बाँध्ने, थुनिएका खोला, ढल, नाली खोल्ने तथा तटबन्ध निर्माणलगायतका कार्यलाई निरन्तरता दिइरहेको सैनिक जनसम्पर्क..

    केन्द्रीय सरकारले घाइतेको उपचारको सम्पूर्ण व्यवस्था मिलाउने

    आईतवार, आषाढ २९, २०७६ साल
    काठमाडौँ, २९ असार सरकारले अविरल वर्षासँगै मुलुकका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी ज्यान गुमाउने व्यक्तिका परिवारलाई आवश्यक राहत उपलब्ध गराउने र घाइतेको सम्पूर्ण खर्च व्यहोर्ने निर्णय गरेको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले सम्बन्धित सबै निकाय तथा जनशक्ति परिचालित भई तत्काल अत्यावश्यक राहतका कार्य तदारुकताका साथ गर्ने निर्णय गरेको सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिनुभयो । बैठकले..

    बाल अधिकारसम्बन्धी कानूनको प्रभावकारी कार्यान्वयन गरिने

    आईतवार, आषाढ २९, २०७६ साल
    काठमाडौँ, २९ असार महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले बाल अधिकारसम्बन्धी कानूनहरुको प्रभावकारी कार्यान्वयन गर्न सरकार अग्रसर रहेको बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घले केन्द्रीय बालकल्याण समितिको सहकार्यमा प्रदान गर्दै आएको ‘बाल संवेदनशील राष्ट्रिय पत्रकारिता पुरस्कार’ वितरण कार्यक्रममा मन्त्री थापाले बाल अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि, संविधान र कानूनहरुको पालनालाई अझ प्रभावकारी बनाइने जनाउनुभएको हो । मन्त्री थापाले भन्नुभयो, “सरकार विकास र समृद्धिको अभियानका..

    प्रहरी समायोजन : तह बढुवा नहुने, पोसाक एउटै हुने

    आईतवार, आषाढ २९, २०७६ साल
    काठमाडौँ, २९ जेठ  प्रहरी कर्मचारीलाई सङ्घ र प्रदेशमा समायोजन गर्दा तह बढुवा नभई ग्रेडको व्यवस्था गरिने भएको छ । यस्तै प्रदेश र सङ्घको पोसाकसमेत एउटै हुने भएको छ ।  प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा समितिका सदस्यहरुबीच यसअघि प्रस्तुत विधेयकमा भएको व्यवस्थालाई नै यथावत् राख्नेमा सहमति जुटेको हो । समायोजनका लागि मात्रै बनेको विधेयक भएकाले यसमा बढुवाको व्यवस्था नराखी ग्रेड थपको..

    बाढी–पहिरो अपडेट : ६० को मृत्यु, ४८ को सनाखत

    आईतवार, आषाढ २९, २०७६ साल
    काठमाडौँ, २९ जेठ  विगत चार दिनदेखिको वर्षाका कारण आएको बढी, पहिरो र डुबानबाट मुलुकका विभिन्न जिल्लामा ६० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २४ महिला र ३६ पुरुष रहेका छन् ।  विपद्मा परेर अपराह्नसम्म ३८ घाइते भएको र २६ जना बेपत्ता भएको प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक रमेश थापाले राससलाई जानकारी दिनुभयो । अहिलेसम्म दुई हजारभन्दा बढीको उद्धार गरिएको छ ।  गृह..

    गृहमन्त्रीद्वारा सांसदलाई जानकारी, २८ जिल्लामा बाढीेपहिरो, ३३ हजार प्रभावित

    आईतवार, आषाढ २९, २०७६ साल
    काठमाडौँ, २९ जेठ । विगत चार दिनदेखिको वर्षाका कारण मुलुकको २८ जिल्लाका ३३ हजारभन्दा बढी मानिस प्रभावित भएको सरकारले जनाएको छ । विपद्को बेलामा सरकारको सबै संयन्त्र परिचालन गरेर हवाई, जल तथा स्थलमार्गबाट उद्धार तथा सुरक्षित बासस्थानका लागि आवश्यक कार्यलाई तीव्र गति दिइएको सरकारले जानकारी दिएको छ ।  प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा वर्षापछि मुलुकका विभिन्न जिल्लामा आएको बाढी, पहिरो र..

    अरु वर्षको असार २९ जस्तो प्रसन्न मन छैन : प्रधानमन्त्री

    आईतवार, आषाढ २९, २०७६ साल
    काठमाडौँ, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले बाढीपहिरोका कारण ४० भन्दा बढीले जीवन गुमाएका कारण अरु वर्ष असार २९ गतेको जस्तो प्रसन्न मन यस पटक हुन नसकेको बताउनुभएको छ ।  संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले आज यहाँ आयोजना गरेको विसं २०७५ राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार, महाकवि देवकोटा पुरस्कार, भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार र गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कार..

    बाढीपहिरो अपडेट : मृत्यु हुनेको संख्या ४३ पुग्यो, २४ बेपत्ता, पीडितलाई सहयोग जुटाउन प्रदेश प्रमुखको आग्रह

    आईतवार, आषाढ २९, २०७६ साल
    काठमाडाैं । असार २९ अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानबाट ४३ जनाको मृत्यु भएको छ । बाढीपहिरोमा परेर २० जना घाइते भएका छन् भने २४ जना बेपत्ता रहेका छन् । प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक रमेश थापाले शनिबार रातिसम्म देशभरमा गरेर ४३ जनाको मृत्यु भएको पुष्टि भएको जानकारी दिए । उनका अनुसार अहिलेसम्म १ हजार १०४ जनाको..

    भारतीय बाँधले नेपाली बस्ती डुबानमा

    आईतवार, आषाढ २९, २०७६ साल
    काठमाडौँ, २९ असार ।   सप्तरी, रौतहट, पर्सा, बारा र बाँकेका सीमा क्षेत्रमा भारतले एकतर्फी रूपमा बनाएको बाँधलगायत संरचना र निकासमा पुर्‍याएको अवरोधले नेपाली भूभाग डुबानमा परेको छ । भारतीय पक्षले सप्तकोसीको बहावलाई नियोजित रूपमा पश्चिमतर्फ फर्काउँदा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाका ३ सय परिवार विस्थापित भएका छन् ।  बहाव फर्काइएका कारण कोसीको पानी ओभरफ्लो हुन थालेको छ । पश्चिमी तटबन्ध भत्किने जोखिम बढेको..
    Weather Forecast